शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५२० - बकसपत्र लिखत दर्ता बदर

भाग: २७ साल: २०४२ महिना: माघ अंक: १०

निर्णय नं. २५२०    ने.का.प. २०४२      अङ्क १०

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको दे.पु.नं. ५९१

मुद्दा : बकसपत्र लिखत दर्ता बदर ।

 

पुनरावेदक/वादी:जि.सिरहा दही पौडी गा.पं.वार्ड नं.८ बस्ने किसान महतो कोइरी ।

विरुद्ध

विपक्षी/प्रतिवादी :ऐ. सिगी शाह गा.पं.वडा नं.२ बस्ने जनक महतो कोइरी ।

फैसला भएको मिति:२०४२।९।४ मा

     आफ्नो नाउँमा रहेको आफू खुस गर्न पाउने अपुतालीबाट आएको सम्पत्ति कानुनको परिधिभित्र रही बकसपत्र लिखत गरिदिएकोमा बण्डा छुटिइसकेको सौताने छोराले त्यस्तो बकसपत्र लेखत तथा दर्ता बदर गरिपाउँ भन्ने फिराद दिंदैमा बकसपत्र लेखत  तथा त्यसको आधारमा भएको दर्ता बदर हुनसक्ने देखिँदैन ।

(प्रकरण नं. १२)

पुनरावेदक,वादी तर्फबाटःX

विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री अभयकान्तलाल दास

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    पिता कुन्जिलालको जेठी श्रीमती तर्फबाट म फिरादी भएपछि आमा परलोक भएकोले प्र.लखियावतीसँग पिताजीले पुनः विवाह गरे पछि निजतर्फबाट विसुन महतोको जन्म भयो । २०१० सालमा म फिरादी छुट्टि भिन्न भएको र मौखिक रुपमा मलाई ज.वि.११९१ र चल धनमाल मलाई पिताले दिनु भयो । २०११ सालमा बाबुको मृत्यु भएपछि पिताजीकै वटवरा अनुसार ०१२।३।१२ मा भाइ विसुनका नाउँमा ज.वि.२२ मेरा नाउँमा ११९१ दर्ता भई सिलोर्वा मौजेको ०११, हनुमान नगर गुठी विर्ताको ०११० बाबुकै नाउँमा दर्ता राखी भाइ आमाले भोगी आउनु भएको थियो । मौजे दही पौरीको भिन्नै कि.नं.११६ को ०१० मध्ये फुसको घर ३ सहीतको पुर्वतर्फबाट ०१५ आमा लखियाले आधा पश्चिमतर्फबाट ०१५ जग्गा मलाई दिई भोगी आएको । भाइ विसुन ०१६ सालमा परलोक भई निजका नाउँको २२ मेरै नाउँमा नामसारी गराई राखेको थिएँ । उजूर वाजूर गरेकोले आमाकै नाउँमा दर्ता गरिदिएको थिएँ । कि.नं.४९८ र ५२४ को समेत ११०० जग्गा आमा लखियाले मेरो नाउँमा दर्ता गरी दिई बाबुको नाउँको १० समेत आमा लखियाले दर्ता गराएको जम्मा ३१७ मध्ये किसन महतोका नाउँमा ०१११५, अनुप महतोको नाउँमा ०१३ समेत १८ बिक्री गरी आमा लखियाले आफूखुश गर्न पाउने १११ मध्ये १८ बिक्री गरी बाँकी ०० १र३ मा जनक महतोलाई ०१६१४ र छोरी वर्तनीयालाई ०१०१८ बकसपत्र दिएको बुझिएकाले आफूखुसी गर्न पाउने ० कटाई बाँकी १११ म छोराको मन्जुरी बेगर आफूखुसी गर्न नपाउने हुँदा वर्तनियाका नाउँमा छुट्टै नालेश दिने हुँदा प्र.जनकले बकसपत्र गराई लिएको ०१६१४ मध्ये ०१५१३  जग्गाको बकसपत्र लिखत बदर दर्ता गरी आमाका नाउँमा दर्ता कायम गरिपाउँ भन्ने वादी ।

३.    भिन्न भइसकेको स्वीकारेकै छ । लेखन दर्ता बदर हुनु पर्ने होइन भन्ने समेतको लखियावती र जनक महतोको प्रतिउत्तरपत्र ।

४.    भतिजो नाता पर्नेलाई बकसपत्र गरिदिएको कानुनसंगत हुँदा बकसपत्र लेखत दर्ता बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको सिरहा जिल्ला अदालतको फैसला ।

५.    उक्त इन्साफमा चित्तबुझेन भन्नेसमेतको वादीको सगरमाथा अं.अदालतमा पुनरावेदन परेको ।

६.    लखियावतीले जनक महतोलाई गरी दिएको बकसपत्र लेखत र सोही आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ भन्ने समेतको सगरमाथा अञ्चल अदालतको फैसला ।

७.    उक्त फैसालामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी जनक महतो कोइरीको निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरेको रहेछ ।

८.    आफूले बकसपत्र गरिदिन पाउने जग्गा नै बकसपत्र गरी दिइएको देखिएकोले बकसपत्रको लेखत तथा दर्ता बदर हुने ठहर्‍याएको सगरमाथा अञ्चल अदालतको फैसला बदर गरिएको छ । शुरु सिरहा जि.अ.को फैसला मनासिव ठहर्छ भन्ने समेत पु.क्षे.अ.को फैसला ।

९.    उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा पर्न आएको निवेदन डिभिजन बेञ्ज समक्ष पेश हुँदा पु.क्षे.अ.को निर्णयमा स्त्रीअंश धनको १ नं.२ नं.को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

१०.    नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको वा.ओमकार मानलाई रोहवरमा राखी विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अभयकान्तलाल दासले गर्नु भएको बहस समेत सुनियो ।

११.    अब यो मुद्दामा पु.क्षे.अ.बाट भएको निर्णय मनासिव बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१२.   निर्णयतर्फ बिचार गर्दा यसमा वादी किसान महतो र प्रतिवादी लखिया सौतेनी आमा र छोरा भएको र निजहरू बीच अघि नै बण्डा भई छुट्टि भिन्न भई सकेको भन्ने कुरामा विवाद  देखिँदैन । त्यसरी बण्डा हुँदा दहिपौरिया मौजाको जग्गा ३१०, सिलोरा पछवारीमा ज.वि.०११० र हनुमान नगर गुठी विर्तातर्फ ज.वि.०११० रहेकोमा पुनरावेदक वादीको भागमा दहिपौरिया मौजाको ज.वि.३१९३ मध्ये ११९१ परेको देखिन्छ । लखियाको छोरा विसुनको भागमा बाँकी २२ परेको र निज विष्णुको मृत्यु भई सो जग्गा अपुतालीबाट लखियाले प्राप्त गरेको देखिन्छ । वादीले सौतेनी आमा प्र.लखियाबाट सिलौरा पछवारीको ०११० जग्गा राजीनामा लिएको भनी दावी लिएकोमा सो राजीनामा पेश दाखेल गर्न सकेको पाइँदैन । यो वादीले फिरादपत्रमा बकसपत्र लेखत र दर्ता बदर गरी आमाको नाउँमा दर्ता कायम गरिपाउँ भनी दावी लिएको छ तर आमा लखियाको मृत्यु भइसकेको भन्ने देखिन आएको छ । अतः यस्तो स्थितिमा प्र.लखियाले आफ्नो नाउँमा रहेको आफूखुस गर्न पाउने अपुतालीबाट आएको सम्पत्ति कानुनको परिधिभित्र रही बकसपत्र लिखत गरी प्र.जनक महतोलाई दिएकोमा बण्डा छुटिइसकेको सौताने छोराले त्यस्तो बकसपत्र लेखत तथा दर्ता बदर गरिपाउँ भन्ने फिराद दिँदैमा बकसपत्र लेखत तथा त्यसको आधारमा भएको दर्ता बदर हुनसक्ने देखिँदैन । वादी दावी नपुग्ने ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्टफी राखी दायर भएकोले केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल पौष ४ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु