शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९२१ - लागु औषध (चरेश)

भाग: ४२ साल: २०५७ महिना: असोज अंक:

निर्णय नं. ६९२१           ने.का.. २०५७            अङ्क ६/

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री टोपबहादुर सिंह

सम्वत २०५४ सालको फौ.पु.नं. ... १६११

फैसला मितिः २०५७।२।२६।५

मुद्दाः  लागु औषध (चरेश)

पुनरावेदक/वादीः प्र.ना.नि.डम्बरबहादुर दाहालको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः  जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ८ बस्ने जितबहादुर डिम्डुङ तामाङ समेत

 

§  प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४() तथा दफा १५ अन्तर्गत माग दावी लिई मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादी मध्येका राम बहादुर ग्यावा तामाङ्कको घर खानतलासी गर्दा निजको जि.. हेटौडा नगरपालिका वडा नं. ८ घरबाट २०४५।२।२१ मा ७ किलो चरेश बरामद भएकोमा उक्त घर समेत अपराधिक मालवस्तु संचय गर्ने थलोको रुपमा प्रयोग गरिएको सो समेत लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ बमोजिम जफत गरी प्रतिवादीलाई ऐन बमोजिम सजाय गरी पाउन प्रहरी प्रतिवेदन परेकोमा शुरु जिल्ला अदालतले प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्‍याई निजहरुलाई कैद जरिवाना समेत गरी घर जफत तर्फको दावीमा प्रतिवादीको घर मकवानपुर जिल्लामा अवस्थित रहेको, सो पर्सा जिल्ला अदालतको क्षेत्राधिकार भित्र नपर्ने भनी घरतर्फ सम्बन्धित क्षेत्राधिकार रहेको अदालतमा मुद्दा गर्न जानु भनी वादी पक्षलाई जानकारी दिने समेत ठहर्छ भन्‍ने फैसलालाई पुनरावेदन अदालत हेटौडाले सदर गरे उपर वादी पक्षको यस अदालतमा दोहोर्‍याई पाउने निवेदन परी निस्सा समेत प्रदान भई पेश हुन आएको पाइयो । मुलुकी ऐन, .वं. २९ नं. को देहाय दफा ३ मा यसै दफाको देहाय दफा () मा लेखिए बाहेक अरु फौज्दारी मुद्दा अपराध भएका इलाका वा प्रतिवादी रहेको इलाकाको अड्डा मध्ये जहाँ फिराद दिनछ सोही अड्डाबाट हेर्नुपर्छ भन्‍ने स्पष्ट व्यवस्था हुँदा हुदैँ एकै मुद्दामा केही कुरा बाँकी राखी फैसला गरेको अ.वं. २ नं. को त्रुटि गरेको देखिएकोले शुरु पर्सा जिल्ला अदालतको मिति ०४७।१।९ गतेको फैसला र सो फैसलालाई सदर रेको पुनरावेदन अदालत, हेटौडाको मिति ०५१।१।१४ गतेको समेत दुवै फैसलाहरु वदर गरी दिएको छ, अब जे जो बुझ्नु पर्ने बुझी कानून बमोजिम फैसला गर्नु भनी तारेखमा रहेका प्रतिवादीलाई तारेख तोकी शुरु मिसिल पर्सा जिल्ला अदालतमा पठाई दिने ।         

  (प्र.नं. १७)

 

पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाटः उप-न्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल

प्रत्यर्थी प्रिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री तुल्सी भट्ट

अवलम्बित नजिरः

फैसला

        न्या. टोपबहादुर सिंहः पुनरावेदन अदालत हेटौडाबाट भएको फैसला दोहोर्‍याई हेरी पाउँ भनी वादीका तर्फबाट यस अदालतमा निवेदन परी दोहोर्‍याई हेर्ने निस्सा समेत प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

2.           मिति २०४५।२।२० गते अ.९ बजेको समयमा वीरगंज घण्टाघरतर्फबाट मिना बजारको बाटो हुँदै माइस्थानतर्फ झोला बोकी आइरहेको २ जना अपरिचित व्यक्तिहरुलाई प्रहरीले देखी शंका लागि निजहरुलाई रोकी चेक जाँच गर्न खोज्दा ती दुवै जानले आफूले बोकेको झोला फाली भाग्न लाग्दा प्रहरीले लखेट्दैगर्दा सो दुईजना मध्ये जि..हे..पं.वडा नं. ८ कमाने बस्ने जीतबहादुर तामाङलाई फेला पारी पक्राउ गरी फाली भागेका झोलाहरु चेक गर्दा दुवै झोलामा ३, ३ के.जी. चरेश फेला परेको र भाग्नेको नाम थर वतन सोध्दा ऐ..मेरो गाउँ बस्ने रामबहादुर ग्यावा हो भनी बताएको निज जीतबहादुर डिम्डुङ तामाङ समेतले चरेश ल्याइरहेको बखत फेला पारी प्रहरीले पक्राउ गरेको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४५।२।२० को मौकाको मुचुल्का ।

3.            आज २०४५ साल जेष्ठ २० गतेका दिन विहान ९ बजेको समयमा हामीहरुलाई माइस्थान मन्दिरबाट वी..पा.नं.११ स्थित मिना बजारतर्फ जान लागेको बखत घण्टाघरतर्फबाट २ जना अपरिचित व्यक्ति १, १ झोला बोकी माइस्थानतर्फ आइरहेकोमा निजहरुमाथि शंका भई चेकजाँच गर्न खोज्दा निजहरुले हामीलाई देख्नासाथ बोकेको झोलाहरु फ्याँकी भाग्न लागेका देखी निजहरुलाई लखेटा गर्दा ती २ जना मध्ये १ जना पक्राउ हुन सकेनन् र १ जनालाई पक्राउ गरी निजको नाम ठेगाना सोधपुछ गर्दा जिल्ला मकवानपुर हे..पं. वडा नं. ८ कमाने बस्ने जितबहादुर डिम्डुङ तामाङ भनी बताएको र फाली भागेको झोलाहरु चेक गर्दा दुवै झोलामा ३, ३ के.जी.को दरले चरेश फेला परेकोले भागी जानेको नाम, थर, वतन सोध्दा ऐ.. मेरै गाउँ बस्ने रामबहादुर ग्यावा तामाङ भनी बताएकोले सो मौकाको बरामदी मुचुलका गराई पक्राउ परेका जितबहादुर डिम्बुङ तामाङ र बरामद भएको चरेश समेत दाखेल गरेका छौं भन्ने प्र.ना.नि. डम्बरबहादुर दाहालको मिति २०४५।२।२० गतेको प्रतिवेदन ।

4.           २०४५ साल जेष्ठ २० गतेका दिन विहान ९ बजे म समेतका बच्चु लामा, रामबहादुर ग्यावा तामाङ समेत भई उक्त बरामद भएको चरेश दुई झोलामा राखी हेटौडाबाट वीरगंजतर्फ आइरहेको ट्रकमा बसी घण्टाघरमा ९ बजे ओर्लि मिना बजारको बाटो हुँदै माइस्थानतर्फ आइरहेका बखत प्रहरीले बोलाई तिमीहरुको झोलामा के हुन भनी भन्दा मैले बोकेको सुतीको झोला चेक गर्न लाग्दा रामबहादुर ग्यावाले बोकेको कालो सेन्थेटिक व्याग फाली भागे, दुवै झोलामा ३, ३ के.जी. चरेश राखेको थियो भन्ने समेत व्यहोराको मिति २०४५।२।२१ मा प्रतिवादी जीतबहादुरले प्रहरीमा गरेको वयान कागज ।

5.           जिल्ला मकवानपुर हे..पं. वडा नं. ८ बस्ने रामबहादुरको घरबाट चरेश के.जी. ७ बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको रामबहादुर ग्यावाको घर खानतलासी तथा बरामदी मुचुल्का ।

6.            मिति २०४५।२।२० गतेका दिन विहान अं.९ बजेको समयमा यी पक्राउमा परेका जितबहादुर तामाङ र निजका साथमा एकजना हाल नाम थाहा नभएको प्रतिवादी रामबहादुर ग्यावाले एउटा एउटा झोला बोकी घण्टाघर तर्फबाट आइरहेको बखत प्रहरीले देखी चेकजाँच गर्न खोज्दा रामबहादुरले झोला फ्याँकी गएकोले उक्त झोला र प्रतिवादी जितबहादुरलाई पक्राउ गरी निजको झोला समेत चेक गर्दा चरेश फेला परेकोले चरेश सहित पक्राउ परेको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४५।२।२६ गतेको सरजमिन मुचुल्का ।

7.           प्रतिवादी जितबहादुर डिम्डुङ तामाङ, प्रतिवादी रामबहादुर ग्यावा र बच्चु लामा समेत उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को १ () बमोजिम कारवाही भई सजाय हुन भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

8.           हेटौडाबाट वीरगंजमा ट्रक चढी गएपछि रामबहादुर ग्यावाले प्लाष्टिकको झोला र बच्चु लामाले झोला बोकेको र मैले केही बोकेको थिइन् । रामबहादुर र बच्चु लामा पिसाब गर्न गए । प्रहरी आएपछि निज भाग्दै गए मलाई तिम्रो चरेश यही हो भनी प्रहरीले पक्राउ गरेको हुन भन्ने समेत व्यहोराको प्रतिवादी जितबहादुरले शुरु जिल्ला अदालतमा गरेको वयान ।

9.           मिति २०४५।२।२० गतेका दिन विहान करिब ७, .१।२ बजेको समयमा जितबहादुर र अर्को नचिनेको मानिस समेत भई वीरगंजमा फिल्म हेर्न आएका थियौं भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर ग्यावा तामाङले शुरु जिल्ला अदालतमा गरेको वयान ।

10.         प्रतिवादी जितबहादुर तथा रामबहादुरले प्रहरी प्रतिवेदन दावी बमोजिमको कसुर गरेको ठहर्छ । सजायको हकमा निजहरुलाई कसुरको मात्रा हेरी जनही कैद वर्ष २ र जरिवाना रु.२५०० का दरले सजाय हुने ठहर्छ । प्रतिवादी रामबहादुर ग्यावाको घर मकवानपुर जिल्ला अदालतको अधिकार क्षेत्रभित्रको देखिन आउँदा घर जफततर्फ सम्बन्धित क्षेत्राधिकार रहेको अदालतमा मुद्दा दायर गर्न वादी पक्षलाई जानकारी दिने समेत ठहर्छ र अर्को प्रतिवादी बच्चु लामाको हकमा अदालतबाट म्यादी पुर्जी निजको घर दैलामा टाँसी तामेल भएको म्यादमा निज अनुपस्थित हुँदा निजका हकमा अ.वं. १९० नं. बमोजिम मुलतवी रहने समेत ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति २०४७।१।९ गतेको फैसला ।

11.         शुरु पर्सा जिल्ला अदालतको मिति २०४७।१।९ गतेको फैसलाले प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन अनुसार सजाय गर्नुपर्नेमा सो नगरी कम सजाय भएको र प्रतिवादी जितबहादुर डिम्डुङको घर खातलासी गर्दा बरामद भएको घर समेत जफत नगरी गरेको इन्साफ कानुनी त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी शुरु प्रहरी प्रतिवेदन अनुसार अर्को इन्साफ गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

12.        शुरु अदालतले प्रतिवादी रामबहादुर तामाङको घर जफत गर्न नमिले तर्फको शुरु इन्साफ विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी रामबहादुरलाई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०४८।१०।५ गतेको आदेश ।

13.         शुरुको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

14.        पुनरावेदन अदालतबाट भएको फैसलामा चित्त बुझेन । प्रतिवादीहरुलाई दावी भन्दा कम सजाय भएको र घर जफत नगरेको हदसम्म उक्त फैसला नमिलेकोले शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई हदैसम्म सजाय हुने गरी र घर जफत समेत हुने गरी फैसला गर्न पुनरावेदन अदालतको फैसला दोहोर्‍याई हेरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।

15.        पुनरावेदन अदालतबाट भएको फैसलामा लागू औषध (नियन्त्र) ऐन, २०३३ को दफा १५ र १८ को व्याख्यात्मक त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा () को खण्ड () बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

16.         नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फका विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेलले प्रहरी प्रतिवेदन दावी बमोजिम प्रतिवादीलाई हदैसम्म सजाय गर्न मिल्ने पर्याप्त आधार हुँदाहुँदै कम सजाय गरेको र यसै मुद्दाबाट लागू औषध संचित रहेको घर जफत हुन सक्नेमा सो बमोजिम नभएको पुनरावेदन अदालत हेटौडाको इन्साफ नमिलेकोले बदर भई प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीलाई हदैसम्म सजाय र घर समेत जफत हुनुपर्छ भनी र प्रतिवादी रामबहादुर ग्यावातर्फका विद्वान अधिवक्ता श्री तुल्सी भट्टले लागू औषध संचित गर्दैमा घर जफत हुन सक्दैन बिक्री गरेको पनि हुनुपर्दछ । प्रस्तुत मुद्दामा लागू औषध विक्री भएको अवस्था नभएकाले पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालतबाट भएको इन्साफ मिले नमिलेको र पुनरावेदक वादीको जिकिर बमोजिम हुनुपर्ने हो, होइन भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने हुन आयो ।

17.        यसमा प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४() तथा दफा १५ अन्तर्गत माग दावी लिई मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादी मध्येका राम बहादुर ग्यावा तामाङ्कको घर खानतलासी गर्दा निजको जि.. हेटौडा नगरपालिका वडा नं. ८ घरबाट २०४५।२।२१ मा ७ किलो चरेश बरामद भएकोमा उक्त घर समेत अपराधिक मालवस्तु संचय गर्ने थलोको रुपमा प्रयोग गरिएको सो समेत लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ बमोजिम जफत गरी प्रतिवादीलाई ऐन बमोजिम सजाय गरी पाउन प्रहरी प्रतिवेदन परेकोमा शुरु जिल्ला अदालतले प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्‍याई निजहरुलाई कैद जरिवाना समेत गरी घर जफत तर्फको दावीमा प्रतिवादीको घर मकवानपुर जिल्लामा अवस्थित रहेको, सो पर्सा जिल्ला अदालतको क्षेत्राधिकार भित्र नपर्ने भनी घरतर्फ सम्बन्धित क्षेत्राधिकार रहेको अदालतमा मुद्दा गर्न जानु भनी वादी पक्षलाई जानकारी दिने समेत ठहर्छ भन्‍ने फैसलालाई पुनरावेदन अदालत हेटौडाले सदर गरे उपर वादी पक्षको यस अदालतमा दोहोर्‍याई पाउने निवेदन परी निस्सा समेत प्रदान भई पेश हुन आएको पाइयो । मुलुकी ऐन, .वं. २९ नं. को देहाय दफा ३ मा यसै दफाको देहाय दफा () मा लेखिए बाहेक अरु फौज्दारी मुद्दा अपराध भएका इलाका वा प्रतिवादी रहेको इलाकाको अड्डा मध्ये जहाँ फिराद दिनछ सोही अड्डाबाट हेर्नुपर्छ भन्‍ने स्पष्ट व्यवस्था हुँदा हुदैँ एकै मुद्दामा केही कुरा बाँकी राखी फैसला गरेको अ.वं. २ नं. को त्रुटि गरेको देखिएकोले शुरु पर्सा जिल्ला अदालतको मिति ०४७।१।९ गतेको फैसला र सो फैसलालाई सदर रेको पुनरावेदन अदालत, हेटौडाको मिति ०५१।१।१४ गतेको समेत दुवै फैसलाहरु वदर गरी दिएको छ, अब जे जो बुझ्नु पर्ने बुझी कानून बमोजिम फैसला गर्नु भनी तारेखमा रहेका प्रतिवादीलाई तारेख तोकी शुरु मिसिल पर्सा जिल्ला अदालतमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इतिसम्वत २०५७ साल जेष्ठ २६ गते रोज ५ शुभम्.............

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु