शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३२० - जग्गा खिचोला

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३२०     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको दे.पु.नं. ६०२

मुद्दा : जग्गा खिचोला ।

 

पुनरावेदक/वादी:का.जि.का.न.पं.वा.नं. २९ लैनचौर बस्ने श्याम बहादुर लामा ।

विरूद्ध

विपक्षी/प्रतिवादी:का.न.पं.का साविक प्र.पं.बासुदेव ढुङ्गाना ।

का.जि.ठमेल बस्ने साविक वा.नं.२१ कायम हुन आएको २९ को सदस्य उर्मिला श्रेष्ठ ।

फैसला भएको मिति:२०४२।३।१८।१ मा

     मुद्दा चल्दा चल्दैको अवस्थामा चार किल्लै नखुलाई विवादित जग्गालाई वादीले आफ्नो नाममा दर्ता गराएको हुँदा उक्त दर्ता दूषित दर्ता देखिएकोले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको देखिँदैन ।

(प्रकरण नं.१४)

पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपरमा पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ :

२.    भूमि सुधार कार्यालय काठमाडौंको लगत नं. ४७२ मा दर्ता भई मेरो तिरो भोगको पूर्वमूल सडक पश्चिम लैनचौर जाने गोरेटो बाटो उत्तर गल्ली र पर्खाल दक्षिण बाटो र चौर यति ४ किल्ला भित्रको का.जि.लैनचौर र लाजिम्पाटको जम्मा रोपनी ।।द्र को उक्त जग्गामा निजी सम्पत्तिबाट बनाएको २१ फुट ३ इञ्च लम्बा ११ फुट ९ इञ्च पक्की गारो टिनको छाना भएको टहरा १ र उल्लिखित टहराबाट पूर्वपट्टिको लम्बा फिट २१ फुट ४ इञ्च र १३ फुट ४ इञ्च चौडा भएको पक्की गारो १ तले टायलको छाना भएको घर समेतमा मिति ०२५।३।९ गतेको मेरो हक भोगको हो भनी मेरो जग्गा खिचोला गर्न आएकोले कानुन अनुसार सजायँ गरिपाउँ भन्ने समेत ०२५।४।१६ को फिराद ।

३.    विपक्ष वादीले दावी गरेको ४ किल्ला भित्रको जग्गा टहरा र घर समेत वादीको हकको नभई नगर पञ्चायत ऐनको दफा ३७ अनुसार का.न.पं.को सम्पत्ति भएकोले सो ठाउँबाट छाडी देउ भनी विपक्षीलाई सूचना दिँदा पनि नछोडेकोले निजलाई का.न.पं.बाट हटाउन खोज्दा यिनै वादीले का.न.पं.विरुद्ध मैले भोग गरी रहेको छाप्रोबाट जबरजस्ती भाँडा वर्तन समेत Çयाँकी हटाउने निश्चित गरेकोले सो नगर्नु भन्ने निषेधाज्ञा जारी गरिपाउँ भन्ने उजूर गर्नु भएकोमा निषेधाज्ञा जारी नहुने ठहरी सर्वोच्च अदालतबाट ०२४ सालमा फैसला भइसकेको छ । उक्त जग्गा भू.प्र.का. मा दर्ता गर्नु भएको छ भन्ने उल्लेख गरे तापनि बा.अं.अ.को निषेधाज्ञा मुद्दाको पुनरावेदन मिति २०२३।४।२४।२ मा दे.पु.नं. १०९१ मा दर्ता गर्नु भएकोमा मुद्दा पर्दा पर्दैको अवस्थामा भएको दर्ता सदर नहुने कानुनी व्यवस्था भएकोले यस मुद्दा खारेज गरी न.पं.को हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०२६।१०।१६ को संयुक्त प्रतिउत्तरपत्र ।

४.    वादी दावी खारेज हुने ठहर्छ भन्ने मिति २०२९।५।२०।२ को शुरू का.जि.अ.को फैसला ।

५.    उपरोक्त का.जि.अ.को फैसलामा चित्त बुझेन भनी वादीको बा.अं.अ.मा पुनरावेदन पर्दा खारेज गरेको मिलेन पुनः कारवाही निर्णय गर्नु भन्ने बा.अं.अ.को फैसला ।

६.    प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला ।

७.    का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरूको बा.अं.अ.मा परेको पुनरावेदन ।

८.    अदालतमा कारवाही चलिरहेको अवस्थामा दर्ता गराएको देखिँदा वादी दावी पुग्न नसक्ने शुरूको फैसला कानुनसंगत नभएको हुँदा बदर हुने ठहर्छ भन्ने बा.अं.अ.को मिति ०३८।३।१८।५ मा भएको फैसला ।

      ९.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको मध्यमान्चल क्षेत्रीय अदालतमा निवेदन पर्दा पुनरावेदनको अनुमति दिइएको छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको आदेश ।

१०.    निषेधाज्ञा मुद्दामा सर्वोच्च अदालतबाट मिति २०२४।३।१२ मा फैसला हुने बेलासम्म पनि वादीको हक पुगेको देखिन आएन यसैबीचमा २०२३।१।३१।६ मा विवाद उत्पन्न नभएको अवस्था दर्ता भएको भन्न परी त्यसपछि यो खिचोला मुद्दा दर्ता भएकोछ अतः मुद्दा चल्दाचल्दै हक कायम नभइसकेको अवस्थाको जग्गा दर्तालाई मान्यता दिन नमिल्ने हुँदा बा.अं.अ.को खिचोला गरेको नठहर्ने गरेको फैसला मनासिव हुँदा सदरहुन्छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१२.   नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्यालले र झिकाइएको विपक्षीहरूको तर्फबाट उपस्थित हुनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतया मध्यमान्चल क्षेत्रीय अदालतले वादी दावी नपुग्ने ठहराएको बा.अं.अ.को इन्साफ नै सदर गरेको निर्णय मिले नमिलेको के रहेछ सो को निर्णय  दिनु पर्ने हुन आयो ।

१३.   भूमि सुधार कार्यालयको लगत नं. ४७२ मा दर्ता भई मेरा तिराको पूर्व मूल सडक पश्चिम लैनचौर जाने बाटो उत्तरगल्ली र पर्खाल दक्षिणबाटो यति ४ किल्लाभित्रको का.जि.लैनचौर लाजिम्पाटको।।रोपनी जगा विपक्षी हरूले खिचोला गरेकोले उक्त खिचोला मेटाई मरो हक कायम गराई पाउँ भन्ने वादी दावी भएको पाइन्छ ।

      १४.   विवादित जग्गाको स्थितिलाई हेर्दा पुनरावेदक वादीले २००१ सालदेखि कमाउँदै आई २०२३ सालमा आफ्नो नाममा दर्ता समेत गराएको छु भन्ने जिकिर लिएको पाइन्छ । तापनि यही जग्गामा वादीले घर कटेरो बनाएकोमा प्रतिवादी नगर पञ्चायतले घर कटेरो भत्काई दिने गरी ०२२।११।१४ मा निर्णय गरेकोमा पुनरावेदक वादीले सो निर्णय उपर कहीँ कतैबाट कारवाही चलाएको र बदर समेत गराएको पाइँदैन । यसप्रकार सो नगर पञ्चायतको निर्णय अन्तिम भई बसेको पाइन्छ । सो बाहेक यसै विवादित जग्गामा रहेको घर टहराबाट प्र. नगर पञ्चायतले भाँडावर्तन Çयाँकी हटाउने निश्चित भएकोले निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने यिनै वादीले दिएको निवेदनमा निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने यिनै वादीले दिएको निवेदनमा निषेधाज्ञा जारी नहुने भनी यस अदालतबाट २०२४।३।१२ मा फैसला समेत भएको पाइन्छ । यसै बीचमा मुद्दाहरू चल्दा चल्दैको अवस्थामा वादीले उक्त विवादित जग्गा ०२३।१।१० मा बेनिस्साको भनी चारकिल्ला नखोली आफ्नो नाममा दर्ता गराएको पाइन्छ । सो दर्ता गराएको सम्बन्धित कागजातको मिसिल सम्बन्धित मालबाट मगाउँदा प्राप्त हुन सकेको छैन । यस्तो स्थितिमा मुद्दा चल्दा चल्दैको अवस्थामा चार किल्लै नखुलाई विवादित जग्गालाई वादीले आफ्नो नाममा दर्ता गराएको हुँदा उक्त दर्ता दूषित दर्ता देखिएकोले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको देखिँदैन। अतः वादी दावी पुग्न नसक्ने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बूँदा प्रमाण समेतको आधारमा इन्साफ मध्यमान्चल क्षेत्रीय अदालतको मनासिव हुँदा सदर हुने ठहर्छ । कोर्टफी राखी पुनरावेदन दायर भएको हुँदा केही गर्नु परेन । मिसिल नियम अनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल आषाढ १८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु