शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१३६ - ज्यान मार्ने उद्योग ।

भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक:

निर्णय नं. ८१३६  २०६६ साउन,अङ्क ४

     

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत् २०६१ सालको स.फौ.पु.वे.नं. ३६६१

फैसला मितिः २०६५।१२।१७।२

 

मुद्दाः ज्यान मार्ने उद्योग 

 

      पुनरावेदक÷वादीःविनोदकुमार शाहको जाहेरीले नेपाल सरकार 

विरुद्ध

      जिल्ला धनुषा दुवरकोट हथलेटवा गा.वि.स.वा.नं. ६ बस्ने ठकहर मुखियाविन समेत 

 

फैसला गर्ने न्यायाधीशः

मा.मु.न्या. बद्रीकुमार बस्नेत

मा.न्या. श्री विष्णुप्रसाद ढकाल

 

§  कर्तव्य गरी ज्यान मारेको वा मार्नमा उद्योग गरेको भत्रे कसूरमा मनसाय तत्व प्रमुख रहन्छ । मनसायवेगर कसैले कसैको हत्या गर्दैन त्यसकारण मनसाय पत्ता लगाउनु आवश्यक हुन्छ । मनसायको निर्धारण कसूर वारदातसंग सम्बन्धित काम कारवाहीहरूबाट गर्नुपर्ने हुन्छ । बन्दुक फायर हुनु नै ज्यान मार्ने मनसाय हो भनी भत्र नसकिने 

(प्रकरण नं.४)

§  कुनै पनि वारदात कुटपीटभित्र पर्ने वा कर्तव्य ज्यानको हुने भत्रे भित्रता छुट्ट्याउने मापदण्ड भनेको वारदातको प्रकृति एवं त्यसमा संलग्न व्यक्तिहरूको मनसाय हुने 

(प्रकरण नं.६)

 

पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल

प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता विश्वनाथ उपाध्याय

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पु.वे.अ. जनकपुरको फैसलाउपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-

जिल्ला धनुषा दुवरकोट हथलेटवा गा.वि.स.वा.नं. ६ स्थित रामजतन मुखियाको घरको दक्षिणमा कोवी खेतीमा टाटी तोडफोड भएको कोवीका बोट विरुवाहरू टुक्राटुक्रा भई मडारिएर भाचिएको जमिनको माटो लिइएको, कोवी खेती भित्र कुकुर एकलाई गोलीको छर्रा लागी घाइते भई मृत्यु अवस्थामा रहेको सो मृतक कुकुरदेखि अं. १० मीटर दूरीमा १२ वोर टोटावाला गोलीको खाली खोका फेला परेको भत्रे समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का 

जिल्ला धनुषा दुरकोट हथलेटवा गा.वि.स. वा. नं. ६ स्थित घटनास्थल नजिक उत्तर दक्षिण जाने आउने बाटोको छेउमा रहेको झारपातहरू माथि अंग्रेजी अक्षर र अंकमा स्पेशल यम यम ३० ग्राम के यफ १२ लेखिएको रातो रंगमा कडावाला कागजले पित्तल धातु राखी बनाइएको टोटावाला गोलीको खाली खोका बरामद भएको बरामदी मुचुल्का 

जालसाजी समेत मुद्दा परेको रिसइवीलाई लिएर भालु साह समेत जना ११ प्रतिवादीहरू रामजतन घरमा नभएको मौका मिलाई यही २०५६।१०।६ गते बिहान ९ बजेको समयमा बन्दुक, फर्सा र लाठीसमेतले सुसज्जित भै गोपाल मुखियाको आदेशलाई मानी महेश साहले बन्दुकले विनोदकुमार साहलाई घाइते बनाएको, रामदेव साहले बन्दुकले फायर गरी ओपिन्दर दासलाई घाइते बनाएको, वैधनाथ मुखियाले प्रहार गरेको बन्दुकले सजुकुमारी र रामबहादुर घाइते भएको, बिनोदकुमारलाई पुनः ठकहर मुखिया विनले गोली प्र्रहार गरेको, चन्देश्वर पुखिया र विनले प्रहार गरेको बन्दुकद्वारा पिरथिचन मुखिया घाइते भएको, शिवजी मुखियाले फर्साको बौएलाल मुखियाको टाउकोमा प्रहार गरी काटिएको, सुकलाल मण्डलले लाठीले दुलारी देवीलाई घाइते बनाएको र रघुनाथले दुलारीदेवीलाई लाठी समेतले हानी घाइते बनाई मरणसन्न बनाएकोमा तत्कालै उपचार गरे पश्चात ज्यानसम्म बाँचेकाले ज्यान मार्ने उद्योगमा कारवाही गरिपाऊँ भत्रे समेत व्यहोराको जाहेरी दरखास्त 

२०६५।१०।६ गते विहान ९ बजेको समयमा जुगेश्वर साह, रामदेव साह चन्देश्वर मुखिया, वैद्यनाथ मुखिया, रघुनाथ साह, सुकलाला धानुक, महेश साह, गोपाल मुखिया शिवजी मुखिया  र मसमेत ११ जना मिली आआफ्नो घरमा रहेको एकनलिया कटुवावाला बन्दुक र टोटा वाला १२ बोर गोली लिई योजनावद्ध तरिकाले रामजतन मुखियाको घर तोडफोड गर्न गई टाटीहरू तोड्न लाग्दा जाहेरवाला विनोदकुमार साहसमेतका मानिसहरू हामीहरू भएका ठाउँमा आई हामीहरूको आक्रमण रोक लगाएको देखी मैले हातमा लिएको एकनलिया कटुवा बन्दुकद्वारा गोली फायर गर्दा सो गोली जाहेरवालाको खुट्टामा लागेकोले जाहेरवाला विनोद करमार भुँइमा लडेको देखी मलाई डर भयो र म घटनास्थलबाट भागेको हो भत्रे समेत व्यहोराको प्र. ठक्कर मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान कागज 

२०५६।१०।६ गते बिहान ९ बजेको समयमा भालु साहले मसँग आई आज रामजतन मुखियाको घर तोडफोड गरी त्यसलाई गाउँबाट भगाई त्यसको जग्गा खानु पर्दछ भनी मेरो घरमा आई आक्रमण गर्न जाऊँ भनी मद्दत मागेको हुँदा गोपाल मुखिया, रामदेव साह, रघुनाथ साह, शिवजी मुखिया, सुकलाल धानुक, युगेश्वर साह, वैद्यनाथ मुखिया, ठकहर मुखिया, महेश साह सुडी समेतका हामी ११ जना मानिस भएर जाऊँ भनी भालु साहले भनेकाले मैले आफ्नै घरमा रहेको एकनलिया कटुवा बन्दुक वोकेर गएको हुँ र मैले पनि हातमा लिएको बन्दुकद्वारा गोली फायर गर्दा परिचित मुखियालाई गोली लागेकोले पिरथिचनको खुट्टाको पैतालाको भागमा गोलीको छर्रा लागी निज भुईमा लडे र सोही गोलीले पछिपछि आइरहेको कुकुरलाई लाग्न गै कुकुरको मृत्यु भएछ । त्यसमा मलाई डर भई म घटना स्थलबाट भागेको हो भत्रे समेत व्यहोराको पं. चन्द्रेश्वर मुखिया विनले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको कागज 

२०६५।१०।६ गते बिहान ९ बजेको समयमा भालु साहसमेत ११ जना मानिसहरू र म भई रामजतन मुखियाको घर तोडफोड गर्न आएको र निजहरूको आक्रमणमा रोक लगाउदा मसमेतका मानिसहरूले थाहा पाई भेला जम्मा भई अगाडि बढ्दै जाँदाका वखतमा जाहेरवाला विनोदकुमार साह समेतका ८ जना मानिसहरूलाई एकनलिया कटुवा बन्दुकद्वारा गोली फायर गरी तथा फर्सा, लाठी र हात लात्तीसमेत प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मैले देखेको हु भत्रे समेत संजय कुमार साहले प्रहरीमा गरेको कागज 

२०६५।१०।६ गते बिहान ९ वजेको समयमा भालु साहसमेतका ११ जना मानिसहरूले एकनलिया बन्दुक, फर्सा, लाठी समेत लिई रामजतन मुखियाको घर तोडफोड गर्न आएका र घरको टाटी समेत तोडफोड गर्दा जाहेरवालासमेतले थाहा पाई तत्काल उक्त आक्रमण रोक्न बढ्दा निजहरूले चलाएको गोली, फर्सा, लाठीसमेतबाट जाहेरवाला विनोदकुमार समेत ८ जना मानिसहरूलाई गोली लागेकोले निजहरूको कार्य ज्यानसम्बन्धी महलको १ नं. र १५ नं. को कसूर अपराध हुँदा सोही १५ नं. बमोजिम सजाय गरिपाऊँ भत्रे अभियोग पत्र 

२०५६।१०।६ गते बिहान ७ बजे नै सिमरापटी ससुराको साली तितरीदेवीको घरमा भेटघाट गर्न गएको थिए । त्यहाँबाट ४ बजेतिर फर्की घर आउँदा प्रहरीले पक्राउ गरेका हुन् । म समेत भै जाहेरवाला समेतबाट फर्सा, लाठी तथा गोलीसमेत प्रहार गरी ज्यान मार्ने उद्योग गरेको छैन भत्रे समेत व्यहोराको प्र. ठकहर मुखिया विनले अदालतमा गरेको वयान 

२०६५।१०।६ गते बिहान म विरामी भएकोले घरमै थिए । सोल्फी मंडल आई गाउँमा पंचायती छ जाऊँ भनेकाले गएको थिएँ त्यहीबाट प्रहरीले पक्राउ गरेका हुन् । जाहेरवालासमेतका मानिसहरूलाई ज्यान मार्ने नियतले गोली, लाठी तथा फर्सा आदि प्रयोग गरेको छैन म निर्दोष छु भत्रे समेत प्र. चन्द्रेश्वर मुखिया विनले अदालतमा गरेको वयान 

२०५६।।१०।६ गते मेरो ससुराली सिरहाको मखनाहा भत्रे ठाउँमा गै ऐ ७ गते घरमा आएको  छु । २०५६।१०।६ गते म आफ्नो गाउँ घरमा नभएकोले विनोदकुमार साहसमेतलाई ज्यान मार्ने उद्योगले कुटपीट गरेको छैन । मउपरको अभियोग झूठा भएकोले सजाय हुनुपर्ने होइन भत्रे समेत प्र. सुकलाल मण्डलले अदालतमा गरेको वयान 

२०५६।१०।६ गते गाउँ घरमा नभै २०५६।१०।५ गते नै लादो मामाको घरमा गै ऐ ७ गते फर्किआएको छु । जाहेरवालालगायत घाइते भनिएका संजुकुमारी, रामबहादुरसमेत कसैलाई पनि ज्यान मार्ने उद्देश्यले बन्दुक चलाएको कुटपीट गरेको आदि केही छैन । अभियोग दावीअनुसार सजाय हुनुपर्ने होइन भत्रे समेत प्र. वैद्यनाथ मुखियाले अदालतमा गरेको वयान 

२०५६।१०।६ गते म गाउँ घरमा छैन २०५६।१०।५ गते महुवा १ मा बस्ने साढु भाई रामलोचनको घरमा गै ऐ ७ गतेमात्र घरमा आएको छु । जाहेरवाला तथा अन्य घाइते भनिएका वौएलालसमेतका व्यक्तिहरूलाई सो दिन मैले घटना घटाएको समेत छैन ज्यान मार्ने उद्देश्यले कुटपीट गरेको समेत छैन मउपरको पोल उजूर झुठा भएकोले दावीअनुसार सजाय हुनुपर्ने होइन भत्रे समेत प्र.शिवजी मुखियाले अदालतमा गरेको वयान 

२०५६।१०।६ गते बिहान छोराका ससुराली घर जदुकुवामा गै ऐ ७ गते नातिको उपचार गराउन जनकपुर आएको छु । २०५६।१०।६ गते म गाउँ घरमा छैन । जाहेरवाला लगायतका घाइतेलाई कुटपीट गरेको छैन म घटनामा सामेल थिइन मलाई अभियोग दावीअनुसार सजाय हुनु पर्ने होइन भत्रे समेत प्र. रघुनाथ साहले अदालतमा गरेको वयान 

      २०५६।१०।५ गते भैंसी खोज्न लवटोलीतर्फ गएको सञ्चो नभएकोले ऐ. ६ गते लवटोली सव हे.पो.मा उपचार गराई ऐ ७ गते साझमा मात्र भैंसी लिई घर फर्केको छु । वारदात भनेको २०५६।१०।६ गते म गाउँ घरमा नभएकोले मैले कसूर गरेको छैन । जाहेरवाला तथा अन्य घाइतेलाई के कसरी घाउ चोट भएको हो मलाई थाहा छैन, म उपरको पोल उजूरी झूठा हो म निर्दोष भएकोले दावीबाट फुर्सद पाऊँ भत्रे समेत प्र. युगेश्वर साहु सुडीले अदालतमा गरेको वयान 

२०५६।१०।६ गते जनकपुर आई  ऐ ८ गते म गाउँ घरमा गएकोले मैले वचन दिएको भत्रे जाहेरी झूठा हो । मैले कसूर गरेको छैन पोल उपर झूठा भएकोले सजाय हुनुपर्ने होइन भत्रे समेत प्र. गोपाल मुखिया विनले अदालतमा गरेको वयान 

सिरहा मिर्चैयामा दिदी सीतादेवी विरामी भएको भत्रे खवर आएकोले २०५६।१।५ गते गै ऐ ९ गते मात्र घरमा आएको छु । २०५६।१०।६ गते म गाउँ घरमा नभएकोले नभएकोले जाहेरी अनुसारको कुनै कार्य गरेको छैन । जाहेरवाला तथा अन्य घाइतेलाई कसरी चोट लाग्यो मलाई थाहा छैन । म निर्दोष भएकोले दावीबाट फुर्सद पाऊँ भत्रे समेत प्र. रामदेव साहले अदालतमा गरेको वयान 

प्र. महेश साह सुडी र प्र. भालु साह तेलीका नाउमा मिति २०५७।२।१० मा तामेल भएको म्यादमा निजहरू हाजिर नभै गुजारी   बसेका 

प्रतिवादीहरूको वयान जिकीरलाई समर्थन जनाउँदै प्र. हरूको साक्षी सुरेन्द्र साह, रामदयाल साह, किसिन साह, सहदेव साह मण्डल, रामलोचन मुखिया, उचित मुखिया, भरत मण्डल, दहाउ कवारी, वेचन मुखिया, राजपति मुखिया, नथुनी मुखिया, रामस्वार्थ मुखिया, विजयकुमार पजियार, मनोहर यादव, उमाकान्त झा, जमुना मुखिया समेतले गरेको वकपत्र मिसिल सामेल रहेको 

प्र. महेश साह र भालु साहको २०५८१।२२ गते डोरबाट अंश रोक्काको मुचुल्का भै मिसिल सामेल रहेको 

वस्तुस्थिति मुचुल्काका मानिस जगदीश साफी, प्रकाश मुखिया, र जाहेरवाला विनोदकुमार साहसमेतले अदालतमा उपस्थित भै गरेका वकपत्र मिसिल सामेल रहेको 

प्र. भालु साह तेली र महेश साह सुडीको हकमा अ.वं. १९० नं. बमोजिम मुलतवी राखी दिने ठहर्छ । प्र. ठकहर मुखिया विनलाई मु.ऐ. ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम तजवीज गरी ७ वर्ष कैदको सजाय हुने ठहर्छ । प्र. चन्देश्वर मुखिया विनलाई मु. ऐ. ज्यानसम्बन्धी महलको १५  नं. बमोजिम तजवीजी ५ वर्ष कैद सजाय हुने ठहर्छ । प्र. गोपाल मुखिया विन, प्र. युगेश्वर साह तेली, रामदेव साह तेली, प्र. वैद्यनाथ मुखिया विन, प्र. शिवजी मुखिया विन, प्र. सुकलाल मण्डल धानुक र प्र. रघुनाथ साह तेलीले आरोपित कसूर दावीबाट सफाइ पाउने ठहर्छ भत्रे व्यहोराको समेत शुरु धनुषा जिल्ला अदालतको फैसला 

म पुनरावेदक ठकहर मुखिया विनले ज्यान मार्ने उद्योग गरेको भनी ठहर गर्दै मलाई सात वर्ष कैद गर्नु बिल्कुलै अन्यायपूर्ण र आत्मनिष्ठ इन्साफ गरेकोले यस्तो अनियमित तथा गैरकानूनी फैसला बदर वातिल गरी वादी दावीबाट सफाई पाऊँ भत्रे समेतको ठकहर मुखिया विनको पुनरावेदन पत्र 

किटानी जाहेरी दरखास्त वरामदी मुचुल्का, अधिकारप्राप्त अधिकारीसमक्षको साविती वयान घा जाँच केश फारम, मौकामा बुझिएका मानिसहरूको कागज र अदालतमा गरेको किटानी वकपत्र समेतबाट सम्पूर्ण प्रतिवादीहरूको संलग्नता रहेको देखिँदा देखिदै ठकहर र चन्देश्वर मुखिया विन बाहेक अरु प्रतिवादीहरूलाई सफाई दिने गरी गरिएको शुरु फैसला सो हदसम्म नमिलेको हुँदा शुरु अभियोग दावीबमोजिम सजाय पाऊँ भत्रे व्यहोरा समेतको श्री ५ को सरकारको पुनरावेदन पत्र 

यसमा पीडितको किटानी जाहेरी दरखास्त र सोहीबमोजिम अदालतमा भएको वकपत्र सह अभियुक्तको पोलसमेतको आधार प्रमाणबाट प्र. रामदेव साह तेलीसमेत आरोपित कसूरबाट सफाइ पाउने ठहरी भएको शुरुको फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई ठकहर मुखिया विनको पुनरावेदनको प्रतिलिपि साथै राखी पुनरावेदन सरकारी वकील कार्यालयलाई सूचना दिई पेश गर्नु भत्रे व्यहोराको पुनरावेदन अदालत जनकपुरको आदेश 

कुटपीटका ९ नं. ले पनि बन्दुक फायर गरी परेको चोटका सम्बन्धमा कुटपीटकै महल अन्तर्गत सजायको स्पष्ट व्यवस्था भएको छ । यदि ज्यान मार्ने उद्योग नै प्रतिवादीले गरेको भए तेस्रो मान्छेको हस्तक्षेपबाट निजहरू भागेको हुनुपर्नेमा आफू प्रतिवादीहरू भागेको कुरा स्वयं व्यक्त गरेका छन् र स्वयं वादीका साक्षीले प्रतिवादीहरू भागी गएको कुरा भनेकोबाट प्रस्तुत वारदात ज्यानसम्बन्धीको १५ नं. र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबाट ज्यान मार्ने उद्योगको परिभाषाभित्र पर्ने अवस्था देखिएन । दुईथरी बीचमा टाटीसम्बन्धी झगडाबाट आपसमा भएको कुठपीटको वारदातमा जाहेरवाला पनि एक पक्षको मद्दतगार भएको कारणबाट निजलाई बन्दुकको छर्रा लाग्न गएको सम्म अवस्था देखिएकाले वारदातको रुपबाट प्रस्तुत मुद्दा ज्यानसम्बन्धी महल १५ नं. अन्तर्गतको वारदात नभै कुटपीटको महलको अन्तर्गतको वारदात देखिन आएकाले जिल्ला अदालतले ज्यान मार्ने उद्योगतर्फ ठहर गरेको इन्साफ मिलेको देखिएन । प्रस्तुत मुद्दा कुटपीटको महलअन्तर्गत कार्यवाही गर्नुपर्ने मुद्दा भएकोले सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा २७ ले व्यवस्था गरेमुताविक प्रस्तुत मुद्दालाई सरकारवादी  मुद्दाबाट दुनियावादी मुद्दामा परिणत गरिदिएको छ भत्रे पुनरावेदन अदालत जनकपुरको मिति २०६०।२।२१ को फैसला 

बन्दुक जस्तो जोखिमी हतियार प्रयोग गरिएको वारदातलाई कुटपीटमा परिणत गर्ने गरी भएको फैसला मिलेको छैन । बन्दुक प्र्रहार गर्नुले नै ज्यान मार्ने मनसाय प्रमाणित गर्दछ । प्रतिवादीहरूले बन्दुक प्रहार गर्दा ज्यान बचाउन छलिएको अवस्थामा खुट्टामा गोली लाग्नु नै प्रतिवादीको वचाउको आधार हुन नसक्ने हुँदा पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी शुरु अभियोग मागदावीबमोजिम होस् भत्रे समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल र प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता विश्वनाथ उपाध्यायले बहस प्रस्तुत गर्नुभयो 

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ताले बन्दुक जस्तो घातक हतियार प्रयोग गरी घाइते पारिएको छ । बन्दुक चलाउने कार्यले नै कसूर प्रमाणित गर्दछ । अनुसन्धानको क्रममा प्रतिवादीहरूले कसूर स्वीकार गरी वयान गरेको अवस्था छ । बन्दुकबाट गोली हानेपछि मानिस मर्न सक्छ भत्रे कुराको स्वतः पूर्वानुमान गर्नुपर्ने हुन्छ । यस अवस्थामा कुटपीटको वारदातमा परिणत गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दावीबमोजिम होस् भत्रे समेत बहस गर्नुभयो 

त्यसैगरी प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान अधिवक्ताले मान्छे मर्ने गरी बन्दुक हानेको भत्रे प्रमाणित छैन । यसमा ज्यान मार्ने मनसाय तत्व छ भत्रे कुरा स्थापित छैन । बन्दुक हानेको भए पनि गोली हानी मानिस मार्नु पर्नेमा छर्राको मात्र प्रयोग भएको खुट्टामा मात्र चोट लागेबाट ज्यान मार्ने मनसाय थिएन भत्रे प्रमाणित हुन्छ । कथित वारदात ज्यान मार्ने उद्योगको नभएको हुँदा पुनरावेदन अदालतको फैसला परिवर्तित गर्नुपर्ने अवस्था नहुँदा सदर होस भत्रे समेत बहस गर्नुभयो 

उपर्युक्त बमोजिमको बहस तथा पुनरावेदन सहितको मिसिल अध्ययन गरी यसमा पुनरावेदन अदालत जनकपुरको मिति २०६०।२।२१ को फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो 

२.    यसमा मिसिल अध्ययन गर्दा प्रतिवादीमध्येका भालु साहको राम जतन मुखियासँग जग्गाको विवादको रिसइवी साध्ने मनसायले घातक हतियार लिई आक्रमण गरी प्रतिवादीहरूले जाहेरवालासमेतलाई घाइते पारेको र तत्कालै अरु गाउलेहरू आएबाट उनीहरू भागेका पीडितलाई तत्काल उपचार गराएबाट ज्यान मर्न नपाएको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं., १५ नं. को कसूरमा ऐ. १५ नं. बमोजिम सजाय होस् भनी अभियोग पत्र दायर भएकोमा प्रतिवादी ठकहर मुखिया विन र चन्द्रेश्वर मुखिया विनले आरोपित कसूर गरेको, प्रतिवादी महेश शाह, भालु शाहको हकमा मुल्तवी राखेको र अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठह¥याएको शुरुको फैसला उल्टी गरी वारदात सरकार वादी मुद्दाभित्रको नपरेकोले सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ अनुसार दुनिया वादीमा परिणत गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी यस अदालतबाट प्रत्यर्थीहरूलाई झिकाउने आदेश भई निर्णयार्थ पेश भएको रहेछ 

३.    यसमा पीडितहरूको केश फाराम हेर्दा शरीरको विभित्र भागहरूमा चोटहरू रहेकोबाट दुई पक्षबीच वारदात भएको तथ्यमा कुनै विवाद नरहे पनि उक्त वारदात ज्यान मार्ने उद्योगको हो होइन  भत्रे सम्बन्धमा विश्लेषण गर्नुपर्ने देखियो 

४.    पीडितहरूको केश फारम अध्ययन गर्दा टाउको, घाँटी, छाती, पेट जस्ता शरीरको मर्म स्थानमा चोट परेको भत्रे देखिँदैन । बन्दुकबाट गोली हानिएको भए पनि ज्यान मार्ने उद्देश्यबाट टाउको वा घाँटीमा ताकेर हानेको भत्रे नदेखिई हवाई फायर मात्र गरिएको भत्रे देखिन्छ । पीडितलाई सामान्य छर्रामात्र लागेको अवस्था देखिन्छ । पीडितमध्ये कसैको घुँडामुनि मात्र सामान्य घाउ लागेको अवस्था छ । कर्तव्य गरी ज्यान मारेको वा मार्नमा उद्योग गरेको भत्रे कसूरमा मनसाय तत्व प्रमुख रहन्छ । मनसायवेगर कसैले कसैको हत्या गर्दैन त्यसकारण मनसाय पत्ता लगाउनु आवश्यक हुन्छ । मनसायको निर्धारण कसूर वारदातसँग सम्बन्धित काम कारवाहीहरूबाट गर्नुपर्ने हुन्छ । बन्दुक फायर हुनु नै ज्यान मार्ने मनसाय हो भनी भत्र सकिने हुँदैन 

५.    प्रस्तुत वारदात टाटी उखेल्न लागिएको भत्रे विषयबाट उब्जेको वादविवाद बढ्दै गई घटेको देखिन्छ । सो घटना देख्ने रामशरण विनले वकपत्र गर्दा ५ मिनेटसम्म मारपीटको वारदात भएको भत्रे उल्लेख गरेबाट यसमा दुई पक्षका बीचमा जग्गा जमिनको विषयलाई लिएर दोहोरो कुटपीट भएको अवस्था देखिन आउँछ 

६.    जोखिमी हतियार प्रयोग भएको वारदात भए पनि त्यस्ता सबै वारदात ज्यानको भत्रे हुदैन । मुलुकी ऐन कुटपीटको महलमा पनि ज्यान मर्न सक्ने जोखिमी हतियार प्रयोग गरिएको अवस्थामा कुटपीटको वारदात हुने गरी विभित्र नम्बरहरूमा व्यवस्था गरिएको पाइन्छ । कुटपीटको ९ नं. मा बन्दुकको प्रयोग भएको अवस्थामा पनि कुटपीटको वारदातमा सजाय गर्न सकिने गरी व्यवस्था भएको समेत पाइन्छ । कुनै पनि वारदात कुटपीटभित्र पर्ने वा कर्तव्य ज्यानको हुने भत्रे भित्रता छुट्ट्याउने मापदण्ड भनेको वारदातको प्रकृति एवं त्यसमा संलग्न व्यक्तिहरूको मनसाय नै हो । प्रस्तुत मुद्दाको समग्र विश्लेषण गर्दा ज्यान लिने उद्देश्यबाट पीडितहरू माथि आक्रमण गरिएको भत्रे कुराको पुष्टि हुन सकेको देखिएन । त्यसकारण त्यस्तो वारदातको सम्बन्धमा ज्यानसम्बन्धीको महल नभई मुलुकी ऐन कुटपीटको महल आकर्षित हुने अवस्था देखिन आउँछ 

७.    कुटपीटको महलअन्तर्गत सजाय हुने अपराधमा अंगभंगको अवस्थाबाहेक अरु अवस्थामा दुनिया वादी भै मुद्दाको कारवाही चलाउनु पर्नै हुन्छ । अंगभंगको वारदात सरकार वादी भै चल्ने भएबाट प्रस्तुत वारदात अंगभंगको अवस्था छ कि भनेर पीडितहरूको घा जाँच फाराम हेर्दा सो अवस्था पनि देखिएन 

८.    अतः दुनियावादी भै कुटपीटको महलअन्तर्गत कारवाही गर्नुपर्ने वारदातको मुद्दा देखिएकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम दुनियावादीमा परिणत हुन सक्ने हुँदा सोबमोजिम मुद्दाको कारवाही र किनारा हुन दुनियावादी मुद्दामा परिणत गर्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

न्या.सुशीला कार्की

 

इति संवत् २०६५ साल चैत १७ गते रोज २ मा शुभम्….

 

इजलास अधिकृत : राजेन्द्रकुमार आचार्य

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु