शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६७५ - हक कायम समेत

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६७५                  ने.का.. २०५६             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्द्रनाथ आचार्य

माननीय न्यायाधीश श्री टोप वहादुर सिंह

संम्वत २०५० सालको दे.पु.नं..... २७७४

फैसला मितिः २०४५।१२।१२।४

मुद्दाः हक कायम समेत ।

पुनरावेदक /वादीः भ.पु.जि. ताथली गा.वि.. वडा नं. ९ वस्ने वर्ष ५१ को कृष्ण गोसाई समेत

विरुद्ध

विपक्षी/ प्रतिवादीः भ. पु.जि.ताथली गा.वि.. वडा नं. ९ बस्ने वर्ष ४४ को पूर्ण वहादुर वुढाथोकी समेत 

 

§  मुद्धाको पक्षले फिराद नालेश लिई अदालतमा दर्ता गराउन ल्याउदाको अवस्थामै लाग्ने नलाग्ने वा दर्ता हुन नसक्ने भए यो यति कारणले यो यति हद सम्म नलाग्ने  वा यो यति हदसम्म लाग्ने भनि दर्ता गराउनु ल्याउदाको अवस्थामा लेखि दिनु पर्ने र दर्ता गर्न नमिल्ने भए उसै वखत फिर्ता गर्नु पर्नेमा सो नगरी मुद्दा दर्ता गरी कारवाही भै पछि आएर सार्वजनिक हकहित सरोकार भएको जग्गा हुँदा अनुमति नलिई फिराद दर्ता गरेको भन्ने कारणले दावी नै खारेज गर्ने  गरी  गरेको शुरुको फैसलालाई सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति ०५०।६।१४ को फैसला मिलेको नदेखिँदा वदर हुने ।

        (प्र.नं. ११)

पुनरावेदन तर्फबाटः विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान

विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री शंभु थापा, , विद्वान अधिवक्ता श्री कमल वहादुर वोगटी

अवलम्वित नजीरः X

फैसला

        न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालतल पाटनको मिति २०५०।६।१४ को फैसला उपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर निम्न बमोजिम छः

        .     हामी फिरादी लगायतका सम्पूर्ण गाउँ वासीहरुले सार्वजनिक रुपमा भोगी आएको साविक ताथली पंचायत वडा नं.९ स्थित गाइवस्तुले पानी खाने, पानीघाट र वस्तुहरु चर्ने सार्वजनिक चरणको जग्गा २०२१ सालको नापीमा ताथली वडा नं. () कि.नं. ७३८ को २० कायम भै जोताहा महलमा सार्वजनिक पर्ति उल्लेख भएको सो सम्बन्धमा  कसैको दावि विरोध थिएन । उक्त जग्गा दर्ता गरी पाउँ भनी विपक्षीले  दिएको दावी खारेज हुने गरी मा.पो. का. बाट २०४१।४।२ मा निर्णय भै सार्वजनिक कायम भएको भन्ने कुरा सुनेका थियौ । सो निणर्य उपर विपक्षीले तह तह पुनरावेदन गरी म.क्षे.. बाट २०४५।२।५ मा पुनः निर्णय गर्ने मा.पा.का. बाट २०४६।७।२७ मा उक्त कि.नं. ७३८ को २० जग्गा विपक्षीको नाउँमा दर्ता गरी दिने ठहर भएको कुरा मिति २०४६।८।१४ मा नक्कल सारी लिँदा थाहा हुन आएकोले जग्गा पजनीको १७ नं. को म्यादभित्र यो फिरादगर्न  आएका छौं । विपक्षीको हक श्रोतको भनिएको २००८ सालको कवुलियत भित्र उक्त जग्गा नभएको २००८ सालको कवुलियत भित्र उक्त जग्गा नभएकोले मा.पो.का को मिति २०४६।७।२७ को निर्णय र सो निर्णयको आधारमा विपक्षीको नाउँमा भएको दर्ता वदर गरी मोल रु. एक हजार पर्ने जग्गा सार्वजनिक कायम गरी पाउँ भन्ने समेत व्यहोराको कृष्ण गोसाई समेत जना २४ को संयुक्त फिरादपत्र ।

        .     विपक्षीहरुले दावी गरेको जग्गा साविक भक्तपुर १९ नं. तैकावु मौजाको जग्गा रोपनी १५३ मध्येको हो । उक्त कि.नं. ७३८ को जग्गामा वाली लगाई २०२१ सालको नापीमा आफ्नो हक देखाई ७ नं. फारम भरी भोगी आएको मेरो जग्गा हो । सर्भे नापीमा म फिरादी उपस्थित नभएबाट कि.नं. ७३,७४,९० र। ७३८ गरी चार कित्ता पर्ति र खोल्सी गरी नाप भएछ । कि.नं ७३८ मा.पो.का .को मिति २०४६।७।२७ को निर्णयबाट मेरो नाउँमा दर्ता भएको हो । निर्णय वदरको लागि थाहा पाएको मितिले ३५ दिनभित्र फिराद गर्नु पर्नेमा हदम्याद नाघी दायर भएको फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको निल वहादुर वुढाथोकीको प्रतिउत्तर पत्र ।

        .     सार्वजनिक हित र सार्वजनिक सरोकार निहित रहेको मुद्दा दायर गर्ने हक अधिकार वादीलाई अ.वं ८२ नं. ले प्रदान गरेको नहुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहाराको भ.पु.जि..को मिति २०४९।९।८ को फैसला ।

        .     .वं. १० नं. ले मुद्दा शुरु कारवाही (उठान) गर्दा कस्तो प्रकृतिको मुद्दा हामीहरुको माग जग्गा आवाद गर्नेको  ४ नं. अन्तर्गतको हो । तसर्थ सार्वजनिक हक हितमा प्रत्यक्ष असर परेको तर्फ विचारै नगरी हकदैमा नभएको भनी  खारेज गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी सार्वजनिक जग्गा संरक्षण गरी पाउँ भन्न समेत व्यहोराको कृष्ण गोसाई समेतको पु.वे.. पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।

        .     विवादित जग्गा  सार्वजनिक पर्ति जग्गा भएको भन्ने वादी दावी भएको देखिँदा सार्वजनिक सम्पत्तिको हकमा मुद्दा चलाउने अधिकार श्री ५ को सरकार भएको कानूनी व्यवस्था पाइन्छ । यदि अन्य व्यक्तिले चलाउन परेमा अदालतको पूर्व अनुमति लिुन पर्ने कानूनी व्यवस्था मुलुकी ऐन अ.वं. १० नं. ले गरेको हुँदा यसरी अदालतको पूर्व अनुमति वेगर फिराद दायर गरेको हुँदा अ.वं ८२ नं. बमोजिम अधिकार वादीमा भएको समेत मान्न मिल्ने देखिन आएन । तसर्थ वादी दावी खारेज हुने ठहर गरेको शुरु भक्तपुर जिल्ला अदालतको मिति ०४९।९।८ को फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावदेन जिकिर पुग्न सक्दैन भन्ने पु.वे.. पाटनको मिति ०५०।६।१४ को फैसला ।

        .     अदालतबाट विवादको निरुपण गर्दा पक्ष विपक्षको विचमा नमिलेको विवादित तथ्यको सम्वन्धमा मात्र वोल्नु पर्ने हुन्छ तर प्रस्तुत विवादमा ठहर गर्नु पर्ने विषय तर्फ प्रवेश नगरी हकदैयाको अभाव देखाई हामीलाई हराएको फैसला प्रत्यक्ष त्रुटिपूर्ण हूँदा सो फैसला उपर मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरी हामीहरुको माग दावी बमोजिमको जग्गा सार्वजनिकको सार्वजनिक हकहितमा प्रयोग भएको जग्गा माथिको हक संरक्षण  गरी पाउँ भनि मिति २०५०।१०।१ मा यस अदालतमा परेको निवेदन पत्र ।

        .     विवादित कि.नं. ७३८ नापीमा पर्ति भनि जनिएको र निवेदकहरुले पोखरी पर्ति गौचरण जग्गाको रुपमा सार्वजनिक हकभोगको चलन गरेको भन्ने आधारमा अ.वं. ८२ नं. जग्गा आवाद गर्नेको ४ नं. जग्गा मिच्नेको १८ नं. जग्गा पजनिको १७ नं. अन्‍तर्गत परेको  देखिएकोले यसै अदालतबाट २०४९ सालको दे.पु.नं. ५३४ को जग्गा दर्ता वदर मुद्दामा फैसला हुँदा सिद्धान्त समेत प्रतिपादन भएको समेत आधारमा खारेज गर्ने गरेको  सदर गरेको फैसला न्याय प्रसाशन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड () () को आधारमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान  गरिएको छ भनी यस अदालतको संयुक्त इजलासको मिति २०५२।५।३० को आदेश ।

        .     यसै इजलासबाट यसै लगाउको २०५० सालमा नि.नं. ५९० निवेदक निल वहादुरको मु.. गर्ने गजेन्द्र वहादुर विरुद्ध फैढोका प्रा.वि समेत भएको निवेदनमा दोहोर्‍याउने निस्सा प्रदान भएको मिसिल यसै अदालतबाट र यसै लगाउको पुनरावेदन अदालत ललितपुरबाट मिति २०५०।६।१४ मा फैसला भएको दे.पु.नं. ४१५१ पुनरावेदक वादी निल वहादुर वुढाथोकी विरुद्ध फैढोका प्रा.वि. समेत  भएको जग्गा मुद्दाको शुरु रेर्कड र  भए प्रमाण मिसिल समेत भक्तपुर जि..वाट वा जहाँ छ त्यहाँबाट झिकाई आएपछि यसै लगाउको दे.पु.नं. १४६८, २४६८,२४६९ समेतका मुद्दाहरु साथै राखी पेश गर्नु भन्ने यसै अदालतका संयुक्त इजलासको मिति २०५३।९।२२ को आदेश ।

        १०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान र प्रत्यर्थी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु श्री शंभु थापा र श्री कमल वहादुर वोगटीले गर्नु भएको वहस समेत सुनि आज निर्णय सुनाउनको लागि तारेख  मुकरर भएको प्रस्तुत मुद्दामा पु.वे.. पाटनले गरेको फैसला मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने देखिन आयो ।

        ११.    प्रस्तुत मुद्दामा विवादीत कि.नं. ७३७ को जग्गा पर्ति जग्गा भै सार्वजनिक भएकोले प्रतिवादीको नाउँमा दर्ता गर्ने गरी गरेको भक्तपुर मालपोत कार्यालयको मिति २०४६।७।२७ को निर्णय वदर गरी सार्वजनिक हक कायम गरी पाउँ भन्ने  वादीहरुको मुख्य फिराद दावी देखिन्छ । सार्वजनिक हक कायम गरी पाउँ भन्ने मुद्दा फिराद गर्दा अ.वं. १० नं. ले अड्डाको पूर्व अनुमति लिएर मात्र गर्नु पर्ने भन्ने  वुदा लगाई शुरुले खारेज गर्ने गरेको फैसलालाई पु.वे.. पाटनबाट सदर गरेको पाइन्छ । मुद्दाका पक्षले फिराद नालेश लिई अदालतमा दर्ता गराउन ल्याउदाको अवस्थामै लाग्ने नलाग्ने वा नलाग्ने दर्ता हुन नसक्ने भए यो  यो यति कारणले  यो यति हद सम्म नलाग्नु वा यो यति हदसम्म लाग्ने भनि दर्ता गर्न नमिल्ने भए उसै वखत फिर्ता गर्नु र दर्ता गर्न नमिल्ने भए उसै वखत फिर्ता गर्नु पर्नेमा सो नगरी मुद्दा दर्ता गरी कारवाही भै पछि आएर सार्वजनिक हक हित सराकोर भएको जग्गा हूँदा अनुमति नलिई फिराद दर्ता गरेको भन्ने कारणले दावी नै खारेज गर्ने गरी गरेको शुरुको फैसलाबाट भएको मिति ०५०।६।१४ को फैसला मिलेको नदेखिँदा वदर हुने ठहर्छ । अव कानून बमोजिम ठहर निर्णय गर्नु भनी तारेखमा रहेका दुवै पक्षलाई शुरुको तारेख तोकी पठाई  मिसिल शुरु भक्तपुर जिल्ला अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. टोप वहादुर सिंह

 

इति संवत् २०५४ साल चैत्र १२ गते रोज ४ शुभम्.........................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु