शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६८४ - कुत दिलाई मोही निष्कासन ।

भाग: ४१ साल: २०५६ महिना: असार अंक:

निर्णय नं. ६६८४                  ने.का.. २०५६             अङ्क ३

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्वत् २०५४ सालको दे.पु..नं. .......१२९

फैसला मितिः २०५५।५।२५।५

मुद्दाः कुत दिलाई मोही निष्कासन ।

पुनरावेदक/प्रतिवादीः जि.सर्लाही सिमरा गा.वि.स वार्ड नं. ६ को हाल वार्ड नं. ४ वस्ने मनचनिया वादवनी ।

विरुद्ध

विपक्षी/वादीः ए.. वस्ने वार्ड नं. १ वस्ने राजकुमार सिंह भूमिहार ।

§  कानूनद्धारा जग्गाधनीलाई  तोकिएको कर्तव्य जग्गाधनीको पुरा नगरी जग्गाधनी स्वयंमले नै मोही निषकासनको दावी लिई गरेको नालेशमा मोहीद्धारा भूमि सम्बन्धी ऐनको दफा ३५ बमोजिम यथार्थ व्यहोरा उल्लेख गरी मौकामा नै दिएको सूचनालाई नै आधार बनाई लिएको प्राकृतिक प्रतिकुलताको जिकिर सम्बन्धमा पुनरावेदन अदालत जस्तो न्यायिक निकायबाट समेत वुझेको देखिदैन । मोहीले रीतपुर्वकको सूचना दिएपछि जग्गाधनीले गर्नुपर्ने कानूनद्धारा निर्दिष्ट प्रकृयाको पालना जग्गाधनीबाट हुनुपर्नेमा, जग्गा धनी त्यस्तो प्रकृया पूरा गर्ने तर्फ नगई कुत नबुझाएको भनी मोही निष्कासनको दावी लिन पुगेको र त्यस्तो सूचनामा उल्लेख भएको प्राकृतिक र प्रतिकुलताको स्थिति विद्यमान भए नभएको भन्ने तर्फ सम्बन्धित भु.सु का. बाट जाँचवुझ समेत नभएको हुँदा मोहीले सूचनाका उल्लेख गरेको प्राकृतिक प्रतिकुलताको अवस्था खण्डन हुने कुनै तथ्य वा तार्किक आधार भूमि सुधार अधिकारीको निर्णय र पुनरावेदन अदालत जनकपुरको निर्णय समेतबाट देखिन आएन । यस्तो स्थितिमा मोही निष्कासन गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । मोही निष्कासन नहुने गरी गरेको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्ने ।

(प्र.नं. १४)

पुनरावेदक प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ता व्दय श्री रामप्रसाद भट्टराई र श्री अमर थापा

प्रत्यर्थी वादीको तर्फवाटः विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

अवलम्वित नजिरः X

फैसला

न्या. केदारनाथ उपाध्यायः संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकि सवोच्च अदालत नियमावली २०४९ को नियम ३() () अनुसार पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः

.     स्व.पिता चक्रधरका नामको जिल्ला सर्लाही सिमरा वा.नं. () कि.नं. १३९ को ०--० र ऐ कि.नं. ३२५ को ०१३८ समेत जग्गाको विपक्षीका पिता अमर राय मोही भएकोमा निजको मृत्यु पश्चात विपक्षीले मोही नामसारी गराई जग्गा जोत कोड गरी रहेकोमा २०४९ सालको कुतवाली मलाई नबुझाई कुनै निकायमा धरौटी समेत नराखेकोले हुने कुतको विगो रु २२१४।०५ दिलाई मोही निष्कासन समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।

.     वादी दावीको जग्गामा प्रकृतीको प्रतिकुलताले वाली लगाउन नसकेकोले समयमानै जानकारी गराई सकेको हुँदा वादी दावी खारेज गरी  पाउँ भन्ने प्रतिउत्तर पत्र ।

.     मोही हक यथावत राखी  वादीले प्रतिवादीबाट कुतवालीको हुने रकम रु २२१४।०५ भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सर्लाहीको मिति २०५०।३।१५ को फैसला ।

.     कुतवाली सम्म भराई दिने र मोही हक यथावत राख्ने गरी भू.सु. का. सर्लाहीले गरेको फैसला त्रुटिपुर्ण हुँदा सो फैसला वदर गरी फैसला त्रुटिपुर्ण हुँदा सो फैसला वदर गरी मोहीबाट समेत निष्कासन गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र।

.     यसमा न्यायिक निर्णय गर्ने अधिकार पाएको अधिकारको निर्णय गर्दा निणर्यको आधार विन्दु समेत उल्लेख गरी निर्णय गर्नु पर्नेको सो अनुरुप न्यायिक मनको प्रयोग भएको नदेखिएकोले मिति २०५०।३।१५ को भु.सु.का. सर्लाहीको निणर्य फरक पर्ने देखिएकोले अ.. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५०।१२।३ को आदेश 

.     २०४९ सालको वादी दावीको जग्गाको कुत वादी जग्गाधनीलाई नबुझाएको र सम्बन्धित  निकायमा धरौटी समेत नराखेको कुरामा कुनै विवाद देखिएन  । यस स्थितिमा कूतवाली नबुझाउने मोहीलाई मोही हकबाट निष्कासन समेत गरी पाउँ भन्ने माग दावी भए पछि मोही निष्कासन  समेत हुन सक्नेमा कुत मात्र भराई दिएको पाईया र अतः उपरोक्त तथ्य एबं कारणहरुको आधारमा मोही निष्कासन नगरेको हदसम्म केही उल्टी  भै दावी बमोजिम मोही निष्कासन समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५१।३।१२ को फैसला ।

.     २०४९ सालमा वर्षा नभएको कारणबाट उव्जा हुन नसकेकोले कुत वुझाएको वा घरौटी राखेको थिएन र राख्नु पर्ने न्यायोचित पनि होइन । कानूनले नै सुविधा प्रदान गरेकोलाई न्याय कर्ताज्युले उपेक्षा गरी कूत नवुझाएको दोषारोपण गरी चर्को सजाय मोही निष्काष्सन हुने ठहर्छ भनी गरेको फैसला स्वैच्छिक विषयगत हुनुका साथै भूमि सम्बन्धि ऐन, २०२१ को प्रस्तावना समेतको प्रतिकूल भै प्रत्यक्षः गंभिर कानूनी त्रुटिपूर्ण भएकोले वदर गरी हक इन्साफ भई मोहियानी हकको संरक्षण एबं सम्बन्धन गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक, प्रतिवादी मनचनिया देवी यादवनीको यस अदालत समक्ष पर्न आएको पुनरावेदनपत्र ।

.     भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३५ मा भएको व्यवस्था अनुसार सूचना दिएको अवस्थामा मोही निष्कासन गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला नमिली फरक पर्ने देखिएकोले अ.वं २०२ नं. र सर्वेाच्च अदालत नियमावली, २०४९ बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदातल संयुक्त इजलासको मिति ०५३।६।१५ को आदेश ।

१०.    खडेरी परेको भन्ने तथ्यको सम्पुष्टि हुलाकद्धारा सूचना दिएको, त्यसको वोधार्थ भूमि सुधार कार्यालयलाई समेत दिएको सूचनामा जग्गाधनीलाई लक्ष गरिएको देखिँदा दफा ३५ को तथ्यगत स्थिति  विद्यमान भएको कुराको सम्पुष्टि हुन आउँदछ । उपरोक्तानुसार पुनरावेदन अदालत जनकपुरले मोही निष्कासन, नहुने ठहर्याएको शुरु भू.सु.का. को फैसला उल्टि गरी मोही निष्कासन समेत हुने ठहराएको फैसला मिलेको नदेखिँदा पुनरावेदन अदालत जनकपुरको इन्साफ उल्टी हुन्छ  सहयोगी मा.न्या. केदारनाथ आचार्यको पुनरावेदन  अदालत जनकपुरको फैसला सदर गर्ने गरेको रायसंग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३() () अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय ।

११.    प्राकृतिक प्रतिकुलता भन्ने कुरा एउटा मोहीलाई मात्र पर्ने विषयवस्तु नभई त्यस इलाकाका सवैलाई पर्न सक्ने हुनु पर्दछ । त्यस इलाकामा प्राकृतिक प्रतिकुलता भएमा सम्बन्धित निकायबाट त्यस्तो निर्णय हुनुपर्दछ । मोहीले एउटा पत्र पठाएकै आधारमा प्राकृतिक प्रतिकुलता थियो भनी मान्न मिल्ने होइन, प्रमाणित हुन नसकेको स्थितिमा प्राकृतिक प्रतिकुलता थियो भनी असत्य आधार लिई प्रतिवादी गर्ने मोहीलाई कानूनले मद्दत गर्न सक्ने स्थिति हुँदैन । अतः भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९() बमोजिम दैवी परेको वा उव्जा हुन नसकेको भन्ने नदेखिएको स्थितिमा कुत नबुझाउने मोहीलाई निष्कासन गर्न आदेश दिन सक्ने कानूनी प्रावधान अनूरुप निष्कासन समेत गर्नुपर्नेमा नगरेको हदसम्म शुरुको उल्टी गरी मोही निषकासन हुने समेत ठहर्याएको पनुरावेदन अदालत  जनकपुरको इन्साफ मिलेकै देखिँदा सदर हुन्छ । मा.न्या. श्री लक्ष्मण प्रसाद अर्यालको रायसंग सहमत हुन नसकेकोबाट प्रस्तुत मुद्दा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सहितको मिति २०५३।१२।१३ को फैसला ।

१२.    नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पनुरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थिति हुनु भएका विद्वान अधिवत्ताव्दय श्री राम प्रसाद भट्टराई र श्री अमर थापाले वर्षा नभएको कारणले वाली हुन नसकेको कारण देखाई जग्गाधनीलाई र भूमि सुधार कार्यालयलाई मेरो पक्षले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३५ बमोजिम सूचना दिएको स्थिति छ । वाली वुझाएन भने मोहीबाट निष्कासन गर्ने वाध्यात्मक व्यवस्था कानुनमा छैन । मेरो पक्षले वाली नभएको भनी लिएको जिकिर कानून सम्मत भएको भनी लिएको जिकिर कानून सम्मत भएकोले मोही निष्कासन हुने होइन । मोही निष्कासन समेत हुने ठहर्‍याएको पु.वे.. जनकपुरको फैसला उल्टी गरेको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद आर्यालको राय सदर गरी पाउँ भन्ने र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले वाली सम्बन्धमा पुनरावेदन परेको छैन । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३५ बमोजिम जग्गाधनीलाई वाली हुन नसकेको भनी सूचना दिएको छैन । मोही निष्कासन हुने समेत ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला सदर गरेको माननीय न्यायाधीश श्री केदार नाथ आचार्यको राय सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।

१३.    विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उपर्युक्त वहस जिकिर समेतलाई मनन गरी हेर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९() बमोजिम कुत दिलाई मोही निष्कासन समेत गरी पाउँ भन्ने दावी लिई भूमि सुधार कार्यालय सर्लाहीमा वादीको फिराद परेकोमा मोही हक यथावत कायम राखी वाली भराई दिने गरी भु.सु.का. सर्लाहीबाट भएको फैसला उपर पुनरावेदन अदालतमा वादीकै पुनरावेदन परी प्रतिवादीद्धारा प्राकृतिक प्रतिकुलताको कारणले नियम बमोजिमको वाली वुझाउन नसकेको निवेदन सहितको जिकिर लिएकोलाई मान्यता नदिई मोही निष्कासन समेत गरेको देखिन्छ । पुनरावेदन अदालतबाट भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३५ बमोजिमको प्रकृया प्रतिवादीले पुरा नगरेको भन्ने आधारमा प्रतिवादीको जिकिरलाई अस्वीकार गरेको देखिन्छ ।

१४.    मोही मनचनिया यादवनीले प्राकृतिक प्रतिकुलताको व्यहोरा खुलाई मिति २०४९।७।६ मा र.नं. ११ तथा १३ द्धारा जग्गाधनी चक्रधर सिंह समेतलाई हुलाकद्वारा सूचना दिई सो को वोधार्थ भूमि सुधार कार्यालयलाई समेत दिएको देखिन्छ । यस्तो सूचना प्राप्त भएपछि सुचनामा उल्लेख भए अनुसारको खडेरी परेको थियो, थिएन भन्ने जाँचवुझ गरी त्यसको निरोपण गर्ने कार्य स्थानीय भु.सु.का ले गर्नु पर्दछ । प्रस्तुत विवादमा मोहीले प्रारम्भ देखि नै प्राकृतिक प्रतिकुलताको कारण खुलाई दिएको सुचनालाई जिकीर लिदै आएको देखिन्छ भने भूमि सुधार कार्यालयबाट त्यस सम्वन्धमा तथ्यगत जाँचवुझ गरी प्राकृतिक प्रतिकुलताको अवस्था विद्यमान थियो थिएन भन्ने तर्फ निक्र्यौल रहेको  देखिदैन । तथ्यगत जाँचवुझबाट त्यस्तो प्राकृतिक प्रतिकुलता नदेखिएमा त्यस्तो सूचनाको औचित्य स्थापित हुन सक्दैन र तत्पश्चात भूमि सुधार कार्यालयले विवादको  निरोपण गर्न सक्दछ ।  भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३५ मा कुत मिन्हा दिने वारेमा कार्यविधि निर्धारण गरिएको छ । जस अनुसार मोहीले प्राकृतिक प्रकोप वा प्रतिकुलताले गर्दा वाली लगाउन सकेन वा फसल राम्रो हुन सकेन भन्ने त्यसको सूचना यथासम्भव चांडो जग्गावाला वा निजको तर्फवाट कुत वाली वुझ्ने व्यक्तिलाई दिनु पर्दछ र जग्गावालाले पनि आवश्यक देखिएजती कुत मिनाहा दिनुपर्छ भन्ने व्यवस्था रहेको छ । मोही कानूनी व्यवस्थाका आधारमा मोहीले जग्गाधनीलाई सूचना दिएपछि, जग्गाधनीले पनि आफ्नो कानूनी कर्तव्यको पालना गर्नुपर्ने हुन्छ । त्यसरी कानूनद्धारा निर्दिष्ट प्रकृया पुरा नगरी, पछि गएर वाली नवुझाएको भनी वाली भराई मोही निष्कासन गराई पाउँ भनी जग्गाधनीको नालेश परेको र मोहीले आफूले दफा ३५ अनुसार सूचना दिई कर्तव्य पुरा गरेको जिकीर अवस्थामा भूमीसुधार अधिकारीले त्यस्ता जिकीर सम्बन्धमा निरोपण नगरी दफा २९() अन्तर्गतको नालिसको निरोपण गर्न  कानूनतः नकिल्ने कुरा स्वतः स्पष्ट छ । कानूनद्धारा जग्गाधनीलाई तोकिएको कर्तव्य जग्गाधनीले पूरा नगरी जग्गाधनी स्वयंले नै मोही निष्कासनको दावी लिई गरेको नालेशमा मोहीद्धारा भुमि सम्बन्धी ऐनको दफा ३५ बमोजिम यथार्थ व्यहोरा उल्लेख गरी मौकामा नै दिएको सूचनालाई आधार वनाई लिएको प्राकृतिक प्रतिकुलताको जिकिर सम्बन्धमा पुनरावेदन अदालत जस्तो न्यायिक निकायबाट समेत वुझेको देखिदैन । मोहीले रीतपुर्वकको सूचना दिएपछि जग्गाधनीले गर्नुपर्ने कानूनद्धारा निदिष्ट प्रकृयाको पालना जग्गाधनीबाट हुनुपर्नेमा, जग्गाधनी त्यस्तो प्रकृया पुरा गर्ने तर्फ नगई कुत नबुझाएको प्रकृया पुरा गर्ने तर्फ नगई, कुत नबुझाएको भनी मोही निष्कासनको दावी लिन पुगेको र त्यस्तो सूचनामा उल्लेख भएको प्राकृतिक प्रतिकुलतको स्थिति विद्यमान भए नभएको भन्ने तर्फ सम्बन्धित भु.सु.का. बाट जाँचवुझ समेत नभएको हुँदा मोहीले सूचनामा उल्लेख गरेको प्राकृतिक प्रतिकुलताको अवस्था खण्डन हुने कुनै तथ्य वा तार्किक आधार भूमि सुधार अधिकारीको निर्णय र पुनरावेदन अदालत जनकपुरको निर्णय समेतबाट देखिन आएन । यस्तो स्थितिमा मोही निष्कासन गर्ने गरेको पुनरावदेन अदालत, जनकपुरको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । मोही निष्कासन नुहने गरी गरेको माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय मनासिव ठहर्छ । पुनरावेदन अदालत जनकपुरको फैसलाको तपसीलको देहाय १ कायम नरहने हुँदा सो कट्टा गर्नु भनी शुरु भूमि सुधार कार्यालयलाई लेखि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु  

 

उपर्युक्त रायमा हामी सहमत छौ ।

 

न्या. कृष्णजंग रायमाझी

न्या. इन्द्रराज पाण्डे

 

इति सम्वत् २०५५ साल भाद्र२५ गते रोज ५ शुभम् .................................................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु