शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६९४ - हक कायम दर्ता

भाग: ४१ साल: २०५६ महिना: असार अंक:

निर्णय नं. ६६९४                   ने.का.. २०५६             अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री टोपवहादुर सिंह

सम्वत् २०५२ सालको दे.पु. नं. ३१६ढ

फैसला मितिः २०५५।३।१६।३

मुद्दाः हक कायम दर्ता

 

पुनरावेदक/प्रतीवादीः पर्सा जिल्ला, वहुअर्वा भाटा गा.वि.. वडा नं. २ बस्ने झरिया चाईन

विरुद्ध

विपक्षी/वादीः ऐ.. बस्ने शम्भु प्रसाद चौहान समेत ३ ।

§  अंशवण्डा गर्नुपर्ने संगोलको संपति जुनसुकै अंशियारको नाममा दर्ता कायम रहेको भए पनि अंशियाराहरुमा वण्डा लाग्नेमा त्यस्तो संपत्ति तायदातीमा नदेखाई दवाए छिपाएको देखिएको हुँदा वादीको नाउँमा एकलौटी हक कायम दर्ता हुन ठहराएको पुनरावेदन अदालत हेटोडाको निर्णय मनासिव  ठहर्छ । अव कि.नं. २६७ को जग्गाको हकमा विचार गर्दा उक्त विवादित  जग्गा वादी वा प्रतिवादी कसैको नाऊँमा दर्ता नभएको अवस्थमा अशवण्डाको ३५ नं. बमोजिम भिन्न भिन्न जिउ सम्म मात्र नालेस लाग्ने कानूनी प्रावधान रहेको र प्रस्तुत मुद्दा तत्कालीन वादी प्रतिवादीको स्वर्गवास भइसके पछि परेका हुँदा त्यस्तो नालेस लाग्नै नसक्ने भएकोले सो सम्बन्धमा शुरु पर्सा जिल्ला अदालतले कि.नं. २६७ को जग्गाको हकमा वादी दावी खारेज गरेको निर्णय मनासिव ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा मनासिव ठहर्ने ।

        (प्र.नं. १०)

पुनरावेक प्रतिवादी तर्फबाटःX

विपक्षी वादी तर्फबाटः X

अवलम्वित नजिरः X

फैसला

        न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत हेटौडाका मिति ०५१।६।१०२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९()(() बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः

.     प्रस्तुत मुद्दामा मुल पुर्खा वावुराम महतोको दुई जना छोरामा दशरथ महतो, गोपी महतो भएकोमा दशरथको छोरा जद महतो १, सुरजुग महतो १, र गोपीको छोरा सुरज महतो १ गुरुज महतो १ भएको मुल पुर्खा लगायत दशरथ गोपी, जदु गरुज, सरजुग समेत परलोक भएको सरजुगको श्रीमती प्र. मध्येकी झरीया र सरजुग महतोको छोरा तीलक महतो प्र. शिवनन्दन महतो १ समेत भएको जुद महतोको छोरा विश्वनाथ भएको गुरुज महतोको श्रीमती म सरस्वती देवी र छोरा म प्रभु प्रसाद म संभु प्रसाद भएको बाट प्रतिवादीहरुले अंश छुट्याइ नदिएकोमा हाम्रो पति पिता गुरुज महतो समेतले अंश मुद्दा दायर गर्नु भएकोमा अंश पाउने ठहराई ०३४।९।७ मा फैसला भए बमोजिम हाम्रो पति पिताले ०३८।९।७ मा अंश छुट्याई लिनु भएको र निज स्वर्गवास हुनु भएपछि हामी हकवालाको हक हुन आएकोमा प्रतिवादीहरुले यी सम्पत्तिको तायदाती ०३४।७।२४ मा दाखिला गरि दवाए छिपाएको छैन भनी कागज गर्नु भएकोमा प्रतिवादी मध्येका शिवनन्दन महतोको स्वर्गीय पिता सरजुग महतोको नाउँमा सावित मिन्सी घडेरी कि.नं. ५६ को जग्गा ०--१५ मा पक्‍कि दुई तले घर भएको कि.नं. १६७ को जग्गा समेतमा हाम्रो पति पिता गुररुज महतो समेतको अंश भाग लाग्ने हुँदा अंश दिन नपरोस एकलैटी खानको लागि प्रतिवादीहरुले तायदातीमा नदेखाई दवाई छपाई लिनु भएको नदवाउनेले खान पाउछ भनि अंशवण्डाको २७ नं. मा किटान भएको र एकलौटी खान पाउने हाम्रो पति पिता गुरुज महतोको अन्तकारल पछि हाम्रो हक हुन आएको हुँदा मोल रु ५०००। जाने उक्त वहुअर्वाभाटा गा.वि.. वडा नं. २ को घरवास मिन्ही घडेरी कि.नं. ५६ को गरी ०१५ मा भएको दुई तले पक्कि घर वार्ड नं. ३ कि.नं. १६७ को गरी ०---० चार कठ्ठा समेत हाम्रो हक कायम गरी हाम्रो नाउँमा दर्ता गराई कोर्ट फि समेत पाउँ भन्ने वादी रहेछ ।

.     मैले आफ्नो तायदातीमा सत्य साचो व्यहोरा दाखिल गरेकै छु । मैले कतै जमिन दवाए छिपाए भन्ने कुरा फिरादबाट देखिदैन । वादीको फिरादमा उल्लेख भएको कि.नं १६७ को ज.वि. ..० आफ्नो  अंशियारहरुमा कसैको नाउमा दर्ता रहेको देखिदैन । अन्य व्यक्तिहरुको नाउको घर जग्गाको श्रेष्ता मलाई जानकारी हुने अवस्था नभएको सोही कारण वण्डा छुट्याउँदा वण्डा मुचुल्कामा मेरो नाउँको हुदै नभएको जग्गा र एकै जग्गालाई दुई दुई चोटी उल्लेख गरी वेरित पूर्वक वण्डा छुट्याएको हुँ प्र. वक्स भै सो वेरितको वण्डा मुचुल्का बदर भै पुनः वण्डा मुचुल्का गर्न कार्यवाहीमा नै रहेको छ । मेरो उक्त वण्डाहरु उपर विचार गरी फरेवी दावी  खारेज गरी फुर्सद गरी पाऊँ भन्ने समेतको प्रतिवादी झरिया चाइनको प्रतिउत्तर जिकिर ।

.     वादीका पति  पिता गुरुजमहतोको मृत्यु पश्चात वादीको नालेस पर्न आएको कुरामा दुवै पक्षको मुख मिलेको देखिन्छ र कि.नं. १६७ को जग्गा कुनै पनि अंशियारको नाउँमा दर्ता रहेको नदेखिएमा अंशवण्डा महलको ३५ नं. मा दवाए छिपाएको पाउँ भन्न भिन्न भिन्न जिउ सम्म मात्र नालेस लाग्छ भन्ने व्यवस्था भैरहेकोले जग्गा दर्ताको अभावमा हक कायम गरी पाउँ भन्ने वादीको दावी कानूनी नहुँदा यस्तो नालेसबाट अन्य कुरा तर्फ विचार गरी रहन नपर्ने हुँदा वादीको नालेस खारेज हुने ठहर्छ भन्ने जिल्ला अदालत पर्साको फैसला ।

.     कि.. ५६ को जग्गा सम्बन्धमा फैसलामा उल्लेख नभएता पनि दर्ताको अभाव भन्दै न्यायिक मन प्रयोग नगरी फिराद दावी उपरविचारै नगरी भएको शुरु पर्सा जिल्ला अदालतको गैर कानूनी फैसला वदर गरी हाम्रो फिराद दावी अनुसार ठहर हुन हक इन्साफ गरी पाऊँ भन्ने समेत व्यहोराको सरस्वती देवी समेतको पुनरावेदन पत्र ।

.     यसमा मुलुकी ऐन अ.वं. ३५ नं. समेतको परिप्रक्ष्यमा शुरु जिल्ला अदालत पर्साको खारेजी फैसला विचारणिय देखिँदा अ.. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई अंश दपोट मुद्दा समेत साथै राखी पेश गर्नु भन्ने ०४९।७।६ को पु.वे. .हे. संयुक्त इजलासको आदेश ।

.     विवादित कि.नं. ५६ को जग्गाको सम्बन्धमा आजै यस इजलासबाट फैसला भएको यसै लगाउने दे.पु.नं. १४०१ र १४०२ को अंश दर्ता, दापेट मुद्दामा वादी दावीको जग्गा दपोट गरेको ठहर्याई निर्णय भै सकेको आधार प्रमाण समेतबाट यो मुद्दामा शुरु पर्सा जिल्ला अदालतले खारेज गर्ने गरेको निर्णय मिलेको देखिएन । उल्लेखित कि.नं. ५६ को जग्गा दपोट गरेको नठहर्याई दावी खारेज गर्ने गरेको देखिएकोले सो हदसम्म शुरु पर्सा जिल्ला अदालतको  खारेजी फैसला वदर गरी दिएको छ । अव कि.नं. १६७ को जग्गाको हकमा विचार गर्दा विवादित जग्गा वादी वा प्रतिवादी कसैको नाउँमा दर्ता नभएको अवस्थामा शुरुले कि.नं १६७ को हकमा खारेज गर्ने गरेको फैसला मिलेकै देखिएकोले पर्सा जिल्ला अदालतको मिति ०४७।२।३०।४ को निर्णय केही उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौडाको मिति ०५१।६।१०।२ को फैसला ।

.     स्व. सरजुग महतोको नाउँ दर्ताको कि.नं ५६ को जग्गा र त्यसमा भएको पक्की घर पर्सा जि. . ले म वादी भएको मुद्दामा दपोट ठहर्‍याई मेरो नाउँमा एकलौटी दर्ता हुने भनी उल्लेख गरेको छ । सो मुद्दामा प्रत्यर्थीहरुले पुनरावेदन गर्दा कि.नं. ५६ को घर जग्गा दपोट ठहर्याएको शुरु फैसला सदर गरिएको छ । र सोही कि.नं. ५६ को घर जग्गा प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीहरुको समेत एकलौटी हुने र एकलौटी दर्ता गर्ने भन्ने प्रस्तुत मुद्दाको फैसला छ । एकै कित्ताको घर जग्गा दुई जनाको नाउँमा पृथक पृथक एकलौटी दर्ता हुने अवस्था नहुने हुँदा उक्त फैसला पूर्णत कानूनी त्रुटियुक्त छ । गुरुज महतोले आफ्नो जीवनकालमा दपोटको मुद्दा नदिएपछी वहाँको मृत्युपछि वहाँको श्रीमती छोराले नालेस गर्न पाउने हदम्याद हकदैया छ छैन भन्ने प्रश्नको निराकरण नगरी कि.नं. ५६ को जग्गा दपोट ठहर्याएको फैसलामा अंश वण्डाको ३५ नं. को प्रत्यक्षतः गम्भिर त्रुटि हुन गएको छ । गुरुजले आफ्नो नाउको कि.नं. ५७ र ७१ को घरजग्गा तायदातीमा नदेखाई दपोट गर्दा अंशवण्डाको ३५ नं. ले वहाँको मुत्यु पछि वहाँको श्रीमती छोराहरु उपर फिराद नलाग्ने सो सम्पूर्ण घरजग्गा उहाले नै पाउने र मेरो दाबीबाट अरु अंशियारको नाउँको कि.नं. ५६ को  घरजग्गा  दपोट ठहरी मेरो एकलौटि रहदा रहदै पुनः प्रस्तुत मुद्दाको फैसलाले प्रत्यर्थिहरुमा जाने भनि भएको फैसला कानून र न्यासंगत नहुँदा वदर गरी न्याय पाऊँ भन्ने समेत प्रतिवादी झरिया चाइनले मिति ०५२।९।२८ मा दायर गरेको पुनरावेदन पत्र ।

.     नियम बमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको संपुर्ण मिसिल अध्ययन गरी हेर्दा विपक्षीहरुले अंश छुट्याई नदिएकोले हाम्रो पति पिता गुरुज महतो समेतको अंश मुद्दा दिई मिति ०३४।९।७ मा अंश पाउने ठहर फैसला भए अनुसार मिति ०३८।९।७ मा अंश छुट्याई लिएको निज स्वर्गवास भएपछि हामी हकवालाको हक हुन आएकोमा प्रतिवादीहरुले मिति ०३४।७।२४ मा दाखिल गरेको दायदातीमा विपक्षी शिवनन्दनले पिता स्व. सरजुग महतोको नाम दर्ताको कि.नं  ५६ को ०..१५ जग्गा र सो मा भएको पक्कि दुइतल्ले घर कि.नं. १६७ को जग्गा समेत उक्त तायदातीमा नदेखाई दावाएकोले अंशवण्डाको २७ नं. अनुसार दपोट गरेको उक्त जग्गा एकलौटी हक कायम गरी पाउँ भन्ने मुख्य फिराद दावी, वादी विलकूल झठ्ठा हो दवाए छिपाएको छैन । कि.नं १६७ को जग्गा कुनै अंशियारको नाउँमा दर्ता नरहेको अवस्थामा दपोट गरे भन्ने वादी दावी कानून संगत नहुँदा खारेज हुनुपर्ने भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरु पर्सा जिल्ला अदालतले अंशवण्डाको ३५ नं. अनुसार दवाए  छिपाएको पाउँ भन्नको लागि भिन्न भिन्न व्यवस्था अनुरुप वादीका पति पिता गुरुज महतोको मृत्युपश्चात परेको प्रस्तुत वादीको नालेस खारेज हुने ठहराएको निर्णयलाई केही  उल्टी गरी पुनरावेदन अदालत हेटौडाबाट कि.नं. ५६ को घरजग्गाको सम्बन्धमा शुरु खारेजी फैसला वदर गरी वादी दावी बमोजिम दपोट ठहर गरेको र कि.नं १६७ को जग्गाको हकमा खारेज गरेको सदरै कायम रहेको निर्णय मनासिव वेमनासिव के रहेछ ? प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सन्दर्भमा निर्णय दिनु पर्ने देखिन आयो ।

१०.    अब निर्णयतर्फ विचार गर्दा यसमा विवादित कि.नं ५६ को घर जग्गा पुनरावेदक (प्रतिवादी) झरिया चाइनको स्व.पति सरजुग महतो चाइका नाउँमा नापनक्सा भई निजको नाममा दर्ता कायम रहेकोमा वादी गुरुज महतो चाइृ समेत र प्रतिवादी यी पुनरावेदीका झरिया चाइन समेत भएको अंश दर्ता मुद्दामा आफ्नो स्व. पति पिताका नाउँमा दर्ता रहेको उक्त कि.नं. ५६ को घरजग्गा तायदातीमा नदेखाएकोले  सो कि.नं ५६ को घरजग्गा दपोट ठहर्याएको पर्सा जिल्ला अदालत  समेत प्रतिवादी झरिया चाइन समेत भएको फैसला मनासिव ठहर्याई वादी सरस्वती देवी चाइन दे.पु.नं. १४०१ र १४०२ को अंश दपोट दर्ता मुद्दामा पु.वे.. हेटौडाबाट मिति ०५१।६।१०।२ मा फैसला भै रहेको देखिन्छ । सो फैसला उपर यी झरिया चाइनको पुनरावेदन पत्र नपरी उक्त फैसला अन्तिम भैरहेको देखिन्छ । अंशवण्डा गर्नुपर्ने संगोलको सम्पत्ति जुनसुकै अंशियारको  नाममा दर्ता कायम रहेको भए पनि अंशियारहरुमा वण्डा लाग्नेमा त्यस्तो संपत्ति तायदातीमा नदेखाई दवाए छिपाएको देखिएको हुँदा वादीको नाउँमा एकलौटी हक कायम दर्ता हुने ठहराएको पुनरावेदन अदालत हेटौडाको निर्णय मनासिव ठहर्छ । अव कि.नं १६७ को जग्गाको हकमा विचार गर्दा  उक्त विवादीत जग्गा वादी वा प्रतिवादी कसैको नाऊँमा दर्ता नभएको अवस्थामा अशवण्डाको ३५ नं. बमोजिम भिन्न भिन्न जिउ सम्म मात्र नालेस लाग्ने कानूनी प्रावधान रहेको र प्रस्तुत मुद्दा तत्कालीन वादी प्रतिवादीको स्वर्गवास भइसके पछि परेको हुँदा  त्यस्तो नालेस लाग्नै नसक्ने भएकोले सो सम्बन्धमा शुरु पर्सा जिल्ला अदालतले कि.नं. १६७ को जग्गाको हकमा वादी दावी खारेज गरेको निर्णय मनासिव ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिदा मनासिव ठहर्छ । प्रतिवादीको नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. टोपबहादुर सिंह

 

इति सम्वत् ०५५ साल असार १६ गते रोज ३ शुभम् .........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु