निर्णय नं. ११८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ११८ १ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् ०३२ सालको रिट नं. १३००
आदेश भएको मिति : २०३३।७।२४।३ मा
निवेदक : सि. जिल्ला फुलकाही गा.पं. वडा नं. ४ बस्ने रामशरण साहु हलुवाई समेत
विरुद्ध
विपक्षी : का.मु. शाखा अधिकृत भू.प्र.का सिराहा समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) जिमिदार तालुकमा आई बन्दोवस्त भएअनुसार ०२६ सालमा दाखिल खारेज भएको छ, बदर गराउनेतर्फ दा.खा.बमोजिम निवेदकलाई, बुझी ज.ध.प्र.पूर्जा दिएको यसबाट शाखा अधिकृतले हक वेहकको निर्णय गरेको नभई भइरहेको दा.खा.बमोजिम ज.ध.प्र.पूर्जा दिएको देखिने ।
(प्र.नं. ९)
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : का.मु.शाखा अधिकृतको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : का.मु.शाखा अधिकृतको निर्णयमा साविक मौजे जि. सि.प्रं.मौजे जयपुरको कि.नं. ३०१ को ०–१४–० ह्दय साहू हलुवाइका नाउँको र कि.नं. ३२० को ०–३–० रामशरण साहू हलुवाईको नाउँको उक्त जग्गा ०२५ सालको उक्त मालपोत बाँकीमा लिलाममा चढाई कसैले सकार नगरेकोले जमिनदारले जमिनदारी तालुक हुन आएको उक्त जग्गा मलाई मिति ०२६।३।१ मा उक्त जग्गा मलाई बन्दोबस्तमा दिई नम्बरी भएको । उक्त जग्गा सर्वे नापीमा निजै विपक्षीहरुको नाउँमा नापी भएको गा.पं.फुलकाहा कट्टि वडा नं. ७ (क) कि.नं. २० को २–१०–१६ मध्ये पश्चिमतर्फबाट ०–१४–० जग्गा ह्दय साहू हलुवाईको नाउँमा कायम भएको । उक्त जग्गा कित्ता काट गरी ज.ध.प्र.पूर्जा पाउँ भन्ने गा.पं.फुलकाहा कट्टि ७ नं. बस्ने योगेन्द्र सिंह राजपुतको सनाखत सहितको निवेदन जि. पं.का.मालबाट डाक सकार गरेको नक्कल जिमिन्दारीको बन्दोबस्त गरेको २ नं. रसिदको नक्कल तथा मालपोत धरौट राखेको रसिदको नक्कलसमेत पेश भएको देखिन्छ । उल्लेख सर्वे कि.नं. को फिल्डबुक उतार हेर्दा विपक्षीहरुको नाउँमा नापी भई श्रेस्तासमेत प्रमाणित कायम देखिन्छ । यसमा विपक्षी ह्दय साहू १ र रामशरण साहुका नाउँमा ०३०।९।२ मा आफै समन बुझी निजहरुले वारेस पठाई उक्त माथि उल्लेख गरिएको जग्गाहरु ०२५ सालको रैतानी डाक लिलाम उक्त जग्गा नामकार भएकोमा जमिनदारी तालुकदार रहेको र जमिनदार तालुक रहेपछि जमिनदारले योगेन्द्र सिंह राजपुतलाई बिक्री गरिदिएको ठीक साँचो हो र उल्लेख साविक नम्बरको हाल नम्बरको समेत कायम भएको ठीक हो । उल्लेख जग्गा विपक्षीले खरिद गरी लिई जि. पं.को श्रेस्ता दा.खा.गराई साल सालै पोत तिरेको तापनि उक्त जग्गाको पोत मैले हामीले पोत धरौट राखी आएको छु र अपिल गरी कारवाही लिनेतर्फ कारवाही गरेको छैनौं । खाली रिसइवी साधन गर्नाको निमित्त जमिनदारले लिलाम गरेको हो भन्नेसमेत व्यहोराको मिति ०३१।३।१७ मा ह्दय साहुराम साहुको वा. तारेखमा रही बयान कागज गरिदिएको । बयान कागजबाट र कि.नं. ३०१ को ०–१४–० ह्दय साहुको नामबाट लिलाम हुँदा कसैले सकार नगरेकोले जमिनदार वासुदेव तालुक हुन आएको उक्त जग्गा योगेन्द्र सिंह रैती राजपुतको नाउँमा जमिनदारी १ नं. श्रेस्तामा दा.खा.भएको १ नं. फाराम श्रेस्ता पेस भएको सो कारणबाट दा.खा.भएको समेत देखिन्छ । रामशरण हलुवाईको नामबाट कि.का.भई आएको मिति ०३१।१२।३ को कि.का.प्रतिवेदनमा ट्रा.चे.गर्दा ज.वि.२–६–१० कायमसमेत भएको कि.नं. २२ को ह्दय साहुको नाउँको कित्ताबाट कि.काट गर्न पठाउँदा २२ बाट कि.काट भई कि.नं. २५५ र २५६ कायम भएकोले कि.का.भएकोले पुनः आदेश पाउँ भन्ने मे.ना.शा.को पत्रबमोजिम कि.काट बुझ्दा कि.नं. २५६ को कि.का.जग्गा ह्दयको नाउँमा कायम छ भन्ने र सोबमोजिम कि.नं. २५६ बाट कि.काट गरी पेश गर्न भन्ने मिति ०३१–१२–५ को आदेशबमोजिम कि.काट भई आएको कि.नं. २५६ को कि.का.प्रतिवेदन मिति ०३१।१२।२० को कि.काट प्रतिवेदन समेत मिसिलमा रहेको देखिन्छ र साथै दुवैथरको तारेख टुटाएको देखिन्छ । यसमा दफा १ देखि दफा ६ सम्म उल्लेख गरिएका कागजी प्रमाणहरु अध्ययन गरी ठहरतर्फ विचार गर्दा निवेदकले पेश गरेका जमिनदारी बन्दोवस्तको चलन पूर्जि १ न.श्रेस्ता २ नं. दा.खा.भएको रसिद जि. प.सि.मालको डाँकमा सकार गरेको प्रमाण धरौट रसिद तथा सनाखत सहितको निवेदनबमोजिम विपक्षीहरुका नाउँमा समन पठाउँदा समन बुझी वारेस तारिखमा रही मिति ०३१।६।१६ मा विपक्षीहरुले माग गरेको जग्गा जमिनदारले रिसइवी साधन गर्न लिलाम गरेको हो । उक्त जग्गाको धरौट म र विपक्षीसमेतले तिर्दै आएका छौं भन्ने उक्त बयानमा आधार तथा प्रमाणविनाको केही भनाई हुँदा र सोही बयानमा उल्लेख जग्गा लिलाममा चढी लिलाम डाक सकार भई जमिनदार विपक्षी योगेन्द्र सिंहलाई बन्दोवस्तमा दिएको ठीक हो र हाल नापीमासमेत विपक्षीले माग गरेको जग्गा भागबमोजिमको तर्फबाट कायम भएको छ र सो लिलाम बन्दोबस्तमा अफिसतर्फ कुनै कारवाही गरेको छैन भन्नेसमेत उजूरी बयान भएको देखिँदा निवेदकले माथि पेश गरेको प्रमाणहरु र विपक्षीको वा.ले गरिदिएको मञ्जुरी बयान कागज तथा मै.ना.सा.को कि.का.प्रतिवेदनसमेतको आधारमा अरू कुनै सबूद प्रमाणको खोजतलासतर्फ नगर्न लागी निर्णय गरिदिए हुने हुँदा गा.पं.फुलकाकाही वडा नं. ४ बस्ने ह्दय साहू हलुवाईको नामको ऐ.गा.पं. वडा नं. ७क. कि.नं. फोड नं. २५६ को कि.फोड नं. २५९ को ०–१४–० र ऐ.ऐ.बस्ने रामशरण साहुका नामको ऐ.गा.पं. वडा नं. ७क. कि.नं. २० को फोर नं. २५७ को ०–३–० को जग्गासमेत जम्मा ज.वि.०–१७–० जग्गा निवेदक योगेन्द्रसिंह राजपुतको नाउँमा ज.ध.प्र.पूर्जा बनाइदिने र श्रेस्ता कायम गरिदिने कि.फोड २६० को १–१७–१३ ह्दय साहुकै नाउँकै नाउँमा र कि.नं. फोड नं. २५८ को २–३–१० जग्गा रामशरणकै नाउँमा कायम राखिदिने कि.नं. २० मा ट्रा.चे.गर्दा बढी भई कायममै भएको २–६–१० कैफियत जनाइदिनेसमेत गरी स्रेस्ता पूर्जामा सोही व्यहोरा जनाई यो मिसिलको लगतकट्टा गरी रेकर्डफाँटमा बुझाउने भन्नेसमेत उल्लेख भएको रहेको।
३. उक्त निर्णय बदर गरिपाउँ भनी पर्न आएको यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरु यसप्रकार छन : जग्गामा निर्विवाद रुपले हक नै स्थापित नभएको व्यक्तिले दिएको निवेदनको माग दावी र जग्गा हामी रामशरण शाहू र ह्दय साहूकै नाममा सबै नापी भई माल बुझाई राखेको भन्ने हाम्रो वारेसद्वारा भएको बयान साथै श्री भू.प्र.का.द्वारा उल्लिखित जग्गाहरुको सबै कित्ता नम्बरको फिल्ड बुक उतार झिकाई बुझ्दा हामी निवेदकहरुकै नाममा नापी दर्ता भई मोठ श्रेस्तासमेत कायम प्रमाणित भएको भन्ने देखिसकेपछि जग्गाको हक बेहकसम्बन्धी प्रश्न उपस्थित भएको । अदालतमा निर्णय गर्ने हक बेहकसम्बन्धी कुराको निर्णय गर्न कुनै पनि प्रचलित नेपाल कानूनले विपक्षी का.मु.शाखा अधिकृतज्यूलाई अधिकारक्षेत्र दिएको छैन । अधिकारक्षेत्र नाघी प्रत्यक्ष कानूनी त्रुटि गरी गरेको निर्णय भन्ने प्रष्ट छ । अविच्छिन्न रुपमा भोगी चर्ची आएको जग्गामा विपक्षी योगेन्द्र सिंहको उजूरी लिई क्षेत्राधिकार नाघी वादीले दावी नै छाडिसकेको कानूनले डिसमिस गर्नुपर्ने मुद्दामा जग्गाको हकबेहक सदर बदर गर्ने गरी गरेको विपक्षी का.मु.शा.अ.ज्यूको ०३२ साल चैत महिनाको गते बार उल्लेख नभएको गैरकानूनी निर्णयले हामी निवेदकको नेपालको संविधानको धारा १० को उपधारा २ र ऐ.को धारा ११ को उपधारा २ को खण्ड (ङ) तथा ऐनको धारा १५ ले प्रदान गरेको सम्पत्तिसम्बन्धी मौलिक हक अपहरण भएको ।
४. विपक्षी योगेन्द्र सिंह राजपुतको लिखितजवाफमा प्रस्तुत मुद्दामा जिमिदारले आफ्नो तालुक आएको जग्गामा बन्दोबस्त गरी चलन पूर्जी दिई दाखिल खारेज गरेको हुँदा सो आधारमा श्रेस्तामा व्यहोरा जनाउने कारवाही भएको छ भन्नेसमेत उल्लेख भएको रहेछ ।
५. विपक्षी निमित्त भूमिप्रशासकको लिखितजवाफमा ज.ध.प्रमाण पूर्जा दिएको कानूनी त्रुटि भन्न नमिल्ने हुँदा उक्त विपक्षीको रिटमा उत्प्रेषणको आदेश जारी हुनु नपर्ने भन्नेसमेत उल्लेख भएको रहेछ ।
६. निवेदकका मागबमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
७. विपक्षीतर्फको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टले ज.ध.प्रमाणपूर्जा दिएको कानूनी त्रुटि भन्न नमिल्ने भनी र विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले विपक्षीको रिट निवेदन लाग्न नसक्ने भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
८. साविक मौजे जि. सि.प्र.प.मौजे जैपुरको कि.न.३०१ को ०–१४–० ह्दयसाहू हलुवाइको नाउँको र कि.नं. ३२० को ०–३–० रामशरण साहू हलुवाईका नाउँको उक्त जग्गा ०२५ सालको मालपोत बाँकीमा लिलाम चढाई कसैले सकार नगरेकोले जिमिदारले तालुक हुन आएको, मिति ०२६।३।१ मा मलाई बन्दोबस्तमा दिई नम्बरी भएको, उक्त जग्गा मलाई मिति ०३६।३।१ मा बन्दोबस्तीमा दिई नम्बरी भएको उक्त जग्गा सर्भे नापीमा निजै विपक्षका नाउँमा नापी भएको गा.पं फुलकहाँ कट्टि वा.नं. ७क.को कि.नं. २० को २–१०–१६ मध्ये पश्चिमतर्फबाट ०–३–० जग्गा कायमै विपक्षी रामशरणका नाउँमा र वा.न.७क.कि.नं. २२ को ३–१२–१० मध्य पूर्वतर्फबाट ०–१४–० जग्गा ह्दयसाहू हलुवाईको नाउँमा कायम भएको उक्त जग्गाको कि.काट गरी ज.ध.प्र.पूर्जा पाउँ भन्नेसमेत योगेन्द्र सिंहको निवेदन परेकोमा लिलाम बन्दोवस्तीमा अपिलतर्फ कुनै कारवाई गरेको छैन भन्नेसमेत मञ्जुरी बयान भएको देखिँदा भन्दै ह्दय साहू हलुवाईको नामको वडा नं. ७क.कि.नं. २५६ को कि.नं. २५९ को ०–१४–० र ऐ.ऐ.बस्ने रामशरण साहू हलुवाईका नामको ऐ.गा.पं. वडा नं. ७क. कि.नं. २० को फोड नं. २५७ को ०–३–० जग्गासमेत जग्गा ज.वि.०–१७–० जग्गा निवेदक योगेन्द्र सिंह राजपुतको नाउँमा ज.ध.प्र.पूर्जा बनाइदिने श्रेस्ता कायम गरिदिने कि.फोड २६० को १–१७–१३ ह्दय साहुकै नाउँमा र कि.फोड २५८ को २–३–१० जम्मा रामशरणकै नाउँमा कायम राखिदिने कि.नं. २० मा ट्रा.चे.गर्दा घटीमै कायम भएको २–६–१० भनी कैफियतमा जनाइदिने भन्नेसमेत का.मु.शाखा अधिकृतले निर्णय गरेको देखिन्छ ।
९. जिमिदार तालुकमा आई बन्दोबस्त भएअनुसार ०२६ सालमा दाखिल खारेज भएको बदर गराउनेतर्फ निवेदक चलेको देखिँदैन । सोही दा.खा.बमोजिम निवेदकलाई बुझी ज.ध.प्र.पूर्जा दिएको देखिन्छ । यसबाट शाखाअधिकृतले हकबेहक निर्णय गरेको नभई भइराखेको दा.खा.बमोजिम ज.ध.प्र.पूर्जा दिएको देखिन्छ ।
१०. अतः उपरोक्त कारणबाट अधिकार प्राप्त अधिकारीले अधिकारक्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ नियमबमोजिम गरी फाइल बुझाइदिनु ।
म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३३ साल कार्तिक २४ गते रोज ३ शुभम् ।