निर्णय नं. ७६७ - जग्गा खिचोला

निर्णय नं. ७६७ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री वृषबहादुर थापा
सम्वत् २०२८ सालको दे.फु.नं. १३६
फैसला भएको मिति : २०३०।५।२२।६ मा
निवेदक : पु.१ नं.सिन्धुपाल्चोक सिपाटार बस्ने भवनाथ लम्साल
विरूद्ध
विपक्ष : ऐ.ऐ.बस्ने राजमान तामाङ्गसमेत
मुद्दा : जग्गा खिचोला
(१) राजीनामा लिखतको अभावमा रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन नसक्ने ।
यसमा खिचोलामा दावी परेको झगडा परेको जग्गा मेरा बाबु गोपीलालले प्रतिवादीको बाजे दिनर्धे भोटेसँग रू.४५। मा राजीनामा लिई हक भएको भन्ने वादी र राजीनामा दिएको होइन वादीको बाबु गोपीलाललाई मेरो बाबु नुर्बुले रू.१५। मा बन्धकसम्म दिएको हो भन्ने प्रतिवादीको भनाई भई विवाद उठेको रहेछ प्रतिवादीको बाजे दिनर्धे भोटेले गरिदिएको भनी वादीले पेश गरेको १९५५ साल मिति जेष्ठ बदी ५ रोज ३ को राजीनामा लिखत हेर्दा त्यसमा लेखक साक्षी बाहेक कारणीसमेतको सहिछाप नभएको गुणन चिन्हसम्म लगाएको देखियो साविक मुलूकी ऐन कागज जाँचको २० नं.मा १९६१ साल बैशाख १ गतेदेखि अघिको लिखतमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी ४ थोकमा १ थोक पनि गरी सहिछाप नपरेको, कागजबाट नालिश उजूर सुनिन नसक्ने व्यवस्था भएकोले राजीनामा भनेको उक्त लिखतलाई प्रमाणमा लिन नमिल्ने र राजीनामा लिए दिएको कानूनको रीत पुगेको अरू लिखत सबूद वादीबाट पेस दाखिल हुन सकेको पाइएन । राजीनामा भएको हो कि होइन भनी निश्चित गर्ने एउटा मुख्य प्रमाण दर्ता पनि हो झगडा परेको जग्गा किपट खारेज भई १९८६ सालमा रैकरमा दर्ता हुँदा वादी तर्फबाट आफ्नो नाममा दर्ता गराउन नसकी प्रतिवादीकै बाजे दिनर्धेका नाममा दर्ता भई राखेको दर्ता उतारबाट देखिन आएको छ वादीतर्फबाटै भोग तिरो गरेको पहिले देखिको रसिद पेस हुन आएको र कुनै रसिदमा वादीलाई मोही जनाएको भन्ने हकमा भोगबन्धकीमा लिएकोमा पनि जग्गामा भोग तिरो साहुको हुने हुनाले कानूनबमोजिम रीत पुगेको राजीनामा लिखतको अभावमा त्यस्तो रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन सक्ने होइन त्यसकारण वादीको भनाई अनुसार राजीनामा भएको कायम मान्न मिलेन राजीनामा कायम नभएपछि प्रतिवादीको भनाई अनुसार भोगबन्धकी कायम मान्न पर्ने हुन आएको छ । राजीनामा कायम नभएकोले जग्गामा खिचोला गरेको भन्ने दावी पनि कायम नहुने हो कि भन्न भोगबन्धकीमा दिएको जग्गा बन्धकी थैली साहूलाई बुझाई ननिखनेसम्म जग्गा साहूकै भोग कब्जामा रहने र आसामीले जवरजस्ती गरी लिन नपाउनेमा बन्धकी थैली बुझाई निखनी लिइसकेको छु भन्न प्रतिवादीले नसकेको र ऋण निश्चितमा भूमिसुधारमा उजूर गरी ऋण साधन गराएको भन्ने जिकिरको हकमा प्रमाणमा आइराखेको ऋण निश्चितको मिसिलबाट ८९ नं.किताको ऋण निश्चित भएको देखिएको यो झगडा परेको १०२ नं.कित्ताको ऋण निश्चित भएको देखिन नआएकोले जग्गामा खिचोला नगरेको भन्न ठहराउन मिल्ने देखिएन तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरूबाट झगडा परेको जग्गा राजीनामा लिएको कायम हुन नसक्ने भोगबन्धकी कायम हुने र भोगबन्धकी कायम भए पनि त्यस्तो भोगबन्धकीमा दिएको जग्गा बन्धकी थैली बुझाई ननिखनेसम्म भोग चलन गर्न पाउने हक वादीकै कायम रहनेमा प्रतिवादीले खिचोला गर्न गएको समेत ठहर्छ । जग्गा भोगबन्धकीमा वादीले नै भोग चलन गरी आएको भएपछि जग्गाको तिरो भरो वादीले नै गर्नु स्वाभाविकै भएको त्यस्तो तिरो भरोको रसिदलाई जालसाजी भन्ने प्रतिवादीको जिकिर पुग्न सक्दैन खिचोला गरेको नठहराए तर्फसम्म ०२७।१०।२८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
(प्र.नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेस हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : बाबुले दिनुर्बे भोटेसँग राजीनामा गरी लिई हक भएको १०२ नं.को माटो ८।६।५।४ को सिमघारी खेतमध्ये मसमेतको सगोलको भाइलाई भिन्न हुँदा बण्डा भई माटो ।५।२ को मेरो हकको पूर्व कुञ्जमुनिको खेत बारी र मेरो बारी पश्चिम रामलालसमेतको वादी उत्तर नरनाथको दक्षिण सानु भवनाथको बारी तेर्सो बाटो मेरै गोठ यतिभित्रको खेत तिरो गरिआएको खिचोला गरेको खिचोला मेटाई पाउँ भन्नेसमेत वादी भवनाथको फिराद ।
३. जेठा बाजे दुर्गे कान्छा बाजे दिनर्धेको अपुताली परी मेरो बाबुको हक भएको बाबुबाट रू.१५। मा गोपीलाललाई बन्धकी दिएको १०२ नं.को माटो ।८।६।५।४ को सिमघारी खेत वादीको जिकिर अनुसार राजीनामा गरेको नभई बाजे दिनर्धेकै नाउँमा दर्ता कायम भएको गोपीलाल मरी निजको जेठो छोरा कहाँ रूपैयाँ बुझी जग्गा फिर्ता माग्दा नदिएकोले ऋण निश्चित गरी माग्न जि.भू.सु.सिं.पा.मा निवेदन गर्दा हरिभक्तले भोग चलन गरेको छैन भन्न र वादी हाजिर नभई सोही आधारबाट सो हक भोगमा आएको हो राजीनामा जालसाजीबाट गराएका हुन भन्नेसमेत राजमानको प्रतिवादी ।
४. गोपीलाल साहु ऋणी दिनर्धे भोटे भएको सिमघारी खेतको राजीनामा सद्दे होइन जालसाजी हो ८६ सालमा वादीहरूले दर्ता गराउन सक्नुपर्ने नसकेकोले जालसाजी राजीनामा बदर होस् भन्नेसमेत राजमान तामाङ्गको बयान ।
५. मबाट पेस भएको ५५ साल जेष्ठ वदी ५ रोज ३ को राजीनामा जालसाजी होइन जालसाजी भन्ने बयान झुठ्ठा हो भन्नेसमेत वादी भवनाथ लम्सालको बयान ।
६. बन्धकी दिएको साँचो भए धेरै बर्ष अघिदेखि वादीलाई बन्धकी भई प्रतिवादीले भोग गर्न दिए होला भन्ने कुरा बहुतै असंभव देखिन आउने ८६ सालमा नामसारी नगरेको कारणबाटमात्र वादीको राजीनामा जालसाजी जग्गा बन्धकी कायम हुने भन्ने प्रतिवादी लेखाई जायज ठहर्दैन वादी दावीको जग्गाखिचोला गरेकै ठहर्छ भन्नेसमेत सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला ।
७. चित्त बुझेन भन्नेसमेत प्रतिवादी राजमान तामाङको पुनरावेदन पत्र ।
८. ५५ सालको राजीनामाबाट हामीहरूको हक भई मेरो अंश भागमा परेको भनी दावी लिएको देखिन्छ राजीनामा भनेको लिखत कारणीको सहिछाप गर्ने वायाँ किनारामा कालो मसीले गुणन चिन्ह लगाइराखेको लेखक साक्षीको वतन नलेखेको यस्तो लिखतलाई साविक र मुलूकी ऐन कागज जाँचको २० नं.ले सदर मान्न नहुने वादीको उजूरै नलाग्ने कुरालाई फिराद लिई खिचोला गरेको ठहर्छ भन्ने गरेको सि.पा.जि.अ.को फैसला बदर गरी यो मुद्दा खारेज हुने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको फैसला ।
९. सयकडा ५ बाट इन्साफ जाँच भई डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीको मुख्य जिकिर प्रतिवादीका बाजे दिनर्धे भोटेसँग १९५५ सालमा राजीनामा गरी लिएको भन्ने भएकोमा ०८६ सालमा सो जग्गा रैकरमा परिणत हुँदा राजीनामा भए गरेको भए राजीनामाबाट हक प्राप्त हुन आएको जग्गा आफ्ना नाममा नामसारी दर्ता नभई हालसम्म प्रतिवादीको बाजे दिनर्धे भोटेकै नाउँमा जग्गा दर्ता देखिएकोसमेत बाट इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ भन्ने ०२७।१०।२८ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
१०. १९५५ सालदेखि पछिको तिरो बुझाएको रसिद जे जति छ वादीबाट सक्कलै दाखिल गराउनु भन्ने ०२९।१०।६।६ को फुल बेञ्चबाट आदेश भई वादी पक्षले दाखिल गरेको सक्कल रसिदहरू ३०।१।१९।३ का फुल बेञ्चका आदेश बमोजिम प्रतिवादीलाई देखाउँदा सुनाउँदा जालसाजी भन्नेसमेत वादीको र सद्दे हो भन्ने प्रतिवादीको बयान भएको ।
यसबेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले दावीको जग्गा मेरो पक्षले १९९५ सालमै राजीनामा गरिलिएको र भोग तिरो मेरो पक्षले गरिआएको छ तिरो तिरेको रसिदमा मोही भन्ने जनिएकोबाट पनि राजीनामा भन्ने प्रष्ट हुन्छ ८६ सालमा किपट खारेज भई रैकर दर्ता हुँदा रैतीहरू बुझी दर्ता भएको नहुनाले साविक मोहीकै नाममा दर्ता हुन जानु स्वाभाविक हो दर्ताकै कारणलेमात्र राजीनामा भइसकेको जग्गा वादीको हक कायम हुन सक्ने होइन बन्धकीको प्रमाण प्रतिवादीले कुनै पनि दिनसकेको छैन त्यसकारण जग्गामा मेरै पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री सर्वज्ञरत्नले वादीले पेस गरेको राजीनामामा कारणीको सहिछाप नभई गुणन चिन्हसम्म लगाएको ऐनले प्रमाण लाग्न सक्दैन राजीनामा लिएको राजीनामा लिएको भए ८६ सालमा रैकरमा दर्ता हुँदा वादीले आफ्नो नाममा दर्ता गराउन सक्नु पर्ने नसकी मेरो पक्षको बाजेकै नाममा दर्ता भएको छ भोगबन्धकीमा दिएको जग्गा साहुले भोग तिरो गर्नु स्वभाविक हुँदा तिरो तिरेको रसिदसम्मको प्रमाणले राजीनामा कायम हुन सक्ने होइन खासै बन्धकी दिएको जग्गा हुनाले बन्धकी नै कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा खिचोलामा दावी परेको झगडा परेको जग्गा मेरा बाबु गोपीलालले प्रतिवादीको बाजे दिनर्धे भोटेसँग रू.४५। मा राजीनामा लिई हक भएको भन्ने वादी र राजीनामा दिएको होइन वादीको बाबु गोपीलाललाई मेरो बाबु नुर्बुले रू.१५। मा बन्धकसम्म दिएको हो भन्ने प्रतिवादीको भनाई भई विवाद उठेको रहेछ प्रतिवादीको बाजे दिनर्धे भोटेले गरिदिएको भनी वादीले पेश गरेको १९५५ साल मिति जेष्ठ बदी ५ रोज ३ को राजीनामा लिखत हेर्दा त्यसमा लेखक साक्षी बाहेक कारणीसमेतको सहिछाप नभएको गुणन चिन्हसम्म लगाएको देखियो साविक मुलूकी ऐन कागज जाँचको २० नं.मा १९६१ साल बैशाख १ गतेदेखि अघिको लिखतमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी ४ थोकमा १ थोक पनि गरी सहिछाप नपरेको, कागजबाट नालिश उजूर सुनिन नसक्ने व्यवस्था भएकोले राजीनामा भनेको उक्त लिखतलाई प्रमाणमा लिन नमिल्ने र राजीनामा लिए दिएको कानूनको रीत पुगेको अरू लिखत सबूद वादीबाट पेस दाखिल हुन सकेको पाइएन । राजीनामा भएको हो कि होइन भनी निश्चित गर्ने एउटा मुख्य प्रमाण दर्ता पनि हो झगडा परेको जग्गा किपट खारेज भई १९८६ सालमा रैकरमा दर्ता हुँदा वादी तर्फबाट आफ्नो नाममा दर्ता गराउन नसकी प्रतिवादीकै बाजे दिनर्धेका नाममा दर्ता भई राखेको दर्ता उतारबाट देखिन आएको छ वादीतर्फबाटै भोग तिरो गरेको पहिले देखिको रसिद पेस हुन आएको र कुनै रसिदमा वादीलाई मोही जनाएको भन्ने हकमा भोगबन्धकीमा लिएकोमा पनि जग्गामा भोग तिरो साहुको हुने हुनाले कानूनबमोजिम रीत पुगेको राजीनामा लिखतको अभावमा त्यस्तो रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन सक्ने होइन त्यसकारण वादीको भनाई अनुसार राजीनामा भएको कायम मान्न मिलेन राजीनामा कायम नभएपछि प्रतिवादीको भनाई अनुसार भोगबन्धकी कायम मान्न पर्ने हुन आएको छ । राजीनामा कायम नभएकोले जग्गामा खिचोला गरेको भन्ने दावी पनि कायम नहुने हो कि भन्न भोगबन्धकीमा दिएको जग्गा बन्धकी थैली साहूलाई बुझाई ननिखनेसम्म जग्गा साहूकै भोग कब्जामा रहने र आसामीले जवरजस्ती गरी लिन नपाउनेमा बन्धकी थैली बुझाई निखनी लिइसकेको छु भन्न प्रतिवादीले नसकेको र ऋण निश्चितमा भूमिसुधारमा उजूर गरी ऋण साधन गराएको भन्ने जिकिरको हकमा प्रमाणमा आइराखेको ऋण निश्चितको मिसिलबाट ८९ नं.किताको ऋण निश्चित भएको देखिएको यो झगडा परेको १०२ नं.कित्ताको ऋण निश्चित भएको देखिन नआएकोले जग्गामा खिचोला नगरेको भन्न ठहराउन मिल्ने देखिएन तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरूबाट झगडा परेको जग्गा राजीनामा लिएको कायम हुन नसक्ने भोगबन्धकी कायम हुने र भोगबन्धकी कायम भए पनि त्यस्तो भोगबन्धकीमा दिएको जग्गा बन्धकी थैली बुझाई ननिखनेसम्म भोग चलन गर्न पाउने हक वादीकै कायम रहनेमा प्रतिवादीले खिचोला गर्न गएको समेत ठहर्छ । जग्गा भोगबन्धकीमा वादीले नै भोग चलन गरी आएको भएपछि जग्गाको तिरो भरो वादीले नै गर्नु स्वाभाविकै भएको त्यस्तो तिरो भरोको रसिदलाई जालसाजी भन्ने प्रतिवादीको जिकिर पुग्न सक्दैन खिचोला गरेको नठहराए तर्फसम्म ०२७।१०।२८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी भवनाथ लम्सालले बन्धकी दिएको जग्गामा बन्धकी निखनी प्रतिवादीले खिचोला गर्न गएको ठहरेकोले वादीले राखेको शुरु कोर्टफी रू.१००। अरू दस्तुर रू.१।०५ समेत रू.१०१।०५ प्रतिवादी राजमान तामाङबाट भरी पाउने हुँदा सो भराई दिने गरेको सिं.पा.जि.अ.को ०२६।१।२० को फैसला बमोजिमको लगत कार्य भई राख्नै र सो रू.भराई पाउँ भन्ने वादीको दर्खास्त परेमा प्रतिवादीले शुरु उपर पुनरावेदन गर्दा ०२६।२।१३ मा का.श्रे.अ.त.मा धरौट राखेको रू.१०१।०५ फी तिरी नयाँ फी भराई त्यसबाट भराई दिनु बागमती अञ्चल अदालतको ०२७।२।२।३ को फैसलाले शुरुले भराउन गरेको उक्त कोर्टफीसमेतको रू.१०१।०५ को लगत कट्टा गरिदिने र प्रतिवादीले पुनरावेदन गर्दा ०२६।२।१३ मा का.श्रे.अ.मा दाखिल गरेको रू.१०१।०५ निजलाई नै फिर्ता दिने गरेकोमा सो अनुसार गर्नुपर्दैन उक्त कलमको लगत काटी दिनु भनी का.जि.अ.तहसिल फाँटमा लगत दिनु............................१
वादी भवनाथ लम्सालको निजले शूरुमा दाखिल गरेको कोर्टफी रू.१००। मध्ये रू.९९। बागमती अञ्चल अदालतको ०२७।३।२ को फैसलाले निज ऐ.लाई दिलाई फिर्ता दिने गरेको लगत काटिदिनु भनी ऐ.ऐ...................२
वादी भवनाथ लम्सालले राजीनामा कायम नभए पनि भोगबन्धकी जग्गामा प्रतिवादीले खिचोला गरेको ठहरेकोले मुद्दा दोहर्याउँदा ०२८।९।४।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१०। निजले प्रतिवादी राजमान तामाङबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ.ऐ.................३
प्रतिवादी राजमान तामाङकै वादीले पेस गरेको सद्दे रसिदलाई जालसाजी भनेमा ठहरे कीर्ते कागजको १० नं.ले जालसाजी गर्नेलाई हुने रू.१०। को दण्ड सजायको १८ नं.ले आधि रू.५। जरिवाना हुन्छ हाजिर हुँदा असूल गरी ऐ.ऐ............................४
बागमती अञ्चल अदालतको ०२७।३।२।३ को फैसलाले तत्कालिन सिं.पा.जि.अ.का न्यायाधीश लिलामणि अधिकारीको कानून छाडे सरहको रेकर्ड राख्ने गरेको लगत काटिदिनु भनी वा.अं.अ.लाई लेखिपठाई दिनु र निज जि.न्या.लिलामणि र बागमती अञ्चल अदालतका न्या.हरिहरलालसमेतको इन्साफ केही उल्टीको रेकर्ड राख्नु भनी सर्वोच्च अदालत जनरल विभागलाई सूचना दिनु.......५
नियमबमोजिम मिसिल बुझाई दिनु.........................६
हामीहरूको सहमती छ ।
न्या. मीनबहादुर थापा
न्या. बृषबहादुर
इति सम्वत् २०३० साल भाद्र २२ गते रोज ६ शुभम् ।