निर्णय नं. ७८५ - जग्गा खिचोला

निर्णय नं. ७८५ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको दे.फु.नं. १११
फैसला भएको मिति : २०३०।६।२८।३ मा
निवेदक : वास्तरा देउराली गा.पं.वार्ड नं.६ कोखे बस्ने उदयबहादुर खत्री क्षेत्री
विरूद्ध
विपक्षी : ऐ.ऐ. प्राथे ढुङ्गा बस्ने वीरबहादुर मास्के मगर
मुद्दा : जग्गा खिचोला
(१) अन्तिम भइराखेको फैसला र न्यायिक परिपाटी सिद्धान्तको विपरीत हुने गरी फैसला गर्न नमिल्ने ।
यसमा झगडा परेको जग्गा वादी या प्रतिवादी कसको हकको हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ यसै जग्गामा अघि पटक पटक मुद्दा परी मेरो हक ठहरी सकेको भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोले प्रमाणमा आइराखेको मिसिलहरू हेर्दा यिनै वादी प्रतिवादीहरूको पहिले परेको जग्गा बाली लुटपिट मुद्दामा मेरो खेत मुरी ।७ भन्ने वादीको दावी र खिमबहादुरसँग बन्धकी लिएको खेत पाथी ।.।१६।५।६ कुंम सिंसँग राजीनामा लिएको खेत पाथी ।.।१६।५।६ मेरो जग्गा भन्ने प्रतिवादीको जिकिर भएकोमा जग्गाको साँध लामु ढुङ्गा कायम भई स्याङ्जा अदालतबाट ०१५।३।३०।२ मा र सोही सदर गरी पाल्पा अपीलबाट ०१६।६।४।१ मा फैसला भएको र सो पछि यिनै वादी प्रतिवादीहरूको यसै जग्गामा अर्को जग्गा बाली मुद्दा परेकोमा अघिको फैसलाले साँध कायम गरेको लामु ढुङ्गा सो मुद्दामा भएको न.नं.९।९१ को ठाउँनेर कायम गरी वादी वीरबहादुरलाई हराई स्याङ्जा जिल्ला अदालतबाट ०१३।१२।१५।३ मा र सोही सदर गरी गण्डकी अञ्चल अदालतबाट ०२४।१०।२६।६ मा फैसला भएकोसमेत पाइन्छ । यो मुद्दामा पनि सो खेत मुरी ७ मध्येकै खेत मुरी २ मा खिचोला गर्यो भन्ने वादीको दावी र अघिको मुद्दामा जिकिर लिए बमोजिमकै मेरो खेत ।.।१६।५।६ भन्ने प्रतिवादीको भनाई भएकोले सो विवादको टुंगो लगाउन अघिका फैसलाहरूले साँध कायम गरेको लामु ढुङ्गा कहाँनेर रहेछ भन्ने कुरा नै मुख्य रूपले हुर्ने पर्ने हुन आयो त्यसतर्फ हाल यो मुद्दामा भएको नक्सामा सो लामु ढुङ्गा न.नं.१० को भन्ने वादी र न.नं.११।१९ नेरको भन्ने प्रतिवादीको भनाई भएकाले कुन रहेछ भनी छुट्याउन पहिले परेका मुद्दाहरूमा भएको नक्सा र यो मुद्दामा भएको नक्सासमेत भिडाई हेर्दा पहिले परेको मुद्दाहरूमा भएको फैसलाले कायम गरेको लामो ढुङ्गा सो मुद्दाहरूमा भएको नक्सामा वादीको खेत मुरी ।७ भनी प्रतिवादीले देखाएको र झगडा परेको जग्गाको बीचमा किसिम रोलाकै आडमा खर भिर पखेरोको पूर्वपट्टि र पूर्णबहादुरको खेत देखिन पश्चिमपट्टि भएको देखिन आएको छ यो मुद्दामा भएको नक्सामा वादीले लामो ढुङ्गा भनी देखाएको न.नं.१०, न.नं.२९ पूर्णबहादुरको खेतदेखि दक्षिणपट्टि झगडा परेको न.नं.६ आवादीको देखिन पूर्व छेउमा नै अघिको नक्सामा कति पनि मिल्न भिड्न आउँदैन पूर्णबहादुरको खेत खर भिर पखेरो किसिम खोलोसमेत बाट सो लामो ढुङ्गा न.नं.६।७ को बीच प्रतिवादीले देखाएको ठाँउ न.नं.११।१९ नेरको भएको अघिको नक्सासमेत बाट प्रष्ट हुन्छ डिभिजन बेञ्चको तर्क अनुसार २१ नं.पाखो बारीको पश्चिम छेउलाई चिनु मानी त्यसदेखि सोझै किसिम खोलासम्म सबूद प्रमाण आधार बेगरको रेखा कल्पना गरी सो भन्दा पश्चिमपट्टि वादीको र पूर्वपट्टि प्रतिवादीको ठहर्याई दिन अघिको अन्तिम भइराखेको फैसलाहरू र न्यायिक परिपाटी सिद्धान्तको पनि विपरीत हुन जानेसमेत भई नमिल्ने देखिन्छ तसर्थ उपरोक्त उल्लेख भएबमोजिम अघि भएका फैसलाहरूले कायम गरेको लामु ढुङ्गाको साँधबाट हाल झगडा परेको जग्गा मेरो खेत मुरी ।७ भित्रको खेत मुरी ।२ भन्ने वादीको दावी पुग्न सक्ने देखिएन वादी दावी पुग्न नसक्ने ठहराएको शुरू स्याङ्जा जिल्ला अदालतको सदर गरी गण्डकी अञ्चल अदालतले ०२७।१।२५।६ मा छिनेको इन्साफ मनासिव ठहर्छ ०२८।९।२८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन निवेदक प्रतिवादी उदयबहादुर खत्रीले मुद्दा दोहर्याउँदा ०२९।५।२७।२ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१। एक वादी वीरबहादुर मास्केबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ.तहसिल फाँटमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी
फैसला
प्र.न्या.रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : पूर्व मेरै खेतको पुछार डाँडो गलछिनु पश्चिम मेरै खेतको मुहान उत्तर किसिम खोली दक्षिण पहरो यति ४ किल्ला भित्रको तिरो रू.१।८१।१ लागेको किसिम खोला भन्ने खेत मुरी ।७ रणबहादुरबाट ९४।२।२७ राजीनामा लिई भोग गरी आएको र निलु खत्रीको किसिम खोला वारिपारी २ ठाउँ गरी खेत मुरी ।३।८ मध्ये पूर्व खेमबहादुरको साँध पश्चिम मेरो खेत उत्तर किसिम खोलो दक्षिण विपक्षीकै बारी यति ४ किल्ला भित्रको किसिम खोला द्वारताछे भन्ने खेत ।.।१६।५।६ के तिरो रु. ।१४ लागेको जग्गा कुशुम सिं खत्री क्षेत्रीबाट विपक्षीले राजीनामा लिएपछि साँधमा विपक्षीको र मेरो मुद्दा परी गण्डकी अञ्चल अदालतसमेत बाट मेरो खेत मुरी ।७ मेरै हक र विपक्षीको खेत मुरी ।.।१६।५।६ विपक्षीकै हक कायम ठहरी छिनिएको छ मेरो खेत मुरी ।७ मध्ये पूर्व ठूलो लामु ढुड्डो पश्चिम ४ पाटे सानु फोबोटी उत्तर किसिम खोलो दक्षिण पहरो यति ४ किल्ला भित्रको खेत मुरी ।२ मा ०२४।१२।१० मा प्रतिवादीले खिचोला गरेकाले सजाय गरी मेरो जग्गामा दावी छुटाई पाउँ भन्नेसमेत वादी ।
३. वादी दावी ४ किल्ला भित्रको जग्गा वादीको हक भोगको होइन । किसिम खोला बारी पारी २ ठाउँ गरी द्वारताछे बन्ने खेत मुरी ।.।१६।५।६ मेरो हक भएको अघिको मिसिलहरू बुझिएमा प्रष्ट हुने हुँदा हारी सकेको जग्गामा यो नालेस गरेको अ.बं.१८० नं.ले खारेज हुने हुँदा वादी दावी छुटाई पाउँ भन्नेसमेत प्रतिवादी ।
४. अघि भएको फैसलाले प्रतिवादीको जग्गा ठहरी सकेको देखिएकोले वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्नेसमेत स्याङ्जा जिल्ला अदालतको फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. नं.११।१९ नेरको लामु ढुङ्गा अघिको फैसलाले साँध कायम गरेको देखिएकोले दावी झुठ्ठा ठहर्छ भनी शुरू फैसलामा उल्लेख भएको वादीको न.नं.७ को जग्गा वादीको साविक दर्ता माटो मुरी ।७ मा नापी गर्दा हाल माटो मुरी ।१३।२ हुन आएकोले खिचोला गरेको भन्न नमिल्ने हुँदा इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने गण्डकी अञ्चल अदालतको ०२७।१।२५।६ को फैसला ।
७. अञ्चल अदालतले हदमुनी गरी छिनेको सयकडा ५ को लगतबाट इन्साफ जाँच निमित्त ०२८।९।२८।४ को डिभिजन बेञ्चमा पेश हुँदा अघि परेको मुद्दाबाट वीरबहादुरले राजीनामा लिएको जग्गाको किल्ला कायम भइसकेको देखिँदा यस मुद्दाबाट वादीको किल्ला कुन कुन रहेछ भनी छुट्याउनु नपरी अघि कायम भएको किल्ला कुन ठाउँमा रहेछ भन्नेमात्र छुट्याउनु परेको छ रणबहादुरले वीरबहादुरलाई गरेको राजीनामामा पूर्व मेरो खेतको पुछार पश्चिम मेरो खेतको मुहान उत्तर किसिम गाउँ खोला दक्षिण पहरा भन्ने लेखेको छ । वादी वीरबहादुर प्र.उदयबहादुरसमेत भएको जग्गा मुद्दाको ०१६।६।४ मा फैसला भएको मुद्दामा १२ साल भाद्रमा दिएको प्रतिवादीमा बुद्धिबहादुर भन्ने उदयबहादुरले द्वारताछे बिरौटो खेत मुरी ।.।१६।५।६ भोगबन्धकी र रणबहादुरको सहोदर भाइ कुम्भ सिंले ।.।.१६।५।६ राजीनामा लिएको सो राजीनामाको कित्ता भन्दा पश्चिमपट्टि वादीको खेत मुरी ।७ को जग्गा छुट्टै छ भनी जिकिर गरेको रहेछ र उक्त प्रतिवादी लेखबमोजिम भोगबन्धकी लिएको कित्ता भन्दा पश्चिमपट्टि राजीनामा लिएको र त्यसभन्दा पनि पश्चिमपट्टि वादीको खेत मुरी ।७ को कित्ता रहनु पर्छ प्रस्तुत मुद्दा सामेल रहेको ०२५।९।१।१ को नक्सामा पश्चिमपट्टि छेउमा वादीको हकको खेत मुरी ।७ को कित्ता न.नं.७ मा लेखेको सो भन्दा पूर्वपट्टि नं.६ मा झगडा जनाएको देखिएको छ उपरोक्त प्रतिवादीले जिकिर गरेको किल्लाबमोजिम खिमबहादुसँग बन्धकी लिएको जग्गा भन्दा पश्चिमपट्टि वादीको जग्गा भन्दा पूर्वपट्टि प्रतिवादीकै पाखो भन्दा दक्षिणपट्टि र किसिम खोला भन्दा उत्तरपट्टिको कित्ता राजीनामाको यो कित्ता हुनुपर्छ यो मुद्दाको नक्सामा झगडा परेको न.नं.६ को कित्ता जम्मै वादीको वा प्रतिवादीको भन्न मिलेन उक्त प्रतिवादीको जिकिरबमोजिम पूर्व खिमबहादुरको खेत पश्चिम निज वादीकै साँध उत्तर किसिम खोला दक्षिण मेरै पाखो यति ४ किल्ला भित्रको राजीनामा भएको खेत ।.।१६।५।६ को भनी लेखिएको कित्ता झगडा परेको न.नं.६ को पूर्व छेउमा न.नं.२१ को पाखो बारी भन्दा उत्तरपट्टिको चकला हुने र सो पाखो बारी भन्दा पश्चिमपट्टि रहेको पहरोलाई दक्षिण किल्ला कायम गरी त्यस भन्दा उत्तरपट्टिको चकला वादीको हक देखिन आउँछ यस्तो ठहर भएकोले २१ नं.को पाखो बारीको पश्चिम छेउलाई चिनु मानी त्यसदेखि सोझै किसिम खोलासम्म एउटा सोझो रेखा कल्पना गरी पश्चिमपट्टिको पहरादेखि किसिम खोलासम्मको वादी वीरबहादुरले र सो भन्दा पूर्वपट्टि न.नं.२१ को पाखो बारीदेखि किसिम खोलासम्मको जग्गा प्रतिवादी उदयबहादुरको हक दर्ताको जग्गा हुन जान्छ सोहीबमोजिम २ थरले तिरो भरो गरी खान हक पाउने ठहर्छ गण्डकी अञ्चल अदालतको इन्साफ केही नमिलेको देखियो भन्नेसमेत ०२८।९।२८।४ को डिभिजन बेञ्चबाट फैसला भएको ।
८. यस बेञ्चसमक्ष निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले अघि पटकपटक परेको मुद्दामा भएको फैसलाहरूबाट हाल यो मुद्दामा वादीले दावी लिएको जग्गा मेरै पक्षको ठहरी सकेको छ । अघिको फैसलाले वादी प्रतिवादीको बीचको साँध लामु ढुङ्गा हालको न.नं.११।१९ को भन्ने प्रष्टै देखिई राखेकोमा अन्यथा हुने काल्पनिक चिनु र रेखा कायम गरी प्रमाण आधार बेगर झगडा परेको जग्गा वादीको ठहराउन मिल्ने होइन झगडा परेको जग्गा अघिका फैसलाबमोजिम मेरै पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
९. यसमा झगडा परेको जग्गा वादी या प्रतिवादी कसको हकको हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ यसै जग्गामा अघि पटक पटक मुद्दा परी मेरो हक ठहरी सकेको भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोले प्रमाणमा आइराखेको मिसिलहरू हेर्दा यिनै वादी प्रतिवादीहरूको पहिले परेको जग्गा बाली लुटपिट मुद्दामा मेरो खेत मुरी ।७ भन्ने वादीको दावी र खिमबहादुरसँग बन्धकी लिएको खेत पाथी ।.।१६।५।६ कुंम सिंसँग राजीनामा लिएको खेत पाथी ।.।१६।५।६ मेरो जग्गा भन्ने प्रतिवादीको जिकिर भएकोमा जग्गाको साँध लामु ढुङ्गा कायम भई स्याङ्जा अदालतबाट ०१५।३।३०।२ मा र सोही सदर गरी पाल्पा अपीलबाट ०१६।६।४।१ मा फैसला भएको र सो पछि यिनै वादी प्रतिवादीहरूको यसै जग्गामा अर्को जग्गा बाली मुद्दा परेकोमा अघिको फैसलाले साँध कायम गरेको लामु ढुङ्गा सो मुद्दामा भएको न.नं.९।९१ को ठाउँनेर कायम गरी वादी वीरबहादुरलाई हराई स्याङ्जा जिल्ला अदालतबाट ०१३।१२।१५।३ मा र सोही सदर गरी गण्डकी अञ्चल अदालतबाट ०२४।१०।२६।६ मा फैसला भएकोसमेत पाइन्छ । यो मुद्दामा पनि सो खेत मुरी ७ मध्येकै खेत मुरी २ मा खिचोला गर्यो भन्ने वादीको दावी र अघिको मुद्दामा जिकिर लिए बमोजिमकै मेरो खेत ।.।१६।५।६ भन्ने प्रतिवादीको भनाई भएकोले सो विवादको टुंगो लगाउन अघिका फैसलाहरूले साँध कायम गरेको लामु ढुङ्गा कहाँनेर रहेछ भन्ने कुरा नै मुख्य रूपले हुर्ने पर्ने हुन आयो त्यसतर्फ हाल यो मुद्दामा भएको नक्सामा सो लामु ढुङ्गा न.नं.१० को भन्ने वादी र न.नं.११।१९ नेरको भन्ने प्रतिवादीको भनाई भएकाले कुन रहेछ भनी छुट्याउन पहिले परेका मुद्दाहरूमा भएको नक्सा र यो मुद्दामा भएको नक्सासमेत भिडाई हेर्दा पहिले परेको मुद्दाहरूमा भएको फैसलाले कायम गरेको लामो ढुङ्गा सो मुद्दाहरूमा भएको नक्सामा वादीको खेत मुरी ।७ भनी प्रतिवादीले देखाएको र झगडा परेको जग्गाको बीचमा किसिम रोलाकै आडमा खर भिर पखेरोको पूर्वपट्टि र पूर्णबहादुरको खेत देखिन पश्चिमपट्टि भएको देखिन आएको छ यो मुद्दामा भएको नक्सामा वादीले लामो ढुङ्गा भनी देखाएको न.नं.१०, न.नं.२९ पूर्णबहादुरको खेतदेखि दक्षिणपट्टि झगडा परेको न.नं.६ आवादीको देखिन पूर्व छेउमा नै अघिको नक्सामा कति पनि मिल्न भिड्न आउँदैन पूर्णबहादुरको खेत खर भिर पखेरो किसिम खोलोसमेत बाट सो लामो ढुङ्गा न.नं.६।७ को बीच प्रतिवादीले देखाएको ठाँउ न.नं.११।१९ नेरको भएको अघिको नक्सासमेत बाट प्रष्ट हुन्छ डिभिजन बेञ्चको तर्क अनुसार २१ नं.पाखो बारीको पश्चिम छेउलाई चिनु मानी त्यसदेखि सोझै किसिम खोलासम्म सबूद प्रमाण आधार बेगरको रेखा कल्पना गरी सो भन्दा पश्चिमपट्टि वादीको र पूर्वपट्टि प्रतिवादीको ठहर्याई दिन अघिको अन्तिम भइराखेको फैसलाहरू र न्यायिक परिपाटी सिद्धान्तको पनि विपरीत हुन जानेसमेत भई नमिल्ने देखिन्छ तसर्थ उपरोक्त उल्लेख भएबमोजिम अघि भएका फैसलाहरूले कायम गरेको लामु ढुङ्गाको साँधबाट हाल झगडा परेको जग्गा मेरो खेत मुरी ।७ भित्रको खेत मुरी ।२ भन्ने वादीको दावी पुग्न सक्ने देखिएन वादी दावी पुग्न नसक्ने ठहराएको शुरू स्याङ्जा जिल्ला अदालतको सदर गरी गण्डकी अञ्चल अदालतले ०२७।१।२५।६ मा छिनेको इन्साफ मनासिव ठहर्छ ०२८।९।२८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन निवेदक प्रतिवादी उदयबहादुर खत्रीले मुद्दा दोहर्याउँदा ०२९।५।२७।२ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१। एक वादी वीरबहादुर मास्केबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ.तहसिल फाँटमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु।
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल कार्तिक २८ गते रोज ३ शुभम् ।