शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६७० - दर्ता वदर दर्ता कायम

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६७०                 ने.का.प २०५६             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

संम्बत २०५३ सालको दे.पु.नं. ...३२७३

फैसला मितिः २०५५।४।२१।५

मुद्दाः दर्ता वदर दर्ता कायम ।

पुनरावेदक / वादीः अलिजानको छोरा जि. सुनसरी हरीनगरा गा.वि.. वडा नं. १ मा बस्ने रफिक मियां ।

 

विरुद्ध

प्रत्यर्थी/ प्रतिवादीः इस्माइलको पत्नी नरसिंह गा.वि.. वाडा नं. ४ वस्ने फरवुधनी  मियांनी समेत ।

 

§  यो यति कारणबाट अ.वं. ८६ नं. बमोजिम नालिस लाग्छ, फिराद खारेज गरेको मिलेन भन्ने मनासिव आधार तथा प्रमाण पुनरावदेन पत्र तथा वहसमा समेत प्रस्तुत हुन आएन । दुई पक्ष विपक्ष नभई एकै पक्षको निवेदनबाट  भएको निर्णयको तेश्रो व्यक्तिको हक हितमा असर नपरेको अवस्थामा अ.वं. ८६ नं. अकार्षित नहुने हँदा वादीको फिराद दावी खारेज हुने ठहराएको पुनरावेदन अदालत विराटनगरेको ०५२।७।२० को फैसला मिलेकै देखिँदा सदर हुने ।

                (प्र.नं. )

पुनरावदेक वादी तर्फबाटः विद्धान अधिवक्ता श्री पुस्कर प्रसाद गजुरेल

विपक्षी तर्फवाटःx

अवलम्वित नजिरःx

फैसला

        न्या.लक्ष्मणप्रसाद अर्यालः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

        . जि. सुनसरी साविक वेलि मौजा मौकाहाको जिमिदार मैया कमल कुमारीको जिमिदारी भित्र पर्ने रैति नम्वर १३९ को लेखिएको कि.नं. ११४३ र ११४४ को जग्गा मेरो स्व. पति अलिजान मियांका नाउंमा दर्ता भै साविक कि.नं. ११५४ समेत जग्गा विगाहा १०१६० सबै परिवारले भोग गरी आएका थियौं । सोही जग्गाको पलटबाट ३१४७ जग्गा पैनीको दक्षिण उत्तर पट्टि राजिमानामा विक्रि गरी सालसालै मातपोत बुझाई २०२२ सालमा भु.सु.लागु हुँदा ७ नं. फाटवारी भरी वावुको नामबाट दाखिला गरी २०२६ सालमा नापी हुँदा वालुवा वगि राखेको भएपनि पानी वग्ने वाहेक सवै भोगी आएको जग्गालाई आयोगबाट दर्ता गर्न नमिल्नेमा मलाई वुझ्दै नवुझि भोकाहा गा.पं. वडा नं. () कि.नं. १६७ इनुसका नाउँमा पश्चिम तर्फवाट कित्ताफोड गरी सर्वे कि.नं. १६८ गरी ८११० जग्गा फट वुधनी मियाइनी नाउँका ०४६।२।२६ मा विपक्षीहरुले उच्चस्तरीय आयोगबाट पुर्जा लिई यो जग्गा मेरो परिवारको नाउँमा पुर्जा पाएको छ, तपाईहरुको हुदैन भनी ०४६।३।९ मा भनी उच्चस्तरीय आयोगमा ०४६।४।२५ मा वुझ्दा सर्जमीन समेत गुपचुप राखि एकाको जग्गा अर्काको नाममा दर्ता गराएकोले पुर्जा पाएका मितिले १२० दिनभित्र उजुर गर्ने म्याद गुज्रेकोले हु.प्र. बमोजिम थमाई विपक्षी हरुको नाउँमा भएका दर्ता वदर गरी मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

        .     जि. सुनसरी भोक्राहा गा.पं. वडा नं. () कि.नं. २६ को जग्गा हाम्रा पिता पति इस्माइलले कोशी अन्चंलाधीश कार्यलयमा साविक नम्वरी जग्गा दर्ता गरी  पाउँ भनी निवदेन दिंदा मालपोत कार्यालय सुनसरीले नरिस गा.पं. लाई पत्र पठाई उक्त जग्गा कस्को भोग चलन मा छ भनी सर्जमीन हँदा हाम्रा पति पिता इस्माइल को भोगमा छ भनी सर्जमीन भएको हुँदा आयोगको निर्णय बमोजिम जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेको हो । प्र. मध्येका म इनुसका नाममा दर्ता रहेको जि. सु. नरसिं गा.पं.. वडा नं. ८ कि.नं. १६७ को ज.वि. ९ भोक्राहा गा.वि.. वडा नं. () कि.नं २६ हाम्रो पिताको भोग चलनमा रहेको जग्गा वन सुदृढिकरण उच्चस्तरीय आयोगबाट मोल रु २१३३।७५ तिरी आयोगको सर्भे बमोजिम घरवास वनाई आएको छु र प्र. मध्येका म फरवुधनी खातुनका नाममा दर्ता रहेको जि. सुन्सरी नरसिं गा.वि.. वडा नं. ४ कि.नं. १६८ को ज.वि. ११ को मोल रु ६७१।२५ तिरो तिरी आयोगको नापि बमोजिम भोग चलन गरी आएको हुँदा वादी दावीबाट अलग गरी पाउँ भन्ने समेत व्यहोराको फर वुधनी मियाइनी, इनुस मियाको संयुक्त प्रतिउत्तरपत्र ।

        .     यसमा विपक्षहरु दुई थरी वादी प्रतिवादी भै मुद्दा परी मोरङ सुनसरी वनक्षेत्र सुदृढीकरण उच्च स्तरीय आयोगबाट फैसला डिसमिस, मिलापत्र वा खारेज गरेको नभै यी प्रतिवादीहरुको निवदेनबाट कारवाही भै विवादको जग्गा प्रतिवादीहरुका नाउँमा दर्ता गरी मोल समेत खुलाइएको जग्गाधनी दर्ता प्रमाणपुर्जा दिइएको देखिन्छ । यसबाट वादीको हकमा असर पर्न गएको भनी अर्थ गर्न समेत मिल्ने देखिएन । आफ्ना हकको जग्गा अर्काले दर्ता गरे उपर दर्ता वदरमा अदालतमा नालेस गर्नु सक्नेमा मुद्दा कै हारजित फैसला वा मिलापत्र डिसमिस खारेजीको रुपमा उक्त जग्गा दर्तालाई मानी अ.वं. ८६ नं. अन्तर्गत उसै निकायमा फिराद दिएकालाई कानून अनुरुप भयो  भन्न समेत मिल्ने देखिएन । तसर्थ अ.वं. ८६ नं. आकर्षित हुनै नसक्नेमा सोलाई अंगाली दायर गरेको प्रस्तुत फिरादको तथ्य भित्र प्रवेश गरी न्याय निरोपण गर्न मिलेन । सो नमिल्नाले वादी दावि खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत विराटनगरेको  फैसला ।

        .     मलाई थाहा पत्तै नदिई मेरो जग्गा दर्ता गराएमा र सो सम्बन्धमा मैले उजुर गर्न पाउने मेरो हकदैया कानून बमोजिम दायर गरेको फिराद खारेज हुने ठहराएको उक्त फैसला न्यायोचित नहुँदा वदर गरी फिराद दावि बमोजिम दर्ता वदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

        .     नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पुस्कर प्रसाद गजुरेलले वादीका स्व. पतिका नाउंमा साविकमा दर्ता रहेको जग्गा प्रतिवादीहरुले दर्ता गरे पछि सो दर्ता वदर गराउने हक वादीको हो । सो वमोजिम दायर गरेका फिरादमा कानून बमोजिम न्यायिक निरोपण गर्नु पर्नेमा खारेज गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला वदर हुनु पर्छ भनी इजलास समक्ष वहस प्रस्तुत गर्नु भयो ।

        .     पुनरावेदन अदालतको उपरोक्त फैसला मिलेको छ, छैन भनी निर्णय गर्न पर्ने देखिन आयो । साविकमा स्व. पतिका नाउँमा दर्ता रहेको जग्गा प्रतिवादीहरुका नाउँमा दर्ता गरेकोले अ.वं. ८६ नं. बमोजिम उक्त दर्ता वदर गरी पाउँ भन्ने समेत फिराद भएकोमा वन सुदृढिकरण उच्च स्तरीय आयोगको निर्णय बमोजिम सोही आयोगमा तिरो तिरी भोग चलन गरी  आएको हुँदा दर्ता वदर हुनु पर्ने होइन भन्ने जिकिर रहेको पाइन्छ । जि. सुनसरी भोक्राहा गा.पं. वडा नं.() कि.नं २६ को कित्ता फोड भै जि. सुनसरी नरसिं गा.पं. वडा नं. ८ कि.नं. १६७, १६८ को जग्गा दर्ता गरी पाउँ भनी प्रतिवादीहरुको वन सृदृढिकरण उच्चस्तरीय आयोगमा निवेदन परी स्थानीय गा.वि.. को सिफारिश तथा सर्जमीनको आधारमा प्रविादीहरुको नाउँमा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा समेत उपलव्ध गराएको देखिन्छ । सोही दर्ता वदर गरी पाउँ भनी  यि  वादीले अ.वं. ८६ नं. बमोजिम नालेश गरेकोमा दुई पक्ष विपक्ष नभई एक पक्षको निवेदनको आधारमा गरेको निर्णय उपर अ.वं. ८६ नं.  बमोजिम नालेश लाग्न सक्ने हुँदा फिराद दावि खारेज हुने ठहरी पुनरावदेन अदालतबाट फैसला भएको देखिन्छ । यो  यति  कारणबाट फैसला भएको देखिन्छ । यो यति कारणबाट अ.वं. ८६ नं. बमोजिम नालेस लाग्छ, फिराद खारेज गरेको मिलेन भन्ने मनासिव आधार तथा प्रमाण पुनरावदेन पत्र तथा वहसमा समेत प्रस्तुत हुन आएन । दुई पक्ष विपक्ष नभई एकै पक्षको निवदेनबाट भएको निर्णयले तेश्रो व्यक्तिको हक हितमा असर नपरेको अवस्थामा अ.वं. ८६ नं. आकर्षित नहुने हूँदा वादीको फिराद दावी खारेज हुने ठहराएको पुनरावेदन अदालत विराटनगरेको ०५२।७।२० को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छ ।

 

न्या. कृष्ण कुमार वर्मा

 

इति संवत् २०५५ साल श्रावण २१ गते रोज ५ शुभम् .........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु