निर्णय नं. ७७३ - उखडा जग्गा

निर्णय नं. ७७३ ने.का.प. २०३०
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२९ सालको देवानी फुल नं. १८३
फैसला भएको मिति : २०३० ।५।२९।६ मा
निवेदक : नारायणदास मानन्धरको मु.स.गर्ने गंगामाया श्रेष्ठनी, का.जि. क्षेत्रपाटीसमेत
विरूद्ध
विपक्षी : पारस केवटसमेत तप्पेमान मौजे वेलवा
मुद्दा : उखडा जग्गा
(क) उखडा जग्गा कमाउने व्यक्ति नेपाली नागरिक नभए निजका नाउँमा जग्गा दर्ता हुन नसक्ने त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्ने ।
(ख) जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्यक्ति सम्झनु पर्ने ।
प्रस्तुत मुद्दामा निवेदकतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्ट र विपक्षतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहससमेत सुनी आजलाई निर्णय सुनाउन तारेख तोकिएकोले निर्णयतर्फ विचार गर्दा उखडा जग्गा कमाउने व्यक्ति नेपालको नागरिक नभए निजका नाउँमा सो जग्गा दर्ता हुन नसक्ने उखडा सम्बन्धी ऐन, ०२१ को दफा ३ को प्रतिबन्धतात्मक वाक्यांश (१) मा व्यवस्था भएको सो वाक्यांशमा ०२२।३।३० सदर भएको संशोधनले त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्नेसमेत व्यवस्था गरेको देखिन्छ । उक्त ऐनले नेपालको नागरिक नभई विदेशी नागरिक हुने व्यक्तिले उखडा जग्गा कमाएको भए पनि सो जग्गामा निजको हक नपुग्ने भएकाले प्र.मध्यका अनागरिक पारस केवट जैराम कोहार दुधनाथ केवट वनारसिं मलाहा लालमन केवट खुदुर मलाहा शंकर मलाहा, भुन्नर केवट, असरफि भुत, लालचन हरिजन, सुनरिफा कोहार तिखेनी कोहार दुखलाल कोहार, फोवार केवट, गब्बु केवट मोलहु मलाहा गोली लोध सिवउ मलाहा सिता कोहार गैलहीलोध वाहु लोध राजमन लोनिया, वासुदेव चौधरी इन्नल लोनिया, राम अवल, लोनिया, जिवनी लोनिया, बलजु लोनिया, फुलचन लोनिया, सुन्नर लोनिया, नन्द लोनिया, रामलखन कोहार, रामनरेस कोहार, जोखन मलाहा, झगरु मलाहा, रामधारे लोहार, बुधिराम लोनिया, सुदामा लोनिया, राजाराम लोनिया, बहादुर लोनिया, रामरूप लोनिया, सरजु लोनिया, बन्दलाल लोनिया, वल्टु लोनिया, महेश लोनिया, छिसी थानत दुसाध, सरन लोनिया, हरिलाल लोनिया, चन्द्रीका सैधवार गुदे मलाहा, झगरु लोध मिठु केवट, राम औध केवट, राजमुनि केवट, मिठु लोनिया, हरिजनलालसा केवट, श्यामलाल लोनिया, महुज सुसाध वृजलाल लोन्यिा.औकिल सैख श्यामला कोहार, रामदेव वैजु कोहार, रामदेव लोनिया, जमुना कोहार, विष्णु मल्ला चौथे मल्ला राम देरिज मलाहासमेतको हकमा उखडा कमाएको भए पनि कानूनले निजहरूको हक नपुग्नेमा पनि झगडा परेको जग्गा भएको मौजा प्रति परी वादीहरूले कबूल गरेकोबाट निकासा हुँदा जग्गा पाउने नपाउनेसमेत ठहरे बमोजिम हुने गरी २०१४ सालमा वादीहरूलाई चलन पुर्जि दिई निकासाको काम समाप्त भई सकेपछि ०२१ साल फाल्गुण १५ गते र सो भन्दा पछि वादीहरूले जग्गामा बहाली पुर्जि पाएको देखिन्छ उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ को (क) मा जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्यक्ति सम्झनु पर्छ भनी जग्गाधनीको परिभाषा भएकोले सो ऐनको व्यवस्था अनुसार वादीवालाहरू ०२१ साल फाल्गुण १५ गते र सो पछिमात्र श्री ५ को सरकारबाट जग्गा प्राप्त गरी बहाली पाएका दर्तावाला जमिदार तथा जग्गावाला कायम हुन आएका छन् माथि लेखिएका अनागरिक नेपालका नागरिक हुन् भनी उखडा विवरण फाराममा नाम लेखेका जगनारायण मलाहा, उदयराज नाउँ चन्नर मलाहा, गरिव मलाहा, जगदिस लोध, महावीर केवट, घरबारी लोध, सुन्दर नाउँ मिठार्इं मलाहा, को मला पासिन, भण्डारी मलाहा चिनलाल चमार, मोनर मलाहा, वृजलाल चमार, दुखि मलाहा, ठागे लोध, तिरथ लौध, खेदु मलाहा लगन लोध रामसुझ केवट सदरी केवट लछिमन लौध, राजाराम लोध, छविलाल लोन्यिा.समेतका प्रतिवादीहरूले पनि जग्गाधनीसँग उखडा ऐन, ०२१ को दफा २ (ख) बमोजिम वोल कबोल गरी उखडामा जग्गा कमाएको हो की भन्नालाई उखडा सम्बन्धी ऐन, ०२१ साल आश्विन १७ गतेदेखि लागू भएको वादीहरू माथि लेखिए बमोजिम ०२१ साल फाल्गुण १५ गते र सो भन्दा पछिमात्र जग्गाधनी कायम हुन आएकोले सो भन्दा अघि उखडा विवरण फाराम दाखिल गर्ने विपक्षीहरूले जग्गाधनीसँग बोल कबुल गरी जग्गा कमाएको भन्ने अवस्था देखिन आएन ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट
विपक्ष तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
उल्लिखित मुद्दा :
फैसला
न्या. झपटसिंह रावल
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : मौजे बेलवाको जग्गा जिमिदारी उज्रन्ट भई लगत काटिएको म समेतका जवान ९ ले उक्त मौजा सकार गरिपाउँ भनी निवेदन गरेकोमा माझखण्डमा मालबाट ०१४।१०।२५ गते चलन पुर्जिसम्म पाएको बाहाली पुर्जी नपाएकोमा हुकुम प्रमांगी बमोजिम ०२१ सालमामात्र बाहाली पाएको जग्गामा विपक्षी भारती नागरिकहरूले उखडामा बन्दोवस्त गरी दिएको होइन उखडा विवरण फाराम भरेको जग्गा उखडामा छैनन् विवरण फाराम झुठ्ठा हो भन्नेसमेत चन्द्रगोपालसमेतको उजूरी बयान ।
३. वादी मध्येको अवैध लोहारले कच्ची विगाहा १ को भा.रू २।। का दरले पोत तिरी जग्गा आवाद गरी भोग भनेकोले भोगेको ०२० सालसम्म हामीसँग पोत लिएको रसिद नदिएको ०२१ सालमा उखडामा जोतेको भनी फाराम दाखिल गरेपछि पोत नबुझेकाले धरौट राखेको छौं भन्नेसमेत प्रतिवादीहरूको बयान ।
४. उखडामा दिएको होइन भन्ने सबूद वादीले दिन नसकेको प्रतिवादीले ०१७ सालदेखि आवाद कमोद गरी भोगी फारामसमेत भरेको जग्गामा वादीहरूले झुठ्ठा उजूर गरेको ठहर्छ भन्नेसमेत रूपन्देही उखडा ट्राइवुनल नं.१ भैरहवाले ०२२।११।२०।५ मा गरेको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भनी वादीको पुनरावेदन पर्दा अध्यक्ष र सदस्यसमेत ३ जनाको उपस्थित नभई अध्यक्ष र सदस्यमात्र भई निर्णय गरेको देखिएकोले कानून अनुरूप भएको भन्न मिलेन । तसर्थ रूपन्देही उखडा ट्राइवुनल नम्बर १ भैरहवाबाट ०२२।११।२०।५ मा भएको फैसला बदर हुन्छ अब दुवै पक्ष राखी कानून बमोजिम निर्णय गरिदिनु भनी रूपन्देही जिल्ला अदालतमा पठाई दिनु भन्नेसमेत ०२५।४।७।२ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
६. वादीको वारिस विक्रम तिवारीलाई तोकिएको ०२५।९।१२ को तारिख ०२५।९।१९ तक दिन ८ को अर्जी गरी पठाएको यो उखडा मुद्दामा विशेष अदालत ऐन, ०१३ को दफा ४ मा ७ दिनभित्र सम्म थाम्न पाउने व्यवस्था भएकोले अर्जी लाग्न नसकी ०२५।९।१२ गतेदेखि नै तारिख गुज्रन गएकोले अ.बं.१७९ नं. बमोजिम डिसमिस हुन्छ भन्नेसमेत ०२५।९।२१।५ को रूपन्देही जिल्ला अदालतको फैसला ।
७. चन्द्रगोपाल श्रेष्ठसमेतले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो भए त्यस अदालतबाट हेरी ऐन बमोजिम किनारा गरिदिनु भन्ने हुकुम प्रमांगी बक्सेको छ भनी ०२५।७।१३।३ मा सर्वोच्च अदालतका नाउँमा बक्स भइआएको हुकुम प्रमांगी ।
८. वादीको उजूरी बयानमा प्रतिवादीहरूलाई जग्गा उखडामा कमाउन दिएको होइन आफूखुशी बसेका हुन् भन्ने मुख्य दावी देखियो । ०१७ सालदेखि पर्ति जंगल तोडी जग्गा आवाद गरी पोत तिरो खाएको जग्गा उखडामा कमाएको हो भन्नेसमेत प्रतिवादीहरूको बयान भएको देखियो । आफूखुशी कमाएको भन्ने वादीको बयानमा उल्लेख भएको र ०१७ सालदेखि त्यसरी आफू खुशी जबर्जस्ती जग्गा कमाएको भए जग्गा खिचोला गरे भन्ने तर्फ वादीले नालेस उजूर दिनुपर्ने सो गरेको देखिएन उखडामा कमाएको भनी फाराम भरी दाखिल गरेपछि मात्र विरोध गरी उजूर गरेको देखिन्छ ०२६।६।१९।५ मा भइआएको सरजमीन मुचुल्का हेर्दा सम्पूर्ण सरजमीनले प्रतिवादीहरूले नै जग्गा कमाएका हुन् भनी स्पष्ट लेखिदिएबाट समेत प्रतिवादीहरूले उखडामा कमाएको ठहर्छ भन्नेसमेत ०२७।८।२१।१ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुत मुद्दामा निवेदकतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्ट र विपक्षतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहससमेत सुनी आजलाई निर्णय सुनाउन तारेख तोकिएकोले निर्णयतर्फ विचार गर्दा उखडा जग्गा कमाउने व्यक्ति नेपालको नागरिक नभए निजका नाउँमा सो जग्गा दर्ता हुन नसक्ने उखडा सम्बन्धी ऐन, ०२१ को दफा ३ को प्रतिबन्धतात्मक वाक्यांश (१) मा व्यवस्था भएको सो वाक्यांशमा ०२२।३।३० सदर भएको संशोधनले त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्नेसमेत व्यवस्था गरेको देखिन्छ । उक्त ऐनले नेपालको नागरिक नभई विदेशी नागरिक हुने व्यक्तिले उखडा जग्गा कमाएको भए पनि सो जग्गामा निजको हक नपुग्ने भएकाले प्र.मध्यका अनागरिक पारस केवट जैराम कोहार दुधनाथ केवट वनारसिं मलाहा लालमन केवट खुदुर मलाहा शंकर मलाहा, भुन्नर केवट, असरफि भुत, लालचन हरिजन, सुनरिफा कोहार तिखेनी कोहार दुखलाल कोहार, फोवार केवट, गब्बु केवट मोलहु मलाहा गोली लोध सिवउ मलाहा सिता कोहार गेलही लोध, बाढु लोध, राजमन लोनिया, वासुदेव चौधरी इन्नल लोनिया, राम अवल, लोनिया, त्रिवेनी लोनिया, बलजु लोनिया, फुलचन लोनिया, सुन्नर लोनिया, नन्द लोनिया, रामलखन कोहार, रामनरेस कोहार, जोखन मलाहा, झगरु मलाहा, रामधारे लोहार, बुधिराम लोनिया, सुदामा लोनिया, राजाराम लोनिया, बहादुर लोनिया, रामरूप लोनिया, सरजु लोनिया, बन्दलाल लोनिया, पल्टु लोनिया, महेश लोनिया, छिसी थानत दुसाध, सरन लोनिया, हरिलाल लोनिया, चन्द्रीका सैधवार गुदे मलाहा, झगरु लोध मिठु केवट, राम औध केवट, राजमुनि केवट, मिठु लोनिया, हरिजनलालसा केवट, श्यामलाल लोनिया, महुज दुसाध, वृजलाल लोनिया, औकिल सैख, श्यामला कोहार, वैजु कोहार, रामदेव लोनिया, जमुना कोहार, विष्णु मल्ला चौथे मल्ला राम देरिज मलाहासमेतको हकमा उखडा कमाएको भए पनि कानूनले निजहरूको हक नपुग्नेमा पनि झगडा परेको जग्गा भएको मौजा प्रति परी वादीहरूले कबूल गरेकोबाट निकासा हुँदा जग्गा पाउने नपाउनेसमेत ठहरे बमोजिम हुने गरी २०१४ सालमा वादीहरूलाई चलन पुर्जि दिई निकासाको काम समाप्त भइसकेपछि ०२१ साल फाल्गुण १५ गते र सो भन्दा पछि वादीहरूले जग्गामा बहाली पुर्जि पाएको देखिन्छ उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ को (क) मा जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्यक्ति सम्झनु पर्छ भनी जग्गाधनीको परिभाषा भएकोले सो ऐनको व्यवस्था अनुसार वादीवालाहरू ०२१ साल फाल्गुण १५ गते र सो पछिमात्र श्री ५ को सरकारबाट जग्गा प्राप्त गरी बहाली पाएका दर्तावाला जमिदार तथा जग्गावाला कायम हुन आएका छन् माथि लेखिएका अनागरिक नेपालका नागरिक हुँ भनी उखडा विवरण फाराममा नाम लेखेका जगनारायण मलाहा, उदयराज नाउँ चन्नर मलाहा, गरिव मलाहा, जगदिस लोध, महावीर केवट, घरबारी लोध, सुन्दर नाउँ मिठार्इं मलाहा, को मला पासिन, भण्डारी मलाहा चिनलाल चमार, मोनर मलाहा, वृजलाल चमार, दुखि मलाहा, ठागे लोध, तिरथ लोध, खेदु मलाहा लगन लोध रामसुझ केवट सदरी केवट लछिमन लोध, राजाराम लोध, छविलाल लोन्यिा.समेतका प्रतिवादीहरूले पनि जग्गाधनीसँग उखडा ऐन, ०२१ को दफा २ (ख) बमोजिम वोल कबोल गरी उखडामा जग्गा कमाएको हो की भन्नालाई उखडा सम्बन्धी ऐन, ०२१ साल आश्विन १७ गतेदेखि लागू भएको वादीहरू माथि लेखिए बमोजिम ०२१ साल फाल्गुण १५ गते र सो भन्दा पछिमात्र जग्गाधनी कायम हुन आएकोले सो भन्दा अघि उखडा विवरण फाराम दाखिल गर्ने विपक्षीहरूले जग्गाधनीसँग बोल कबुल गरी जग्गा कमाएको भन्ने अवस्था देखिन आएन ।
१०. डिभिजन बेञ्चको फैसलामा प्रतिवादीहरूले जग्गा कमाएको हो भनी सरजमीनले बकेको भन्ने कुरालाई निर्भर गरी उखडा ठहराएको हकमा उखडा विवरण दाखिल गर्ने व्यक्ति मध्ये उदयराज नाउँ, पन्नर मलाहा गरिव मलाहा, सुन्दर नाउँ, कोमल पासि, वृजलाल चमार, राजाराम लोध, जगनारायण मलाहा, गोलि लोध मोलहु मलाहा, रामदेरिज मलाहा, महु दुसाध, सरन लोनिया, बन्दलाल लोनिया, वासुदेव चौधरी तिवैनी कोहरा, मुन्नर केवट बाहेक अरूले जग्गा हाल आवादीमा दर्ता गरिपाउँ भनी मालमा दर्खास्त गरेको, दर्खास्तको नक्कल निवेदक तर्फबाट विद्वान अधिवक्ताले बेञ्च समक्ष अवलोकन गराएको र विपक्षीतर्फका विद्वान अधिवक्ताले सो को खण्डन केही गर्न नसकेको र वादीको उजूरीमा पनि सो कुराको जिकिर भएकोमा विपक्षहरूले प्रतिवादी बयान गर्दा सो को खण्डन गर्न नसकेको हुनालेसमेत विपक्षहरूले हाल आवादीबाट वा उखडा भनी दावी जग्गा हात लगाउने प्रयास गरेको देखिन्छ । लिखित प्रमाणको अभावबाट कानूनको रोहबाटसमेत प्रतिवादीहरूले जग्गाधनीसँग बोल कबोल गरी जग्गा कमाएको नदेखिएपछि प्रतिवादीहरूले जग्गा कमाएको हो भन्ने सरजमीनका व्यक्तिको मौखिक भनाइलाई आधारभूत प्रमाण मान्न मिल्दैन ।
११. तसर्थ विपक्षी प्र.हरूले जग्गाधनीहरूसँग बोल कबोल गरी उखडामा जग्गा कमाएको ठहर्दैन उखडा ठहराएको उक्त डिभिजनबवेञ्चको फैसला मिलेको देखिएन मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. वासुदेव शर्मा,
न्या. चन्द्रप्रसाद प्रधान
इति सम्वत् २०३० साल भाद्र २९ गते रोज ६ शुभम् ।