शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५६८ - जग्गा

भाग: १२ साल: २०२७ महिना: बैशाख अंक:

निर्णय नं. ५६८           ने.का.प. २०२७

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०२६ सालको दे.फु.नं. ८०

निवेदक : जि.सप्तरी प्र.जगदर मौजे मलीकपुर वसस्नतपुर टोली बस्ने नथर यादव

विरुद्ध

विपक्षी : ऐ. बस्ने वलदेव यादव

मुद्दा : जग्गा

(१)  फ्नो जग्गा अरुको नाममा दर्ता हुँदानामसारी दाखेल दर्ता गर्नु भनी दर्तावालाले गरी दिएको मञ्जुरनामा छोडपत्रतत्कालिन रजिष्ट्रेशनको ३ नं.अनुसार रजिष्ट्रेशन पास नभएमाउक्त लिखत तत्काल कार्यान्वित नगरी धेरै पछि मात्र दाखेल दर्ता गरेको भन्ने प्रमाणको अभावमाउक्त जग्गा आफ्नो हकको भन्ने भनाई सन्दिग्ध देखिने ।

          सो लिखत तत्काल प्रचलित रजिष्ट्रेशनका ३ नं.बमोजिम रजिष्ट्रेशन पास नभएको र यदि आफ्नो जग्गा वादी वलदेवको नाउँमा दर्ता हुन गएको भए तत्काल सो लिखत कार्यान्वित गराई कानूनबमोजिम जग्गा आफ्नो नाममा दाखेल दर्ता गराउन सक्नुपर्नेमा धेरै वर्ष पछि १५।१।१६ मा मात्र दाखेल दर्ता गराएको भन्ने भनाई भएको, सो दाखेल दर्ताको १ नं.फाराम चोरीमा परेको भनी पेश दाखेल हुन पनि नसकेको समेत हुँदा मेरो जग्गा भन्ने प्रतिवादी नथरको भनाई सन्दिग्ध देखिन आउँछ ।

(प्रकरण नं. १२)

(२)  अरुको जग्गाको मालपोत हस्तेवारी गरी बुझाएको देखिएमाआफूले मालपोत तिरे बुझाएको मान्न नमिलेमाफ्नो मालपोत बुझाएको रसिद प्रस्तुत गर्न नसकेमाउक्त जग्गा आफ्नो तिरो भोगको प्रमाणित नहुने ।

          मालपोत नथरले हस्तेवारी गरी बुझाई दिएको भन्ने देखिन आउने, सो रसिदहरुमा जग्गा कठ्ठा ।४.२ नथरको भन्ने जनिएको हुनुबेगर आंशिक रुपमा सो जग्गा कठ्ठा ।४.२ को मालपोत प्र.नथर आफूले तिरे बुझाएको मान्न मिलेन । आफ्नो जग्गा भए ०४ सालको नापी भन्दा अगाडिको रसिदहरु पनि पेश गर्न सक्नुपर्नेमा सकेको नदेखिएको समेत हुँदा जग्गा प्रतिवादी नथरको भोग तिरोको रहेछ भन्ने प्रमाणित हुँदैन ।

(प्रकरण नं. १३)

निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कुलराज

विपक्षी तर्फबाट : अधिवक्ता श्री राम राजाप्रसाद सिंह

उल्लेखित मुद्दा :

फैसला

          न्या.श्री धनेन्द्रबहादुर सिंह

          १.   मेरो जग्गा नथरका नाउँमा दर्ता बदर पाउँ भनी नालेस गरेको अघिको दावामा नम्बर विगाहा अंकमा फरक परेकोले भुल सुधार गरी नालेस गर्नु भन्ने ०२०।३।३०।१० गते यस अदालतबाट खारेज फैसला भएको सोही फैसला बमोजिम नालेस गर्न आएको छु । मैले मुन्सिफिबाट पाएको नम्बरीमा नम्बर २७८० उमराब सो पूर्व उत्तर पोखरी मोहार सो पश्चिम डगर सो दक्षिणको जग्गा विगाहा ।४.२ लेखिएकोबाट सो बमोजिम दावा गरेकोमा मालको जबाफमा २८८० नम्बर भई चौहद्धी एकै मिलान भएकोबाट मालको श्रेस्ता हेर्दा खेसरामा २८८० लेखिए पनि २७८० लेख्नु पर्नेमा १०० नं. नै थप भई सिलसिला नम्बर बिरिएकोले कितावमा सुधार गरी नम्बरी जम्मा बन्दी भएको हुनाले खेश्रामा सबै नम्बरीवालाको नम्बर विरिएको भएबाट खेसराको नम्बर २८८० भूल सुधार गरी मेरो दावा बमोजिम नं. २७८० को जग्गा मेरो नाउँमा थामी पाउनु पर्ने भएकोले अघिका दावामा जग्गा विगाहा ।४।४।। भए पनि जमिन्दार पटवारीले प्रतिवादी गर्दा जग्गा विगाहा । भूलले घट्न गएको २।। जग्गा मेरो फिरादमा लेख्नेका भूलले लेखिएको शुद्धमा जग्गा विगाहा ।४.२ नथरका नाउँमा दर्ता गरी दिएको बदर गरी मेरो तिरो भोगको सो जग्गा मेरा नाउँमा सदर थामी पाउँ भन्नेसमेत ०२०।६।२० को फिराद ।

          २.   वादीले नथरलाई गरी दिएको ०४।११।१६ को छोडपत्रमा नं.२४६३ जग्गा तिम्रो हो भूलले विलेबन्दीमा समेत मेरो नाउँ लेखिए पनि जग्गा तिम्रो हुँदा जिम्दारी श्रेस्तामा तिमी नथरका नाउँमा दर्ता गराई दिउँला भन्ने व्यहोरा लेखिएको र सो छोडपत्र गर्न खुद वादी गई १ नं. फाराममा भरी नथरका नाउँमा दाखेल दर्ता गरी दिएको र सो जग्गा वादी गोविन्दका नाउँबाट आएको नभई साविक दर्तावाला बहुराबाट आएको ०४ सालको सर्पटबाट समेत देखिएको जग्गा वादीको नभई नथरकै हक भोग भन्ने छोडपत्र र अघि पेश भएका रसिदबाट समेत देखिन आएको ०१६ सालको मालपोत १७ साल जेष्ठमा वादीले मालमा धरौट राख्दा पनि यी दावाको यो ।४.२ जग्गा छाडी आफ्नो जग्गा ८।४।।२ को मात्र पोत धरौट राखेको र उक्त छोडपत्रलाई ऐनका म्याद भित्र करकापमा उजूर गरी बदर गराउन नसकेको ०४ सालदेखि अहिलेसम्म जग्गा नथरकै हक भोग भइरहेको वादीले खुसी राजिसंग छोडपत्र गरी दिएको र जमिदारी कचहरीमा गई दाखेल दर्ता समेत गराई दिएको साँचो व्यवहारलाई जग्गा नखाने अरु प्रतिवादीलाई समेत मुछी वादीले झुठ्ठा उजूर गरेकाले उक्त जग्गा ।४.२ नथरको दर्ता कायम भई वादीका दावीबाट फुर्सत पाउँ भन्नेसमेत अगम्मलाल यादव पु.हुपलाल यादव, अवधि यादव, जुगल किश्वर दास कायष्थ, नथर यादवको संयुक्त प्रतिवादी ।

          ३.   कुनै किसिमको हक छोडेको लिखत साविक रजिष्ट्रेशनका ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने नगरेको त्यस्तो लिखत सदर हुन र उजूर लाग्न नसक्ने हुँदा त्यस्तो सदर नहुने लिखतबाट गरेको दर्ता दाखेल बैधानिक नहुँदा सो लिखतबाट नथरको जग्गामा हक पुग्न र सोही लिखतबाट गरेको दर्ता दाखेल सदर हुन समेत नसक्ने हुँदा बेरीतसंग दर्ता दाखेल गरे गराएको ठर्हछ भन्नेसमेत ०२१।३।२०।२ को इ.अ.हनुमान नगरको फैसला ।

          ४.   कागज गरी दिएमा वादी सावितै भई दर्ता दाखेल समेत गरी दिइसकेको जग्गाको पाको नठहरेकोले चित्त बुझेन भन्नेसमेत नथर यादवको पुनरावेदन ।

          ५.   भूलबाट तिम्रो जग्गा मेरो नाउँमा हाल सरपट नापीमा नाप नक्सा भई गएको छ तापनि सो जग्गा तिम्रो हक भोगको भएकोले मेरो नाउँमा विलेबन्दी भएका कारणले हाम्रो नाउँमा नम्बरी भई आएपछि यसै लिखतबाट जिमिदार पटवारी श्रेस्तामा दर्ता दाखेल गराई दिन मेरो मञ्जुर छ भनी ०४।११।१६ मा वादी वलदेवले प्र.नथरलाई गरी दिएको र सो लिखत बमोजिम जग्गा पनि प्र.नथरका नाउँमा दर्ता भएको र साविक सो जग्गा बहुराका नाउँमा देखिएको । वादीले आफ्नु नाउँको जग्गा छोडेको नभई प्र.नथरको हकको जग्गा भूलबाट वलदेवका नाउँमा विलेबन्दी भई वास्तविक हकवाला नथरलाई नै राख्ने किसिमको ०४।११।१६।७ को कागज देखिएकोले यस्तो कागज रजिष्ट्रेशन पास गराउन पर्छ भन्ने ऐन नभएकोले उक्त कागज सदरै देखिन आएकोले सो कागजको आधारबाट नथरको हक भइरहेको जग्गा दिलाई दिन मनासिव नपर्ने हुँदा वादी दावी पुग्न सक्दैन । इन्साफ इलाका अदालतको गलती ठर्हछ भन्नेसमेत ०२१।९।१३।१ को जिल्ला अदालत सप्तरीको फैसला ।

          ६.   जग्गा साविक बहुराका नाउँमा भएको कुनै सबूद प्रतिवादीले दिन नसकेको र छोडपत्र भनेको पास भएको नहुनाले सप्तरी जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्नेसमेत वादी तर्फको पुनरावेदन ।

          ७.   जि.अ.को फैसलामा झगडा परेको जग्गा साविक बहुराका नाउँमा देखिएको हक भोगको प्रमाण वादीले दिन नसकेको भनी उल्लेख भएको ९९ सालको वादीतर्फबाट पेश भएको रसिदमा बहुरा गोपबाट आएका ६ कठ्ठा समेत गरी ७।।।३।। उल्लेख भएको त्यसपछि २००० साल २००७ साल ०१३ सालको रसिदहरु पनि वादीतर्फबाट पेश भएको देखिएकोले हक भोगको प्रमाण वादीले दिन नसकेको भन्ने जि.अ.को बुँदा मिलेको नदेखिनाले विपक्षीलाई अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलमा झिकाउनु र प्रतिवादी नथर यादवको नाउँमा दाखेल खारेज हुँदा वादीले सहिछाप गरेको छ भनेको १ नं.फाराम र प्रतिवादी नथर यादवले शुरुउपरको अपीलमा प्रमाण दिएको मालको खेश्रा श्रेस्ताको यस मुद्दामा प्रमाण लाग्ने दफाको उतार पठाउनु भनी माल समेतलाई लेखी पठाउनु भन्ने ०२२।२।८।६ को डिभिजन बेञ्चको आदेश ।

          ८.   प्रस्तुत विवादको जग्गा साविक बहुरा गोपको रहेछ भन्ने प्रमाण निमित्त पाएको वलदेव राय यादवको र अगमलाल मन्दुर ग्वार समेतको जालसाजी मुद्दाको मिसिल रहेको फाराम नक्कलबाट देखिन्छ र बहुराबाट आएको सोही जग्गाका १९९९।२००० सालको रसिदहरु वादीले पुनरावेदन साथ पेश गरेको देखिएको ०४ सालको नापीमा उल्लेखित जग्गा वादीका नाउँमा दर्ता भएको सप्तरी मालबाट ०२२।१०।१५।६ मा आएको ०४ सालको नापी दर्ता उतार नक्कलबाट देखिंदा सो जग्गामा अघिदेखि वादीकै पुरानो हक देखिएको त्यसतो वादीको हकको जग्गा छोडपत्र गराएको छु भनी प्रतिवादीबाट दाखेल गरेको छोडेको पास नभएकोले रजिष्ट्रेशनका १ नं.ले जग्गा हक छुट्टाएको त्यस्तो लिखत पास नभएकोलाई कानूनले मान्यता दिन नमिल्ने र सो छोडपत्र मिति ०४।११।१६।७ पछि प्रतिवादी नथर गोप ग्वारले आफूले भोग गरेको रसिद समेतका सबूद पेश दाखेल गर्न नसकेको समेतबाट उक्त मितिको छोडपत्र मञ्जुरनामा कागजलाई कायम मान्न नहुने भएको हुनाले त्यस्तो लिखतबाट प्र.नथरका नाउँमा गरेको दर्ता दाखेल सदर नहुने हुँदा वेरीतसंग दर्ता दाखेल गरे ठहराएको इन्साफ शुरु इलाका अदालत हनुमान नगरको मनासिव ठर्हछ । जि.अदालत सप्तरीबाट भएको इन्साफ गल्ती भएकाले तपसील बमोजिम गरी मिसिल नियमबोजिम बुझाई दिनु भन्ने ०२४।३।१६।१ को डिभिजन बेञ्चको फैसला ।

          ९.   सो इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने प्र.नथर यादवको निवेदन परेकोमा न्यायीक समिमितबाट यसमा जग्गा विगाहा ।४.२ नं.२४६३ मा बहुरा गोपका नाउँमा दर्ता भएको देखिएको साविक बहुराबाट हक छुटाएको लिखत र नापी हुनुभन्दा अघिको भोग तिरोको रसिद वादीले पेश दाखेल गरेको नदेखिएको साविकमा बाबु गोविन्दका नाउँमा दर्ता भएको र बाबुको हक म मा आएको भन्ने वादीको मूल आधार दर्तामा नै फरक पर्न आयो । विलेबन्दीमा लेखिए बमोजिम विगाहा ९२१।।।१ को तिरो मेरो वादीले गर्न नसकी घटी जग्गाको मात्र तिरो भरो चलाएको रसिदतर्फ यो मुद्दामा दावी छाडी जग्गा तर्फमात्र दावी लिएको देखिएकोले वादीले विलेबन्दीमा चढाएको जग्गा प्रतिवादीको भएकोले घटी जग्गाको तिरो भरो चलाएको प्रष्ट हुन आएको छ । विलबन्दीमा लेखिए मध्ये विगाहा ।४.२ अवधिलाई विगाहा २।।।१ मोजाईलाई विगाहा ।३ मिखनलाई विगाहा ।४.२ बनहनलाई समेत गरी विगाहा ।।।१।।४ राजीनामा दिएको भन्ने ०२६।३।१८।५ को फिरादमा लेखेको हालको फिरादमा सो कुरा उल्लेख गर्न नसकेको त्यसबाट पनि वादीको भोग नदेखिने ,०७ सालको वादीले पेश गरेको रसिदमा विगाहा ९।।।।।।४ लेखे बमोजिम दर्ता नदेखिएको विलेबन्दी बमोजिम अंक नमिलेको हुँदा सो रसिद प्रमाण लिन नमिल्ने ११ सालमा विगाहा ८।।१। साल १३ को रसिदमा ८।।।३।।।४ साल १५ को रसिदमा ८।४।।२ देखिएको विलेबन्दीमा मिल्न भिड्न आउँदैन । प्रतिवादीको जग्गा समेत पारी विलेबन्दी दिएकोबाट प्रतिवादीको जग्गा छाडी कागज गरी दिएको र उल्लेखित किसिमसंग रसिद मिल्न भिड्न नआएको स्वसिद्व हुन आउँछ । हनुमान नगर माल १६ सालको पोत धरौट राख्दा पनि विगाहा ८।४।।३ को मात्र राखेकोबाट पनि झगडा परेको ।४.२ जग्गा वादीको नदेखिने सो जग्गाको १४।१५ सालको पोत नथरले बुझाएको रसिद पेश भएको समेत प्रमाणबाट प्रतिवादीको जग्गा नं.२४६३ मा वादीको नाममा विलेबन्दी हुन जाँदा भूलले मेरो नाममा नापी भएको हुँदा यसै लिखतबाट पटवारी श्रेस्तामा तिम्रो नाममा दा.खा.गराउन मेरो मञ्जुर छ भनी ०४।११।१६।७ मा नथरलाई वादीले कागज गरी दिएको सिद्ध हुन आएको, सो कागज ऐनले रजिष्ट्रेशन पास हुनुपर्ने नभएको भन्नेतर्फ जग्गा हक छाडी दिएको भए मात्र पास गर्नु पर्ने यो हक छाडी दिएको जग्गा नभई तिम्रो जग्गा भनी गरी दिएको कागज पास गर्नुपर्छ भन्न नमिल्ने, जुन किसिमबाट होस जग्गा प्रतिवादीले दाखेल खारेज गरी भोग तिरो गरेको धेरै वर्ष पछि उजूर गरेको यस स्थितिमा जग्गा पजनी र जग्गा मिच्नेको ऐनलाई दृष्टिगत गर्नुपर्ने हुन आउँछ । सो ऐनहरुलाई ध्यानमा राख्दा पनि हदम्याद नघाई उजूर गरेको देखिएको वादीको उजूर अवस्था विचार गर्दा पनि तत्कालीन जिल्ला अदालत र इलाका अदालतले कानून देखि बाहिर गई कुरा खुलाई उजूर दिने मौका दिँदा पनि दोश्रो तेश्रो उजुरीमा समेत यकिन कुरा खुलाई एउटै कुराको अडान लिन नसकी उक्त उल्लेखित किसिमसंग दावी लिनुको अतिरिक्त ०४।११।१६ को लिखतको बिषयमा १६।३।१८।५ मा दायर गरेको मुद्दामा सो कागजको सम्बन्धमा बयान गराउँदा जालसाजी भनेको हालको मुद्दामा कागज गरी दिएमा सावित भई बेरीतको कागजसम्म भनेको यस्तो स्थितिमा जिमिदारी पटवारी सवाल बमोजिम रीत पुर्‍याई दाखेल दर्ता गरी भोग तिरो गरेको जग्गा वादीको ठहराई प्रतिवादीले गरेको दर्ता दाखेल बदर गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउन आदेश बक्सुन पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ को महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आएको २५।१२।१९।३ को हुकुम प्रमांगी।

          १०.  बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने ०२५।१२।२०।४ को माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेश ।

          ११.   यसमा तारेखमा रहेका दुवैपक्ष रोहवरमा रही ०२६।११।२।६ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कुलराजले र वादीतर्फबाट विद्वान अधिवक्ता श्री रामराजाप्रसाद सिंहले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तोरख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको जग्गा कस्को हकको हो सोकुराको निर्णय दिनुपर्ने भएको छ ।

          १२.  झगडा परेको जग्गा साविकमा बहुरा गोपका नाउँमा कठ्ठा ।१ दर्ता भएको ०४ सालको नापीमा वादी वलदेवको नाममा कट्टा ।४.२ कायम भई दर्ता भएको हरेछ । नापीमा वादी वलदेवको नाममा दर्ता भए पनि जग्गा मेरो हुँदा वादी वलदेवले जग्गा तिम्रो हक भोगको भएकोले भुलले नापी भइसकेको हुँदा मुन्सिफीबाट नम्बरी बनी आएपछि पहिले लिखतले पटवारी श्रेस्तामा दाखेल दर्ता गराई लिनु भनी ०४।११।१६।७ मा मञ्जुरनामा छोडपत्र कागज लेखी दिएको भन्ने निवेदक प्रतिवादी नथरको मुख्य जिकिर भएको हकमा सो लिखत तत्काल प्रचलित रजिष्ट्रेशनका ३ नं.बमोजिम रजिष्ट्रेशन पास नभएको र यदि आफ्नो जग्गा वादी वलदेवको नाउँमा दर्ता हुन गएको भए तत्काल सो लिखत कार्यान्वित गराई कानूनबमोजिम जग्गा आफ्नो नाममा दाखेल दर्ता गराउन सक्नुपर्नेमा धेरै वर्ष पछि ०१५।१।१६ मा मात्र दाखेल दर्ता गराएको भन्ने भनाई भएको सो दाखेल दर्ताको १ नं. फाराम चोरीमा परेको भनी पेश दाखेल हुन पनि नसकेको समेत हुँदा मेरो जग्गा भन्ने प्रतिवादी नथरको भनाई सन्दिग्ध देखिन आउँछ ।

          १३. जग्गामा भोग तिरो कस्को रहेछ भन्नेतर्फ ०१३।१४ साल २ को जग्गा कठ्ठा ।४.२ को मालपोत तिरेको प्रतिवादी नथर गोपको नाउँको रसिद पेश गरेको भए पनि ०१५।१।१६ मा मात्र जग्गा निज प्रतिवादी नथरका नाउँमा दाखेल दर्ता भएको भन्ने भएपछि सो अघि १३।१४ सालको मालपोत श्रेस्तामा दर्तै नभएको निज नथरबाट बुझी निजको नाममा रसिद काटीन सक्ने अवस्थै आउँदैन । ११।१२ सालको वादी वलदेवका नाउँको रसिदमा हस्ते नथर गोप भन्ने जनिएको हकमा सो रसिदमा जग्गा कठ्ठा ।४.२ भन्ने जनाई लेखिएको नभई जग्गा विगाहा ८।।१। लेखिएकोले सो भित्र जग्गा कठ्ठा ।४.२ नथरको भनी परेको भन्ने छुट्टिन सक्तैन । सो विगाहा ८।।१। मध्ये ।४.२ बाहेक अरु जग्गा वलदेवकै हो भन्ने कुरा प्रतिवादी नथरले स्वीकरै गरेकोले वलदेवको मालपोत नथरले हस्तेवारी गरी बुझाइदिएको भन्ने देखिन आउने, सो रसिदहरुमा जग्गा कठ्ठा ।४.२ नथरको भन्ने जनिएको हुनु बेगर आंशिक रुपमा सो जग्गा कठ्ठा ।४.२ को मालपोत प्र.नथर आफूले तिरो बुझाएको मान्न मिलेन । आफ्नो जग्गा भए ०४ सालको नापी भन्दा अगाडिको रसिदहरु पनि पेश गर्न सक्नुपर्नेमा सकेको नदेखिएको समेत हुँदा जग्गा प्रतिवादी नथरको भोग तिरोको रहेछ भन्ने प्रमाणीत हुँदैन । वादी वलदेवले पछि वलदेवले पछि पुनरावेदन साथ पेश गरेको गोविन्द गोपको नाउँको ९९ सालको रसिदमा बहुरा गोपबाट आएको १ कठ्ठा समेत भनी विगाहा ७।।।३।। र २००० सालको रसिदमा पनि ७।।।३।। लेखिएको छ प्रतिवादी नथरले मुद्दा दोहर्‍याई पाउँ भनी दिएको निवेदन समेतमा सो रसिदहरु उपर कुनै बिरोध दर्शाउन नसकेको र गोविन्द गोप भन्ने वादीको बाबु हो भन्ने कुरामा विवाद नभएकाले ०४ सालको नापी भन्दा अघिदेखि नै जग्गामा वादीको तिरो भोग भइरहेको प्रष्ट हुन्छ ।

          १४.  तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट मेरो जग्गा नापीमा वादीको नाममा नापी विलेबन्दी हुन गएकोले ०४।११।१६।७ को मञ्जुरनामा छोडपत्र लिखत बमोजिम ०१५।१।१६ मा १ नं.फाराममा मेरो नाममा दाखेल दर्ता भएको कायम गरिपाउँ भन्नेसमेत निवेदक प्रतिवादी नथरको जिकिर पुग्न सक्दैन । प्र.नथरको नाममा बेरीतसंग दाखेल दर्ता गराएको बदर हुने ठहराएको समेत शुरु हुनमान नगर इलाका अदालतको सदर गरी २४।३।२६।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी वलदेव यादवको २४।३।२६।१ को डिभिजनेबेञ्चका फैसला बमोजिम प्रतिवादी नथरबाट भराई दिने गरेको कोर्ट फी रु.१२। निज प्र.नथरले २६।२।१३।२ मा सर्वोच्च अदालतमा दाखेल गरी धरौट गरेको वादी वलदेवको ऐनमा म्याद भित्र दरखास्त परे विा लगत बमोजिम निजलाई भराई दिनु भनी का.श्रे.अ.त मा लगत दिनु..........१

निवेदन प्रतिवादी नथर यादवको इन्साफ दोहर्‍याएमा लाग्ने कोर्ट फी राखेकोले अरु सजाय गर्नु परेन..............२

नियमबमोजिम मिसिल बुझाई दिनु ..........................३

 

प्र.न्या.श्री भगवतीप्रसाद सिंह र

न्या. श्री बब्बरप्रसाद सिंह

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२६ साल फाल्गुण ९ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु