शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९४४ - कर्तव्य ज्यान

भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १०

निर्णय नं. ६९४४           ने.का.प. २०५७            अङ्क १०/११

पूर्ण इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

सम्वत २०५४ सालको फौ.पु.इ.नं. .. ३३

फैसला मितिः २०५६।७।२५।५

 

मुद्दाः   कर्तव्य ज्यान

पुनरावेदक/प्रतिवादीः जिल्ला कन्चनपुर, कृष्णपुर गा.वि.स. वडा नं. ३ घर भै हाल कन्चपुर कारागारमा रहेका बन्दी धनबहादुर खत्री

विरुद्ध

प्रत्यर्थी/वादीः रामसिंह रावलको जाहेरीले श्री ५ को सरकार

 

§  शुरु जाहेरी दरखास्तमा यसले कर्तव्य गरेको हो भन्‍ने कुरा खुल्दैन । लास प्रकृति मुचुल्का घटनास्थल प्रकृति मुचुल्का हुदा सम्म कसै उपर शंका सम्म गरेको देखिदैन । घटना मिति २०४८।२।११ मा घटेको देखिन्छ । १२ दिनपछि अर्थात २०४८।२।२३ गते पेश गरेको पक्राउ प्रतिवेदनमा प्रतिवादी धनबहादुरले आरोपित कसूर गरेको भन्‍ने कुरा विशेष सुत्रबाट थाहा हुन आएको भन्‍ने उल्लेख भएको तर के कस्तो विशेष सुत्र हो केही खुलाउन सकेको देखिदैँन । तसर्थ २०४८।२।११ को घटनासँग प्र.धनबहादुर संवद्ध रहेको भन्‍ने तथ्य प्रमाणबाट पुष्टि हुदैँन । प्रस्तत कर्तव्य ज्यन मुद्दाको घटनाको मूल आधार मृतकलाई करणी रेको भन्‍ने तथ्यसंगत छ । प्रतिवादी उपर जवरजस्ती करणीको अभियोग पनि लगाएको देखिन्छ । तर जवरजस्ती करणी भएको भन्‍ने कुनै पनि तथ्य प्रमाण प्रस्तुत मुद्दामा देखिदैन । घटनास्थल विवरण र लाश प्रकृति मुचुल्काबाट घटना भएको ठाउमा वा मृतकले लगाएको कपडामा वीर्यको कुनै चिन्ह देखिदैँन । मृतकले लगाएको धोती र चोला च्यातचुत भएको पनि देखिदैँन । मृतकले लगाएको चोलाको चारवटा टाँकहरु यथावत रहे भएबाट जवरजस्ती करणी भएको कुनै चिन्ह देखिन आउदैन । यसरी जुन जरीयाबाट ज्यान भने गएको भनिएको हो सो जरिया आधार पुष्टी हुन सकेको देखिदैँन । लाश प्रकृति घटनास्थल विवरण मुचुल्का लगायतका कार्यहरु भै सकेपछि अज्ञात सुत्रको आधरमा पक्राउ परेका प्रतिवादीको प्रहरीमा भएको ठाडो साविती कागज बाहेक प्रतिवादीले कसूर गरेको भन्‍ने प्रत्यक्षदर्शी वा ठोस प्रमाणबाट प्रतिवादीले कसूर गरेको हो भन्‍ने तथ्य स्थापित हुन आएको देखिदैन । प्रहरीमा भएको प्रतिवादीको साविती बयान हेर्दा प्रतिवादीले जवरजस्ती करणी गरी केही पर गईसकेपछि मृतकले जवरजस्ती करणी गरेको कुरा प्रकाश गरी दिन्छु भनेकाले अपराध छिपाउन फर्की आई बन्चरो खोसी हानी मारेको भन्‍ने उल्लेख छ । प्रतिवादीले मृतकलाई मार्ने वा करणी गर्ने योजना बनाई आएको भन्‍ने कहीँ कतैबाट देखिदैँन । मानिस मारेको कुरा झन छिपाउन नसक्ने प्रकृतिको हुने हुँदा प्रतिवादीको प्रहरी साविती स्वभाविका पनि देखिदैन ।  प्रहरी सावितीमा मर्नेले बन्चरोले हानी घाउँ पार दिएको भन्‍ने उल्लेख छ तर प्रतिवादीका खुट्टामा त्यस्तो घाउ भएको भन्‍ने तथ्य खम्बिर हुन सकेको देखिदैन । मृतकको उमेर ३० वर्षको र प्रतिवादीको उमेर २५ वर्षको देखिन्छ । एक्लै वनमा गई दाउरा चीर्न सक्ने मृतकलाई जवरजस्ती करणी गरेको भए दुवै बीच संघर्ष हुनुपर्ने र सो को तथ्य स्थापित हुन पर्ने त्यो देखिदैँन । तसर्थ प्रहरी सावितीलाई विश्‍वास गर्न सकिने अवस्था छैन । मृतकले आफू मर्नुअघि आफ्नो मृत्युको सम्बन्धमा जवादेवी महर प्राथमिक उपचार गर्ने जगदिश पाण्डे समक्ष आफूलाई करणी गरेको भन्‍ने उल्लेख नगरी वनपाले जस्तो मानिसले बन्चरो खोसी हानेको भनेकी भन्‍ने भएबाट करणीको सिलसिला जरीयाबाट मृतक सेतुदेवी रावतको मृत्यु भएको भन्‍ने पुष्टी हुन आएको देखिएन । उपरोक्त लेखिए अनुसार प्रतिवादी धनबहादुरले नै मृतक सेतुदेवी रावतको हत्या गरेको भन्‍ने ठोस तथ्य प्रमाणबाट पुष्टी हुन नसकेको, घटना घटेको १३ दिनपछि प्रहरीमा भएको साविती बयान बाहेक अन्य शंकाविहिन प्रमाणबाट कसूर गरेको भन्‍न उचित नदेखिँदामा प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री क प्रसाद उपाध्यायको राय मनासिव ठहर्ने ।       

 (प्र.नं. १७)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः X

प्रत्यर्थी वादी तर्फबाटः विद्बान सरकारी अधिवक्ता  श्री नरेन्द्र पाठक

अवलम्बित नजिरX

फैसला

न्या.लक्ष्मणप्रसाद अर्यालः मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छः-

2.               मिति २०४८।२।११ गते दिनको ३ बजेको समयमा मेरी श्रीमती वर्ष ३० की सेतुदेवी राउत दाउरा लिन जान्छु भनी जंगल गएकी, ऐ.गतेको ४ बजेतिर पानी पानी भनी कराएको छ भनी हेर्ने हर्के बुढाले भनेपछि हेर्न जाँदा श्रीमती बेहोस भई पल्टिराखेकी अवस्था देखी गाउँलेहरुको सहयोगले औषधालय ल्याउँदा भोलिपल्ट श्रीमतीको अस्पतालमा नै मृत्यु भएकोले लास सुरक्षित राखी जाहेर गर्न आएको छु । अपराधी पत्ता लगाई कानुन बमोजिम कार्वाही गरिपाउ भन्ने रामबहादुरको जाहेरी दरखास्त ।

3.                पूर्व निगाली गाउँ, उत्तर दक्षिण पहरिया जंगलभित्र निगाली गाउँ देखि अं. २५० मिटर जंगलको बीचमा १ मिटर जति जमिन घिस्रिएको ठाउँ भएको, सो ठाउँमा सुकेको रगत दाग भएको सानो रङ्नाको पत्तिमा रगत लागि सुकेको भन्ने प्रकृति मुचुल्का ।

4.              झलारी गा.वि.स. वडा नं. ७ स्थित सडकदेखि पश्चिम जगदीश पाण्डेको औषधालयको आगनमा रसीले बुनेको खटियामाथि सेतो कपडाले छोपी राखेको सो कपडा हटाई हेर्दा दुवै हात गोडा तन्किएको कालो ब्लाउज र हरियो रंगको पेटिकोट लगाएको आँखा अर्ध खुला मुख बन्द निधारमा १ इन्च लम्बाई बाँया हातको कुइनामा २१।२ चौडा र २ इन्च लम्बाई गरी २ ठाउँमा धारिलो हतियारले काटेको घाउ भएको अन्य शरीरमा घाउ चोट नदेखिएको नाक कानमा गहना नभएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।

5.               टाउकोमा ठूलो चोटले गर्दा शरीर बाहिर र भित्र रक्तश्राव भई मृत्यु भएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।

6.               २०४८।२।११ गते वीरबहादुरको घर गएको थिएँ । त्यहाँबाट आउँदा निगाली गाउँको पश्चिमको जंगलमा पुग्दा एउटा गोरो अनुहारको कालो ब्लाउज रातो साडी लगाएकी आइमाइ दाउरा चिरिराखेको देखे र नजिक गई निजलाई समाती जबर्जस्ती करणी गरें । घरतिर जान लागेको बेला निज आइमाइले बन्चरोले मलाई प्रहार गर्न खोज्दा मैले आफ्नो खुट्टा छली सानो घाउ मात्र लाग्यो । तलाई चिने कहाँ जालास भनेर गाली गरेकीले गाउँमा गई भनेपछि गाउँलेले मलाई सत्यनास गर्लान भन्ने सोची निज आइमाइको हातको बन्चरो खोसी ३ चोटी टाउकोमा हानी मरिहाली भनी भागी गएको हुँ भन्ने समेतको अभियुक्त धनबहादुरले प्रहरी समक्ष गरेको बयान ।

7.               मिति २०४८।२।११ गतेको अं. ४, ५ बजेको समयमा जंगलमा सेतुदेवी राउतलाई बन्चरोले प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा भएको उपचारको लागि झलारी तर्फ लगेको कुरा देखेका हौं र सुनेका हौं सो घटना घटाउने धनबहादुर खत्री हो निजमाथि शंका तथा विश्वास लाग्छ भनी सर्जमिनले लेखाई दिएको सर्जमिन मुचुल्का ।

8.               श्रीमती सेतुदेवीले एक्लै जंगलमा दाउरा चिरी राखेको अवस्थामा जबरजस्ती करणी गरी निजले खुद चिनेकोले अपराधबाट बच्न बन्चरो जस्तो जोखिम हतियार प्रयोग गरी काटी नाकमा लगाएको २ आना भरको सुनको फुली समेत चोरी गरी लगी गएको सोही चोटबाट निज सेतुदेवीको मृत्यु भएकोले ज्यान सम्बन्धीको महलको १ नं. को अपराध कसुर गरेको साथै मु.ऐन चोरीको ५ नं. र ऐ.को जवरजस्ती करणीको १ परिभाषित कसुर गरेको देखिन आयो । सो देखिनाले निज अभियुक्त धनबहादुर खत्रीलाई मु.ऐन ज्यान सम्बन्धी महलको १३ नं. को देहाय (१) बमोजिम जवरजस्ती रणीको महलको ३ नं. र चोरीको महलको १४(३) बमोजिम सजाय गरी पाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन ।

9.               २०४८।२।११ गते म आफ्नो घर बनाउने कार्यमा जुटेको थिएँ । २०४८।२।११ गते सेतुदेवीलाई जबरजस्ती करणी गरी बन्चरोले चोट हिकाई सेतुदेवीको मृत्यु भएको होइन । मैले जाहेरवालाकी श्रीमतीलाई देखे चिनेको पनि छैन । प्रहरीमा बयान गर्दा मैले बन्चरोले हानेको र मारेको भनी भनेको थिइन । प्रहरीमा मैले गरेको बयान स्वेच्छाले गरेको होइन । प्रहरीले मैले कसुर गरेको हुँ भन्नु पर्छ भनी कुटपिट गरेकोले सो सहन नसकी यस्तो बयान गरेको हुँ सो बयान मलाई पढी वाची सुनाएन । आज अदालतमा गरेको बयान सत्य हो भन्ने समेतको धनबहादुर खत्रीले अदालतमा गरेको बयान ।

10.            जाहेरवाला तथा सर्जमिनको व्यक्ति समेत र प्रतिवादीका साक्षीहरुले गरेको बकपत्र मिसिल साथ समावेश रहेको ।

11.             प्र.धनबहादुर खत्रीले कुनै ठोस र तथ्ययुक्त सवुद प्रमाण गुजार्न नसकेको हुँदा प्र.धनबहादुर खत्रीले वादी दावी वमोजिम मृतक सेतुदेवीलाई एक्लै जंगलमा दाउरा चिरिरहेकी अवस्थामा समाती जबरजस्ती करणी गरी सो कुरा प्रकाशमा आएमा आफूलाई सजाय हुने डरले सेतुदेवीले दाउरा काट्न लगेको बन्चरो प्रहार गरी मरणासन्न अवस्थामा पारी छाडेको सोही चोटले निज मृतक सेतुदेवीको मृत्यु भएको ठहर्छ । सो ठहर्नाले निज प्र.धनबहादुर खत्रीलाई मु.ऐन ज्यान सम्बन्धी महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । जबरजस्ती करणी  गरेको तर्फ सजायको दावी विचार गर्दा मु.ऐन द.स. का १० नं. अनुसार प्रस्तुत मुद्दाको कर्तव्य ज्यान र जबरजस्ती करणी एउटै वारदात भएको र एउटै कागको माग दावीबाट चलेको हुँदा प्र.धनबहादुर खत्रीलाई जबरजस्ती करणीतर्फ सजाय गरिरहनु परेन । चोरीको विगो हकमा प्रतिवादीले अदालतमा समेत बयान गर्दा पनि मृतक सेतुदेवीले लगाएको फुली आफूले नलगेको भनेको र निजले लगेकै हो भन्ने ठोस प्रमाण मिसिल संलग्न नदेखिँदा त्यसतर्फ अर्थात् चोरी तर्फको प्रहरी प्रतिवेदन माग दावी पुग्न सक्तैन भन्ने कञ्चनपुर जिल्ला अदालतको २०४९।८।७ गतेको फैसला ।

12.             आरोपित कसुर प्रमाणित हुने सवुदको अभावमा प्रहरी समक्षको सावितिलाई मात्र आधार बनाई कसुर गरेको ठहर हुँदैन, सम्मानित सर्वोच्च अदालतबाट स्थापित मान्य कानुनी सिद्धान्तहरुको उल्लंघन गर्दै मेरा विरुद्ध निर्णय भएको सर्वथा कानुनी विपरित हुँदा वदर गरी सफाई पाउँ भन्ने प्रतिवादी धनबहादुर खत्रीको पुनरावेदन अदालत समक्ष परेको पुनरावेदन पत्र ।

13.             प्रतिवादी धनबहादुरको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती बयान अन्यथा हो भनी प्रमाणित गराउन नसकेको, वारदातका दिन अन्यत्र थिए भन्ने जिकिरलाई शंकारहित तवरबाट पुष्टि गराउन नसकेको, सर्जमिनका व्यक्तिहरु, लास जाँच मुचुल्का र प्रहरीमा समेत कागज गर्ने व्यक्तिहरुको अदालतमा आई प्रतिवादी विरुद्ध बकपत्र गरिदिएको आधार प्रमाण समेतबाट प्रतिवादी धनबहादुरले आरोप दावी अनुसारको अपराध गरेको समर्थित हुन आउँछ । तसर्थ यी कारण परिबन्दबाट प्र. धनबहादुर खत्रीलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गतको कसुर ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादीको कामवासना तृप्त गर्ने प्रयासमा मृतक सेतुदेवी रावतको प्रतिरोध भएको कारणबाट निज उत्तेजित भई आवेशमा आई मृतकमाथि सांघातिक प्रहार गरेको देखिनाले प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्क हुन जाने चित्तमा लागेको हुँदा प्रतिवादीलाई अ.वं. १८८ नं. बमोजिम १० वर्षको मात्र कैदको सजाय गर्ने राय व्यक्त गर्दै साधक सदरको लागि प्रस्तुत मुद्दा सम्मानित सर्वोच्च अदालतमा पठाई दिनु भन्ने पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५१।३।२१ को फैसला ।

14.            यसमा प्र.धनबहादुर खत्री प्रहरीमा सावित भएको देखिए तापनि सो सावितिलाई समर्थन गर्ने विश्वसनीय तथा स्वतन्त्र प्रमाणको अभावमा सुरुमा फैसला सदर गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको इन्साफ फरक पर्ने देखिँदा अ.वं. २०२ नं. र सर्वोच्च अदालत नियमावली बमोजिम छलफलको निमित्त श्री महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने व्यहोराको यस अदालतको संयुक्त इजलासको मिति २०५२।३।३० को आदेश ।

15.            प्रतिवादी धनबहादुर लुकी बसेको अवस्थामा खुद निजको दाजुबाट पक्राउ भएको पाइन्छ । यस अवस्थामा निजले अदालतमा इन्कार बयान गर्दा प्रहरीले कुटपिट गरी गराएको भने पनि सो कुराको प्रमाण निजले पुर्‍याउन सकेको पाइदैन । उल्टो घाउ देखाउन सक्तिन भन्ने व्यक्तिले मृतक सेतुले एकपटक खुट्टामा हानेको कुरालाई दवाउन खोजेको समेत देखिन आएबाट निज कसुरदार होइन भन्न सकिने अवस्था नभएबाट सुरु कन्चनपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको साधक फैसला मनासिव ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्यायको छुट्टै राय भएबाट सर्वोच्च अदालत नियमावली, २०४९ बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको मा.न्या.श्री मोहनप्रसाद शर्माको राय ।

16.             प्रतिवादी धनबहादुरले नै मृतक सेतुदेवीलाई कर्तव्य गरी मारेको भन्ने ठोस एवं शंकारहित प्रमाणको अभाव देखिँदा प्रहरीमा भएको सावितिको आधारमा मात्र ज्यान जस्तो जघन्य अपराधमा कसुरदार ठहर गर्न मिल्ने अवस्था देखिएन । प्रतिवादी धनबहादुरले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । सुरु र पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला उल्टी हुन्छ । माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको कसुर ठह गर्ने रायसँग सहमत नहुँदा पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको मा.न्या.श्री केशवप्रसाद उपाध्यायको राय ।

17.            नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट रहनु भएका विद्बान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठकले प्रतिवादी धनबहादुर मृतक सेतुदेवी रावतलाई जवरजस्ती करणी गरी कर्तव्य गरी मारेमा सावित छन् । प्रतिवादीले प्रहरीमा भएको बयानमा बन्चरोले प्रहार गरी मारेको भनी बयान गरेको सो कुरा लास प्रकृति मुचुल्का र महाकाली अंचल अस्पतालबाट भई आएको लास जाँच प्रतिवेदनबाट समेत पुष्टी हुन्छ । सर्जमिनका मानिसले पनि निज प्रतिवादी धनबहादुर खराब चाल चलन भएको मानिस भएकोले निजले नै कर्तव्य गरी मारेमा शंका व्यक्ति गरिदिएका छन । प्रतिवादी धनबहादुरले अदालतमा बयान गर्दा प्रहरीमा स्वेच्छाले गरेको बयान होइन प्रहरीले कुटपिट गरेकोले उक्त बयान गरेको भनेतापनि प्रहरीले कुटपिट गरेको प्रमाण निजले दिन सकेको नदेखिँदा प्रतिवादी धनबहादुरलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार नै सजाय हुनुपर्दछ । माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय सदर हुनुपर्छ भन्‍ने बहस प्रस्तुत गर्नुभयो । यसमा शुरु कन्चनपुर जिल्ला अदालतले २० वर्ष कैद गर्ने उपर पुनरावेदन परी पुनरावेदन अदालत दिपायत मुकाम महेन्द्रनगरले अ.वं. १८८ लगाई १० वर्ष कैद गर्ने गरेको प्रस्तुत मुद्दामा यस अदालत संयुक्त इजलासबाट हेरिदा माननीय न्यायाधीशद्बयको रायबाझी भई यस बेन्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको कस्को राय सदर हुने हो ? भन्‍ने तर्फ विचार गर्दा शुरु जाहेरी दरखास्तमा यसले कर्तव्य गरेको हो भन्‍ने कुरा खुल्दैन । लास प्रकृति मुचुल्का घटनास्थल प्रकृति मुचुल्का हुदा सम्म कसै उपर शंका सम्म गरेको देखिदैन । घटना मिति २०४८।२।११ मा घटेको देखिन्छ । १२ दिनपछि अर्थात २०४८।२।२३ गते पेश गरेको पक्राउ प्रतिवेदनमा प्रतिवादी धनबहादुरले आरोपित कसूर गरेको भन्‍ने कुरा विशेष सुत्रबाट थाहा हुन आएको भन्‍ने उल्लेख भएको तर के कस्तो विशेष सुत्र हो केही खुलाउन सकेको देखिदैँन । तसर्थ २०४८।२।११ को घटनासँग प्र.धनबहादुर संवद्ध रहेको भन्‍ने तथ्य प्रमाणबाट पुष्टि हुदैँन । प्रस्तत कर्तव्य ज्यन मुद्दाको घटनाको मूल आधार मृतकलाई करणी रेको भन्‍ने तथ्यसंगत छ । प्रतिवादी उपर जवरजस्ती करणीको अभियोग पनि लगाएको देखिन्छ । तर जवरजस्ती करणी भएको भन्‍ने कुनै पनि तथ्य प्रमाण प्रस्तुत मुद्दामा देखिदैन । घटनास्थल विवरण र लाश प्रकृति मुचुल्काबाट घटना भएको ठाउमा वा मृतकले लगाएको कपडामा वीर्यको कुनै चिन्ह देखिदैँन । मृतकले लगाएको धोती र चोला च्यातचुत भएको पनि देखिदैँन । मृतकले लगाएको चोलाको चारवटा टाँकहरु यथावत रहे भएबाट जवरजस्ती करणी भएको कुनै चिन्ह देखिन आउदैन । यसरी जुन जरीयाबाट ज्यान भने गएको भनिएको हो सो जरिया आधार पुष्टी हुन सकेको देखिदैँन । लाश प्रकृति घटनास्थल विवरण मुचुल्का लगायतका कार्यहरु भै सकेपछि अज्ञात सुत्रको आधरमा पक्राउ परेका प्रतिवादीको प्रहरीमा भएको ठाडो साविती कागज बाहेक प्रतिवादीले कसूर गरेको भन्‍ने प्रत्यक्षदर्शी वा ठोस प्रमाणबाट प्रतिवादीले कसूर गरेको हो भन्‍ने तथ्य स्थापित हुन आएको देखिदैन । प्रहरीमा भएको प्रतिवादीको साविती बयान हेर्दा प्रतिवादीले जवरजस्ती करणी गरी केही पर गईसकेपछि मृतकले जवरजस्ती करणी गरेको कुरा प्रकाश गरी दिन्छु भनेकाले अपराध छिपाउन फर्की आई बन्चरो खोसी हानी मारेको भन्‍ने उल्लेख छ । प्रतिवादीले मृतकलाई मार्ने वा करणी गर्ने योजना बनाई आएको भन्‍ने कहीँ कतैबाट देखिदैँन । मानिस मारेको कुरा झन छिपाउन नसक्ने प्रकृतिको हुने हुँदा प्रतिवादीको प्रहरी साविती स्वभाविका पनि देखिदैन ।  प्रहरी सावितीमा मर्नेले बन्चरोले हानी घाउँ पार दिएको भन्‍ने उल्लेख छ तर प्रतिवादीका खुट्टामा त्यस्तो घाउ भएको भन्‍ने तथ्य खम्बिर हुन सकेको देखिदैन । मृतकको उमेर ३० वर्षको र प्रतिवादीको उमेर २५ वर्षको देखिन्छ । एक्लै वनमा गई दाउरा चीर्न सक्ने मृतकलाई जवरजस्ती करणी गरेको भए दुवै बीच संघर्ष हुनुपर्ने र सो को तथ्य स्थापित हुन पर्ने त्यो देखिदैँन । तसर्थ प्रहरी सावितीलाई विश्‍वास गर्न सकिने अवस्था छैन । मृतकले आफू मर्नुअघि आफ्नो मृत्युको सम्बन्धमा जवादेवी महर प्राथमिक उपचार गर्ने जगदिश पाण्डे समक्ष आफूलाई करणी गरेको भन्‍ने उल्लेख नगरी वनपाले जस्तो मानिसले बन्चरो खोसी हानेको भनेकी भन्‍ने भएबाट करणीको सिलसिला जरीयाबाट मृतक सेतुदेवी रावतको मृत्यु भएको भन्‍ने पुष्टी हुन आएको देखिएन । उपरोक्त लेखिए अनुसार प्रतिवादी धनबहादुरले नै मृतक सेतुदेवी रावतको हत्या गरेको भन्‍ने ठोस तथ्य प्रमाणबाट पुष्टी हुन नसकेको, घटना घटेको १३ दिनपछि प्रहरीमा भएको साविती बयान बाहेक अन्य शंकाविहिन प्रमाणबाट कसूर गरेको भन्‍न उचित नदेखिँदामा प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री क प्रसाद उपाध्यायको राय मनासिव ठहर्छ । तपसिलका कुरामा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी धनबहादुर खत्रीले आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला भएकोले निज प्रतिवादी धनबहादुर खत्रीलाई अविलम्ब थुनाबाट मुक्त गरी दिनु भनी हाल थुनामा रहेको सम्बन्धित कारागार शाखामा लेखी पठाउनु .....................

ऐ.ऐ. ठहरी फैसला भएकोले पुनरावेदन अदालत महेन्द्रनगर तथा शुरु कन्चनपुर जिल्ला अदालतका फैसलाले राखेको लगत कायम नरही कट्टा हुने हुँदा सो दुवै तहका फैसलाले राखेको लगत कट्टा गरिदिनु र शुरु कञ्चनपुर जिल्ला अदालतका फैसला बमोजिम निज प्रतिवादी धनबहादुर खत्रीको नाउँको रोक्का रहेको सम्पत्ति फुकुवा गरीदिनु भनी शुरु कन्चनपुर जिल्ला अदालतमा लेखी पठाई दिन ................२

प्रस्तुत मुद्दा साधकको तहबाट फैसला भएकोले फैसलाको जानकारी प्रतिवादी धनबहादुर खत्री थुनामा रहेको कारागार शाखामा लेखी पठाइदिन .................

मिसिल नियम बमोजिम गरी बुझा दिन ..................४

 

उक्त रायमा सहमत छौं ।

 

न्या.भैरवप्रसाद लम्साल

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत २०५६ साल कार्तिक २५ गते रोज ५ शुभम् ......................।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु