शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७७१ - मोही कायम

भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक: ८

निर्णय नं ६७७१           ने.का.प. २०५६            अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

सम्वत २०५५ सालको दे.पुनं ....४९१०

फैसला मिति : २०५६।१।६।२

मुद्दा : मोही कायम

पुनरावेदक/वादी : ललितपुर जिल्ला सुनाकोठी गा.वि.स. वमडा नं ९ वस्ने कान्छी खत्री

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उप महानगरपालीका वडमा नं .७ वस्ने गौतम मान चिपालु

§  भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम मोहियानी हक वुहारिमा सर्न नसक्ने हुँदा जोत लगत कट्टा गरिनु पर्छ भनी प्रतिवादी गोतममान चिपालुले जिकिर लिएको देखिन्छ । पुनरावेदक कान्छी खत्रीले मोहीहक कायम गरी पाउँ भनी भूमि सुधार कार्यालयमा निवेदन मिति २०५२।८।१३ मा दिएको देखिन्छ । तत्काल विद्यमान भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमार्इ आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजका पति, पत्नि वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने कानूनी व्यवस्था भएको यस स्थितिमा मोहि हक पुनरावेदक वादी कान्छी खत्रीको नाममा मोही कायम हुन नसक्ने हुँदा विवादित कि.न. २२६ को जग्गामा वादीको मोहियानी हक कायम हुने शुरु फैसला उल्टी हुने ठहरयाएको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ ।

(प्र.नं १२)

पुनरावेदक वादी तर्फवाटः×

प्रत्यर्थी प्रतिवादी तर्फवाटः×

अवलम्वित नजिर :×

फैसला

     न्या.गोविन्दवहादुर श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एव ठहर यस प्रकार छ :

      २.    जि.ल.पु सुनाकोठी गा.वि.स वडा नं ९(क) कि.नं २२६ को क्षेत्रफल ३– १२– २ –० जग्गा साविक नापी हुनु भन्दा अगाडि देखि मेरा ससुरा डम्वर वहादुर खत्रीले घर वनाई वसोवास गरी जग्गाधनीलाई वाली समेत वुझाई खनजोत गरी आएको स्ववासी घर जग्गा हो । ससुरा डम्वर वहादुरको मिति २०४१।१०।१ मा सासु मनमली खत्रीको २०४४।७।१७ मा र मेरा पति शिववहादुरको २०३०।२।८ मा आफ्नै काल गतिले परलोक भएको हुँदा उक्त कित्ता जग्गामा म हकवाला वुहारी वसोवास गरी वाली समेत धरौटी राखी आएको हुँदा उक्त जग्गाको मेरा नाउँमा मोही हकको प्रमाणपत्र पाउ भन्ने समेत व्यहोराको कान्छी खत्रीको भु.सु.का त.पु. मा परेको निवेदन पत्र ।

      ३.    निवेदक कान्छी खत्रीले निवेदनमा उललेखित जगगा जोती कमाई वसोवास समेत गरिआएको स्ववासी घर जग्गा भएको हुँदा मोही नामसारी गरी मोही हकको प्रमाणपत्र दिनु हुन सिफारिश साथ अनुरोध छ भन्ने समेत व्यहोराको गा.वि.स सुनाकोठी ल.पुको सिफारिश ।

      ४.    भु.स. ऐन २०२१ को दफा २६(१) अनुसार मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी प्रावधान रहेको छ । तसर्थ वुहारीको माहीको प्रमाणपत्र पाउने अवस्था छैन यसर्थ निजको जिकिर वदर भागी छ भन्ने समेत व्यहोराको गौतम मान चिपालुको निवेदन पत्र ।

      ५.    निवेदिका कान्छी खत्री मृतक मोहीको नजिकको हकदार छोरा वुहारी भएको र सोही जग्गामा रहेको घरमा वसोवास गरिआएको देखिदा सुनाकोठी गा.वि.स. वडमा नं ९(क) कि.नं २२६ को ३ –१२–२–० जग्गामा कान्छी खत्रीको मोहियानी हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको भू.सु.का ल.पु.को मिति २०५३।६।२५ को फैसला ।

      ६.    भु.सु.का.ल.पु.को फैसला कानून सम्मत नभएको हुँदा उक्त फैसला वदर गरी मेरो निवेदन पत्र तथा पुनरावेदन पत्र वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

      ७.    शुरु भु.सु.का. को फैसलामा व्याख्यात्मक प्रश्न समावेश भएको परिप्रेक्ष्यमा शुरुको फैसला विचारणीय हुँदा छलफलको लागि अ.वं २०२ नं तथा पुनरावेदन अदालत नियमावली,२०४८ वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५३।१०।१० को आदेश ।

      ८.    विवादित सुनाकोठी गा.वि.स वडामा नं ९(क) कि.नं २२६ को जग्गामा घर छ छैन । कच्ची पक्की समेत के हो । खुलार्इ सर्भे नापीको नक्सालाई समेत मध्यनजर गरी अ.व. १७१ नं वमोजिम नक्सा गरी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५४।४।२३ को आदेश ।

      ९.    उक्त मिति २०५४।४।२३ को आदेश वमोजिम मिति २०५४।६।९ मा भएको नक्सा तथा मुचुल्का समेत मिसिल संलग्न रहेछ ।

      १०.    यसमा भूमि सम्वन्धी ऐन २०२१ को दफा २६(१) मा मोहीले कमाइ आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजका पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था देखिन्छ । निवेदन दिदाँको तत्कालीन अवस्थामा मोहीपछि मोही हक वुहारीमा प्राप्त हुन सक्ने देखिदैन । तसर्थ मोही डम्वरवहादुर निजको पत्नी तथा छोरा समेतको मुत्यु भइसकेको यस स्थितिमा वुहारी कान्छी खत्रकिा नाममा मोहियानी हक कायम हुने ठहर्‍याएको शुरु भूमि सुधार कार्यालयको निणृय त्रुटिपूर्ण हुदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।

      ११.    विवादित जग्गा साविक नापी हुनु भन्दा अगाडि देखि मेरा ससुरा डम्वर वहादुर खत्रीले घर वनाई वसोवास गरी आएको स्ववासी घर जग्गा भएको र मेरा समसुरा डम्वर वहादुर खत्री परलोक भएको हुँदा उक्त विवादित कित्ता जग्गामा म पुनरावेदक हकवाला वुहारी वसोवास गरी जग्गाधनीलाई वाली समेत धरौट राखी मोहीको दायित्व पालन गरी आएको तथा परापूर्वकालदेखि वसोवास गरिआएको घर जग्गा भएको र मोही लगत कट्टा हुने जग्गा नभएकोमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिवन्धात्मक वाक्यांशको विश्लेषण नगरी गा्वि.सको किटानी सिफारिश तथा नक्सा सजृमिन मुचुल्का जस्ता प्रमाणलाई अवलम्वन गरी पक्षको माग दावीको तथ्यमा प्रवेश नगरी गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी शुरु भु.सु.का ललितपुरको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको वादकिो यस अदालतमा परेको पुनरावेदन पत्र ।

      १२.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा यसमा विवादित कि.नं २२६ को जग्गाको मोही डम्वरवहादुर खत्री र निजको श्रीमती र छोरा समेतको मृत्यु भइसकेको हुँदा डम्वर वहादुर खत्रीको हकदारले वुहारी भएको हुँदा मोही हक कायम गरी पाउँ भन्ने पुनरावेदक वादीले दावि लिएको देखिन्छ । भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम मोहियानी हक वुहारीमा सर्न नसक्ने हुँदा जोत लगत कट्टा गरिनु पर्छ भनी प्रतिवादी गोतममान चिपालुले जिकिर लिएको देखिन्छ । पुनरावेदक कान्छी खत्रीले मोहीहक कायम गरी पाउँ भनी भूमि सुधार कार्यालयमा निवेदन मिति  २०५२। ८।१३ मा दिएको देखिन्छ । तत्काल विद्यमान भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमार्इ आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजका पति, पत्नि वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने कानूनी व्यवस्था भएको यस स्थितिमा मोहि हक पुनरावेदक वादी कान्छी खत्रीको नाममा मोही कायम हुन नसक्ने हुँदा विवादित कि.नं २२६ को जग्गामा वादीको मोहियानी हक कायम हुने शुरु फैसला उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला पुग्न सक्दैन । मिसित नियमानुसार वुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. भैरवप्रसाद लम्साल

 

इति सम्वत २०५६ साल वैशाख ६ गते रोज २ शुभम..........।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु