शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९९६ - लुटपीट

भाग: ४३ साल: २०५८ महिना: असार अंक:

निर्णय नं. ६९९६      ने.का.. २०५८  अङ्क ३.

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

सम्वत् २०५४ सालको फौ.पु.नं. १६७६

फैसला मितिः २०५७।१०।६।६

 

मुद्दाः लुटपीट

 

पुनरावेदक/वादीः जिल्ला धनुषा पौडेश्वर गा.वि.. वडा नं. ९ बस्ने त्रीपुरादेवी झा ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः ऐ ऐ बस्ने कालीदेवी झा समेत  

 

§  यस अदालत संयुक्त इजलासबाट अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउेन आदेश हुँदा हदम्याद सम्बन्धमा लिईएको आधारलाई हेर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १४, बचाउ र खारेजी  शिर्षकमा यस ऐन बमोजिम कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिम कार्यविधि नअपनाई अन्य प्रचलित कानून बमोजिम सामान्य  कार्यविधि अपनाएको रहेछ भने सो कारणले मात्र भैसकेको कारवाही वदर हुने छैनभन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदन अदालतले सामान्य कार्यविधि अपनाई पुनरावेदन दर्ता गरि फैसला समेत गरेको हुँदा सो आधारमा उक्त कारवाही वदर गर्नु पर्ने अवस्थाको देखिएन ।

§  मिति २०४९।९।९ गते अन्दाजी १०:३० बजेको समयमा प्रतिवादीहरु वादीको घर आँगनमा प्रवेश गरी वादीलाई कुटपिट गरी धान, चामल लोटा र वाल्टिन समेत लुटी लगेको देखेको हुँ भनी लुटी लगेको सामान र प्रतिवादीहरुको नाम समेत उल्लेख गरी किटानी वकपत्र गरी वादी दावीलाई पुष्टि हुने गरी लेखाई दिएको पाइन्छ भने रीसइवीको कारण मुद्दा दिएको भन्ने केही प्रतिवादीहरु र वारदातका दिन सो ठाउँमा नरहेको भन्ने केही प्रतिवादीको प्रतिउत्तर जिकिरलाई पुष्टि हुने गरी प्रतिवादीहरुका साक्षीहरुले वकपत्र गरी लेखाई दिन सकेको पाइदैन । सोही मितिको वारदात देखाई यिनै वादी प्रतिवादी बीच चलको फौ.पु.नं. ६६१ को कुटपिट मुद्दामा यि प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०५२।३।१ मा फैसला भई अन्तिम भै बसेको समेतबाट वादीले उल्लेख गरेको मिति २०४९।९।९ मा वारदात भएको कुरालाई सो कुटपिट मुद्दा र वादीका साक्षीहरुको वकपत्र समेतले पुष्टि गरेको देखिन्छ । यसरी वादी दावीलाई समर्थन हुने गरी वादी पक्षका साक्षीबाट किटानी वकपत्र भएको र कुटपिट मुद्दाबाट वारदात समेत स्थापित भइरहेको अवस्थामा लुटपिट ठहराउनु पर्नेमा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी लुटपिट नठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेकोले उल्टी भई वादीको पुनरावेदन जिकिर बमोजिम उपरोक्त पाँचजना प्रतिवादीहरुले लुटपिट गरेको ठहर्ने ।

(प्र.नं. १३)

 

पुनरावेदक वादी तर्फबाटःX

प्रत्यर्थी प्रतिवादी तर्फबाटःX

अवलम्वित नजिरःX

 

फैसला

न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालतको जनकपुरको मिति ०५३।२।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य  र ठहर यस प्रकार छ ।

       .    मेरो श्रीमान घरमा नभएको अवस्थामा मिति २०४९।९।९।५ का दिन अ. १०:३० बजे आफ्नो घर आँगनमा भात पकाई रहेको अवस्थामा एक्कासी विपक्षीहरु मेरो आँगनमा आई अनेक प्रकारको अपशब्द प्रयोग गर्दै हुल हुज्जत गरी जबरजस्ती घरमा प्रवेश गरी विपक्षी मध्येका भालचन्द्र झाले मौका यही हो, बेसरी कुटपिट गर, जे परेको म बेहोरुला भनि वचन दिनासाथ निजको वचन मानी अन्य विपक्षीहरु र आफू समेत भै म तथा मेरो काखकी २ वर्षकी छोरी प्रतिभा कुमारी समेतलाई लात, थप्पड मुडकी समेतले शरीरको यत्रतत्र भागमा कुटपिट गरी म वेहोस भएको अवस्थामा मेरो घरमा रहेको रु. ४८०। को मनसुली चामल, रु.४२५। को गहुँ, रु. २००। को २ थान स्टीलको थाल, रु.२००।, लोटा थान २, रु.१०० को वालटीन १ समेत लुटी लगेकोले सामानको मोल विगो रु. १४०५।दिलाई भराई विपक्षीहरुलाई सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको त्रिपुरा देवी झाको मिति २०४९।१२।९ को फिराद दावी ।

       .    फिरादी दावी बमोजिम हामीले लुटपिट गरे गराएको छैन । घरायसी रिसइवीको कारणबाट हामी उपर मुद्दा दिएको हो हामीले लुटपिट नगरेको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर जिकिर

       .    प्रतिवादी मध्येकी रीता देवी झाका नाउँको समाव्हान मिति २०५०।२।१२ मा तामेल भै प्रतिउत्तर नै नफिराई शुर म्यादै गुजारी बसेको ।

       .    वादी दावी बमोजिमको माल सामान प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०५१।३।७ को फैसला ।

       .    लुटपिट भएको देखेको हो भनि साक्षीहरुले स्पष्ट रुपमा वकी लेखाउन नसकेको कुरालाई मात्र आधार मानी लुटपिट ठहर्‍याएको शुरुको फैसलावदर गरी पाउँ भन्ने समेत व्यहोराको  प्रतिवादीहरुको यस अदालतमा पर्न आएको पुनरावेदन ।

       .    यसमा लुटपिट गरेको प्रमाणको अभावमा लुटपिटमा ठहर गरेको फैसला फरक पर्ने हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति ०५२।३।१ को आदेश ।

       .    लुटपिट गरे भन्ने वादी दावी प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादीले प्रमाणित गराउन सकेको नहुँदा वादी दावी पुग्न नसक्ने ठहराउनु पर्नेमा लुटपिट ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन हदालत जनकपुरको फैसला ।

       .    उक्त फैसला उपर मेरो चित्त बुझेन । प्रतिवादीहरुले हदम्याद नधाई पुनरावेदन अदालतमा पुनरावेदन दर्ता गरेका र प्रतिवादी स्वयंले लिखित रुपमा स्वीकार गरेको वारदातलाई निजको साक्षीहरुले वारदातै भएको छैन भन्ने झुठ्ठा वकपत्रलाई पुनरावेदन अदालतले आधार मानी गरेको फैसला वस्तुनिष्ठ तथ्यमा आधारित नहुनुको साथै कानून विपरीत आत्मनिष्ट भएकोछ । मैले वारेस मार्फत गराएको वहसलाई उद्रधृतनै नगरी प्रमाणहरुलाई एकातर्प थन्क्याई कानून तथा प्रतिपादित सिद्धान्त विपरीत भएको पुनरावेदन अदालत जनकपुरको त्रुटिपूर्ण फैसला वदर गरी शुरु धनुषा जिल्ला अदालतबाट भएको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावदेकको यस अदालतमा पर्न आएको पुनरावेदक ।

       १०.   यसमा संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा ११ () तथा दफा ८ मा तोकिएको हदम्याद भित्र मुद्दा दर्ता  गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला नमिली फरक पर्ने देखिदा अ.. २०२ नं. बमोजिम विपक्षीहरुलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको यस अदालतको आदेश ।

       ११.   नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा शुर जिल्ला अदालतले वादी दावी बमोजिम लुटपिट ठहराई गरेको फैसला उल्टी गरी वादी  दावी पुग्न नसक्ने ठहराई गरेका इन्साफ मिले नमिलेको के रहेछ  सोही सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

       १२.  निर्णयतर्फ विचार गर्दा मिति २०४९।९।९ का दिन १०:३० बजेको समयमा विपक्षीहरु मेरो घर आँगनमा हुल हुज्जत गरी अपशब्द प्रयोग गर्दै जबरजस्ती मेरो घरमा प्रवेश गरी मलाई कुटपिट गरी मलाई बेहोस पारी रु. १४०५। बराबरको धनमाल लुटपिट गरी लगेकाले विगो दिलाई सजाय समेत गरी पाउँ भन्ने वादी र वादी दावी झुठ्ठा हो रीसइवीको कारण मुद्दा दिएको भन्ने प्रतिवादी भएकोमा वादी दावी बमोजिम लुटपिट ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराई गरेको पुनरावेदन अदालत जनकपुरको निर्णय उपर प्रस्तुत पुनरावेदन परेको देखियो ।

       १३.  यसमा पुनरावेदन अदालत जनकपुरले लुटपिट नठहराई सबै प्रतिवादीहरुलाई सफाई दिई गरेको इन्साफ उपर वादीले पुनरावेदन गर्दा सबै प्रतिवादीहरुलाई प्रत्यर्थी नबनाइ काली देवी झा, सरोज देवी झा, सिन्दुला देवी झा, भालचन्द्र झा र तपेश्वर झा गरी जम्मा पाँच जनालाई मात्र प्रत्यर्थी  बनाई पुनरावेदन दायर गरेको अवस्था हुँदा नीजहरु पाँचजना प्रतिवादीहरुको हकमा मात्र पुनरावेदनको रोहवाट निर्णय दिनुपर्ने देखियो । यस अदालत संयुक्त इजलासबाट अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउेन आदेश हुँदा हदम्याद सम्बन्धमा लिईएको आधारलाई हेर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १४, बचाउ र खारेजी  शिर्षकमा यस ऐन बमोजिम कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिम कार्यविधि नअपनाई अन्य प्रचलित कानून बमोजिम सामान्य  कार्यविधि अपनाएको रहेछ भने सो कारणले मात्र भैसकेको कारवाही वदर हुने छैनभन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदन अदालतले सामान्य कार्यविधि अपनाई पुनरावेदन दर्ता गरि फैसला समेत गरेको हुँदा सो आधारमा उक्त कारवाही वदर गर्नु पर्ने अवस्थाको देखिएन । अन्य पुनरावेदन जिकिरको हकका विचार गर्दा वादीका साक्षी वीरेन्द्र मित्र र महारुद्र झाले मिति २०४९।९।९ गते अन्दाजी १०:३० बजेको समयमा प्रतिवादीहरु वादीको घर आँगनमा प्रवेश गरी वादीलाई कुटपिट गरी धान, चामल लोटा र वाल्टिन समेत लुटी लगेको देखेको हुँ भनी लुटी लगेको सामान र प्रतिवादीहरुको नाम समेत उल्लेख गरी किटानी वकपत्र गरी वादी दावीलाई पुष्टि हुने गरी लेखाई दिएको पाइन्छ भने रीसइवीको कारण मुद्दा दिएको भन्ने केही प्रतिवादीहरु र वारदातका दिन सो ठाउँमा नरहेको भन्ने केही प्रतिवादीको प्रतिउत्तर जिकिरलाई पुष्टि हुने गरी प्रतिवादीहरुका साक्षीहरुले वकपत्र गरी लेखाई दिन सकेको पाइदैन । सोही मितिको वारदात देखाई यिनै वादी प्रतिवादी बीच चलको फौ.पु.नं. ६६१ को कुटपिट मुद्दामा यि प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०५२।३।१ मा फैसला भई अन्तिम भै बसेको समेतबाट वादीले उल्लेख गरेको मिति २०४९।९।९ मा वारदात भएको कुरालाई सो कुटपिट मुद्दा र वादीका साक्षीहरुको वकपत्र समेतले पुष्टि गरेको देखिन्छ । यसरी वादी दावीलाई समर्थन हुने गरी वादी पक्षका साक्षीबाट किटानी वकपत्र भएको र कुटपिट मुद्दाबाट वारदात समेत स्थापित भइरहेको अवस्थामा लुटपिट ठहराउनु पर्नेमा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी लुटपिट नठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेकोले उल्टी भई वादीको पुनरावेदन जिकिर बमोजिम उपरोक्त पाँचजना प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ । सो ठहर्नाले अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

       माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीहरुले वादी दावी बमोजिम विगो रु. १४०५। बराबरको माल लुटपिट गरेको ठहरेकोले लुटपिट को ६ नं. बमोजिम विगोको सयकडा पच्चीसले प्रतिवादीहरुलाई लागेको रु.३५१।३० जरिवानामा प्रतिवादीहरु पाँच जनाले दामासाहीले गरी जम्मा रु.१९५। पुनरावेदन गर्दा पुनरावेदम अदालत जनकपुरमा मिति २०५१।११।५ मा बुझाई सकेको देखिंदा सो कट्टा गरी बाँकी रु.१५६।३० को दामासाहीको देहायका प्रतिवादीहरबाट असुल उपर लगत राख्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ।

 

प्रतिवादी भालचन्द्र झा के..............      रु३१।२६

प्रतिवादी सिन्धुलादेवी झा के..............  रु३१।२६

प्रतिवादी कालीदेवी झा के..............      रु३१।२६

प्रतिवादी तपेश्वर झा के..............   रु३१।२६

प्रतिवादी सरोजदेवी झा के..............      रु३१।२६

 

       प्रतिवादीहरुबाट भराई पाउने ठहरेको विगो रु. १४०५। भराई पाउँ भनी प्रतिवादीहो जेथा देखाई ऐनका म्याद भित्र वादीको दरखास्त परे सयकडा १०% दस्तुर लिई भराईदिन लगन राख्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु .............

 

मिसिल नियमानुसार गरी बुझाई दिनु.......................

 

उक्त रायमा सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति संवत २०५८ साल माघ ६ गते रोज ६ शुभम ।   

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु