शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०९ - जिरायत

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८०९      ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२८ सालको दे.फु.नं. १४६

फैसला भएको मिति : २०३१।२।४।६

निवेदक : जि.स.प्र. माल झमुना मौजे इनरुवा फुलवडिया बस्ने अमृतलाल माझी थारुसमेत

विरुद्ध

विपक्षी : ऐ. मौजे बनौली बस्ने भोलावति चौधराइनी

मुद्दा : जिरायत

(१)   नापी मुन्सिफामा दायर भएको उजूर अदालतमा सर्न नसक्ने, त्यस्तो मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी अदालतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने नदेखिने ।

            मुद्दा हेर्नेसम्बन्धमा यो यस्तो किसिमको मुद्दा यहाँबाट हेरिने भनी तत्काल प्रचलित अ.बं.४९ नं.र हालको अ.बं.२९ नं. समेतमा मुद्दा हेर्ने अड्डा तोकिएको पाइन्छ । उक्त ऐनबमोजिम मुद्दाको कारवाई किनारा गर्नालाई तोकिएको इलाकाको अदालतमै कानूनबमोजिम रीतपूर्वकको नालिस उजूर दायर भएको हुनुपर्छ अथवा न्यायिक निकायकै बेइलाकाको अर्को अदालतमा दर्ता भएको नालिस उजूर उक्त ऐनबमोजिम इलाकाको अदालतमा सरी आएको हुनुपर्छ अनिमात्र त्यस्तो मुद्दामा अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी मुद्दाको कारवाई किनारा गर्न कानूनले मिल्ने हुन्छ, नापी मुन्सिफा मुद्दा हेर्ने अड्डा होइन र त्यस्तो अड्डामा दायर भएको उजूर अदालतमा सर्न सक्ने कानूनमा व्यवस्था पनि छैन । त्यसकारण पहिले नापी मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी त्यस्तो उजूरीबाट अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने देखिँदैन । अरू साविक अ.बं.५९ नं.का ऐनमा लेखिएदेखि बाहेक बेइलाकाको नालिस हेर्न सुन्न हुँदैन । सुनेको भए पनि बदर हुन्छ भन्ने र हालको अ.बं.३५ नं.मा गैह्र अड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दाबाहेक अरू मुद्दा हेर्न हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने कानूनी व्यवस्था छ । जसअनुसार अनधिकृत निकायले आफूले हेर्न नहुने मुद्दा हेरे छिनेकोमा हेरेछिनेको दुवै कुरा बदर हुने प्रष्ट छ ।

(प्रकरण नं. १५)

उल्लिखित मुद्दा : दे.फु. नं. १० वरुणदास वैष्णव वि.वलिरामदास वैष्णव, दे.फु.नं. १२८ रोगाहि थारु वि.मानबहादुर, रि.फु.नं. २३ केवल क्षेत्री वि.कविलवस्तु जि.अ., दे.फु.नं. ७९ मुनिलाल गोल्छा वि.धनचन्द्र राईसमेत

फैसला

     न्या. धनेन्द्रबहादुर सिंह

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहयाइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    मौजे इनरुवा फुलवडियासमेतको जिरायत जग्गा नापीमा विपक्षीहरूको नाममा दर्ता गराएको बदर गरी मेरो नाममा दर्ता गराइपाउँ भन्ने समेत वादीको निवेदन उजूरीबाट सप्तरी गोश्वराबाट कारवाई किनारा गरेकोमा पुनरावेदन परी आई ०१९।३।६ को डिभिजन बेञ्चमा पेश हुँदा तेरो मेरो परेको मुद्दा सप्तरी गोश्वाराले हेरी छिनेको बदर हुन्छ । मुद्दाका हकमा वादीसमेत जो जसलाई झिकाउनुपर्छ म्याद दिई झिकाई यसै मुद्दाबाट सप्तरी जिल्ला अदालतले ऐनबमोजिम शुरू कारवाई गरी किनारा गरिदिनु भन्ने समेत निर्णय भएको सोबमोजिम मिसिल तत्कालिन सप्तरी जिल्ला अदालतमा गई उक्त जि.अ.बाट शुरू कारवाई भएको समेत रहेछ ।

            तथ्य यसप्रकार छ : मौजे इनरुवा फुलवडियाको । आना जग्गा जमिदारी साविक जिमिदार महंगी तेली लिने शिवनन्दन साहूलाई बिक्री गरेको महंगीको हकवाला रामधनीले उजूर दिई निखनी पाए पनि थामी राख्न नसकी ससुरा जि.बहुरी चौधरीलाई रू.३५,०२५। मा २००१ साल पुस १८ गते राजीनामा गरिदिएको पास नहुँदै ससुरा परलोक भएको हुँदा शेषपछि सासू सोनावतीले नालिस गरी रजिष्ट्रेशन पास गराई जग्गा जिमिदारी चलन गरी चलन पूर्जीसमेत पाउनु भएको सो आठ आना जमिदारी सासू २००४ सालमा परलोक भएपछि मैले भोग गरिआएको जमिदारी र सो साथको मौजे इनर्वा फुलवडियाको ।। को जिमिदारी शिवनन्दन साहू पटवारी भागवत माझी दरसाविक जिमिदार दलवारीको छोरा अमृतलाल माझी, जदु माझीको नाममा र जमुवा रामपुरको जमिदार वलम सिं पटवारी जयकृष्णसमेत मिली अमृत माझी शिवनाथ माझी सैनीअमातसमेतका नाममा जमिदारी साथमा आउने जग्गा रामपुर जमुवाको २।३।४ इनर्वा फुलवारीयाको ।। जमिदार जग्गा विगाहा ११।।१।।२ शिवनन्दन साहूका नाममा नापी गराइदिएको जिमिदारी साथमा आउने जदु माझीका नाममा नापी गराइलिएको जग्गा विगाहा ११।।। अमृतलालका नाममा नापी गराई लिएको १।।४।। समेत मेरा नाममा दर्ता गराइपाउँ भन्ने समेत वादी ।

      ३.    जिमिदारी जिरायत महंगी तेलीनीले र सोबाहेक इनर्वा फुलडियाको नम्बरी जग्गा र रामपुर जमुवाको नम्बरी जग्गा हामीले कमाई खाई आएको मौजे इनर्वा फुलवडियाको जग्गा जदुमाझीका नाममा नापी दर्ता भई अकट्टि समेत पाएको छैन । दरावारी माझीको नाउँको साविक नं.४००।४०४।४०६।४०१।४०५ नं. को जग्गा जमुवा मौजाको विगाहा ३।३।४ जिमिदारी जिरायत जग्गा होइन । सो जग्गा वादीले जिमिदारी साथमा राजीनामा लिएको छैन । हाम्रा हकको नम्बरी जग्गा भएकोले लेखिएको नम्बरको जग्गा शिवनाथ, अमृतलालका र नं.४०७ को जग्गा सैनीअमातले खरीद गरेकोले निजका नाममा दर्ता भएको हो । मौजे फुलवडियाको साविक नं. १।२।४९।५०।६६।८६।८७।१५२।२०७।२१२।२४९।२५६।४९९।६४०।९००।९०२।९४७।५१।१३३।१५४।२।२३१।२३२।२४६।२९२।२९३।३८५।४०६।४०८।४२६।४७०।५०३।५४३।६६०।६६१।६६३।६३६।६३५।८३६।१४।१३।९९३।८४०।८४१।८४२।२१७३।२१७४।२१७५।२७६।२१४२।२१४८।१३८ समेतको जग्गा विगाहा २४।।।३।।४ अंशबण्डा हुँदा ६१ सालमा अंशियार फगनि मझेनी, झरी माझि गुनिया मझेनी दरवारी माझीसमेतका बण्डामा परी अंशियारका सन्तानहरूले भोगी आएका जग्गा हो जिरायत होइन भन्ने समेत अमृतलाल शिवनाथ, रामकृष्ण, जदुमाझि समेतको प्रतिवादी बयान ।

      ४.    हाम्रो जिमिदारी मौजे रामपुर जमिदार दरवारी माझी नभई रैती भएको निजको छोरा शिवनाथ, अमृतलालहरूले भोगिआएको हुँदा नापीमा निजहरूका नाममा र रजिष्ट्रेशन पास लिखतबमोजिम सैनिको नाममा समेत दर्ता भएको भन्ने रामपुर जमुवाको जमिदार पटुवारीको कागज ।

      ५.    शिवनाथ माझीले ०४।२।१३ मा भा.रू.५०१। मा राजीनामा लिखत गरी रजिष्ट्रेशन पास गरी दिई नापीमा दर्ता भएको भन्ने समेत सैनीअमातको कागज ।

      ६.    जगदीश सिंसँग भा.रू.९९५। मा इनर्वा फुलवडियाको नं.६५ को विगाहा १।२द्र२ जग्गा ०१२।१२।४ मा राजीनामा गरी लिई १ नं.फाराममा नामसारी दर्ता दाखिल गराई भोग गरिआएको छु । सो जग्गा झडी माझीको मालपोत बाँकीमा ९७ सालमा मालबाट लिलाम भइकारी साहूले लिई निजबाट होमेन्द्रनारायणले लिई निजबाट जगदीशनारायणले लिई निजबाट मैले लिएको हुँ भन्ने चौधरी साहूको बयान ।

      ७.    होमेन्द्रनारायणसँग मैले जग्गा खरीद गरी लिएको होइन झडी माझीको जग्गा लिलाममा लिने कारी सुडिबाट लिएको जग्गा होमेन्द्र नारायणले जगदीश सिंलाई बिक्री गरी निज जगदीशबाट मैले इनर्वा फुलवडियाको नं.२५६।२९२।५८३।९९४।२४५५ समेतको विगाहा २।।।१ जग्गा ०५ सालमा खरीद गरिदिएको हुँ जिरायत होइन भन्ने बलदेव साहूको बयान ।

      ८.    कारी सुडिले इनर्वा फुलवडियाको जग्गा लिलाममा लिएको सो जग्गा रू.६००। चानचुनमा ९८ सालमा हनुमान नगर मालबाट पास गरी ०३ सालको नापीमा मेरै नाममा दर्ता भएको पछि मुन्सिफीले जगदीस सिंहका नाममा जम्माबन्दी गरिदिएको हो । जगदीश सिंहले बिक्री गरेको भन्ने सुनेको हुँ चौधरी साहू तेली, बलदेव साहू तेलीलाई मैले बेचेको छैन । सो जग्गा विगाहा ५१२।।। झगडा परेको जग्गा, भित्रको होइन । जिरायत होइन नम्बरी हो भन्ने समेत होमेन्द्रनारायणको बयान ।

      ९.    सैनीअमातका नाममा दर्ता भएको जग्गा हनुमाननगर मालबाट पास भई हक पुग्ने भएको म्यादभित्र उजूर नपरेको अरू जग्गामा पनि वादीको दाताका हकवाला महंगीले दाखिल गरी दाखिल दर्ता गराई महंगीले बिक्री गरेकोमा वादीका दर्ताले हकसाफी गराई लिएको देखिँदैन । दरवारी माझी अघि सोह्रै आनाको जमिदार भई त्यसबाट आठ ।। आना जमिदारी महंगीले खरीद गरिलिएको ।। आना जमिदारीमा बाँकी लागी लिलामसमेत भई सोह्र आना अमानत भएको अवस्था बालकृष्णले कबूल गरी चलानीसमेत पाएको महंगीको उजूर परी निजलाई थामिदिनु भन्ने तोक सदर भई रूपैयाँ तिरी बहालीमेत पाएकी महंगीको हक हुन आएको सोह्रै आना जिमिदारी मध्ये ।। आना महंगीले शिवनन्दनलाई बिक्री गरिदिएमा वादीको दाताको उजूर परी हक निखनाई लिएकोबाट सो जिमिदारी मालसवालको १८ दफाबमोजिम डिगर मौजाको जग्गासमेत जिरायत लाग्न आएको त्यस्तो जग्गा साहू आसामीको ३९ नं. ले खरीद बिक्री गर्न नहुने भएबाट नम्बरी रहेछ भन्न नहुने८७ सालमा जुडी चौधरीलाई लिखत गरिदिँदा सगोलको अंशी भनी लिखत गरिदिएको देखिएकोले ६१ सालमा छुट्टी बण्डापत्र भएको सदर मान्न नहुने हुँदा सैनी अमातले लिएको जग्गा पनि जिमिदारी साथकै हुँदा सैनीअमातको दर्ता बदर हुन्छ । थैलीको हकमा कपालीमा उजूरी गरी लिन पाउँछ । शिवनन्दन, अमृतलाल, शिवनाथ, जदुमाझीका नाममा नापीमा दर्ता हुन आएको जग्गाको हकमा शिवनन्दले म्याद गुजारी बसेकाले शिवनन्दका नाममा नापी भएको जग्गा जिरायत रहेनछ भनी शंका लिइरहन परेन । अमृतलाल, विसनाथ, जदुमाझीका नाममा नापी गराएको जग्गा यिनै प्रतिवादीहरू सारी जिमिदार दरवारीको अंशियारा हकदार लेखिएको नापी खेस्रा उतारमा साविकमा दरवारी, भजन, भागवत, नाथुखा, भैयालाल वैवाही, कृसन मंगल भैयारवी समेतको नामबाट बिलेबन्दी लागी भएको देखिएको साविक जिमिदार दरवारीले नोकरचाकर नातादार भाइछोरा समेतका नाममा दर्ता गराइराखेको रहेछ भन्ने सिद्ध हुन आउने र दरवारी माझीका नाउँमा रहेको जग्गा निजलाई बाँकी लागी जग्गा जिमिदारीसमेत अमानत लागेको भएपछि निज र उनाउ मानिसका नाममा साविकमा दर्ता भई राखेको हाल प्रतिवादी नापी भएको जग्गा नम्बरी रहेछ भनी भन्न न्यायोचित नपर्ने हुँदा शिवनन्दन, अमृतलाल, शिवनाथ, जदु माझीका नाममा नापी भएको जग्गा जिरायत देखिएकोले नापी नम्बरी बदर हुन्छ । साविक नं.२१२।४९९ नं. को जग्गा जिरायत हो भनी प्रतिवादीको वारेस पारसमणिले पनि बयान गरेको र बलदेवको लिखतमा नं.५१।२१२।४९९ को जग्गा पनि पर्न आएको सो साविक नं.५१ मा १।।।२।।४ र नं.४९९ मा ४।।।।१ नं.२१२ मा १।१ देखिन आएको त्यसमध्ये नं.४९९ बाट १९४। वलदेवका लिखतमा र जदुमाझीका नाममा ।।।१। शिवनन्दनका नाममा १।।।।३।।।। नापीमा नापी भएको नम्बर ५१ बाट १।३ वलदेवका लिखतमा र जदुमाझीका नाममा ।।१।।२ नापी भएको नं.२१२ बाट बलदेवका लिखतमा ।२ शिवनन्दनका नाममा ।।।३।।।३ जग्गा नापी भएको सो लेखिएको नम्बरीको जग्गा जिरायत हो भनी प्रतिवादीहरूले नै बयान गरेको र सो लेखिएको नं.४९९।५१।२१२ को शिवनन्दन जदुमाझीका नाममा नापी भएको जग्गा खुद जिमिदारी साथको जिरायत जग्गा हुन आएपछि अब जगदीश सिंबाट लिखत गराई लिने वलदेव साहूका लेखतभित्र परेको नं.५१।२१२।४९९ नं. को जग्गा नम्बरी रहेछ भनी भन्न मनासिव नपर्ने हुँदा सो लेखिएको नम्बरको जग्गा जिमिदारी साथको जिरायत हुँदा सो लेखिएको नम्बरीको जग्गा वलदेव साहूको नामको दर्ता बदर हुन्छ । जिमिदारी साथको जग्गा किनबेच गर्न नहुने भएकोले थैली भुस हुन्छ कि भन्नलाई जग्गा लिलाम हुँदा कारी सुडिले र त्यसपछि जगदीशसिंका नाममा जम्माबन्दी भई जगदीशसिंबाट वलदेव साहूले खरीद गरी लिएको भन्ने देखिएकोले जानी बुझी लिएको रहेछ भन्न मनासिव नपर्ने हुँदा वलदेवका लिखतमा परेको जिरायत ठहरेको जग्गाको थैलीको दामासाहीले पर्न आउने थैली जग्गा बिक्री गर्ने जगदीशसिं उपर दावी गरी कपाली सरह भराइलिन पाउने र अब वलदेव लिखतमा परेको नं.५१।२१२।४९९ जिरायत भई अरू निजका लिखतको बाँकी जग्गा र चौधरी साहूले लिएको जग्गा पनि जिरायत रहेछ कि भन्नलाई सो जग्गाहरूमा वादीको उजूर दावी नदेखिएको उजूर दावी नभई यतिकै भरले जिरायत वा नम्बरी के रहेछ भनी निर्णय गर्न मनासिव देखिएन । त्यसतर्फ जिमिदारी साथको जिरायत भए उजूर परेका बखत निरोपण हुने हुँदा त्यसतर्फ निर्णय दिनु नपर्ने भन्ने समेत तत्कालिन जिल्ला अदालत सप्तरीको ०२१।९।६।१ को फैसला ।

      १०.    सोउपर चित्त बुझेन भन्ने अमृतलाल, शिवनाथ, रामकिसन, वलदेव, जगायावती समेतको पुनरावेदन ।

      ११.    १९६८ साल मार्ग २७ गते रोज ३ को इस्तिहारबाट जिरायत छुट्याई बेचबिखन दानबकस दिएको सदर हुँदैन भन्ने भएकोले सो मितिभन्दा अघि ६१ सालमा जिम्दारका नाममा नापी भएको कित्ताहरू मध्ये जिरायतबाट छुट्याई पाउने र नपाउने वा साविक जिमिदारी साथमा गरिआएको भनी छुट्याई रहनु पर्ने अवस्था परेन ६१ सालको नापी श्रेस्ता बाहेक अरु श्रेस्ता दुवै थरबाट पेश हुन नआएकोले साविक जिमिदारीसाथ आएको र पछि नआएको प्रमाण केही नहुँदा साविक जिमदारी दरवारीका नामको ६१ सालमा नापी भई ८५।७।२२।४ मा सन्तलालले बहाली पाएको हुँदा त्यसबखतमा जिमदारले जिरायतसाथ भोग गरेको जग्गा जिरायत साथमा रहने भन्ने देखियो । यसैअनुसार महंगी तेलीनीलाई दिएको ९८।७।२६।३ को बहालीमा डिगर मौजाको लम्बरी समेत पाउने भनी लेखिएको छ । तदनुसार ४।२।१३ मा शिवनाथले सैनी मण्डललाई राजीनामा गरेको भनेको साविक कि.नं.४०७ को कित्ता ।३।४ जिरायत ठहराएकोमा निज सैनीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दरवारीको छोरा अमृतलाल शिवनाथ रामकिसुनका नाममा दर्ता गराएको कित्ता भनी फिराद परेकोमा माथि लेखिएबमोजिम दरवारीका नाममा ६१ सालमा दर्ता भएको र पछि अरू परिबन्धले आर्जन गरेको भनी देखाउन नसकेको हुनाले साविक दरवारीका नाममा दर्ता रहेको भनी जिरायतसाथ रहनु पर्ने भन्ने दावी मनासिव हुनाले साविक दरवारीका नाममा दर्ता रहेको भनी जिरायतसाथ रहनु पर्ने दावी मुनासिव हुनाले साविक दरवारीका हाल शिवनन्दन जदुमाझी शिवनाथ अमृतलालको नाममा दर्ता गरेको जग्गा जिरायत साथ भइरहने हुनाले अमृतलाल शिवनाथ रामकिसुनको पुनरावेदन जिकिर पुग्न सक्दैन । साविक ६१ सालमा जिमदारी दरवारी बाहेक अरू व्यक्तिका नाममा अर्थात् भागवत वातरका नामको कि.नं.१३३, ६६३,२१४२,२१३८ ताथुखाका नामको कि.नं.१५४ भैयालाल माझीको नाममा कि.नं.२।१४।१३ बनाई वातरको नामको कि.नं.२३१,२३२,४७०,४८०,८४१,८४२ किसान वातरको नामको कि.नं.२४६ मंगल वातरका नामको कि.नं.३८५ र विश्वनैतका नामको कि.नं.११३ मा नापी भएको कित्ताहरूमा ७६ सालको ६९ सालको भनी बीच बीचमा जनाइराखेको नापी खेस्रा उतारबाट देखिएको छ । प्रमाणमा आएको नोजीवाईको र महंगी तेलीनीसमेतको पोत बुझी लिएन भन्ने मुद्दाको हनुमान नगर मालको २००० साल आषाढ २१ गतेको फैसलाबाट यस्तै जग्गाको पोत बुझाई दर्तावालाले पाउने भएको देखियो । ९४ सालको बाँकीमा लिलाम भएको हुनाले त्यस अघि नै जदुमाझी समेतले बण्डा पाएको भनी भोग गरेको व्यहोरा देखिएकोले बाँकीवाला जिमिदारबाहेक अरूको भोग गरेको हुनाले मालसवालको १८९ दफाले जिरायतसाथ रहन सक्दैन अमानत रहेका बखतमा भोग गरेको भनी ति कित्ताको नापी श्रेस्ता उतार पटुवारीले पेश गरे भनी बिना निस्साको त्यस्तो फाँटवारीलाई प्रतिवेदन भनी मान्यता दिन सक्दैन । कारीले हनुमान नगर मालमा सकार गरी लिएपछि होमेन्द्रनारायणलाई राजीनामा र निजको मञ्जुरीले जगदीशका नाममा दर्ता गरी वलदेवलाई राजीनामा गरेको भनेकोलाई जिरायतसाथ रहने ठहराएकोमा एक त मालबाट लिलाम भएकोलाई रैतान भन्नु पर्ने र दोस्रो जिरायतसाथ रहने भए फिरादपत्रमै दावा लिए पुग्ने कुरामा निवेदनमा पछि थप गरेको कुरालाई स्थान दिन उचित पर्दैन साविक कि.नं.५१ मध्ये १।३ कि.नं.२१२ मध्ये ।२ नं.कि.नं.४९९ मध्ये १.४। जिरायत ठहराएको हकमा कुनै नम्बरमध्ये कुनै पट्टिदारको माग जिरायतसाथ मर्तपर्ता गभिन आएपछि कुन पट्टिदारको भाग नम्बरी नै रहने सम्भव हुने हुँदा एक हिस्सा जिरायत भएपछि अरू हिस्सा नम्बरी हुन सक्ने भनी निश्चय गर्नु हुँदैन । जग्गा दर्तावाला रैतीकै चलन भोगमा रहेको देखिएको छ । त्यसकारण जिरायतसाथ पनि रहने नम्बरी भन्ने अञ्चल अदालतको ठहर मनासिव भएन । यस मुद्दाबाट जिरायत कायम रहेको जग्गामा पनि जिमिदारको हिस्साअनुसार जिमिदारहरूले जिरायत रहने हुनाले जिमिदारहरूकै नाममा दर्ता श्रेस्ता मिलाउन जि.पं.का नाममा पूर्जि गर्न मिसिल सप्तरी जि.अ.मा पठाइदिनु भन्ने समेत ०२५।१।२६।४ को डिभिजन बेञ्चको फैसला ।

      १२.   प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकूम प्रमांगीमा उल्लेख न्यायिक समितिको सिफारिश व्यहोरामा ६१।१२।१६।३ को बण्डापत्र लिखतलाई अमान्य गर्ने अवस्था देखिँदैन । सो बण्डापत्रबाट इनर्वा फुलवडियाको जिरायत यही हो भन्न देखिन आउँदैन । बण्डापत्रको आधारमा नम्बरी मानी आईएको भन्न प्रतिवादीहरूको भनाई देखिन्छ । ६८ सालभन्दा अघिका मौजाहरूमा जिरायत हुनैपर्छ र रहन सक्छ भन्ने कुनै कानूनी आधार देखिँदैन । ६८ सालदेखि मात्र जिरायत व्यवस्था भएको पाइन्छ । दरवारीको हकको जग्गामध्ये विगाहा ११.४।१ जग्गा जिरायतमा दर्ता गराई ८५।७।२२ गते सन्तलालले इनर्वा फुलवडियाको चलनी पूर्जि पाएको र दिएको रहेछ भन्ने कुरा चलानी पूर्जि प्रतिलिपिबाट कसैको पनि जिमिदारी बिषयमा अर्को उजूर नपरेको समेतबाट सबै भाइहरूको विगाहा ११.४।१ जग्गा मात्र जिरायत हुन गएको स्पष्ट छ । ६१ सालको बण्डापत्र बमोजिमको नम्बरी जग्गामध्ये झरीको भागको जग्गा रैतानी मालपोत बाँकीमा लिलाम भई कारी साहूले सकारी लिएको र निजले होमेन्द्रनारायणलाई, होमेन्द्रले जगदीशलाई जगदीशबाट वलदेव र चौधरीसमेतका नाममा सुक्रिबिक्री भएकोसमेतबाट पनि नम्बरी हो भन्ने सिद्ध हुन्छ । ६१ सालको बण्डापत्रबमोजिम भाग लागेको जग्गामध्ये फगुनिको अपुताली भयालालले र गुनियाको अपुताली दरवारीले हक गरी खाएको कुरामा विरोध नभएकोबाट पनि विगाहा ११.४।१ भन्दा बढी जग्गा जिरायत नभएको र रैतीहरूले रैतानी मानी भोगी आएको प्रष्ट छ । आठ आना पोत जमिदारी लिलाम हुँदा यो जग्गा लिलाममा चढ्न पर्ने चढेको देखिँदैन । विगाहा ११द्र४।१ जग्गाको अतिरिक्त अरू जग्गाहरू जिरायत हो भन्ने प्रमाण नपुग्ने देखिएको समेत हुँदा सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउन आदेश बक्सनु पर्ने भन्नसमेत उल्लेख भएको ।

      १३.   यसमा यो मुद्दाको उजूर पहिले हनुमान नगर नापी मुन्सिफीमा दायर भएको नापी मुन्सिफी उठेपछि सप्तरी गोश्वारामा बुझाई दिई सप्तरी गोश्वाराले हेर्न छिन्न पाउने अधिकार नदेखिएकोले अधिकारक्षेत्र बाहिरको मुद्दा हेरे छिनेको कायम राख्न कानूनले नमिल्ने भनी सप्तरी गोश्वाराका वडाहाकिम असिष्टेन्टको फैसला र ख.जगतलालको राय पर्चासमेत बदर हुने ठहर्छ । मुद्दाका हकमा यस मुद्दाबाट जो बुझ्नु पर्ने बुझी कारवाई किनारा गर्नु भनी तत्कालिन सप्तरी जिल्ला अदालतमा पठाई दिने भन्ने ०१९।३।६।४ को डिभिजन बेञ्चबाट फैसला भएबमोजिम तत्कालिन सप्तरी जिल्ला अदालतको शुरू कारवाई गरी फैसला गरेउपर पुनरावेदन परी आई ०२५।१।२६।४ को डिभिजन बेञ्चबाट छिनिएको समेत रहेछ ।

      १४.   कानूनले निर्धारीत गरेबमोजिम अदालतमा नालिस उजूर परेको नभई पहिले नापी मुन्सिफीमा परेको उजूरीबाट अदालतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी विवादको बिषयमा न्याय निर्णय दिन कानूनले मिल्छ मिल्दैन ? प्रस्तुत मुद्दामा यो एउटा आधारभूत प्रारम्भिक प्रश्न उपस्थित हुन आएको छ । ०१९।३।६।४ को डिभिजन बेञ्चले आफ्नो निर्णयमा यसै मुद्दाबाट जो बुझ्नु पर्ने कारवाई किनारा गर्नु भनी तत्कालिन सप्तरी जिल्ला अदालतमा पठाइदिने भन्ने जुन कुरा निर्देशन दिएको छ, त्यो मुद्दाको अन्तिम निर्णय नभई मुद्दा कारवाइको एउटा आदेशसरह मान्नु पर्ने मुद्दाको कारवाईको सुरूवात कानूनबमोजिम भएको छ छैन भन्ने सम्बन्धमा यस बेञ्चबाट विचार गर्नुपर्ने हुन आएको छ । यदि मुद्दाको सुरूवात नै कानूनबमोजिम भएको छैन भने तथ्यको विवादमा पसेर वादीको कुरामा न्याय निर्णयको विचार गरिरहनु आवश्यक नहुने हुँदा सर्वप्रथम उपरोक्त प्रश्नकै निराकरण गर्नु उपयुक्त र प्रासंगिक देखिन्छ ।

      १५.   मुद्दा हेर्नेसम्बन्धमा यो यस्तो किसिमको मुद्दा यहाँबाट हेरिने भनी तत्काल प्रचलित अ.बं.४९ नं.र हालको अ.बं.२९ नं. समेतमा मुद्दा हेर्ने अड्डा तोकिएको पाइन्छ । उक्त ऐनबमोजिम मुद्दाको कारवाई किनारा गर्नालाई तोकिएको इलाकाको अदालतमै कानूनबमोजिम रीतपूर्वकको नालिस उजूर दायर भएको हुनुपर्छ अथवा न्यायिक निकायकै बेइलाकाको अर्को अदालतमा दर्ता भएको नालिस उजूर उक्त ऐनबमोजिम इलाकाको अदालतमा सरी आएको हुनुपर्छ अनिमात्र त्यस्तो मुद्दामा अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी मुद्दाको कारवाई किनारा गर्न कानूनले मिल्ने हुन्छ, नापी मुन्सिफा मुद्दा हेर्ने अड्डा होइन र त्यस्तो अड्डामा दायर भएको उजूर अदालतमा सर्न सक्ने कानूनमा व्यवस्था पनि छैन । त्यसकारण पहिले नापी मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी त्यस्तो उजूरीबाट अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने देखिँदैन । अरू साविक अ.बं.५९ नं.का ऐनमा लेखिएदेखि बाहेक बेइलाकाको नालिस हेर्न सुन्न हुँदैन । सुनेको भए पनि बदर हुन्छ भन्ने र हालको अ.बं.३५ नं.मा गैह्र अड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दाबाहेक अरू मुद्दा हेर्न हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने कानूनी व्यवस्था छ । जसअनुसार अनधिकृत निकायले आफूले हेर्न नहुने मुद्दा हेरे छिनेकोमा हेरेछिनेको दुवै कुरा बदर हुने प्रष्ट छ ।

      १६.    यस्तै प्रश्न उपस्थित भएको दे.पु.न.१० वरुणदास वैष्णव विरुद्ध वलीराम दास वैष्णवको गुठी धर्म लोप मुद्दामा ०२९।१।३०।६ को फुल बेञ्चबाट दे.फु.नं. १२८ रोगाही थारु विरुद्ध मानबहादुरको बाली भराई जग्गा निकास गरिपाउँ भन्न मुद्दामा ०२९।१०।२०।६ को फुल बेञ्चबाट रि.फु.नं. ३३ केवल दत्त विरुद्ध कपिलवस्तु जि.अ.समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा ०२९।२।२४।३ को फुल बेञ्चबाट अनधिकृत निकायले हेरे छिनेको बदर भएपछि फेरि त्यसै उजूरीबाट कारवाई किनारा गर्नु भनी अदालतमा पठाउन नमिल्ने समेत सिद्धान्त प्रतिपादित भइसकेको छ । अर्को यस्तै किसिमको दे.फु.नं. ७९ मुनिलाल गोल्छाविरुद्ध धनचन्द्र राईसमेतको जिरायत जग्गा मुद्दा पनि पहिले मो.वि.गो.मा परेको उजूरी निवेदनमा मो.वि.गो को तोक आदेशबमोजिम मो.वि.मालबाट कारवाई किनारा गरी पुनरावेदन तहबाट पूर्वाञ्चल उच्च अदालतमा पुगेकोमा तेरो मेरो भन्ने देखिएकोले माल गोश्वाराबाट किनारा भएको कानूनविरुद्ध हुँदा बदर हुन्छ, जो गर्नुपर्ने बुझी यसै मिसिलबाट किनारा गर्नु भनी मिसिल धरान जिल्ला अदालतमा पठाइदिने भन्ने उक्त उच्च अदालतबाट ०१७।३।३।५ मा निर्णय भई धरान जिल्ला अदालतले शुरू कारवाई गरी छिनी तह तह निर्णय हुँदै आएकोमा ०३०।५।२६।३ को फुल बेञ्चबाट निर्णय हुँदा उपरोक्त फुल बेञ्चहरूको निर्णयको नजीरसमेतलाई ध्यानमा राखी उक्त प्रश्नको सम्बन्धमा पुनः विस्तृत विवेचना गरी अनधिकृत निकायमा परेका उजूरीबाट अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी न्यायिक निर्णय दिन नमिल्ने हुँदा मुद्दै खारेज हुने ठहर्छ भनी ५ जना न्यायाधीशले आफ्नो राय व्यक्त गरेको समेत पाइन्छ । प्रस्तुत मुद्दामा उपरोक्त फुल बेञ्चको निर्णयहरूसँग असहमत प्रकट गरी अन्यथा निर्णय दिन मिल्ने कुनै आधार पाउन सकिएन ।

      १७.   ०१९।३।६।४ को डिभिजन बेञ्चको फैसलाले निर्देश गरेबमोजिम तत्कालिन सप्तरी जिल्ला अदालतले कारवाई किनारा गरेको हुनाले उक्त कारवाई किनारा गरेको कानून विपरीत भन्न मिल्दैन कि भन्ने शंका उठ्न सक्छ तर उक्त शंकाको कुनै गुञ्जाइस छैन किनकी माथिल्लो तहको अदालतले दिएको निर्देशनअनुसार तल्लो तहको अदालतले कारवाई किनारा गरेको छ भन्दैमा त्यो कानूनी हुन सक्दैन । कानूनी मान्यता प्राप्त गर्नालाई माथिल्लो अदालतको निर्देशन तथा तल्लो अदालतले कारवाई किनारा गरेको नै कानूनी हुनुपर्छ अनिमात्र कानूनी मान्यता प्राप्त गर्न सक्छ । अनधिकृत निकायले हेरे छिनेको बदर भएपछि फेरि त्यसै उजूरी वा कारवाई किनारा गर्नु भनी तल्लो अदालतमा पठाउन कानूनले नमिल्ने पटक पटकको फुल बेञ्चबाट निर्णय भइसकेको समेत माथिको प्रकरणमा व्यक्त गरिसकिएको छ । त्यसकारण यसै मुद्दाबाट जो बुझ्नु पर्ने बुझी कारवाई किनारा गर्नु भनी ०१९।३।६।४ को डिभिजन बेञ्चको फैसलाबमोजिम पठाएको आधारमा तत्कालिन सप्तरी जिल्ला अदालतबाट कारवाई किनारा भएको मिलेको देखिँदैन ।

      १८.   अतः माथिका प्रकरणहरूमा व्यक्त गरिएअनुसार जग्गामा तेरो मेरो मुद्दा गोश्वाराले हेर्न छिन्न नपाउने भई सप्तरी गोश्वाराले हेरे छिनेको बदर भएपछि त्यसै उजूरलाई कायम राखी अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी अनधिकृत निकायमा परेको उजूरीबाट कारवाई किनारा गर्न नमिल्ने देखिँदा यस मुद्दामा भएको कारवाई र तह तहको निर्णयसमेत कानूनी विपरीत भएकोले बदर हुने र कानूनविपरीत कारवाई चलेको यो मुद्दा अ.बं.३५ नं. अनुसार खारेज हुनेसमेत ठहर्छ । तत्कालिन सप्तरी जिल्ला अदालतले कारवाई किनारा गरेकोलाई कायम राखी ०२५।१।२६।४ को डिभिजन बेञ्चले इन्साफ ठहर गरी छिनेको मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

देहायका मानिसकै तत्कालिन सप्तरी जिल्ला अदालतको २०२१।९।६।१ को फैसलाले गर्ने गरेको देहायबमोजिम नलाग्ने हुँदा असूल भएजति फिर्ता बाँकी जतिको लगत कट्टा गरिदिनु भनी हालको सप्तरी जि.अ.लाई लेखिपठाउन का.जि.अ.तहसील फाँटमा लगत दिनु......................१

प्रतिवादी शिवनन्दन साहू तेली के जरिवाना रू.५।, प्र.अमृतलाल माझी थारु के जरिवाना रू.५।, प्र.शिवनाथ माझी थारु के ऐ.रू.५।, प्र.रामकिसन माझी थारु के जरिवाना रू.५।, प्र.सेनी अमात के ऐ.रू.५।, प्र.भागवत माझी थारु के ऐ.रु.५।, वादी भोलावती चौधराईनको सलामी रु.१।, देहायका मानिस के डिभिजन बेञ्चको ०२५।१।२६।४ को फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना नलाग्ने हुँदा ०२८।११।२।२ मा सर्वोच्च अदालत नगदी विभागमा दाखिल गरेको कानूनबमोजिम फिर्ता दिनु भनी का.जि.अ.तहसील फाँटमा लगत दिने..........................२

अमृतलाल माझी थारु के ।५०, शिवनाथ माझी थारु के ।५०, रामकिसुन थारु के ।५०

प्रतिवादी सैनीको सकार गर्ने जगियावति अमातनीको डिभिजन बेञ्चको ०२५।१।२६।४ को फैसलाले गर्ने गरेको जरिवाना रू.।५० नलाग्ने हुँदा लगत काटिदिन र निजले पुनरावेदन गर्दा रू.।५० पैसा सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चमा ०२३।११।१० मा धरौट राखेको सो रू.५०। निजलाई नै फिर्ता दिनु भनी सप्तरी जिल्ला अदालतलाई लेखी पठाउन समेत ऐ.ऐ......................३

प्रतिवादी बलदेव साहू तेलीकै डिभिजन बेञ्चको ०२५।१।२६।४ को फैसलाले गर्ने गरेको जरिवाना रू.५। नलाग्ने हुँदा लगत काटिदिन र निजले पुनरावेदन गर्दा सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चमा २२।२।१९ मा धरौट राखेको रू.५। निजलाई फिर्ता दिनु भनी सप्तरी जि.अ.लाई लेखिपठाउन समेत ऐ.ऐ.................४

देहायका मानिस के मुद्दा दाखिल भएको देहायबमोजिम कोर्टफी नलाग्ने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ बर्षभित्र फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भनी ऐ........................५

प्रतिवादी अमृतलाल माझी थारु १, शिवनाथ माझी थारु १, जगीया वती अमातनी १, रमकिसुन माझी थारु १ समेत के रू.१।

वादी भोलावती चौधराइन के रु.१।

नियमबमोजिम मिसिल बुझाइदिनु............................६

 

उक्त रायमा मेरो सहमती छ ।

 

न्या. झपटसिंह रावल

प्र.न्या. रत्नबहादुर विष्टको राय

      यसमा पहिले नापी मुन्सिफीमा परेको उजूरी सप्तरी गोश्वारामा सरी आई सप्तरी गोश्वाराले हेरी छिनेकोमा पुनरावेदन परी आएकोमा ०१९।३।६।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा तेरो मेरो मुद्दा गोश्वाराले हेर्न छिन्न नपाउने देखिएकोले सप्तरी गोश्वाराको फैसला बदर हुने र यसै मुद्दाबाट जो बुझ्नु पर्ने बुझी कारवाई किनारा गर्नु भनी तत्कालिन सप्तरी जिल्ला अदालतमा पठाइदिने ठहर फैसला भई सो आधारमा तत्कालिन सप्तरी जिल्ला अदालतले कारवाई किनारा गरी पुनरावेदन तहबाट सर्वोच्च अदालतमा आई ०२५।१।२६।४ को डिभिजन बेञ्चबाट छिनिएकोसमेत देखिन्छ । ०१९।३।६।४ को डिभिजन बेञ्चको फैसलामा यसै मुद्दाबाट तत्कालिन सप्तरी जिल्ला अदालतले जो बुझ्नु पर्ने बुझी कारवाई किनारा गर्नु भन्ने समेत मुद्दाको निर्णयको प्रसंगमा फैसलामा बोलीएको कुरालाई कारवाईको आदेशसरह मान्न नमिल्ने र उक्त फैसला अन्तिम रूपमा रहेको समेत देखिनाले अहिले यसबेञ्चबाट उक्त फैसलाको औचित्यमा हेरी सो फैसलाले ठहर गरिराखेको कुरामा दोष लगाउन उक्त फैसलाअनुसार अदालतबाट कारवाई चली तह तह किनारा हुँदै आएकोलाई बदर गर्न मिल्नेसमेत देखिँदैन । त्यसकारण पहिले नापी मुंसिफीमा परेको उजूरीबाट अदलतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी कारवाई किनारा गरेको बदर हुने भनी यसबेञ्चका सहयोगी मा.न्या.हरूले व्यक्त गर्नु भएको रायसँग म सहमत छैन । इन्साफको हकमा साविक जिमिदारी दरवारीका नाममा ६१ सालमा नापी भएको कित्ताको हकमा त्यसबखतमा जिमिदारले जिरायत भनी भोग गरेको जग्गा जिमिदारी साथै रहने जिमिदारीबाट फुटाउन नमिल्ने हुँदा जिमिदारी सार्थक जिरायत कायम हुने प्रष्ट छ । जिमिदारी दरवारी बाहेक अरू व्यक्तिका नाममा नापी भएको कित्ताहरूको हकमा सो जग्गा जिमिदारी साथको जिरायत भन्ने कुनै पनि तथ्य प्रमाण नभएको र कारीणीले हनुमाननगर मालबाट लिलाममा सकार गरी लिएपछि होमेन्द्रनारायणलाई राजीनामा र निजको मन्जुरीले जगदीशको नाममा दर्ता गरी बलदेवलाई राजीनामा गरेको भनेको कित्ताको हकमा मालबाट लिलाम भएकोलाई जिरायत भन्न नमिल्नेसमेत हुँदा तत्कालिन सप्तरी जिल्ला अदालतको केही उल्टीसमेत गरी ०२५।१।२६।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ नियमले बहुमतको राय सदर हुने हुँदा सोअनुसार गर्नु ।

 

इति सम्वत् २०३१ साल जेठ ४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु