शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६८९ - विक्री वदर

भाग: ४१ साल: २०५६ महिना: असार अंक:

निर्णय नं. ६६८९                           ने.का.. २०५६             अङ्क ३

पूर्ण इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

सम्वत् २०५२ सालको दे.पु. नं. ३१२७

फैसला मितिः २०५५।६।२६।२

मुद्दाः विक्री वदर ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला बाँके महादेवपुरी गा.वि.. वडा नं. ६ बस्ने मान सिंह कुमारी

विरुद्ध

विपक्षी/वादीः ऐ.. बस्ने कौशिला देवी समेत ४ ।

§  आफ्नो नाममा दर्ता रहेको जग्गा मन परेकी स्वास्नीलाई वक्स गरी दिएकोमा चित्त नवुझ्नेले आफ्नो हक कायम गराउन कानूनको बाटो अवलम्वन गर्नु पर्ने हुन्छ । कानूनको रीत नपुगेको भन्ने विषय वस्तु तथा अधिकार क्षेत्र अभाव जस्ता कुराहरु शुरु देखिनै कानूनको दृष्टिमा अस्तित्व शुन्य हुने हुँदा त्यस्तो काम कारवाहीहरु स्वतः वदर हुन जान्छ । तर त्यसरी पास भएको वक्सपत्र स्वतः वदर हुने भन्न मिल्ने नदेखिँने ।

(प्र.नं. ११)

पुनरावेदक प्रतिवादी तर्फबाटः X

विपक्षी वादी तर्फवाटः X

अवलम्वित नजिरः X

फैसला

न्या. लक्ष्मणप्रसाद आर्यालः पुनरावेदन अदालत नेपालगन्जको मिति ०५२।१।१७ को फैसला उपर चित्त नवुझी प्रतिवादीको पुनरावेदन परि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः

.     लोग्नेका नाउँमा दर्ता रहेको जग्गा मध्ये बाँके ढकेरी गा.वि.स वडा नं. ९ कि.नं ९९ को ज.वि ०० जग्गा वक्सपत्र गराई लिएपनि एकाघर संगोलमा व्यक्तिको नाममा दर्ता रहेको जग्गामा सवै अंशियारहरुको वरावर अंश हक लाग्ने कानूनी व्यवस्था रहेको र निजको शेषपछि अपुताली खाने हामी वाहेक अरु केहि अंसियार हकदार नभएकोले चुप लागी बसेका थियौं । विपक्षीले हामीलाई थाहा जानकारी नदिई हाम्रो  मन्जुरी नलिई हामीलाई साक्षी नराखी हाम्रो समेत हक लाग्ने विपक्षीका नाउँमा दर्ता रहेको उल्लेखित जग्गा मध्ये जालसाजी गरि ज.वि. .वि. ० जग्गा ०४७।३।१९ मा राजिनामा गरेको र बाँकी रहेको ऐ कि.नं. २९१ को ज.वि. ० जग्गा मिति ०४८।११।२३ मा रजिष्ट्रेशन पारित गरी दिएकोले सो विक्री हाम्रो मन्जुरी बेगर वेचिएको जग्गा विक्री वदर गरि ६ खण्डको ४ खण्ड जग्गा हामीलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०४९।१।३१ को फिराद पत्र । वादी दावी झठ्ठा हो । म राती खत्रीले विपक्षीहरुको लाग्ने वावु नरे खत्रीबाट हालैको वक्सपत्र प्राप्त गरेको कुरा फिरादीहरले स्वीकार गरेका छन् । लोग्ने तथा बाबुले वक्सपत्र गर्न नहुने सम्पत्तिको वक्सपत्र गरेको भए सो भए गरेको मितिले मुलुकी ऐन  दानवकसको महलको ५ नं. का म्याद २ वर्ष भित्र उजुर गर्न सक्नु पर्ने सो नगरेबाट विपक्षीहरुको लोग्ने वावुले गरी दिएको वक्सपत्र सदर कायम रहेको अवस्थामा स्त्री अंश धनको ४ नं. ले पेवा ठहर्ने सो संम्पत्ति स्त्री अंश धनको ५ नं. ले आफूखुश गर्न पाउने भएकोले हामी प्रतिवादी बीच भएको खरिद विक्री वदर हुन सक्दैन भन्ने प्र. राती खत्रीको प्रतिउत्तर व्यहोरा विपक्षीहरुले फिरादपत्रमा उल्लेख गरेको बाके ढकेरी गा.वि. वडा नं. ९ कि.नं. २९१ का ज. वि. ० जग्गा म मान सिंह कुमारीको नाउँमा दा.खा. नामसारी समेत भै सो को प्रमाण पत्र समेत प्राप्त गरेको  छु । विपक्षीहरुले उक्त जग्गा मालपोत कार्यालय बाँकेमा रहेको श्रेष्ताको कुरा लोप राखेतापनि विक्री वदरको दावीबाट दा.खा. नामसारी वदर तर्फ हेर्न निर्णय गर्न नमिल्ने हुँदा खारेजभागी छ । खारेज गरि पाउँ भन्ने प्र. मानसिंह कुमारी समेतको मिति ०४९।४।१८ को प्रतिउत्तर पत्र ।

.     मिति ०४८।११।२३ गतेको र.नं. २८०५ को राजिनामाको प्रतिलिपि मिसिल संलग्न रहेको ।

.     विवादीत लिखतमा वादीको मन्जुरी नभएपनि त्यसरी लोग्नेबाट अगाडि बक्सपत्र पाएको जग्गा विक्रि गर्दा वादीहरुलाई रोहवर राख्नु पर्ने अवस्था आएन, आफ्नो खुस गर्न पाउने भएकोले वादी दावी बमोजिम एकाघरमा रहेको नाताले मात्र बक्सपत्रको जग्गाको लिखत वदर हुने कानूनी व्यवस्था देखिएन, तसर्थ वादी दावीको लिखत वदर हुने ठहर्दैन भन्ने व्यहोराको बाँके जिल्ला अदालतको मिति ०५०।१।१३ को फैसला ।

.     बाँके जिल्ला अदालतको फैसलामा चित्त नवुझेकोले उक्त फैसला वदर गरि फिराद दावी बमोजिम लिखत  वदर गरी पाउँ भन्ने समेत व्यहोराको कैशिला खत्री समेतको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

.     प्रतिवादी मानसिंहलाई विक्रि गरिदिएको कि.नं. २९१ को जग्गा निज राती खत्रीको एकलौटी हकको हकको नभई वादीहरुको समेत अंश हक लाग्ने सगोलको जग्गा रहेको भन्ने निजहरुका बीच चलेको अंश मुद्दाबाट देखिन आएकोले यस्तो संगोलको सम्पत्ति वादीहरुको मन्जुरी नलिई वा निजहरुलाई साक्षी समेत नराखि प्रतिवादीले राजिनामा गरि दिएकोले ऐन बमोजिम निजहरुले आफ्नो हक  जति फिर्ता लिन पाउने नै हुँदा वादीको हक जति सो ०४८।११।२३ को राजिनामा वदर हुने भनी ठहर गर्नु पर्नेमा निजले आफुखुसी गर्न पाउने ठहर्याएको बाके जिल्ला अदालतको फैसला त्रुटिपुर्ण हुँदा उल्टी हुन र वादीहरुको अंश जति ६ खण्डको ४ खण्ड उक्त राजिनामा लिखत वदर हुने ठहर्छ भन्ने समेत पनुरावेदन अदालत नेपालगञ्ज बाँकेको ०५२।१।१७ को फैसला ।

.     ०४८।११।२३ को राजिनामा लिखत ६ खण्डको ४ खण्ड वदर हुने ठहर गरेको पुनरावेदन अदालतको इन्साफमा गंभिर कानूनी त्रुटि हुँदा चित्त वुझेन । पू.वे..को फैसला वदर गरि पाउँ भन्ने समेत मानसिंह कुमारीको यस अदालतमा पर्न आएको पुनरावेदन ।

.     यस्मा राती खत्रिले लोग्ने नरे खत्रीबाट ०३९।९।५ मा रीझ वापत वक्सपत्र गरि लिएको देखिन्छ । सो वक्सपत्र यी वादीहरुले अंशवण्डाको १९() को आधार देखाई दानवकसको ५ नं. बमोजिमको म्याद भित्र उजुर गरी वदर गराउन नसकेको यस्तो सम्पत्ति अंशवण्डाको १८ नं. ले आफूखुस गर्न पाउने भै राजिनामा गरि दिएको लिखत लेनदेन व्यवहारको १० नं. ले वदर हुन नसक्नेमा वदर हुने ठहरयाएको फैसला नमिली फरक पर्ने देखिंदा अ.. २०२ बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको ०५४।११।४ को आदेश ।

.     नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारखमा नरहने गरि स.. नियमावली २०४९ को नियम ५९() बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदन परि आएकोमा विपक्षी झिकाइएको पक्ष तर्फबाट तारेखमा रही इजलास समक्ष उपस्थित रहेका वारेसले गर्नु भएको छलफल समेतलाई समेत मध्यनजगर गरि सम्बन्धित मिसिल समेत अध्ययन गरि इन्साफ तर्फ विचार गर्दा यस्मा लोग्ने नरे खत्रीका नाउँमा रहेको जग्गा मध्ये बाँके ठकेरी गा.वि.. वडा नं. ९ कि.नं. ९९ को ज.वि ०..० जग्गा हालैको वक्सपत्र गराई लिएपनि एकाघर सगोलको व्यक्तिको नाममा दर्ता रहेको जग्गामा सबै अंशियारहरुको वरावर अंश हक लाग्ने र निजको शेषपछि अपुताली खाने हामी वाहेक अरु कोही अशियार हकदार नभएकोले चुप लागि वसेको र विपक्षीले हामीलाई थाहा जानकारी नदिई हाम्रो मन्जुरी नलिई हामीलाई साक्षी नराखी हाम्रो समेत हक लाग्ने विपक्षीका नाउमा दर्ता रहेको उल्लेखित जग्गा मध्ये जालसाजी गरी ज.वि. -२० जग्गा मिति २०४७।३।१९ मा राजिनामा गरेको र वाँकी रहेको ऐ. कि.नं. २९१ को ज.वि. ० जग्गा मिति ०४८।११श्र२३ मा रजिष्ट्रेसन पारित गरि दिएकोले सो विक्री बेगर बेचिएको जग्गा बिक्री वदर गरि ६ खण्डको ४ खण्ड जग्गा हामीलाई दिलाई पाउँ भन्ने मुख्य वादीको जिकिर रहेको देखिन्छ ।

१०.    पुनरावेदन अदालत नेपालगन्जले फैसला गर्दा प्रतिवादी मानसिंहलाई विक्री गरि दिएको जग्गा राती खत्रीको एकलौटी हकको नभई सगोलको देखिन आएको र त्यस्तो सगोलको देखिन आएको सम्पत्ति यी वादीहरुको मन्जुरी नलिई साक्षी नराखी पारित गरि दिएको सम्पत्ति ऐन बमोजिम फिर्ता लिन पाउने हुनाले ०४८।११।२३ को राजिनामा वदर गर्नुपर्नेमा आफुखुस गर्न पाउने गरेको शुरुको इन्साफ मिलेन भनी शुरु इन्साफलाई वदर गरेको देखिन्छ ।

११.    वादी दावीको विवादित जग्गा प्रतिवादी मध्येकी राती खत्रीले मिति ०३९।९।५ मा लोग्ने नरेखत्रीबाट मिति ०३९।९।५ मा हालैको वकपत्र पाएकोमा र सो वक्सपत्र उपर वादीहरुको कुनै उजुर नपरेकोमा विवाद देखिन आएन । तर मुलुकी ऐन अंशवण्डाको १९() मा त्यस्तो वक्सपत्र दिएकोमा स्वतः वदर हुने भन्ने देखिदैन । आफ्ना नाममा दर्ता गरेको जग्गा मन  परेकी स्वास्नीलाई वक्स गरि दिएकोमा चित्त नवुझ्नेले आफ्नो हक कायम गराउने कानूनको बाटो अवलम्वन गर्नु पर्ने हुन्छ। कानूनको रीत नपुगेको भन्न विषयवस्तु तथा अधिकार क्षेत्र अभाव जस्ता कुराहरु शुरुदेखिनै कानूनको दृष्टिमा अस्तित्व शुन्य हुने हुँदा त्यस्तो काम कारवाहीहरु स्वतः वदर हुन जान्छ । तर त्यसरी पास भएको वक्सपत्र स्वतः वदर हुने भन्न मिल्ने देखिन आएन ।

१२.    प्रस्तुत मुद्दाको विषयवस्तु वकस पाएको सम्पत्ति विक्रि गरिदिंदा अंशियारको मंजुरी लिनुपर्ने भनी मिति ०४८।११।२३ को लिखत वदर गरी पाउँ भन्ने मुद्दाबाट मिति ०३९।९।५ को वेग्लै दाता भएको लिखत उजुरै नपरेपनि वदर हुने भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत नेपालगन्जले शुरु बाँके जिल्ला अदालतको इन्साफ उल्टी गरि ६ खण्डको ४ खण्ड राजिनामा  लिखत वदर गर्ने गरेको इन्साफ मिलेको नदेखिता उल्टी हुने ठहर्छ। शुरु बाँके जिल्ला अदालतले वादी दावीको लिखत वदर हुन नसक्ने ठहर गरेको मिलेकै देखिँदा शुरु बाँके जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पु.वे.. नेपालगञ्जको इन्साफ उल्टी भई शुरु बाँकै जि..को इन्साफ सदर हुने ठहरी फैसला भएकोले पु.वे.अ नेपालगन्जको मिति ०५२।१।१७ को फैसलाले कायम गरेको लगत कायम नरही कट्टी हुने हुँदा उक्त पु्.वे.. का फैसलाले कायम गरेको सम्पूर्ण लगत कट्टा गरी दिन लेखी पठाउनु भनी काठमाण्डौँ जिल्ला अदालतमा भनी शुरु जि..मा लगत दिनु......................

.. ठहरी फैसला भएकोले पु.वे. प्रतिवादीले यस अदातलमा पुनरावेदन गर्दा राखेको कोर्ट फि. रु २७। वादीहरुबाट भरी पाउने हुँदा भरीपाउन ऐन बमोजिमको प्रतिवादीको दर्खास्त परे वादीहरुलबाट दामासाहीको दरले असुल गर्न शुरु जि.. मा लेखि पठाउन का.जि.. मा लगत दिनु ..........................

मिसिल नियमानुसार गरि वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णकुमार वर्मा

 

इति सम्वत् २०५५ साल आश्विन २६ गते रोज २ शुभम् .............

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु