शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६७७ - परमादेश

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६७७                         ने.का.. २०५६             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीस श्री केदारनाथ आचार्य

माननीय न्यायधीस श्री दिलिपकुमार पौडेल

संम्वत् २०५२ सालको दे.पु. नं. .........३०४६

फैसला मितिः २०५५।६।२६।२

मुद्दाः परमादेश

पुनरावेदक /निवेदकः कृषि विकास वैंक शाखा कार्यालय नवलपरासीको हकमा अधिकार प्राप्त कृषि विकास बैंक मुख्य कार्यलय काठमाडौका निमित्त महाप्रवन्धक नारायण दास मानन्धर

विरुद्ध

विपक्षीः जिल्ला नवलपरासी गैर्मी गा.वि.. वडा नं. २ सिसवा बस्ने रोजाई चुरिहार

§  धितो राखी लिएको ऋण रकम पुरै चुक्ता भएको छ छैन भन्ने विषयमा विवाद देखिएको अवस्थामा सो ऋण वापत धितो रहेको संपत्ति फुकुवा गरि दिनु र उक्त ऋण असुल नगर्नु भनि परमादेश जारी गर्न मिल्ने अवस्था नदेखिने ।

                        (प्र.नं १२)

पुनरावेदन तर्फवाटः विद्वान अधिवक्ता श्री कोमल प्रकश घिमिरे

विपक्षी तर्फवाटः X

अवलम्वित नजीरःX

फैसला

न्या. केदारनाथ आचार्यः पुनरावेदन अदालत, वुटवलको मिति २०५२।२।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मद्दाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छः

        .     मेरो हक भोग तिरो दर्ताको नवलपरासी जिल्ला गेर्मी गा.वि.स वडा नं. () कि.नं. १६६ को ज.वि.--१३ र कि.नं २२२ को ज.वि.-१८-३ जग्गा कृषि विकास वैंक नवलपरासी शाखालाई धीतो राखी दिन मन्जुर गरी थ्रेसर खरिद गर्नको लागि ऋणको माग गरेकोमा त्यहाबाट मेरो नाममा रु ६५०००।को ऋण स्वीकृत भई सो जग्गा धितो लिई रोक्का थियो। विपक्षी वैंकले उक्त ऋण मलाई नगद नलिई त्यति वरावरको थान एक थे्रसर उपलव्ध गराई दिनु भनि विपक्षी जिल्ला साझा संघ लिमिटेड नवलपरासीलाई पत्र लेखि दिएकोमा विपक्षी साझा संघ लिमिटेड नवलपरासीबाट ६ महिना ग्यारेन्टी भएको १ थान थ्रेसर वुझि लिएको थिए । तर सो काम नलाग्ने भई ३ दिन पछि सोही संघमा फिर्ता दिएकोमा सो थ्रेसर विपक्षी कृषि औजार कारखाना विरगन्जमा उत्पादन भै विक्रिको लागि विपक्षी कृषि औजार कारखान कार्यालय, सिद्धार्थ नगर हुदै विपक्षी साझा संघमा लगिएको हुँदा मैले फिर्ता गरेको थ्रेसरलाई विपक्षी कृषि औजार कारखानाले पटक पटक मरमत गरी मलाई दिएको र काम नलाग्ने हुँदा  स्थलगत निरिक्षण भई उत्पादन सम्बन्धी त्रुटी फेला परेको हुँदा विपक्षी संघ तथा वैकको अनुरोधमा सो थे्रसर फिर्ता लिने र त्यसको वदलामा पावर ह्‍वाट थ्रेसर १ थान सोध भर्ना दिनु भनी शाखा कार्यलय सिदार्थनगरलाई पत्र लेखि पठाएकोमा विपक्षी संघबाट मलाई सोधभर्ना गरेको थ्रेसर पनि काम नलाग्ने भई पुनः फिर्ता गरेपछि विपक्षी संघले मलाई काम लाग्ने थ्रेसर दिन सकेन । थ्रेसरको मुल्य वरावरको बैंक लाई वुझाई दिनु । वैँकले ल्याएको धितो राखेको जग्गा फुकुवा गरि दिनेछ भनी विपक्षी, कृषि औजार कारखाना, शाखा कार्यालय, सिद्धार्थनगरबाट मलाई रु ६५०००। फिर्ता दिएपछि मैले सोही मितिमा सो ऋण वापत लिएको रकम विपक्षी बैंकमा वुझाई मेरो धितो राखेको जग्गा फुकुवा गराई पाउँ भन्दा विपक्षी बैंकबाट थे्रसर वापतको बाँकी ऋण व्याज र हर्जना लगायतको बाकी ऋण व्याज र हर्जना लगायतको रु ११६५४।९१ अविलम्ब बुझाउन ल्याउनु, नल्याए, धितो राखेको जग्गा बैंकको नियमअनुसार लिलाम विक्री गरी असुल उपर गरिने छ भनी जवाफ दिए । बैंकले मलाई नगद रुपैया नदिएको अवस्थामा व्याज लिने कुरै हुँदैन । उपलव्ध भएको काम नलाग्ने थ्रेसर दिएर वैंकले मलाई रु ११६५४।९१ वुझाउन ल्याउनु नल्याए धितो लिएको जग्गा लिलाम गर्ने भएबाट मेरो नागरिक अधिकार ऐन, २०१२ को दफा ५ () , द्वारा प्रदत्त हकमा आघात परेकोले विपक्षी वैंकले मेरा नाउँमा राखेको ऋणको लगत काट्ने तथा धितो रोक्का राखेको जग्गा फुकुवा गर्नु गराउनु भनि विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरि पाउँ भन्ने समेत निवेदन ।

.     यसमा निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपुर्ने हो ? कारण सहित वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवल को २०५१।१०।५ को आदेश ।

.     निवेदकलाई यस कारखानाबाट उत्पादीत १ थान थ्रेसर मोल रु ६५००। मा उपलव्ध गराएकोमा सो थ्रेसरले सन्तोष जनक रुपमा काम नगरेकोले फिर्ता गरी सो को सट्टामा एक थान पावर ह्वीट थ्रेसर वुझी लिई जानु भएको थियो । निजले उक्त सोध भर्ना वापत वुझी लिएको थ्रेसरले पनि काम नगरेपछि निवेदकलाई थ्रेसरको मोल रु ६५००।फिर्ता उपलव्ध गराइएको थियो । निवेदकले कृषि विकास वैकबाट लिएको कर्जाको सम्बनधमा यस कारखानासंग कुनै सरोकार नभएको र विपक्षीले कृषि विकास वैंकमा जग्गा धितो राखी कर्जा कृषि विकास वैंकमा जग्गा धितो राखी कर्जा लिएकोले धितोका सम्बन्धमा बैंकले कारवाही चलाए उपर यस कारखानालाई विपक्षी वनाउनु पर्ने कुनै कारण नहुँदा प्रस्तुत रिट  निवेदन खारेज गरी पाउँ भन्ने कृषि औजार  कारखाना लिमिटेडको लिखित जवाफ ।

.     निवेदकलाई थ्रेसर उपलव्ध गराई दिनु भनि कृषि विकास वैंकबाट पत्राचार गराई दिनु भनि कृषि विकास वैंकबाट पत्राचार भएकोमा यस सहकारी संघबाट कृषि औजार कारखानाले उत्पादन गरेको र सोही सन्दर्भमा विपक्षीले लिनु भएको थ्रेसर कृषि विकास वैंकको पत्र अनुसार कृषि औजार कारखानाबाट ल्याई विपक्षीलाई उपलव्ध गराएकोमा सो विग्रेको हुँदा सो को सोधभर्ना समेत विपक्षीलाई उपलब्ध गराइएकोमा सो पनि काम नलाग्ने भएकोले कृषि औजार कारखानाबाट थे्रसरको मोल निवेदकलाई फिर्ता भुक्तानी दिएको भन्ने सम्म यस संघलाई जानकारी भएको हो । थ्रेसर विक्रि गर्ने मुख्य भुक्तानी लिने निकाय यो संघ नभएको र किसानको माग अनुसार कृषि औजार कारखानाबाट वस्तु ढुवानी गरि उपलव्ध गराउने काम मत्र गरेको हो । विपक्षीलाई यस संघवाट ऋण उपलव्ध पनि नगराएको र थ्रेसर पनि विक्रि नगरेकोले यस संघलाई विपक्षी वनाउनु पर्ने कुनै कारण नै छैन । विपक्षीको झुठ्ठा रिट निवेदन खारेज गरि गाउँ भन्ने समेत को प्रत्यर्थी मध्येका सहकारी संघ नवलपरासीको लिखित जवाफ ।

        .     निवेदकको रिट निवेदन हद म्याद भित्र दायर नभै ८ वर्ष पछि दायर भएको छ । २०४२।१२।२९ मा कृषि विकास वै.क परासी शाखावाट ऋण रु ६५००। लिएको र कृषि विकास वैंक परासीले ऋणीबाट सावां व्याज गरी २०५१ पौष मसान्त सम्म रु १२३७३।९१ बाँकी छ । विपक्षीलाई वास्तविक रुपमा मर्का परेको भए समयमै उपचारका लागि उजुर गर्नुपर्थ्यो। बैंकले दिएको सावां रु ६५००। को व्याजसमेत लिन पाउने वैंकको अधिकार हो । वैंकको सावां व्याज नतिर्ने कलुषित मनासायबाट मात्र यो झुठ्ठा निवेदन गरेको हो । ऋण लिएको कुरा निवेदकले नै स्वीकार गरेका छन् । विपक्षीले सावा व्याज नबुझाए धितो वापतको जग्गा बैंकको नियमानुसार हुने छ । तसर्थ विलव्ब गरी पर्न आएको प्रस्तुत निवेदन खारेज गरि पाउँ भन्ने प्रत्यर्थी मध्येका कृषि विकास वैंकको लिखित जवाफ ।

.     यसमा निवेदकले लिएको थे्रसर काम नलाग्ने भएकोले फिर्ता भइसकेको देखिन आउँछ, सो थ्रेसर फिर्ता वुझि लिंदा कृषि औजार कारखाना लिमिटेडले, थ्रेसरको मोल रु६५००। पनि निवेदकलाई फिर्ता दिएवाट सो रु ६५००। विपक्षी बैंकमा दाखिला भएको कुरा निजको लिखित जवाफबाट समेत देखिएको छ । यस्तो अवस्थामा थ्रेसर वापत निवेदकले ऋण स्वीकृत गराउँदाका अस्थामा जि. नवलपरासी गेर्मी गा.वि.स वाड नं. () कि.नं १६६ को ज.वि.--१३ को ऐ.. को कि.नं. २२२ को ज.वि. १८३ जग्गा सो थ्रेसरको ऋण वापत धीतो राखेको जग्गा अरु ऋण वापतमा रोक्का भएको फुक्का गरी दिनु र थ्रेसरको लागि निवेदकले लिएको ऋण विपक्षी बै.कमा दाखिला भएको  देखिदा सो असुल उपर नगर्नु भनि विपक्षीहरुका नाममा निवेदकको माग बमोजिमको परमादेश जारी गर्नु ठहर्छ भन्ने पुनरावेदन अदालत, वुटवलको मिति २०५२।२।२५ को फैसला

.     पुनरावेदन अदालत वुटवलको उक्त फैसलामा चित्त बुझेन ।  विपक्षी निवेदकले मिति २०४२।१२।२९ देखि व्याज लाग्ने गरी रु ६५००। ऋण लिएको कुरा निवेदकले स्वीकार गरेका छन्  र सो बमोजिम समय समयमा वुझाउन पर्ने किस्ता रकम भुत्तानी नगर्नु भएपनि बैंकले आफ्नो लिनु पर्ने बाकी रुपैयाको साँवा र व्याज कृषि विकास बैक ऐन २०२४ को दफा २० () तथा ऋण असुली नियमावली, २०३२ अनुसार ऋण असुल गर्न पाउने कानूनी हक वैकको हो । निवेदकले मिति २०४२।१२।२९ मा ऋण लिएको रकमको मिति २०४७।१२।२७ मा निर्व्याजी रुपमा फिर्ता गर्नु कानूनसंगत छैन । तसर्थ पुनरावेदन अदालत वुटवलको २०५२।२।२५ को फैसलामा गंभिर कानूनी त्रुटि भएको हुँदा उक्त फैसला वदर गरि वैंकको ऋण तथा धीतो यथावत कायम गरि पाउँ भन्ने समेत  व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

        .     यसमा परमादेशको निवेदन माग हुँदा निवेदकले लिएको ऋण विपक्षी बैंकमा दाखिला भएको देखिंदा सो असुल उपर नगर्नु भनि  निषेधाज्ञाको आदेश जारी भएको देखियो । तसर्थ पुनरावेदन अदालत वुटवलको निर्णय फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको २०५३।५।५ को आदेश ।

१०.    नियम बमोजिम दैनिक पेशी सुचीमा चढी निणयार्थ पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिलहरुको अध्ययन गरी पुनरावेदक कृषि विकास वैंकका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरेले निवेदकले कृषि विकास बैंकबाट ऋण लिएको कुरा  स्वीकार गरेका छन् । ऋण लिएपछि व्याज लाग्ने कुरालाई निवेदकले अस्वीकार गरेको छैनन । ऋण वापत दिएको रकमको सावां व्याज लिन पाउनु कृषि विकास बैंकको अधिकार हो । पुनरावेदन अदालत वुटवलबाट ऋण तिर्नु नपर्ने गरी जारी भएको परमादेशको आदेश कानून विपरित हुँदा सो आदेश वदर गरि पाउँ भनि वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी निवेदकले गर्नु भएको जिकिर समेत सुनी निवेदकको माग बमोजिम परमादेश जारी गर्ने गरेको पुनरावेदन अदालत वुटवलको निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने देखियो ।

११.    निर्णयतर्फ विचार गर्दा निवेदकले थ्रेसर खरिद गर्नको लागि बैंकको नियम बमोजिम व्याज वुझाउने शर्त गरी रु ६५००। ऋण रकम लिएको कुरामा कुनै विवाद छैन । खरिद गरेको थ्रेसर प्रयोग गर्दा काम नलाग्ने पछि फिर्ता गरी सो थ्रेसरको रकम बैंकमा दाखिला गरेकोले ऋण तिर्न बाँकी छैन । धितो राखेको सम्पत्ति फुकुवा हुनु पर्ने भनने माग दावी रहेको छ भने प्रत्यर्थी बैंकले उपलव्ध गराएको ऋण रकमको बैंकको नियम बमोजिम हुने व्याज हर्जना समेत गरी जम्मा हुन आउने पुरै रकम चुक्ता भएको छैन । रु६५००। मात्र वुझाएको रकमबाट निवेदकले लिएको ऋण रकमको सावा व्याज गरी हुने पुरै रकम चुक्ता नबुझाएसम्म धितो फुकुवा गर्न मिल्दैन भन्ने जिकिर रहेको पाइन्छ । निवेदनको ऋण सम्बन्धी फायल  हेर्दा यिनै निवेदक आफैले कृषि औजार कारखाना लिमिटेड विपक्षी विरगन्जलाई  ऋण रकमको हर्जाना र व्याज यसै कारखानाबाट उपलव्ध गराई पाउँ भनि मिति २०४८।६।९ मा निवेदन दिएको देखिन्छ भने कृषि विकास वैंक शाखा कार्यलय नवलपरासीमा ऋण रकमको हर्जना र व्याज कृषि औजार कारखानाबाट भराई पाउँ भनि २०४७।१२।२७ मा निवेदन दिएको समेत देखिएबाट निवेदक आफैले लिएको ऋण रकम चुक्ता भै नसकेको तथ्य स्वीकार गरि व्याज मिनाहाको लागि निवेदन दिएको देखियो । प्रस्तुत निवेदनमा उक्त तथ्यलाई नदेखाई ऋण लिएको रकम रु ६५००। वरावरको नगद दाखिला गरि सकेको हुँदा तिर्न बाँकी छैन भनि ऋण लिदा राखेको धितोको अचल सम्पति फुकुवाको लागि माग दावी लिएको पाइन्छ । निवेदकले लिएको ऋण रकम चुक्ता भए नभएको भन्ने विषयमा नै विवादास्पद स्थिति रहेकोले प्रमाणको मूल्यांकन भई निर्णय गर्नु पर्ने अवस्था हुन आउँछ ।

१२.    यस प्रकार माथिका प्रकरणमा उल्लेख गरे बमोजिम धितो राखी लिएको ऋण रकम पुरै चुक्ता भएको छ, छैन भन्ने विषयमा विवाद देखिएको अवस्थामा सो ऋण वापत धितो रहेको सम्पत्ति फुकुवा गरी दिनु र उक्त ऋण असुल नगर्नु भनि परमादेश जारी गर्न मिल्ने अवस्था देखिन आएको । रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत रिट निवेदन खारेज गर्नु पर्नेमा जारी गर्ने गरेको पुनरावेदन अदालत वुटवलको निर्णय मिलेको नदेखिँदा उल्टी हुन्छ । अरु तपसिल बमोजिम गुर्न ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत वुटवलको आदेश उल्टी परमादेश को निवेदन खारेज हुने ठहरेकाले उक्त परमादेश जारी भएको आदेश कायम नरहने हुँदा सो को जानकारी सम्बन्धित अदालतमा लेखि पठाउनु .................

मिसिल नियमानुसार गरी वुझाई दिनु .....................

 

 उक्त रायमा म सहमत छुं ।

 

न्या. दिलिपकुमार पौडेल

 

इति संवत् २०५५ साल आश्विण २६ गते रोज २ शुभम् ..................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु