निर्णय नं. ६७७० - वन फडानी ।

निर्णय नं. ६७७० ने.का.प. २०५६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री टोपवहादुर सिंह
सम्व्त २०५२ सालको फौ पु.न..... १२१५
सम्व्त २०५३ सालको फौ.पु.नं. ११९३
फैसला मिति : २०५५।८।१०।३
मुद्दा : वन फडानी ।
पुनरावेदक/वादी विदुर राउतको जाहेरी र गाइघाट इलाका वन कार्यालयको फिरादले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला उदयपुर जालपा चिलाउने गा.वि.स. वार्ड नं ४ वस्ने मदनवहादुर कार्की समेत
पुनरावेदक/प्रतिवादीः जिल्ला उदयपुर वोल्पा चिलाउने गा.वि.स वार्ड नं ४ वस्ने विष्णु वहादुर चौहान समेत
विरुद्ध
प्रत्यर्थी/वादी विदुर राउतको जाहेरी र गाइघाट इलाका वन कार्यालयको फिरादले श्री ५ को सरकार
§ घटनास्थलमा प्रतिवादीहरुले यति वन फंडानी गरे भनी काठ वरामद गरी वरामदी मुचुल्का समेतवाट प्रमाणित गर्न सकेको मिसिलवाट नदेखिएको र यिनै व्यक्रिहरुले रुख काटेका हुन भनी सर्जमिन समेतका कसैले भनेको नदेखिएको अवस्थामा केवल ठुटाका आधारमा विगो कायम गरी विगोमा ठहर गर्नु न्यायोचित नदेखिंदा ठुटालार्इ विगो कायम गरी सजाय गरी पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने ।
( प्र.नं.१४)
पुनरावेदक वादी तर्फवाट विद्वान उपसरकारी अधिवक्ता श्री शेखरचन्द्र अर्याल
प्रतयर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
फैसलाः
न्या. गोविन्दवहादुर श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. विष्णु बहादुर चौहान तथा मदन वहादुर कार्कीले चिलाउने गा.पं वार्ड नं ४ अन्तर्गत शाही खोलामा अवैध तरिकावाट वन सिमाना सारी अ १० विगाहा जमिनमा रहेका करिव १० लाख वरावरको रुख जगल काटी उठाई जग्गा आवाद र वसोवास गरेकोमा पटक पटक जाहेर गर्दा पनि वनका कर्मचारीले कारवाही नगरेमा हाम्रो छान माथि आक्रमण गरी लास गरी आफ्नो फाइदा लिने निज अभियुक्त माथि कडा कार्यवाही गरी पाउँ भन्ने तत्कालीन अन्चलाधीश कार्यालय राजविराजमा परेको उजूरी निवेदन ।
३. पूर्व भालुखोला पश्चिम लाटासाही दक्षिण नम्वरी उत्तर घना जंगल यति ४ किल्ला भित्र दुई विगाहा जंगल फडानी गरी वसेका छन भन्ने सुखवहादुर समेतका केहि र निज विष्णु वहादुर र मदन वहादुरले डालफाड गरेको होइनन् पहिला देखिनै आवाद थियो भन्ने विष्णु पौडेल समेतका ८ जनाको वयहोरा भएको सर्जमिन मुचुल्का ।
४. विष्णुवहादुर चौहान मदन वहादुर कार्की समेत उक्त चौहदी भित्रको जग्गामा हअ. ४ वगाही जंगल ढालफाड गरी ज.गल हानी नोक्सानी गरी वसेको देखिंदा कार्यवाही गरी पाउँ भन्ने इलाका वन सहायक शोभाकान्त चौधरीको राय सहितको प्रतिवेदन ।
५. मैले उल्लेखित वन जंगल ढाल फा.ड गरेको छैन । विगत २०३५।०३६ सालमा दुर्गा वहादुरले ढालफांड गरेकोमा २०४४।१०।१५ देखि म पनि करिव १५ कठ्ठा जग्गामा घर वनाई वसेको छु । लालवहादुर लामाले २ विगाहा वन जंगल लामाले १ विगाहा डुमजग लामाले १० कठ्ठा धिसिइ भन्ने नेवार खोलेले १–१०–० विगाहा समेत आवाद गरेका छन भन्ने विष्णु वहादुर चौहानको इलाका वन कार्यालयमा भएको वयान ।
६. संकलित भए सम्मका आधारवाट वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को (संशोघन) समेतको दफा ३(क) र (ख) वमोजिम कसूर गरेको हुँदा विगो वरामद नभएका हुँदा ठुठावाट क्यू फिट निकाल्दा २४३ फुट हुन आएको प्रति फुट २०। का दरले रु.४८६० विगो वमोजिम दण्ड रु.४८६० र ४ विगाहा जग्गा आवाद गरे तर्फ प्रति विगाहा रु.२००। ले हुने रु.८०० समेत १०, ५२०। विष्णुवहादुर चौहानवाट र लाल वहादुर लामाले दुई विगाहा आवाद गरेमा रु.४००। मा जग लामाले १ विगाहा आवाद गरेमा रु.२००। डुम जग १–१०–० आवाद गरेमा रु.३०० धिसिङ भन्ने नेवार खोलेले १–१०–० आवाद गरेमा रु.३००। तथा पक्राउ गरेका विष्णुवहादुरलार्इ रु.१०५०० र मदन कार्कीलाई रु.१०५२०। र जरिवाना रु.२०००। कैद १ वर्ष र पोलिएका व्यक्ति लालवहादुर लामालाई ४००। वमजग लामालाई रु.२००। डुमजग लालमालाई रु.३०० र घिसिङ भन्ने नेवार खोलेलाई ३०० जरिवाना रु.२००। दरले र कैद एक वर्ष जनही गरी दुर्गा वहादुर कटुवाललाई अधियुक्त सरह नै सजाय गरी पाउँ भन्ने फिराद दावी ।
७ दावीको जग्गा मालपोतमा दर्ता तर्फ कारवाही चलाएको छु । आउनुस वस्नुहोर भनी दुर्गा वहादुर कटुवालले भन्दा म संग रु.३०००। लिई वसाएका हुँदा मैले अ.१५ कठ्ठमा जग्गा पाई वसेकी हुं र पछि मात्र वन जंगल क्षेत्र भित्र रहेछ भन्ने थाहा पाएको हुँदा मलाई दावी सजाय हुने होइन निजले अन्य ६ घर भोटेहरुलाई पनि वसाएका छन । तसर्थ वन फडानी गर्ने प्रमुख व्यक्ति दुर्गावहादुर हुँदा निजलाई नै सजाय हुनुपर्दछ मैले वन फडानी गरेको होइन भन्ने प्रतिवादी विष्णुवहादुर चौहानले विशेष अदालतमा गरेको वयान ।
८. मैले विश्वनाथप्रसाद शाहवाट २०२७।११।२७ मा घरसारको लिखतवाट खरिद गरि लिएको साविक मौजे चिलाउने शाही खोलाको ०।१७।१२ जग्गा हाल २०२८ को नापीमा वार्८ नं४(ग) कि.नं ७ को १५–७–२ कायम भई नापी भएको जग्गा जोत कमोट गरी आएको छु । सो वाहेक अरु जग्गा मैले फडानी गरी आवाद गरेको समेत छैन भन्ने प्रतिवादी मदनवहादुर कार्कीले विशेष अदालतमा गरेको वयान ।
९. यसमा उदयपुर जिल्ला वन क्षेत्र सुदृढीकरण सम्वन्धी विशेष अदालत विघटन भई विशेष अदालत ऐन २०३१ को दफा १२ वमोजिम प्रस्तुत मुद्दा फौजदारी ठाडो दायरीमा दर्ता गरी पेश गर्नु भन्ने तत्कालनि सगरमाथा अंचल अदालत राजविराजको आदेश ।
१०. प्रतिवादी वमजंग लामा कालगतिले मरिसकेको भनी तामेल भएको अन्य प्रतिवादी लालवहादुर लामा र घिसिङ भन्ने नेवारे खोले म्याद गुजारी वसेका ।
११. यसमा भय आएको नक्साको न. नं ४,५,६ को एकै पल्टको जग्गा हो र वादी दावी वमोजिम ४–०–० जग्गाम नभई अं ०–१५–० जग्गामा वनमारा पन्छाई घर समेत वनाई भोगी चार्चि आएको ऐलानी जग्गा हो भन्ने प्रतिवादी विष्णु वहादुर चौहानको नक्सा जिरह भए तापनि उक्त नं.नं४,५,६ को ज्ग्गा एकै पल्ट जग्गा हो भनी स्वीकार गरी आएको समेत अवस्था नं.नं ४,५ र ६ को ज.वि. २।१७।१४ र सम्पूर्ण जग्गा निजले वन क्षेत्र भित्रको जग्गा आवाद गरी भोगी आएका पुष्टी हुन आएकोले निजले ०–१५–० जग्गा मात्र आवाद गरेको भन्न मिलेन तसर्थ वादी दावी बमोजिम प्रतिवादी मदन बहादुर कार्कीले न.नं. १ को ज.वि. ०–१०–० मात्र र प्रतिवादी मध्यका विष्णुवहादुर चौहानले नं.नं ४,५ र६ को .ज.वी २–१७–१४ समेत जग्गा ज.वि ३–८–४ वन क्षेत्र भित्रको जग्गा वादीदावी वमोजिम वन संरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ३(ख) विपरीत कसूर गरेको ठहर्छ । के कति काठ वरामद भएको थियो भन्ने वादीले वरामदी मुचुल्का समेतवाट प्रमाणित गर्न नसकेको अवस्थामा वरामद भएको ठुटाको आधारमा ऐ ऐनको दफा ९ को उपदफा १ को देहाय (क) को दावी पुग्न सक्दैन । अन्य प्रतिवादीहरुको हकमा भइआएको नक्सावाट वादी दावीको चौहदी भित्र जंगल ढाल फाड गरी वसोवास गरेको नदेखिदा निजहरुले वन क्षेत्रको जगगा आवाद गरेको प्रमाण देखिन्छ । निजहरुले वादी दावीवाट फुर्सद पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको फैसला ।
१२. प्रतिवादी मदनवहादुर कार्की र विष्णुवहादुर चौहानको हकमा अभियोग माग वमोजिम ठहर भई विगोको हकमा नभएकोले प्रमाणको मुल्यांकन गरी माग दावी वमोजिम विगो भराइनु पर्नेमा सो नभराएको र शुरु अभियोग माग दावीमा प्रतिवादी डुमाजगको हकमा समेत मागदावी लिइएकोमा निजको हकमा केही पनि नवोलेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ । प्रतिवादीहरुले वन जंगल ढालफाड गरी आवाद गरी वसेको भनी किटानी साथ सर्जमिनले लेखाइ दिएको र प्रतिवादी विष्णु वहादुर चौहानले अन्य प्रतिवादीहरुले समेत फडानी जग्गामा वसोवास गरेको भनी स्पष्ट रुपमा वयानमा लेखाई दिएकोमा अन्य प्रतिवादीहरुलाई सफाइ दिएको समेत त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतको फैसला वदर गरी शुरु अभियोग मागदावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत वयहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र।
१३. शुरु माग दावीमा समेत वन सरक्षण विशेष वयवस्था ऐन २०२४ को दफा ९(ख) को दावी नभएको अवस्थामा दावी भन्दा वाहिर गई गरेको फैसला त्रुटिपूर्ण छ । वन संरक्षण विशेष व्यवस्था ऐनको दफा ३(ख) को दावीवाट विवादित जग्गा नम्वरी ऐलानी के हो भनी ठहर गर्न नमिलनेमा नम्वरी ऐलानीको तेरो मेरो मुद्दा वन संरक्षण विशेष व्यवस्था ऐन अन्तर्गत सुनुवार्इ गरी बुझ्न पर्ने प्रमाण नवुझि वाध्यात्मक कार्य विधिकै त्रुटि गरी भएको फैसलामा त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको विष्णुवहादुर चौहान र मदनवहादुर कार्कीको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
१४. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फवाट उपस्थिमत विद्वान उप सरकारी अधिवक्ता श्री शेखरचन्द्र अर्यालले सर्जमिन मुचुल्का समेतवाट प्रतिवादीहरु मदनवहादुर कार्की र विष्णुवहादुर चौहान जंगल क्षेत्र भित्र फडानी गरी वसोवास गरेको पुष्टी भएको हुँदा जंगल काटेको ठुडाको आधारमा विगोको कायम गरी विगो भराउनु पर्नेमा विगोको हकमा ठहर नभएको र अन्य प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको र अन्य प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको पुनरावेदन आदलत राजविराजको फैसला त्रुटिपूण्र्मा हुँदा वदर गरी प्रतिवादहिरुलाई शुरु मागदावी वमोजिम सजाय गरिनु पर्छ भनी गर्नु भएको वहस समेत सुनि पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा यसमा प्रतिवादी विष्णु वहादुर चौहान समेतको वन संरक्षण्मा विशेष व्यवस्था ऐन, २०२४ (संशोधन) समेतको दफा ३(क) र (ख) वमोजिम कसूर गरेकोले निजहरुलाई सोही दफा ९(१)(क) वमोजिम घटनास्थलमा वरामद भएका ठुटालार्य क्यूफिट विगो कायम गरी विगो वरामद नभएकोले विगो वमोजिम दण्ड जरिवाना समेत गरिपाउँ भन्ने फिराद दावी देखिन्छ । प्रतिवादी विष्णुवहादुर चौहानले आफू शाही खोला वन जंगल भित्र २०४३ साल देखि ढालफाड गरी वसोवास गरेको र अन्य प्रतिवादीहरुले समेत वन क्षेत्र आवाद गरी वसोवास गरेका हुन भनी वयान गरेका छन् । सर्जमिनका सुख वहादुर कटुवाल समेतले प्रतिवादीले वन क्षेत्र भित्रको जग्गा ढालफाड गरी आवाद गरी वसेका छन भनी कागज गरी दिएका र भइआएको नक्सा मुचुल्का समेतवाट प्रतिवादी विष्णुवहादुर चौहान र मदनवहादुर कार्कीले वन सरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ३(ख) विपरीत कसुर गरेको र अन्य प्रतिवादीहरुले वन क्षेत्र भित्रको वन फडानी गरी जग्गा आवाद गरेको नक्सावाट नदेखिएको हुँदा अन्य प्रतिवादीले सफाइ पाउने ठहर्याएको एवं घटनास्थलमा प्रतिवादीहरु यो यति वन फडानी गरे भनी काठ वरामद गरी वरामदी मुचुल्का समेतवाट प्रमाणित गर्न सकेको मिसिलवाट नदेखिएको र यिनै व्यक्तिहरुले रुख काटेका हुन भनी सर्जमिन समेतका कसैले भनेको नदेखिएको अवस्थामा केवल ठुटाका आधारमा मात्र विगो कायम गरी विगोमा ठहर गर्नु न्यायोचित नदेखिदा ठुटालाई विगो कायम गरी सजाय गरी पाउ भन्ने दावी पुग्न नसक्ने ठहरयाएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिदा सरद हुने ठहर्छ । ठुटाको आधारमा विगो कायम गरी अन्य प्रतिवादीहरुलाई समेत फिराद मागदावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको र फिराद दावीवाट फुर्सद पाउँ भन्ने प्रतिवादी मदन वहादुर कार्की र विष्णु वहादुर चौहान समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनु । मिसिल नियमानुसार वुक्राई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. टोपवहादुर सिंह
इति सम्वत २०५५ साल मार्ग १० गते रोज ३ शुभम् ..................।