शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१७२ - नकबजनी चोरी

भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ

फैसला मिति : २०७१।३।१९।५

०६८–CR–०१३४

 

मुद्दा : नकबजनी चोरी ।

 

पुनरावेदक/वादी : ब्रजमोहनप्रसाद साहको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : सप्तरी जिल्ला, राजविराज न.पा.वडा नं.१ घर भै धनुषा जिल्ला, जनकपुर न.पा.वडा नं.९ मा डेरा गरी बस्ने सत्यनारायण दास भन्ने नरसिंह दासको छोरा भुनचुन भन्ने रोशनदास तत्मासमेत

 

  • प्रमाण ऐन, २०३१ को दफा १८ को काननी व्यवस्था अनुसार अदालतसमक्ष परीक्षण नभएको साक्षी प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहर्‍याउन मिल्ने
  • अदालतसमक्ष उपस्थित भै परीक्षण नै नभएको साक्षी प्रमाणको अभावमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबि बयान र बरामदी मुचुल्काको आधारमा मात्र यी प्रतिवादीहरूलाई दोषी मानी आपराधिक दायित्व बहन गराउनु फौजदारी न्यायको सिद्धान्तसमेतको प्रतिकल हुन जाने

(प्रकरण नं.४)

  • प्रतिवादीहरूले अभियोग माग दावीमोजिमको कसुर गरेको कुराको पुष्ट्‍याइँ वादी पक्षले ठोसरूपमा गराउन सकेको नदेखिएकोले शङ्‍काको सुविधा प्रतिवादीहरूले पाउने

(प्रकरण नं.५)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता राम घिमिरे

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

  • प्रमाण ऐन, २०३१ को दफा २५
  • चोरीको महलको १४()

 

सुरू फैसला गर्ने :– मा.जि.न्या.श्री प्रेमबहादुर के.सी.

पुनरावेदनमा फैसला गर्ने :–    मा.न्या.श्री कोमलनाथ शर्मा

मा.न्या.श्री मिहिरकुमार ठाकुर

पुनरावेदन अदातल, जनकपुर

 

फैसला

                न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।३।१० को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यस प्रकार छ :

जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं.४ स्थित ब्रजमोहनप्रसाद साहको पूर्व मोहडा भएको घर रहेको, सो घरमध्ये पूर्व फर्किएको १ तल्ले ३ कोठा रहेको उत्तरतर्फको कोठाको ढोकाको ताला काटिएको, ताला दुई टुक्रा भएको अवस्थामा भुइँमा रहेको, कोठाभित्रको पलङ माथिको बिस्तारा छरिएको, उल्टाएको टेबुलमाथि रहेको अडियो क्यासेटहरू छरिएको, र्‍याकभित्र रहेको कपडा छरिएको, पलङमुनि ब्रिफकेश थान१ टुटफुट अवस्थामा खुल्ला भै भित्र कपडा र कागजहरू छरिएको अवस्थामा रहेको, दक्षिण पूर्वबीचको कोठामा ढोकामा लगाएको ताल आधा काटिएको अवस्थामा रहेको, बरन्डामा २१ से.मि.लामो सानो फलामको आरी थान १ फालिएको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

                जिल्ला धनषा, जनकपुर नगरपालिका वडा नं.४ स्थित कमलेश तिवारीको खाली जग्गामा ४०७८०४१ नं.को हिरो साकल थान, रोशन दासको पाइन्टको खल्तीमा क्यू एन्ड क्यू लेखिएको घडी थान१ बरामद भएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।

                २०६३।४।३१ गते १२:३० बजेको समयमा ब्रजमोहनप्रसाद साहको घरमा रोशन दास र राकेश शर्मासमेतले नगद तथा जिन्सी धनमाल चोरी गरी भाग्न लाग्दा छर छिमेकीसमेत भई लखेट्दा नचिनेका २ जना भाग्न सफल भएको र रोशन दास र राकेश शर्मा फेला परेकोमा निजहरूलाई नियन्त्रणमा लिई यसै साथ दाखेल गरेको छु भन्नेसमेत व्यहोराको प्रहरी निरीक्षक सनद बिक्रम मल्लको प्रतिवेदन ।

                मेरो घर कोठाभित्रबाट ब्रिफकेशमा राखेको नगद रू.१,४२,०००।टेबुलमाथि राखेको मूल्य रू.१,०००।पर्ने क्यू एन्ड क्यू सुपरियर घडी थान१ समेत चोरी भागेको हुँदा मलगायतका मानिसहरूले चोरलाई पिछा गरी लखेट्दै जाँदा नचिनेका २ जना चोर भागी फरार भएको र रोशन दास र राकेश दास शर्मालाई मसमेतले पक्राउ गरी नियन्त्रणमा लिई प्रहरी कार्यालयमा जानकारी गराउन आएको छु भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।

                टेबुलमा रहेको घडी रोशन दासले चोरी गरी खल्तीमा राखेको हो । सो टेबुलमाथि जाहेरवालाको नागरिकता फेला परेकोमा च्याती दिएको हो । अर्को कोठाको ताला काटिरहेको अवस्थामा जाहेरवाला घरमा आपुगी हामीलाई देखी चोर चोर भनी हल्ला गर्दा हामी दुबैजना घरबाट निस्की भाग्न लाग्दा छिमेकका मानिसहरूले हामी दुबैजनालाई समाती कुटपीट गरी नियन्त्रणमा लिई राखेको, प्रहरी कर्मचारीहरू पुगी दुबैजनालाई पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी राकेश शर्मा ठाकुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

                प्रतिवादी राकेश शर्माको उक्त बयानलाई पूर्ण समर्थन गरी सोही मिलान हुने गरी प्रतिवादी रोशन दासले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

                बरामद भएको घडी थान१ मेरो हो भन्नेसमेत व्यहोराको जाहेरवाला ब्रजमोहनप्रसाद साहले गरिदिएको नाखत कागज ।

                निज चोरलाई लखेट्दै जाँदा २ जना नचिनेका चोरहरू भाग्न सफल भए र २ जना चोरहरू पक्राउ परेकोमा निज चोरहरूलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा जानकारी गराउँदा प्रहरी कर्मचारीहरू आईपुग्दा निज चोरहरूको नाम, थर, वतन सोध्दा राकेश शर्मा र रोशन दास बताएको, निजहरूको तलासी गर्दा रोशन दासको पेन्टको खल्तीबाट जाहेरवालाको कोठाबाट चोरी गरेको घडी थान१ बरामद भएको हो । निजहरूले जोहरवालाको घरको ताल्चा काटी रू.१,४२,०००। नगद र घडी थान१ चोरी गरेको हो भन्नेसमेत व्यहोराको घटना विवरण कागज ।

                ङ्कलित सबद प्रमाणबाट प्रतिवादी भुनचुन भन्ने रोशन दास र राकेश शर्मा ठाकुरले मुलुकी ऐन, चोरीको महलको १ नं.र ३ नं.को कसुर गरेको देखिन्छ । अतः प्रतिवादी भुनचुन भन्ने रोशन दास र राकेश शर्मा ठाकुरलाई रू.१,४३,०००।बिगो कायम गरी मुलुकी ऐन, चोरीको महलको १४(१) बमोजिम सजायको माग दावी गरिन्छ । मुलुकी ऐन, चोरीको महलको १०(३) नं. र २१ नं. बमोजिम जाहेरवालाको बरामद भएको घडी जाहेरवालालाई दिलाई भराई दिन हुन र बरामद हुन नसकेको बिगो रू.१,४२,०००।प्रतिवादी भुनचुन भन्ने रोशन दास र राकेश शर्मा ठाकुरबाट जाहेरवालालाई दिलाई भराई दिन हुन माग दावी गरिन्छ । अन्य २ जना प्रतिवादीहरूको नाम, थर, वतन खुल्न आएको नदेखिँदा पछि नाम, थर, वतन खुल्न आई निर्णयका लागि पेश भएमा कानूनबमोजिम हुने नै हुँदा पक्राउ परेको प्रतिवादी भुनचुन भन्ने रोशन दास र राकेश शर्मा ठाकुरलाई यसै अभियोगपत्र साथ पेश गरिएको छ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

                अभियोगदावी अनुसार मलाई सजाय हुनुपर्ने होन । म निर्दोष छु । मउपरको अभियोग दावीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राकेश शर्मा ठाकुरले अदालतसमक्ष गरेको बयान ।

                प्रहरीको कुटाईबाट बच्नका लागि मैले सही छापसम्म गरेको थिएँ । प्रहरीले मनोमानीरूपमा लेखिएको उक्त बयान व्यहोरा झुठा हो । म विद्यार्थीको भविष्य अन्धकारमा पार्नका लागि मेरो विरूद्ध षड्‍यन्त्र गरिएको हो । मैले अभियोग दावीको कुनै कसुर अपराध नगरेको हुँदा मउपरको झुठ्ठा अभियोग दावीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रोशन दासले अदालतसमक्ष गरेको बयान । 

                तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरू बेकसुर हुन्‍ भनी विश्वास गर्ने मनासि आधार रहे भएको नदेखिएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल अ.बं.११८ को देहाय ५ र १० समेतअनुसार प्रतिवदी रोशन दास र राकेश शर्माबाट जनही रू.१,५००।नगद वा सो बराबरको जेथा धरौटी  दिए लिई पुर्पक्ष निमित्त तारेखमा राख्‍ने, दिन नसके नियमानुसार सिधा खर्च खान पाउने गरी अ.बं.१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई पुर्पक्षको निमित्त थुनमा राख्‍नु भन्नेसमेत व्यहोराको मिति ०६३।५।१३ मा भएको थुनछेक आदेश ।

                राकेशले रूपैया घडी चोरेको छैन । उसमाथि लागेको आरोप झुठ्ठा हो । बिहान १० बजे सँगसँगै थियौं । ११, १२ बजेतिर ४, ५ जना प्रहरीले पक्रेर भ्यानमा हाली लगेको हो, उसकै घरबाट उसलाई समातेर लगेको हुनाले मैले प्रत्यक्ष देखेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी राकेश शर्माको साक्षी प्रभात मण्डल र गणेशप्रसाद भट्टराईको एकै मिलान व्यहोराको बकपत्र ।

                मिति ०६३।४।३१ गते म आफ्नै घरमा थिएँ । रोशन दास बिहान १० बजेतिर मेरो घरमा आएका थिए, रोशन दासले चोरी गरेको छैन । चोरी गरेको आरोप झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी रोशन दासका साक्षी बिजयकुमार साह, रामहृदय यादवको एकै मिलानको बकपत्र ।

                अभियोगपत्रको माग दावीमा उल्लेखित नगद रू.१,४२,०००।बाहेक मिसिल संलग्न बरामदी मुचुल्कामा उल्लेखित बरामद भई मूल्य रू.१,०००।पर्ने क्यू एन्ड क्यू घडी थान१ सम्म प्रतिवादीहरूले चोरी गरेको ठहर्छ । प्रतिवादीहरूबाट बरामद हुन नसकेको अभियोग दावीमा उल्लेख गरेको बिगो रू.१,४२,०००।बढी दावी गरेको ठहर्छ । प्रतिवादीहरूलाई मुलुकी ऐन, चोरीको महलको १४(१) नं. बमोजिम जनही ०।१।१५ एक महिना १५ दिन कैद र रू.१,५००।अक्षरेपी एक हजार पाँच सय रूपैया जरिवानासमेत हुने ठहर्छ भन्नेसमेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०६३।१२।४ को फैसला ।

                बरामदी मुचुल्का रीतपूर्वकको नभएको, सोमा बसेको साक्षीहरूको बकपत्र हुन सकेको छैन, सो मुचुल्कालाई प्रमाण ऐन, २०३१ को दफा १८ अनुसारको कागज हो भनी भन्ने अवस्था छैन तसर्थ धनुषा जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफा पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी रोशन दास तत्माको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदनपत्र ।

                प्रतिवादीहरूले अदालतसमक्ष कसुर गरेकोमा पूर्णरूपमा इन्कारी बयान गरेको र जाहेरवाला तथा बरामदी मुचुल्काका मानिसहरूलाई वादीले अदालतसमक्ष उपस्थित नगराएको अवस्थामा प्रतिवादीहरूलाई कसुर ठहर गरेको सुरू धनुषा जिल्ला अदालतको फैसला प्रमाण मल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. समेतबमोजिम विपक्षीलाई सूचना दिई नियमानुसार गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति ०६६।९।५ को आदेश ।

                प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा कसुर गरेको कुरामा इन्कारी रहेको तथा जोहरवाला तथा बरामदी मुचुल्काका मानिसहरूलाई वादीले अदालतसमक्ष उपस्थित गराई बकपत्र गराउन सकेको देखिदैन । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम साक्षी प्रमाण अदालतसमक्ष परीक्षण नभएको अवस्थामा त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहर्‍याउन नहुने फौजदारी न्यायको सिद्धान्त हो । फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादी पक्षको हुने कुरा प्रमाण ऐन, २०३१ को दफा २५ मा प्रष्ट उल्लेख भईरहेको अवस्थामा प्रस्तुत मुद्दामा सोबमोजिम आरोप कसुर प्रमाणित हुन नसकेको देखिँदा धनुषा जिल्ला अदालतको फैसला कानून र न्यायसङ्गत नदेखिदा धनुषा जिल्ला अदालतबाट सजाय गर्ने गरी मिति २०६३।१२।४ मा भएको फैसला उल्टी भई प्रतिवादी रोशन दास तत्माले आरोपित कसुरबाट सफा पाउने ठहर्छ । अर्को प्रतिवादी राकेश शर्माले पुनरावदेन नगरेको देखिँदा अ.बं.२०५ नं.बमोजिम निजले समेत आरोपित कसुरबाट सफा पाउने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०६७।३।१० को पुनरावेदन अदालत, जनकपुरको फैसला ।

                प्रतिवादीहरूउपर किटानी जाहेरी परेको प्रस्तुत मुद्दामा घटनास्थल तोडफोड भएको देखिएको र चोरी गरिएको प्रमाणित हुने कुरा घटनास्थल मुचुल्काबाट देखिएको, प्रतिवादीहरूको साथबाट साइकल र घडी बरामद भएको बरामदी मुचुल्काबाट देखिएको, दुबै जना प्रतिवादीहरू अनुसन्धान अधिकारीसमक्ष साबित रही यान गरेको अवस्थासमेतका मिसिल संलग्न आधार प्रमाणबाट प्रतिवादीहरूले जाहेरवालाको घरको ताला फोडी धनमाल चोरी गरेको पुष्टि हुँदाहुँदै पनि मिसिल संलग्न प्रमाणहरूको उचित मल्याङ्कन नगरी प्रतिवादीहरूलाई सफा दिने गरी भएको पुनरावेदन अदालत, जनकपुरको त्रुटीपूर्ण फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू जिल्ला अदालतबाट भएको फैसला कायम गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।

                नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलासमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सुरू र पुनरावेदन मिसिलसमेत अध्ययन गरियो । वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‍ उपन्यायाधिवक्ता श्री राम घिमिरेले प्रस्तुत मुद्दामा प्रतिवादीहरूउपर किटानी जाहेरी परेको, दुबैजना प्रतिवादीहरू अनुसन्धान अधिकारीसमक्ष साबित रही यान गरेका, प्रतिवादीहरूको साथबाट साइकल र घडी बरामद भएको बरामदी मुचुल्काबाट देखिएको र घटनास्थल तोडफोड भएको देखिएबाट प्रतिवादीहरूले जाहेरवालाको घरको ताला फोडी धनमाल चोरी गरेको पुष्टि भएको अवस्थामा निजहरूलाई सफा दिने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीहरूलाई सुरू जिल्ला अदालतबाट भएको फैसलाबमोजिम सजाय हुनपर्छ भन्नेसमेत व्यहोराको हस र्नुभयो ।

विद्वान्‍ उपन्यायाधिवक्ताको उपर्युक्त बहससमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजात प्रमाण अध्ययन गर हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, जनकपुरको मिति ०६७।३।१० को फैसला मिलेको छ छैन वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।

2. निर्णयतर्फ विचार गर्दा, मुलुकी ऐन, चोरीको महलको १ नं. र ३ नं.को कसुर गरेको भनी प्रतिवादीहरूलाई चोरीको महलको १४(१) नं.बमोजिम सजायको माग दावी रहेकोमा दुबैजना प्रतिवादीहरूलाई जनही डेढ महिना कैद र रू.१,५००।जरिवानासमेत हुने गरी धनुषा जिल्ला अदालतले गरेको फैसला उल्टी गरी प्रतिवादीले आरोपित कसुरबाट सफा पाउने ठहर्‍याई पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निणयार्थ पे भएको देखियो ।

3. प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुरमा साबित भै यान गरेको भए तापनि अदालतमा आई यान गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिति यान इच्छाविपरीत गराइएको भनी आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । प्रतिवादी रोशन दासले Hero Hawk साकल आफ्नै भएको र बरामदी मुचुल्कामा उल्लेख भएको सामानमध्ये Q & Q घडी मेरो साथबाट बरामद भएको होइन भनी अदालतसमक्ष यान गरेको देखिन्छ भने प्रतिवादी राकेश शर्माले बरामदी मुचुल्काको सम्बन्धमा मलाई केही पनि थाहा छैन भनी यान गरेको पाइन्छ । प्रतिवादीहरू रोशन दास र राकेश शर्माका साक्षीहरू विजयकुमार साह, राम हृदय यादव, प्रभात मण्डल र गणेशप्रसाद भट्टराईले यी प्रतिवादीहरू आरोपित कसुर गर्ने खालका व्यक्तिहरू होइनन्‍ भनी अदालतसमक्ष बकपत्र गरेको देखिन्छ ।

                4. प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुनेछभन्ने कुरा उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा अभियोगपत्रको प्रमाण खण्डमा उल्लेखित जाहेरवाला, प्रतिवेदक, रामदी मुचुल्कामा बस्ने व्यक्तिहरू, घटनास्थल प्रकृति मुचलुल्कामा बस्ने व्यक्तिहरू तथा मिति २०६३।५।८ गते खुलाई कागज गर्ने व्यक्तिहरू समेत र प्रतिवादीका साक्षीसमेत बुझ्नु भनी धनुषा जिल्ला अदालतबाट आदेश हुँदासमेत वादी पक्षले आदेशानुसारका मानिसहरूलाई अदालतसमक्ष उपस्थित गराई बकपत्रसमेत गराउन सकेको देखिदैन । त्यसै गरी प्रमाण ऐन, २०३१ को दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल काननबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छभनी उल्लेख भएको पाइन्छ । उल्लेखित काननी व्यवस्था अनुसार अदालतसमक्ष परीक्षण नभएको साक्षी प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहर्‍याउन मिल्ने हुदैन । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अदालतमा आरोपित कसुरमा इन्कार रही यान गरेका छन् भने यस्तो अवस्थामा अदालतसमक्ष उपस्थित भै परीक्षण नै नभएको साक्षी प्रमाणको अभावमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिति बयान र बरामदी मुचुल्काको आधारमा मात्र यी प्रतिवादीहरूलाई दोषी मानी आपराधिक दायित्व बहन गराउनु फौजदारी न्यायको सिद्धान्तसमेतको प्रतिकल हुन जाने हुन्छ ।

5. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादीहरूले अभियोग माग दावीमोजिमको कसुर गरेको कुराको पुष्ट्‍याइँ वादी पक्षले ठोसरूपमा गराउन सकेको नदेखिएकाले शङ्‍काको सुविधा प्रतिवादीहरूले पाउने नै हुँदा प्रतिवादीहरूलाई आरोपित कसुरमा सजाय गर्ने गरी सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६३।१२।४ मा भएको फैसला उल्टी गरी निजहरूलाई आरोपित कसुरबाट सफा दिने गरी मिति २०६७।३।१० मा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिन

 

उक्त रायमा सहमत छु ।

न्या.देवेन्द्रगोपाल श्रेष्ठ

 

इति संवत् २०७१ साल असार १९ गते रोज ५ शुभम्

 

इजलास अधिकृत : मनोज श्रेष्ठ

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु