निर्णय नं. ५८३ - जग्गा

निर्णय नं. ५८३ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह
सम्वत् २०२६ सालको दे.फु.नं. ६४
फैसला भएको मिति : २०२७।६।८।५
निवेदक : जुम्ला सोरुपदरा सिममध्ये बुञ्च गाउँ बस्ने वारेस समेत रणवीर विष्ट
विरुद्ध
विपक्षी : ऐ सिजादरा देहार पाटा गाउँ बस्ने जानकीदत्त काफ्ले समेत
मुद्दा : जग्गा
(१) कस्तो देखिएमा कुनै जग्गा कसैको (वादीको) हकको भन्ने प्रमाणित नहुने ।
प्रतिवादीहरूले आफ्नो नाममा दर्ता गराए पनि जग्गा हामीहरूले तिरो–भरो गरिआएको हाम्रो हकको भन्ने वादी पक्षको मुख्य जिकिर भएको हकमा तिरो–भरोतर्फ आफूहरूले तिरो–भरो गरेको झगडा पर्नुभन्दा अगाडी कुनै पनि सालको रसिद वादीहरूले पेश गर्न सकेको पाइंदैन । जग्गातर्फ वादीहरूतर्फकै निलवीर विष्ट भागिन्ते विष्टसमेतको जुम्ला अदालतबाट ९३।७।२०।५ मा फैसला भएको जग्गा मुद्दाको फिरादमा वादीले नै शिवनाथ काफ्लेका नाममा दर्ता भई निजको छोरा प्रभुनाथ काफ्लेबाट कुतमा भोगेको शिवगेडी कुइचाखेतसमेतमा जवरजस्ती चलन गरिदिए भन्ने उल्लेख गरेको र वादी रनवीर विष्टसमेत प्रतिवादी मु.प्रभुनाथ काफ्लेसमेतको २००१ सालमा परेको लुटपीट मुद्दामा हामीले भोग गरेको हाम्रो जग्गामा अधिया साजौ कुतवापत ठिटुवा दिनुपर्छ भनी धनमाल लुटे भन्ने वादी दावी र हाम्रो जग्गा कुत साजा अधियाँमा दिएको भन्नेसमेत प्रतिवादी भएकोमा आखिर वादीहरूको उजुर झुठ्ठा ठहरी जुम्ला अदालतबाट ०२ साल चैत्रमा फैसला भएको औ वादी रामकृष्ण हमाल प्रतिवादी पुरीनाथ काफ्लेसमेतको देवीदासलाई कर्तव्य गरी मारे भन्ने ज्यान मुद्दामा यो मुद्दाको वादी रनवीरको बाबु भनिएका मागिन्ते विष्ट र राम्पती चन्द्रवीर चन्द्र सिंहसमेतले ९८ सालमा बयान गर्दा सिप गाउँमा देहारपाटा गाउँका प्रतिवादी रजनीखरबाहेक अरु प्रतिवादीको घर जग्गा छ पौष माघमा सिपागाउँमा थिए भन्ने उल्लेख गरेकोसमेत देखिन्छ । वादी महिन्द्रमली विष्टसमेत प्रतिवादी प्रभुनाथ काफ्लेको तिरो तिरेको रसिद दिलाई जग्गामा दावी छुटाइपाउँ भन्नेसमेत ९४ सालमा जग्गा मुद्दा परेकोमा अघिदेखि वादीहरूले प्रतिवादीहरूलाई कुत बुझाई खाइआएको र अब पनि कुत तिरी जग्गा खान पाउने भन्ने शर्त राखी ९४।६।२३।६ मा मिलापत्र भए गरेको देखिएको समेतबाट जग्गा वादीहरूको हकको भन्ने कुरा प्रमाणित हुँदैन ।
(प्रकरण नं. २२)
(२) प्रमाणको निम्ति प्रस्तुत शंकास्पद देखिने कागज प्रमाणमा लिन नहुने ।
वादीहरूतर्फबाट प्रमाणमा पेश भइराखेको प्रतिवादीहरूले जग्गामा हक छाडी गरी दिएका भनेको ९५।९७ सालको कागजहरू हेर्दा मु.प्रभुनाथ काफ्ले आगे भएको ९५।१२।१६।४ को कागजमा सिंजा दरा देहारपाटा गाउँको मुखिया तालुकदार म भएकाले सो रुपदरासिपा गाउँका खेतको जम्मा तिरोको रसिद दिए तापनि अघिदेखि जग्गाको भोगतिरो तिम्रो भएको हुनाले पछि कसैबखत हकदावी गर्ने छैन भन्नेसम्म लेखिएको, यही जग्गाभन्ने त्यसमा उल्लेख नभएको र प्रभुनाथ काफ्लेसमेत जना १२ आगे भएको अर्को ९७।१।२४ को कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रो नाममा लेखी दर्ता भएको सिपज्यूलाका तेरिजभित्रका जम्मै जग्गा हाम्रो नाउँमा दर्ता गर्यौं तापनि अड्डामा गई उजुर गर्नुपर्दैन पछि कसैबखतमा दा.खा.दर्ता र अड्डाबाट फैसला मिलापत्र छ भनी हकदावी खिचोला गर्ने छैनौं भन्नेसमेत उल्लेख भएको भए पनि कसैको ल्याप्चे सहीछाप तत्काल प्रचलित कागजजाँचको २० नं.बमोजिम प्रमाण लाग्ने किसिमको प्रष्ट नभएको र मुख्य सो कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रा नाममा लेखी दर्ता भएको भन्ने बोली परेको सो ९६ सालको मोठ कहिले खडाभएको रहेछ भन्नेतर्फ हेर्दा सो मोठ खडा गर्न जुम्ला मालका पुर्जिबमोजिम खटी गएको डोरमा ९७ साल फाल्गुणमा मात्र सो सिपागाउँको यो झगडा परेको जग्गासमेतको हाल मोही खुलाई तालुकदार प्रभुनाथ काफ्ले समेतले मुचुल्का गरिदिई सोअनुसार हाल मोही खुलाई सो मोठ खडा भएको देखिनाले नामसम्म ९६ सालको भन्ने राखिएको भए पनि वास्तवमा सो मोठ ९७ साल फाल्गुण पछिमात्र खडा भएको प्रष्ट हुनेसमेत हुँदा सो मोठ खडा हुनुभन्दा अगावैको ९७।१।२४।२ मिति परेको उक्त कागजमा ९६ सालको मोठ तेरीजमा हाम्रा नाममा लेखी दर्ता भएको भन्ने बोली लेखिएको शंकास्पद भएकोसमेतबाट उपरोक्त कागजहरू प्रमाणमा लिन मिल्ने देखिएन ।
(प्रकरण नं. २३)
(३) झगडा परिरहेको जग्गा विपक्षीले माग गरेको सालको बाली भराइपाउँ भनी दिएको फिरादपत्रको नक्कल र मुद्दा पर्दापर्दैको बीचको आफ्ना नाममा दर्तागरिएको दर्ता नक्कल लाई–उक्त जग्गामा निज फिरादकर्ता वा दर्तावालाका हक हुने कुराको प्रमाण मान्न नमिल्ने ।
हाल वादी पक्षबाट पेश हुनआएको सर्पराज हमालले बसन्त बुमीसमेत उपर ०२५।२।१।३ मा दिएको फिरादपत्र नक्क्ल हेर्दा यसै मुद्दामा डिभिजबेञ्चबाट ०२२।४।२७।४ मा फैसला भएको आधारमा २००२ सालदेखि २०२१ साल तकको झगडा परेको जग्गाको बाली बिगो भराइपाउँ भन्ने दावी लिई सो फिरादपत्र गरेको देखिएकोले तेरो मेरोमा झगडा परी राखेको जग्गा वादीपक्षले भोगगरेको सालको बाली भराइपाउँ भनी नालेस गरेको हुँदैमा त्यतिकैबाट जग्गा यो मुद्दाको वादीपक्षको हक कायम हुन नसक्ने र अर्को २००८ सालमा नामसारी दा.खा.हुँदा वादीहरूका नाममा दा.खा.भएको भनी २००८ सालको दर्ता नक्कल पेशगरेको हकमा २००२ सालदेखि यो मुद्दा पर्दापर्दै बीचमा वादीहरूको नाममा दर्ता गरिएको भए पनि त्यसलाई कायम मान्न नमिल्नेसमेत हुँदा उपरोक्त कागजहरू यो मुद्दाको लागि जग्गा वादीको हक हुने कुराको प्रमाण मान्न मिल्दैन ।
(प्रकरण नं. २४)
निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट : अधिवक्ता श्री नन्दीकेशर सिवाकोटी
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री धनेन्द्रबहादुर सिंह
१. धरासा १ खला १ जुगेले १ पुलती १ समेत ४ ठाउँको खेत बाबु बाजेका दिनदेखि हामीलेनै भोग चलन गरी आएको मेरो भोग चलनको खेतको तिरो सालको रु.१ का दरले तिर्ने गरेको छु । सो जग्गा ४६ सालको जाँचमा मेरो बाजेप्रसाद बुढाको नाउँमा दर्ता भएको हो ९६ सालमा प्रभुनाथले तिमीहरूको खेत तिमीहरूकै नाउँमा दाखेल खारेज गरिदएको छ भनेको अर्धकट्टी लिनु दिनु भन्ने सरकराबाट भइआएपछि मेरो नाउँको अर्धकट्टी जान्ने मानिसलाई देखाउँदा खेत परेको रहेनछ र किन हाली दिएनौ भन्दा हाम्रै नाउँमा दाखेल खारेज भएकोछ भनेकोले दाखेल खारेजमा निजहरूको नाउँ कटाई दाखेल खारेज गरिपाउँ भन्नेसमेत वा समेतको रामचन्द्रको बयान ।
२. यो सालमा दर्ता भएको भन्ने थाहा छैन । हाम्रा बाजे ख्यालचंराज, मल विष्ट, भारमल विष्ट, वीरमान बुढा, प्रसामे बुढा, धौला बुढा, हंसे, जक्तिरामसमेतका नाउँमा दर्ता भएको खेत खलाहरू अघिदेखि भोग चलन गरिआएको हामी रैतीहरूको खेत जग्गामा हामीलाई अर्धकट्टी देउ भनी तालुकदारसँग माग्दा ४६ सालदेखि नै रामकृष्ण हमालसमतेका नाउँमा दर्ता भई ९६ सालसमेतमा दाखेल खारेज भइसकेको छ । तिमीहरूले खेतको अर्धकट्टी पाउँदैनौ भनी नदिएकाले थाहा पाएका हौं कुन–कुन सालमा क–कसको नाममा दर्ता दाखेल गरेका छन् माल बुझे–जाहेर हुनेछ । दाखेल खारेज हुने टायम डोर गएको अवस्था खेत तिमीहरूकै नाउँमा दाखेल खारेज गरिदिएका छौं भनी भनेका र तिरोसमेत तालुकदारलाई बुझाउने गरेका छौं । रसिद लिने दिने चलन नहुँदा रसिद छैन । ४६ सालमा केही जग्गा कृतिरामसमेतका नाउँमा दर्ता पनि छ । सो बाहेक हाम्रो खेत खला दाखेल खारेज गराएका हुँ । २५।४६ सालको मोठेसमेत बुझीपाउँ भन्नेसमेत वा समेतको रणवीर विष्टको बयान ।
३. सिपा गाउँमा घर पाखो र खेतहरू म समेतका नाउँमा दर्ता हुनाले आफ्ना वस्तु लिई बाली लगाउन मंसिर महिनामा गई बैशाख महिनामा आफ्नो घरमा फर्की आउने गरेको उजुरवालाको जग्गा हामीले आफ्नो नाम र खाई लिएका छैनौं । अघि ८७ सालदेखिनै हामीपट्टि दर्ता भएका र पछि पछिको विरौटासमेत हामीपट्टिका भाइहरूले अंशबण्डा बमोजिम हाम्रा नाउँमा ९६ सालमा दाखिल खारेज भएको र उजुरवालापट्टि अघिदेखि दर्र्ता भएको निजहरूको हक भोग भएको जग्गा निजहरूको नाममा ९६ सालमा दाखेल खारेज भएको छ । उजुरवालाहरूले हामीहरूको भनी लेखाएको जग्गाहरू मेरो र प्रभुनाथ समेत ८ जनाको हक लाग्ने जग्गा हो भन्नेसमेत वा समेतको पुरीनाथका काफ्लेको बयान ।
४. उजुरवालाहरूको जग्गा कत्ति पनि आफ्नो गराई लिएका छैनौं । आफ्नै बाबु बाजेका नाउँमा दर्ता भएको र पछि हामीले विरौटो आवाद गरेका जग्गा आफ्ना नाउँमा ९६ सालमा दर्ता दाखेल खारेज गरी चलन गरेको छौं । बञ्च बस्ने विष्टहरूको पनि ६।७ खला जति दर्ता छ । अघि ८७।४६ सालदेखिनै हामीपट्टि दर्ता भएको पहिला विरौटासमेत दर्ता भएको हुनाले ९६ सालको दाखेल खारेज भएको हो अघि दर्ता भएको जग्गा निजहरूका नाउँमा दाखेल खारेज भएको छ रणवीर समेतले हाम्रो भनी लेखेको जग्गा म समेत ८ जनाको हक लाग्ने र राजऋषि पाध्या समेतको हो । रामचन्द्रले मेरो भनी लेखाएको ४ ठाउँको खेत निजको हैन देवीप्रसादको हो भन्नेसमेतको वा.स.मु. प्रभुनाथ काफ्लेको र सोही मिलान वा.स. दाताराम, मोतीलाल कुमाइको छुट्टाछुट्टै बयान ।
५. जग्गाको हकमा ४६।९६ सालको जाँचमा प्रतिवादीहरूले दर्ता गराएपनि दर्तामा वादीहरूले समेत नाम लेखिएको देखि यो प्रतिवादीहरूले वादीहरूबाट सो जग्गाको हक टुटाई लिएको लिखत प्रतिवादीहरूले पेश गर्न नसकेको कुत बुझाएसम्म जग्गा वादीहरूले नै खान पाउने गरी ९४ सालमा मिलापत्र भएको ९५।९७ सालमा प्रतिवादीहरूले वादीहरूलाई जग्गा लाग छाडी दिएको कागज वादीहरूबाट पेश हुन आएको जग्गामा वादीहरूको भोग भएको वा प्र.हरू सावितै भएकालेसमेत जग्गा वादीहरूकै ठहर्छ भन्नेसमेत जुम्लाअदालतको फैसला ।
६. चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
७. शुरुका इन्साफ मनासिव भन्नेसमेत डोटी अपीलको हाकिम सु. शेरमानको फैसला।
८. जग्गातर्फ वादीहरूले झुट्टै उजुर गरेको ठहर्छ भन्नेसमेत डोटी अपीलको वि. शिवदत्तको राय पर्चा ।
९. डोटीअपीलको हाकिमको इन्साफमा चित्तबुझेन भन्नेसमेत डोटी प्र.मु.रघुनाथसमेतको र विचारीको राय पर्चामा चित्त बुझेन भन्ने वादी रणवीर विष्टसमेतको पुनरावेदन ।
१०. इन्साफ डोटी अपीलको विचारीको राय पर्चा गल्ती र हाकिमको इन्साफ मनासिव भन्नेसमेत प्र.न्या.पहिलाको फैसला ।
११. चित्त बुझेन भन्नेसमेत वा समेतको जयनन्द काफ्लेको फैसला ।
१२. व्यहोरा साँचो भए यो मुद्दाको मिसिल झिकी जाहेर गर्नु भन्ने प्रमांगी ।
१३. इन्साफ प्र.न्या.पै. को मनासिव भन्नेसमेत प्र.न्या.फुल बेञ्चको फैसला ।
१४. तहतहबाट पिर पराउ बिझाइ विद्युत गरेकै ठहरी फैसला भई अन्तमा १०।५।२१ मा प्र.न्या.फुल बेञ्चबाट समेत सदर भई गएको र त्यसमा हाम्रो समेत सहमती भएकोले बिजाइ विद्युततर्फ अघि भएका फुल बेञ्चको फैसला सदरै छ । सो फैसलामा जग्गाको हक बेहक गरेतर्फ बिजाई विद्युत गरे भन्ने उजुरीमा ठाडै बुझी ऐन सवाल बमोजिम गरिदिनु भन्ने हुकुम प्रमांगीबाट यो मुद्दा चली कारवाई भएको रीतपूर्वकको नालेस फिराद दिई कारावाई भएको नहुनाले बिजाई विद्युतको उजुरीबाट जग्गाको हक बेहकतर्फ पनि इन्साफ भएको देखिएको र बिजाई विद्युत मुद्दा अ.बं. १९ नं.ले फौज्दारी हुने भई फौज्दारी मुद्दाबाट देवानी जग्गाको हक बेहकतर्फसमेत कारवाई गरी इन्साफ गर्न अ.बं. ९८ नं.ले नमिल्ने हुँदा देवानीतर्फ राय दिन मिलेन र शुरु कारावाई गर्न न्या.प्र.वि.व्य. ऐन, २०१८ को दफा ५ को उपदफा (क) बमोजिम बुझ्नु पर्ने प्रमाणहरू सबै बुझीसकेको भई यस मिसिलबाट कसको भोग कसको दर्ता कसले तिरो गरेको इत्यादि बुझी यस मिसलबाट शुरु कारवाई गरी ३ महिनाभित्र छिनीदिनु भन्नेसमेत सर्वोच्च अदालत फुल बेञ्चको फैसला ।
१५. कुनै कित्ता जग्गाहरू अघि ९४ सालमा यिनै वादी मध्येका र प्रतिवादी मु. प्रभुनाथको जग्गामा झगडा पर्दा सो जग्गाहरू मु. प्रभुनाथले रैती वादीहरूलाई नै कुतमा खान दिने गरी मिलापत्र भएको प्रमाण निमित्त आएको जग्गा मुद्दाको मिसिलमा रहेको यसै मुद्दाको मिसिलमा सामेल रहेको ९४।६।२३ का मिलापत्रबाट र ९६ सालमा दाखिल खारेज भएको जग्गा लाग दावी छोडी दिउँ भनी प्रतिवादी मु. प्रभुनाथसमेतले ९५।९७ सालमा कागज गरिदिएको सो कागजलाई कानूनले उत्तिको मान्यता दिन मिल्दैन तापनि त्यसबाटसमेत जग्गा अघि देखिनै देखि यी वादीहरूको हकभोग भइ प्रतिवादीहरूले त्यसको कागज गरिदिएका रहेछन् भन्ने देखिन आउँछ । ४६।९६ दर्ता मोठ ९७ सालको दर्ता मुचुल्कासमेत अध्ययन गर्दा मोठ नं.११ मा मुनिकर पाध्याको मोही भारमल विष्ट हौस्या ध्यौला बुडा मर्दा निज मनिकण्ठ मोठ नं.१२ मा कृष्णदत्त पाध्याको मो वीरमान बुढा, जक्तिराम मर्दा यो शिवनाथ काफ्ले मोठ नं.१३ मा जन्मेजय पाध्याको मोही हौस्या धौला बुढा मर्दा निज जन्मेजयको भाइ जयकृष्ण पाध्या मोठ नं.१४ मा रिथु पाध्याको मो हौस्या बौला मर्दा प्रसाद काफ्लेसमेत मोठ नं.१५ मा मो रत्नकर पाध्या विष्णु पति जौशीको रत्नकर पाध्या, विष्णु पति जैशीको वीरमान बुढा मर्दा वटुकृष्ण पाध्या मोठ नं.७० मा विष्णुपति पाध्याको मोही यस राम बुढा मर्दा वासुदेव भन्नेसमेत व्यहोरा परी दर्ता भएको देखिन आयो । सो मोठमा मोहीमा लेखिएको मारमल हौस्या, धौल्या जक्तिराम म वीरमान बुढासमेत वादीवालाहरूको बाबु बाजे भन्न मिसिल प्रमाणबाट देखिन आउँछ र निजको हक छुट्टाएको लिखत प्रमाण पेश गरी सो लिखत प्रमाणहरूका आधारबाट दर्ता भएको भन्ने पनि देखिएन । निजहरूको हकदार नभएको भन्नेसमेत कुनै कुरा उल्लेख नगरी म मर्दा भन्ने बोलीसम्म पारी प्रतिवादी तालुकदार काफ्लेहरूले लाटा सुधा निमुखा रैतीहरूलाई घरायसी कागजको भर विश्वासमा पारी रैती वादीहरूका बाबु बाजेका नामको अघिदेखि खाइआएको जग्गाहरू आ–आफ्ना नाउँमा दर्ता दाखेल खारेज गरेको देखिन आउँछ । मोठमा मोही जनिएका भारमलसमेतका छोरा नाती हकदारहरू रहेछन् भन्ने मिसिलबाट झल्की रहेको समेत प्रमाणबाट दर्तामा मोही लेखिएको मानिसको छोरा नाति हुँदाहुँदै सिप गाउँ समेतका तालुकदार मुखिया भएका देहारपाटा मौजाका यी प्रतिवादीहरूले वादीवालाहरूले भोग चलन गरिरहेको उजुरीमा लेखिएको जग्गाहरू आफ्नो गराउन ९६ सालमा दाखेल खारेज हुँदा र ९७ सालको दर्ता मुचुल्कामासमेत आफ्नो नाउँमा दर्ता गराएको प्रष्ट देखिन्छ । वादी रैतीहरू तालुकदार भएको देखिन आएको झगडा परेको उजुर दावीको उक्त मोठमा लेखिएका जग्गा बाबु बाजेका नाउँसमेत जनाई उक्त लेखबमोजिम दर्ता गरेको समेत देखियो । यदि वादीवाला रैतीहरूले जग्गा भोग गरी नआएको भए उक्त लेखिएबमोजिम मोहीमा जनाई दर्ता हुन नपर्ने रैतीहरूको भोगको जग्गा प्रतिवादी जानिफकार तालुकदारहरूले आफ्ना नाउँ दर्ता गराउँदा अघना रैतीहरूलाई पुरा थाहा जानक नहुनाको पनि सम्भवै देखिनाले उजुर दावीको झगडा परेको उक्त मोठ नम्बरका जग्गाहरू प्रतिवादीहरूका हक भोगको भन्ने न्यायसङ्गत नहुँदा जग्गा वादीहरूको हक भोगको ठहर्छ । प्रतिवादीहरूले हाम्रो दार्ताको भन्ने जिकिर पुग्न सक्तैन भन्नेसमेत जि.अ. सल्यानको फैसला ।
१६. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन ।
१७. रणवीर विष्टसमेतको र प्रभुनाथ काफ्ले समेतको बिजाई विद्युत मुद्दामा सर्वोच्च अदालत फुल बेञ्चको ०१८ साल माघको फैसलाले जग्गातर्फ निरोपण गर्न सल्यान जि.मा. गएकोमा उक्त जि.अ. ले प्रतिवादीहरूको नाउँमा दर्ता रहेपनि वादीहरूकै हकमा जग्गा हुने भनी ठहर गरेको कतिसम्म मुनासिव रहेछ भनी हेरेमा सोरुदरासिप गाउँ बस्ने मिहिन्द्र भली विष्टसमेतको र सिजादरा देहारपाता बस्ने प्रभुनाथको तिरो बुझाई पाउँ भन्ने मुद्दामा प्रभुनाथको प्रतिउत्तरमा ६ कलम मोही हाम्रो नाउँमा दर्ता भई कुतमा निज वादीवालाको सन्तानलाई खान दिएको सोबारे अरु ४६ साल जाँचमा दर्ता भएको जग्गामा मोही निजै वादीहरूका बाबु बाजे राखी दर्ता भएका जग्गाको तिरो मेरो बाबा सिवनाथ काफ्ले तिर्ने जग्गा कमाई खाने निज मोहीहरूबाट कुत लिई भोग तिरो गरी आएबमोजिम भन्नेसमेत बोली परेको र सोही मुद्दामा ९४।६।२३ गते मिलापत्र हुँदा दर्तावालालाई कुत तिरी जग्गा खाने गरी मिलापत्र भएको देखिएकोले सोरुदरासीपको रैतीले जग्गा भोग चलन गरी दर्तावालालाई तिरो बुझाई खाएको भन्ने रिवाज देखिएको र प्रतिवादीहरूको घरजम गरी बसेको ठाउँ सिजादरा देहारपाटादेखि टाढा सोरुदरासीपामा खेती गर्न यस्तो यस्तो बन्दोबस्त छ भन्ने निजहरूको जिकिर नभएको र मार्गशिर्षमा गई बैशाखमा आउने बस्ने ठाउँ बनाएको भनी पुरिनाथले बयान गरेको हुनाले समेत प्रतिवादीहरूले भोग चलन गरी रहे बसेको देखिन्छ । तिरो गरी भोग चलन गर्ने हकसम्म खोजी गर्नुपर्ने रणवीर विष्टहरूले प्रभुनाथ काफ्लेहरूसमेत उपर जाँचमा दर्ता गरी दिएनन् भनी उजुर भनी उजुर परेको छ । मिसिल सामेल रहेको निजहरूको डोटी अपीलको विचारीउपर गरेको अपीलमा जग्गाको नाउँ दर्ता खुलेको कुरा ४६ सालको मोठमा साविक व्यहोरा २५ सालमा जाँचमा लेखिएको हुनाले २५ सालकै जाँचमा प्रभुनाथका पुर्खाहरूकातर्फ दर्ता भई समेतको कुरामा यो ०२ सालमा परेको उजुरबाट दर्ता मोठ सच्याउन नमिल्ने र उसमा पनि वादीहरूले शुरु बयानमा नाउँ लेखिदिएको जग्गा यो यो दर्ताको हो भनी खुलाई नलेखिएकोबाट यो मोठ दर्ता सच्याई पाउँ भन्ने किटान साथको उजुर गर्न नसकेको कारणले जग्गाको दर्ता गराई तिरोको रसिद पाउँ भन्ने दावी पुग्न सक्दैन । सल्यान जि.अ.ले प्रतिवादीहरूको भोग चलनसम्म कायम गर्नुमा जग्गा वादीहरूको हक भोग ठहर्छ भन्नेसमेत केही गल्ती फैसला गरेको ठहर्छ भन्ने ०२२।४।२७।४ को डिभिजन बेञ्चको फैसला ।
१८. सोही इन्साफमा चित्त बुझेन दोहर्याई इन्साफ जाँची पाउँ भन्ने वादीहरूको बारेससमेत भई रणवीर विष्टले चढाएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो हो र महत्वपूर्ण प्रमाण रहेछ भन्ने फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखिआएको ०२६।५।१७।३ को हुकुम प्रमांगी ।
१९. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नुभन्ने माननीय भू.पु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहबाट भएको ०२६।५।२२।१ को आदेश ।
२०. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२७।४।३०, ०२७।५।१९ मा पेशभई निवेदक वादीहरूतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र प्रतिवादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री नन्दीकेशर सिवाकोटीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुवै पक्षको दावी जिकिर र दुवै पक्षको विद्वान वकिलहरूको बहस जिकिरसमेतबाट खुद झगडा परेको देखिने २४।४६।९६ सालको दर्ता मो. नं.११।१२।१३।१४।१५।७० को ६ खला खेतमा वादीहरूको हक दावी लाग्ने हो होइन भोग कसको कायम हुने हो सो कुराको निर्णय दिनुपर्ने भएको छ ।
२१. प्रथम दर्ताको सम्बन्धमा हेर्दा २५ सालको जाँचमा प्रतिवादीहरूकै पुर्खा बालकृष्ण पाध्या जन्मेजय पाध्या रिठु काफ्ले विष्णुभक्त पाध्या रत्नाखर पाध्याहरूका नाममा वा हिडा खेत खिजादरा देहरापाटा भन्ने कच गरी खेत मुरी ।२९। १५ के ठेक रु.४।।ऽ।। का दरले छुट्टाछुट्टै दर्ता भएको उक्त ६ खला खेत ४६ सालमा क्रमशः मो.नं. ११।१२।१३१४।१५।७० कायम भई दर्ता हुँदा मोही भनी वादीहरूको बाजे परबाजेहरूको नामसम्म लेखिएको भए पनि निजहरू मर्दा भन्ने जनाई प्रतिवादीहरूकै बाजे परबाजेका नाममा दर्ता भएको र ९६ सालको मोठमा ४६ सालको मोठ दर्तावाला व्यक्तिहरू मर्दा भन्ने जनाई निजहरूको छोरा नाति प्रतिवादीहरूको नाममा दर्ता भए गरेको समेत देखिन आयो ।
२२. प्रतिवादीहरूले आफ्नो नाममा दर्ता गराए पनि जग्गा हामीहरूले तिरोभरो गरिआएको हाम्रो हकको भन्ने वादीपक्षको मुख्य जिकिर भएको हकमा तिरोभरोतर्फ आफूहरूले तिरोभरो गरेको झगडा पर्नुभन्दा अगाडि कुनै पनि सालको रसिद वादीहरूले पेश गर्नसकेको पाईदैन । जग्गातर्फ वादीहरूतर्फकै निलवीर विष्ट भागिन्तेसमेतको जुम्ला अदालतबाट ९३।७।२०।५ मा फैसला भएको जग्गा मुद्दाको फिरादमा वादीले नै शिवनाथ काफ्लेको नाममा दर्ता भई निजको छोरा प्रभुनाथ काफ्लेबाट कुतमा भोगेको शिवगेडी कुइचाखेत समेतमा जबरजस्ती चलन गरिदिए भन्ने उल्लेख गरेको र वादी रनवीर विष्टसमेत प्रतिवादी मु.प्रभुनाथ काफ्ले समेतको २००१ सालमा परेको लुटपिट मुद्दामा हामीले भोग गरेको हाम्रो जग्गा जग्गामा अधिया साजौ कुतवापत ठिटुवा दिनुपर्छ भनी धनमाल लुटे भन्ने वादी दावी र हाम्रो जग्गा कुत साजा अधियामा दिएको भन्नेसमेत प्रतिवादी भएकोमा आखिर वादीहरूको उजुर झुठ्ठा ठहरी जुम्ला अदालतबाट २००२ साल चैत्रमा फैसला भएको औ वादी रामकृष्ण हमाल प्रतिवादी पुरीनाथ काफ्लेसमेतको देवीदासलाई कर्तव्य गरी मारे भन्ने ज्यान मुद्दामा यो मुद्दाको वादी रणवीरको बाबु भनिएको भागिंते विष्ट र रामपति चन्द्रवीर चन्द्र सिंसमेतले ९८ सालमा बयान गर्दा सिपागाउँमा देहारपाटा गाउँका प्रतिवादी रजनीखर बाहेक अरू प्रतिवादीको घर जग्गा छ । पौष माघमा सिपागाउँमा थिएँ भन्ने उल्लेख गरेकोसमेत देखिन्छ । वादी महिन्द्रमली विष्टसमेत प्रभुनाथ काफ्लेको तिरो तिरेको रसिद दिलाई जग्गामा दावी छुटाइपाउँ भन्नेसमेत ९४ सालमा जग्गा मुद्दा परेकोमा अघिदेखि वादीहरूले प्रतिवादीहरूलाई कुत बुझाई खाइआएको र अब पनि कुत तिरी जग्गा खानपाउने भन्ने शर्त राखी ९४।६।२३।६ मा मिलापत्र भएगरेको देखिएको समेतबाट जग्गा वादीहरूको हकको भन्ने कुरा प्रमाणित हुँदैन ।
२३. वादीहरूकोतर्फबाट प्रमाणमा पेश भइराखेको प्रतिवादीहरूले जग्गामा हक छाडी गरिदिएको भनेको ९५।९७ सालको कागजहरू हेर्दा मु.प्रभुनाथ काफ्ले आगे भएको ९५।१२।१६।४ को कागजमा सिजादरा देहारपाटा गाउँको मुखिया तालुकदार म भएकोले सो रूपदरासीपा गाउँका खेतको जम्मा तिरोको रसिद दिए तापानि अघिदेखि जग्गाको भोग तिरो तिम्रो भएको हुनाले पछि कसैबखत हकदावी गर्नेछैन भन्नेसम्म लेखिएको यही जग्गा भन्ने त्यसमा उल्लेख नभएको र प्रभुनाथ काफ्लेसमेत जना १२ आगेभएको अर्को ९७।१।२४ को कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रा नाममा लेखी दर्ता भएका सिपज्यूलाक तेरीजभित्रका जम्मै जग्गा हाम्रा नाउँमा दर्ता गर्यौ तापनि अड्डामा गई उजुर गर्नुपर्दैन । पछि कुनै बखतमा दा.खा.दर्ता र अड्डाबाट फैसला मिलापत्र छ भनी हकदावी खिचोला गर्ने छैनौं भन्नेसमेत उल्लेख भएको भए पनि कसैको ल्याप्चे सहीछाप तत्काल प्रचलित कागजजाँचको २० नं.बमोजिम प्रमाण लाग्ने किसिमको प्रष्ट नभएको र मुख्य सो कागज ९६ सालको मोठ तेरिजमा हाम्रा नाममा लेखी दर्ता भएको भन्ने बोली परेको सो ९६ सालको माठ कहिले खडा भएको रहेछ भन्नेतर्फ हेर्दा सो मोठ खडा गर्न जुम्ला मालका पुर्जिबमोजिम खट्टी गएको डोरमा ९७ साल फागुणमा मात्र सो सिपागाउँको यो झगडा परेको जग्गासमेतका हाल मोही खुलाई तालुकदार प्रभुनाथ काफ्लेसमेतले मुचुल्का गरी दिई सोअनुसार हाल मोही खुलाई सोमोठ खडाभएको देखिनाले नामसम्म ९६ सालको भन्ने राखिएको भए पनि वास्तवमा सो मोठ ९७ साल फाल्गुण पछिमात्र खडा भएको प्रष्ट हुने समेत हुँदा सो मोठ खडा हुनुभन्दा अगावैको ९७।१।२४।२ मिति परेको उक्त कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रा नाममा लेखी दर्ता भएको भन्ने बोली लेखिएको शंकास्पद भएको समेतबाट उपरोक्त कागजहरू प्रमाणमा लिन मिल्ने देखिएन ।
२४. हाल वादी पक्षबाट पेश हुनआएको सर्पराज हमालले बसन्त बुमीसमेत उपर ०२५।२।१।३ मा दिएको फिरादपत्र नक्कल हेर्दा यसै मुद्दमा डिभिजन बेञ्चबाट २२।४।२७।४ मा फैसला भएको आधारमा २००२ सालदेखि २०२१ साल तकको झगडा परेको जग्गाको बाली बिगो भराइपाउँ भन्ने दावी लिई सो फिरादपत्र गरेको देखिएको, तेरो मेरोमा झगडा परिराखेको जग्गा वादीपक्षले भोग गरेको सालको बाली भराइपाउँ भनी नालेसगरेको हुंदैमा त्यतिकैबाट जग्गा यो मुद्दाका वादीपक्षको हककायम हुन नसक्ने र अर्को २००८ सालमा नामसारी दा.खा.हुँदा वादीहरूका नाममा दा.खा.भएको भनी २००८ सालको दर्ता नक्कल पेशगरेको हकमा २००२ सालदेखि यो मुद्दा पर्दापर्दै बीचमा वादीहरूका नाममा दर्ता गरिएको भए पनि त्यसलाई कायम मान्न नमिल्नेसमेत हुँदा उपरोक्त कागजहरू यो मुद्दाको लागि जग्गा वादीको हक हुने कुराको प्रमाण मान्न मिल्दैन ।
२५. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट झगडा परेको जग्गा वादीहरूको हकको देखिन नआएको र मुख्य २५।४६।९६ साल समेतलाई मोठमा प्रतिवादीहरूका बाजे बाबु र प्रतिवादीहरू समेतका नाममा क्रमशः हुँदै आएको र दर्ताउपर साविक मुलुकी ऐन जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.बमोजिम म्यादभित्रको उजुर बेगर २००२ सालमा मात्र पर्न आएको यो उजुरीबाट प्र.हरूको दर्ताबदर गरी वादीहरूका नाममा दर्ता गराईदिन नमिल्नेसमेत हुनाले ९६ सालको मोठमा प्रतिवादीहरूको नाम कटाई हाम्रा नाममा दाखेल दर्ता गरिपाउँ भन्नेसमेत वादीहरूकै कायमहुन्छ, भोगको हकमा उपरोक्त उल्लेखित ९४।६।२३।६ को मिलापत्रमा प्र.हरूलाई कुत तिरी जग्गा वादीहरूले खान पाउने शर्त रहेकोले उक्त मिलापत्र बमोजिमको जग्गा दर्तावाला प्रतिवादीहरू लाई साविक बमोजिम कुत तिरी भोग गर्न पाउने गरी भोगसम्म वादीहरूको कायम हुने ठहर्छ । जग्गा दर्ता गराई तिरोको रसिद पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएतर्फ इन्साफ ०२२।४।२७।४ को डिभिजन बेञ्चको मुनासिवै छ । उक्त डिभिजन बेञ्चको फैसलामा ठहर व्यहोरा १ ठाउँमा प्रतिवादीहरूले भोग चलन गरी रहे बसेको देखिन्छ भन्ने र अन्तिममा सल्यान जि.अ.ले प्रतिवादीहरूको भोगचलनसम्म कायम गर्नुपर्नेमा जग्गा वादीहरूको हक भोग ठहर्छ भन्नेसमेत केही गल्ती फैसला गरेको ठहर्छ भनी उल्लेख गरेकोसम्म मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी देहाएका मानिस के हक नपुग्ने जग्गा दर्ता गराई पाउँ भनी झुठ्ठा दावी गरेमा तत्काल प्रचलित जग्गा मिच्नेको २७ नं.बमोजिम रु.१४। जरिबाना हुन्छ, दामासाहीले देहाएबमोजिम लाग्नेमा रूजु रहेको रनवीरबाट असुल गरी र अरूको हक्मा कुनैको वारेस कुनै वेरूजु हुँदा लगत कसी असुल गर्नसमेत का.श्रे.अ.त मा लगत दिनु..................................१
जुम्ला सो रूदरा सिंमध्य ख्यालच गाउँ बस्ने दल सुर वुडा क्षेत्री के रू ५०
ऐ बस्ने दल वुढा क्षेत्री के रु.। ।५०, ऐ बस्ने वुद्धिसिं वुढा क्षेत्री के रु.। ।५०
ऐ बस्ने नारसिं वुढा क्षेत्री के रु.। ।५० ऐ बस्ने वजु वुढा क्षेत्री के रु.। ।५०
ऐ बस्ने नैनसिं वुढा क्षेत्री के रु.। ।५० ऐ बस्ने सौर वुढा क्षेत्री के रु.। ।५०
ऐ बस्ने वनपति वुढा क्षेत्री के रु.। ।५० ऐ बस्ने गोखु वुढा क्षेत्री के रु.। ।५०
ऐ बस्ने गोरे वुढा क्षेत्री के रु.। ।५० ऐ बुचगाउँ बस्ने देवी विष्ट क्षेत्री के रु.। ।५०
ऐ ऐ बस्ने पुसे विष्ट क्षेत्री के रु.। ।५० ऐ ऐ बस्ने लालु विष्ट क्षेत्री के रु.। ।५०
ऐ ऐ बस्ने नव विष्ट क्षेत्री के रु.। ।५० ऐ ऐ बस्ने रगु विष्ट क्षेत्री के रु.। ।५०
ऐ ऐ बस्ने गुमांसिं विष्ट क्षेत्री के रु.। ।५० ऐ ऐ बस्ने रघु विष्ट क्षेत्री के रु.। ।५०
ऐ ऐ बस्ने सर्पजित विष्ट क्षेत्री के रु.। ।५० ऐ ऐ बस्ने हिरालाल विष्ट क्षेत्री के रु.। ।५०
ऐ ऐ बस्ने हरिभक्त विष्ट क्षेत्री के रु.। ।५० ऐ ऐ बस्ने चुके विष्ट क्षेत्री के रु.। ।५०
ऐ शिवगाउँ बस्ने जोता वुभीरी के रु.। ।५० ऐ बस्ने जङ्गवीर वुमी के रु.। ।५०
ऐ वललां वुमी के रु.। ।५० ऐ बस्ने किरते वुदा क्षेत्री के रु.। ।५०
ऐ बस्ने जङ्गराम वुमी के रु.। ।५० ऐ बस्ने पीथीपल क्राकि क्षेत्री के रु.। ।५०
प्रतिवादी जुम्ला सिजदरा देहारपाटा बस्ने देहाएका मानिस के जिल्ला अदालत सल्यानको ०२०।११।९।६ को फैसलाले गर्ने गरेको देहाएबमोजिम नलाग्ने हुँदा असुल भएको फिर्ता वांकिको लगत कट्टा गरी दिनु भनी हालको राप्ती अञ्चल अदालतलाई लेखि पठाउन ऐ........................२
काशिनाथ काफ्ले के रू ।२८ पुरीनाथकाफ्ले के रू ।२८ मेघनाथ ऐ ।२८
भद्रनाथ ऐ ।२८ जयानन्द ऐ ।२८ देवीप्रसाद खत्री ऐ ।२८
मु.प्रभुनाथ काफ्ले ऐ ।२८ धनकृष्ण काफ्ले ऐ ।२८ यज्ञराज काफ्ले ऐ ।२८
गोरख भन्ने जानकि दर ऐ ।२८ खवा ऐ ।२८ दाताराम ऐ ।२८
श्री चन्द्रपाध्या ऐ ।२८ श्यामनाथ पाध्या ऐ ।२८ यज्ञनिधी पाध्या ऐ ।२७
राजरिखा पाध्या ऐ ।२८ नरबहादुर हमाल ऐ ।२७ मोतिलाल कुमाई ऐ ।२७
नियमबमोजिम मिसिल बुझाई दिनु........................३
न्या.श्री इश्वरी जङ्ग र
न्या.श्री बब्बरप्रसाद सिंह
उपरोक्त ठहरमा सहमत छ ।
इति सम्वत् २०२७ साल आश्विन ८ गते रोज ५ शुभम् ।