शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६८८ - जग्गा खिचोला

भाग: ४१ साल: २०५६ महिना: असार अंक:

निर्णय नं. ६६८८                  ने.का.. २०५६             अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय,

माननीय न्यायाधीश श्री टोप बहादुर सिंह

सम्वत् २०५२ सालको दे.पु. नं. ......३२८७

फैसला मितिः २०५५।१२।४।५

मुद्दाः जग्गा खिचोला

 

पुनरावेदक/वादीः जि.जुम्ला चन्दनाथ गा.वि.. वडा नं. ३ भण्डारी गाउँ वस्ने लोकवहादुर भण्डारी ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ. . वडा नं. ४ वुढाथापा गाउँ वस्ने कृष्णवहादुर वुढाथापा समेत ३ ।

§  पुनरावेदन अदालतले पुनरादेदक प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रसाथ पेश गरेको नभई पुनरावेदन अदालतमा आई तिलक बहादुर बढाथापाले मिति २०२३।७।२१ मा गराई लिएको घरायसी राजिनामाको लिखतलाई अ.वं ७७ नं. ले प्रमाणमा ग्रहण गर्न नमिल्नेमा त्यस्तो लिखतलाई प्रमाणमा ग्रहण गरि सोहि लिखतको आधारमा निर्णय गरेको देखियो । साथै सो लिखत परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएकोमा उक्त लिखतमा लागेको ल्याप्चेका केही भागहरु ड्याप भई अन्य रेखाहरु पनि प्रस्ट नभएको हुनाले नमुना ल्याप्चेसंग तुलना गरी एक आपसमा मिल्छ वा मिल्दैन  भनि एकीन गर्न नसकिएको भनि परिक्षण समेत हुन नसकेको स्थितिमा यस्तो लिखतलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन । वादी दावाको मो.नं. . नं. ६४ को चोरखेत मुरी जग्गा कुन्छा भण्डारी मर्दा गाने भण्डारीका नाउँमा दा.खा. नामसारी दर्ता भएको र सिंग बहादुर लोकवहादुर भण्डारीका नाउँमा मिति २०३५।८।३० मा नामसारी दर्ता भएको भन्ने माल कार्यालय जुम्लाको  मिति २०४८।८।४ च.नं. ३९२ को पत्रबाट  देखिन आउँछ भने प्रतिवादी कृष्ण बहादुर वुढाथापाले सो जग्गा आफ्नो नाममा कसरी प्राप्त हुन आएको हो । सो हकको श्रोत खुलाउन नसकेको र अन्य प्रमाणबाट समर्थित नभएको स्थितिमा सुरथ बहादुरले भु.सु. नं. फारम भरेकै भरमा मात्रै सो जग्गामा निजको हकाधिकार कायम रहेको भन्न नमिल्ने।

(प्र.नं. १९)

पुनरावेदक वादी तर्फवाटःX

विपक्षी प्रतिवादी तर्फवाटःX

  अवलम्वित नजिरःX

फैसला

न्या. केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९() () बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षीप्त तथ्य यस प्रकार रहेको छः

.     मेरो भागको मो.नं. ३ ख. नं. ६४ को दूस्का देखि पूर्व नैनासिंहको पाखो जग्गा देखि पश्चिम मेरै चोर खेत मुरी । १ देखि उत्तर रत्नवहादुर क्षेत्रीले खाने खेत देखि दक्षिण यति ४ किल्ला भित्रको गडा १, चौर खेत मुरी । १ मो.नं. २० ख.नं. २७० को दुरुका देखि पूर्ण नैनासिंहको पाखो जग्गा देखि पश्चिम कुला देखि उत्तर मेरै चौर खेत मुरी । २ जग्गा  देखि दक्षिण यति ४ किल्ला भित्रको चौर खेत मुरी १ समेत जम्मा मुरी ३ जग्गामा लगाएको जो वाली २०४८ साल जेष्ठ १० गतेका निवेदनमा अन्दाजी २ जना आई खेताला लिन्छौ भन्दा यो जग्गा तिम्रो रहेनछ वुढाथापा गाउँ बस्ने कृष्ण वहादुर वुढा थापाको रहेछ यो भाई लाल बहादुरले निजलाई रुपैया दिई मैले बन्धकी तमसुक लिएको र वाली समेत लिनु भनी लिनु भनी तमसुकमा लेखेको छ सो कारणले हामिले वाली लुटि लिएका हौ भन्ने लाल वहादुर समेत २ भाई भै वाली लुटि लिएको र घ ११ गते कृष्णबहादरसँग मेरो जग्गा मैले जौ बाली लगाएको तिमीले लाल बहादुरबाट कति पैसा खाय मेरो चौर खेत मुरी । ३ को जग्गा किन दिएको भन्दा तिम्रो भए पनि मैले दिदिया भनको  र कमलबहादुर लालबहादुरले अब जग्गा पनि चलन गर्न पाउँदैनौ भनी चलन हटक गरेको हुँदा उजुर गर्न आएको छु  भन्ने समेत व्यहोराको २०४८।२।२८ को लोकबहादुर भण्डारीको फिरादपत्र ।

.     वादी लेखाई झुठ्ठा हो, वादीका दाजु विर्ख वहादुर भण्डारीले रु ९९।लिई दाविको चार किल्ला भित्रको मा.नं ३ ख नं. ६४ को चौरखेत मुरी १२ गडा ३ राजिनामा गरि दिनु भै भोग  चलन गरी आएका २०४४ सालमा  भु.सू लागु हुँदा सुरथ बहादुर नाउँमा भरिएको र सो जग्गा मध्ये केही जग्गा केही जग्गामा श्री चन्दनाथ गुल्मले अधिकरण गरी सो ठाउँमा पानी ट्‍याकी लगाई सो नमुना छदैछ । नक्सा भएमा थाहा हुनेछ भन्ने समेत व्यहोराको कृष्ण बहादुर वुढा थापाको प्रतिउत्तर जिकिर ।

.     हामी कमल वहादुर लाल वहादुर समेतले कृष्ण वहादुरबाट बन्धकमा जग्गा खाएका छैनौ साथै वाली लुटी खिचोला गरेका हेइनौ भन्ने समेत व्यहोराको जिकिर भएको कृष्ण बहादुर कमलबहादुर र लालबहादुर वुढा थापा  समेतको संयुक्त प्रतिउत्तर पत्र ।

.     माल कार्यालय जुम्लाको मिति २०४८।८।४ को पत्रसाथ १९९६ सालको गाने भण्डारीका नाउँको दा.खा. मोठ ०३५ सालको लोकबहादुर भण्डारी समेतका नाउँको नामसारी मिसिल प्राप्त भई मिसिल सामेल रहेको र पेटवोलीबाट वुझिएका मानिस वृष वहादुर भण्डारी समेतका नाउँमा तामेल भै सरुवा मुचुल्का भई तामेल मिसिल संलग्न रहेछ ।

.     प्रतिउत्तर पत्रमा उल्लेख गरे अनुसार मैले तिलक बहादुरसंग कुनै कर्जा लिएको छैन साथै भै हालसम्म निजलाई कुनै पनि खेत जग्गा राजिनामा दिएको छैन । मो.नं. ख नं. ६४ चौर खेत मुरी ।२ हाम्रो हकको भई हाल भाई लोक बहादुरको भागमा छ, यदि उक्त जग्गा मेरा नामबाट कसैलाई राजिनामा भए गरेको कुरा प्रतिवादीहरुले उल्लेख गरी प्रतिउत्तरमा देखाएकाले उक्त रु.९९। को तमसुक र राजिनामा देख्न सुन्न पाएका वखत पुनः वयान गर्ने छु भन्ने समेत व्यहोराको ०४८।१२।२४ को वृष बहादुर भण्डारीको वयान ।

.     वादी र प्रतिवादीका साक्षीहरुको वकपत्र मिसिल संलग्न रहेको ।

.     वादी दावी बमोजिम मो.नं.   .नं. ६४ चौर खेत मुरी ।२ को जग्गामा भु.सु ७ नं. फारम भरेकै आधारमा जग्गामा हकअधिकार कायम भएको भन्न नमिल्ने हुँदा उक्त जग्गामा वादी दावा बमोजिम प्र. कृष्णवहादुर वुढा थापाले खिचोला गरेको ठहर्छ । वादी दावीको अर्को मो.नं २० ख.नं २७० को चौर खेत मुरी ।१ को  जग्गा वादीको नाममा नामसारी भएको देखिएकोले प्र. कृष्णबहादुर वुढा थापाले खिचोला गरेको भन्ने दावा पुग्न नसकी झुठ्ठा ठहर्छ । अन्य प्र. हरुले वन्धकमा सो जग्गा खाएका छैनौ, वाली लुटेका पनि होइन र जग्गामा खिचोला गरेका पनि छैन भनी इन्कारी प्रतिउत्तर दिएको र वादीले सवूद प्रमाण समेत गुजार्न नसकेकोले निजहरुका हकमा समेत वादी दावा पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको  ०४९।१२।३ को जुम्ला जिल्ला अदालतको फैसला ।

.     शुरु जिल्ला अदालतबाट भएको फैसला वदर गरी मैले दाखिल गरेको राजिनाम प्रमाणमा लिई न्याय पाउँ भन्ने समेत व्यहोराको प्र. कृष्णवहादुर वुढाथापाको पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतमा परेको पुनरावेदन पत्र ।

१०.    २०२३।७।२१ को राजिनामा सम्बन्धमा एक अर्कालाई सुनाई वयान गराउनु पर्ने देखिएकाले सो राजिनामाको सक्कल पुनरावेदकबाट दाखिला गर्न लगाई राजिनामाका दाता वृष बहादुर भण्डारी झिकाई निजको र पुनरावेदक स्वयं विपक्षी वारिसलाई समेत देखाई सुनाई अवं. ७८ नं. को प्रकृया पुरा गरी सद्दे किर्तेमा वयान गराई नियमानुसार पेश गर्नु भन्ने २०५१।२।२ मा पु् वे.. विरेन्द्रनगर सुर्खेतबाट भएको आदेशानुसार वयान भई मिसिल सामेल रहेको ।

११.    आज वयान गर्ने प्रत्यर्थीको वा गोर वहादुर डागीले मिति २०२३।७।२१ को राजिनामाको लिखत किनाराका साक्षी समेत मिली कृते खडा गरेको हुन भनी वयान गरेकोले सो लिखतका किनारामा साक्षीहरु प्रतिवादी सरह झिकाई वुझि नियमानुसार पेश गर्नु भन्ने पू.वे.. को आदेश ।

१२.    वृष वहादुर भणडारीका नाउँमा ३० दिने म्याद दिई झिकाई नियमानुसार पेश गर्नु भन्ने पु.वे.. को आदेश ।

१३.    २०२३।७।२१ को घरसारको राजिनामा लिखतमा लागेको बृषवहादुर भणडारीको ल्याप्चे दस्तखत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाई आएपछि पेश गर्नु भन्ने पु.वे.. को आदेशानुसार परीक्षण प्रतिवेदन प्राप्त भै मिसिल सामेल रहेको ।

१४.    विवादित लिखत लेखक साक्षी अंज बहादुर भण्डारीको यस अदालतमा भएको वयान व्यहोरा सहज स्वभाविक र सत्य साँचो देखिन आएकोले ०२३।७।२१ को लिखत कानूनको दृष्टिमा प्रमाणको लागि ग्रहण गर्न मिल्नै नै देखिँदा मो.नं. ३ ख.नं. ६४ को खेत मुरी ।२ को जग्गा पू.वे. प्रतिवादीको हकाधिकार देखिएको हुँदा शुरुले वादी दावी वमोजिम मो.नं. ३ ख. नं ६४ को चौर भन्ने खेत मुरी ।२ को जग्गामा प्रतिवादीहरुले खिचोला गरको ठहर्याएको शुरु इन्साफ कानूनसंगत नहुँदा सो हदसम्म शुरुको इन्साफ केही उल्टी हुने  ठहर्छ भन्ने समेत व्यहोराको ०५२।३।३२।१ मा पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतबाट भएको फैसला ।

१५. मेरो जग्गा विपक्षीको ठहर गरिनुले न्यायिक मनको प्रयोग नभई अ.. १८८ क, १८५ नं. को प्रतिकूल हनुका साथै प्रमाण ऐन, २०३१ को दफा ५४ को पनि त्रुटिपूर्ण भै वदरभागी  रहेको छ । मेरो दर्तालाई विपक्षीले चुनौति दिन सकेका छैनन ताथाकथित राजिनामा प्रमाणको रुपमा गाह्य हुनै नसक्नेमा पनि दर्ता तिरेतिरान आदिलाई पन्छाई मेरो स्वामित्वको जग्गा विपक्षीले ठहर हुनु न्यायोचित नुहुँदा पुनरावेदन अदालतबाट भएको फैसला वदर गरी शुरु फैसला सदर गरी गाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

१६.    यसमा अ.वं. ७७ नं. बमोजिम प्रतिवादीबाट घरसारमा भएको भन्ने मिति २०२३।७।२१ को लिखत प्रतिउत्तर साथ पेश नभएकोमा सो लिखतलाई पुनरावेदन तहमा पुनरावेदन साथ पेश भएको कारणले प्रमाण लगाई सोही आधारमा शुरु इन्साफ उल्टाउने गरेको पुनरावेदन अदालत सुर्खेतको इन्साफमा कानूनको त्रुटि भई फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.वं २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने २०५४।९।२३।४ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश

१७.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हन आएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? निर्णय दिनु पर्ने देखिन आयो ।

१८.    यसमा मेरो भागको मो.नं. ३ ख.नं. ६४ को गडा खेत १, चौरखेत मुरी ।२ मो. नं. २० ख.नं. २७० को चौर खेत मुरी ।१ समेत जग्गा मुरी ।३ जग्गा कष्णवहादुर वुढाथापाले लालवहादुर समेतलाई वन्धकी गरि दिई मलाई भोग चलन गर्न नदिई चलन हटक गरे भन्ने वादी र वादीका दाजु विर्ख वहादुरले रु ९९। लिई दावीको चार किल्ला भित्रको मो.नं ३ ख. नं. ६४ चौर खेत मुरी २ वटा ३ राजिनामा गरी दिनु भई भोगचलन गरि आएको २०४४ सालमा भु.सु लागु हुँदा सुरथ बहादुरका नाउँमा भरिएको र सो मध्ये केही जग्गा श्री चन्दननाथ गुल्मले अधिग्रहण गरी सो ठाउँमा पानी ट्यांकी छ भन्‍ने समेत व्यहोराको प्रतिउत्तर पत्र भै मो.नं ३ ख.नं. ६४ चौर खेत मुरी ।२ जग्गा प्र. कृष्ण वहादुर वुढाथापाले खिचोला गरेको ठहर्छ दावीको अर्को मो.नं. २७० को चौर खेत  मुरी ।१ जग्गामा खिचोला गरे भन्ने दावी पुग्न सक्दैन भन्ने शुरु जुम्ला जिल्ला अदालतको फैसला उपर प्र. कृष्णवहादर वुढाथापाको पुनरावेदन परेकोमा उक्त को.नं. ३ ख. नं. ६४ को जग्गामा प्रतिवादीको हकाधिकार देखिएकोले प्रतिवादीले खिचोला गरेको ठहर्याएको इन्साफ उल्टी हुने ठहर्याई पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसला उपर वादीको पुनरावेदन परी यस इजलास समक्ष पेश हुन आएको देखियो ।

१९.    यसमा पुनरावेदन अदालतले पुनरावेदक प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रसाथ पेश गरेको नभई पुनरावेदन अदालतमा आई लितक वहादुर वुढाथापाले मिति २०२३।७।२१ मा गराई लिएको घरायसी राजिनामाको लिखतलाई अ.. ७७ नं. ले प्रमाणमा ग्रहण गर्न नमिल्नेमा त्यस्तो लिखतलाई प्रमाणमा ग्रहण गरि सोहि लिखतको आधारमा निर्णय गरेको देखियो । साथै सो लिखत परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाईएकोमा उक्त लिखतमा लागेको ल्याप्चेका केही भागहरु ड्याप भई अन्य रेखाहरु पनि प्रष्ट नभएको हुनाले नमुना ल्याप्चेसंग तुलना गरी एक आपसमा मिल्छ वा मिल्दैन भनी एकीन गर्न नसकिएको भनी परीक्षण समेत हुन नसकेको स्थितिमा यस्तो लिखतलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन र वादी दावाको मो.. ३ ख. नं. ६४ को चौरखेत मुरी २ जग्गा कुन्छा भण्डारी मर्दा गाने भण्डारीका नाउँमा दा.खा. भएको र सिंग  बहादुर लोकवहादुर भण्डारीका नाउँमा मिति २०३५।८।३० मा नामसारी दर्ता भएको भन्ने माल कार्यालय जूम्लाको मिति २०४८।८।४ चं नं  ३९२ को पत्रबाट देखिन आउाछ भने प्रतिवादी कृष्ण बहादुर वुडाथापाले सो जग्गा आफ्नो नाममा कसरी प्राप्त हुन आएको हो सो हकको श्रोत खुलाउन नसकेको र अन्य प्रमाणबाट समर्पित नभएको स्थितिमा सुरथ बहादुरले भु. सु. ७ नं. फारम भरेकै भरमा मात्रै सो जग्गामा निजको हकाधिकार कायम रहेको भन्न मिल्ने देखिन आएन । अतः सो मो. नं. ३ ख. नं ६४ को चौर खेत मुरी ।२ जग्गामा प्रतिवादीले खिचोला गरेको देखिन आएबाट पुनरावेदन अदालत सुर्खेतले प्रतिवादीले प्रतिउत्तर पत्रसाथ पेश नगरी पनुरावेदन अदालतमा पेश गरेको मिति २०२३।७।२१ को घरायसी राजिनामाको लिखतलाई प्रमाणमा ग्रहण गरी वादी दावीको  मो.नं. ३ ख.नं. ६४ को चौर खेत मुरी ।२ को जग्गामा प्रतिवादीको हकाधिकार भएको भनी शुरु फैसला उल्टी गर्ने गरेको इन्साफ मिलेको नदेखिँदा उल्टी गर्ने गरेको इन्साफ मिलेको नदेखिदा उल्टी हुन्छ । वादी दावा बमोजिम मो.नं. ३ ख.नं. ६४ को जग्गामा प्रतिवादी कृष्ण वहादुर वुढा थापाले खिचोला गरेको ठहर गरेको शुरु जुम्ला जिल्ला अदालतको फैसला मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा ठहरे बमोजिम पुनरावेदन अदालत सुर्खेतको इन्साफ उल्टी भई दावीको मो.नं. ३ ख.नं. ६४ को चौर खेत मुरी ।२ जग्गा प्रतिवादीले खिचोला गरेको ठहर गरेको शुरु इन्साफ सदर हुने ठहरेकाले शुरु फैसला बमोजिम उक्त जग्गामा चलन चलाउन वादीले कानूनको म्यादभित्र दरखास्त दिए लाग्ने दस्तुर लिई चलन समेत चलाई दिनु भनी सम्बन्धित शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ................

मिसिल नियमानुसार गरी वुझाई दिनु .................

 

उक्त रायमा म सहमत छु ।

 

न्या.टोपबहादुर सिंह

 

इति सम्बत २०५५ साल चैत्र ४ गते रोज ५ शुभम् ...........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु