निर्णय नं. ५८० - पास गरिपाउँ भन्ने

निर्णय नं. ५८० ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०२६ सालको दे.फु.नं. ५१
फैसला भएको मिति : २०२७।८।६।३
निवेदक : जि.स.प्र.ब. मौजे भगौती पु.बस्ने वाशुदेव महतो कोइरी
विरुद्ध
विपक्षी : ऐ. ऐ.वस्ने ब्रमपुर बस्ने वाशुदेव साहू कलवा
मुद्दा : पास गरिपाउँ भन्ने
(१) सबूदको अभावमा झुक्याई कागज गराएको भन्ने भनाई साँचो भन्न नमिल्ने ।
रु.१५० को कपाली तमसुक भई झुक्याई रु.४६०१ को राजीनामा गराएको हो भन्ने मिल्ने सबूद प्रतिवादीले गुर्जान नसकेकोले सबुदको अभावमा प्रतिवादीको उक्त भनाई साँचो मान्न मिल्दैन ।
(प्रकरण नं. १८)
निवेदन तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट : अधिवक्ता मधु प्रसाध शर्मा
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री जयदेव भट्ट
१. जि.स.प्र.अ. मौजे भक्तिपुरका जमिनको नं. २३ लालबहादुरको पूर्व निजको सो पश्चिम खोल्सीको दक्षिण ३७।३४ के ३द्र२।।। ३ नं.२९ झपसिं बेलदार सो दक्षिण निज सो पूर्व नदी सो उत्तर देवलाल सो पश्चिम २६।१२ को ।।।०।।।२ नं.३० नदी सो पश्चिम निज सो दक्षिण पूर्व देवलाल सो उत्तर ५०।२ को ५० नं. ३२ नदी सो पूर्व दक्षिण डिल सो पश्चिम उत्तर ।५६।४ के ।।१०४ नं. ३३ डिल सो उत्तर पश्चिम नदी सो दक्षिण पूर्व २०।५ के ।० समेत जम्मा कित्ता ५ के जम्मा विगाहा ४।।।४।।४ नं.रु.४६०१ लिई २०१९।१।३।७ मा राजीनामा गरी दिएको सो लिखत पास गरी दिनु हवस भन्दा पास गरी नदिएकोले पास गराई पाउँ भन्नेसमेत ०१९।९।२।५ को वासुदेव साहू कलाबारको वादी ।
२. वादीसंग मैले रुपैयाँ लिएको र राजीनामासमेत गरी दिएको छैन । वादीका भाइ जगतदेशसंग ०१५ सालदेखि नै लेनदेन व्यवहार गरी आएको र बाँकी रु.१५०मा कपाली तमसुक भनी भुक्याई कागज गराए छन । उक्त लिखत देख्न पाएमा सद्दे कीर्तेमा कारवाई गर्ने छु भन्नेसमेत प्र.वासुदेव कोइरीको ०१९।११।३।६ को प्रतिवादी ।
३. लिखत सुनाइदा सुनी पाएको लिखत कपाली भनी वादीका मैलको साक्षीसमेत भई झुक्याई कागज गराएको भन्ने प्र.वासुदेव कोइरी ०१९।१२।७।४ को बयान ।
४. रुपैयाँ पचाउनको लागि झुक्यायो भनी झुठ्ठा उजूर गरेको हो मैले लिखत बमोजिमको रुपैयाँ दिई खुसी राजीसंग राजीनामा गरी लिएको हुँ झुक्याई कागज गराएको हो होइन भन्नेसमेत वासुदेव साहू कलवारको ०१९।१२।७।४ को बयान ।
५. उक्त राजीनामा झुक्याई कागज गराएको हैन प्रतिवादीको मञ्जुरीबाट वादीसंग नै रु.४६०१। बुझी लिखत गरी दिएको हो झुक्याई गराएको राजीनामा हैन छैन भन्नेसमेत तुयांनद कायष्थको ०२०।२।२।५ को बयान ।
६. प्रतिवादीले रुपैयाँ बुझी लिई आफ्नो मञ्जुरी बाटै सहीछाप गरी दिएको पछि मैले पनि सहीछाप गरी दिएको हुँ, कुनै किसिमबाट झुक्याई कपाली भनी राजीनामा गराएको हैन । प्रतिवादीले नै मञ्जुरी साथ राजीनामा लेखी दिएको हुन भन्नेसमेत वासुदेव कापरको ०२०।२।३।६ को बयान ।
७. प्रतिवादीले आफ्नै मञ्जुरी साथ राजीनामा गरी दिएको हो, कुनै किसिमबाट कपाली भनी झुक्याई राजीनामा लेखिएको हुन भन्नेसमेत चुल्हाई लोहारको ०२०।२।३।६ को बयान ।
८. लिखत साक्षीले अन्तर साक्षीले हाम्रो सामुन्ने रुपैयाँ दिई मञ्जुरी संग राजीनामा गराएको हो भनी बयान गरेको झुक्याईतर्फ प्रतिवादीका साक्षीले बकपत्र गरेकोमा सुनेको भन्ने लेखेकोसमेत कारणबाट झुक्याई सहिछाप गरी दिएको ठहर्दैन लिखत पास हुने ठर्हछ भन्नेसमेत इलाका अदालत सर्लाहीको ०२०।८।२०।६ को फैसला ।
९. झुक्याई पास गरी दिने ठहराएको शुरको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी वासुदेव महत्त्वको कोइरीको जनकपुर अञ्चल अदालतमा दिएको ०२०।१०।१७।६ को पहिलो पुनरावेदन ।
१०. साँचो व्यवहार भएको भए एउटै कलममा मसी र अक्षरसमेत उक्त लेखिए बमोजिम फरक परेको र साक्षीको नाममा पनि छुट्टै मसी हुनुपर्ने अवस्था समेत नपर्ने हुँदा मिसिल प्रमाण परिवन्दबाट जग्गाको हड नम्बर र साक्षी वासुदेवको नाम पछि मात्र लेखी जालसाज गरको रहेछ भन्ने प्रष्ट देखिन आएकोले सो राजीनामा लिखत जालसाजी ठर्हछ भन्नेसमेत जनकपुर अञ्चल अदालतको ०२२।२४।५ को फैसला ।
११. जालसाजी गरेको भनी जनकपुर अञ्चल अदालतले गरेको इन्साफमा चित्त बुझेन सो इन्साफ उल्टाई पाउँ भन्नेसमेत वासुदेव साहा कलवारको ०२२।८।१५।३ को पुनरावेदन ।
१२. रु. ४६०१।को राजीनामा पास गराई पाउँ भन्ने वादीसंग रुपैयाँ लिई जग्गा राजीनामा गरी दिएको छैन वादीको भाइसंग लेनदेन गरी दिई बाँकी रहन आएको रु.१५० को कपाली तमसुक भनी झक्याई गराएको छन भन्नेसमेत प्रतिवादी भएकोमा झुक्याई लिखत गराएको पक्का सबूद प्रमाण प्रतिवादीले गुजार्न सकेको मिसिलबाट नदेखिएको र एकाको लेनदेन व्यवहारमा एकाले झुक्याउन पर्ने प्रयोजन पनि नदेखिएकाले समेत अञ्चल अदालत जनकपुरको राय मिलेको देखिएन, छलफल निमित्त प्रतिवादीलाई अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम नोटिस म्याद दिई झिकाई आए पछि वा हाजिर हुने अब्धी भए पछि नियमबमोजिम पेश गर्नु भन्ने ०२४।८।१९।३ को डिभिजन बेञ्चको आदेश ।
१३. ०१९।१।३०।७ को सक्कल राजीनामाको शीर पुछारमा लागेको प्र.वासुदेव महतो कोइरीको ल्याप्चे सहिछाप तारेखवाला प्र.वासुदेव महतो कोइरीको सहीछापसंग मिल्छ मिल्दैन र रेखा विशेषज्ञद्वारा जँचाई प्रतिवेदन लिई पेश गर्नु भन्ने ०२४।११।८।३ को डिभिजन बेञ्चको आदेश ।
१४. यसमा वादी वासुदेव साहू कलवारले तारेखमा बस्न नपर्ने गरी धरौटी पुनरावेदन परेकोमा डिभिजन बेञ्चको ०२४।८।१९।३ का आदेशानुसार झिकाई उपस्थित भएका प्रतिवादी वासुदेव महतो कोइरीलाई रोहवरमा राखी निजतर्फबाट रहनु भएका वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्माले गर्नुभएको बहससमेत सुनी प्रस्तुत मुद्दा बुझ्दा झुक्याई सहिछाप गराए भनेको ०१९।१।३०।७ को लिखतको व्यहोरा र तपसील मुनिको मसी फरक देखिएको पुछार ल्याप्चे माथि अक्षर लेखिएको जस्तो देखिन आउने हुँदा साँचो व्यवहारबाट भए गरेको देखिन नआउने भनी जनकपुर अञ्चल अदालतबाट गरिएको फैसलाको बुँदाका हकमा उक्त लिखत हेर्दा सो लिखत व्यहोरा र तपसील तथा साक्षी किनारामा लेखिएको फरक एकै मिलान र मसी पनि जात एकै भई कही कालो पालिस सम्म उडी रातो आकार देखिएको मात्र भई कालै टाँका एकै मिलान देखिएको हुँदा र पुछार ल्याप्चे सहि गर्दा ल्याप्चे माथि अक्षर देखिएको नभई अक्षर माथि ल्याप्चे थिचिएको देखिने र सो कागजको ल्याप्चे सही र प्रतिवादीको तारेख भरपाईमा लगाएको ल्याप्चे सही रेखा विशेषज्ञद्वारा जाँच गराउँदा दुवै ठाउँको ल्याप्चेहरु एक हुन भनी राय व्यक्त गरी प्रतिवेदन दिएको उक्त लिखितलाई वादीले झुक्याई सही गराउन पर्ने तत्सम्बन्धी अन्य कुनै सबूद प्रमाण प्रतिवादीले दिन गुजार्न नसकी केवल वादीको भाइसंगको रु.१५०। को कपाली तमसुक भनी झुक्याई सही गराए छन भन्नेसमेत प्रतिवादी जिकिरलाई निजलाई निजका साक्षीले बकपत्र गर्दा झुक्याई सही गराएको हुन भन्ने सुनेको हुँ र लेखत साक्षी अन्तर साक्षीले गरेको बयानमा हाम्रा सामुन्ने रुपैयाँ दिई मन्जूरीसंग राजीनामा गरिदिएको भनी बयान गरेको कारण समेतबाट उक्त लिखत प्रतिवादीसंग वादीले झुक्याई सहीछाप गराई लिएको भन्ने न्यायोचित पर्ने कुरा नहुँदा सो राजीनामा लिखतलाई जालसाजी भनी जनकपुर अञ्चल अदालतले ०२२।२।२४।५ मा गरेको फैसला मिलेको देखिएन । अतः सुरु तत्कालिन इलाका अदालत सर्लाहीले लिखत सद्दे र पास गर्ने ठहराईसमेत ०२०।८।२०।६ को इन्साफ मनासिव छ भन्नेसमेत ०२४।१३।२३।६ को डिभिजन बेञ्चको फैसला ।
१५. झुक्याई गराएको लिखत रजिष्ट्रेशन पास हुने ठहराई डिभिजन बेञ्चबाट भएको निर्णयमा चित्त बुझेन दोहर्याई पाउँ भन्नेसमेत प्र.वासुदेव महतो कोइरीले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तीपत्रमा न्यायिक समितिबाट यसमा सक्कल कागज हेर्दा तपसील मुनीको व्यहोरा र साक्षीको नाम लेखिएकोमा नामको हरफको छेउ तर्फको भागमा मसी कालो अरु ठाउँमा मसिको रंग कालो नभई फिका कलेजी रंगको देखिएको सो कागजको व्यहोरामा वापत फुटकर साहू तिर्नेसमेत भन्ने लेखिएको यो यो साहू भन्ने नखुलेको वादीले फिरादपत्र र अरु बयानसमेतका लेखाईमा यो यो साहू तिरेको भन्ने कुरा खुलाई लेख्न पनि नसकेको सो लिखत वादीको भाइ जगदेव संगको कारवाई भएको हर हिसाबबाट ठहरेको भा.रु १५०। को कपाली लिखत गरी दिएको, सो तमसुकमा साक्षी बस्ने र लेख्ने लेखक साक्षी यस लिखतमा देखिएकोले वादी र साक्षीसमेत भई भारु १५०। को कपाली तमसुक भनी झुक्याई साहू र साक्षीसमेत मिली ने.रु.४६०१। को जग्गा विगाहा ४।।।४।।४ को लिखत गराएको रहेछ भनी प्रतिवादीले बयान गरेकोले कीर्तेतर्फ वादी र साक्षीसमेत मिली झुक्याई राजीनामा खडा गरेको हुन भनी बयान गरेकोबाट निजहरुलाई प्रतिवादी बनाएको देखिएको वादीको जगदेवसंग ०१५ सालदेखि नै लिनु दिनु व्यवहार गरेको विश्वासमा परी बाँकीमा रु.१५०। को कपाली तमसुक भनी जगदेवले गराउँदा सर्वश्व हरण झुक्याई आफ्ना दाजुका नाउँबाट लिखत गराए छन भन्नेसमेत प्रतिवादीको प्रतिवादी लेखाई समेत भएको मञ्जुरीले गरी दिएको भए रसिद सो गर्दा लिनु पर्ने सो पेश गर्न नसकेको र मुख्य झुक्याउने भनेका वादीको भाइ जगतदेवलाई बुझ्दै नबुझी निर्णय गरेको प्रस्तुत केशमा यतिकै कारवाई र अवस्था तथा प्रमाण परिबन्दबाट निर्णय कानूनी र न्यायिक निर्णयको भनी भन्न नमिल्ने देखिंदा दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट लेखी आई पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि निर्णयको दुई प्रतिलिपि नं.७ न्या.स.०२१।४।१३।३ का हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवलाय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्नेसमेत ०२६।१।२५।४ को सम्माननीय प्रधान न्यायाधीशको आदेश ।
१६. वादीको भाइ जगदेव साहू कलवारलाई मैले महिना मिति याद छैन ०१५ सालमा भा.रु.३६०। को भोगबन्धकी लिखत गरी दिएको निज संगै हुनुपर्छ भनी प्रतिवादीमा उल्लेख गरेको देखिएकोले सो भोगबन्धकीको लिखत भनेको आफ्नो साथमा भए सक्कलै दाखेल गर्न ल्याउनु भनी निज जगदेव मरी सकेको भन्ने वादीले दरखास्त दिएको हुँदा निज जगदेवको हकदारका नाउँमा ऐनबमोजिम ७ दिने म्याद जारी गरी पठाई झिकाई यो म्यादमा दाखिल गर्न ल्याए लिई मिसिल साथ राखी नियमबमोजिम पेश गर्नु भन्ने ०२७।४।२।६ को फुल बेञ्चको आदेश ।
१७. प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी वासुदेव महतो कोइरीको वा. ओमकारमान श्रेष्ठ र फिरादी वासुदेव साहू कलवारसमेत रोहवरमा रही निवेदककातर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र फिरादीतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री मुधप्रसाद शर्माले गर्नुभएको बहस समेत सुनी यो प्रस्तुत मुद्दामा प्रतिवादीले गरी दिएको रु.४६०१। को राजीनामा पास गरी दिएन, पास गराई पाउँ भन्ने वादी दावी भएकोमा सो बमोजिम लिनु दिनु भएको र मञ्जुरी साथ राजीनामा गरी दिएको छैन । रु.१५०। को लेना बाँकीको कपाली तमसुक भनी झुक्याई गराएको कागज हो भन्ने प्रतिवादी जिकिर हुनाले सो लिखत मञ्जुरी साथ गरी दिएकोमा झुक्याई गराएको के हो र रजिष्ट्रेशन पास हुने नहुने के हो सो कुराको नै यसबेञ्चबाट निर्णय दिनुपर्ने देखिन आयो ।
१८. फिरादीको भाइ जगदेवसंग मेरो लेनदेन व्यवहार भएको सोही व्यवहारको लेना बाँकीमा कागज गराउँदा झुक्याई राजीनामा गरायो भन्ने प्रतिवादीको मुख्य जिकिर र सो लिखत भए सक्कलै लिई दाखिल गर्न ल्याउनु भनी जगदेव मरी सकेको भन्ने देखिएकाले निजका हकदारका नाउँमा म्याद जारी गरी झिकाई दाखिल गर्न ल्याए मिसिल सामेल राखी पेश गर्नु भनी फुल बेञ्चबाट ०२७।४।२।६ मा ओदश भए बमोजिम म्याद दिई झिकाउँदा जगदेवको छोरा महेश्वर साहू कलवार यस अदालतमा हाजिर हुन आई बाबु जगदेवको र प्र.वासुदेव महतोको १० सालदेखि आजसम्म कुनै लेनदेन व्यवहार भएको नहुनाले कुनै लिखत भएको छैन भनी निवेदन दिएको देखिन्छ । प्रतिवादी जिकिर बमोजिम रु.१५०। को कपाली तमसुक भई झुक्याई रु.४६०१। को राजीनामा गराएको हो भन्ने मिल्ने सबूत प्रतिवादीले गुर्जान नसकेकाले सबूतको अभावमा प्रतिवादीको उक्त भनाईलाई साँचो मान्न मिल्दैन ।
१९. साथै राजीनामा लिखत भएकै भए पञ्चायतलाई जानकारी दिनुपर्ने दिएको छैन रजिष्ट्रेशनका १४।१५ नं. बमोजिम हक पुग्ने प्रमाण दिएको छैन सो भए नभएको कुरा लिखतमा उल्लेख भएको छैन । लिखतको तपसील देखि माथिका अक्षर लिपी फुलेको तलको खाँदिएको र मसीसमेत फरक हुँदा लिखत गराई तपसील देखि तल जग्गाको नाउँ पहिला नलेखिएको पछि लेखेकाले खाँदिएको हुँदा जालसाजी व्यवहार भन्ने देखिनाले अञ्चल अदालतका निर्णय बमोजिम यो लिखत जालसाजी कायम हुनुपर्ने भनी निवेदक तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ताले बहस गर्नु भएतर्फ हेर्दा घर सारमा भए गरेको ऐनले रजिष्ट्रेशन पास गराउनु पर्ने लिखत पास गर्नेलाई गाउँ पञ्चायतको सिफारिस लिनुपर्ने व्यवस्था ०२१ सालमा संशोधन भएको गाउँ पञ्चायत ऐनको दफा २९ को(क) ले मात्र व्यवस्था गरेको र सो लिखत ०१९ साल बैशाख ३० गतेको हुँदा सो अवस्था पञ्चायतको सिफारिस चाहिने कुरा कानूनले नै व्यवस्था नगरेको लिखतमा सहीछाप गराउँदा केही अक्षर लेखी केही लेख्न ठाउँ बाँकी राखी पुछारमा सहीछाप गराएको थियो र तपसील देखि मुनिमा खाली रहेको कागजमा सो व्यहोरा अटाउन लेख्दा कही फरक कसिएको र कहीं फुकेको हो भन्ने कुरा स्वयं पक्षले नै भन्न जिकिर लिन नसकेकाले पक्षले भन्न जिकिर लिन नसकेको र लिखत हेर्दा सो बमोजिम नै भएको हो भन्ने देखिन नआएकोले तपसील देखि मुनिका हरफ पछि लेखिएकाले खाँदिएको र फुकेको भन्ने विद्वान वरिष्ठ अधिवक्ताको जिकिर तथ्ययुक्त देखिदैन र लिखतको तपसील देखि मुनिको र माथिको अक्षरको मसी मात्र फरक नभई लिखत लेख्दैका अवस्था मसी बाक्लो भएका अक्षर जतिमा केही गाडा र अरुमा केही फिका भई सो भावत नै तपसील देखि मुनि माथिका अक्षरहरु त्यस्तो तमसुक भनी झुक्याई राजीनामा गराएको हो भन्ने कुरा कतैबाट पनि प्रमाणित हुन आएन ।
२०. अतः लिखत पास हुने ठहराई छिनेको शुरु सर्लाही इलाका अदालतको इन्साफ मनासिव ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२४।१२।२३।६ मा भएको इन्साफ मनासिवछ । कोर्टफी रहेको देखिंदा दोहर्याएवापत निवेदक प्रतिवादी वासुदेव महतो कोइरीलाई केही गर्नु परेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
न्या.श्री धनेन्द्रबहादुर र
न्या.श्री वासुदेव शर्मा
उक्त रायमा हामीहरु सहमत छौं ।
इति सम्वत् २०२७ साल माघ ६ गते रोज ३ शुभम् ।