शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९५८ - दर्ता वदर दर्ता

भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १०

निर्णय नं. ६९५८          ने.का.. २०५७            अङ्क १०/११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ

सम्वत २०५४ सालको दे.पु.नं. ... ३५४८

फैसला मितिः २०५६।११।९।२

मुद्दाः  दर्ता वदर दर्ता ।

पुनरावेदक/वादीः रौतहट जिल्ला, गा.वि.. राजदेवी वडा नं. ८ बस्ने सत्यनारायण ठाकुर हजाम

विरुद्ध

विपक्षी/प्रतवादीः रौतहट जिल्ला, गा.वि.. राजदेवी वडा नं. ७ बस्ने श्यामशंकर मिश्र

 

§  अदालतको फैसलाले प्रतिवादीले विगो भरी भराउको कारवाईमा लिलाम सकर गरी दर्ता गराएको जग्गाको विषयलाई लिएर वादीको फिराद परेको कुरामा विवाद देखिदैँन । मिति २०४३।९।३ मा भएको कारवाईलाई लिएर मिति २०४८।३।२६ मा मात्र फिराद परेको देखियो । वादीले लेनदेन व्यवहारको ४० नं. को हदम्याद उल्लेख गरी फिराद दायर गरेको अवस्थामा पछि पुनरावेदन तहमा अ.वं.३६ नं. को हदम्यादको जिकिर लिन मिल्ने पनि देखिदैँन । प्रतिवादीले अदालतको फैसला अनुसार भरी पाउने विगोमा लिलाम सकार गरी आफ्ना नाममा जग्गा दर्ता गरेको कार्यलाई वदर गराउन वादीले फिराद दायर गर्दाको लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र अर्थात सो कार्य भए गरेको २ वर्षभित्र नालिस दिनुपर्ने हुन्छ । अदालतबाट मिति २०४१।११।२१ मा भएको फैसलाको कार्यान्वयनको सिलसिलामा मिति  २०४३।९।३ मा लिलाम गर्ने समेतको अदालतबाट भएको काम कारबाहीलाई वदर गराउन प्रस्तुत फिराद मिति २०४८।३।२६ मा मत्र दायर भएको देखिन आयो । तसर्थ लेनदेन व्यवहारको ४० नं. बमोजिम अदालतबाट लिलामी काम कारबाही भएको मिति २०३।९।३ ले २ वर्ष भित्र प्रस्तुत फिराद परेको नदेखिँदा शुरु फैसला उल्टी गरी फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५२।८।९ को फैसला मनासिव ठहर्ने ।         

 (प्र.नं. १३)

पुनरावेदक वादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा अधिवक्ताद्बय श्री बालमुकुन्द श्रेष्ठ र श्री राजेन्द्र घिमिरे

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजिरः

फैसला

न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत हेटौडाले गरेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः

2.            मुल पुरुष स्व.श्रीराम ठाकुर हजामको २ छोरामा जेठो महादेव ठाकुर र कान्छो सत्यनारायण ठाकुर भएकोमा दाजु महादेव ठाकुरले अंश छुट्याई नदिँदा २०३३ साल वैशाख १ गतेलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पत्तिको फाँटवारी लिई २ खण्डको एक खण्ड अंश दिलाई पाउँ भनी म वादी सत्यनारायण ठाकुरले महादेव ठाकुरका उपर २०४१।४।१५ गतेमा दे.नं. ८४० को अंश मुद्दा दिएकोमा फिराद दायर भएको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी आदेशानुसार दाखिल भएको तायदाती मध्ये २ भागको १ भाग वादीले प्र.बाट अंश पाउने ठहरी अदालतबाट मिति २०४३।४।२० मा भएको फैसला उपर म वादी सत्यनारायण ठाकुरले रौ.जि..को फैसला वदर गरी २०३३ साल वैशाख १ गतेसम्मको तायदाती दाखिल गराई सोबाट मैले आधी अंश पाउने गरी इन्साफ गरी पाउँ भनी पुनरावेदन दिएकोमा २०३३।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी इन्साफ गर्नुपर्नेमा शुरुबाट भएको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ । जे जो बुझ्नु पर्छ बुझी फैसला गर्नु भन्ने श्री नारायणी अञ्‍चल अदालतबाट आदेश भई दे.नं. ११६२ मा मुद्दा दर्ता भई रौं.जि..को २०४।२।१० र नारायणी अञ्‍चल अदालतको २०४७।१।२५ को फैसलाहरुबाट २०३३।१।१ गतेसम्मको जि.. सेढवा वडा नं. १ कि.नं. १४८ को ०० मध्ये पुर्वतर्फबाट ०१० ऐ.. वडा नं. ३ कित्ता नं. १९९ को ०७ मध्ये पूर्वतर्फबाट ०.१।२ ऐ.. कि.नं. २४४ को ०१ मध्ये पूर्वतर्फबाट ०१० ऐ. वडा नं. ५ कि.नं. ७७ को ०१६ मध्य पूर्वतर्फबाट ०८ ऐ.., कि.नं. १३४ को ०३ मध्ये पूर्वबाट ०११.१।२ ऐ.वडा नं. ७ कि.नं. ११० को ०५ मध्ये पूर्वबाट ०.१।२ ऐ.कि.नं. १११ को ०१४ मध्ये पूर्वबाट ०१७ ऐ.. कि.नं. ११३ को ०१०५ मध्ये पूर्वबाट ०.१।२ ऐ.. कि.नं. ११४ को ०० मध्ये पूर्वबाट ०१० ऐ. कि.नं. ११५ को ०१५ मध्ये पूर्वबाट ०१७.१।२ समेत जग्गाहरु (आधी अंशमा) म वादी सत्यनारायण ठाकुरले अंश पाउने ठहरी फैसला भएकोमा सो अंश मुद्दा चल्दा चल्दैको अवस्थामा ऋण महादेव ठाकुर धनी विपक्षी श्यामशंकर मिश्र भएको २०३४।३।८ गतेमा गर्नु भएको लेनदेन मुद्दामा रौ.जि..को २०४१।११।२१ को फैसलाले श्यामशंकर मिश्रले भरी पाउने ठहरेको विगो भराई पाउँ भनी विगोको नं. ७३।३०२ को विगो भरी भराउ मुद्दामा प्र.महादेव ठाकुरको नाममा दर्ता रहेको म सत्यनारायण ठाकुरको आधी अंशको जग्गा समेत लिलाम डाँक बढाबढ हुने भन्ने सूचना प्रकाशित हुँदा महादेव ठाकुरको नाममा दर्ता रहेको म समेतको अंश हकको जग्गा लिलाम गर्न नपाउने गरी आदेश गरी पाउँ भनी म सत्यनारायण ठाकुरले रौ.जि..मा दिएको निवेदनमा लिलाम रोक्का गर्नु पर्दैन नियमानुसार लिलाम गर्नु भन्ने रौ.जि..बाट भएको आदेशलाई बदर गराउन मैले नारायणी अञ्‍चल अदालतमा निवेदन दिए पनि सोही मितिमा मेरो अंशको जग्गा समेत लिलाम भई प्र.ले नै लिलाम सकार गर्नु भएकोले मेरो अंशको जग्गाको लिलामी र प्र.को नाउँको दर्ता समेत बदर गरी उक्त जग्गाहरु मध्ये प्रत्येक कित्ताको पूर्वतर्फबाट आधी जग्गा मेरो नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

3.            वादी र निजको दाजु महादेव ठाकुर समेत दुवै दाजु भाइले आपसमा मिलोमतो गरी मेरो सुपत पचाउने उद्देश्यबाट मेरो लेनदेन मुद्दा परिसकेपछि २०३३ सालमा मानो छुटेको मिति उल्लेख गरी अंश मुद्दा चलाएको भए पनि अदालतको फैसला र आदेश बमोजिम उल्लेखित जग्गाहरु लिलाम डाँक सकार गरी दर्ता हुन आएकोले सो लिलाम दर्ता समेत बदर हुनुपर्ने होइन छैन । साथै अदालतले गरेको लिलाम डाकलाई दण्ड सजायको ६१ नं. को ऐन बाहेक अरु कुनै पनि ऐनले बदर गर्न पाउने अधिकार नदिएको र उक्त ऐन अन्तर्गतको वादीको यो उजुरी नपरेको हुँदा वादीको यो उजुरी कानुन विपरितको भएकोले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

4.           यी वादीको एकासगोलको दाजु महादेव ठाकुरले प्र.श्याम शंकर मिश्रबाट खाएको ऋणमा वादी दावीको जग्गा अदालतबाट लिलाम डाँक बढाबढ हुँदा प्र.श्याम शंकर मिश्रले डाँक सकार गरी निजको नाउँमा हुन आएको दर्ता समेत वादी दावी बमोजिम बदर हुनुपर्ने होइन छैन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी सदानन्द झा १, जगदेव महरा चमार १ समेत जना २ को बकपत्र ।

5.            वादीको प्रस्तुत फिराद मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. अन्तर्गतको देखिएकोले अदालतको कर्मचारी तहसिलदार कर्मचारीले गरेको निर्णयबाट आफ्नो सम्पत्ति अपहरण हुने भएमा नागरिक अधिकार ऐन, २०१२ को दफा ९० र अ.वं. २९ नं. देहाय ८ बमोजिम तत्कालिन अन्चल अदालतमा नालेश गर्नुपर्ने प्रावधान भइरहेकोमा लेनदेन व्यवहारको ४० नं. ंगाली यस अदालतमा परेको प्रस्तुत फिराद कानुन अनुकूलको देखिन नआएकोले त्यस्तो फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा फिराद दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको मिति २०४९।३।२४।४ को फैसला ।

6.            शुरुको खारेजी फैसलामा मेरो चित्त बुझेन शुरुको खारेजी फैसला बदर गरी दावीअनुसार हक इन्साफ गरी पाउँ भन्ने वादी पक्षबाट परेको पुनरावेदनमा नागरिक अधिकार ऐन, २०१२ एवं अ.वं. २९ नं. अन्तर्गत तत्कालिन अंचल अदालतमा नालेश नगर्दैमा लिलाम र सोको आधारमा भएको दर्ता बदर गराउन शुरु जिल्ला अदालतमा फिराद नालेश गर्न प्रचलित कानुनले रोक लगाएको नपाइएकोले प्रस्तुत फिराद गर्ने हकदैया वादीलाई नभए नरहेको भन्ने निष्कर्षमा पुग्न मिल्ने देखिदैन । यस स्थितिमा लिलाम, बदर गराउन तत्कालिन अन्चल अदालतमा नालेश गर्न गराउनु पर्ने भन्ने आधारमा शुरु रौतहट जिल्ला अदालतबाट मिति २०४९।३।२४।४ मा प्रस्तुत फिराद खारेज भएको मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब कानुन बमोजिम जे जो गर्नुपर्छ गरी पुनः निर्णय फैसला गर्नु भन्ने श्री पुनरावेदन अदालत हेटौडाको मिति २०५१।९।१९।३ को फैसला ।

7.            वादीले अंश पाएको जग्गामा मानो छुट्टिएपछि लिएको ऋणमा वादीको समेत भागको जग्गा मुद्दा पर्दा पर्दै लिलाम समेत गरेको मिलेको नदेखिएकोले वादी दावी बमोजिम आधासम्म लिलाम वदर भई वादीको नाममा दर्ता समेत हुने ठहर्छ भन्‍ने समेत व्यहोराको शुरु रौतहट जिल्ला अदालतको मिति २०५२।८।१७।१ को फैसला ।

8.           रौतहट जिल्ला अदालतले वादी दावी बमोजिम आधासम्म लिलाम बदर भई वादीको नाममा दर्ता समेत हुने ठहराई गरेको फैसला उल्टाई रौतहट जिल्ला अदालतबाट कानुनको रित पुर्‍याई लिलाम बढाबढ गराई निर्णय गरेको र लिलाम बढाबढबाट आएको जग्गा मेरो नाममा दर्ता गरी दिनलाई पत्र दिएको आधारमा मैले दर्ता गराएको जग्गाको दर्ता कायमै रहने गरी फैसला गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।

9.            यसमा मिति २०३४।३।२८ को लिखत बमोजिमको विगो भराई पाउने ठहर भएको मिति २०४१।११।२१ को फैसला कार्यान्वयनको सिलसिलामा मिति २०४३।९।३ मा लिलाम गर्ने समेतको अदालतबाट भएको कार्यलाई व्यक्ति व्यक्ति बीच भएको व्यवहारको संज्ञा दिन नमिल्ने भएको र त्यसरी मिति २०४३।९।३ मा भएको लिलाम बदर गराउन लेनदेन व्यवहारको ४० नं. को आधारमा मिति २०४८।३।२६ मा मात्र प्रस्तुत फिराद दायर भएको देखिन आई उक्त ४० नं. ले निर्धारित हदम्याद समेतलाई ध्यानमा राख्दा वादी दावी बमोजिम आधासम्म लिलाम बदर भई वादीको नाममा दर्ता समेत हुने ठहर्‍याएको शुरु रौतहट जिल्ला अदालतको मिति २०५२।८।१७।१ को इन्साफ फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थी वादीलाई झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५३।३।६।५ को आदेश ।

10.         लेनदेन मुद्दामा मिति २०३४।३।२८ को लिखत बमोजिम सावा व्याज भराई पाउने ठहर भएको मिति २०४१।११।२१ को फैसला कार्यान्वयनको सिलसिलामा मिति २०४३।९।३ मा लिलामी गर्ने समेत अदालतबाट भएको क्रियालाई बदर गर्न लेनदेन व्यवहारको ४० नं. को आधारमा मिति २०४८।३।२६ मा प्रस्तुत फिराद दायर भएको देखिँदा उक्त ४० नं. ले निर्धारित गरेको हदम्याद समेत व्यतित भइसकेको अवस्थामा दायर भएको प्रस्तुत नालेसबाट इन्साफ गर्न नमिली खारेज हुने ठहर्छ । वादी दावी बमोजिम आधासम्म लिलाम बदर गरी वादीका नाममा दर्ता समेत हुने ठहर्‍याएको शुरु रौतहट जिल्ला अदालतको मिति २०५२।८।१७ को निर्णय नमिलेको हुँदा उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५३।८।९ को फैसला ।

11.         पुनरावेदन अदालत हेटौडाले मलाई हराइ गरेको फैसलामा चित्त बुझेन, उक्त कानुनी त्रुटिपूर्ण फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

12.         नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा अधिवक्ताद्वय श्री बालमुकुन्द श्रेष्ठ र श्री राजेन्द्र घिमिरेले गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालत हेटौडाले गरेको फैसला मिलेको छ, छैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

13.          निर्णय तर्फ विचार गर्दा मेरो अंश हकको जग्गा समेत लिलाम सकार गरी प्रतिवादीले आफ्नो नाममा र्ता गराएको हुँदा उक्त प्रतिवादीको नाउको दर्ता समेत वदर गरी ति जग्गाहरु मध्ये प्रत्येक कित्ताको पूर्वतर्फबाट आधी जग्गा मेरो नाउमा दर्ता गरी पाउँ भनी दावी लिई वादीले फिराद दायर गरेकोमा शुरु रौतहट जिल्ला अदालतले वादी दावी बमोजिम आधा सम्म लिलाम वदर भई वादीको नाउमा दर्ता समेत हुने ठहर गरेको फैसला उपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत हेटौडाबाट मिति २०५३।९।९ मा शुरुको फैसला उल्टी भै लेनदेन व्यवहारको ४० नं. ले निर्धारित गरेको हदम्याद व्यतित भै दायर भएको नालेसबाट इन्साफ गर्न नमिल्ने भनी फिराद खारेज हुने ठहर्‍याई फैसला भएको देखियो । वादी सत्यनारायण ठाकुर र निजका दाजु महादेव ठाकुर बीच अंश मुद्दा री मिति २०३३।१।१ मा मानो छुट्टिएको मिति कायम भै वादीले २ भागको १ भाग अंश पाउने ठहरी रौतहट जिल्ला अदालतबाट मिति २०४६।२।१० मा फैसला भएको संलग्न प्रमाण मिसिलबाट देखिन्छ । यी वादीका दाजु महादेव ठाकुर र यिनै प्रतिवादी श्यामशंकर मिश्र बीच मिति २०३४।३।२८ को तमसुकको सम्बन्धमा लेनदेन मुद्दा परी रौतहट जिल्ला अदालतबाट २०४१।११।२१ को फैसलाले श्यामशंकर मिश्रले भरी पाउने ठहरे बमोजिम विगो भरी भराउको कारवाहीमा महादेव ठाकुरको नाममा दर्ता रहेको जग्गा मिति २०४३।९।३ मा लिलाममा चढी यिनै प्रतिवादी श्यामशंकर मिश्रले लिलाम सकार गरी आफ्नो नाममा दर्ता गराएकोमा सोही लेनदेन मुद्दाको कारवाहीमा लिलाम भई प्रतिवादीका नाममा दर्ता रहेको जग्गालाई वादीले मेरो अंश भागको जग्गासमेत लिलाम भई प्रतिवादीले दर्ता गराएको हुँदा उक्त जग्गाहरु मध्ये आधा जग्गा आफ्ना नाउमा दर्ता गरी पाउँ भनी मिति २०४८।३।२६ मा लेनदेनको ४० नं. को हदम्यादको आधार समेत लिई फिराद दायर गरेको देखिन्छ । अदालतको फैसलाले प्रतिवादीले विगो भरी भराउको कारवाईमा लिलाम सकर गरी दर्ता गराएको जग्गाको विषयलाई लिएर वादीको फिराद परेको कुरामा विवाद देखिदैँन । मिति २०४३।९।३ मा भएको कारवाईलाई लिएर मिति २०४८।३।२६ मा मात्र फिराद परेको देखियो । वादीले लेनदेन व्यवहारको ४० नं. को हदम्याद उल्लेख गरी फिराद दायर गरेको अवस्थामा पछि पुनरावेदन तहमा अ.वं.३६ नं. को हदम्यादको जिकिर लिन मिल्ने पनि देखिदैँन । प्रतिवादीले अदालतको फैसला अनुसार भरी पाउने विगोमा लिलाम सकार गरी आफ्ना नाममा जग्गा दर्ता गरेको कार्यलाई वदर गराउन वादीले फिराद दायर गर्दाको लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र अर्थात सो कार्य भए गरेको २ वर्षभित्र नालिस दिनुपर्ने हुन्छ । अदालतबाट मिति २०४१।११।२१ मा भएको फैसलाको कार्यान्वयनको सिलसिलामा मिति  २०४३।९।३ मा लिलाम गर्ने समेतको अदालतबाट भएको काम कारबाहीलाई वदर गराउन प्रस्तुत फिराद मिति २०४८।३।२६ मा मत्र दायर भएको देखिन आयो । तसर्थ लेनदेन व्यवहारको ४० नं. बमोजिम अदालतबाट लिलामी काम कारबाही भएको मिति २०३।९।३ ले २ वर्ष भित्र प्रस्तुत फिराद परेको नदेखिँदा शुरु फैसला उल्टी गरी फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५२।८।९ को फैसला मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु  

 

उपयुक्त रायमा सहमत छु ।

 

न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ

 

इति सम्वत २०५६ साल फागुन ९ गते रोज २ शुभम....................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु