शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२०८ - लेनदेन

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२०८     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३३ सालको देवानी पुनरावेदन नम्वर ९८

निवेदक : जि. डडेलधुरा छग खां को हाल जि. कञ्चनपुर रैना बस्ने परमानन्द पन्त

विरुद्ध

विपक्षी : जि. डोटी जोरायल वडाखेल गाउँ बस्ने तारानाथ भट्ट

मुद्दा : लेनदेन

(१)   वादीले लिखतलाई सद्धे कीर्तेमा तहकिकात गर्न म्यादमा उपस्थित हुँदैन भने त्यस्तो फिरादको दावी पुग्न सक्दैन ।

(प्रकरण नं. ९)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

            न्या. हेरम्बराज : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसलाउपर प्रतिवादीको निवेदनबाट पुनरावेदकको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । 

            २.    अन्याय परमानन्द २०१३।८।२४ गते मेरा घरमा आई ललितसँगको सजिया काम गर्न रु.१२०००। दिनुहोस भनेकाले मसँग भएको भा.रु.२०००। र यही पौष २ गते ने.रु.२८६५। कर्जा दिँदा भा.रु.२०००। को महिना १ को रु.५०। का दरले व्याजसमेत ४ महिनाभित्र र ने.रु.२८६५। एक दुई महिनामा बुझाउँला भनी आफ्नै हस्तले ०१३।९।२ मा कागज लेखिदिएको । त्यसपछि अरू रुपैयाँ देउ भनेकोमा मसँग नहुँदा बाधा थारुसमेत सँगको लिनुपर्ने रुपैयाँ उठाई लिनु भनी कारवाई लेखिदिएबमोजिम निज बाधा थारुसमेतबाट उठाइलिएको भा.रु.६९७४ मेरो जिम्मा छ भनी ०१५।३।२९ मा निज परमानन्दले आफ्नै हस्ता फाँटबारी लेखिदिएबमोजिम निज परमानन्दलाई नासो धरौटका ऐनबमोजिम रहेको भा.रु.२००० र ने.रु.२८६५। मेरो कर्जा भएको सो रुपैयाँ तिर्दैन भनी जवाफ गरेकाले भा.रु.२००० को ने.रु.३२००। र ने.रु.२८६५ समेत जम्मा ने.रु.६०६५। सावाँ र मुद्दा किनारा हुँदातकको समेत र उक्त जिम्मा रहेको भा.रु.६९७४। ले ने.रु.१११५८।६५ समेत निज परमानन्दबाट भराईदिलाइपाउँ भन्नेसमेत ०१९।८।३ को फिराद रहेछ ।

            २.    १, २ वर्ष मेरो काम चलाइदिनुपर्‍यो, महिनाको रु.१००। का दरले दिनेछु भनी भनेकाले २०१२ साल चैतदेखि २०१६ साल जेष्ठ तक उहाँको मुनिम काम गर्दा हरसाल काम गर्दा हरसाल कामकाज गरी पटकपटक काम गरेको हिसाब बाँकी भए वादीलाई र वादी नभए वहाँको एकाघरका छोरालाई बुझाउने गरी आएको निजले ०१६ साल आषाढदेखि काम छाडेको तलव र अरू नौरंगा मौजाको ३ वर्षसम्मको आयस्ता र गैरकानूनीसँगको रघुनाथ जमानत भएको रुपैयाँसमेत माग्दा आलटाल गर्ने र भा.रु.२००० र ले ने.रु.२८६५। दिएको भन्ने हकमा भा.रु.बुझाई कापीकै एकतर्फ पानामा आफैले असूल जनाई आम्दानी खर्चको बही बुझाई दिएको छ । तलव र नौरंगा मौजाको आयस्ता जमानत भएका रुपैयाँ समेतमा दावी गर्छ कि भनी नासो धरौटका नलाग्ने ऐन लगाई नालिस गरेको हुनाले झुठ्ठा खारेज गरिपाउँ । इन्साफ हुने भए मेरो नौरंगा मौजाको आयस्ता जमानत भएको रुपैयाँसमेतमा दावी गर्छु भनी मेरो हिसाव मार्ने नियत लिई उल्टा मउपर झुठ्ठा लेनदेनमा फिराद गरेकोले झुठ्ठा पक्राउबाट फुर्सद पाउँ भन्नेसमेत जि. परमानन्द पन्तको प्रतिउत्तर रहेछ ।

            ३.    लिखित रीतपूर्वकको नहुँदा नलाग्ने दावी दर्ता गरेको खारेज हुन्छ भन्नेसमेत सुरु डोटी तथा बाजुरा जिल्ला अदालतको मिति ०२२।१०।२८ को फैसला रहेछ ।

            ४.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी तारानाथ भट्टका पुनरावेदनमा परेकोमा, २०१३ र २०१४ सालको असामीको स्वहस्ताको कागजबमोजिमको भनी वादीले दावी गरेको पुरानो मुलुकी ऐन कागज जाँच र साहू असामीको महल र अन्य ऐन वादी दावी प्रतिवादी जिकिर समेतको विचार गरी कानूनको रीत पुर्‍याई कारवाई गरी ठहर फैसला गर्नुपर्ने हुँदा डोटी तथा बाजुरा जिल्ला अदालतको खारेजी फैसला बदर गरिदिएको छ । अब ऐनबमोमि कारवाही फैसला गर्नु मिसिल सुरु डोटी तथा बाजुरा जिल्ला अदालतमा पठाउने भन्नेसमेत सेती अञ्चल अदालतको मिति २०२४।३।८ को फैसला रहेछ सो फैसला सदर गरी ०२६।९।१८ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भई सुरु तहमा कारवाई हुँदा वादी दावीबमोजिको सावाँ रु.१७२२३।६५ प्रतिवादीबाट दावीलाई भराइदिने ठहराई ०२९।१२।१०।६ मा डोटी तथा बाजुरा जिल्ला अदालतबाट फैसला भएको रहेछ ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी तारानाथ तथा प्रतिवादी परमानन्दको पुनरावेदन र भा.रु.को फिराद दर्ता गरेको बखत यो दर थियो यति बढीको भन्नेले छ र सबूद पेशसमेत नसकेबाट र लिखतमा सर्त नहुँदा साहुले रु.३२००। नपाउनेसमेत दुवै पुनरावेदन जिरह पुग्दैन । इन्साफ सुरुको मनासिव भन्नेसमेत सेती अञ्चल अदालतको मिति ०३०।९।१२।५ को फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी परमानन्द पन्तको पुनरावेदन परेकोमा प्रतिवादीले वादीलाई रु.१७२२३।६५ तिर्नु बुझाउनुपर्ने ठहराएको डोटी तथा बाजुरा जिल्ला अदालतको फैसला सदर गरेको सेती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३३।३।१ को फैसला ।

            ७.    उक्त इन्साफ हुँदा विपक्षीका साक्षीको बायाँपट्टि मैले कर्जा लिएको लेखिएको छ र सोही बहीको दावा बही मैले उक्त कर्जा बुझाएको पनि जनाएको छ । तिरो बुझाइसकेको छु भन्ने मेरो जिकिर भएपछि विपक्षी वादीले पेश गरेको कागज मेरो लेखाइबमोजिम बुझाएन भन्ने जनिएको छछैन हेरी अ.बं.७८ नं. बमोजिम उक्त वही मलाई सुनाई सद्दे कीर्तेको समेत तहकिकात गरी निर्णय गर्नुपर्नेमा सो केही नगरी लिखत नसुनाई गरिएको फैसला गलत छ । पुनरावेदन गर्ने अनुमति पाउँ भन्नेसमेत प्रतिवादी परमानन्द पन्तको निवेदन डिभिजन बेञ्चसमक्ष पेश हुँदा वादी तारानाथले निवेदकउपर कर्जा लिएको सावाँ र जिम्मा रहेको रुपैयाँसमेत भराई दिलाइपाउँ भनी लिखत पेश गरी नालेस गरेको र निवेदकले प्रतिवादी गर्दा कर्जा दिएको भन्ने हकमा फिरादलाई बुझाई बहीसरहको कापीकै एकतर्फ पानामा आफ्नै हातले असूली जनाई आम्दानी खर्चको वही पूरै बुझाइदिएको अरू लिएको छैन । आफूले मुनिम राखेको कुरा गुम राखी वादीमा प्रमाण दिएको कागजहरु देख्न सुन्न नपाएकोले देख्न सुन्न पाएका बखत ऐनबमोजिम उजूर बयान गर्ने भन्नेसमेत उल्लेख गरेको देखिन्छ । वादी प्रतिवादीका साथ पेश भएको लिखत १ पक्षको लिखत अर्को पक्षलाई देखाई सुनाई सद्दे कीर्ते के भन्छ, कीर्ते भन्ने बयान गरे त्यसतर्फ समेत निर्णय दिई प्रमाणयोग्य लिखत प्रमाणमा लिने अ.बं.७८ मा व्यवस्था भएको पनि देखिन्छ । सोअनुसार प्रमाणसम्बन्धी कानूनी बाध्यताअनुसारको प्रक्रिया पूरा नगरी फैसला गरेको उक्त ऐनको प्रत्यक्ष तथा गम्भिर त्रुटि गरेको देखिन आएको र प्रमाणसम्बन्धी सार्वजनिक पनि हुन आएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार पुनरावेदन गर्न अनुमति दिएको छ । कानूनबमोजिम गर्नु भन्ने मिति ०३३।१।२३।५ को आदेश रहेछ ।

            ८.    उक्त आदेशानुसार पुनरावेदनमा दर्ता भई विपक्षी तारानाथ भट्टका नाउँको सूचना तामेल हुँदा वेरीत भई तामेली प्राप्त भएकोले अ.बं.११० नं. बमोजिम पुनः सूचना पठाउनु भन्नेसमेत डिभिजन बेञ्चका मिति २०३५।३।८।४ का आदेशानुसार निज तारानाथ भट्टका नाउँमा तामेल भएको मिति ०३५।५।१९ को सूचना म्याद गुजारी बसेकोले तारेखमा रहेका पुनरावेदक प्रतिवादी परमानन्द पन्तको वारेस गुरुप्रसाद सिटौलालाई रोहवरमा राखी निजतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको वहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा सुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव वा गल्ती के हो ? सो कुराको निर्णय दिनुपरेको छ ।

            ९.    यसमा प्रमाणको लिखतको सद्दे कीर्तेमा तहकिकात नगरेकोले ती लिखतहरु प्रमाण लगाउन नहुने भनी पुनरावेदक प्रतिवादीको जिकिर भएकोमा वादी तारानाथ भट्टले सक्कल पेश गरेको मिसिल सामेल देखिएको हुँदा प्रतिवादी परमानन्द पन्तलई सुनाई कीर्तेमा मात्र वादीको जवाफी बयान गराउनुपर्छ यदि प्रतिवादीले लिखतलाई सद्दे भनेमा वादीको आवश्यकता रहँदैन र वादीले तारिख गुजारेको भए पनि सद्दे कीर्तेमा तहकिकात गराउन मिल्छ कि भन्ने तर्क उपस्थित भएकोमा प्रमाणको लिखतलाई सद्दे तुल्याउन वादीले हाजिर भई पैरवीमा रहनुपर्नेमा यदि वादी नै हाजिर हुँदैन भने निजले पेश गरेको लिखतलाई सद्दे कीर्तेमा तहकिकात गर्न नै दावी प्रमाणित नभएको भनी तहकिकात गर्नु परेन किन भने प्रमाण ऐन, २०३१ को दफा २६ मा दावी प्रमाणित गर्ने भार वादीको हुन्छ भन्ने छ ।

            १०.    जब वादीले लिखतलाई सद्दे कीर्तेमा तहकिकात गर्न म्यादमा उपस्थित हुँदैन भने त्यस्तो फिरादपत्रको दावी पुग्न सक्दैन वादीले प्रतिवादीबाट विगो पाउने ठहराएको सुरु डोटी तथा बाजुरा जिल्ला अदालतको फैसला सदर गरी सेती अञ्चल अदालतबाट भएको इन्साफ मनासिव ठहराएको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिएन । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

तपसील

प्र.परमानन्द पन्तले सुरु डो. तथा बाजुरा जि. अ.का०२९।१२।१० को फैसलाले वादी तारानाथलाई भराउने गरेको देहायबमोजिमको बिगो तथा कोर्टफीसमेत माथि इन्साफ खण्डमा लेखिएअनुसार वादी दावी नपुग्ने ठहरेकाले सो भराउने गरेको बिगो कोर्टफी समेतको लगतकट्टा गरिदिनु भनीसुरु डोटी तथा बाजुरा जि. अ.लाई लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु.....................१

बिगो सावाँ रु.१७२२३।६५ सत्रहजार दुई सय तेईस रुपैया पैंसठ्ठीको कलम १ कोर्टफी रु.७०८।९५ सात सय आठ रुपैयाँ पैसा पञ्चान्नब्बेको कलम १

प्र.परमानन्द पन्तके निजले पुनरावेदन गर्दा अदालतमा मिति २०३०।७।१२ मा राखेको धरौटी रु.७०८।९५ फिर्ता माग्न आए कानूनीको रीत पुर्‍याई दस्तुर केही नलिई निज प्र.परमानन्द पन्तलई फिर्ता दिनु भनी ऐ.ऐ........................२

प्र.परमानन्दके निजले पुनरावेदन गर्दाराखेको देहायबमोजिमको कोर्टफी वादी तारानाथबाट भराइपाउँ भन्ने कोर्टफी ऐन दफा १५ का म्याद २वर्षभित्र वादीको जायजात देखाई प्र.को दरखास्तपरे दस्तुरकेही नलीवादीबाट प्र.लाई भराइदिनु भनी ऐ.ऐ.............३

सुरु उपर सेती अञ्चल अदालतमा पुनरावेदन गर्दा ०३०।७।१२ मा राखेको रु.१०६।०५ र सेती अञ्चल अदालतका फैसलाउपर सुदूर प.क्षेत्रीय अदालतमा ०३२।१।४ मा राखेको रु.०६।३५ समेत जम्मा रु.तीन सय उन्नाइस पैसा पाँच ३१९।०५।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. वासुदेव शर्मा

 

 

इति सम्वत् २०३५ साल माघ ४ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु