शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६७८ - निषेधाज्ञा

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६७८                  ने.का. . ०५५             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधश श्री राजेन्द्रराज नाख्वा

माननीइ न्यायाधीस श्री दिलिपकुमार पौडेल

संम्वत् २०५२ सालको दे.पु.नं. .... २७१४

फैसला मितिः २०५५।३।१०।४

मुद्दाः निषेधाज्ञा ।

पुनरावेदक/विपक्षीः का.जि.का..पा. वडा नं. ३ वस्ने वावा हसन श्रेष्ठको मु..गर्ने ऐ.ऐ बस्ने शंकरदास श्रेष्ठ ।

विरुद्ध

प्रत्यर्थी/निवेदिकाः ऐ.ऐ वस्ने सुर्यमाया मानन्धर ।

§  प्रत्यर्थीको न.नं. ४ को हालको कि.नं. २९ को घर जग्गामा जाने न.नं. २ को बाटो वाहेक अन्य वाटो रहे भएको मिसिल संलग्न रहेको  ०५१।४।२८।६ को नक्साबाट नदेखिएकोले सो वाटो वन्द हुने गरी पर्खाल लगाउन र कुनै किसिमबाट निकास वाटो बन्द गर्ने कार्य समेत नगर्नु भनी निवेदन माग बमोजिम निषेधाज्ञा जारी गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश मिलेकै देखिँदा सदर हुने ।

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री लक्ष्मीप्रसाद उप्रेती

विपक्षी तर्फबाटःX

अवलम्वित नजीरःX

फैसला

न्या. राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालतको पाटनमो मिति २०५२।२।२४।४ को फैसला उपर न्याय प्रशासन ऐन. २०४८ को दफा ९ () () अनुसार यस अदालतमा दायार हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

        .     हाल कि.नं. २७ को जग्गा धनी विपक्षी वावा हसन श्रेष्ठको उक्त कि.नं. २७ को दक्षिण एबं मेरो हाल कि.नं २९ को पश्चिम तर्फको साविक परम्परा देखिको आली गोरेटो बाटो निकास पर्खाल समेत लगाउन लागेको हुँदा  मेरो सम्पत्ति सम्वन्धी अधिकारमा समेत गैह्र कानूनी तरिकाले प्रत्यक्ष प्रतिकूल असर पार्ने प्रवल आशंका देखिएको हुँदा उक्त साविक परम्परा देखिको निकास आली बाटो वन्द हुने गरी पर्खाल लगाउने लगायत कुनै कार्य नगर्नु भनि विपक्षीको नाउँमा अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने सुर्यमाया मानन्धरको निवेदन ।

        .     निवेदनकको माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु पर्ने होइन । त्यसको कारण खोली लिखित जवाफ पेश गर्नु साथै कि.नं २९ मा जाने बाटो वन्द हुने गरी पर्खाल नलगाउनु र कुनै किसिमको निकास आदीवाट थुन्ने वन्द गर्ने कार्य समेत नगर्नु भनि विपक्षीको नाउँमा अन्तरिम आदेश समेत जारी गरी दिएको छ भन्ने पुनरावेदन अदालत पाटन ललितपुरको आदेश ।

        .     हाल मेरा पति शिव दास श्रेष्ठको मृत्यु मिति २०४९।५।२१ मा भएको हुँदा पुरा एक वर्ष भरिनै आफ्नो जात विशेषको परम्परा अनुसार आसोच वारी वस्नु पर्ने हुँदा कुनै पनि नयाँ निर्माण कार्य नगरेको हुँदा विपक्षीको भनाई अनुसार वालुवा गिटी थुपारी बाटो थुन्न लागेको भन्ने कुरा सरासर झुठ्ठा भएको हुँदा निवेदन खारेज गरी पाउँ भन्ने वावा हसन श्रेष्ठको लिखित जवाफ ।

        .     विवादको जग्गाको मिसिल संलग्न नक्सा मुचुल्काबाट नक्सा नं. १ मा रहेको विपक्षीको कि.नं २७ को जग्गाको दक्षिण पट्टी न.नं. २ हुँदै निवेदिकाको नं नं. २ रहेको देखिन्छ । सो देखि वाहेक अन्यत्रबाट निवेदिकाको घर जग्गामा जाने वाटो रहे भएको भनि नक्सामा विपक्षीले देखाउन सकेको पाइएन । यसरी निवेदीकाले हाल नापी कि.नं २९ कायम भएको घर जग्गामा जाने आउने निकास बाटो रहेको जग्गा विपक्षी वावा हसन श्रेष्ठको कि.नं २७ भित्र भएको देखिएता पनि साविक देखिनै निवेदिकाले बाटो भोग चलन गरी आएको देखिदा यस्तो बाटो बन्द गर्ने गरी पर्खाल नलागाउन र कुनै किसिमबाट निकास बाटो थुन्ने बन्द गर्ने कार्य समेत नगुर्न भनि विपक्षीको नाउँमा निषेधाज्ञा जारी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालतको पाटनको मिति २०५२।२।२४।४। को आदेश ।

        .     मैले ०३३।९।२८ मा पारित गरी लिएको तत्कालीन का..पा. २२ () कि.नं ६४ को ०३ जग्गाको सिमाना पूर्व बस्ने कान्छाको साध पश्चिम गोरेटो बाटो उत्तर पूर्ण विक्रमको साँध दक्षिण पिताम्वरको साध यति ४ किल्ला राखी लिएको जग्गा हो  विपक्षीले खरिद गरी लिएको जग्गा हो  विपक्षीले खरिद गरी लिएको जग्गासँग मेरो जग्गालाई सिमाना भनि देखाएको छैन । मैले घर बनाउन नक्शा पारित गर्दा पुर्व ११ फिट आफ्नै जग्गा र वस्नेत कान्छाको जग्गा पश्चिम १० फिट आफ्नै जग्गा र सो देखि पश्चिम गोरेटो वाटो उत्तर ६ फिट ५ इन्च आफ्नै जग्गा सो देखि उत्तर प्राणविक्रम राणाको जग्गा दक्षिण ४ फिट आफ्नै जग्गा र सो देखि दक्षिण शक्ति राणाको जग्गा भनि किल्ला उल्लेख गरी नक्सा पारित गरी घर बनाइ वसेको छु । विपक्षी र मेरो वीचमा सिमाना र बाटोमो कुनै विवाद नै थिएन । विपक्षीले ०३३।१०।२१ मा का..पा. वडा नं. २२ () को तत्कालीन कि.नं २२८ को ०० जग्गा जमुना परियारबाट लिदा पूर्व पूर्णमायाँको साध पश्चिम रामगोपालको साध उत्तर वस्नेत कान्छाको साध दक्षिण दुर्गा कुमारीको साँध भन्‍ने उल्लेख भई विपक्षीको जग्गा र मेरो जग्गामा कुनै साड्ढ नजोडिएको । निजले राजीनामा पारीत गरी लिदा पनि सो जग्गामा बाटो बाटो छैन । नापीको जालसाजी पूर्ण व्यहोराको फिल्डवुकको कैफियत व्यहोरामा कि.नं २७ को दक्षिण तर्फबाट कि.नं. २९ मा आउने जाने गरेको भनि कैफियत उल्लेख गरे उपर जालसाजी कैफियत वदर गराउन का.जि.. मा फिराद गरेको छु । यसरी पुनरावेदन अदालतलाई भ्रममा पारी कायम नभएको बाटोलाई काल्पनिक कुरा द्वारा समर्थन गर्ने गरी जारी भएको निषेधाज्ञा प्राकृतिक न्यायको सिद्धान्त विपरित हुँदा सो वदर गरी पाउँ भन्ने समेत वावा हसन श्रेष्ठको मिति २०५२।६।४ को  पुनरावेदन पत्र ।

        .     नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागज अध्ययन गरी हेर्दा साविक का..पा. वडा नं. २७ को पश्चिम दक्षिण साधबाट पूर्व पश्चिम भई जाने आली गोरेटो वाटो परापूर्व देखि उपयोग गर्दै आएको, नापी हुदा फिल्डबुकमा समेत बाटो रहेको भनी कैफियत जनिएकोमा सो निकास आली बाटो गोरेटो बाटो थुनी विपक्षीले पर्खाल लगाउन लागेकोले सो कार्य नगर्नु नगराउनु भनने विपक्षीका नाउँमा निषेधाज्ञा जारी गरी पाउँ भन्ने मूख्य निवेदन दावी तथा विपक्षीको जग्गा र मेरो जग्गामा कुनै साध नजोडिएको विवादित जग्गामा निवेदिकाले दावी लिए अनुसारको गोरेटो वाटो नभई मेरो निर्विवाद हक भोगको जग्गा हो । मेरो हक स्वामित्वको जग्गाबाट विपक्षीले आउने जाने बाटो भनि दावी गर्दैमा निषेधज्ञा जारी हुनु पर्ने होइन । निवेदन खारेज गरी पाउँ भन्ने मुख्य लिखित जवाफ जिकिर भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थिति हुनु भएका विद्वान अधिवक्ता श्री लक्ष्मी प्रसाद उप्रतीले गर्नु भएको वहस समेत सुनियो । वहसको क्रममा वहाँले मेरो पक्षले जग्गा लिँदा र प्रत्यर्थीले जग्गा लिंदा पनि मेरो पक्षको जग्गाबाट जाने बाटो छ भन्ने उल्लेख नभएको र नयाँ नापीबाट बाटो नभएकोलाई वाटो जनाई दिए तर्फ का.जि.. मा मुद्दा चलि रहेको तथा नयाँ नापी लागु भई नसकेको हुँदा साविक कै नापी कायम हुने र त्यसमा बाटो नदेखिएकोले निषेधाज्ञा जारी गर्ने गरेको आदेश  वदर हुनु पर्ने भन्ने समेत जिकिर लिनु भएको छ । सो वहस जिकिर समेतलाई दृष्टिगत गरी  निषेधाज्ञा जारी गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश मिले नमिलेको के रहेछ त्यसतर्फ निर्णय दिनु पर्ने देखियो ।

        .     अव निर्णय तर्फ विचार गर्दा पुनरावेदकको साविक कि.नं. ६४ हालको कि.नं. २७ र प्रत्यर्थीको साविक कि.नं. २२८ हालको कि.नं. २९ भएकोमा विवाद छैन । प्रत्यर्थी निवेदकको कि.नं. २९ मा घर भएको मिसिल संलग्न रहे भएको ०५१।२८।६ को नक्शा मुचुल्काबाट देखिन्छ । सो नक्शाको न.नं.४ को प्रत्यर्थीको घर जग्गामा जाने पुनरावेदकको न.नं.१ को जग्गाको दक्षिणमा न.नं. ५ को वाटोबाट प्रत्यर्थीको न.नं. ४ को घरमा जाने न.नं. २ को बाटो वाहेक अरु कुनै बाटो भएको नदेखिएको र सोही कुरा सो नक्साको न.नं. ४ को व्यहोरामा स्पष्ट उल्लेख भई रहेको छ सो नक्शा हुँदा पुनरावेदकको वारेस हाल पुनरावेदकको मु.. गर्ने शंकरदास श्रेष्ठ आफै उपस्थित भएको तर निजको सो नक्सा हुँदा त्यस्तो बाटो नभएको भनि जिकिर लिन सकेको पाइएन । प्रत्यर्थीको न.नं. ४ को हालको कि.नं. २९ को घर जग्गामा जाने न.नं. २ को वाटो वाहेक अन्य बाटो रहे भएको मिसिल संलग्न रहेको ०५१।४।२८।६ को नक्साबाट नदेखिएकोले सो बाटो वन्द हुने गरी पर्खाल लगाउन र कुनै किसिमबाट निकास बाटो वन्द गर्ने कार्य समेत नगर्नु भनि निवेदन माग बमोजिम निषेधाज्ञा जारी गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. दिलीपकुमार पौडेल

 

इति संम्वत् २०५५ साल असार १० गते रोज ४ शुभम् ..........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु