शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७६४ - भ्रष्टाचार

भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक:

निर्णय नं ६७६४     ने.का.प.२०५६             अङ्क ८

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री मोहन प्रसाद शर्मा

मानीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा

संवत २०५४ सालको फौ.पु.नं १५९८,१६४८,१६४९

फैसला मिति २०५६।२।१२।४

मुद्दा : भ्रष्टाचार ।

पुनरावेदक/वादी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फवाट श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : काठमाडौ महानगरपालिका वार्ड नं १० गौचर घर भै हाल अर्थ मन्त्रालयमा कार्यरत तत्कालीन भंसार विभागका महानिर्देशक लोकमासिंह कार्की ।

पुनरावेदक/प्रतिवादी : ल.पु. उपमहानगरपालिका वार्ड नं. ४ भनिमण्डल घर भै शाहि नेपाल वायुसेवा निगम हङकङका व्यवस्थापक यादम लामिछाने समेत ।

विरुद्ध

विपक्षी/ वादी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले श्री ५ को सरकार

पुनरावेदक/प्रतिवादी : रुपन्देही जिल्ला वुटवल नगरपालिका वाड नं ७ लक्ष्मीनगर वस्ने भवेन्द्रप्रसाद वुढाथोकी

विरुद्ध

विपक्षी/वादी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फ वाट श्री ५ को सरकार

§  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रस्टाकचार मुद्दा श्री ५ को सरकार वादी हुनेछ भन्न अ.द.नि.आ ऐन, २०४८ को दफा ३४(२) मा व्यवस्था भएको पाइन्छ । सरकारी मुद्दा समवन्धी ऐन ०४९ को दफा २४(१) मा ... कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भन्ने मुद्दामा पुनरावेदन गर्ने अधिकारीमा सरकारी वकील भन्ने उल्लेख भएको पाइन्छ । यसरी श्री ५ को सरकार वादी हुने मुद्दाको खास ऐनमा सरकारी वकिल मार्फत पुनरावेदन आउनु पर्नेमा सो वमोजिम आएको देखिन आएन । उसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन भन्दा पछि आएको सो सरकारी मुद्दा समवन्धी ऐनको व्यवस्थालाई असर गर्ने गरी व्याख्या गर्न पनि मनासिव हुन नआउने ।

 (प्र.नं ३३)

पुनरावेदनक वादी तर्फवाट विद्वान नायव महान्यायाधिवक्ता श्री वलराम के.सी

पुनरावेदक प्रतिवादीका तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ता श्री सुनिल अधिकारी, विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त,

विपक्षी प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ता श्री सुसिलकुमार पन्त

अवलम्विमत नजिर : ने.का.प. २०५२, भाग ३७, अंक ९ पृष्ठ ७५९

 

फैसला

     प्र.न्या. मोहनप्रसाद शर्मा, पुनरावेदन अदालत पाटनको मिति २०५४।५।४।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(क) अन्तर्गत पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ ।

      २.    २४ डिसेमवर १९९४ का दिन हङकङ काठमाण्डमौ उडानमा रहेको आर.ए.४१० को शौचालयमा १० के.जी. सुन १५० के.जी चांदी लुकाई छिपाइ चोरी पैठारी भैरहेको सुराक भन्सार प्रमुख भगवतीकुमारलाई दिएका थियौं । उक्त सुन चांदी ना.सु. मित्रराज शर्मा, ख.प्रेमवावु विष्ट, अच्युतप्रसाद त्रिपाठी मधुसुदन पौडेल, भरतप्रसाद घिमिरे तथा भन्सार प्रमुख भगपतिप्रसाद काफ्ले समेतको मिलेमतोमा आउदै नआएका व्यक्तिको नाममा सुन चांदी डिपोजित गराई निजकै नामवाट उक्त सुनचादी छुटाई भगवतीकुमार काफ्ले समेतले काल्पनिक नामवाट झिकी मिलाई खाएका छन भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा परेको उजूरी ।

      ३.    आर.ए. ४१० को उडानवाट आएको वेवारिसे १० किलो सुन, १५० किलो चांदी भगवतीकुमार काफ्ले समेतको मिलेमतोमा नक्कली व्यक्तिको नाममा दाखिल गराई सुनचांदी छाडी भ्रष्ट्रचार गरेको विषयमा अनुसनधान हुदै जांदा हङकङवाट सुन चांदी आई भन्सारमा डिपोजित भएकोमा हङकङ अध्यागमनको छापलाई आधार मानी सुनचांदी छाड्ने कार्य भै सो कार्यमा भन्सार विभागमा महानिर्देशक समेतको संलग्नता देखिएको भन्ने विशेष प्रहरी विभागको पत्रसाथ कारवाही फाइल ।

      ४.    विशेष प्रहरी विभागवाट सुधिर गुरुङ, भवेन्द्र वुढाथोकीले हङकङ काठमाण्डौ यात्रा गरे नगरेको सम्वन्धमा इन्टरपोलवाट वुझि पठाइ दिन प्रहरी प्रधान कार्यालयमा लेखि गएकोमा निजहरुले १ अक्टोवर देखि ३१ डिसेम्वर सम्म हङकङ काठमाडौ ओहोरदोहोर गरेको अभिलेख हङकङ अध्यागमनमा नभएको भन्ने हङकङ इन्टरपोलले लेखि पठाएको भन्ने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखाको पत्र ।

      ५ शा.ने.वा.नि. तथा अध्यागमन कार्यालयले पठाएको २९ डिसेम्वर १९९४ को आर.ए.४१० को यात्रु उडान सूतीमा भवेन्द्र वुढाथोकीको नाम उल्लेख नभएको यात्रु सूचीको प्रतिलिपि ।

      ६.    भवेन्द्र वुढाथोकी, सुधिर गुरुङको टिकटमा आएको शा.ने.वा.नि ले प्रमाणित गरेको निजको पासपोर्टमा हङकङ अध्यागमनले छाप लगाएको, काठमाण्डौ अध्यागमन प्रमुखवाट मौखिकरुपमा प्रमुख भन्सार अधिकृतलाइ सो व्यक्ति उक्त उडानवाट आएको हो भनि जानकारी दिएको प्रमुख भन्सार अधिकृतले आफ्नो टिप्पणीमा लेख्नु भएको आधार र निजले भन्सार क्षेत्रमा आई आफूले ल्याएको सामान घोषणा गरेको देखिएको आधारमा जांच पास गर्न राय दिएको हुँ भन्ने समेतको शा.अ. टंकप्रसाद साखः को वयान ।

      ७. प्रमुख भन्सार अधिकृत भगवतीकुमार काफ्ले टिप्पणी पेश गर्न मौखिक निर्देशन दिए अनुसार संलग्न कागजातको आधारमा पेश गरेको हुँ । शा.ने.वा.नी ले भवेन्द्र वुढाथोकी, सुधिर गुरुङको टिकटवाट आएको भनी प्रमाणित गरेको र हङकङ अध्यागमनले निजक राहदानीमा प्रस्थान छाप लगाएको निजले सुन चांदी घोषणा गरी फारम भरेको आधारमा टिप्पणी पेश गरेको मात्र हो । मैले पेश गरेको राय अन्तिम होइन । मैले सुनचांदी जांचपास गरेको होइन । आदेश वमोजिम टिप्पणी पेश गरेको हुँ भन्ने समेतको ना.सु. कुलराज ज्ञवालीको वयान ।

      ८.    प्रमुख भन्सार अधिकृतवाट रायको लागि म समक्ष फाइल प्राप्त हुन आएकोमा भवेन्द्र वुढाथोकी २४ डिसेम्वर १९९४ मा आएको शा.ने.वा.नि. ले प्रमाण्ति गरेको हङकङ अध्यागमनले पासपोर्टमा प्रस्थानको छाप लगाएको, निजल सुनचादी घोषणा गरी फारम भरी सोही दिन निजका नाममा सामान डिपोजित भएको आधारमा राय दिएको हुँ अध्यागमन कार्यालयले गरेको कारवाही विषयमा मलाई जानकारी छैन । यो निर्णय भन्सार विभागवाट भई सुनचांदी जाँचपास भएको हो भन्ने समेतको उप सचिव इश्वर प्रसाद पोखरेलको वयान ।

      ९.    तत्कालीन भन्सार प्रमुखले महसूल लिइ जांच पास गर्न महानिर्देशक समक्ष पेश गरेकोमा शा.ने.वा.नि हङकङले भवेन्द्र वुढाथोकी सुधिर गुरुङको टिकटमा काडमाण्मढौ आएको प्रमाणित गरेको अध्यागमन कार्यालय हङकङले निजको पासपोर्टमा प्रस्थान गरेको भन्ने छाप लगाएको, निज भवेन्दले घोषण गरी लामो फारम भरेको कागजातको धारमा झिटीगुण्टा भरी आदेश वमोजिम समेतका आधारमा राय दिएको हुँ । अध्यागमन कार्यालयले फाइल उठाई श्री ५ को सरकारको निर्णय भएको व्यहोरा फाइलमा उल्लेख छैन भन्ने समेतको तत्कालीन निर्देशक व्दारीकाप्रसाद उपाध्यायको वयान ।

      १०.    २४ डिसेम्वर १९९४ मा भवेन्द्र कुमार वुढाथोकीले ल्याएको सुनचांदी महसूल लिई छाडी दिनु पर्ने देखि विभागमा फाइल पेश गरेको प्रस्तुत केश चोरी पैठारीसंग सम्वन्धित नभएको । नीतिगत निर्णय लिनुपर्ने देखिएकोले विभागमा पेश गरेको हुँ । भवेन्द्रप्रसाद वुढाथोकीको पासपोर्टमा अध्यागमन कार्यालयले  छाप नलगाई दिएको । सो सम्वन्धी निर्णयको लागि विभागमा पेश गरेको वुझिंदा भन्सार कार्यालयले पनि नीतिगत निर्णयको लागि विभागमा पेश गरेको हो । भवेन्द्र पुढाथोकी, सुधिर गुरुङको टिकटमा आएको सम्वन्धित एयर लाइन्सले प्रमाणित गरेको छ । निजले घेषणा गरी सामान जाँचपास गराउदै रहेको अवस्थामा पारपोर्टमा हेर्दा आगमनको छाप नलागेको देखिएपछि भन्सारवाटै निजसहित अध्यागमन कार्यालयमा छाप लगाउन पठाइयो, अध्यागमनले उक्त दिन निजको पासपोर्ट नदिएको र निज कहिले विदेश गएको भन्ने कुरा पेश गर्न नसकेकोले सो पनि सामान निजको नाममा जम्मा हुन गएको हो भन्ने समेतको तत्कालीन प्रमुख भन्सार अधिकृत भगवतीकुमार काफ्लेको वयान ।

      ११.    भन्सार कार्यालयका प्रमुखले २०५१।९।२८ मा पेश गरेको फाइलमा भन्सार महसूल लिई सुन चांदी छाडि दिन निर्णय गरेको हुँ नौलो केश भएकोले भन्सार प्रमुखले प्रकृयागत विषयमा निर्णयको माग गरेको ऐनमा प्रकृयागत विषयमा किटानी व्यवस्था नभएको हुँदा उक्त व्दिविधा निराकरण गर्न पेश भएको हो । महानिर्देशकको हैसियतले कार्यालय प्रमुखलाई व्दिविधा परेको र भन्सारको काममा एकरुपता ल्याउने विषयमा समेत निर्देशन दिने महानिर्देशको दायित्व हुँदा नियमानुसार गर्ने गरी निर्णय गरेको हुँ । भन्सार ऐन वमोजिम गर्ने विषय प्रमुख भन्सार अधिकृतमा निहित अधिकार हो । नियमानुसार महशुललिई सामान लैजाने दिने कारवाही कानूनसम्मत छ भन्ने समेतको महानिर्देशक लोकमान सिंह कार्कीको वयान ।

      १२.   २४ डिसेम्वरमा भवेन्द्र वुडाथोकीको यात्रा गरेको भनी प्रमाणित गरेको हुँ । भवेन्द्र वुढाथोकीको सुधिर गुरुङले वोडिङ पासवाट यात्रा गरेको प्रमाणित गर्न निवेदन दिएको र भवेन्द्र वुढाथोकीले प्रस्थान गरेको निजको पासपोर्टमा छाप लागेको हुँदा मैले सो कुराको जानकारी दिएको हुँ । मैले प्रममाणित गरेकोले कानून विपरित काम गरे जस्तो लाग्दैन भन्ने समेतको यादव लामिछानेको वयान ।

      १३.   आगमन र प्रस्थानको अभिलेख राख्न पासपोर्टमा छाप लगाउनु पर्ने हुन्छ । २४ डिसेमवर १९९४ का दिन ड्युटी समाप्त हुने वेलामा एक व्यक्तिले भंसार क्षेत्रवाट अध्कयागमन क्षेत्रमा आइ छाप छुटेको हुँदा पासपोर्टमा छाप लगाउन मागेको विषयमा विभागमा पेश हुँदा यात्रुको लिप्टमा नाम नभएका व्यक्तिको आगमन प्रमाणित गर्न नमिल्ने मन्त्रालयवाट निर्णय भएको हुँदा यात्रु नामावलीमा नाम नभएको हुँदा छाप लगाउन मिल्दैन भन्ने जानकारी निज भवेन्द्र वुढाथोकीलाई दिएको छाप नै नलगाएपछि निज आएको यथार्थ हो भन्ने कुरा कसैलाई भनेको छैन भन्ने समेतको तत्कालीन अध्यागमन कार्यालयका प्रमुख निरन्जन वरालको वयान ।

      १४.   भवेनद्रप्रसाद वुढाथोकीले सुन चांदी छुटाइ लगेको विषयमा मैले कुनै काम गरेको छैन म काउण्टरमा कार्यरत नभएको हुँदा सो घटना वारे मलाई जानकारी नभएको हुँदा सो घटनावारे मलाई जानकारी छैन । विभागीय निर्णय भै सुनचांदी फिर्ता दिएपछि सुनेको हुँ भन्ने समेतको मधुसुदन पौडेलको वयान ।

      १५.   म काउण्टरमा कार्यरत नभएको भवेन्द्र वुढाथोकीको नाममा सुनचांदी जम्मा भएको छाडिएको विषयमा मलाई कुनै जानकारी छैन भन्ने समेतको भरतप्रसाद धिमिरेको वयान । भवेन्द्रप्रसाद वुढाथोकीले तामेल भएको सूचनाको म्याद भित्र उपस्थिमत नभई गुजारी वसेको ।

      १६.    भवेन्द्र वुढाथोकीको हकमा निजका नाममा २०५१।९।९ मा हङकङ काठमाण्डौ उडानको हवाई टिकट नभएको सो दिन सोही उडानवाट आएको भन्ने अध्यागमन कार्यालयको अभिलेख र शा.ने.वा.निको यात्रु सुचिवाट देखिदैन भनि भवेन्द्र १ अक्टोवर देखि ३१ डिसेम्वरसम्म हङकङ काठमाण्डमौ ओहोर दोहोर गरेको अभिलेख हङकङ अध्यागमन कार्यालमा नभएको भन्ने लेखि आएवाट निज भवेन्द्र वुढाथोकी २४ डिसेमवर १९९४ मा आर ए ४१० को हङकङ काठमाडौ उडानवाट नआएको यदि निज उक्त उडानवाटै आएको भए तुरुन्तै अध्यागमन शाखा गै आफनो पासपोर्टमा आगमन सम्वन्धी छाप लगाउनु पर्नेमा सो गर्न नसकेको । अध्यागमन विभाग तथा गृह मन्त्री समेतवाट आगमन भएको छाप लाग्न नमिल्ने भनी ०५१।९।१७ मा निर्णय भएको समेतवाट आफू आएको प्रमाणित नहुँदा नहुदै पनि भन्सार कार्यालय प्रमुख तथा महाकनिर्देशक समेतसंग मिलेमतो गरी श्री ५ को सरकारका नाममा आम्दानी वाध्नु पर्ने सुन तथा चांदी प्र. यादव लामिछाने, लोकमाकन सिंह कार्की तथा भगवतीकुमार काफ्लेको मिलेमतोवाट छुटाई लगेको पुष्टि हुन आएकोले भ्र.नि.ऐन २०१७ को दफा ८ को प्रतिकूल हुँदा निज भवेन्द्र प्रसाद वुढाथोकीलाइ सोही दफामा उल्लेख भए वमोजिम हदैसम्म सजाय गरी ऐ ऐनको दफा २९ वमोजिम श्री ५ को सरकारलाई हानी नोक्सानी वनाई लगेको सुन तोला ८४४३।४ को जम्मा रु ६०५३८६६। तथा चांदी १२८५८ तोलाको जम्मा १२४७२६। समेत दुवैको कूल रु.७३०१०९३। (अक्षरेपी रु. त्रिहत्तर लाल एक हजार त्रियानव्वे मात्र) निज प्रतिवादीवाट भराई विगो वमोजिम जरीवाना गरी पाउन प्र. भगवतीकुमार काफ्लेको हकमा आर.ए. ४१० को उडानवाट नेपाल आएको भन्न सम्वन्धी टिकट, वोडिङ पास ल्याएको सामानको प्रमाण एवं तोल इन्टरपोलको प्रतिवेदन तथा क्याथे प्यासिफिकले दिएको जानकारी समेतलाई वेवास्ता गरी वनावटी प्रमाण खडा गर्न भवेन्द्रलाई पासपोर्टमा छाप लगाउन अध्यागमन कार्यालमा पठाएको र गृहमन्त्रीवाट आगमन प्रमाणित गर्न नमिल्ने गरी निर्णय भएपछि गृहमन्त्रीको निर्णय विपरित लाग्ने महसुल लिइ सुनचांदी फिर्ता दिनुपर्ने किसिमले टिप्पणी उठाउन लगाई आफू समेतले सुनचांदी भन्सार महसूल लिई भवेन्द्र वुढाथोकीलाई उपलव्ध गराउनु पर्ने भनी टिप्पणी उठाई भन्सार ऐन २०१९ वमोजिम जफत गरी श्री ५ को सरकारमा वुझाउनु पर्ने कानूनी कर्तव्य भएका प्रमुख भन्सार अधिकृत भगवतीकुमार काफ्लेले सोही ऐनको दफा १९ वमोजिम कानूनी कर्तव्यवाट वीचलित भै श्री ५ को सरकारलाई गैरकानूनी हानी नोक्कसानी र प्र. भवेन्द्रप्रमसाद वुढाथोकी समेतलाई गैरकानूनी फाइदा पुर्‍याउनु वदनियतपूर्वक कार्य गरेको २०५१।९।२८ मा महानिर्देशक समक्ष टिप्पणी पेश गरेको र महानिर्देशक समेतको मिलेमतोवाट लेखिएको भन्ने कुरामा महानिर्देशकवाट सोही मितिमा निर्देशकले व्दारिका समक्ष रायको लागि पठाएको तर उक्त निर्णय फाइल भर्ने भन्सार विभागमा पठाएको पत्र भन्ने भन्सार विभागमा २०५१।१०।८ मा दर्ता भएवाट समेत जानी जानी वदनियतपूर्वक कार्य गरेको पुष्टि हुन आयो भने प्रतिवादी लोकमान सिंह कार्कीको हकमा भने महानिर्देशक जस्तो व्यक्तिले भवेन्द्र वुढाथोकी आर.ए.४१० को उडानवाट २४ डिसेमवर १९९४ का दिन आएको प्रमाणित गर्ने ठोस कानूनी कागज प्रमाण नभएको र मन्त्री समेतवाट आगमन प्रमाणित गर्न नमिल्ने निर्णय भएपछि सुनचांदीलाई भंसार महसूल लिई दिेन गरी २०५१।१०।१० मा निर्णय गर्नुले प्रतिवादी भवेन्द्र वुढाथोकी संग मिली आफू समेतले खाने मनसायपूर्ण निर्णय गरको वदनियतपूर्वक श्री ५ को सरकारलाई हानी नोक्कसानी र आफू तथा भवेन्द्र वुढाथोकी समेतलाई गैरकानूनी फाइदा पुग्ने गरी नेपाल कानून जानी जानी पालन नगरेको देखिंदा उक्त कार्य भ.नि.ऐन. २०१७ को दफा ७(१) को प्रतिकूल देखिंदा प्रतिवादी लोकमान सिंह कार्की तथा प्रतिवादी भगवतीकुमार काफ्ले उपर सोही दफामा लेखिए वमोजिम हदैसम्म सजाय गरी पाउँ । साथै प्रतिवादी यादव लामिछानेको हकमा निजले भवेन्द्रलाई जो जससंग सम्वन्धित छ भनी प्रमाणपत्र वनाई भवेन्द्रको लागि फाइदा हुने गरी श्री ५ को सरकारलाई नोक्कसानी हुने गरी झुठ्ठो प्रमाणपत्र वनाई दिएको हुँदा निजले भ्र.नि.ऐन, २०१७ को दफा७(२) को अपराध गरेकोले सोही दफा वमोजिम निज उपर हदैसम्म सजाय हुन र प्र. लोकमान सिंह कार्की, भगवतीकुमार काफ्ले तथा यादव लामिछानेको हकमा भवेन्द्रप्रसाद वुढाथोकीवाट असूल उपर गर्नुपर्ने विगो असूल उपर हुन नसक्ने अवस्था भएमा यी प्रतिवादीहरुवाट भ्र.नि.ऐन को दफा २९ वमोजिम असूल उपर गरी विगो वमोजिम जरिवाना समेत गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी ।

      १७.   म २४ डिसेम्वर १९९४ मा हङकङ काठमाडौ उडानवाट सुधिर गुरुङको टिकटवाट आएको हुँ । तत्काल भन्सार तिरी सामान लिन नसक्नुको कारण म टिकट काउण्टरमा जांदा काउण्टर वन्द भएको कारण साथि सुधीर गुरुङको टिकट प्रयोग गरेको हो । २४ डिसेम्वर १९९४ मा आर.ए. ४१० वाट आएको हुँ । त्रिभुवन विमानस्थलमा ओर्ले पछि आगमन काउन्टर आइ आगमन कार्ड र पासपोर्ट दिएपछि काउन्टरवाट पासपोर्ट फिर्ता लिर्इ लामो फाराम र सुनचांदी डिक्लेरेशन फारम समेत भरेको हुँ । त्यसपछि लागेको दिन अनुरोध गर्दा टिकट माग्नु भयो । टिकट हेरेपछि अर्काको टिकटमा आएकोले छाप लगाउन मिलदैन भनी पासपोर्ट राखिदिनु भयो । पर्सि आउनु भनेकोले मेरो ल्याएको सामान दर्ता गरी डिपोजित गरेको हुँदा उक्त उडानवाट आउंदा १० के.जी. सुन १५० के.जी चांदी टि.भी. क्यासेटप्लेयर आदि लिई आएकको थिए । मलाई भ्र.नि.ऐन २०१७ को दफा ७ वमोजिम सजाय तथा जरिवाना हुनुपर्ने होइन भन्ने समेतको प्र भवेन्द्रप्रसाद वुढाथोकीले पुनरावेदन अदालतमा गरेको वयान ।

      १८.   प्रतिवादी भवेन्द्रप्रसाद बुढाथोकीको हकमा निज अर्काको टिकटबाट आएको प्रमाणित रहेको र आफ्नो आर्जनबाट ल्याएको अवस्था प्रमाणित राख्न नसकेको अवस्थामा निज अभियुक्तको सम्बन्ध पछि ठहरे बमोजिम हुने नै हुँदा हाल भ्र.नि. ऐन, २०१७ को दफा २७(४) बमोजिम रु. १०,००,०००। (दशलाख) धरौटी वा जेथाजमानी दिए दिर्इ तारेखमा राखी र धरौटी वा जेथाजमानी नदिए थुनामा राख्नु भन्ने समेतको पुनरावेदन अदालतको २०५४।२।२२ को थुनछेक आदेश ।

      १९.    प्रतिवादी भवेन्द्रप्रसाद वुढाथमोकी २४ डिसेमवर १९९४ मा आएको कुरा हङकङ इमिग्रेशनले निजको पासपोर्टमा लगाएको डिपार्चर छ । भन्सारमा कानूनसम्मत ल्याएको सामान महसुल तिरेर लैजान पाउने निवेदन दिए पश्चात भन्सार निय र ऐन अनुसार महसूल लिई सामान जांचपास गरिएको हो । भन्सारमा सामान आइपुग्दा एयरलाइसेन्सले सामान यात्रुलाई जिम्मा दिइसकेको हुन्छ । झीटीगुण्टा नियम अन्तर्गत आउने यात्रुको सामान तौल हेर्दा काम भन्सारले गर्दैन । महसूल लाग्छ लाग्दैन सो मात्र हेर्ने गरिन्छ । सुनचांदी वाहेक अरु सामानको मुल्याकंन भन्सार विभागले गर्दछ । मेरा मातहत कर्मचारीले कानूनसम्मत टिप्पणी फाइल पेश गर्नु भएकोमा मैले निजहरुको राय हेरी टिप्पणी फाइल महानिर्देशक समक्ष पेश गरेकोमा महानिर्देशकवाट ०५१।१०।१० मा टिप्पणी सदर भई भन्सारवाट सामानको महसूल लिई जांच पास भएको हो । भन्सार ऐन नियम अनुसार सामान जांच पास गरी कानूनसम्मत तरिकाले काम गरेको हुँदा मलाई भ्र.नि.ऐनका सजाय हुनु पर्ने होइन भन्ने समेतको प्र.भगवमतीकुमार काफ्लेले पुनरावेदन अदालतमा गरेको वयान ।

      २०.   प्रमितवादी भगवती कुमार काफ्लेको हकमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) को अवस्था वमोजिम निजवाट धरौट वा जमानत लिनु पर्ने भएकोले निजवाट रु.५५,०००। (पचपन्न हजार) मात्र धरौट वा जमानत लिइ भुद्दाका र्पुपक्षको निमित्त तारेखमा राख्ने र धरौट वा जमानत दिन नसके थुनामा राख्न पठाई कानून वमोजिम गर्नु भनने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।४ को थुनछेक आदेश ।

      २१.   भनसार क्षेत्रमा आइ लामो फाराम भरी सुनचांदी ल्याएको घोषणा गरेको र झिटीगुण्टा भारी आदेश वमोजिम नेपाली नागरिकले सुनचांदी पैठारी गर्न पाउने समपूर्ण प्रकृया पुरा गरेको हुँदा नियमानुसार महसुल लिइ छोडने तलवाट उठी आएको टिप्पणीलाई सदर गरेको हो । मैले सदर गर्ने गरी गरेको कार्य कानूनसम्मत छ र भन्सार ऐनमा भएको अधिकार प्राप्त भएको व्यक्तिको राय वमोजिमको निर्णय भएको उक्त कार्य गैरकानूनी तवरले भएको छैन । भन्सार कार्यालमा प्रस्तुत गरेको प्रमाणको आधारमा भवेन्द्रप्रसाद वुढाथोकी काठमाडौ आएको निर्विवाद देखिन्छ । कुनै सामानको घोषणा भन्सारमा गरिसकेपछि घोषणा वमोजिमको सामान भएमा कानूनतः जफत गर्न सकिने कुनै प्राबधान नभएको हुँदा त्रि.वि भन्सार कार्यालय मार्फत नियमानुसार महशुल लिइ जाँच पास गर्नुपर्ने भनी प्रस्तुत भएको टिप्पणीलाई सदर गर्ने काम गरेको हुँदा भवेन्द्रप्रसमाद वुढाथोकी र भगवती कुमार काफ्लेसंग मिलेमतो गरी वदनियत ढंगले छोडिएको भन्ने आरोप निराधार तथा काल्पनिक छ भन्ने समेतको प्र. लोकमान सिंह कार्कीले पुनरावेदन अदालत पाटनमा गरेको वयान ।

      २२.   निज लोकमान सिंह कार्कीको हकमा अन्य कानूनको प्रचलित अवस्था हेर्नुपर्ने अवस्था नभै सपठित ऐनको दफा २७(४) वमोजिम धरौट वा जमानत लिनु पर्ने हुँदा निजवाट रु.४०,०००। (चालिस हजार मात्र धरौटी वा जमानत लिइ मुद्दाको पुर्पक्ष निमित्त तारिखमा राख्ने र धरौट वा जमानत दिन नसके थुनामा राख्न कारागारमा पठाई कानून वमोजिम गर्नु भन्ने समेतको पुनरावेदन अदालतको मिति २०५४।३।९ मा भएको थुनछेक आदेश ।

      २३.   वोर्डिङ पास टिकट वालाको नाममा जारी गरिन्छ । अन्तराष्ट्र्यि उडानमा वोडिङ पास लिइ सकेपछि टिकटवाला भन्दा अर्को व्यक्तिले पनि उडमान गर्न सक्ने संभावना हुन्छ मैले सुधिर गुरुङ्गको वोडिंङ पासवाट भवेन्द्र प्रसाद वुढाथोकी उडेको भन्ने शा.ने.वा.नि.त्रि.वि . कार्यालयवाट २७ डिसेम्वर १९९४ मा भवेन्द्र वुढाथोकी, सुधिर गुरुङ्गको टिकटवाट हङकङ एअरपोर्टको अध्यागमन कार्यालय प्रस्थान गरेको भनी २४ डिसेम्वर १९९४ मा छाप लगाएको सुधिर गुरुङ्गले आफ्नो वोर्डिङ पास भवेन्द्र वुढाथोकीलाइ दिएको हुँदा भनी स्वीकार गरी शा.ने.वा.नि हङकङमा निवेदन दिएको हङकङ अध्यागमन कार्यालयले २४ डिसेम्वर १९९४ मा यात्रा गरेको प्रमाणित गरेको समेतवाट २७ अप्रिल १९९५ मा वुढाथोकीको यात्रा वारेमा सम्पूर्ण  विवरण खुलाई प्रमाण सहित लेखि पठाएको हुँ मैले कुनै किसिमको झुठ्ठो प्रमाण वनाएर दिएको छैन तसर्थ मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन र यो अभियोग म उपर लागु हुन सक्दैन भन्ने समेतको प्र. यादव लामिछानेको पुनरावेदन अदालत पाटनमा भएको वयान ।

      २४.   भ्र.नि. ऐन, २०१७ को दफा २७(४) को अवस्था विद्यमान रहेको देखिनाले पछि मुद्दा फैसला हुँदाको वखत ठहरे वमोजिम हुने गरी हाल पुर्पक्षको निमित्त प्र.यादव लामिछानेवाट भ्र.नि.ऐन २०१७ को दफा २७ (४) वमोजिम रु.१०,००,०००। (दश लाख) नगद धरौट वा सो वमोजिम जेथा जमानी दिए लिइ तारेख राख्ने र सो दिन नसके थुनामा राख्न अ.वं १२१ नं वमोजिम थुनुवा पूर्जि दिइ कारागारमा पठाइ दिने भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।१० मा भएको थुनछेक आदेश ।

      २५.   कानूनतः गर्नुपर्ने कार्यको पदीय दायित्व पृथक रहन नसक्ने कुरा निश्चित हो पदीय जिममेमवारी वहान गरी त्यसलाई नियोजित रुपमा फाईदा पुग्ने तर्फ प्रवृत्त भएको देखिएको अवस्थामा त्यसवाट आशयमा शंका गर्नुपर्ने हुन्छ । साथै भ्रष्ट्रचार निवारण ऐन, २०१७ को दफा ७(१),७(२) र ८ को व्यवस्था पनि त्यही नै हो र गैरकानूनी लाभ र हानीको प्रश्नमा वदनियतसाथ नेपाल कानूनको जानीजानी पालन नगरेमा भ्रष्टाचार ठहरिने हुँदा नोपालका कानूनको पालना नहुनु पहिलो शर्त हो र भन्सार सम्वन्धित कानूनवाट उल्लेखित सामान फिर्ता दिने अधिकार प्रमुख भन्सार अधिकृतमा रहेको देखिन्छ  र निजवाट सो कानूनले निर्दिष्ट गरेको कानूनको रोह रीत नपुर्‍याइ फिर्ता दिने कार्य भएको र सो कार्य निजको निहित कार्य क्षेत्र भित्रको देखिंदा सो दायित्ववाट निज पृथक हुन सक्ने देखिएन । त्यस्तै सो सामान फिर्ता दिने कार्यमा भंसार समवन्धी कानूनमा महानिर्देशकको अधिकार नदेखिएको हुँदा निजलाई कानूनले सो सम्वन्धी अधिकार प्रदान नगरेको कर्तव्य किटान नगरेको अवस्थामा सो पालना हुने नहुने सम्वन्धी प्रश्न आउने स्थिति पनि हुँदैन । निहित अधिकारको उल्लघंनवाट दायित्व वहन गर्नुपर्ने हुन्छ भने नभएको अधिकारको पालनाको प्रश्न आउदैन । अभियोग पत्रमा प्रमुख भंसार अधिकृत भगवतीकुमार काफ्ले उपर निजलाई प्राप्त भंसार सम्वन्धी कानूनले प्रदान नगरेको अधिकारको उल्लघन भएको भनी दावी लिएको अवस्थामा सो कानूनको उल्लंधन भएको देखिए पनि महानिर्देशक लोकमान सिंह कार्कीको उल्लेखित कामको सन्दर्भमा निजको कार्यक्षेत्र भित्र नपर्ने विषयमा निजलाई जिम्मेवार वनाउंदा निजले नेपाल कानूनको कुन व्यवस्था उल्लंघन गरेको हो सो कुरा देखिनुपर्ने हुनछ । अभियोग पत्रमा सो केही नहुँदा र निजले कानून गर्नुपर्ने कुरा के नगरेको हो सो पनि अभियोग पत्रमा उल्लेख नभएको अवस्थामा निजले सो दायित्व व्यहोर्नु पर्छ भन्ने दावी कानूनसंगत देखिएन ।

      २६.   तसर्थ माथि उल्लेख भएको आधार र कारणवाट प्रतिवादी भवेन्द्रप्रसाद वुढाथोकी र भगवतीकुमार काफ्लेले आरोपित कसूर गरेको ठहर्छ भने प्रतिवादी लोकमान सिंह कार्की र यादव लामिछाने उपरको अभिभकयोग दावी पुग्न नसक्ने ठहर्छ भन्ने पु.वे.अ पाटनका माननीय न्यायाधीश श्री कोमल नाथ शर्मावाट भएको मिति २०५४।४।४ को फैसला ।

      २७.   पु.वेअ. पाटनले मिसिल संलग्न तथ्यको अवहेलना गरी नेपाल आउदै नआएको प्रमाणित भएको व्यक्ति भवेन्द्रप्रसाद वुढाथोकीलाई भ्रष्टाचार गरेको ठहर गर्ने भंसार अधिकृतको टिप्पणीलाई सदर गर्ने महानिर्देशक लोकमान सिंह कार्की र नेपाल आएको प्रमाणित गर्न अख्तियारै नपाएको यादव लामिछानेलमाई सफाइ दिने गरी भएको फैसला आत्मनिष्ट एवं गैरकानूनी हुँदा मिति २०५४।५।४ को फैसला वदर गरी शुरु अभियोग मागदावी वमोजिम प्र. लोकमान सिंह कार्की तथा प्र. यादव लामिछानेको हकमा पनि ठहर गरी पाउँ भन्ने अ.दु.नि आयोगको तर्फवाट श्री ५ को सरकारको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।

      २८.   पु.वे.अ. को फैसला ने.का.प. ०५०, नि.नं ४७६७,पृ.३७० र नेका.प. ०५२ नि.नं ६०७५ पृ. ८२३ मा प्रतिवादित सिद्धान्त र भन्सार ऐन, नियम विपरित फैसला भएको हुँदा सो फैसला वदर गरी सफाइ पाउँ भन्ने र भवेन्द्रप्रसाद वुढाथोकी, भगवतीकुमार काफ्लेको यस अदालतमा दायर हुन आएको छुट्टाछुट्टै पुनरावेदन पत्र ।

      २९.   पु.वे.अ पाटनवाट प्र. लोकमान सिंह कार्की र प्र यादव लामिछानेलाई वादीको पर्ने देखिएवाट अ.वं २०२ नं वमोजिम झिकाइ आएपछि वा अवधि नाघेपछि लगाउका फौ.पु.नं.१६४८ र १६४९ को पुनरावेदन साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

      ३०.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक र झिकाएको तर्फवाट वहस पैरवीका लागि उपस्थित विद्वान नायव महान्यायाधिवक्ता श्री वलराम के.सीले शुरु मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गर्ने होइन । सो सम्वन्धमा दिलवहादुर लामा समेतको मुद्दामा सिद्धान्त प्रतिवादन भएको छ र पुनरावेदक भगवतीकुमार काफ्लेको तर्फवाट उपस्थिमत वरिष्ठ अधिवक्ता श्री गणेश राज शर्मा र अधिवक्ता श्री राधेश्याम अधिकारीले श्री ५ को सरकार वादी हुने मुद्दामा पुनरावेदन गर्ने नगर्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्ताको हो । । अ.दु.अ.आ.ले दायर गरेको पुनरावेदन संविधान प्रतिकूल छ । भन्सारमा काम गर्ने कर्मचारीले कुन एयर लायन्सवाट आउको हो पासपोर्ट छ छैन भनी हेर्ने कुरा होइन । महानिर्देशकवाट राय सदर भएकोले जानी जानी कानूनको पालना नगरेको भनी मेरो पक्षलाई सजाय गर्नमिल्दैन । भन्सार प्रमुखले कानूनले दिएको अख्तियार अन्तर्गत कार्य गरेको हुँदा पुनरावेदन अदालतले सजाय गर्ने गरेको मिलेको छैन । प्र. यादव लामिछानेको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्तले र प्र. लोकमान सिंह कार्कीको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री सुसिलकुमार पंतले पुनरामवेदन गर्दा सरकारी वकिलले नै गनुपर्ने व्यवस्था कानूनले गरेपछि अ.नु.अ.आ. ले पुनरावेदन गर्नसक्ने होइन , अ.दु.आ.को पुनरावेदन सुन्य हुनु पर्छ । मेरो पक्ष कुनै कारणले दोषी छैन । पुनरावेदनको फैसला सदर हुनुपर्छ भन्ने र पुनरावकेदक भवेन्द्रप्रसाद वुढाथोकीको तर्फवाट उपस्थिमत विद्वान अधिवक्ता श्री सुनिल अधिकारीले मेरो पक्षले भंसारको अधिकारीसंग मिलेको पुष्टि हुन सकेको छैन ठाडो अभियोग मात्र लगाइएको छ , कसलाई फाइदा र के वेफाइदा भयो भन्ने अभियोग पत्र र पु.वे.अ. को फैसला मौन हुदा मेरो पक्षले सफाइ पाउनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।

      ३१.   पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ सो को निर्णया दिनु पर्ने हुन आयो ।

      ३२.   निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दा भ्रष्टाचार मुद्दा भन्ने कुरामा विवाद देखिन आउदैन । अखितकयार दुरुपयोग अनुसनधान आयोगले प्रस्तुत मुद्दा पुनरावेदन अदालतमा दायर गरी यो मुद्दाको सुरुवात भएको देखिन्छ । पुनरावेदन अदालत पाटनवाट फैसला हुँदा महानिर्देशक लोकमान सिंक कार्की र यादव लामिछानेलाई सफाइ दिए उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अदालतमा पुनरावेदन दायर गरेको देखिन्छ । यसमा आयोगले पुनरावेदन गर्ने हो वा सरकारी  मुद्दा सम्वन्धी ऐन, ०४९ वमोजिम सरकारी वकीलले पुनरावेदन गर्ने हो सो मुख्य विवादको विषय हुन आएको छ ।

      ३३.   मुलुकी ऐन अदालती वन्दोवस्तको १९३ नं. वमोजिम झगडियाले पुनरावेदन गर्न पाउने साधारण सिद्धान्त भएपनि त्यस सम्वन्धमा खास खास ऐनमा यदि व्यवस्था छ भने सो व्यवस्था झन प्रभावकारी हुन आउने कानूनी सिद्धान्त हो । त्यस सम्वन्धमा हेरिदा अख्तिकयार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दा श्री ५ को सरकार वादी हुनेछ भन्ने अ.नु.अ.आ ऐन, २०४८ को दफा ३४(२) मा व्यवस्था भएको पाइन्छ । सरकारी मुद्दा समवन्धी ऐन, ०४९ को दफा २४(१) मा ... कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भन्ने मुद्दामा पुनरावेदन गर्ने अधिकारीमा सरकारी वकिल भन्ने उल्लेख भएको पाइन्छ । यसरी श्री ५ को सरकार वादी हुने मुद्दाको खास ऐनमा सरकारी वकिल मार्फत पुनरावेदन आउनु पर्नेमा सो वमोजिम आएको देखिन आएन । उसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन भन्दा पछि आएको सो सरकारी मुद्दा सम्वन्धी ऐनको व्यस्थालाई असर गर्ने गरी व्याख्या गर्न पनि मनासिव हुन आउँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा पुनरावेदन गर्ने व्यवस्थाको वारे मौन छ ।

      ३४.   उपरोक्त कुराको साथै मिति २०५२।९।२०।५ मा पूर्ण इजलासवाट सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को दफा २४(१) ले पुनरावेदन दिने काम कर्तव्य सरकारी वकिलको रहे भएको देखिन्छ भन्दै सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २४(१) मा अनुसूची १ वा २ मा लेखएिको मुद्दा र कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनि लेखएिको मुद्दामा पुनरावेदन वा पुनरावलोकन वा तत्सम्वन्धी कुनै निवेदन दिनु पर्दा सम्वन्धित सरकारी वकिलले दिनेछ भन्ने भनेको र भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा २५ वमोजिम प्रस्तुत मुद्दा श्री ५ को सरकारवादी हुने देखिएकोले प्रस्तुत मुद्दामा सरकारी वकिलले पुनरावेदन गर्नुपर्नेमा विशेष प्रहरी विभागवाट परेको पुनरावेदनवाट कारवाही गर्न नमिलने हुँदा पुनरावेदन खारेज हुने भन्ने श्री ५ को सरकार विशेष प्रहरी विभाग विरुद्ध दिल वहादुर लामा समेत भएको भ्रष्टाचार मुद्दा ने.का.प ०५२ भाग ३७ अंक ९ पृष्ठ ७५९  सिद्धान्त प्रतिपादन भइरहेको अवस्था हुँदा सो पूर्ण इजलासको नजिर यस संयुक्त इजलमासले मान्नु वाहेक अन्य सोच गर्न पनि हुने अवस्था आउदैन । तसर्थ अख्तियार दुरुपमयोग अनुसन्धान आयोगको पुनरावेदनतर्फ विचार गरी रहन पर्ने अवस्था नहुँदा त्यस्ता पुनरावेदन खारेज हुने ठहर्छ ।

      ३५.   अव भवेन्द्रप्रसाद र भगवमती कुमार काफ्लेको पुनरावेदनतर्फ विचार गर्दा भवेन्द्रप्रसाद २४ डिसेम्वर १९९४ हङकङ काठमाडौ उडानमा रहेको आर.ए. ४१० मा हङकङवाट प्रस्थान भएको भन्ने हङकङ अध्यागमनको छाप लागेको मिसिल संलग्न निजको पासपोर्ट फोटोकपीवाट देखिन आउँछ । निज भवेन्द्रप्रसाद  त्रिभुवन विमानस्थलमा ओर्ले पछि आगमन काउन्टरमा आइ आगमन कार्ड र पासपोर्ट देखाई प्रज्ञापन फाराम र सुनचांदी डिक्लेरेशन फाराम समेत भरी महसूल वुझाउन जांदा अर्काको टिकटवाट आएकोले छाप लगाउन नमिलने भनि अध्यागमनले पासपोर्ट खिचेको देखिन्छ भने निजले साथमा ल्याएको सामान दर्ता गरी सुनचांदी डिपोजिट गरेको, तर टि.भी. र क्यासेट प्लेयर छुटाइ लगेकोले सोही मितिमा त्रि.विमानस्थलमा उपस्थित भएको फाइलवाट देखिन आउछ । हवाइमार्गवाट नआएको भन्ने हो भने सोही अवस्थामा त्रिभुवन विमानस्थलमा आफ्नो पासपोर्ट पेश गरेको देखिन आउँछ । अन्य साधनवमाट त्रि.वि. एयरपोर्टमा आउन सक्ने अवस्था हुदैन । अर्काको टिकटमा आएको भनि अध्यागमन विभागले निज भवेनद्रलाई फिर्ता पठाउने जस्ता अध्यागमन कानून वमोजिम कारवाइ उठाएको देखिदैन । सिर्फ प्यासेनजर लिष्टमा नाम नपरेको कारणले पासपोर्ट मात्रमा काठमाडौको अध्यागमनमा छाप लाग्न नसकेको भएतापनि अन्तर्राष्ट्रिय उडानमा एकको वोडिङ पासवाट अर्को व्यक्ति उड्न सक्नेसंभावना रहन्छ भनि आर.एन.ए.सी. का प्र यादव लामिछानेले वयान गरेको पाइन्छ भने टिकटवाला सुधिर गुरुङले वोडिङपास भवेन्द्रप्रसादलाइ दिएको छु भनि शा.ने.वा.नि. हङकङमा निवेदन दिएकोले मसोही टिकट र पासवाट निज त्रि.वि. स्थलमा आएको भनि सुधिर गुरुङको पेश भएको टिकट फाइलवाट देखिन आउँछ । अर्काको टिकट लिइ आएकको मात्र कारण भएपनि हङकङ अध्यागमनवाट हिड्नु Departure कुन सोही दिन एअरपोर्टमा हुनु प्रज्ञापन भर्नु कार्यलाई अन्यथा भन्न र भ्रष्टाचारको संज्ञा दिन भिल्न आएन ।

      ३६.   अर्का भंसार प्रमुख भगवती कुमार काफ्लेले भंसारमा ल्याएको सामान वैध, अवैध के हो महसूल तिरेर लैजान पाउने नपाउने के हो हेर्ने कुरा हो । अर्काको टिकटमा आउने व्यक्तिले ल्याएको मालसामान छुटाउन दिने वा नदिने भन्ने कुरामा र मातहतका कर्मचारीले पेश गरेको टिप्पणीलाई भंसार प्रमुखले आफ्नो राय समेत लेखि महानिर्देशक समक्ष पेश गरेको र महानिर्देशकवाट सदर भई आएपछि महसूल लिई जांच पास गरेको यस्तो कार्यलाई भ्रष्टाचार गरे भन्न सकिने अवस्था नभएवाट निज दुवै जना भवेन्द्र प्रसाद वुढाथोकी र भंसार प्रमुख भगवतीकुमार काफ्लेले सफाइ पाउने ठहर्छ । पु.वे.अ .पाटनको फैसला केही उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदन प्रतिवादी भवेन्द्र वुढाथोकी के माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत पाटनको फैसला केहि उल्टी भै निजले आरोपित कसूरवाट सफाइ पाउने ठहरेकाले पुनरावेदन अदालत पाटनको फैसलाको तपसिल खण्डको देहाय १ वमोजिम राखिएको लगत कायम नहुने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी रुपन्देही जिल्ला अदालतमा लेखि पठाइ दिनु र निज प्र. भवेन्द्रप्रसाद वुढाथोकीले पुनरावेदन अदलतमा पुर्पक्षको लागि तारिखमा रहंदा नगद रु.१०,००,०००। (दशलाख) धरौट राखेको र पुनरावेदन अदालतको फैसला उपर पुनरावेदन गर्दा यस अदालतमा जेथाजमानी राखी पुनरावेदन गरेको देखिंदा यस अदालतको आदेशले रोक्का रहेको जग्गा फुकुवामा गरी दिनु भनि सम्वन्धित कार्यालयमा लेखि पठाई धरौट रकम फिर्ता पाउँ भनि ऐनका म्यादभित्र दरखास्त दिन आए नियमानुसार फिर्ता पठाई दिनु भनि पुनरावेदन अदालत पाटनमा लेखि पठाइदिनु ................ १

पुनरावेदक प्रतिवादी भगवतीकुमार काफ्लेके माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भै निजले आरोपित कसूरवाट सफाइ पाउने ठहरेकाले पुनरावेदन अदालत पाटनको फैसलाको तपसिल खण्डको देहाय २ वमोजिम राखिएको लगत कायम नरहने हुँदा उक्त लगत कठ्ठा गरी दिनु भनी काठमाडौ जिल्ला अदालतमा लेखी पठाई दिनु र निज प्र भगवती कुमार काफ्लेले पुनरावेदन अदालतममा पुर्पक्षको लागि तारेखमा रहंदा नगद रु.५५,०००। (पचपन्न हजार) धरौटी राखेको र पुनरमावेदन अदालतको फैसला उपर पुनरावेदन गर्दा यस अदालतमा जेथाजमानी राखी पुनरावेदन गरेको देखिंदा यसै यसै अदालतको आदेशले रोक्का रहेको जग्गा फुकुवा गरी दिनु भनि सम्वन्धित कार्यालयमा लेखि पठाई उक्त धरौट रकम फिर्ता पाउँ भनि ऐनका म्यादभित्र दरखास्त दिन आए नियमानुसार फिर्ता दिनु भनि पुनरावेदन अदालत पाटनमा लेखि पठाइ दिनु ...........२

मिसिल नियमानुसार गरी वुझाई दिनु ..............३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति संवत् २०५६ साल जेष्ठ १२ गते रोज ४ शुभम् ...............।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु