निर्णय नं. ८१११ - ज्यान मार्ने उद्योग

निर्णय नं.८१११ २०६६ असार अङ्क ३
सर्वोच्च अदालत, संयुत इजलास
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
माननीय न्यायाधीश श्री सुशीला कार्की
२०६० सालको फौ..पु.नं. .......३४०८
फैसला मितिः २०६५।१२।१०।२
मुद्दाः ज्यान मार्ने उद्योग ।
पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला श्रीपुर जव्दी गा.वि.स. वडा न. ३ वस्ने ब्राहिम मियाँ समेत
विरुद्ध
प्रत्यर्थी वादीः सरातुल मियाँइनीको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः–
मा.न्या. श्री एकराज आचार्य
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री श्यामवहादुर प्रधान मा.न्या. केशवप्रसाद मैनाली
§ ज्यानमार्ने मनसाय (Mensrea) रहेको नदेखिएको र प्रतिवादीहरूको कार्य तेस्रो पक्षको हस्तक्षेपबाट रोकिएको अवस्था पनि नहुँदा ज्यान मार्ने उद्योगअन्तर्गतको कसूर मान्ने अवस्था रहेको भन्न नसकिने ।
§ पीडितको एउटा आँखाको हेर्ने शक्ति नष्ट भई अंगभंग भएकोले सोही महलको ६ नं बमोजिम दण्ड सजाय हुनुपर्ने ।
(प्रकरण नं.३)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधविक्ता श्री राजु कटुवाल
प्रत्यर्थी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की
अवलम्वित नजीरः
§ ने.का.प. २०५१, नि.नं. ४८९०, पृष्ठ २२६
§ ने.का.प २०५१, नि.नं. ५०१७, पृष्ठ ९४५
सम्बद्ध कानूनः
§ मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १५ नं.
§ अदालती बन्दोबस्तको १७६ नं.
§ दण्ड सजायको ३ नं.
§ कुटपीट महलको १ र ६ नं.
फैसला
न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत विराटनगरको मिति २०५९।५।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
अन्यायी मोलिम मियाँले मलाई लालच देखाई प्रेम विवाह गर्ने भनी अनुचित व्यवहार गरेको कारण गाउँघरमा छलफल हुँदा ब्राहिम र इब्राहिमको मिलेमतोबाट २०५५ साल कार्तिक ३० गतेको राति म खाना खाई सुतिरहेको अवस्था तीनै जनाले मेरो आँखामा तेजाव हाली दिई आँखा अन्धो बनाई दिएकोले घाजाँच केश फारम गरिपाऊँ भन्ने पीडित सरातुल मियाँइनीको मिति २०५५।८।१ को निवेदन ।
प्रतिवादी मोलिम मियाँले मलाई अनुचित व्यवहार गर्ने विभिन्न प्रलोभन देखाएको कुरा गाउँ घरमा जानकारी दिएकोले गाउँघरमा छलफल हुँदा गल्ती स्वीकार गरेकाले सोको इवी लिई विपक्षी ब्राहिम मियाँ, इब्राहिम मियाँ समेतको मिलेमतोबाट २०५५।७।३० गते रातको ११ वजे म घरमा खाना खाई सुतिरहेको अवस्थामा तीनैजनाले मेरो मुखमा तेजाव हाली दिएकाले थाहा पाई उठी गुहार माग्दा गाउँलेहरू घटनास्थलमा आउँदा विपक्षीहरू भागी गए । म वेहोस हुँदा इनरुवा अस्पतालमा ल्याई उपचार गराउँदा होस आयो । मेरो अनुहारमा तेजाव हाली आँखा हेर्नै नहुने भएको हुँदा रिसइवीले मलाई ज्यान मार्ने उद्योग गरेकाले पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने २०५५।८।५ को पीडित सरातुल मियाँइनीको जाहेरी दरखास्त ।
प्रतिवादी मोलिम मियाँलाई पक्राउ गरी दाखेल गरेका छौ भन्ने प्र.ह. कृष्ण श्रेष्ठसमेतको २०५५।८।५ को प्रतिवेदन ।
जाहेरवाली सरातुलको १ वर्ष अगाडि सप्तरी वरमझिया भन्ने ठाउँमा मियाँ केटासँग भएको हुँदा र निजको अनुहार गाउँघरमा अन्य केटीभन्दा राम्रो भएका कारण हामीहरूले प्रेमविवाह गर्न फकाउँदा निजले गाउँमा हल्ला गरिछन् र पंचायती बस्दा अव गल्ती नगर्ने भनी माफी मागी छुटकारा पाएका थियौँ । पुनः निजलाई जग्गा जमिन दिने गरी फकाउँदा ब्राहिम र इब्राहिमलाई गालीगलौज गरेपछि निजहरू समेत रिसाई निज जाहेरवालीको अनुहार काम नलाग्ने गरी विगारी कुरुप बनाई दिने सल्लाह गरी ब्राहिम मियाँले खरिद गरी ल्याएको तेजाव २०५५।६।३० गते राति निज सुतिरहेको अवस्थामा हामी तीनैजना गई ब्राहिमले तेजावको सीसीको बिर्को खोली अनुहारमा खनाईदिए पछि निज कराउँदा हामी तिनैजना त्यहाँबाट भाग्यौँ । तेजाव ब्राहिम मियाँले बीरपुरबाट किनेर ल्याएका हुन । तेजाव खन्याएपछि सीसी कहाँ फाले थाहा छैन । रुपको घमण्ड गरेकीले मृत्यु भए पनि प्रवाह नहुने गरी तेजाव खनाएको हो भन्ने समेत व्यहोराबाट प्रतिवादी मोलिम मियाँले अधिकारप्राप्त अधिकारी समक्ष गरेको २०५५।८।८ को बयान ।
पक्राउ परी आएका मोलिम मियाँ र ब्राहिम मियाँलाई चिन्दछु । निजहरूले भनेको कुरा मैले नमानेकोले मलाई जन्म जन्मान्तरसम्म पनि निको नहुने गरी २०५५।७।३० गते राति म सुतिरहेको अवस्थामा तेजाव अनुहारमा हाली दिई फरार रहेका इब्राहिम मियाँसमेत भै मलाई कुरुप बनाइदिएका हुँदा कारवाही तथा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराबाट अभियुक्तको रोहवरमा जाहेरवालीले गरेको कागज ।
प्रतिवादी ब्राहिम मियाँलाई यसै पत्रसाथ प्रहरीसाथ लगाई पठाएका छौँ भन्ने समेत व्यहोराबाट इ.प्र.का.लौकहीले जि.प्र.का सुनसरीलाई २०५५।८।१३ मा लेखेको पत्र ।
आजभन्दा ३ वर्ष पहिले जाहेरवाली सरातुलसँग मेरो विवाह भएको हो । केही समयपछि मेरो श्रीमती माइतै बस्दथिन् । गाउँकै भैसी व्यापार गर्ने मोलिम मियाँ मेरी श्रीमतीसँग अुनचित सम्बन्ध राख्ने, विवाह गर्ने प्रस्ताव राख्दा रहेछन् । सो कुरा मेरी श्रीमतीले इन्कार गरेपछि त्यही गाउँमा बस्ने ब्राहिम र इब्राहिम मियाँको सहयोगमा आफ्नो प्रयास असफल भएपछि मेरी श्रीमतीलाई कुरुप बनाउने गरी तेजाव हालिदिएका हुन भन्ने समेत व्यहोराबाट जाहेरवालीका पति जिल्ला सप्तरी वरमझिया ३ बस्ने मोहम्मद जयालुदिनले २०५५।८।१३ मा प्रहरीमा गरेको कागज ।
मेरो छोरीले प्रतिवादीहरूसँग अनुचित सम्बन्ध राख्ने प्रस्ताव नमानेपछि र गाउँघरमा छलफलमा माफी मागेको समेत रिसइवीबाट प्रतिवादी ब्राहिम, इब्राहिम र मोलिमसमेतले २०५५।७।३० गते सुतिरहेको रातिको मौका छोपी तेजाव हाली दिएकाले छोरी कराउँदा म अतालिएर हेर्न जाँदा निजहरू भाग्दै गरेको मेरो टर्चको उज्यालोले देखेको हुँ भन्ने समेत व्यहोराबाट जाहेरवालीको आमा सोभनी खातुन मियाँइनीले २०५५।८।१४ मा प्रहरीमा गरेको कागज ।
जाहेरवाली राम्री केटी भएकी हुँदा गाउँका केटाहरूसँग विवाह गर्न निजका अभिभावकले नमानी सप्तरीको केटासँग विवाह गरी दिएकाले निजलाई फकाई दिनु पर्यो भनी मोलिमलाई मैले भनेको र मोलिमले निजलाई भन्दा गाउँमा हल्ला गरेकाले गाउँमा पञ्चायती राख्दा सरातुलसँग नबोल्ने भनी मोलिमसमेतले माफी मागेका थिए । हामी ब्राहिम र इब्राहिम मियाँसँग विवाह गरे इण्डियाको ११ कठ्ठा जग्गा पास गरी दिने भनी प्रतिवादी मोलिमले निजलाई बाटो हिड्दा भनेका हुँदा मोलिमलाई गाली वेइज्जत गरिछन् । त्यस पछि घटना हुनुभन्दा ३।४ दिन अगाडि केटीलाई के गर्ने भनी सल्लाह गरी भारत बीरपुरबाट रु.५०। मा तेजाव किनेर ल्याई २०५५।७।३० गते राति सुतेका ठाउँमा तेजाव हाली दिने भनी तीनै जनाले सल्लाह गरी उक्त राति २३.३० वजेतिर निज सरातुल आमासँग सुतिरहेका अवस्था इब्राहिमले सीसीको बिर्को खोली सीसी मलाई दिए मोलिमले टर्च सरातुलको अनुहारमा देखाई दिएपछि मैले निजको अनुहारमा तेजाव खन्याई दिएँ । अनि केटीले होहल्ला गर्न लागेकाले हामी भाग्यौं । निज सरातुललाई तेजाव खन्याई ज्यान मार्ने उद्योग गरेका हौँ भन्ने समेत व्यहोराको प्रतिवादी ब्राहिम मियाँले २०५५।८।१६ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०५५।७।३० गते रातको २३.३० बजेको समयमा जाहेरवालीलाई सुतिरहेको अवस्थामा तेजाव हाली कुरुप बनाई ज्यान मार्ने उद्योग गरेको स्थानको मिति २०५५।८।१७ मा भएको घटनास्थल विवरण मुचुल्का ।
संकलित सवूद कागज प्रमाणसमेतबाट यी प्रतिवादीहरूले जाहेरवालीलाई अनुचित सम्पर्क राख्ने प्रस्ताव राख्दा जाहेरवालीले इन्कार गरेको कारण रिसइवी लिई निजको अनुहार विगारी कुरुप बनाउने उद्देश्यले जाहेरवालीको अनुहारमा राति सुतेको मौका पारी तेजाव प्रज्वलित पदार्थ हाली ज्यान मार्ने उद्योग गरेको र तत्काल उपचार नभएको भए मर्न सक्ने संभावना देखिँदाविरुद्ध खण्डका प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं को विपरीत कसूरमा तीनैजनालाई सोही ऐनको १५ न. बमोजिम सजाय गरिपाउन पक्राउमा परेका प्रतिवादीहरू मोलिम मियाँ र ब्राहिम मियाँलाई साथै राखी दायर भएको अभियोग पत्र ।
२०५५।७।३० गते राति अं. ८,९ वजेको समयमा म आफ्नो घरमा थ्रेसरमा धान दाँउनी गरी रहेको थिएँ । सो अवस्था गाउँमा हल्ला सुनी जाहेरवालीको घरतर्फ जाँदा बाटोमा जाहेरवालीलाई गाउँलेहरूले बोकेर ल्याउँदै रहेछन् । सो दिन अँध्यारो रात थियो । मैले निजको शरीरमा तेजाव हाली ज्यान मार्ने उद्योग गरेको होइन । किन किटानी पोल गरेकी हुन थाहा छैन । कसले तेजाव हाले थाहा छैन । केही दिन अगाडि जाहेरवालीलाई आफ्नो विवाह भएको घरमा जानुपर्छं किन नगएकी भन्दा तिमीहरू जान्ने हुन्छौ । म जान्न भनेकी थिइन् । अन्य रिसइवी थिएन । अधिकारप्राप्त अधिकारी समक्ष कुटपीट गरी वेहोस बनाई कागजमा सहीछाप गराएका हुन । टायरको पंजाले कुटपीट गरेका हुँदा घाउचोट छैन । निजसँग अनुचित कार्य गर्ने कुरा पनि भएको होइन भन्ने समेत व्यहोराबाट प्रतिवादी ब्राहिम मियाँले २०५५।९।२ मा अदालतमा गरेको बयान ।
२०५५।७।३० गते म आफ्नो घरमा सुतिरहेको हुँदा सो रात मैले जाहेरवालीलाई ज्यान मार्ने उद्देश्यले तेजाव हालेको होइन । कसले गरे गरेनन् मलाई थाहा छैन । किन मउपर किटानी पोल गरिन थाहा छैन । निजसँग मेरो प्रेम सम्बन्ध थिएन । वाद विवाद छलफलसमेत भएको होइन । अभियोग दावी झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी मोलिम मियाँले अदालतमा गरेको बयान ।
मेरो आमा मलगायत सुतिरहेको अवस्थामा प्रतिवादी मोलिम, ब्राहिम र इब्राहिमले मेरो अनुहारमा तेजाव हालेका हुन । मोलिमले मलाई उसँग विवाह गर्ने भन्दा म नमानेकीले त्यसरी तेजाव हालेका हुन । मेरो दायाँ आँखा पूर्णरुपमा नदेख्ने बन्द भएको छ । अनुहार विरुप भै अझसम्म दुख्छ । प्रतिवादी मोलिमले अनुचित व्यवहार गर्ने भन्ने विषयलाई लिएर गाउँमा छलफल भै माफीसमेत मगाइएको हो भन्ने समेत व्यहोराबाट जाहेरवाली सरातुल मियाँइनीले अदालतमा उपस्थित भै गरेको वकपत्र । मेरी छोरीलाई प्रतिवादी मोलिम मियाँले विवाह गर्ने वारम्वार कर गरेको र मेरी छोरीको विवाह अगाडि नै भएको हुँदा र निजसँग विवाह गर्न इन्कार गर्दा छोरीको अनुहारमा तेजाव हालिदिएका हुन । हामी खाना खाएर सुतेका थियौँ । निदाएका थिएनौँ । छोरीलाई अनुचित व्यवहार गर्ने भन्ने सम्बन्धमा गाउँमा छलफल भै माफी समेत मगाइएको थियो भन्ने जाहेरवालीकी आमा सोभनी खातुनको वकपत्र ।
२०५५।७।३० गते राति म र प्रतिवादी मोलिम निज मोलिमकै घरमा थियौँ । प्रतिवादीहरूले जाहेरवालीको अनुहारमा तेजाव हालेका होइनन । कसले हाले थाहा छैन । मोलिम मियाँको बाख्राले खेतमा धान खाएको विषयमा बारम्बार भनाभन भएको कारण किटानी दरखास्त दिएकी हुन भन्ने व्यहोराको प्रतिवादी मोलिम मियाँको साक्षी मन्सी मियाँको वकपत्र ।
जाहेरवालीको मुखमा तेजाव कसले हाल्यो थाहा छैन । २०५५।७।३० गते राति प्रतिवादी ब्राहिम र म थ्रेसरमा धान दाउँनी गरिरहेका थियौँ। प्रतिवादी ब्राहिमले जाहेरवालीलाई तेजाव हालेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी ब्राहिमका साक्षी मुस्लिम मियाँको बकपत्र ।
प्रतिवादीमध्ये इब्राहिम मियाँ २०५५।११।२ मा तामेल भएको म्यादी पूर्जीका म्यादमा समेत उपस्थित नभै पक्राउ समेत नपरी म्याद गुजारी फरार रहेकाले निजको हकमा आदेशानुसार २०५६।७।२७ मा अंश रोक्का मुचुल्का भै आएको रहेछ ।
२०५६।१२।१ का आदेशानुसार जाहेरवालीको घाउ परीक्षण भै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनबाट मिति २०५६।१२।१४ को पत्रसाथ परीक्षण रिपोर्ट प्राप्त भै मिसिल सामेल रहेको रहेछ ।
विवाह गर्न नमानेकीले अनुहार कुरुप पार्नसम्म प्रतिवादीहरूले जाहेरवालाको आँखा समेतमा तेजाव हालेको र कुटपीटको १४ नं लाई मध्यनजर गर्दा प्रस्तुत वारदात ज्यान मार्ने उद्योग अन्तर्गतको कसूरमा पर्ने अवस्था देखिन आएन । वारदातको अवस्था र चोटपटक समेतबाट प्रस्तुत वारदात र कसूर कुटपीटको ६ नं अन्तरगत अंगभंगमा पर्ने देखिन आएकोले प्रतिवादीहरूलाई दामासाहीले कैद वर्ष ४ र रु.५०००। जरीवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०५७।७।२२।३ को फैसला ।
आफूसँग विवाह गर्न नमानेकी अनुचित प्रभावमा नपरेकी तथा पंचायतसमेत राखी माफी मगाई छाडिएका प्रतिवादीहरूले घातक पदार्थ खोजी ल्याई रातिको समयमा निदाएको अवस्थामा तेजाव हाल्नुबाट नै स्पष्ट ज्यान मार्ने उद्योगको मनसाय देखिएको, एक आँखा अन्धी वेकम्मा बनाइदिएको अवस्थामा ४ वर्ष जनही कैद हुनेमा दामासाहीले कैद गरेको शुरु फैसला कुटपीटको ६ नं को समेत प्रत्यक्ष त्रुटि भएकोेले शुरु फैसला बदर गरिपाऊँ भन्ेन समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष जाहेरवालीलाई सुतेको अवस्थामा कुरुप पार्न तेजाव हाली दिएको भनी स्वीकार गरी बयान गरेको र जाहेरवाली तथा निजको आमा समेतले प्रतिवादीहरूले ज्यान मार्ने उद्देश्यले तेजाव हाली दिएको अदालतमा समेत वकपत्र गरेको परिप्रेक्ष्यमा शुरुले कुटपीटको ६ नं लगाई सजाय गरेको फैसला नमिली फरक पर्नसक्ने हुँदा अ.व. २०२ नं बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश ।
प्रतिवादीहरू मोलिम मियाँ र ब्राहिम मियाँले ज्यान मार्ने उद्योगको कसूर गरेको देखिएकोले शुरु सुनसरी जिल्ला अदालतको इन्साफ त्रुटिपूर्ण देखिँदा उल्टी भई निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १५ नं बमोजिम जनही ६(छ) वर्ष कैदको सजाय हुने ठहर्छ । प्रतिवादी इब्राहिम मियाँ फरार रहेकोले निजको हकमा अ.वं. १९० नं अनुसार मुल्तवी राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०५९।५।१३ को फैसला ।
जाहेरवालीकी आमाले इजलाससमक्ष गरेको वकपत्रमा निजको घरमा ढोकासमेत नरहेको कुनै विजुली वत्ती नभएको कसले हो डिवियासमेत फ्याँकी दिएकोले अध्याँरो भएको भनी अन्धकारमय समय भएको अवस्थामा डिविया कसले फाल्यो थाहा छैन भन्ने शब्दबाट निजले प्रतिवादीहरूलाई चिनेको भनी यकीन गर्न सक्ने अवस्था नरहेको सो समयमा अन्य चश्मदिद् गवाह नभएको भनी जाहेरवाली स्वयम्ले समेत भनेको र सवूद प्रमाणसमेत फेला नपरेको तथा रंगेहात पक्राउ पर्न समेत नसकेको र मौकामा जाहेरी दरखास्तसमेत नदिएको साथै प्रतिवादीहरूले इजलाससमक्ष इन्कारी बयान दिएको तथा यस कसूरमा निजहरू निर्दोष रहेको भनी स्पष्ट रुपमा भनेको सम्पूर्ण कुराहरूबाट समेत प्रतिवादीहरूलाई प्रहरीले जवर्जस्ती अपराधमा साविती गराएको तथा विपक्षीहरूको जाहेरी दरखास्त र बकपत्रहरू तथा अदालतले गरेको फैसलाहरू समेतबाट अभियोग तथा वादी दाबीभन्दा बाहिर गइगरेको देखिन्छ । उक्त सम्पूर्ण घटनाको अभियुक्त प्रतिवादीहरू हुन भनी यकीन गर्न नसकी विरोधाभाषपूर्ण कुराहरू समेतबाट हामी पुनरावेदकहरूलाई आरोपित कसूर गरेको कुरा शंकारहित तवरबाट पुष्टयाई गर्नुपर्ने दायित्व वादीमा निहीत रहेको स्पष्ट हुन आउँछ । उक्त दायित्व वादीले निर्वाह गर्न नसक्नुको अवस्थामा केवल किटानी जाहेरी र सोलाई विरोधाभाषपूर्ण रुपमा समर्थन गर्ने बयान वकपत्रलाई आधार मानी आरोपित कसूर प्रमाणित गर्न नमिल्ने भनी स.अ.बाट प्रतिपादित सिद्धान्त तथा प्रमाण ऐन, २०३१ को दफा २५ समेतको प्रतिकूल प्रस्तुत फैसला सर्वथा खारेजभागी छ । अतः विपक्षीहरूको झुठ्ठा दाबी जिकीरहरूलाई समर्थन हुने गरी गरेको दुवै अदालतका फैसलाहरू खारेज गरी अलग फुर्सद गराई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा पीडित जाहेरवाली र निजकी आमासमेतले यी प्रतिवादीले तेजाव खन्याएको भनी किटानी गरी वकपत्र गरेको देखिँदैन । तेजाव खन्याउने प्रतिवादीमध्येको मोलिम मियाँ हो भनी लेखाएको र निजको मृत्यु भइंसकेको भन्ने देखिन्छ । मिसिल संकलित प्रमाणबाट यी प्रतिवादी ब्राहिम मियाँको जाहेरवालीलाई तेजाव खन्याउने कार्यमा संलग्नता थियो भन्ने नै नदेखिरहेको अवस्थामा प्रतिवादी ब्राहिम मियाँलाई कसूरदार ठहर्याई सजाय गर्ने गरेको पुनरावदेन अदालतको फैसला विचारणीय हुँदा अ.व. २०२ नं को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।१।२ को आदेश ।
नियमबमोजिम इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल एवं विद्वान अधिवक्ता राजु कटुवालले जाहेरी दरखास्तमा घटनामा को–को व्यक्तिहरू सरिक थिए र घटना कसरी हुन गयो भन्ने कुराको यकीन हुन सकेको छैन । यातना सहन गर्न नसकी जवर्जस्ती प्रहरीमा गराएको बयानलाई प्रमाणमा लिई गरिएका दुवै तहका फैसला त्रुटिपूर्ण छन् । वारदातको परिस्थिति र जाहेरवालीको भनाई समेतबाट पीडितलाई मार्ने नियतले निजको अनुहारमा तेजाव हालको देखिँदैन । अनुहारमा तेजाव राखिदिँदा ज्यानै जाने अवस्था पनि हँुदैन । अनुहार विगारी कुरुप बनाई दिने नियतले पीडितको अनुहारमा तेजाव हालिदिएको प्रष्ट छ । यिनै पुनरावदेकहरूले पीडितको अनुहारमा तेजाव राखिदिएको हो भनी स्पष्ट देख्ने चश्मदिद् गवाहको सर्वथा अभाव रहेको अवसथामा शंकाको भरमा मात्र पुनरावेदकहरूलाई अभियुक्त कायम गरी सजाय गरेको दुवै तहको फैसला त्रुटिपूर्ण छ । शंकाको सुविधा प्रतिवादीलाई जाने फौज्दारी न्यायको सिद्धान्तबमोजिम पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाई हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान सह न्यायाधिवक्ता मोहनबहादुर कार्कीले प्रतिवादीहरूले पीडितलाई मार्ने मनसाय राखी पूर्व नियोजित योजनाबमोजिम तेजाव जस्तो प्रज्वलनशील पदार्थ खरिद गरी रातिको समय पारी पीडितको अनुहारमा हालिदिएको अवस्था छ । समयमै अरुले थाहा पाएर उपचार हुन नसके तेजाव जस्तो प्रज्वलनशील पदार्थले मान्छे मर्नसक्छ । समयमै उपचार हुनसकेको कारणबाट मात्र पीडितको ज्यान वचेको हुँदा पुनरावेदन अदालतले प्रमाणको उचित मूल्याङ्कन गरी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसूर अपराध गरेको ठहर्याई गरेको फैसला न्यायोचित हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
मिसिल कागजात अध्ययन गरी दुवै तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूको बहस समेत सुनी पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ सोही बिषयमा निर्णय दिनु परेको छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूले जाहेरवालीलाई अनुचित सम्पर्क राख्ने प्रस्ताव राख्दा जाहेरवालीले इन्कार गरेको कारण रिसइवी लिई निजको अनुहार विगारी कुरुप बनाउने उद्देश्यले जाहेरवालीको अनुहारमा राति सुतेको मौका पारी तेजाव जस्तो प्रज्वलित पदार्थ हाली ज्यान मार्ने उद्योग गरेको र तत्काल उपचार नभएको भए मर्न सक्ने संभावना देखिँदा विरुद्ध खण्डका प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं को कसूरमा तीनै जनालाई सोही महलको १५ नं बमोजिम सजाय मागदाबी लिई अभियोगपत्र दायर भएकोमा शुरु सुनसरी जिल्ला अदालतबाट प्रस्तुत वारदात ज्यान मार्ने उद्योगअन्तर्गतको कसूरमा पर्ने अवस्था नभई कुटपीट अंगभंगअन्तर्गत पर्ने देखिन आएकोले भनी कुटपीट अंगभंगमा सजाय भएको रहेछ । शुरुको फैसलाउपर वादीको तर्फबाट पुनरावेदन परी पुनरावेदन अदालतबाट शुरुको फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम ज्यान मार्ने उद्योगमा सजाय गरेउपर प्रतिवादीहरूको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।
३. यसमा मूलतः प्रतिवादीहरू मोलिम मियाँ, ब्राहिम मियाँ र इब्राहिम मियाँले पीडित सरातुल मियाँइनीको ज्यान लिने उद्देश्यले निजको अनुहारमा तेजाव जस्तो प्रज्वलित पदार्थ हाली समयमै उपचार भएकोले ज्यान मर्नसम्म नपाई अनुहार विग्रन गई कुरुपसमेत भएकीले प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगको कसूरमा हदैसम्मको सजाय गरिपाऊँ भन्ने अभियोग दावी लिएको पाइन्छ । अभियोग दावीबमोजिम प्रतिवादीहरूले कसूर गरेको हो होइन भन्ने बिषयमै इन्साफ दिनुपर्ने भई सोतर्फ हेर्दा यी पुनरावेदक प्रतिवादी मोलिम मियाँ र ब्राहिम मियाँले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारी समक्ष कसूरमा स्वीकार गरी बयान गरेको पाइन्छ । निजहरूले अदालतसमक्ष कसूरमा इन्कारी बयान गरेता पनि प्रहरी समक्षको मौकाको बयान आफ्नो इच्छाविरुद्ध भएको हो भन्ने कुरालाई विश्वासयोग्य प्रमाणबाट पुष्टि गर्न सकेको पाइँदैन । अदालतकै बयानमा पनि पुनरावेदकहरूले पीडित जाहेरवालीको अनुहारमा तेजाव परेको हैन भनी भन्न सकेको अवस्था छैन । मोलिमका साक्षी मन्सी मियाँ र ब्राहिमका साक्षी मुस्लिम मियाँले पीडितको अनुहारमा यी प्रतिवादीहरूले तेजाव राखेको हैन भने पनि तेजावै परेको हैन भनी वकपत्र गरेको अवस्था छैन । यसको अतिरिक्त पनि पीडितको अनुहारमा परेको तेजाब यो यसले यसरी राखेको हो भनी प्रतिवादीहरूले भन्न खुलाउन सकेको पाइँदैन । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परीक्षण प्रतिवेदन समेतबाट पीडितको दाहिने आँखा एसिडबाट जलेर पूरै काम नलाग्ने भएको पाइएको छ । यस स्थितिमा यी पुनरावेद प्रतिवादीहरू समेतले पीडितको अनुहारमा तेजाब खन्याएको कारणले पीडितको दाँहिने आँखा जलेर दृष्टिसमेत गुमाउनु परेको कृुराको पुष्टि हुन आयो । अव पुनरावेदक प्रतिवादीहरू मोलिम मियाँ र ब्राहिम मियाँ समेतको संलग्नताबाट घटेको उक्त वारदात ज्यान मार्ने उद्योगअन्तर्गत पर्ने हो हैन भन्ने तर्फ विचार गर्दा पीडितको जाहेरी, निजकी आमाले अदालतमा गरेको वकपत्र एवं प्रतिवादीहरूको बयान समेतबाट पीडित सरातुल मियाँइनीले प्रतिवादी मोलिम मियाँसंग विवाह गर्न नमानेकीले अनुहार कुरुप पार्ने मनसायले अनुहारमा तेजाव खन्याएको पाइयो । प्रतिवादीहरूले पीडितलाई मार्ने मनसायले अनुहारमा तेजाव हालेको पाइएन । ज्यान मार्ने उद्योग हुनका लागि मुलुकी ऐन ज्यान मार्ने महलको १५ नं बमोजिम ज्यान मार्ने मनसायले उद्योग गरी कुनै कारणले ज्यान मर्न नपाएको हुनुपर्छ । प्रस्तुत मुद्दामा भएको घाँ खत जाँच फारामबाट पीडित मर्ने अवस्थाको नदेखिंएको र पीडितलाई ज्यान मार्नेसम्मको प्रयास एवं कार्य प्रतिवादीहरूबाट भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट प्रमाणित भएको समेत देखिएन । ने.का.प.२०५१, नि.न. ४८९०, अङ्क ४, पृष्ठ २२६ र ने.का.प. २०५१, नि.नं. ५०१७, अङ्क १२, पृष्ठ ९४५ मा ज्यान मार्ने उद्योगको कसूर स्थापित हुनका लागि प्रतिवादीको ज्यान मार्ने मनसाय (Mensrea) र सो मनसायको साकारीकरण गर्ने कार्य बअतगक चभब) समान रुपले विद्यमान हुनुपर्छ र त्यस्तो कार्य तेस्रो पक्षको हस्तक्षेपबाट रोकिएको हुनुपर्छ अन्यथा त्यस्तो वारदात ज्यान मार्नेअन्तर्गत नपरी कुटपीट अन्तर्गत पर्छ भनी पूर्ण इजलासबाट सिद्धान्त समेत प्रतिपादन भएको छ । त्यसकारण प्रतिवादीहरूको ज्यान मार्ने मनसाय ( Mensrea) रहेको नदेखिएको र प्रतिवादीहरूको कार्य तेस्रो पक्षको हस्तक्षेपबाट रोकिएको अवस्था पनि नहुँदा ज्यान मार्ने उद्योगअन्तर्गतको कसूर मान्ने अवस्था रहेको भन्न सकिदैन । अतयव. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूले पीडित सरातुल मियाँइनीको अनुहारमा तेजाव हाली आँखाको देख्ने शक्तिसमेत नष्ट भएको हुँदा निजहरूले मुलुकी ऐन कुटपीटको महको १ न मा वर्णित कसूर अपराध गरेको देखिन आयो । पीडितको एउटा आँखाको हेर्ने शक्ति नष्ट भई अंगभंग भएकोले सोही महलको ६ नं बमोजिम दण्ड सजाय हुनु पर्ने देखियो ।
४. प्रतिवादी मोलिम मियाँको मिति २०६२।२।१ मा मृत्यु भइसकेको भन्ने कुरा निजकी श्रीमती सहारुनबीबी खातुनले यस अदालतसमक्ष मिति २०६२।३।२९ मा निवेदन साथ पेश गरेको मृत्यु दर्ता प्रमाणपत्रबाट देखिन्छ । मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै पक्षको मृत्यु भएको अवस्थामा त्यसको परिणम के हुने रहेछ भनी कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन अदालती बन्दोवस्तको १७६ नं मा गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्यो भने सो मर्नेलाई खतवात लाग्दैन । सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहराउन हुँदैन भन्ने व्यवस्था रहेको पाइदा प्रतिवादी मोलिम मियाँको हकमा कानूनले नै खतवात नलाग्ने व्यवस्था गरेको हुँदा निजको खतवातको हकमा केही बोली रहनु परेन । दण्ड सजायको ३ नं मा “जरीवाना , कैद वा विशौद लागेको मानिस सो असूल नहुँदै मर्यो भन्ने उ मरेपछि माफ हुन्छ । उसको अपुताली खाने वा जमानी हुनेलाई पक्राउ गर्न हुँदैन .... “भन्ने व्यवस्था समेत भएकोले निजले कसूर गरेकोसम्म स्थापित हुने भई निजको हकमा दण्ड जरीवाना माफ हुने देखिन्छ । अर्का पुनरावेदक प्रतिवादी ब्राहिम मियाँको हकमा निजले मुलुकी ऐन कुटपीटको महलको १ नं मा वर्णित कसूर अपराध गरेको तथ्य स्थापित भई सोही महलको ६ नं बमोजिम दण्ड सजाय हुने देखिँदा अभियोग दाबीबाट सफाई पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकीरएवं निजका कानून व्यवसायीको बहस बुँदाहरूसँग सहमत हुन सकिएन ।
५. तसर्थ माथि विवेचित आधार प्रमाणहरूबाट पुनरावदेक प्रतिवादीहरू मोलिम मियाँ र ब्राहिम मियाँले पीडित जाहेरवाली सरातुल मियाँइनीको दाँहिने आँखाको हेर्ने शक्ति नष्ट पारी मुलुकी ऐन कुटपीटको महल अन्तर्गतको १ नं अनुसारको अपराध गरेको र अंगभंग गरेको देखिएकाले मुलुकी ऐन कुटपीटको महलको ६ नं बमोजिमको कैद र जरीवानाको सजाय गर्नुपर्नेमा पुनरावेदन अदालत विराटनगरले ज्यान मार्ने उद्योग ठहर्याई मिति २०५९।५।१३ मा गरेको फैसला त्रुटिपुर्ण हुँदा केही उल्टी भई प्रतिवादीहरू मोलिम मियाँ र ब्राहिम मियाँलाई कुटपीटको ६ नं बमोजिम दामासाही कैद वर्ष ४ चार र रु.५,०००। पाँच हजार जरीवाना हुने ठहर्याएको सुनसरी जिल्ला अदालतको मिति २०५७।७।२२ को शुरु फैसला नै कायम हुने ठहर्छ । प्रतिवादी मोलिम मियाँको मृत्यु भैसकेको पुष्टि हुन आएकोले मुलुकी ऐन अदालती बन्दोवस्तको १७६ नं एवं ऐ दण्ड सजायको ३ नं बमोजिम निजको हकमा खतवात नलाग्ने हुँदा निजलाई लागेको कैद तथा जरीवाना माफ हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएवस्बमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भई शुरु सुनसरी जिल्ला अदालतको फैसला कायम हुने ठहरी फैसला भएकोले प्रतिवादी ब्राहिम मियाँको हकमा पुनरावेदन अदालत विराटनगरको फैसलाको तपसिल खण्डको देहाय ३ नं मा कसेको कैदको लगत कट्टा गर्नु भनी पुनरावेदन अदालत विराटनगरलाई पत्र लेख्नु ......... १
ईन्साफ खण्डमा लेखिएबमोजिम पुनरावदेन अदालत विराटनगरको फैसाल उल्टी भई शुरु सुनसरी जिल्ला अदालतको फैसला कायम हुने ठहरी फैसला भएकोले प्रतिवादी ब्राहिम मियाँको हकमा त्यस अदालतको मिति २०५७।७।२२ को फैसलाको तपसिल खण्डमा उल्लेख भएबमोजिम कैद र जरीवानाको लगत कसी प्रतिवादी ब्राहिम मियाँबाट असूल गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतलाई पत्र लेख्नू ..२
प्रतिवादी मोलिम मियाँको मृत्यु भै सकेको हुँदा निजको हकमा कसेको कैद र जरीवानाको लगत कट्टा गरी दिनु भनी पुनरावेदन अदालत विराटनगर एवं सुनसरी जिल्ला अदालतलाई पत्र लेख्नु .....३
मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा ४ को उपदफा १(क) ले लखिया देवीलाई छैन । अतः विपक्षी दुःखा रायले मेरो सम्पत्ति अंश हक लिनको लागि मेरो मरिसकेको छोरा नवलकिशोरको नाउँमा मनगढन्ते रुपले आफ्नो नाउँ जोडी मेरो छोरा भन्ने असफल प्रयास गरेका हुन बन्ने समेत व्यहोराको प्रतिवादी महेन्द्र राय यादवको प्रतिउत्तरपत्र ।
प्रस्तुत मुद्दाका वादी नवलकिशोर राय नै दुःखा राय हुन । गाउँघरमा बोलाउने नाउँ दुःखा राय हो । मेरा दाजु प्रसादी रायले गा.वि.स.मा जन्म दर्ता गराउँदा गाउँघरमा बोलाउने नाम दुःखा राय लेखाई प्रमाणपत्र लिएको हो । नवलकिशोर भन्ने दुःखा राय महेन्द्र राय र मबाटै जन्मेका हुन भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५८।५।१५ को आदेशबमोजिम अ.बं.१३९ नं.बमोजिम बुझिएका लखिया देवीले गरेको बयान ।
प्रतिवादी महेन्द्र राय यादवको साक्षी भन्टु राय यादव र नारायण वैठा एवं वादी नवलकिशोर राय भन्ने दुःखा राय यादवको साक्षी भुप्तारायण रायले अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी महेन्द्र राय यादवले आफ्नो जीवित छोरा नवलकिशोर राय भन्ने दुःखा रायलाई मिति २०५१।७।२९ मा मृत्यु भएको छ भनी मिति २०५५।८।२२ गतेमा मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरेको व्यवहार कीर्ते कागजको ३ नं.बमोजिम जालसाजपूर्ण भएको देखिएकोले उक्त ३ नं.को कसूरमा निजलाई उक्त ऐनको १० नं.बमोजिम जरीवानासमेत हुने ठहर्छ । प्रतिवादी विन्देश्वर महतोको हकमा निजले दावीबमोजिमको जालसाजी क्रिया गरेको भन्ने पुष्टि नभएकाले निजउपरको वादी दावी पुग्न सक्दैन, पुनरावेदन अदालत जनकपुर एक न्यायाधीशको इजलासबाट भएको फैसला ।
पछिको मिति २०५१।७।२९ हाली मिति २०५५।८।२२ मृत्यु दर्ता प्रमाणपत्र तयार गरे गराएकाले जालसाजीको संज्ञा दिई मेरो छोरा नवलकिशोरको मृत्यु दर्ता प्रमाणपत्रलाई विपक्षीले जालसाजी भने पनि उक्त प्रमाणपत्र जालसाजी होइन । मिति २०५१।७।२९ मा मृत्यु भएको मिति २०५५।८।२२ मा मृत्यु दर्ता प्रमाणपत्र लिएकोलाई जालसाजी मान्ने हो भने मिति २०३५।८।६ मा जन्मेको दुःखा रायको बाबु महेन्द्र राय देखाई लखियादेवीले मिति २०४५।११।१२ मा लिएको जन्म दर्ता प्रमाणपत्र केसद्दे प्रमाणित हुन्छ । विपक्षीले मेरो छोरा नवलकिशोरको प्रमाणपत्रलाई जालसाजी भन्दैमा जालसाजी हुन सक्दैन । पुनरावेदन अदालतले क्षेत्राधिकारभन्दा बाहिर गै गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी रहेकाले उक्त निर्णय बदर गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा मिति २०६१।७।२०।६मा दर्ता हुन आएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत जनकपुरले गरेको फैसला मिले, नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकीरबमोजिम हुनुपर्ने हो होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा, पुनरावेदकले मिति २०५१।७।२९ मा छोरा नवलकिशोर राय मरेको भनी मिति २०५५।८।२२ मा मृत्यु दर्ता प्रमाणपत्र लिएको कार्य जालसाजीपूर्ण हो होइन र प्रस्तुत विवादको विषयमा वादीले जालसजी मुद्दा दायर गर्न सक्ने हो होइन भन्ने कुरा नै मुख्य विवादका विषयहरू रहेको देखिन्छ । सो सन्दर्भमा विचार गर्दा लखिया देवीले पुनरावेदक महेन्द्र रायलाई विपक्षी बनाई आफ्नो नावालक छोरा प्रस्तुत मुद्दाका प्रत्यर्थी÷वादी नवलकिशोरका हकमा र आफ्नो हकमा समेत भनी २०३७ सालमा दे.नं.७३३ को अंश मुद्दा दायर गरेकोमा प्रस्तुत मुद्दाको पुनरावेदक÷ प्रतिवादी यी महेन्द्र राय यादवले निजको छोरा होइन भनी प्रतिवाद गरे तापनि छोरा नाता कायम भई अंश पाउने ठहरी सो मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४०।३।५ मा अन्तिम फैसला भएपछि मात्र प्रस्तुत मृत्यु दर्ता प्रमाणपत्रको विवाद खडा भएको देखिन्छ । पेटबोलीकी लखिया देवीलाई पुनरावेदन अदालतबाट अ.बं.१३९ नं.बमोजिम बुझी बयान गराउँदा निजले उसको पहिलो विवाह महेन्द्र रायसँग भएको र निज महेन्द्ररायसँग रहंदा बस्दाको अवस्थामा नै छोरा नवलकिशोर जन्मेको हो र नवलकिशोर ४ वर्षको छँदा उसको अर्थात् लखियादेवीको दोस्रो विवाह भएको हो । दोस्रो विवाहपश्चात् नवलकिशोरलाई मामाकै घरमा छाडी दिएको हो, उसको गाउँघरमा बोलाउने नाम दुःखा राय हो । मेरो दाज ुप्रसादी रायले नै जन्म दर्ता प्रमाणपत्र लिई दिएको हो । महेन्द्र रायको छोरा दुःखा राय भन्ने नवलकिशोर यिनै वादी हुन भनी उल्लेख गरेकीमा प्रतिवादी÷पुनरावेदकले दुःखा राय नै नवलकिशोर हो भन्ने कुरालाई स्वीकार नगरे पनि आफू र लखियादेवीबाट जन्मेको सन्तान नवलकिशोर हुन तर निजको २०५१ सालमा नै मृत्यु भैसकेको भनी आफ्नो प्रतिउत्तरपत्रमा स्वीकार गरेको देखिन्छ । प्रतिवादीमध्येका पंजिकाधिकारी विन्देश्वर महतोले दावीलाई अस्वीकार गर्दै महेन्द्र रायले जस्तो विवरण ल्याए सोअनुरूप मृत्यु दर्ता प्रमाणपत्र दिएको हुँ भनी प्रतिवाद गरेकोबाट २०५१ सालमा मरेको व्यहोरा जनाई मिति २०५५।८।२२ मा मात्र मृत्यु दर्ता प्रमाणपत्र प्रतिवादी महेन्द्र रायले उल्लेख गरेको विवरणअनुसार पंजिकाधिकारीले केही नबुझी प्रदान गरेको देखिन आउँछ । त्यसबाट मिति २०५१।७।२९ मै नवलकिशोर मरेको भनी वस्तुगत र ठोस प्रमाण प्रतिवादी महेन्द्र रायबाट पेश हुन आएको देखिएन ।
३. प्रस्तुत मुद्दाका वादी नवलकिशोर भन्ने दुःखा राय, लखिया देवीको दोस्रो पतिबाट जन्मेको र नवलकिशोर र दुःखा राय एउटै व्यक्ति होइनन् भनी प्रतिवादी महेन्द्र रायले प्रतिवाद गरे पनि सोको विश्वसनीय प्रमाण निजबाट पेश हुन नसकेको र निजले आफ्नो जिकीरलाई पुष्टि गर्न सकेको अवस्था समेत देखिएन । यसको अतिरिक्त नवलकिशोर र दुःखा राय एउटै व्यक्ति हो भन्ने कुरा अ.बं.१३९ नं.अनुसार बुझिएकी प्रत्यर्थी÷ वादीकी आमा लखियादेवीले स्पष्ट खुलाई बयान गरेकी र अन्तिम भएर बसेको अंश मुद्दाबाट समेत वादी नवलकिशोर, प्रतिवादी महेन्द्र रायको छोरा नाता कायम भै अंश पाउने ठहरी फैसला भएबाट नवलकिशोर राय यादव भन्ने दुःखा राय यादव र नवलकिशोर एउटै व्यक्ति होइनन् छुट्टाछुट्टै हुन भन्ने पुनरावेदन जिकिरसँग सहमत हुने अवस्था छैन ।
४. जहाँसम्म जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता ऐन), २०३३ को दफा १३(२) बमोजिम वादी आउनु पर्नेमा नआएकाले अदालतलाई विवाद सुन्ने क्षेत्राधिकार नभएको भन्ने पुनरावेदन जिकीरसम्बन्धमा हेर्दा, प्रस्तुत मुद्दामा वादी आफूलाई जन्म दिने बाबुले जीवित रहँदा रहंदै मरेको भनी वादीको हक र अधिकार मेट्ने उद्देश्य र आफ्नो फाइदाको लागि मुलुकी ऐन कीर्ते कागजको ३ नं.बमोजिम प्रतिवादीले जालसाजीपूर्ण कार्य गरेको भनी अदालतमा प्रवेश गरेको देखिन्छ । छुट्टाछुट्टै प्रयोजनका लागि बनेका ऐनहरूमा कुन ऐनअन्तर्गत दावी लिनुपर्ने हो दावीकर्ताले तय गर्नुपर्ने कुरा हो । घटनाको प्रकृतिअनुसार समेत प्रस्तुत मुद्दाको विवादको विषयउपर अदालतले न्यायिक निरोपण गर्नुपर्ने हुँदा वादीलाई दावी गर्ने अधिकार छैन भनी अदालतले भन्न सकिने अवस्था नरहेकाले क्षेत्राधिकारको अभाव रहेको भन्ने पुनरावेदन जिकीरसँग पनि सहमत हुन सकिएन ।
५. अतः माथि उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादी महेन्द्र राय यादवले आफ्नो जीवित छोरा नवलकिशोर राय भन्ने दुःखा रायलाई मिति २०५१।७।२९ मा मृत्यु भएको छ भनी मिति २०५५।८।२२ गते मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरेको व्यवहारबाट प्रतिवादीले वादीको अधिकार र हक मेट्ने प्रयास गरी मुलुकी ऐन कीर्ते कागजको ३ नं.अनुसार जालसाजपूर्ण कार्य गरेको हुनाले उक्त ३ नं.को कसूरमा निजलाई सोही ऐनको १० नं.बमोजिम जरीवाना हुने समेत ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०६१।२।२८ गते भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीरपुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६५ साल चैत्र १६ गते रोज १ शुभम्….
इजलास अधिकृत : गायत्रीप्रसाद रेग्मी