शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६७१ - हक कायम चलन

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६७१                   ने.का.. २०५३            अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

मानीय न्यायाधीश श्री दिलिप कुमार पौडेल

संम्वत २०५२ सालको स. .दे.नं. ...२५५२

फैसला मितिः २०५५।१०।११।२

 

मुद्दाः हक कायम चलन ।

पुनरावेदक/ प्रतिवादीः जिल्ला मकवानपुर हटिया गा.वि.. वडा नं. ७ को हाल वडा नं. १ ठूलो दमार वस्ने वर्ष ७० को ज्ञान बहादुर वस्नेत क्षत्री समेत ।

विरुद्ध ।

विपक्षी/ वादीः ल.पु.जि. .उप. ..पा. वडा नं.   कुपण्डोल वस्ने वर्ष ५४ की चम्पा खड्का ।

        संवत् २०४८ सालको दे.पु.नं. १७२३ को मुद्दा संयुक्त इजलासबाटै हरी किनारा गरेको तर सोही लगाउको प्रस्तुत वादी चम्पा देवी प्रतिवादी ज्ञान बहादुर वस्नेत क्षत्री समेत भएको हक कायम चलन मुद्दामा नारायणी अंचल अदालतको मिति २०४५।५।२७ गतेको फैसला वदर गरी एक न्यायाधीशको इजलाशबाट हेर्ने भनी आदेश गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।२।२५ गतेको फैसला नमिलेकोले वदर हुने ।

                                                                        (प्र.नं. २०)

 पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ

विपक्षी वादीको तर्फबाटः विद्वान अधिवक्तद्वय श्री प्रकाश वस्ती र श्री वालकृष्ण न्यौपाने

अवलम्बित नजिरः

फैसला

        न्या. केदारनाथ उपाध्यायः पुनरावदेन अदालत हेटौडाबाट मिति २०५२।२।२५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको पुस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।

        .     मेरो दाता साविक जिम्दार नन्दलाल श्रेष्ठले जिल्ला मकवानपुर मौजे हर्नामाडी वस्ने वखत वहादुर वानियालाई रु २०५५ मा मिति २०१०।१।२६ मा भोग बन्धकी दिएको जिल्ला मकवानपुर माल तालुकको २ नं. खे. मौजे हर्नामाडीको सोह्रै आना जोत जिरायत सहित जिम्दारी मैले २०२१।२।५ मा रजिष्ट्रेशन पास गरी लिई सो अनुसारको वहाल समेत माल अड्डाबाट मलाई प्राप्त भई सो जोत जिरायत समेत जिम्दारीको राजश्व मालपोत मैले तिरी वुझाई मेरो भोग चलनमा रही आएको जोत जिरायत समेतको मेरो जिम्दारी हकको जग्गा हो । त्यस्तै जिम्दारी भित्रको जोत जिरायत जग्गाको सम्बन्धमा भूमिसुधार ऐन, २०२१ को परिच्छेद २ को दफा ३ को प्रतिवन्धात्मक वाक्यांशले जिम्दारको नाममा जग्गावालाको  हैसियतमा नम्वरी दर्ता हुने कानूनी व्यवस्था अनुसार मेरो हकको त्यस्तो जिरायत जग्गा मध्ये जग्गा विगाहा ३१८० जग्गा विपक्षी मध्येका नर वहादुर खतिवाडाले मोहियानी भनी दावी लिई चलाएको अदालती कारवाहीको परिणाम स्वरुप रिट क्षेत्रबाट श्री सर्वोच्च अदालतले निज विपक्षी नरवहादुरको मोही हक नलाग्ने भनी मिति २०२५।५।१८ मा अन्तिम निर्णय आदेश भई जोतपोत हुने हक मेरो हुन आएको जग्गा र अरु मेरो जिरायत जग्गा समेत उक्त विपक्षी र अन्य निम्न लेखिएका विपक्षी र अन्य समेतको निजहरुको कानून तहको जग्गामा हक प्राप्त गर्ने कुनै लिखितको अभाव हुँदाहुँदै भनी मेरो जिम्दारी जिरायतको जग्गालाई आफ्नो स्वइच्छा अनुसार पर्ति जग्गाको संज्ञा दिँदै जिल्ला मकवानपुर गा.पं. हटियाको निम्न लेखिएको वडा नं. २ तथा कि.नं २ क्षेत्रफल भनी मेरो असमानता लेखाउने देखाउने कार्य गर्नु भएछ । सो कुराको विरोध गर्दै मैले मकवानपुर स्थित ६ नं. नापी गोश्वरामा उजूर दिंदा सो उजूरको सिलसिलामा कारवाही गर्दै लगी मिति २०३३।११।२७ मा तेरो मेरो तर्फ मकवानपुर विशेष अदालतमा नालेश गर्न जानी भनी मेरो नाममा सूचना गरिएको र मिति २०३३।१२।२० मा सो जग्गाहरुमा किसानी काममा विपक्षीहरुले मलाई प्रवेश गर्न हटक गरेकोले  फिराद पत्र गर्न आएको छु ।

 

विपक्षीको नाम            वडा   कित्ता क्षेत्रफल      विगाह

                        नं.     नं.            

()                         २६   

.नर बहादुर खतिवडा                           

                         २७          

.                          ३६१   १५१०   

.                          ३६२  १४    

. . ज्ञान व. बस्नेत         ३४६  /          

.                          ३४७        

.                          ३४८  १२     

.                          ३४९  १३१८   

.. टंकप्रसाद पराजुली       ३५१  १९/

.                         ३५२  १४

.                          ३५५

. . दिल ब. श्रेष्ठ                      ३५३ 

.                          ३४५ 

.                          ३५८ 

.                          ३५९ 

.                          ३६०  १७

 

        .     उक्त प्रकरण २()()()() मा लेखिएको प्रचलित मोल नर वहादुर तर्फको रु३००।–, ज्ञान वहादुर तर्फको रु ३५०।, दिल वहादुरको तर्फबाट रु २३५। र टंक प्रसाद तर्फको रु २००। पर्ने उक्त कित्ता नं. को क्षेत्रफल भएको जग्गामा मेरो हक कायम गरी अदालतबाटै चलन चलाई पाउँ भन्ने फिराद दावी ।

        .     दावीको जग्गा जिरायतको नभई मेरो पर दाता गुथुरे सार्कीले ०१०।११ सालदेखि आवाद गुल्जार गरी आई निजैबाट बीर बहादुर पहेले सार्कीले छोडपत्र गरी हक छुटाई लिनु भई कमाई आएकोमा अं. -११-० जग्गा २०३०।१०।२ मा वीर बहादुरले मलाई छोडपत्र गरी दिनु भएकोले उक्त मितिदेखि एकलौटी भोग चलन गरी आएको छु । कि.नं ३५१, ३५२, ३५५ मा वादीको हक पुग्ने होइन भन्ने प्रतिवादी टंक प्रसादको प्रतिउत्तर ।

        .     दावीको जग्गा मैले आफैले ढालफाट गरी आवाद गुल्जार गरी आएको र सर्भे नापीमा कि.नं ३४६,३४७, ३४८, ३४९, ३५० मा नापी भई  जम्मा जग्गा ११६ ऐलानी स्वरुप मैले परम्परादेखि भोग चलन गर्दै आएको छु । उक्त जग्गा विपक्षीको होइन । दावी बमोजिम हक कायम हुनु पर्ने  होइन, चलन समेत पाउनु पर्ने होइन । अंवं ८२ नं. ले विपक्षीलाई फिराद गर्नेलाई हकदैया नै नभएकोले प्रस्तुत फिराद खारेज गरी  पाउँ भन्ने ज्ञान वहादुर क्षेत्रीको प्रतिउत्तर

        .     प्रतिवादी नर वहादुर खतिवडा प्रतिवादी दिल बहादुर श्रेष्ठ समेतका नाममा मिति २०३७।६।१६ मा तामेल भएकोमा शुरु तामेली म्यादै गुजारी वसेको ।

.     तत्काल प्रचलित ज.मि को १८ नं. ले २ वर्षभित्र नालेश गर्नु पर्नेमा सो हदम्याद नघाई २०३४।२।२३ मा मात्र फिराद पत्र दायर गरेको देखियो । यी वाहेक विभिन्न प्रतिवादीहरुले विभिन्न कित्ताको जग्गा आफ्नो नाममा नापी गराएको भउपछि अ.वं. ७२ नं. वमोजिम वेग्लावेग्दै नालेश गर्नु पर्नेमा सो वमोजिम नगरी सम्पूर्ण प्रतिवादीहरु उपर एउटै फिराद गरेकोबाट प्रस्तुत मुद्दामा इन्साफ गर्न नमिलेकोले अ.वं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने मिति २०३७।९।९ को तत्कालीन नारायणी अंचल अदालतको फैसला ।

.     यसमा सो फैसलामा चित्त बुझेन फिराद दावी बमोजिम गरी नाउ भन्ने समेत व्यहोराको वादीको पुनरावदेन पत्र ।

        .     यसमा अ.. १८० नं. र अ.वं. ७० नं. लगाई खारेज गर्ने गरेको ना.अं.अ को फैसला गल्ती देखिँदा वदर गरी दिएको छ, पुनरावदेकको फिराद दावीमा जो वुझ्नु पर्छ वुझि कानून बमोजिम कारवाही किनारा गर्नु भनी तारेखमा रहेका दुवै पक्षलाई तारेख तोकी मिसिल नारायणी अंचल अदालतमा पठाई दिने ठहर्छ भन्ने २०३९।२।२ को तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

        १०.    यसमा म.क्षे.. को २०३९।२।२ को फैसला बमोजिम प्रस्तुत मुद्दाको दावी विषयमा इन्साफ गर्नु पर्ने हुँदा फिरादको प्रमाण खण्डमा उल्लेख भएको मकवानपुर मालमा रहेको २ नं. हर्नामाडी मौजाको २००० सालको जम्मा बढी मोल लगतको हाल साविकको श्रेस्ता उतार र निवेदीका यी वादी विपक्षी नर वहादुर भएको रिट निवेदन विषय श्री सर्वोच्च अदालतबाट २०२५।५।१८ मा मोहियानी दावी विषय रिट मुद्दाको कारवाहीको मिसिल समेत सम्बन्धित कार्यालय वा अदालतबाट झिकाउनु र वादी प्रतिवादीको राजिनामा तथा छोडपत्र कागजात सक्कलै वादी प्रतिवादीवाट दाखिला गराई मिसिल समेत रहेको क्षेत्रीय किताव उतार बमोजिमको कित्ताहरु सर्भे नापी हुँदा श्री ६ नं. नापी गोश्वाराको मिति २०३३।११।१८ गतेको पर्चा सहितको मिसिलहरु समेत नापी गोश्वाराबाट झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०४०।४ ३१ गतेको तत्कालीन नारायणी अंचल अदालतको आदेश ।

        ११.    यसमा यै जरिया जिमदारी जिरायतको यसै सम्बन्धिको मुद्दा म.क्षे.. बाट किनारा भई आएपछि जगाउने गरी हाललाई प्रस्तुत मुद्दा अ.वं. १२ नं. बमोजिम मुल्तवी राखी दिनु भन्ने २०४०।१२।२३ को तत्कालिन नारायणी अंचल अदालतको आदेश ।

        १२.    यसमा यै जरिया जिमदारी जिरायतको यसै सम्बन्धीमो मुद्दा म.क्षे.. बाट किनारा भई आएपछि जगाउने गरी हाललाई प्रस्तुत मुद्दा अ.वं १२ नं. बमोजिम मुल्तवी राखी दिनु भन्ने २०४०।१२।२३ को तत्कालीन नारायणी अंचल अदालतको आदेश ।

१२.    यसमा यसै जरियाको जिमदारी जिरायतको यसै मुद्दाको लगाउने मुद्दामा भक्त वहादुर विष्टको पुनरावेदन परी दायर भएको देखिँदा प्रस्तुत मुद्दा मुल्तवीवाट जगाई दिएको छ नियमानुसार पेश गर्नु भन्ने मिति २०४३।५।२० को तत्कालीन नारायणी अंचल अदालतको आदेश ।

        १३.    प्रतिवादीहरुले नापी गराएको जग्गाहरुमा हक कायम गरी चलन चलाई पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेतको नारायणी अंचल अदालतको  २०४५।५।२७।२ को फैसला ।

        १४.    हक कायम गरी  चलन चलाई पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने२०४५।५।२७ गतेको तत्कालिन नारायणी अंचल अदालतको फैसलामा चित्त नवुझेकोले अ.वं १८४() , १८५ नं. प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को विपरित उक्त नारायणी अंचल अदालतको फैसला वदर भागी भएको हुँदा वदर गरी फिराद दावी बमोजिम हक इन्साफ गरी पाउँ भन्ने समेत तत्कालिन मध्यमाञ्चल क्षेत्रीय अदालतलमा वादीको पुनरावदेन ।

        १५. प्रतिवादी मध्येका नर वहादुरको नाममा नापी दर्ता भएको वादी दावी बमोजिम भएको जग्गा यिनै पुनरावेदक वादी चम्पा खडकालाई जग्गाधनी देखाई प्रतिवादी नर वहादुरले सर्वोच्च् अदालतलबाट फैसला भएको २०२४ सालको दे.पु.नं. १३१७ को कुत फिर्ता गराई कवुलियत गराई पाउँ भन्ने मुद्दामा बयान गरेको र यिनै मुद्दाका वादी चम्पा खड्का र प्रतिवाददी भक्त वहादुर समेत भएको दे.पु.नं. १३७१ को जग्गा हक कायम दर्ता वदर र चलन मुद्दा समेत यसै अदालतमा चलिरहेको समेत देखिँदा सो मुद्दा समेत एकैसाथ हेर्न उपयुक्त देखिएकोले नरायणी अंचल अदालतको फैसला फरक पर्ने देखिँदा विपक्षी झिकाउने भन्ने तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४७।४।१५।२ को आदेश

        १६.    प्रस्तुत मुद्दाको फिराद तत्कालिन विशेष अदालत मकवानपुरमा दायर भई सो अदालत विघटन हुँदा तत्कालिन नारायणी अंचल अदालतमा सरी आई नारायणी  अंचल अदालतको मिति २०४५।५।२७ को संयुक्त इजलासको फैसला उपर वादीको म.क्षे.. मा पुनरावेदन परी विपक्षी झिकाई सो अदालत विघटन हूँदा न्याय प्रशासन ऐन, २०४८ को दफा २६)) बमोजिम पुनरावदेन अदालत हेटौडामा सरी प्रस्तुत मुद्दाको मिसिल हेर्दा तत्कालिन नारायणी अंचल अदालतको तत्काल वहाल रहेको न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ५ (२०४३ सालको संशोधनले) को उपदफा २ बमोजिम उक्त न्यायाधीशको इजलासले मुद्दा हेर्न छिन्ने क्षेत्राधिकार ग्रहण गरी त्यस्तो इजलासमा यो मुद्दा विचाराधिन रहेको देखिएको र त्यस्तो एक न्यायाधीशको इजलासमा विचारधीन रहेको मुद्दा नारायणी अंचल अदालतको संयुक्त इजलासले हेरी २०४५।५।२७ मा फैसला हुन गएको हुँदा सो फैसला तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ५ को उपदफा () बमोजिमको अधिकार क्षेत्रको त्रुटी गरी हुन गएकोले सो फैसला वदर भागी हुँदा क्षेत्राधिकारको त्रुटी गरी  भएको नारायणी अंचल अदालतको २०४५।५।२७ गतेको फैसला वदर गरी दिएको छ । प्रस्तुत मुद्दाको संयुक्त इजालसको लगत कट्टा गरी शुरु कार्यवाही किनारा गर्नको लागि ठा.दे.नं. मा दायर गरी एक न्यायाधीशको इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको २०५२।२।२५ गतेको फैसला ।

        १७.   उक्त फैसलामा चित्त वुझेन प्रस्तुत मुद्दा विपक्षी वादी र प्रतिवादी भक्त वहादुर विचको संयुक्त इजलासले हेर्नु पर्ने मुद्दाको लगाउको भएकोले  नारायणी अंचल अदालतको संयुक्त इजलाशले २०४५।५।२७ गते गरेको फैसलामा क्षेत्राधिकारको त्रुटी नभएकोले पुनरावेदन अदालत हेटौडाको २०५२।२।२५ गतेको फैसलामा वदर गरी शुरु नारायणी अंचल अदालतको २०४५।५।२७ गतेको फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञान वहादुर वस्नेत क्षेत्री र टंक प्रसाद पराजुलीको यस अदालतमा दर्ता भएको संयुक्त पुनरावदेन पत्र ।

        १८.    तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा () () ले संयुक्त इजलाशबाट हेरिने लगाउने मुद्दा पनि दुई जना न्यायाधीशको संयुक्त इजलासबाट हेरिने व्यवस्था भएको र प्रस्तुत मुद्दा वादी चम्पा खड्का विरुद्ध भक्त वहादुर विष्ट भएको हक कायम समेतको मुद्दाको जरियाबाट मुल्तवी रहे समेतको कारणबाट लगाउकै मान्नु पर्ने हुँदा संयुक्त इजलाशबाट भएको निर्णय अधिकार विहिन छ  भनी गरिएको पुनरावेदन अदालत, हेटौडाको निर्णयमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ५() () को भावना विपरित देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाइए आएपछि पेश गर्नु भन्ने यस अदालतबाट २०५४।२।१५ मा भएको आदेश 

        १९.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्पmवाट उपस्थित विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्री वालकृष्ण न्यौपानेले गर्नु भएको वहस सुनियो । पक्ष विपक्षीबाट रहनु भएका कानून व्यवसायीले वहस जिकिर पुनरावेदक पुनरावेदनको जिकिर र इजलास समक्ष प्राप्त शुरु र रेकर्ड मिसिल समेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, हेटौंडाबाट २०५२।२।२५ मा भएको फैसला मिले नमिलेको के रहेछ  त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।

        २०.   यसमा नारायणी अंचल अदालतबाट वादी चम्पा खड्का र प्रतिवादी ज्ञान वहादुर वस्नेत क्षेत्री समेत भएको हक कायम चलन मुद्दा संयुक्त इजलासबाट किनारा भई मध्यामान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परि पछि मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परि पछि मध्यमान्चल क्षेत्रीय अदालतबाट सरुवा भई पुनरावदेन अदालत, हेटौडामा दर्ता भएको र सोही समय वादी चम्पा खड्का र प्रतिवादी भक्त वहादुर विष्ट भएको हक कायम दर्ता भई बदर मुद्दा समेत सोही अदालतमा दर्ता राखेकोमा सो दुवै मुद्दामा दावी लिइएका कित्ताहरु सम्बन्धमा विचार गर्दा वादी चम्पा खड्का प्रतिवादी भक्त वहादुर समेत भएको मुद्दामा दावी लिइएको जिल्ला मकवानपुर मौजा हर्नामाडी वडा नं. ८ कि.नं २५ को जग्गालाई साधको कित्ता नं. २८ समेतमा घुसाई खिचोला गरेको व्यहोरा समेत भई कित्ता नं. २५ समेतका साविक एउटै दर्ता भित्रका जग्गा भएकोले उपरोक्त दुवै मुद्दा लगाउको देखिन आएको र न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ५() को खण्ड () ले संयुक्त इजलासबाट हेरी किनारा गर्नु पर्नेमा संवत् २०४८ सालको दे.पु.नं. १७२३ को मुद्दा संयुक्त इजलासबाटै हेरी किनारा गरेको तर सोही लगाउको प्रस्तुत वादी चम्पा देवी प्रतिवादी ज्ञान वहादुर वस्नेत क्षेत्री समेत भएको हक कायम चलन मुद्दामा नारायणी अंचल अदालतको मिति २०४५।५।२७ गतेको फैसला वदर गरी एक न्यायाधीशको इजलाशबाट हेर्ने भनी आदेश गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।२।२५ गतेको फैसला नमिलेकोले वदर हुने ठहर्छ । प्रस्तुत मुद्दा धेरै पुरानो भइसकेकाले कानून बमोजिम चाडो किनारा गर्नु भनी रुजु रहेका पक्ष विपक्षीलाई तारेख तोकी पुनरावेदन अदालतल, हेटौडामा पठाई दिनु । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा  म सहमत छु ।

 

न्या. दिलिप कुमार पौडेल

 

इति संवत् २०५५ साल माघ ११ गते रोज २ शुभम्.......

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु