शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६६९ - वकसपत्र वदर

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६६९                 ने.का.. २०५६             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

संवत् २०४९ सालको दे.पु.नं. ...४६२

फैसला मितिः २०५४।१०।२८।३

मुद्दाः वकसपत्र वदर ।

पुनरावेदक/प्रतिवादीः जि. सोलुखुम्बु सल्लेरी गा.वि.. वाड नं. ३ सल्लेरी घर भै हाल का..पा. वाड नं. ६ बौद्ध माहांकाल वस्ने रिन्जी शेर्पा

विरुद्ध

विपक्षी /वादीः का.जि. का..पा. वडा नं. ६ वौद्ध वस्ने किमा शेर्पिनी ।

§  वादी र प्रतिवादीहरु एकासगोल मै रहे भएको अवस्थामा आर्जन गरेको विवादीत घर जग्गा वादीको मन्जुरी वेगर प्रतिवादीले वकसपत्र वा वेचविखन गर्दा हकवालाको मन्जुरी लिनु पर्ने भनी शर्तनामा समेत गरेकोमा प्रतिवादीले  सो शर्तनामाको पालना नगरी वकसपत्र गरिदिएको पाइएकोले वादीको हक जतिको घर जग्गा वकसपत्र वदर हुने ।

                        (प्र.नं. ११)

पुनरावेदक तर्फबाटःX

विपक्षी तर्फबाटः X

अवलम्बित नजिरःX

फैसला

न्या. मोहनप्रसाद शर्माः पुनरावेदन अदालत, पाटन ललितपुरको फैसला उपर यस अदालतलमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

        .     उल्लेखित विपक्षीहरु मध्ये छप्पल शेर्पा मेरो लोग्ने हुनुहन्छ । विपक्षी पतिले यस भन्दा ३ वर्ष अगाडी अर्की श्रीमती विवाह गरी ल्याउनु भएकोले हामी सौतासौता मिलजुल गरी वस्न नसकेका हुनाले विपक्षी पतिले मलाई अंक पछि दिने गरी वहांका नाउँमा दर्ता भएको वौद्ध महांकालको एकतले ६ कोठा भएको घर मध्ये म किमा शेर्पिनीलाई दुई कोठा घरको वहाल दिन मन्जुर गरी महिना १ को रु ६००।–(छ सय) का दरले वर्ष १ को वहाल एकमुष्ट रु. ७२०००।– (सात हजार दुईसय ) रुपैँया दिई हाललाई उत्त वहाल लिई जीवन गुजारा चलाउन दिने र उक्त घरजग्गा पछि कुनै व्यहोराले  विक्रि वितरण गरेका अंशका दावी गर्न पाउने गरी मेरो उक्त घर जग्गामा अधिकार सुरक्षितै राखि लोग्नेले २०४४।२।१ गते मिलापत्र कागज गरि दिनु भएको र उक्त घर वहाल समेत दिन मन्जूर गरी कवुलियत कागज का..पा. वडा नं. ६ समितिमा गरी दिनु भएको थियो । यसरी उक्त मेरो अंश भाग समेत लाग्ने का.जि. का...पा. वडा नं. () कि.नं. १८३ को सिम जग्गा पूर्वमा नगेन्द्रनाथ रमेशनाथको जग्गा पश्चिममा दिल वहादुरको घर जग्गा, उत्तरमा तिनफुट चौडाईको गोरेटो वाटो दक्षिणमा नगेन्द्रनाथ र राजेन्द्रनाथको जग्गा यति ४ किल्ला भित्रको र क्षेत्रफल ०० मध्ये हाल कित्ता फोड गरी २०७ को क्षेत्रफल ०० जग्गा र सो जग्गामा बनेको आधा घर मात्र दक्षिण तर्फबाट भनी दक्षिणतर्फ जग्गाको मूल्य र रु १५०००।पन्द्र हजार र घरको मूल्य रु २२०००,– गरि जग्मा रु ३७२००।कायम गरि मेरा पति छप्पल शेर्पा दिने र रेन्जी शेर्पा र आङफुर्वा शेर्पा लिने भै मिति २०४४।२।१२ गते मातपोत कार्यालय काठमाडौमा हालै देखिको कक्सपत्र रजिष्ट्रेशन गरी लिनु दिनु गरेका रहेछन, मातपोत कार्यालयमा गै ०४४।९।३० मा नक्कल सारी लिए पछि थाहा हुन आयो । अतः उपरोक्त प्रकरणहरुमा उल्लेख भए अनुसार विपक्षीहरु कलुषित भावनाले प्ररित भै मेरो हक अधिकारलाई बंचित गराउने दुस्प्रयास लि मेरो अंश भाग लाग्ने जग्गा वक्सपत्र लिनु दिनु भएको हुँदा उक्त बक्सपत्र कागज मुलुकी ऐन दान दातव्यको १ नं. लेनदेन व्यवहारको १० नं. को प्रतिकुल भएको हुनाले अ.वं. ८२ नं. तथा दान दातव्यको ५ नं. बमोजिम फिराद गर्न आएकी छुँ । उक्त मिति २०४२।२।१२ को वक्सपत्र हामी तीन अंशियार हुँदा तीन भागको एक भाग वदर गरी विपक्षीहरुलाई हदैसम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराको किमा शेर्पिनीको फिराद ।

        .     वादी दावी सम्पूर्ण अध्ययन गरी हेर्दा विपक्षी वादीले २०४४।२।१२ को वक्सपत्र सम्बन्धमा फिरादको प्रकरण ३ नं. वक्सपत्रको नक्कल लिई हेर्दा ०४४।९।२९ मा थाहा पाई मात्र भन्नु भएको छ । उक्त वक्सपत्र वदर गरी पाउँ भन्ने निज विपक्षीको कुनै माग दावी छैन । विपक्षीको फिराद दावीनुसार २०४२।२।१२ गते मैले कुनै लिखत गरी दिएको छैन । जहाँसम्म वदर गरी  पाउँ भनी जिकिर लिएको वक्सपत्र छ सो वक्सपत्र दानबक्सको १ नं. को प्रतिकूल छैन । यसरी आफ्नो हक पुग्ने सम्पत्ति कसैलाई दानवकस गरी दिन पाउने मेरो कानूनी अधिकारलाई फिराद दावीले कुण्ठित गर्न सक्दैन । मैले वक्सपत्र गरी दिएको सम्पत्ति मेरो स्वआर्जनको हुँदा मैले विपक्षीलाई मन्जुरीको लिखत लिनु पर्ने अवस्था छैन । अंशवण्डाको १९ नं. ले सो वक्सपत्र दिन कानूनी रुपमा म अधिकृत छु । झुठा वादी दावीबाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको छप्पल शेर्पाको प्रतिउत्तरपत्र ।

        .     प्रतिवादी मध्येको छप्पल शेर्पा वादी किमा शेर्पिनीको पति हुनुहन्छ । यी दुई वादी प्रतिवादीहरु मध्येको रेन्जी शेर्पा  र आङफुवा शेर्पा हामी दुई जनाको मामा माइज्यू, नाता पर्ने र हामी प्रतिवादीहरुले प्रस्तुत वक्सपत्रको घरजग्गा मामा माइज्युबाट वक्सपत्र पाएको कुरा स्वतः सिद्ध छ । वकसपत्र गरी दिएको सम्पत्ति पैतृक नई छप्पल शेर्पाको निजी आर्जनको घर जग्गा हो भन्ने कुरा विवाद छैन । विपक्षीले ०४४।२।१ को कागज व्यहोराको हवाला दिदै आफ्ना हकको वारेमा उल्लेख गर्नु भएको पाईयो । सो कागजको व्यवहार हेर्दा पनि कसैलाई विक्रि गरि दिएमा हक दावी गर्न पाउने कुरा उल्लेख भएको रहेछ । प्रथमतः उक्त घरजग्गा हामी प्रतिवादीहरुले खरिद गरेको नभई बकस पाएको सम्पत्ति हो । अंशवण्डाको १९ नं. ले स्वआर्जनकर्ता छप्पल शेर्पाले आफू खुसी गर्न पाउने सम्पत्ति हुँदा हाम्रो लिखत सदर रहनु पर्ने कुरा प्रष्ट छ । झुठ्ठा फिराद दावी दिएमा वादीलाई नै संजाय गरी पाउँ भन्ने समेत व्यहोराको आङफुर्वा शेर्पा १, रिन्जी शेर्पा समेत २ जनाको संयुक्त प्रतिउत्तरपत्र ।

        .     मुलुकी ऐन अंशवण्डाको १९() मा मन परेका स्वास्नी छोरालाई दिन वाहेक आफ्नो पालामा आर्जेको चल अचल आफुखुश गर्नपाउने नै देखिन आएको र प्र. छप्पल शेर्पाले विवादित सम्पत्ति निजकै पालाको आर्जित देखिन आएकोले वादी दावी अनुसार बक्सपत्र लिखत वदर हुन सक्ने नहुँदा वादी दावी नपुग्ने ठहर्छ भन्ने काठमाडौ जिल्ला अदालतबाट मिति २०४५।१०।९।१ मा भएको फैसला ।

        .     काठमाडौ जिल्ला अदालतले वादी दावी नपुग्ने गरी मलाई हराई भएको फैसलामा चित्त वुझेन । विवादित कि.नं १८३ को ०० को जग्गा म समेत भै मेरो समेत मेहनत परिश्रमले कमाई गरी उक्त जग्गा खरिद गरी घर बनाएको र मिति ०४४।२।१ गते का... ६ वडा समिति मार्फत विपक्षी छप्पल शेर्पा स्वयंले कागज गर्नु भएको हुँदा यस्तो अवस्थामा विपक्षीले विक्री गरी दिन पाउने होइन, कानून प्रतिकूल गरेको फैसला वदर गरी पाउँ भन्ने समेत वादी किमा शेर्पिनीको तत्कालिन वागमती अन्चल अदालतमा परेको पुनरावेदन ।

        .     लिखत सदर गर्ने गरेको शुरु काठमाडै जिल्ला अदालतको फैसला  विचारणिय हुँदा छलफल निमित अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने तत्कालिन वागमति अन्चल अदालतको आदेश 

        .     आफू उपर सौता परि सकेपछि फिराद गरी अंश लिई भिन्न वस्न पर्ने अवस्था परेकी यी वादीको पालामा लोग्ने स्वास्नी एकै सगोलमा वस्दाको अवस्थामा आर्जन गरेको विवादित सम्पत्तिमा यस वादीको हक लाग्ने र वक्सपत्र वदर गरी माग्ने दावी कानूनसंगत नै देखिन आयो । विवादको सम्पत्तिको ३ भागको १ भाग वदर गरी माग्न फिराद गरेको भएपनि यसै लगाउको अंश मुद्दाको फैसलाबाट ४ भागको एक भाग अंश वादीले पाउने ठहरी फैसला भएको हुँदा विवादित मिति २०४४।११।२ मा लिनु दिनु भै ०४४।२।१२।३ मा बक्सपत्रको साविक कि.नं १८३ को किताकाँट भै हाल कि.नं २०७ को घर जग्गा पारित भएको मध्येबाट ४ खण्डको एक खण्ड मात्र वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटन ललितपुरबाट मिति २०४९। २।४।१ मा भएको फैसला ।

        .     हामीले वक्सपत्र गराई लिंदा दाता छप्पल शेर्पाले वक्सपत्रबाट विवादित जग्गा प्राप्त गर्नु भएको कुरा थाहा पाएपछि निजले आफूखुश गर्न पाउने सम्पत्ति म समेतले बक्स लिएको हुँ । दाताको श्रोतको लिखत अर्थात वक्सपत्र दाताको प्रतिउत्तरसाथ पेश नगरिएको तथा हामीले पनि तत्काल प्राप्त गर्न नसकी पेश गर्न नसकेतापनि दाता छप्पल शेर्पा तथा म समेतले प्रतिउत्तरमा छपल शेर्पाले आफ्नो पालामा निजी आर्जन गरेको सम्पत्ति भनी जिकिर गरेकोमा पुनरावेदन अदालतले हाम्रो त्यस जिकिरमा कुने दृष्टि दिएको छैन । पुनरावेदन अदालतले छपल शेर्पाको श्रोतको लिखत दाखिल गर्न लगाउन सक्नेमा सो पनि नगरी अन्यापुर्ण तवरबाट विवादित सम्पत्तिलाई वण्डा लाग्ने सम्पत्ति ठहर्‍याएको छ । हाल म पुनरावेदकले भरमग्दुर कोशिस गर्दा दाता छपल शेर्पाले प्राप्त गरेको मिति २०४१।१०।५ को वकसपत्रको प्रतिलिपि प्राप्त गरेको हुँदा यसैसाथ पेश गरेको छु । दाताले आफू खुस गर्न पाउने घर जग्गा म समेतले वक्सपत्र गराई लिएको हुँदा सो वक्सपत्र वदर नहुने गरी शरु काठमाडौ जिल्ला अदालतले गरेको फैसला उल्टी गरी ४ भागको १ भाग लिखत वदर हुने भनी पुनरावेदन अदालतले गरेको मिति २०४९।२।४ को फैसला उल्टी हुने हुँदा उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रिन्जी शेर्पाको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

        १०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको सम्पुर्ण मिसिल अध्ययन गरी पुनरावेदन अदालत पाटन ललितपुरवाट मिति २०४९।२।४।१ मा भएको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

        ११.    यसमा मेरो समेत अंश भाग लाग्ने का.जि.  का..पा. वडा नं. () कि.नं १८३ को क्षेत्रफल ०० मध्ये कित्ता फोड गरी कित्ता नम्बर २०७ र २०८ कायम भएको छ । कित्ता नम्बर २०७ को क्षेत्रफल ०० जग्गा  र सो जग्गामा बनेको आधा घरको दक्षिणतर्फबाट रु ३७,२००।मूल्य कायम गरी विपक्षि छप्पल शेर्पा दिने एबं रिन्जी शेर्पा र आङफुर्वा शेर्पा लिने भै ०४४।२।१२ मालपोत कार्यालय काठमाडौबाट हालै देखिको  भागको भन्‍ने बक्सपत्र पास गरेको हुँदा विवादित जग्गा मध्ये मेरो ३ भागको १ भाग बदर गरी पाउँ भन्ने मुख्य फिराद दावी । मिति ०४४।२।१२ मा मैले कुनै कागज गरेको छैन । वादीले बदर गरी पाउँ भनेको बकसपत्र दान बकसको १ नं. को प्रतिकूल छैन । स्वआर्जनको आफ्नो सम्पत्ति वक्स गर्दा विपक्षीको मन्जुरी लिनु पर्ने नभै अशंवण्डाको १९ नं. ले बक्सपत्र दिन कानूनी रुपमा मिल्ने नै हुँदा विपक्षीको फिराद खारेज हुनु पर्दछ भन्ने मुख्य प्रतिउत्तर जिकिर भएको पाइन्छ । प्रस्तुत मुद्दामा विवादित सम्पत्ति प्रतिवादीकै पालामा आर्जन गरेको देखिन आएकोले वादी दावी अनुसार लिखत वदर हुन सक्दैन भनी शुरु काठमाडौ जिल्ला अदालतलतबाट फैसला भएको रहेछ । सो फैसला उपर वादीको २०४७।२।११।६ मा तत्कालिन वागमती अन्चल अदालतमा पुनरावेदन परेको पाइन्छ । तत्कालीन वागमति अंचल अदालतमा दायर भएको सो मुद्दा पुनरावेदन अदालत पाटन ललितपुरमा सरी पुनरावेदन अदालतल पाटनबाट मिति ०४९।२।४।१ मा फैसला हुँदा ४ खण्डको १ खण्ड मात्र वादीको हक लाग्ने भै सोही हकसम्म शुरु काठमाडौ जिल्ला अदालतको फैसला वदर हुने ठहर गरी फैसला भएकोले सो फैसला उपर प्रतिवादी रिन्जी शेर्पाको यस अदालतमा पुनरावेदन परेको देखिन्छ । अव पुनरावेदन सहितको सम्पुर्ण मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा वादी किमा शेर्पिनी र प्रतिवादी मध्येका छप्पल शेर्पा लोग्ने स्वास्नी भएको भन्ने कुरामा विवाद देखिदैन । विवादको सम्पत्ति वादी प्रतिवादी एकासंगोलमा रहे भएको अवस्थामा आर्जन गरेका पाइन्छ । विवादित कि.नं १८३ को जग्गा रोपनी ०० जग्गा र सो मा रहेको घर समेत प्रतिवादी छप्पल शेर्पाकै नामामा रहेको कुरामा दुवै पक्षको मुख मिलेकै देखिएको छ । प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड () मा एकाघर सगोलमा रहेका अंशियार मध्ये जो सुकैको नाममा रहेको सम्पत्ति पनि संगोलको सबै अंशियारको वरावर हक लाग्ने सम्पत्ति हो भनी अनुमान गर्नै कानूनी व्यवस्था भएको पाइन्छ । त्यस्तो विवादित सम्पत्ति लोग्नेले आफ्नो पालामा आर्जन गरेको मानी लोग्नेलाई आफूखुशी रुपमा अन्य व्यक्तिलाई वक्सपत्र गर्न दिने हो भने एकाघर सगोलमा रहेका स्वास्नीको सो सम्पत्तिमा हक अधिकार नै नरहने स्थितिको सृजना हुन जाने देखिन्छ । अर्कोकुरा प्रतिवादी छप्पल शेर्पाले २०४४।२।१ मा गरी दिएको शर्तनामा कागज हेरिँदा पनि  विवादित घर जग्गा वेचविखन गर्नु पर्दा हक पुग्ने हकवालाको मन्जुरी लिनेछु भनी स्वीकार गरी कागज गरेको स्थिति देखिन्छ । तर प्रतिवादी छप्पल शेर्पाले विवादित जग्गा वक्सपत्र गर्दा वादीको मन्जुरी लिएको तथा सो मन्जुरी लिन नसकेको कारण उल्लेख गर्न सकेको पाइदैन तसर्थः यी वादी र प्रतिवादीहरु एकासगोल भै रहे भएको अवस्थामा आर्जन गरेको विवादित घर जग्गा वादीको मन्जुरी वेगर प्रतिवादीले वक्सपत्र वा वेच विखन गर्दा हकवालाको मन्जुरी लिनु पर्ने भनी शर्तनामा समेत गरेकोमा प्रतिवादीले सो शर्तनामाको पालना नगरी वक्सपत्र गरि दिएको पाइएकाले वादीको हक जतिको घर जग्गा बक्सपत्र वदर हुने ठहर्छ । जहाँसम्म वादीले ३ खण्डको १ खण्ड विवादित घरजग्गाको  वक्सपत्र वदर गरी  पाउँ भनी भनेको छ । सो सम्बन्धमा विचार गर्दा यसै लगाउको पुनरावेदन यिनै विपक्षी छप्पल शेर्पा समेत र विपक्षी यिनै वादी किमा शेर्पिनी भएको अंश चलन मुद्दामा अंश पाउने ४ अंशियार देखिई वादी किमा शेर्पिानिले ४ खण्डको १ खण्ड मात्र अंश पाउने ठहर गरी मिति २०४९।२।४।१ मा पुनरावदेन अदालत, पाटनबाट फैसला भै रहेको देखियो । साथै प्रस्तुत वक्सपत्र वदर सम्बन्धी मुद्दामा पुनरावेदन अदालतको ०४९।२।४ को फैसला उपर छ्प्पल शेर्पा पुनरावेदक र विपक्षी यिनै वादी किमा शेर्पा भै यस अदालतलमा दायर भएको दे.पु.नं. ५४७ को बकसपत्र वदर मुद्दामा पनि विवादित घर जग्गाको ४ भागको १ भाग किमा शेर्पिनिको हकको घर जग्गाको बक्सपत्र वदर हुने ठहर्छ भनी मिति २०५३।९।२।३ मा यसै अदालतको संयुक्त इजलासबाट फैसला समेत भै सकेको देखिएको परिप्रक्ष्यमा प्रस्तुत मुद्दामा समेत सो आधार तथा कारणबाट पुनरावेदन अदालत पाटनबाट मिति ०४९।२।४।१ मा भएको फैसला मनासिव ठहर्छ । पुनरावेदन रिन्जी शेर्पाको पुनरावेदक जिकीर, पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिप्रसाद शर्मा

 

इति संवत् २०५४ साल माघ २८ गते रोज ३ शुभम् .....

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु