शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६७४ - कर्तव्य ज्यान

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६७४                         ने.का.. २०५६             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय नयाधीश श्री भैरव प्रसाद लम्साल

संम्वत २०५३ सालको  फौ.पु.नं. .. १२७३

सम्वत २०५३ सालको फौ.पु.नं. ...११६१

फैसला मितिः २०५५।७।१३।६

मुद्दाः कर्तव्य ज्यान ।

पुनरावेदक /वादीः वुद्ध कुमार महर्जनको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी /प्रतिवादीः का.जि. बलम्वु गा.वि.. वार्ड नं. ५ वस्ने कृष्णहरी खत्री समेत

 

पुनरावेदक/प्रतिवादीः का.जि बलम्वु गा.वि.स ५ घर भै हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको वर्ष ३६ को गुण्डा भन्ने सुरेन्द्र महर्जन ।

विरुद्ध

प्रत्यर्थी/वादीः वुद्ध कुमार महर्जनको जाहेरीले श्री ५ को सरकार

 

§  जाहेरवालाले आफ्ना जाहेरी दरखास्तमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गर्न नसकेको र अदालतमा आई वकपत्र गर्दा श्रृतानुश्रृत प्रमाणको आधारमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गरेको पाइन्छ । सर्जमीनका व्यक्तिहरु र प्रहरीमा ठाडो कागज गर्ने रत्नमाया महर्जन समेतले अदालतमा बयान गर्दा मृतक सन्तमायासँग सुरेन्द्र महर्जन मात्र साथै गएको भन्ने लेखाई दिएको समेत देखिन आएबाट कृष्णहरी खत्री वारदातमा संलग्न  भएको भने सहअभियुक्तको पोल अन्य कुनै तथ्ययुक्त र स्वतन्त्र प्रमाणहरुबाट पुष्टि हुन आएको कुटोमा पाइएको रौं विधि विज्ञान प्रयोगशालामा परिक्षण हुँदा कृष्णहरी खत्रीको रौसंग मिल्न सक्ने भन्ने विशेषज्ञको राय भएतापति रौं परिक्षण विशेषज्ञ जीवन प्रसाद रिजालले अदालतमा गरेको वकपत्रको स.. १२ मा रौमा फरक देखिएकोमा किटान साथ फरक छ भन्ने सकिन्छ तर समानता भने किटानि गर्न नसकिने भनि वकपत्र गरेको देखिँदा मिसिल संलग्न कुनै पनि प्रमाणबाट सह अभियुक्तको पोल समर्थित नरहेको अवस्थामा विशेषज्ञको रायलाई मात्र आधार लिई प्रतिवादीले आरोपित कसूर गरेको ठहर गर्न नमिल्ने ।

                                                                (प्र.नं. २६)

§  टाउकोको आघातका कारण मृत्यु भएको (Cause of Death is head injury) भन्ने  पोष्टमार्टम प्रतिवेदन समेतबाट करणी पश्चात सन्तमायाले लगाएको गहना लुट्न लाग्दा सन्तमाया कराई गाउँमा भनि दिन्छु  भनेकोले सोही डरले माटो खन्न लगेको कुटोले मृतकको टाउकोमा प्रहार गरेको भन्ने प्रतिवादीको साविति बयान समर्थित हुन आउँछ । प्र. सुरेन्द्र महर्जनले प्रहरी समक्ष गरेको बयान शारिरिक यातना दिई गराएको भनी जिकिर लिएको भएतापति घा, खत, वा शारीरिक जाँचको निवेदन लगायतका कुनै प्रमाण पेश गर्न सकेको पाइएन । प्रतिवादीको अदालत समक्ष गरेको बयानमा कसूरमा इन्कारी रहेको देखिएता पनि अन्य स्वतन्त्र प्रमाणबाट त्यस्तो इन्कारी पुष्टि हुन नसक्दा निजले अपराध गरेको होइन भनि मान्न मिल्ने अवस्था नदेखिंने ।

(प्र. नं. २७)

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुरेश प्रसाद श्रेष्ठ, विद्वान अधिवक्ता श्री प्रेम वहादुर खड्का

 विपक्षी श्री ५ को सरकारको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री नन्द वहादुर  सुवेदी

अवलम्वित नजीरःX

फैसला

        न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पाटनको मिति २०५१।७।२७ को फैसला उपर न्याय प्रशासन ऐन. २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

        .     मेरो श्रीमती सन्तमाया महर्जन मिति २०४८।२।२५ गते धारीगाउँमा माटो लिन गएकी थिइन । घरमा फर्की नआएकोले श्रीमती हराएको हुलिया समेत दिई प्रहरी चौकी थानकोटमा जाहेरी गरी मैले खोज तलास गर्दै आएको थिएं । मिति २०४८।३।२० गते पानी ट्यांकीको पश्चिमपट्टि पाखामा एक महिलाको लास पेला परेको छ भनी हल्ला गरेकोले म सो ठाउँमा गै हेर्दा लास गलिसकेको अवस्थामा रहेको देखिएकोले जाहेर गर्न आएको छु । श्रीमतीलाई कर्तव्य गरी मारेको विश्वास लाग्छ कानून बमोजिम गरी पाउँ भन्ने समेतको मिति २०४८।३।२० को जाहेरी दरखास्त ।

        .     का.जि. नैकाप भञ्ज्याङ गा.वि.स वडा नं. ५ मा पर्ने पानी खोल्छा जंगलको भिर पाखा जंगलको विचमा लास सडी गली गएको, लास रहेको सो स्थानदेखि दक्षिण  ४० फिट दुरी पाखामा कपडा पछ्यौरा समेत फेला परेको भन्ने समेतको मिति २०४८।३।२० को लास प्रकृति मुचुल्का ।

        . मिति २०४८।२।२५ गतेका दिन सन्तमाया महर्जनले कुटो, नाम्लो वोरालिई घरको वाटो हुदै रानी वनको रातो माटो भन्ने तर्फ सन्तमाया र गुण्डा महर्जन जादै थिए सो दिन देखि सन्तमाया र गुण्डा महर्जन लाई मैले देखेको छैन भन्ने समेतको रत्नमाया श्रेष्ठले मिति २०४८।३।२२ गते प्रहरीमा गरेको कागज ।

        .     मुत्युको कारण टाउकोमा आघात लागी मृत्यु भएको देखिन्छ भन्ने समेतका मिति २०४८।३।२३ को लास जांचको प्रतिवेदन ।

        .     मिति २०४८।२।२५ गते सन्तमाया रातो माटो लिन गएको, म समेत अरु ३ जना पनि गैरहेको अवस्थामा हाडी गाउँ भन्दा माथि डांडामा पूग्दा सन्तमाया पनी सोही बाटो भई आएको रहेछ । कृष्णहरी खत्रीले सन्तमाया महर्जनसँग करणी गर्ने कुरा गरे, निज सन्तमायाले इन्कार गरे, जवरजस्ती करणी गरे । त्यसपछि कृष्णहरी कै साथिले करणी गरी सकेपछि मैले पनि करणी गरें, कृष्णहरीले सन्तमायाले लगाएको गहना खोस्न भनी खोस्न लाग्दा सन्तमाया कराएकोले सन्तमायाले माटो खन्न लागेको कुटो कृष्णहरीले लिई  सन्तमायाँको टाउँकोमा पछाडीबाट ३ पटक प्रहार गरे पछि भुइमा लडिन मलाई डर लागेकोले मैले समाउन छोडे, त्यसपछि म भाग्न लागेको थिएं । मलाई कृष्णहरीको साथिले यो कुरा भनिस् भने मारी दिन्छु भनी मलाई डर त्रास देखाएकोले मैले कसैलाई भनिन । त्यसपछि म घरमा आई बसेको हुँ । पछि के के भयो मलाई थाहा भएन भन्ने समेतका प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनले प्रहरीमा गरेको बयान कागज ।

        .     मिति २०४८।२।२५ का दिन जाहेरवालाको श्रीमती सन्तमाया महर्जन रातो माटो लिन गएकोमा फर्कि घरमा नआएको र मिति २०४८।३।२० मा गाउँमा मानिसहरुले पानी ट्याङकी सफा गर्न गएको अवस्थामा निज सन्तमाया महर्जनको लास जंगलमा फेला परेको भन्ने कुरा सुनी थाहा पाएको हुँ । सन्तमायाँ रातोमाटो लिन जांदा रातो वुट्टा भएको  चोलो, धरेलु, धोती , रातो धर्के वुट्टा भएको चोलो, धरेलु, धोती, रातो धर्के वुट्टाभएको पछेउरा ओडेकि थिइन । गते वार थाहा भएन गुण्डा भन्ने सुरेन्द्र महर्जनसंग  मेरो भेट भएको थियो । खास कुरा केही थिएन । मिति २०४८।२।२५ का दिन मेरो घरमा काम गर्ने माइला तामाङसंग दहचोक खेतमा काम गर्न गएको थिए । भोलीपल्ट पसलमा जाँदा सन्तमाया माटो खन्न आएकी घर फर्किन भनी रातभर खोज तलास गरी रहेको थिए भनि थाहा पाएको हुँ । मिति २०४८।३।२० गते पानी खोला भन्ने जंगलमा सन्तमायाँको लास फेला पर्र्‍यो भन्ने कुरा सोही दिन थाहा पाएको हुँ । गुण्डा भन्ने सुरेन्द्र महर्जनले मलाई समेत किन पोल गरी लेखाए मलाई थाहा छैनभन्ने समेतको प्रतिवादी कृष्णहरी खत्रीले मिति २०४८।४।१४ गते प्रहरीमा गरेको बयान कागज ।

.       मिति २०४८।२।२५ गतेका दिन कृष्णहरी खत्रीसँग निजको दहचोकको खेतमा काम गर्न गएको होइन छैन । म सो दिन भन्दा २ दिन अगाडी मेरो घरमा मकै छर्ने काम भएको हुँदा घरमा गएको थिए । मिति २०४८।२।२५ गते कृष्णहरी खत्री कहाँ गएको थिएं सो कुरा खुलाउन सक्तिन भन्ने समेतको माइला तामाङले प्रहरीमा मिति २०४८।४।२९ गते गरेको कागज ।

        .     मिति २०४८।२।२५ गतेका दिन सन्तमाया महर्जनलाई जंगलमा जवरजस्ती करणी गरी कर्तव्य गरी मार्दा कृष्णहरीको साथमा रहेका निजको साथी भन्ने मानिस यहाँ मलाई देखाएको माइला तामाङ होइन भनने समेतको प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनले मिति २०४८।४।२९ मा प्रहरीमा गरेको सनाखत कागज ।

        १०. २०४८।२।२५ का दिन कृष्णहरी खत्री, गुण्डा भन्ने सुरेन्द्र महर्जन समेत भई जंगलको पाखामा जवरजस्ती करणी गरी पोल खुल्ला भनी कुटोले सन्तमायालाई हानी कर्तव्य गरी मारेको हो घटनास्थल तथा वरिपरी भेटिएका कपडाहरु निज सन्तमायाले लगाउने गरेका कपडाहरु हो भन्ने समेतको सर्जमीन मुचुल्का ।

        ११.    हालसम्म संकलन भई आएको कागजात तथा वुद्धि कुमार महर्जनको जाहेरी दरखास्त तथा लास प्रकृति मुचुल्का  रत्नमाया महर्जनले गरेको कागज, पोष्टमार्टम प्रतिवेदन, प्रतिवादीहरुले गरेको बयान, कागज, माइला तामाङलेगरेको कागज, सर्जमीन मुचुल्का समेतबाट प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जन, कृष्णहरी खत्री र नाम थाहा नभएको मानिस समेत भई सन्तमाया महर्जनलाई जवरजस्ती करणी गरी सकेपछि पोल खुल्छ भनी सन्तमाया महर्जनलाई कर्तव्य गरी मारेको सिद्ध हुन आएको हुँदा प्रतिवादी कृष्णहरी खत्री उपर मुलुकी ऐन ज्यान सम्बन्धीको १३() नं. अनुसार र गुण्डा भन्ने सुरेन्द्र उपर ऐ. ऐनको १३() नं. अनुसार नै हदैसम्म सजाय गरी निज प्रतिवादी कृष्णहरी खत्री र गुण्डा भन्ने सुरेन्द्र महर्जन उपर मुलुकी ऐन, जवरजस्ती करणीको महलको ३ नं. अनुसार सजाय समेत गरी पाउँ साथै पक्राउमा नपरी हालसम्म नाम, थर वतन खुल्न नआएको मानिस उपर पछि खुल्न आएका वखत छुट्टै प्रस्तुत गरिने भन्ने समेतको अभियोग पत्रको दावी

        १२.    मिती २०४८।२।२५ मा १० वजेतिर खानाखाई आफ्नो खेत दहचोकमा खेतीको काम गर्न गएको थिए । सोही दिन अं. ६।१५ बजेतिर घरमा आई भोलिपल्ट सन्तमाया हराएको रे भन्ने कुरा र गुण्डा महर्जनलाई पक्राउ गरी लगेको रे भन्ने कुरा चिया पसलमा सुनेको हुँ र पछि २०४८।३।२५ मा प्रहरी आई वोलाएकोले गाडीमा राखी डि.एस.पी कार्यालयमा लगे । प्रहरीमा भएको बयान मेरो राजिखुशीबाट नभएकोले मैले सन्तमायालाई कर्तव्य गरी मारेको छैन भन्ने समेतको प्रतिवादी कृष्णहरी खत्रीले मिति २०४८।५।५।४ मा अदालतमा गरेको बयान ।

        १३.    प्रहरीमा मलाई कुटपिट गरेकोले सन्तमायालाई करणी गरी मारेको भनेको हो । जाहेरवालाको दाजुभाईले मलाई पोल गरेका हुन् किन पोल गरेको हो  म भन्न सक्तिन । मैले सन्तमायालाई कर्तव्य गरी मारेको छैन । कस्ले मारे थाहा छैन । कृष्णहरी खत्रीलाई मैले मिति २०४८।२।२५ मा भेटेको छैन भन्ने समेतको प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनले मिति २०४८।५।५।४ मा अदालतमा गरेको बयान ।

१४.    सन्तमायाको लास मिति २०४८।३।२० गते पानी ट्यांकी निर भेटेको हो । गुण्डा महर्जन र कृष्णहरी खत्रीले पहिलले करणी गरी पोल खुल्छ भनी मारेको भन्ने समेतको सर्जमीनका मानिस नर वहादुर महर्जन समेतले मिति २०४८।११।९ मा अदालतमा बकेको वकपत्र ।

१५.   कृष्णहरी खत्रीले ज्यान मारेको होइन । मिति २०४८।२।२५ का दिन म खेत बाट फर्के र आउदा कृष्णहरी हामीसंग साथै घरसम्म आएको हो । घरनिर आई पुगेपछि उ उस्को घरतिर लाग्यो, म मेरो घरतिर लागे भन्ने समेतको प्रतिवादी कृष्णहरीको साक्षी रामहरी खत्रीले अदालतमा मिति २०४८।११।११ मा बकेको वकपत्र ।

        १६.    मिति २०४८।४।२८ मा प्रहरीमा भएको कागज मैले भने बमोजिम लेखेको होइन । सो कागज मेरो घरमा एक जना प्रहरी आई कागज गराएको हो । त्यो कागजमा के लेखेको थियो मलाई थाहा थिएन । मिति २०४८।२।२५ मा ओडारमा साहु कृष्णहरी खत्रीको खेतमा काम गरी रहेको थिए त्यस दिन साहु कृष्णहरी खत्री आफ्नो घरमा नै हुनुहन्थ्यो भन्ने समेत प्रहरीमा कागज गर्ने माइला तामाङले अदालतमा आई मिति २०४९।३।९ मा वकेको वकपत्र ।

        १७.   कुटोमा पाइएको रौं दुई किसिमको भेटिएकोमा दुवै रौं टाउकोको भएको र एकथरी मृतकको रौसंग भिड्ने देखिएको भन्ने कुरा मैले रौं जाचेको प्रतिवदेन दिएको प्रतिवेदनमा खुलाएको छु । अर्को रौं गुण्डा भन्ने सुरेन्द्र महर्जनको रौसंग नभिड्ने र तुलनात्मकको निमित्त प्राप्त भएको अर्को रौंसंग नेचाएभरेज वाइथ म्याडोला, म्याडोलरी इन्डेक्स   र पोलराइजिङ क्यापसिटीङबाट अध्ययन गर्दा केही समानता देखिएकोले एकै व्यक्तिबाट आएका  हुनसक्छ सो एकै व्यक्ति भन्नाले मलाई प्राप्त भएको गुण्डा भन्ने सुरेन्द्र र कृष्णहरी मध्ये गुण्डा भन्ने सुरेन्द्रको होइन, कष्णहरी खत्रीको हो भन्ने समेतको रौं जाँच गर्ने परिक्षक जिवन रिजालले मिति २०५०।३।२४।५ मा अदालतमा आई वकेको वकपत्र ।

        १८.    अदालतमा गरेको इन्कारी बयानलाई मात्र प्रमाण मान्न मिल्ने देखिएन । उपरोक्त कारणले गर्दा निज प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनलाई माग दावी वमोजिम ज्यान सम्बन्धीको १३() बमोजिम सर्वश्व सहित  जन्मकैद हुने ठहर्छ । सो ठर्हनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १० को देहाय १ नं. बमोजिम यो साधक जाहेरी फैसला गरी दिएको छु र रौं जाँच परिक्षक जिवन प्रसाद रिजालले अदालतमा उपस्थिति भै वकपत्र गर्दा कन्ट्रोलको रुपमा संकलन गरिएको रौंमा एउटै व्यक्तिमा पनि दुइटा रौ ति सम्पूर्ण विविधता अध्ययन गर्न पर्याप्त नहुने जहाँसम्म जाहेरवाला र सर्जमीनका व्यक्तिको भनाई छ  त्यसतर्फ हेर्दा सबै जना सुरेन्द्रको बयान अनुसार कृष्णहरिको नाम लेखाई दिएको हो आफूले देखेको होइन भनेको देखिंदा त्यस्तो अर्काले भनेको कुरालाई आधार बनाई लेखाई दिएको कुरालाई प्रमाणमा लिन मिल्ने देखिएन ।  त्यसैले प्र. कृष्णहरी खत्रीको सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५०।५।१५ को का.जि. . को फैसला ।

        १९.    शुरु अदालतले मलाई हराउन केवल प्रहरी समक्षको बयानलाई उल्लेख गरेको छ । प्रहरीका व्यक्त गराईएको व्यहोरा मूल रुपमा सह अभियुक्त कृष्णहरी खत्रीलाई गडाउ गराइएको छ  र हत्याको प्रहारकर्ता समेत निजैलाई देखाईको छ भने स्वयं अदालतले कृष्णहरीलाई सफाई दिएबाट सो बयान प्रमाणमा लिन अयोग्य छ  भन्ने स्वतः सिद्ध हुँदा हुँदै उक्त बयानलाई मै मेरो विरुद्धमा मात्र प्रमाणमा लगाइएको छ । साथै लास जाँच मुचुल्काबाट समेत मृत्युको कारण थाहा पाउने स्थिति छैन । यस्तो अवस्थामा केवल अनुमान र शंकाको भरमा मैले नै हत्या गरेको ठहर गर्नु सरासर गलत, कानुनी त्रुटीपूर्ण एबं फौज्दारी न्यायको सिद्धिान्त साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्दान्त विपरित हुँदा उक्त फैसला वदर गरी सफाई पाउँ भन्ने समेत प्रतिवादी सुरेन्द्र महर्जनको पुनरावेदन अदालत पाटनमा परेको पनरावेदन पत्र ।

२०.   शुरु जिल्ला अदालतले प्र. कृष्णहरी खत्रीलाई सफाई दिने गरेको फैसला कानूनी त्रुटीपूर्ण भएको हुँदा निज प्र. कृष्णहरी खत्रीका हकमा प्रहरी प्रतिवेदनको माग दावी बमोजिम संजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतमा पाटनमा पर्न आएको श्री ५ को सरकारको पुनरावेदन ।

        २१.    प्रतिवादी कृष्णहरी खत्रीलाई दावीको अभियोगबाट सफाई दिने गरेको प्र. गुण्डा भन्ने सुरेन्द्र महर्जनलाई प्रतिवेदन दावीको कसुरदार ठहर्‍याई निजलाई ज्यान सम्बन्धी महलको १३() बमोजिम सर्वश्व सहित जन्मकैद गर्ने गरेको समेत शुरु का.जि..को मिति २०५०।५।१५ को फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ भन्ने पनुरावेदन अदालत पाटनको मिति २०५१। ७।२७ को फैसला ।

        २२.   वारदातमा प्रतिवादी कृष्णहरी खत्रीको संलग्नता छ भन्ने प्रतिवादी सुरेन्द्र महर्जनको अधिकार प्राप्त अधिकारी समक्षको बयानबाट स्पष्ट देखिन्छ । कृष्णहरी खत्रीले आफू खेतमा माइला तामाङसंग काम गर्न गएको भनिएको दिनमा माइला तामाङ घरमा गएको काम गर्न नगरेको भनी ठाडो कागज लेखाई दिएका छन् । कुटोमा अल्झेको रौं प्रतिवादी कृष्णहरी खत्रीकै रौं हो भनि विशेषज्ञको प्रतिवेदन र अदालतमा समेत किटानी वकपत्र भएको अवस्थामा प्रतिवादी कृष्णहरीलाई सफाई दिने ठहराएको हकसम्म पुनरावेदन अदालत पाटनको इन्साफ वदर गरी अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदन ।

२३.   जाहेरवालाले म पुनरावेदक उपर शंका  सम्म व्यक्त गरेको छ  जसलाई किटानी जाहेरी भन्ने मिल्दैन । मैले अदालत समक्ष स्वेच्छाले गरेको इन्कारी बयानलाई वेवास्ता गरी प्रहरी हिरासतमा डर धाक देखाई जवजस्ती तयार गरेको साविति बयानलाई मलाई गढाउ गर्ने मुख्य आधार लिइएको छ । पोष्टमार्टम रिर्पोट लास सडी गली गएको अवस्थामा तयार गरेकोले विश्वासप्रद छैन । हत्यामा प्रयोग गरिएको भनिएको कुटोका भेटिएको रौं संग मेल खान्छ भनी स्पष्ट लेखाई दिएको अवस्थामा शंकाको भरमा मलाई दोषी घोषित गरेको पुनरावेदन अदालत पाटनको इन्साफ  त्रुटिपूर्ण हुँदा वदर गरी सफाई पाउँ भन्ने गुण्डा भन्ने सुरेन्द्र महर्जनको पुनरावेदन ।

        २४.   प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनले प्रहरीमा कागज गर्दा चोट प्रहार गरेमा इन्कार गरेको र अदालतमा बयान गर्दा समेत मृतकलाई मारेमा इन्कार रहेको अवस्थामा अन्य स्वतन्त्र प्रमाणबाट प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनको विरुद्ध मिसिल कागजातबाट देखिन नआएको अवस्थामा निजलाई कसुरदार ठहर्‍याई गरेको  र प्रतिवादी कृष्णहरी खत्रीले नै कुटोले टाउकोमा प्रहार गरेका थिए  भन्ने प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनले प्रहरी समक्ष कागज गरेको र कुटोमा पाइएको भनिएको रौ राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परिक्षण गराउँदा दुई किसिमको रौहरु मिसिएको भनी प्रतिवेदनमा उल्लेख भएको समेत आधार प्रमाणबाट निज प्रतिवादी कृष्णहरी खत्रीलाई सफाई दिने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्ने देखिँदा अ.. २०२ नं. बमोजिम छलफलको लागि विपक्षीलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५५।१।२५ को आदेश ।

        २५.   नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको मुद्दा को मिसिल अध्ययन गर्दा मिति २०४८।२।२५ मा माटो खन्न गएकी सन्तमाया महर्जनलाई प्र. गुण्डा भन्ने सुरेन्द्र महर्जन र कृष्णहरी खत्री समेत भै करणी गरी पोल खुल्छ भन्ने डरले कर्तव्य गरी मारेकोले ज्यान सम्बन्धिको १०() नं. बमोजिम सजाय गरी पाउँ भनी अभियोग दावी भएकोमा शुरु काठमाडौ जिल्ला अदालतले प्र.सुरेन्द्र महर्जनलाई अभियोग दावी बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुने र प्र. कृष्णहरी खत्रीलाई सफाई दिने ठहर्‍याई गरेको फैसला पुनरावेदन अदालत, पाटनले सदर ठहर्‍याएको उपर प्र.कृष्णहरी खत्रीलाई अभियोग दावी बमोजिम संजाय हुनु पर्ने भन्ने श्री ५ को सरकार र अभियोगबाट सफाई पाउनु पर्ने भन्ने सुरेन्द्र महर्जनको यस अदालतमा पुनरावेदन परी वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवत्ता श्री नन्द वहादुर सुवेदीले दुवै जना र प्रतिवादीले सन्तमायालाई करणी गरी सेकपछि कुटोले टाउकोमा प्रहार गरी मारेको देखिन्छ । सुरेन्द्र महर्जन अधिकार प्राप्त अधिकारी समक्ष आरोपमा सावित भै कृष्णहरी खत्रीले सन्तमायाले लगाएको भनेको लुगाहरु नै मृतकबाट बरामद भएको छ कुटोमा लागेको रौं कृष्णहरी खत्रीको रौंसँग मेल खाने विशेषज्ञको प्रतिवेदन समेतबाट दुवैजना प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम संजाय हुनुपर्ने भन्ने र प्र. सुरेन्द्र महर्जनको तर्फवाट उपस्थिति विद्वान अधिवक्ता श्री सुरेश प्रसाद श्रेष्ठले प्रहरी समक्ष यातना दिई साविति गराईएको छ । उक्त साविति अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । प्रहरीकै सावितिमा पनि चोट छाडेको कुरामा इन्कार छ । कुटोमा लागेको रौं सुरेन्द्र महर्जनको होइन भन्ने विशेषज्ञको राय समेतको आधारमा र प्र. कृष्णहरी खत्रीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रेम वहादुर खडकाले आफ्नो पक्ष प्रहरी र अदालतमा समेत कसूरमा इन्कार रहेको सह अभियुक्तको पोल स्वतन्त्र प्रमाणबाट समर्थित नभएको र विशेषज्ञको राय मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि नभएकोले आधारमा प्रतिवादीहरुको सफाई पाउनु पर्ने भनी गर्नु भएको वहससमेत सुनी पनरावेदन अदालत पाटनको इन्साफ मिले नमिलेको के रहेछ हेरी सो सम्वन्धमा निर्णय दिनु परेको छ ।

        २६.   आज निर्णय सुनाउन तारिख तोकिएकोमा निर्णय तर्फ विचार गर्दा प्रतिवादी कृष्णहरी खत्रीलाई कसूरबाट सफाई दिने ठहर गरेको मिले नमिलेको के रहेछ भनि हेर्दा सह अभियुक्त गुण्डा भन्ने सुरेन्द्र महर्जनले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा  कृष्णहरी खत्री  समेतले सन्तमायालाई समाएको र कृष्णहरीले सन्तमायाले माटो खन्न लगेको कुटो लिई टाउकोमा प्रहार गरेका हुन भनी पोल गरेको बयानमा वारदात भएको भनिएको दिनमा वारदात स्थलमा उपस्थित नभई आफ्नै खेतमा काम गर्न गएको भनि कसूरमा इन्कारी रहेको पाइन्छ । प्रहरीमा ठाडो कागज गर्ने माइला तामाङले अदालतलमा वकपत्र गर्दा वारदात भएको दिन आफू कृष्णहरी खत्री सँगै खेतमा काम गरिरहेको भनी लेखाई दिएबाट निजको इन्कारी बयान समर्थित भैरहेको स्थिति देखिन आउँछ । जाहेरवालाले आफ्नो जाहेरी दरखास्तमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गरेको पाइन्छ । सर्जमीनका व्यक्तिहरु र प्रहरीमा ठाडो कागज गर्ने रत्नमाया महर्जन समेतले अदालतमा बयान गर्दा मृतक सन्तमायासँग सुरेन्द्र महर्जन मात्र साथै गएको भन्ने लेखाई दिएको समेत देखिन आएबाट कृष्णहरी खत्री वारदातमा संलग्न भएको भन्ने सह अभियुक्तको पोल अन्य कुनै तथ्ययुक्त र स्वतन्त्र प्रमाणहरुबाट पुष्टि हुन आएको देखिएन । वारदातमा प्रयोग भै बरामद भएको कुटोमा पाइएको रौं विधि विज्ञान प्रयोगशालामा परिक्षण हुँदा कृष्णहरी खत्रीको रौं संग मिल्न सक्ने भन्‍ने विशेषज्ञको राय भएतापनि रौं परिक्षण विशेषज्ञ जीवनप्रसाद रिजालले अदालतमा गरेका वकपत्रको स.. १२ मा रौँमा फरक देखिएकोमा किटान साथ फरक छ भन्न सकिन्छ तर समानता भने किटानी गर्न नसकिने भनि वकपत्र गरेको देखिदा मिसिल संलग्न कुनै पनि प्रमाणहरु सह अभियुक्तको पोल समर्थित नरहेको अवस्थामा विशेषज्ञको रायलाई मात्र आधार लिई प्रतिवादीले आरोपित कसूर गरेको ठहर गर्न मिल्ने देखिन आउदैन ।

२७.   अव अर्का प्रतिवादी गुण्डा भन्ने सुरेन्द्र महर्जनका हकमा विचार गर्दा निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा सन्तमायाँसँग साथै गई करणी गरेको कुरामा सावित रही बयान गरेको पाइन्छ । मृतकका पति वुद्ध कुमार महर्जनले दिएको जोहरी दरखास्तमा पनि यी प्रतिवादी उपर नै किटान गरिएको छ ।  जाहेरवालाले अदालत समक्ष आई गरेको वकपत्रमा वारदात हुँदको दिनमा निज सुरेन्द्र महर्जन पिकनिक नगई मृतकको घरमा गै मृतकलाई साडी दिई काफल खान भनि फकाई लगेको भनि लेखाई दिएको देखिन्छ । ठाडो कागज लेखाई दिने रत्नमया महर्जन र सर्जमीनका श्याम महर्जन समेतले अदालतमा आई बकपत्र गर्दा प्र. सुरेन्द्र महर्जन र सन्तमाया महर्जन वनतिर जाँदै गरेको देखेको र निजहरु साथ अरु कोही नभएको भनि लेखाई दिएको स्थिति छ । टाउकोको आघातका कारण मृत्यु भएको (Cause of death is head injury) भन्ने पोष्टमार्टम प्रतिवेदन समेतबाट करणी पश्चात सन्तमायाले लगाएको गहना लुट्न लाग्दा सन्तमाया कराई गाउँमा भनि दिन्छु भनेकाले सोही डरले माटो खन्न लगेको कुटोले मृतकको टाउकोमा प्रहार गरेको प्रतिवादीको साविति बयान समर्थित हुन आउँछ । प्र. सुरेन्द्र महर्जनले प्रहरी समक्ष गरेको बयान शारीरिक यातना दिई गराएको भनी जिकिरलिएको भएतापति घा, खत, वा शारीरिक जाँचको निवदेन लगायतका कुनै प्रमाण पेश गर्न सकेको पाइएन । प्रतिवादीले अदालत समक्ष गरेको बयानमा कसूरमा इन्कारी रहेको देखिएता पनि अन्य स्वतन्त्र प्रमाणबाट त्यस्तो इन्कारी पुष्टि हुन नसक्दा निजले अपराध गरेको होइन भनि मान्ने अवस्था देखिन आएन । तसर्थ प्रतिवादी कृष्णहरी खत्रीलाई दावीको अभियोगबाट सफाइ दिने गरेको र प्र. गुण्डा भन्ने सुरेन्द्र महर्जनलाई अभियोग दावी बमोजिम ज्यान सम्बन्धीको १३() नं. बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाइ दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. भैरवप्रसाद लम्साल

 

इति संवत् २०५५ साल कार्तिक १३ गते रोज ६ शुभम् ........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु