निर्णय नं. ६६८२ - अंश दपोट

निर्णय. नं. ६२८२ ने.का.प. २०५६ अङ्क ३
पूर्ण इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश भैरव प्रसाद लम्साल
सम्वत् २०५३ सालको दे.पु.ई.नं. ....११३
फैसला मितिः २०५५।५।२५।५
मुद्दाः अंश दपोट ।
पुनरावेदक/प्रतिवादीः जिल्ला नवलपरासी आ.गा.वि.स वाड नं. ६ बस्ने टुन्नी मियाको मु.स. गर्ने वसीउल्लाह मिया ।
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने वारिस अलि मिया समेत जम्मा ३ ।
§ विवादीत सम्पत्ति यी वादी प्रतिवादी वीच अंशवण्डा हुँदा वण्डा लिखतमा उल्लेख भएको पाइदैन । विवादीत सम्पत्ति निजी आर्जनको हो भन्ने प्रतिवादीहरुको भनाई प्रमाणित हुने कुनै प्रमाण कागजात निजहरुले पेश गर्न सकेको पनि छैन। निज आर्जन हो भन्ने प्रतिवादीको भनाई प्रमाणीत भएको देखिन आएन । विवादीत सम्पत्ति अंशवण्डा नै नभएको र वण्डा लाग्ने सम्पत्ति देखिदा अंशवण्डाको ३५ न. मा भएको व्यवस्था अनुसार त्यस्तो सम्पत्ति माथि दावी गर्न हदम्याद लाग्ने अवस्था देखिन नआउने ।
(प्र. नं. १५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा
प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
अवलम्वित नजिरःX
फैसला
न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत वुटवलको मिति २०५०।१०।२६ को फैसला उपर परेको निवेदनमा दोहराई हेर्ने निस्सा प्रदान भै संयुक्त इजलासमा निर्णयार्थ पेश भएकोमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने निर्णय बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको तत्य एबं ठहर यस प्रकार छः
२. खुसि मियाको ६ भाई छोरा जेठा अमानतुल्लाह, माहिला टुन्नी मिया, साहिला चांद मिया, काहिला मुन्सरीफ मिया, राइिला रोशन अलि मिया र कान्छा अलिहुसेन मिया, भएको खुशी मियाको मुत्यु भएको । जेठा आमनतुल्यको मुत्यु भई निजको एक मात्र छोरा मेरो वावु समसुद्दिनि मियाको मृत्यु भई निजको हकमा म वादी वारेस अलि हुँ । हामी सवै अंशियार २०३२।६।१५ मा अंशवण्डा भई छुट्टा छुट्टै वसेका छौं । विपक्षी टुन्नी मियांले जिल्ला नवलपरासी मन्झरिया गा.पं. वाड नं. १ र २ का कि.नं. ९, ४०, ८९, १७१, १७६, ९४, १०८, ११०, २२, ५९, ३४, ९५, ९८, १०९, ११६, १२४ र १२९ समेतका जम्मा ज.वि. ५-७-१ वण्डापत्रमा नलेखाई लुकाए छिपाएको कुरा मा.पा. का. वाट टुन्नी मियाको नाउँमा ज.ध.द. प्रमाण पुर्जाको नक्कल लिंदा थाहा भएकोले फिराद गरेका छौ । उक्त जग्गामा अंशियारा मध्ये रोशन अलि र चांद मियाको अंश दपोट मुद्दा परी सकेको हुँदा निजहरुको समेत भाग लगाई जग्गा जि.वि ५–७–१ लाई पांच खण्ड गरी हामीहरुको भागमा पर्ने १—१-८-१ जग्गा ज.वि ५-७-१ लाई पाँच खण्ड गरी हामीहरुको भागमा १–१–८१/५ जग्गा हामीलाई दिलाई दर्ता नामसारी समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. उहि जग्गाको विषयमा वादीहरुले ५ भाग गरी वरावर पाउँ भन्ने र रोशन अलि र चांद मियाले आधा आधा पाउँ भनी छुट्टा छुट्टै अंश दपोट मुद्दाको नालेश गरी भाग हिस्सामा फरक फरक दावी देखिन्छ भने अंश मुद्दामा धर्म भाकी दिएको तायदातीमा लुकाए छिपाएको वाहेक वण्डापत्रको लिखतमा दवाए छिपाएको छैन । अंश लाग्ने डरले लुकाए छिपाएको पत्ता लगाउनेले खानु भन्ने लेख्दैमा हाल प्रचलित मुलुकी ऐन अंशवण्डाको २७ नं. को दावी लाग्ने होइन । अर्को कुरा अंशवण्डा गर्दा अंशवण्डाको ३२ नं. बमोजिम ३ महिना भित्र नालेश गर्न सक्नु पर्नेमा म्याद भित्र नगरेको नालेश खारेज भागी छ । हामी अंशियार दाजुभाई वावुकै पालादेखि मानो छुट्याई छुट्टी बसको थियौं । सोही अवस्थामा मैले निजी आर्जनबाट जोडेको जग्गा अंशवण्डाको १८ नं. ले वण्डा लाग्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. फिराद दावी अंशवण्डाको २७ नं. प्रतिकुल देखिंदा प्रतिवादीहरु उपर अंशवण्डाको २७ नं. को आधार लिई हाम्रो नाउँमा छुट्टै नामसारी दर्ता समेत गरी पाउँ भन्न्ने प्रस्तुत फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने प्रस्तुत फिराद दावी पुग्न नसक्ने ठहर्छ भनने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको मिति ०४५।३।१४ को फैसला ।
५. नवलपरासी जिल्ला अदालतको फैसलामा चित्त वुझेन उक्त फैसला उल्टाई अंश दपोट गरेको ठहराई हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको तत्कालनी लु.अ.अ.मा परेको पुनरावेदन ।
६. घरसारमा खडा भएको, वण्डापत्रको सम्बन्धमा दपोटको उजुर लाग्न नसक्ने भनी शुरु जिल्ला अदालतको दपोटको दावी नठहर्ने गरी गरेको निर्णय मनासिव ठहर्छ तर दपोट गरे भनी देखाएको अंचल सम्पति सवै अंशियारको वरावर हक लाग्ने ठहर्याउनु पर्नेमा सो नठहर्याएको सम्म शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा केही उल्टी हुने ठहर्छ भन्ने तत्कालीन लुम्विनी अंचल अदालतको फैसला ।
७. एकातिर दपोट नठहर्याएको अर्को तर्फ वादीवालाहरुलाई अंश भाग दिलाउने गरी भएको फैसला त्रुटिुपूर्ण हुँदा चित्त वुझेन, उक्त फैसला अंश भाग दिलाउने सम्म उल्टाई इन्साफ पाउ भन्ने व्यहोराको तत्कालिन पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
८. दपोटको दावी नठहर्ने भनी शुरु जिल्ला अदालतको इन्साफलाई मनासिव ठहर्याई सगोलको वण्डा हुनु पर्ने छुट भएको अंचल सम्पत्ति अंशवण्डाको ३५ नं. ले सवै अशिंयारको वरावर हक लाग्ने ठहर्याउनु पर्नेमा सो नठहर्याएको हदसम्म शुरुको फैसलालाई केही उल्टी हुने समेत ठहर्याएको तत्कालीन लुम्विनी अंचल अदालतको ०४७।११।१२ को इन्साफ मिलेकै देखिँदा मनसिव ठहर्छ भन्ने समेत पुनरावेदन अदालत, वुटवलको मिति २०५०।१०।२६ को फैसला ।
९. अदालतबाट हुने फैसला दावी भित्र रही हुनुपर्ने सो नभै अंशवण्डाको ३५ नं. को आधार लिएको सो आधार पनि वण्डापत्रको रुपबाट विपरित देखिएको र प्रस्तुत मुद्दा अंशवण्डाको २७ नं. को परिधी भित्र नपर्ने भएकोले माग दावीलाई खारेज गर्नु पर्नेमा सो नभएको हुँदा मुद्दा दोहोर्याई पाँउ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।
१०. अंशवण्डाको २० नं. को आधार देखाई परेको नालिश अंशवण्डाको २१ नं. को आधारमा वादी दावी लाग्नै नसक्नेमा त्यस्तो दावीबाट इन्साफ गरेको पुनरावेदन अदालत, वुटवलको फैसलामा अंशवण्डाको २१, २७ र ३२ नं. को व्याख्यात्मक त्रुटीका साथै रोहिणी प्रसाद उपाध्याय विरुद्ध देवी दत्त उपाध्याय भएको अंश दपोट मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.पं. २०४२, नि.नं. २४१५ पृष्ठ ६२१) को विपरित निर्णय भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्डा (क) र (ख) को आधारमा दोहोर्याउने निस्सा दिएको छ नियमानसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको ०५१।७।११ को आदेश ।
११. वादी प्रतिवादीहरु बीच ०३२।६।१५ मा अंशवण्डाको लिखत रजिष्ट्रेशन पारित भै अंश लिई छुट्टि भिन्न भएको मिसिल संलग्न अंशवण्डाको कागजबाट देखिन्छ । सो वण्डापत्रको कागजमा लेखिएको जग्गा बाहेक अरु जग्गा हामी अंशियार मध्ये कसैले लुकाए छिपाएको छैनौ । अंश लाग्ने डरले लुकाए छिपाएको जसले पत्ता लगाउनेछ उसैले ऐन वमोजिम गरी आफ्नो नमामा दर्ता गराउने छ भन्ने उल्लेख भएको कुरालाई आधार लिई अंशवण्डाको २७ नं. तथा ३५ नं. को आधारमा वादीको फिराद परेकोमा दपोट नठहराई भएको फैसलामा वादीले चित्त वुझाई वसेको देखिन्छ । प्रस्तुत मुद्दामा उठाएको कानूनी व्याख्याका प्रश्नहरुका सम्बन्धमा विचार गर्दा अंशवण्डाको २० नं. मा अंशको नालिश परी आएकोमा अंशवण्डा गरि दिनुपर्ने देखिन आएपछि मुद्दा फैसला नगर्दै घरको लेनदेन कामकाज गर्ने जानकारसँग यसै महलका २३ नं. बमोजिम अंशवण्डा गर्नु पर्ने चल अचल धन र ऋण समेत गैहृ श्री सम्पतती यतिकै हो, दवाए छुपाएको छैन भन्ने धर्म भकाई फाट लिई वण्डा गरि दिनुपर्छ । फाँट दिनुपर्नेले फाँट नदिई अडियो भने त्यस्तालाई फाटवारी नदिएसम्म यसै महलका २१ नं. वमोजिम ६ महिनासम्म थुनी राख्नुपर्छ, भन्ने व्यवस्था भएबाट अंशवण्डाको २१,२३ र दवाए छिपाएको छैन भनी कागज गरिसकेपछि दवाए छिपाएको देखिएका नदवाउनेले नालेश गर्ने अशंवण्डा हुने अवस्थामा आकर्षित हुने देखिनछ । अंशवण्डाको २७ नं. अंशका नालिश परी अशंवण्डा हुने अवस्थामा आकर्षित हुने देखिन्छ । अंशवण्डाको २७ नं. ले दवाए छिपाएको छैन भनी कागज गरि सकेपछि दवाए छिपाएको ठहर्यो भने तयो धनमाल दवाउनेले पाउँदैन । नदवाउने अरु अंशियारले ऐन बमोजिम अंश गरी खान पाउछन भन्ने व्यवस्था गरेकोबाट वादी प्रतिवादी वीच भएको पहिले घरसासमा तयार गरी पारीत भएको वण्डापत्रको कागज हुँदा लुकाए छिपाएको छैनौ अंश लाग्ने डरले लुकाए छिपाएको जसले पत्ता लगाउने छ उसैले ऐन बमोजिम गरी आफ्नो नाममा दर्ता गराउने छ भन्ने लेखिएकोलाई सो २७ नं. को आसय अनुरुपको कागज भएको भनी अर्थ गर्न मिल्ने देखिदैन । अंशवण्डाको ३२ नं. ले अंशवण्डा भएकोमा अंशमा चित्त नवुझेमा सोह्र वर्ष नाघेकाले वण्डापत्रको कागज भएका मितिले र सोह्र वर्ष मुनिकाले १६ वर्ष नाघेका मितिले तीन महिना भित्र नालिश दिनु पर्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दाका फिराद यस मुद्दा भन्दा अघि अंश मुद्दा परी अंशवण्डा भएकोमा श्री सम्पत्तिको फाटवारी दिंदा दवाए छिपाएको भन्ने र अंशवण्डाको कागज भै सकेपछि सो कागज अनुरुप भएको वण्डामा चित्त नवुझेको भन्ने आधारमा परेको नभै अंश वण्डा गर्दाका वखत वण्डा गर्नु पर्ने सम्पत्ति नदेखाई दवाए छिपाएको भन्दै अंशवण्डाको २७ र ३५ नं. का आधारमा परेको देखिँदा अंशवण्डाको ३२ नं. को म्याद नघाई फिराद परेको भन्न मिल्ने देखिन आएन । वण्डापत्रको कागजमा फिरादमा उल्लेखित सम्पत्तिको सम्वन्धमा कुनै उल्लेख नभएबाट सो सम्पत्ति वण्डा गर्न बाकी रहेको देखिन आउँछ । प्रतिवादीले निजी आर्जनको सम्पत्ति भएकाले वण्डा नहुने भनी जिकीर लिएको देखिए तापनि निजी आर्जनको हो भन्ने सम्बन्धमा प्रमाण पेश गर्न सकेको देखिदैन । यस स्थितिमा अंशवण्डाको ३५ नं. को व्यवस्था अनुरुप वादी प्रतिवादी बीच वण्डापत्रको कागज हुँदाका वखत वण्डा गर्न बाकी रहेको गर्न बाँकी रहेको प्रतिवादीका नाउको सगोलको सम्पत्ति वादीले कानून अनुरुप वण्डा छुट्याई लिन पाउने नै देखिन आयो । सगोलको वण्डा हुनुपर्ने छुट भएको अचल सम्पत्ति अंशवण्डाको ३५ नं. ले सवै अंशियारको वरावर हक लाग्ने ठहर्याउनु पर्नेमा सो नठहराएको हदसम्म शुरुको फैसलालाई केही उल्टी हुने ठहर्याई तत्कालिन लुम्बीनी अंचल अदालतबाट भएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासिव ठहर्छ । प्रस्तुत मुद्दाकै अवस्था रहेको ने.का.प. २०४२ अंक ६ नि.नं. २४१५ पृष्ठ ६२१ मा प्रकाशित रोहिणी प्रसाद विरुद्ध देवी दत्त भएको अंश दपोट मुद्दामा सर्वोच्च अदालत डिभीजन बेन्चबाट भएको निर्णयसँग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।३।२८ को फैसला ।
१२. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पनुरावेदन प्रतिवादी तर्फवाट रहुन भएका विद्वान अभिवक्ता श्री कृष्णप्रसाद सापकोटाले अंशवण्डाको लिखत घरसारमा भएको घरसारमा भएको वण्डा लिखतको सम्वबन्धमा अंशवण्डाको २७ नं. प्रयुक्त नहुने भन्ने सिद्धान्त प्रतिपादन भएको छ, सम्पत्ति अवण्डा हो भनी आउनु पर्दछ । दपोटमा आउने होइन । घटी बढी भए अंशवण्डाको ३२ नं. अनुसार आउनु पर्दछ । वण्डापत्रमा नदेखाएकोमा भाग पाउँ भनी ३५ नं. अनुसार फिराद लाग्न सक्छ । पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको मुख्य वहस जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थी दावीको तर्फवाट विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले रुलिंग वाझिएको अवस्था छैन । दपोट गरेको भनी फिराद परेपनि दपोट गर्यो गरेन भन्ने विवाद कायम नगरी वण्डा लगाउने गरेको मिल्यो मिलेन भन्ने कुरा सम्म प्रश्न बाँकी छ । स्वआर्जन भनी प्रतिवादीले भनेपनि सो को प्रमाणको अभाव रहेको भनी गरेको फैसला मिलेकै हुँदा अन्यथा गर्नु पर्ने अवस्था छैन भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
१३. विद्वान कानून व्यवसायीहरुको उपयुक्त बमोजिमको वहस जिकिर समेत सुनी हेर्दा प्रस्तुत मुद्दामा संयुक्त इजलासको फैसलामा उल्लेखित ने.का.प. २०४२ को मुद्दाको निर्णयाधार संग यस मुद्दामा रुलिङ बाझिएको छ छैन पुनरावेदन अदालत बुटबलको पैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयोग ।
१४. सर्वप्रथम उल्लेखित रुलिङ तर्फ हेर्दा सो मुद्दामा सगोलको अंशियारहरुको नाउँमा खरिद गरेको जग्गा सवै अंशियारहरुमा वण्डा गरी लिनु दिनु पर्नेमा नदि दवाएकोले दवाएको जग्गा अंशवण्डाको २१ नं. वमोजिम मैले खान पाउने गरी मेरो हक गरी पाउँ भन्ने फिराद दावी भएकोमा घरसारमा वण्डापत्र गरी रजिष्ट्रेशन पास भएकोमा अंशवण्डाको २१ नं. आकृष्ट हुन सक्दैन भन्ने समेत आधारमा दपोट ठहराएको तल्लो अदालतको फैसला उल्टी गरी फिराद खारेज गर्ने फैसला भएको देखिन्छ । प्रस्तुत मुद्दाको दावी हेर्दा हाम्रो समेत अंश लाग्ने जग्गा अंशवण्डाको लिखतमा नदेखाई दबाए छिपाएकोले सो जग्गा विगाहा ५–७–१ पाँच खण्ड गरी हामीहरुको भागमा पर्ने जग्गा हामीहरुलाई दिलाई पाउँ भनी अंशवण्डाको २७ नं. को आधार लिई सोही महलको ३५ नं. को हदम्याद भित्र भनी प्रस्तुत फिराद परेको देखिन्छ । सो जग्गा निजी आर्जनको भएकोले वण्डा नलाग्ने भन्ने प्रतिवादी जिकिर रहेकोमा घरसारमा सवै अंशियारहरु मिलि वण्डापत्र खडा गरी पारित गरेको अवस्थामा सो वण्डापत्रमा नदेखाएको सम्पत्ति अंश दपोट गरेको भनी दावी लिन पाउने कानूनी प्रवाधान रहेको पाइदैन भन्ने समेतको आधारमा वादी दावी पुग्न पाइदैन भन्ने समेतको आधारमा वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सगोलको वण्डा हुनुपर्ने तर वण्डा वण्डा हुन छुट भएको अचल सम्पत्ति अंशवण्डाको ३५ नं. ले सवै अंशियारको वरोवर हक लाग्ने भई सोही अनुरुप भाग लाग्ने भनी ठहराउनु पर्नेमा सो नठहराएको सम्म शरु जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्छ भन्ने तत्कालीन लुम्विनी अंचल अदालतको फैसला सदर गरी पुनरावेदन अदालत वुटवलबाट फैसला भएको देखिन्छ । तत्कालीन लुम्विनी अंचल अदालतको दपोट नठहराए उपर वादीहरुको पुनरावेदन परेको अवस्था नहुँदा दपोटको विवाद प्रस्तुत मुद्दामा बाँकि रहेको देखिएन । विवादित अचल सम्पत्ति वादी प्रतिवादी अंशियार बीच वण्डा लाग्ने गरेको तत्कालीन अंचल अदालतको फैसला सदर गरी पुनरावेदन अदालतबाट भएको फैसला उपर प्रतिवादीहरुले चित्त नवुझाई दोहराउने निवेदन लिई यस अदालतमा प्रवेश गरेको देखिन आउँछ । यस परिपेक्ष्यमा उल्लेखित रुलिंग बाझिएको भन्न मिल्ने अवस्था देखिन आएन ।
१५. अव दोपट नठहरे पनि विवादीत सम्पत्ति वण्डा लाग्ने ठहर गरेको फैसला मिलेको छ छैन भन्ने तर्फ विचार गर्दा विवादीत सम्पत्ति यी वादी प्रतिवादी विच अंशवण्डा हुँदा वण्डा लिखतमा उल्लेख भएको पाइदैन । विवादित सम्पत्ति निजी आर्जनको हो भन्ने प्रतिवादीहरुको भनाई प्रमाणीत हुने कुनै प्रमाण कागजात निजहरुले पेश गर्न सकेको पनि छैन । निजी आर्जन हो भन्ने प्रतिवादीको भनाई प्रमाणित भएको देखिन आएन । विवादीत सम्पत्ति अंशवण्डा नै नभएको र वण्डा लाग्ने सम्पत्ति देखिंदा अंशवण्डाको ३५ नं. मा भएको व्यवस्था अनुसार त्यस्तो सम्पत्ति माथि दावि गर्न हदम्याद लाग्ने अवस्था देखिन आउदैन । अवण्डा सम्पत्ति वण्डा लगाई दिनु पर्नेमा वादी दावी नपुग्ने ठहर गरेको शुरु जिल्ला अदातलको फैसला केही उल्टी गरी विवादीत सम्पत्तिमा वादीहरुको वरावर अंश हक लाग्ने ठहर गरेको तत्कालीन लुम्विनी अंचल अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला सदर गरेको सम्म यस अदालत संयुक्त इजलासको मिति २०५३।३।२८ को फैसला मिलेकै देखिदा सो फैसलामा अन्यथा गरिरहन परेन । प्रतिवादीहरुको जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल वुझाई दिनु ।
उपर्युक्त रायमा हामी सहमत छौं
न्या. लक्ष्मणप्रसाद अर्याल
न्या. भैरवप्रसाद लम्साल
इति सम्बत् २०५५ साल भाद्र २५ गते रोज ५ शुभम् ......।