निर्णय नं. ६४७ - जग्गा खिचोला
निर्णय नं. ६४७ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री व्रह्मदत्त तिवारी
न्यायाधीश श्री झपट सिं रावल
सम्वत २०२७ सालको देवानी फुल बेञ्च नम्बर १४१
फैसला भएको मिति : २०२८।३।२९।३
निवेदक : बझाङ पंध्रबीस दरा ठकुरी थानाखारतडा बस्ने जया बोहरा
विरुद्ध
विपक्षी : ऐ. आगर गाउँ बस्ने वीजै कडायत
मुद्दा : जग्गा खिचोला
(१) न्याय प्रशासन (बिविध व्यवस्था) ऐन, २०१८ को दफा ८ को उपदफा (१) खण्ड (क) दावीमा खुलाएको मोल बिगोबमोजिम हद मुनि वा माथिको मुद्दा भन्ने छुट्याउनु पर्ने ।
हद मुनि वा माथि छुट्याउने सम्बन्धमा वादीले अदालतमा प्रवेश गरी नालेस गर्दा खुलाएको झगडा परेको वा दावा गरेको मोल बिगोलाई नै कायम मानि दे.फु.नं.२२७ निवेदक प्रतिवादी लाले अहिर विरूद्ध अब्दुल मालिकसमेतको उखडाजग्गा मुद्दामा ०२०।१।२४।३ मा फुल बेञ्चबाट निर्णय भइराखेको समेत छ । पछि प्रतिवादी वा पुनरावेदनमा खुलाएको मोल बिगोलाई कायम मानी त्यसबाट हद माथिको गर्न उक्त न्याय प्रशासन (विविध व्यवस्था) ऐन, दफा ८ को उपदफा (१) खण्ड (क) को मनसाय समेतबाट मिल्ने देखिन आउँदैन ।
(प्रकरण नं. २३)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा :
फैसला
न्यायाधीश श्री झपट सिंह
१. बझाङ पन्ध्रबीसदरा आगर मौजामा ९० सालको मोठमा रणवीर कठायतका नाउँमा कि.नं.११७ कृष्णे देखि उत्तर, गंगादेखि पूर्व, मूल बाटो पश्चिम, गंगादेखि दक्षिण, यति ४ किल्लाभित्रको माटो मुरी ।९७।१७।४ मा दर्ता भएको निज रणवीर मरी अपुताली पर्दा मेरो हक हुन आएको जग्गामध्ये गंगादेखि दक्षिण पूर्व जयमानका हिस्साको खेतदेखि उत्तर रूपसिँगेका हिस्साको खेतदेखि पश्चिम यति ४ किल्ला भित्रको माटो मुरी ।१० के तिरो रु.९६ को जग्गामा ०२३।३।५ गते खिचोला गरेकाले सजाय गरी खिचोला मेटाई पाउँ भन्नेसमेत वादी ।
२. गंगाजीदेखि पूर्व कुला पश्चिम, खोला दक्षिण सिर घर डाँडा उत्तरको तल्लो मल्लो खारतडो भन्ने जग्गा मैले आवाद गरी गोठ छानो समेत लगाई तालुकदार मार्फत दर्खास्त दिई ०३।३।२८।६ को नापि मुचुल्का बमोजिम बिज पाथी ।६ के तिरो रु.।९७।२ लागि मेरा नाममा दर्ता भएकोछ, सो मध्ये तल्लो पश्चिमतर्फको बगरलाई नाम किल्ला फरक पारी तलीचौर खेत आगर गाउँलेको सल्लाहाले कृष्णे कडायतले दर्खास्त दिई दोहरा नापजाँच गराएकोमा उजुर दिई सो बदर भई बझाङ राज्य अदालत डोटी अपील समेतबाट जिती पाएको र रा.कु.केशरबहादुरले दावी गर्दा पश्चिम दौडाहाबाट जिती पाई घर गोठ छानो लगाई कुलो झिकी पाखाबाट खेतमा नापजाँच गरिपाउँ भनी डोटी मालमा दर्खास्त दिई उक्त जग्गामध्ये पाथी ।२।४ के रु.१।४४ गोरे, रंसिँगे फकिरेबाट रु.२००० खाई ०२२।७।१४।७ मा राजिनामा दिएकोछु, मेरो खरतडोजग्गा घुसाई खान झुठ्ठाउजुर गरेको हो भन्नेसमेत प्रतिवादी ।
३. जया बोहोराबाट रु.२००० मा एउटै लिखत गराई राजिनामा लिएका थियौं, पास नहुँदै भूमिसुधार लागू भएकोले आफ्नु–आफ्नु जग्गा भूमिसुधारमा लगत दिएका छौं, अब पास गरिरहनु पर्दैन भनी लिखतपास भएको छैन भन्नेसमेत गोरे रंसीगे फकिरेको छुट्टा–छुट्टै बयान ।
४. झगडा परेको जग्गामा प्र.ले घर बनाई बसी आएको र प्र.जयाको नामको मोठ कित्ता नं.१ गंगाजी पूर्व न.नं.८ कुला पश्चिम नं नं.खोला दक्षिण नं नं.३० श्री घर डाँडा उत्तर देखिएकोले वादीको उजुर झुठ्ठा ठहर्छ भन्ने बझाङ जि.अ.को ०२४।१२।२७।३ को फैसला ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. नं नं.३१।३४ को कृष्णे र न.नं.३५ को अर्जुनेसमेत बुझी किनारा गर्नु भनी बझाङ्ग जि.अ. पठाई दिने भन्नेसमेत सेती अञ्चल अदालतको ०२५।९।२।२ को फैसला ।
७. नं.नं.३१।३४ सेती गंगा पूर्व मूलबाटो पश्चिम, अर्जुने उत्तर रणवीरदेखि दक्षिण, यति ४ किल्ला भित्रको जालभौडा भन्ने तिरो रु.११।५ को खेत मेरो बाबु कृष्णेका नाममा ८९ सालको नापीमा दर्ता भई घरधुरीसमेत खडा गरी बसी आएकाछौं भन्ने कृष्णेको छोरा धोलेको बयान ।
८. न.नं. ३५ गंगाजी पूर्व बाटोदेखि उत्तर पश्चिम जोगी धामी दक्षिण यति ४ किल्लाभित्रको तिरो रु.७।४३ लाग्ने गालमौडे भन्ने रैकर खेत मेरा बाबा अर्जुनका नाउँमा ८९ सालमा दर्ता भई गोठ भैंसी राख्ने कटेरासमेत छ भन्ने कालचे बोहराको बयान ।
९. रणवीरको नाममा दर्ता भएको माटो मुरी ।९७।१७।४ को जग्गा मध्ये बाटा पश्चिम, गंगा पूर्व, रूप सिँगे दक्षिण, साइमल उत्तरको माटो मुरी ।७ रामवीरले र गंगा पूर्व बाटा पश्चिम खरको छाना भएको घर दक्षिण जैसिंगेको जग्गा साँध उत्तरको जैमान, वीरमान, नरसिँगे जयलाल कंजडो हरि मलकिचेसमेतले, बाटा पश्चिमगंगाजी हरि मलकिचे समेतले, बाटा पश्चिम गंगाजी पूर्व रामवीर दक्षिण गजे उत्तरको माटो मुरी ।८ साईमलले, बाटा पश्चिम गंगापूर्व न.नं.३० को जग्गा दक्षिण रामवीर उत्तरको माटो मुरी ।८ रूप सिँगेले, बाटा पश्चिम गंगा पूर्व साइमले दक्षिण सानु बाटो उत्तरको माटो मुरी ।८ गजेले बाटा पश्चिम गंगाजी पूर्व कंजडो दक्षिण कृष्णेदेखि उत्तरको माटो मुरी । ८ जैसिँगेले भोगी आएका छौं भन्ने बारेससमेत साइमल काठायतको बयान ।
१०. सिर घर डाडा देखि उत्तर खोलादेखि दक्षिण कुला पश्चिम गंगाजी पूर्व यति ४ किल्लाभित्रको जग्गा २००२ सालमा जया व्यहोराका नाउँमा बिज ।६ को तिरो रु.।९७।२ तिरो लागेको जग्गा मध्ये गिठे उत्तर धनसिँगे दक्षिण कुला पश्चिम गंगाजी उत्तर यति ४ किल्लाभित्रको खारतडो भन्ने जग्गा रणबहादुरले र उक्त जया बोहराको खारतडोमध्ये रणबहादुर उत्तर जया दक्षिण गंगा पूर्व कुला पश्चिम यति ४ किल्लाभित्रको जग्गा धन सिँगेले उक्त खारतडो मध्ये सिर घर डाडा उत्तर रणबहादुर दक्षिण गंगाजी पूर्व कुला पश्चिम यति ४ किल्लाभित्रको गिठेले भोगी आएका छौं, ७ घरहरू हाम्रा छन् भन्नेसमेत वारेस समेतको गिठे वोहराको बयान ।
११. प्रतिवादीको खारतडो भन्ने जग्गा न.नं.१३ को खोलादेखि दक्षिण न.नं.२० को कुलादेखि पश्चिम न.नं.२९ गंगाजीदेखि पूर्व न.नं.२८ सिर घर डाडादेखि उत्तर यति ४ किल्लाभित्र भिन्दै खडा छंदै न.नं.३० गंगादेखि दक्षिण न.नं.३२ रूपसिंका जग्गादेखि पश्चिम न.नं.३७ जैमानको जग्गादेखि उत्तर न.नं.३५ गंगाजी देखि पूर्व यति ४ किल्लाभित्रको रणवीर दर्ताको रु.९।५९ मध्ये रु.।९६ को वादीका हकको जग्गामा प्रतिवादीले खिचौला गरेको ठर्हछ । न.नं.२९ मूल बाटा पश्चिम न.नं.४९ गंगादेखि पूर्व न.नं.१९ खोलादेखि दक्षिण न.नं.६३ अर्जुनेको जग्गादेखि उत्तर यति ४ किल्लाभित्रको न.नं.३१।३६।३८। ४५।४६।४७। ४८।५०।५२।५६ को १० ठाउँमा लेखिएको रणवीरको दर्ताको रु.९।५९ मा रु.।९६ कटाई बाँकी रु.८।६५ को जालमौरो जग्गा र कृष्णेको दर्ता रु ११।५ को जालमौरो जग्गा देखाई प्रतिवादीले दावी गरेकै ठहर्छ भन्ने बझाङ्ग जिल्ला अदालतको ०२५।१२।४।२ को फैसला ।
१२. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी जया वोहराको पुनरावेदन ।
१३. कि.नं.११७ खेत ।९७।१७।४ मध्ये खेत मुरी ।१० के तिरो रु.।९६ को जग्गामा खिचौला गरे भन्ने यो वादी परेको उक्त दावीको ।१० मुरी माटोमासम्म निर्णय दिनु पर्ने प्रतिवादी जयाले अघि २४।१२।२७ मा भएको नं नं.३१।३४।३५ को जग्गा वादीतर्फको दर्ताको भनी देखाएको त्यसको आधारले नक्सामा जग्गाधनी भनी जनिएको कृष्णे र अर्जुनेहरूनै नबुझी हचुवा किसिमबाट उक्त फैसला भएबाट निज कृष्णे र अर्जुनेसम्म बुझ्ने यस अञ्चल अदालतबाट लेखि गएको निज कृष्णे आफै र अर्जुने मर्दा छोरो कालैचे बुझेकोमा उक्त नम्बरको जग्गा वादी बिजेको नभई निज कृष्णे र कालैचेले हाम्रो दर्ता तिरोको भनी बयान गरेकोले निजहरूकै सो ठाउँमा घर धुरी भई प्र.का. भनाईबमोजिम ३१।३४।३५ नं.भएको ठाउँमा वादी बिजेको जग्गा देखिएन खेत ९७।१७।४ मध्ये वादीले दावीगरेको ।१० बाहेक बाँकी ।८६।१७।४ भोग गर्ने भनी वादी प्रतिवादीमा नलेखिएको साईमल रामदी समेत १० जवानको हकमा यस मुद्दाबाट केही गर्नु नपर्ने हुँदा निजहरूका हकमा हक बेहक गरेको सुरु फैसला खारेज गरिदिएकोछ, वादी दावीको किल्ला र २५।१०।१५ को नक्साको किल्ला नं.३०।३२।३७।३५ भित्रको नं.३३।३४ को जग्गा वादीको ।१० मुरी माटोमा मिल्न आएकोले उक्त ३३।३४ नं.को जग्गा वादीको ठर्हछ । त्यसतर्फ सुरु इन्साफ मुनासिव छ भन्नेसमेत सेती अञ्चल अदालतको ०२६।२।२८।३ को फैसला ।
१४. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी जया बोहराको पुनरावेदन ।
१५. २५।१०।१५ को नक्साको किल्ला नं.३०।३२।३५।३६ को चौहद्दीभित्रको नं.३३ र ३४ को जग्गा वादी दावीको ।१० मुरी माटोमा मिल्न आएकोले उक्त जग्गा वादीको ठहराएको सुरुको सदर गरेको सेती अञ्चल अदालतको इन्साफ मुनासिव ठर्हछ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको २६।१०।७।६ को फैसला ।
१६. सो फैसलाउपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादी जया बोहराको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा वादीतर्फको दर्ताको जग्गा न.नं. ६६ को भन्ने देखिएकोमा प्रतिवादीतर्फको घरबारीसमेत वादीतर्फ पर्ने गरी एक ठाउँ दर्ताले धेरै फरकमा पाखो जग्गा समेत किल्लाभित्र पर्ने गरी दावा गरेको कुरा कायम गरी सम्पूर्ण बुझ्नु निर्णय गर्नुपर्ने कुरा छुट्याई रणवीर दर्तामध्येको न.नं.३३ ।३४ को १० मुरी माटोको मात्र हक बेहक निर्णय गरेको समेत सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउन आदेश बक्सनु पर्ने भन्ने समेत शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफका प्रमुख सचिवालय राजदरवार लेखि आएको ०२७।१२।१।१ को हुकुम प्रमांगी ।
१७. बक्स भएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल र दुवैपक्षलाई झिकाई फु.बे.मा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभागमार्फत पठाइदिनु भन्ने मा.श्री प्र.न्यायाधीशज्यूबाट भएको ०२७।१२।५।५ को आदेश ।
१८. यसमा तारेख रहेको पक्षहरू रोहवरमा रही ०२८।३।२२।३ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र वादीतर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहससहित सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा, वादीतर्फका विद्वान अधिवक्ताले आफ्नो बहसमा वादीले नालेस गर्दा रु.१०००। मोल बिगोको जग्गामा खिचोला गरेको भनी दावी गरेको सो मोल बिगोबाट हद मुनी हुने हुँदा अञ्चल अदालतउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने स्थिति नै छैन डिभिजन बेञ्चबाट पुनरावेदन सुनी इन्साफ गरेको बदर हुनुपर्छ भन्ने प्रारम्भिक जिकिर गर्नु भएकोले सर्वप्रथम यसै प्रश्नउपर विचार गर्नुपर्ने हुन आएको छ ।
१९. अञ्चल अदालतले छिनेउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०२१ को दफा २ द्वारा संशोधित मूल ऐनको दफा ८ को उपदफा (१) को खण्ड (क) मा झगडा परेको वा दावा गरेको विषयको मोल बिगो पाँच हजार रूपैयाँ भन्दा बढी भएको मुद्दा मामिलामामात्र अञ्चल न्यायाधीशले दिएको फैसला वा अन्तिम आदेशउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ भन्ने र सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) मा मोल बिगो तीन हजार रूपैयाँ भएको मुद्दा माािलामा जिल्ला न्यायाधीशको निर्णयमा अञ्चल न्यायाधीशको राय मिले पनि नमिले पनि पुनरावेदन लाग्ने छैन र सो बाहेक अरूमा राय मिले मात्र पुनरावेदन लाग्ने छैन भन्ने कानूनीव्यवस्था भएको पाइन्छ ।
२०. वादीको नालेस हेर्दा रु.१०००। एक हजार मोल बिगोको जग्गामा खिचोला गर्यो भनी दावा लिएको र वादीले नालिस गर्दा र प्र.ले पुनरावेदन गर्दा समेत सोही रु.१०००। मोल बिगोको हिसाबले कोर्टफी ऐन, २०१७ बमोजिम लाग्ने कोर्टफी दाखेल गरेको समेत रहेछ ।
२१. सेती अञ्चल अदालतले कुन आधारमा प्रतिवादीलाई पुनरावेदनको म्याद दिएको रहेछ भन्नेतर्फ हेर्दा रामवीर समेतको हकमा इन्साफ गरेको त्यसको बिगोको विचारबाट हदमाथिको हुँदा पुनरावेदन लाग्छ, सम्बन्धित व्यक्तिलाई म्याद दिने भन्ने उक्त अञ्चल अदालतको फैसलामा उल्लेख गरी पुनरावेदनको म्याद दिएकोबाट उक्त अञ्चल अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको देखिन आयो ।
२२. अदालतले इन्साफ गर्दा वादीले जे–जति कुरामा दावा लिएको छ त्यतिसम्म कुरामा इन्साफ गर्नुपर्ने सर्वमान्य कानूनी सिद्धान्त हो, प्रस्तुत मुद्दामा सुरु बझाङ जिल्ला अदालतले वादी दावी भन्दा बढी जग्गा समेतमा इन्साफ ठहर गरेकोमा सेती अञ्चल अदालतले उपरोक्त सिद्धान्तको अनुरूप वादीले दावी लिएको खेत मुरी ।१० को हकमा सम्म इन्साफ ठहर गरी सो वाहेक बढी जग्गामा हक बेहक गरेतर्फ सुरुको फैसला खारेज गरेको समेत देखिन्छ ।
२३. हद मुनी, वा माथि छुट्याउने सम्बन्धमा वादीले अदालतमा प्रवेश गरी नालेस गर्दा खुलाएको झगडा परेको वा दावा गरेको मोल बिगोलाई नै कायम मानी दे.फु.नं. २२७ निवेदक प्रतिवादी लाले अहिर विरूद्ध अब्दुल मलिक समेतको उखडा जग्गा मुद्दामा ०२०।१।२४।३ मा फुल बेञ्चबाट निर्णय भई राखेको समेत छ । पछि प्रतिवादी वा पुनरावेदनमा खुलाएको मोल बिगोलाई कायम मानी त्यसबाट हदमाथिको गर्न उक्त न्याय प्रशासन (विविध व्यवस्था) ऐन, दफा ८ को उपदफा (१) खण्ड (क) को मनसाय समेतबाट मिल्ने देखिन आउँदैन ।
२४. तसर्थ, उपरोक्त उल्लेखित कारणहरूबाट वादी दावाको झगडा परेको जग्गाको मोल बिगो रु.१०००। मात्र भएको, न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को संशोधित दफा ८ को उपदफा (१) को खण्ड (क) अनुसार हद मुनीको प्रस्तुत मुद्दामा सेती अञ्चल अदालतको ०२६।२।२८।३ को फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न नसक्ने हुँदा प्रतिवादी जया वोहराको पुनरावेदन खारेज गर्नु पर्नेमा ०२६।१०।१७।६ को डिभिजन बेञ्चले पुनरावेदन सुनि इन्साफ गरेको मिलेको देखिएन, उक्त ०२६।१०।१७।६ को डिभिजन बेञ्चको फैसला बदर हुने नै ठहर्छ । अरू तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी जया वोहरा के डिभिजन बेञ्चले सेती अञ्चल अदालतले छिनेको हद मुनीको मुद्दामा लाग्न नसक्ने पुनरावेदन सुनी इन्साफ गरेको नै बदर हुने ठहरेकाले निजले सेती अञ्चल अदालतउपर पुनरावेदन गर्दा सेती अञ्चल अदालतमा ०२६।३।१९ मा दाखेल गरेको कोर्टफी रु.७।६० र मुद्दा दोहर्याउदा २७।१२।१९ मा सर्वोच्च अदालतमा दाखेल गरेको कोर्ट फी रु.५। समेत जम्मा रु.१२।६० नलाग्ने हुँदा कोर्टफी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्षभित्र फिर्ता लिन आएमा निज प्रतिवादी जया बोहरालाई नै कानूनको रीतपुर्याई फिर्ता दिनु भनी कानूनबमोजिम लगत दिनु..........................१
सेती अञ्चल अदालतका तत्कालीन अञ्चल न्यायाधीश विश्वनाथ उपाध्यायको हद मुनीको मुद्दामा पुनरावेदनको म्याद दिई ऐन छाडी काम गरेको रिकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु.....................२
नियमबमोजिम मिसिल बुझाई दिनु.......................३
न्यायाधीश श्री वासुदेव शर्मा र
न्यायाधीश श्री ब्रह्म्दत्त तिवारी
उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
इति सम्वत् २०२८ साल आषाढ २९ गते रोज ३ शुभम् ।