शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४९२ - वाली विगो ।

भाग: ४० साल: २०५५ महिना: बैशाख अंक:

निर्णय नं. ६४९२          ने.का.प. २०५५           अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ‌केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री राजेन्द्रराज नख्वा

संवत् २०५१ सालको दे.पु. नं. -२६३३

आदेश मितिः- २०५४।२।२७।२

 

मुद्दाः- वाली विगो ।

पुनरावेदक/ वादीः   जिल्ला रुपन्देही मैनहिया गाउँ विकास समिति वडा नं. १ बस्ने श्रीराम पासी  ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ. ऐ. बस्ने चिन्की पासको मु.स. गरने भनिएको ऐ. वडा नं. ७ बस्ने शिव पुजन पासी  ।

 

  • अंश वण्डाको ३१ नं. वमोजिम ज.मि.को १० नं. अनुसार वाली रोक्का नभएको अवस्थामा अन्तिम फैसला भएको मितिसम्मको वाली पाउने देखिंदा वादी दावी वमोजिम ५ वर्गको वाली प्रति वर्षको २ क्वीन्टलको दरले रु. १५७५। वाली भरी पाउने ठहर्‍याउनु पर्नेमा ३ वर्षको वाली सव पनि ४७२।५० मात्र वाली विगो भराउने गरेको पुनरावेदन अदालत, वुटवलको फैसला सो हदसम्म नमिली फरक पर्ने देखिएकोले सो हदसम्मको फैसला वदर भइ ५ वर्षको उव्जनी वाली विगो रु.१५७५। वादीले प्रतिवादीबाट भराई लिन पाउने ।

 

(प्र.नं. १५)

पुनरावेदनक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्द दाश

अवलम्वित नजिरः x

फैसला

न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत वुटवलबाट मिति २०५१।२।३ मा भएको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा यस प्रकार छः-

२.             मेरो समेत अंश हक लाग्ने सम्पत्ति वावुले रामनारायणलाई राजिनामा गरी दिनु भउको जग्गाको लिखत वदर मुद्दामा मेरो फिराद परी ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहरी श्री पश्‍चिमान्चल क्षेत्रीय अदालतबाट मिति २०४२।१।१० गते अन्तिम फैसला भएको २०३७ साल वैशाख १२ गते वावु परलोक भएपछि वावुको नामको जग्गामा मेरो र विपक्षीको आधा अंश भएको विपक्षीले पाउदै पाउदैन भनेकाले २ भागको १ भाग अंश पाउ भन्ने मेरो फिराद परी २ भागको १ भाग पाउने गरी मिति २०४२।३।११ मा श्री पश्‍चिमान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भएकोले सो फैसला अनुसार मैले अंश छुट्याई पाएको मैनहिया वडा नं. ७(क) कि.नं. ११६ को जग्गा विगाहा ०-७-१० मध्ये मेरो अंश भागमा परेको ०-५-३-१/२ जग्गामा २०३७ सालदेखि २०४३ सालसम्म धानवाली मंसुरी र आलसको हुने जम्मा मोल विगो रु.१२,०००। गा.पं. मैनाहिया वडा नं. ७(क) कि.नं. १४७ को ०-७-० मध्ये मेरो अंश भागमा परेको ०-३-१० अंश छुट्याई पाएको जग्गामा २०३७ सालको लागि मंसुरी र २०३८ सालको वाली देखि २०४२ सालसम्मको जम्मा विगो रु.११७०६। समेत जम्मा मोल विगो रु.२३७०६। मध्ये आधी वाली लगाउनेलाई छाडि आधा वाली विगो रु.११८५३। विपक्षीबाट दिलाई भराई पाउं भन्ने समेत फिराद पत्र ।

३.             वादीलाई वाली तिर्न वुझाउन पर्ने हैन ज.मि. का १८ नं. ले अन्तिम फैसला भएको मितिले ३ वर्ष भित्रको वाली विगो तर्फ दावी लिन ३ वर्ष भित्रको वाली विगो तर्प दावी लिन ३ वर्ष देखि वढी दावी लिएको मिलेको छैन वादीको दावी अनुसारको कुनै पनि वाली खेतमा लागाएको छैन उव्जा सम्बन्धी र मोल विगो हकमा सांध संधियार समेत वुझी झूठ्ठा दावीबाट फुर्सद पाउं भन्ने प्रतिउत्तर ।

४.             वाली विगोको उव्जा सम्बन्धमा मिति २०४४।७।१४ गा सरजमिन मुचुल्का भएको कि.नं. ११६ को रु.१७३१।५९ वादीले भराई लिन पाउने ठहर्छ कि. १४७ को हकमा आलस तरकारी समेतको वाली विगो भरी पाउं भन्ने समेत वादी दावी पुग्न सक्दैन भन्ने समेत मिति २०४४।८।९।४ को रुपन्देही जिल्ला अदालतको फैसला ।

५.             सो फैसला उपर इन्साफमा चित्त वुझेन भन्ने समेत वादी श्रीराम पासीको लुम्विनी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।

६.             शुरु जिल्ला अदालतले निर्णय गर्दा धान वालीको सम्म वाली भराउने र अरु तरकारीको हकमा सवूद गुजार्न नसकेको भनी गरेको इन्साफ मिलेको नदेखिंदा वदर गरी दिएको छ । अव सम्पूर्ण वालीको हकमा के कति वाली भरी पाउने हो सो सम्वन्धमा जे जो वुझ्न पर्छ वुझी ठहर निर्णय गर्नु भन्ने समेत मिति २०४६।१।९ को लुम्विनी अंचल अदालतको फैसला ।

७.             अंश मुद्दा चल्दाको अवस्थामा वादी प्रतिवादी एक सगोलमा रहेको पुष्‍टि हुन आएको र सगोलको सम्पत्ति प्रतिवादीले मात्र भोग गरेको भन्ने कुरा वादीले प्रमाणित गर्न नसकेकोले विगो भराई पाउं भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ भन्ने शुरु जिल्ला अदालतको मिति २०४७।३।३० को फैसला ।

८.             वण्डा छुट्याएपछि मात्र मैले जग्गा भोग गरेको छु विपक्षीले नै मुद्दा पर्दाको अवस्थामा जग्गा भोग गरेको भन्न सकेको छैन अंश मुद्दामा छोरा होइन र अंश दिनु पर्ने होइन भनी प्रतिउत्तर लगाउने विपक्षीले जग्गा भोग गर्न दिने प्रश्‍न छैन । तसर्थ दावी वमोजिम विगो दिलाई दिनु पर्नेमा सो नगरेको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी न्याय पाउं भन्ने वादीको पुनरावेदन पत्र ।

९.             दावीको जग्गामा वादीले भोग चलन गरी आएको छ भनी प्रतिवादीले प्रतिउत्तरमा र अंश मुद्दामा तायदाती फांटवारी दिंदा सो भन्न लेख्न नसकेको अवस्थामा वादीको समेत भोग चलनमा रहेको भनी वाली विगो भरी नपाउने ठहर्‍याएको शुरको इन्साफ नमिलेकोले अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५०।६।१९ को आदेश ।

१०.          यसमा प्रतिविगाहा ५ क्वीन्टल उव्जाको हिसावले दावीको ०-८-१३-१/३ जग्गामा प्रति वर्ष २ क्वीन्टलका दरले धान वाली उव्जनी कायम गरी झगडा परेको सालको ३ वर्षको वाली मात्र पाउने हुंदा सो जग्गाको ३ वर्षको हुने ६ क्वीन्टल धानको प्रति क्वीन्टल रु. ३१५ का दरले हुने रु. ४७२।५० मात्र वाली विगो वापत वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ शुरुको फैसला केहि उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति २०५१।२।२३ को फैसला ।

११.          उक्त फैसलामा चित्त वुझेन वेरितको सरजमिन मुचुल्काको आधारमा गरेको पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, अ.वं. २०३१ को दफा ५४  तथा मुलुकी ऐन अ.वं. १८४ नं. को प्रतिकूल हुंदा वदर गरी फिराद वमोजिमको वाली विगो समेत दिलाई भराई पाउं भन्ने समेत व्योराको वादीको यस सर्वोच्च अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

१२.          यसमा पुनरावेदन अदालत वुटवलको मिति २०५१।२।२३ को फैसलामा ठहर भएको फैसला वमोजिम वाली विषो वापत वादीले प्रतिवादीबाट भरी भराउ गर्न पाउने गरेको विगो मिलेको नदेखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्‍ने समेत संयुक्त इजलासबाट मिति २०५२।१०।१ मा भएको   आदेश ।

१३.          नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले मेरो पक्षको फिराद दावी वमोजिम सवै वाली विगो र. विपक्षीबाट भराउने गरी फैसला गर्नु पर्नेमा सो अनुसार नगरी पुनरावेदन अदालतले विषो रु.४७२।५० मात्र भराउने गरी गरेको फैसला त्रुटिपूर्ण छ साथै पुनरावेदन अदालतको उक्त फैसलामा ठहर भएको फैसला वमोजिमको वाली विगो वापत मेरो पक्षलाई भराउने गरेको विगो, मिलेको छैन तसर्थ पुनरावेदन अदालत वुटवलको फैसला वदर गरी मेरो पक्षलाई न्याय दिलाई पाउं भन्ने र विपक्षीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दाशले विपक्षीले ३ वर्ष भन्दा वढीको वालीमा दावी लिएको मिलेको छैन । मुलुकी ऐन ज.मि. को १८ नं. मा कुतवालीको कुतमा ३ वर्ष सम्मको दावी गर्न पाउने व्यवस्था भएबाट वादी दावी वमोजिम मेरो पक्षले वाली भराउनु पर्ने होइन भन्ने समेत व्यहोराको वहस जिकिर गर्नु भयो ।

१४.          विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस जिकिर सुनि प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसम्मा पुनरावेदन अदालत वुटवलको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।

१५.          यसमा विपक्षीले मलाई अंश नदिएकोले मैले २०३७ सालमा अंशमा नालेश गरी मिति २०४२।३।११ मा श्री पश्‍चिमान्चल क्षेत्रीय अदालतबाट अंश पाउने ठहरी अंश समेत छुट्याइएको छ मेरो अंश भागमा परेको कि.नं. ११६ र कि.नं. १४७ को आधा जग्गाको २०३७ साल देखि २०४२ साल सम्मको वाली विपक्षीले लगाई खाएको हुंदा आधा वालीको हुने विषो विपक्षीबाट दिलाई भराई पाउं भन्ने वादी र दावी अनुसारको वाली खेतमा लगाएको छैन र ३ वर्ष भन्दा वढीको वालीमा दावी लिएको मिलेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी जिकिर रहेको देखिन्छ । अंश नामारीको मुद्दा २०३७।३।२७ मा दायर भई पश्‍चामान्चल क्षेत्रीय अदालतबाट मिति २०४२।३।११ मा यी वादी रामपासीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहरी अन्तिम फैसला भएको प्रमाणमा आएको मिसिलबाट देखिन्छ । अंश मुद्दा परिरहेको अवस्थामा अंशवण्डाको ३१ नं. वमोजिम वाली रोक्का रहेको देखिदैन । यसरी वाली रोक्का नरहेको स्थितिमा अंश भाग पाउने भएमा मुद्दा परिरहेको वर्षहरुको वाली पाउने हुन्छ । जग्गा मिच्नेको १८ नं. मा रोक्का भएको जग्गा लिए दिएको र जग्गा दपोट वा तिरी दपोट गरेको कुरामा वाहेक अरु जग्गाको कुरामा थाहा पाएको मितिले छ महिना भित्र कुत वालीको कुरामा ३ वर्ष भित्र र जग्गाको कुरामा थाहा पाएको मितिले छ महिना भित्र कुत वालीको कुरामा ३ वर्ष भित्र र जग्गाको झगडा परेको वालीको हकमा जग्गाको हक छुटाई अन्तिम किनारा भएको मितिले १ वर्ष भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने व्यवस्था रहेको पाइन्छ । अंश वण्डाको ३१ नं. वमोजिम ज.मि. को १० नं. अनुसार वाली रवक्का नभएको अवस्थामा अन्तिम फैसला भएका मितिसम्मको वाली पाउने देखिंदा वादी दावी वमोजिम ५ वर्षको वाली प्रति वर्गको २ क्वीन्टलको दरले रु. १५७५। वाली भरी पाउने ठहर्‍याउनु पर्नेमा ३ वर्षको वाली सो पनि ४७२।५० मात्र वाली विगो भराउने गरेको पुनरावेदन अदालत, वुटवलको फैसला सो हदसम्म नमिली फरक पर्ने देखिएकोले सो हदसम्मको फैसला केहि उल्टि हुन्छ अरु तपसिल वमोजिम गर्नु ।

तपसिल

पुनरावेदक वादी राम पासीके इन्साफ खण्डमा लेखिए वमोजिम विगो रु. १५७५। प्रतिवादीबाट भरी पाउने ठहरेकोले उक्त विगो भराई पाउं भनी प्रतिवादीको जेथा देखाई ऐनका म्याद भित्र वादीको दरखास्त परे कानून वमोजिम गरी भराई दिनु भनी र सो सम्वन्धमा पुनरावेदन अदालत वुटवलको फैसलाले कायम गरेको लगत वमोजिम गर्नु नपर्ने हुंदा उक्त फैसला अनुसार राखिएको लगत कट्टा गर्नु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखि पठाउनु----------

माथि इन्साफ खण्डमा लेखिए वमोजिम वादीले प्रतिवादीबाट वाली भराई पाउने ठहरेकोले वादीले शुरु अदालतमा राखेको कोर्टफि रु. ४९४।५० पैसा पुनरावेदन  अदालतमा पुनरावेदन गर्दा राखेको थप कोर्टफि रु. ७४।१२ पैसा र यस अदालतमा राखेको कोर्टफि रु. ७४।११ समेत प्रतिवादीबाट भराई पाउं भनी वादीको दरखास्त परेक कानून वमोजिम गरी भराई दिनु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेख पठाउनु ----------------

                 

उक्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति सम्बत् २०५४ साल जेष्‍ठ २७ गते रोज २ शुभम् -------।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु