निर्णय नं. ६५१० - कर्तव्य ज्यान

निर्णय नं. ६५१० २०५५, ने.का.प. अङ्क २
संयुक्त इजलास
सम्माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
संवत् २०५२ सालको फौ. पु. नं. -१२३७
फौ. सा. नं. १२४
फैसला मितिः- २०५४।६।१५।४
विषयः- कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः वज्र किशोरको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी
प्रतिवादीः जिल्ला बारा ववुआइन गा. पं. वडा नं. ४ बस्ने वैजु गिरी समेत जम्मा ११ ।
पुनरावेदक
प्रतिवादीः जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. १० घर भै हाल जि. प्र. का. कारागार शाखा पर्सा थुनामा रहेको मोहन कंकर
विरुद्ध
विपक्षी
वादीः वज्र किशोरको जाहेरीले श्री ५ को सरकार ।
§ फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर शंकारहित तवरले प्रमाणित गर्ने भार वादीमा रहने हुंदा प्रतिवादीले अदालतमा कसूर इन्कार गरेको कुराको प्रमाण पुर्याउन नसकेको भन्ने पुनरावेदन अदालत समेतले लगाएको वुंदा मिल्दो देखिएन । कुनै व्यक्ति उपरको दोषिता प्रमाणबाट स्थापित हुनु पर्दछ त्यसैले शंकाको सुविधा अभियुक्तले पाउंछ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त अनुसार सरकार वादी हुने फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ भन्ने कुनूनी व्यवस्थाको पछि फौजदारी न्यायको दर्शन सन्निहित रहेको हुन्छ । अतः उल्लेखित आधारहरुबाट पुनरावेदक प्रतिवादी मोहन कंकर उपरको कसूर शंकारहित तवरले पुष्टि हुन आएको नदेखिंदा पुनरावेदक प्रतिवादीले अभियोगबाट सफाई पाउने ।
(प्र.नं. ५३)
निवेदक वादी तर्फबाटः- विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का
पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री शेष अव्वास र विद्वान अधिवक्ता श्री शम्भु थापा ।
अवलम्वित नजिरः- x
फैसला
न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत हेटौडाको फैसला उपर वादी श्री ५ को सरकार तथा प्रतिवादी मध्ये मोहन कंकरको दोहोरो पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. मिति २०४४।५।१२ गते शुक्रवारको दिन ४ वजेको समयमा पिता जयमंगल प्रसाद साइकल चढी सिम्रोनगढ वजार जानु भएको र सोही दिन अं. ६॥ सांझको समयमा गोलगंजको प्रधानपंच शिवजी प्रसाद र ऐ. वा. नं. ५ को अध्यक्ष राम प्रसाद महतो कोइरी संग संगै साइकलमा चढी सिम्रोनगढ वजारबाट दक्षिण तर्फको सडक भै घर फर्की आई रहेको समयमा पछि पछि वाड नं. ६ बस्ने फरिद मिया ऐ. वा. नं. ४ बस्ने रामशरण महतो कोइरी समेत आई रहेको । उक्त दिन ६।३५ को समयमा गोलागंज वा.नं. ६ मा पर्ने वकुलहर पुलमा पिता जयमंगल पुग्दा त्यहां उभी रहेका अपराधीरुले निज चढी आएको साइकलमा धक्का दिई लडाई घेरा गरी त्यही रहेको, शिवजी राम प्रसादसंग अपराधीहरु बीच भिडन्त भै सो अपराधीहरु मध्येका एकजनाले कटुवा बन्दुक फायर गर्दा निजकै साथीलाई लागि त्यही मृत्यु भएको र पिता जयमंगललाई डोरीले बाधी अपराधीहरु दक्षिण तर्फ लिई गएको कुरा थाहा पाई खोजतलास गर्दा ऐ. १३ गतेका दिन पिता जयमंगलको शरीरमा नायलनको डोरीले बाधिएको र घांटी रेटिएको लास भारत नेपाल सिमाना ननसगरा ढाटमा फेला पारेको र निज पितासंग गा.पं. गोलागंज वडा नं. ५ बस्ने रामचन्द्र राउत माली, ऐ. बस्ने फगुनी राउत माली, ऐ. वडा नं. ७ बस्ने शेष मुनिफ गा.पं. अमृतगंज वाड नं. ९ बस्ने श्री प्रसाद सहनी ऐ. वाड नं. ७ बस्ने श्याम किशोर भन्ने श्याम किशोर प्रसाद कुसवाहा, ऐ. वाड नं. ८ बस्ने नरसिंह महतो कोइरी, ऐ. वडा नं. ३ बस्ने सितल महतो कोइरी, भे. वाड नं. ८ बस्ने दिनानाथ प्रसाद कुसवाहा समेतले रिसइवी लिएको हुंदा निजहरुले पिता जयमंगललाई हत्यामा संलग्न रहेको हुंदा कारवाही गरी पाउं भन्ने जाहेरवाला वज्र किशोर प्रसादको जाहेरी दरखास्त ।
३. गा. पं. अमृतगंज वडा नं. १ मा पर्ने नेपाल भारत सिमानाको पिलरको उत्तर १०० गज हटराय यादवको खेत देखि दक्षिण निजको बगैचादेखि पश्चिम नेपालको ननसगर ढांट र भारतको वलुंवा गाउंमा आवत जावत गर्ने वाटो देखि १० पूर्व ४ किलो भित्र रहेको आंपको रुख देखि फिट पूर्व दक्षिणमा मृतक जयमंगल प्रसाद कोइरीलाई कर्तव्य गरी मारेको ठाउंबाट सुकेको रगत समेत उठाइएको मिति २०४४।५।१३ गतेको मुचुल्का ।
४. गा. पं. अमृतगंज वडा नं. ७ मा पर्ने सिम्रोनगढ जवार आवत जावत गर्ने बाटो देखि पूर्व कवलपुर जाने बाटो देखि उत्तर र कवलपुर गाउं देखि पश्चिम नथुनी मियांको वास देखि दक्षिणको ४ किल्ला भित्र भएको साधु महतोको आंप बगैचामा रहेको मृतक जयमंगलको लासको दक्षिण टाउको उत्तर गोडा भै उतानो पारेको लासको जीउमा रहेको प्याजी रंगको पहेलो कालो धर्को चेक कोठा भएको तौलियाले दुवै आंखा बाधेको घांटीमा ६ इन्च लम्वाई ३ इन्च चौडाई ३ इन्च गहिराई भएको धारिलो हतियारले घांटी काटेको वायां हातको पाचै औला काटेको, दुवै हातको पाखुरा फकाई नाइलनको डोरीले वांधेको भन्ने मिति २०४४।५।१३ गतेको लास प्रकृति मुचुल्का ।
५. गा. पं. अमृतगंज वडा नं. ८ बस्ने अलमुदिन मियाको खेत देखि पश्चिम यासिन मियाको खेत देखि पूर्व सिम्रोनगढ बजारबाट कवलपुर जाने बाटो देखि दक्षिण, सुव्वा राउतको खेत देखि उत्तर ४ किल्ला भित्र टाउकोमा ९ इन्च प्वाल भएको दाहिने कानमा पित्तलको मुन्द्रि लगाएको मिति २०४४।५।१४ को लाश प्रकृति मुचुल्का ।
६. अधिक रक्त श्राव भएर मृतकको मृत्यु भएको देखिन्छ भन्ने मिति २०४४।५।१४ को पोष्टमार्टम रिपोर्ट ।
७. मृतक जयमंगल प्रसादको संग साथमा रहेको प्रत्यक्षदर्शी जिल्ला बारा गा. पं. गोलागंजको प्रधानपंच शिवजी प्रसाद, ऐ वडा नं. ९ को अध्यक्ष राम प्रसाद महतो कोइरी वडा नं. ६ बस्ने फरिद मिया अन्सारी समेतको मिति २०४४।६।९ गते पृथक पृथक बुझिएको कागज ।
८. मिति २०४४।५।१२ गतेका दिन सांझ ७ बजेको समय आफ्नो गाउं कवलपुर आई रहेको अवस्थामा बकुलहर पुलमा सितल महतो, कोइरी, रामचन्द्र माली फगुनी माली श्याम किशोर कुसवाहा, नरसिंह महतो, दिनानाथ महतो शेष मुनिफ, श्रीप्रसाद सहनीको छोरा जवाहर सहनी, सुव्वा सहनी र अरु २०।२५ जना मानिसले मृतक जयमंगललाई वांधी बकुलहर पुलबाट खेत खेत भै दक्षिण तिर लगेको कुरा गाउं घरमा हल्ला गरी हामीहरुले निजलाई खोज तलास ग्दा लास फेला परेकोले यी अपराधीहरु मिली मृतकलाई मारेको होलान भन्ने समेत सर्वजित महतो समेतले गरेको सर्जमिन मुचुल्का ।
९. मिति २०४४।५।१२ गते दिन १२ बजेको समयमा तिम्रो जेठान श्याम कशोर प्रसाद कुसुवाहले दिनानाथको घरमा बोलाएको खुवरलाई निज जेठानसंग भेट गर्न जांदा त्याहा श्री प्रसाद दिनानाथ जेठान श्याम किशोर तथा १५।२० जना अरु व्यक्तिहरु थिए । श्री प्रसादको ग्वास घरमा एउटा खरको वोझ ठिक पारेको छ सो वोझ आज ६ वजे सम्म बकुलहर पुल देखि पश्चिम पट्टिको बगैचामा राखि दिनु भन्नु भएकोमा म ठिक ५।३० बजे हतियार भएको खरको वोझ उक्त बगैचामा राखी घर फर्की आएको हो पछिबाट जयमगंललाई अपहरण गरी मारेको कुरा थाहा पाएको हो भन्ने प्र. वस्नत महतो कोइरीको प्रहरीमा गरेको वयान ।
१०. मृतकलाई मार्ने योजना बनाई अन्तिम अवस्था सम्म सरिक रही कण्डा (खरको वोझा) मा राखिएको हतियार आफ्नो जेठान श्याम किशोरको भनाई अनुसारको ठाउं आंपको बगैचामा राखिएको कुरा पक्राउमा परेका वसन्त महतो कोइरीले वयान गरेको र अपहरणकारीहरुले बकुलहर पुलबाट मृतक जयमंगललाई अपहरण गरी मारेको हो भन्ने कुरा शिवजी प्रसाद, राम प्रसाद, फरिद मियांले गरेको कागज र जाहेरी दरखास्त तथा सर्जमीन मुचुल्काबाट समेत पुष्टि भएकोले प्र. वसन्त महतो कोइरी समेतलाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार संजाय गरी पाउं भन्ने प्रहरी प्रतिवेदन माग दावी ।
११. नेपाल जानकी नगर बस्ने राजेन्द्र चर्चौले जयमंगललाई मार्न रु.८०,०००। दिएकोमा राजेन्द्र कलवार, राम प्रसाद पटवारी, जादोलाल कलवार समेत ४ जनाको रोहवरमा रुपैया लिएको र राजेन्द्रले जयमंगललाई मारेर २०४४।५।१२ गते ६।७ बजे सांझको समयमा कवलपुर पुल नजिक ल्याउ, तिमीहरु त्यही लुकी राख्नु भनेकोमा ठिक सोही मिति दिन समयमा जयमगंललाई ल्याएको हुंदा हामीहरुले निजलाई वांधी नेपाल भारत सिमाना नजिक ननसगरा ढाडमा लगी मैले घांटी र पेटमा छुरा रोपी मृतक जयमगंललाई मारी काटेको हो भन्ने प्र. वसन्त महतोले अदालतमा गरेको वयान ।
१२. अभियोग लागेको वसन्तले जयमगंललाई अपहरण र कर्तव्य गरी मार्नमा समेत प्रत्यक्ष रुपमा संलग्न रहेको निजको वयान र अन्य प्रमाणबाट समर्थित हुन आएको देखिनाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विरुद्धको कार्य गरेको हुंदा ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम कैद हुने ठहर्छ भन्ने शुर वारा जिल्ला अदालतको मिति २०४६।१०।२९ गतेको फैसला ।
१३. म मिति २०४४।५।११ गते आफ्नो घरमा बसी रहेको अवस्थामा छविलाल शाह बलवार र मोहन चौधरी म कहां पुगी भोली सिम्रोनगढ इलाकाबाट गांजा भारततिर लग्नुछ रु. २००। पाउंछ भनेकोमा स्वीकार गरी भोलिपल्ट महन्थ चौधरी र म संगै दिनानाथको घरमा पुग्दा त्यहां वैजु गिरी, दिनानाथ श्याम किशोर श्रीप्रसाद, कमल साह, मानजान भन्ने शिवचन्द्र वसि कलपुरको जयमंगललाई अपहरण गर्नु छ भनेकोमा म इन्कार हुंदा तंलाई जानमारी दिन्छु भनी कमल साहले भनेको हुंदा डराई निजहरुसंग लागि कवलपुर जाने बाटोमा पर्ने वेकुलहर पुल देखि पश्चिम रहेको बगैचामा २४।२५ जना वस्नु मैले सिटी बजाएर पछि आउंनु भन्ने शिवचनले भनेकोमा जयमंगल प्रसादसंग २ जना समेत साइकलमा चढी आई रहेको समयमा जयमंगलकव साइकलमा धक्का दिएपछि लडेको र सिटी बजाएपछि हामीहरु घटनास्थलमा पुगी छविलालले लिएको नाइलनको डोरीबाट जयमंगललाई बाधिंएकोमा कमल साहले चलाएको बन्दुकको गोलीबाट साथी छविलालको मृत्यु भएको हो , जयमंगललाई खेत खेत मै भारत र नेपालको सिमाना ननसगरा ठाउंमा लगी शिवचन्द्र कमल र विरगंज बस्ने नाम नजानेका २ जना मिली जयमंगललाई मारेको हो सो वापतमा दिनानाथ र श्याम किशोर र श्रीप्रसाद सहनी समेतले शिवचन्द्रलाई रु. ७०,०००। दिने कुरा भएको थियो भन्ने प्रतिवादी श्री राउट वरैले प्रहरीमा गरेको वयान ।
१४. शिवचन्द्रको सल्लाह अनुसार म शिवचन्द्र कमल साह, जोखु राउत, दिनानाथको घरमा पुग्दा श्री प्रसाद र श्याम किशोर त्यहां आई पुगेपछि जयमंगललाई ननसगरा ढोट नजिक मार्ने भन्ने मिति २०४४।५।११ गते सल्लाह भएकोमा दिनानाथले शिवचन्द्रलाई रु. ४०,०००। दि बांकी ३०,०००। काम भएपछि दिने भनेकोमा हामी संग भेला भएका अनस चौधरी, सुरेश सहनी, वसन्त महतो, छविलाल, श्री राउट वरै समेत भै मिति २०४४।५।१२ गतेको दिन ५॥ को समयमा बकुलहर पुल नजिक पुगें । म संग १ नाले बन्दुक र ५।६ वटा टोटा, शिवचन्द्र कमल र छविलाल बकुलहर पुल तर्फ गएं । सांझ ६।४५ को समयमा जय मंगलको संग साथमा २ जना साइकल चढी आइरहेकोमा जय मंगललाई शिवचन्द्रले साइकलमा धक्का दि छविलालले लिएको नाईलन डोरीबा६ वांधी ननसगरा ढाटमा लगें । शिवचन्द्रले जयमंगलको घांटी काठी दिएकोमा छटपटाउंदाको अवस्थामा मृतकका औंला काटिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी वैजु गिरीले प्रहरीमा गरेको वयान ।
१५. जेठान श्याम किशोर प्सादले दिनानाथको घरमा मिति २०४८।५।१२ मा बोलाएको खबर सुनी म दिनानाथको घरमा जांदा श्याम किशोर, दिनानाथ, श्रीप्रसाद सहनीलाई देखें । श्री प्रसादको ग्वास घरमा एउटा कपडाको बोझ ठिक पारेको छ त्यो बकुलहर पुल देखिको पश्चिम बगैचामा पुर्याई दिनु होला भन्ने श्याम किशोरले भनेपछि म श्रीप्रसादसंग गै उक्त अराएको काम गरी दिएको हो । पछिबाट जयमंगलको मृत्यु भएको कुरा सुनेको छु भन्ने समेत व्यहोराको प्र. वसन्त महतोले प्रहरीमा गरेको वयान ।
१६. गा. पं. कवलपुर वडा नं. ४ बस्ने पुनदेव महतोको घरमा काम गर्ने भएकोले निजले अराए अनुसार मिति २०४४।५।१२ गतेका दिन १० बजे धान लिन जिल्ला रौतहट गा.पं. सन्तपुरमा गै भोलिपल्ट घर पर्केकोमा जयमंगललाई घांटी काटी मारेको हो भन्ने सुनि थाहा पाएको हुं भन्ने समेत व्यहोराको प्रतिवादी फगुनी राउत मालीले प्रहरीमा गरेको वयान ।
१७. मिति २०४४।५।१२ गतेका दिन सिम्रोनगढ वजार सांझ ४ वजेको समयमा तरकारी खरीद गरी आफ्ना घर ५॥ वजे फर्केको हो । अं. ७ वजेको समयमा बन्दुकको आवाज सुनि गाउं घरका व्यक्ति समेत गै बकुलहर पुलमा हेर्दा एकजनाको लास देखेको थिएं । भोलिपल्ट ननसगरा ढाटमा जयमंगललाई घांटी काटी मारेको भन्ने सुनि हेर्न जांदा घांटी काटेको देखें । जयमंगल र मेरो चुनावमा प्रधानपंचको उम्मेदवार भउको रिसले म उपर जाहेरी दरखास्त दिएका हुन मैले जयमंगललाई मारेको होइन भन्ने प्रतिवादी शेष मुनिफले प्रहरीमा गरेको वयान ।
१८. मिति २०४४।५।१२ गतेका दिन राति म आफ्नो घरमा थिएं । सांझ ७ वजेतिर जय मंगललाई अपहरणकारीले पक्राउ गरी लगेको कुरा सुनेको थिएं, भोलिपल्ट नेपाल भारत सिमाना ननसगरा ढाटमा लगी मारी फालेका छन भन्ने हेर्दा दुवै हात वांधिएको र घांटी काटिएको थियो निजको परिवारसंग मेरो लेनदेनको मुद्दा चलेको रिसइवीबाट म उपर जाहेरी दिएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी सितल महतो कोइरीले प्रहरीमा गरेको वयान ।
१९. प्रतिवादी वैजु गिरीले देखाए अनुसार मृतक जयमंगललाई घांटी काटेको खुकुरी वरामद भएको मिति २०४४।९।७ गतेको वरामदी मुचुल्का ।
२०. मिति २०४४।५।१२ गतेका दिन सांझ ७ वजेको समयमा म आफ्नो गाउं कवलपुर जान लागेको समयमा बकुलहर पुलमा सितल महतो, रामचन्द्र माली, फगुनी माली, श्याम किशोर नरसिंह महतो, दिनानाथ महतो, शेष मुनिफ, श्री प्रसाद सहनी, जवाहर सहनी, सुव्वा सहनी र अरु २०, २५ जना मानिसहरु जय मंगललाई वांधी बकुलहर पुलबाट पश्चिम तर्फ भएको आंपको बगैचा हुंदै गएका हुन्, बन्दुक फायर भएपछि निजहरु मध्येको १ जनाको मृत्यु भएको थियो र अपराधीहरुले नै जयमंगललाई मारेको हो भन्ने सर्वजित महतो कोइरी समेतका १३ जनाले गरेको सर्जमीन मुचुल्का ।
२१. जयमंगललाई मार्ने योजना तर्जुमा गर्ने देखि लिएर अन्तिम अवस्था सम्ममा सरिक रहेका वैजु गिरी र सो वारदातमा सरिक रहेका श्री राउट वरैले गरेको कागजबाट जयमंगललाई घांटी काटेको खुकुरी (दविया) समेत वरामद भै घांटी काट्ने शिवचन्द्र (मानजन भन्ने) महतो कोइरीलाई ज्यान सम्बन्धिको १३(१) नं. वमोजिम संजाय हुने प्रत्यक्षदर्शी फरीद मिया, शिवजी प्रसाद, राम प्रसादले गरेको कागज र जाहेरी दरखास्त सर्जमीन मुचुल्का समेततबाट षडयन्त्रको योजना मात्र तयार नगरी मृतकलाई बकुलहर पुलबाट वांधी अपहरण गरी मारेकोमा श्री प्रसाद साहनी, श्याम किशोर, दिनानाथ प्रसाद रामचन्द्र राउत, फगुनी माली शेष मुनिफ नरसिंह महतो, सिताल महतो, मोहन चौधरी शंकर प्रसाद सराफ, जोखु राउत, जमुना, अनस चौधरी, सुरेश सहनी सुव्वा भन्ने सुदा सहनी समेत उपर ज्यान सम्बन्धीको १३(३) नं. अनुसार संजाय गरी पाउं भन्ने प्रहरी प्रतिवेदन माग दावी ।
२२. उचिडिह गा.पं. वडा नं. ९ वस्ने भिमल किशोर कायस्तको घरमा मासु चिउरा र रक्सीको पसल राखेको छुं । ०४४।५।१२ गते सिम्रोनगढ वजार भएको उक्त दिन म आफ्नो पसलमा थिएं । मृतक जयमगंललाई मार्ने षडयन्त्रमा सरिक छैन । मृतकको छोरा वज्र किशोरसंग चुनावको झगडा भएकोले म उपर जाहेरी दिएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी रामचन्द्र राउत मालीले शुरु अदालतमा गरेको इन्कारी वयान ।
२३. मिति २०४४।५।११ गतेका दिन दमकल खरीद गर्न विदेश भारत जिल्ला मोतिहारी चिरैया वजारमा गै सो दिन राति त्यही बसी म संग दमकल खरीद गराउन गएका मिस्त्रि जवाहर ठाकुरसंग बसी भोलीपल्ट १२ गतेका दिन १२ वजे आफ्ना घर फर्की आएको हो, मृतक जय मगंललाई मैले मारेको होइन भन्ने प्रतिवादी सितल महतोले शुरु अदालतमा गरेको इन्कारी वयान ।
२४. ०४४।५।१२ गतेका दिन सिम्रोनगढ वजार ४ वजे गई तरकारी खरीद गरी ५॥ वजे आफ्नो घर फर्की आएको छुं । सांझ ७ वजेको समयमा वन्दुकको आवाज सुनेपछि वकुलहर पुलमा गै हेर्दा एकजना मरेको देखिं, भोली पल्ट ननसजरा ढाटमा जय मंगललाई मारेको सुनी हेर्न जांदा हात वांधी घांटी काटेको देखेको छुं मैले मृतक जयमगंललाई मारेको होइन, प्रधानपंचको उम्मेदवार भएको रिस लिई जेहरी दिएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी शेष मुनिफले शुरु अदालतमा गरेको वयान ।
२५. भरैस गाउंको कारीखा र मतिहारी वस्ने गया वरैको मितेरी छ । गया राउतको घरमा सत्य नारायण भगवानको पुजा भएकोमा निम्तो लिएर जानु छ भनी कारी खा ले भनेकोमा ०४४।५।१२ गते पुगी रात त्यही वास वसेको थिएं । चोलीपल्ट त्यहांबाट आफ्नो घर ४।५ वजेको समयमा आइ पुगेको हो भन्ने समेत व्यहोराको प्रतिवादी श्री राउत वरैले शुरु अदालतमा गरेको इन्कारी वयान ।
२६. २०४४ साल भाद्र महिना चौंथीका दिन शुक्रवार थियो । उक्त दिन म जगदेव साह कानू सिताराम शाह कानू समेत भतोडा गाउंको छठु साह कहां गोस खरीद गर्न गई हामीहरु त्यहो वसी भोलिपल्ट विहान १० वजे आफ्नो घर फर्की आएको छु भन्ने प्रतिवादी वैजु गिरीले शुरु अदालतमा गरेको इन्कारी वयान ।
२७. पुनदेवको टायर गाडा लिएर मिति २०४४।५।११ गते रौतहट जिल्ला सनतपुर धान लिन गएको थिएं र सो दिन राति त्यही वसी भोलिपल्ट १, २ गते ३ वजे दिउसो आफ्नो घरमा फर्कि आएको छुं भन्ने प्रतिवादी फगुनी राउत मालीले शुरु अदालतमा गरेको इन्कारी वयान ।
२८. प्र. रामचन्द्र, फगुनी, शेष मुनिफ, श्री राउत वैजु गिरी समेतलाई मिसिल संलग्न रहेको तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएकोले अ.वं. ११८(२) वमोजिम पुर्पक्ष निमित्त थुनामा राखि कारवाही गर्ने गरी मिति २०४४।९।२९ गते शुरु जि. अ. बाट भएको आदेश ।
२९. मेरो पिता श्रीप्रसाद सहनी घरबाट झगडा गरी मेरो ससुराली महेशपुर (वलुवा) जानु भएकोमा निजलाई खोज्न म ०४४।५।११ गते वलुवा गै पिताको संचो नभै काठमाण्डौ जानु भएको खवर सुनी १५।२० दिन त्यही वसी आफ्नो घर फर्की आएको हो, जयमगंललाई कर्तव्य गरी मारेको होइन भन्ने प्र. जवाहिर सहनी मलाहले शुरु अदालतमा गरेको वयान ।
३०. मिति २०४४।५।१२ गतेका दिन रात म आफ्नो घरमा थिएं । ऐ. १३ गते जय मगंललाई मारेको कुरा सुनी थाहा पाएको हो भन्ने समेत व्यहोराको प्र. सुव्वा सहनी मलाहले शुरु अदालतमा गरेको इन्कारी वयान ।
३१. मिति २०४४।५।१२ गतेका दिन रात गाइ गोरुको घास काटी रहेको थिएं, उक्त दनि राजदेव, शिव चमार भिखारी र जोखसंग भेटघाट भएको थियो । भोलीपल्ट १३ गते जयमगंललाई अपराधीहरुले अपहरण गरी मारेको हो भन्ने सुनको छु भन्ने समेत व्यहोराको प्रतिवादी नरसिंह महतोले शुरु अदालतमा गरेको वयान ।
३२. जि. पर्सा गा.पं. धारे बस्ने मेरो काकाको ज्वाई अर्जुन महतोको घरमा ४८ घण्टे अष्टजाम भएकोमा मलाई निम्ता दिएकोले उक्त निम्तामा ०४४।५।९ गते मकहांको छोरा राजकपुर महेता र कमल ठाकुर उक्त दिन ४ वजे घरैमा पुगी ऐ. १६ गते आफ्नो घर फर्की आएको हौं भन्ने समेत व्यहोराको प्र. श्याम किशोर प्रसाद कुसवाहको शुरु अदालतमा भएको वयान ।
३३. विरगंज नगर पंचायत अन्तर्गत वस्ने विजय प्रताप राणाको नातेदारको जग्गा जिल्ला पर्सा सुगौलीमा भएकोले निजको मेनेजर काम गर्ने मिश्री राउत अहिरसंग १० विगाहा जग्गा हण्डामा लिई म रामभला ०४४ साल भाद्र महिनामा गै खेती गराउन गएका थियौं, आश्विन १५ गते ३र आएको समयमा जयमगंलको हत्या भएको कुरा सुनेको छुं मैले जय मगंललाई मारेको होइन भन्ने प्रतिवादी दिनानाथ महतो कोइरीले शुरु अदालतमा गरेको वयान ।
३४. मिति २०४४।५।३ गते म आफ्नो ससुराली महेशपुर अन्तर्गत वलुवा गएको थिएं, मलाई पेट दर्द भएको कारणले काठमाणंडौ वीर अस्पताल जांच गराए पछि ०४४।५।८ गते भर्ना भै ०४४।५।१६ गते अस्पतालबाट डिस्चार्ज भै आफ्नो घर आएको छु भन्ने प्रतिवादी श्री प्रसाद सहनीले शुरु अदालतमा गरेको वयान ।
३५. जिल्ला पर्सा गा. पं. सिसचाडी वैरीया वडा नं. ५ मा मेरो मावली धनेश्वर साह कहां पर्छ । ०४१ सालमा मावली वाजेले मलाई आफु कहां राख्नलाई बोलाउन लि आउनु भएकोले म निजसंग गै ०४५ साल साउन १८ गते सम्म त्यही वसेको छुं घर आउंदा प्रहरीहरुले मलाई समातेका हुन भन्ने समेत व्यहोराको प्रतिवादी कमल साह कानुले शुरु अदालतमा गरेको वयान ।
३६. मिति २०४४।५।१२ गतेका दिन म सागसव्जी वेच्ने काम गरी राती आफ्नो घरमा सुतेको थिए, जयमगंललाई कसले कसरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको मोहन ककंरले शुरु अदालतमा गरेको वयान ।
३७. वसन्त महतोको वयान अनुसार राजेन्द्रले वसन्त महतोलाई जयमगंललाई मार्नको लागि रु. ८०,०००। दिएको होइन वसन्त महतो समेत मिली जय मगंललाई मारेको हो भन्ने यादवलाल प्रसादको वयान ।
३८. मिति २०४४।५।१२ गतेका दिन सिम्रोनगढ वजारमा जयमगंल प्रसाद, शिवजी प्रसाद राम प्रसाद फरीद मियां रामशरण, जादोलाल, र म संग सगैं थिए, सांझ ६, ६॥ को समयमा म आफ्नो घर गएको, वसन्तले भनेको कुरा मलाई केही थाहा छैन भन्ने प्र. राजेन्द्र प्रसाद चनौंको वयान ।
३९. मिति २०४४।५।१२ गतेका दिन सिम्रोनगढ वजारबाट म फरीद मिया, शिवजी प्रसाद, जय मगंल प्रसाद घर तर्फ लागेको हो जयमगंललाई मार्नको लाय राजेन्द्र चनौंले वसन्त महतोलाई रुपैया दिएको होइन भन्ने राम प्रसाद पटवारीको वयान ।
४०. अभियोग लागेका प्रतिवादी मानजन भन्ने शिवचन्द्र महतो कोइरी जोखु राउत, शंकर प्रसाद सर्राफि, मोहन चौधरी महन्थ चौधरी, अनस चौधरी सुरेश सहनी मलाहका नाउंमा ७० दिने म्यादी पुर्जीमा हाजिर हुन नआएको हाजिर भएमा वा पक्रिएका वखत मुद्दा खडना गरी कानून वमोजिम हाल निजहरुको हकमा मुलतवी राखिदिने । प्रतिवादी वसन्त महतोको हकमा ०४६।१०।२९ मा जाहेरी फैसला भै सकेकोले निजका हकमा वोल्न परेन । अव अभियोग लागेका वैजु गिरी, श्रीराउत वरैको हकमा निजहरुले प्रहरी प्रतिवेदन अनुसार वारदातमा संलग्न रहेको तर हात हतियार पनि नछाडेको जिउमा छोएको समत नदेखिनाले ज्यान सम्बन्धीको १३(३) नलाग्ने भै ज्यान सम्बन्धी १७(२) लाग्ने हुंदा निजहरुलाई जनही कैद वर्ष ५ हुने ठहर्छ । अव अर्का प्रतिवादी दिनानाथ महतो कोइरी, श्याम किशोर र श्रीप्रसाद सहनी मलाहको हकमा हेर्दा निजहरु जय मगंललाई मार्ने मराउने षडयन्त्रमा इन्कार छन् तापनी वैजु गिरी, श्री राउत वरै वसन्त महतो कोइरीको वयानबाट यि सवै षडयन्त्र गर्ने दिनानाथ, याम किशोर र श्री प्रसाद सहनी हुन, प्रतिवादीहरु ज्यान मार्ने कार्यको षडयन्त्र गरेको मिसिलबाट देखिन्छ । यस्तोमा प्रहरी प्रतिवेदन दावी अनुसार ज्यान सम्बन्धीको १३(३) लाग्ने नभै ज्यान सम्बन्धीको १६ नं. लाग्ने हुनाले निजहरुलाई ज्या. स. को १६ नं. वमोजिम कैद वर्ष १० जनही हुने ठहर्छ । प्रतिवादी रामचन्द्र राउत माली, फगुनी राउत माली शेष मुनिफ, सितल महतो कोइरी, नरसिंह महतो कोइरी, जवाहिर सहनीको हकमा विचार गर्दा निजहरु वारदातमा छेनौं भनेता पनि फरीद मियाको वयानबाट शेष मुनिफ जयमगंललाई चिया पसलमा चिनाउने कार्य देखिनाले ज्या. स. को १३(३) लाग्ने नभै म त सल्लाहमा वसेको मतलवी सम्म हुंदा ज्यान सम्बन्धीको १७(३) वमोजिम प्र. रामचन्द्र राउत माली र फगुनी राउत मालीलाई जनही कैद वर्ष २ । प्र. शेष मुनिफ र जाहिर सहनीलाई जनही कैद वर्ष १।९ प्र. नरसिंह महतोलाई कैद वर्ष १।६ प्र. सितल महतो कोइरीलाई कैद वर्ष १॥ सजांय हुने ठहर्वछ । प्रतिवादी मोहन कंकरको हकमा हेर्दा मर्ने जयमगंललाई मारेमा इन्कार सम्म छ । तर वारदातमा प्रयोग भएको हतियार खुकुरी वैजु गिरीले देखाएकै ठाउंबाट वरामद भएको देखिनाले निज वारदात भएको ठाउंमा गै मर्नेको जिउमा समाई मार्नलाई सयोग पारी मृतक भाग्न उम्कन नपाउने गरी ज्यान मारेको मिसिल संकलित प्रमाणबाट पुग्टी हुन आएकोले निजको इन्कारी वयान विश्वासप्रद नदेखिंदा परिस्थितिजन्य प्रमाण समेतबाट मर्ने जयमगंललाई कर्तव्य गरी मारेको हुंदा प्रहरि प्रतिवेदन दावी वमोजिम ज्या. स. को १३(३) नं. वमोजिम निजलाई जन्मकैद हुने ठहर्छ । प्रतिवादी कमल साह तेलीको हकमा विचार गर्दा निजले जयमगंललाई भाग्न उम्कन नपाउने गरी मार्न संयोग पारी दिएको सम्म देखिनाले निजको हकमा प्रहरी प्रतिवेदन दावा अनुसारको ज्या. स. को १३(३) लाग्ने नभै ज्या. स. को १७(२) लाग्ने हुंदा निजलाई उक्त ऐनको दफा १७ २ न्. वमोजिम कैद वर्ष ५ (पांच) हुने ठहर्छ । अन्य प्रतिवादी सुव्वा सहनी भन्ने सुदा सहनीको हकमा हेर्दा जाहेरी दरखासत्मा रिसइवी भएको भन्ने लेखेको देखिदैन र मृतक जयमगंलको साथमा रहेको शिवजी प्रसाद, राम प्रसाद महतो, फरिद मिया समेतले प्रहरीमा गरेको वयान कागजमा शंका सम्म व्यक्त गर्न सकेको छैन र निजको साथीले वकेको वकपत्र विश्वासप्रद देखिंदा ज्यान सम्बन्धीको १३(२) नं. वमोजिम संजाय गरी पाउं भन्ने प्रहरी प्रतिवेदन दावी नपुग्ने भै सफाई पाउने ठहर्छ भन्ने शुरु वारा जिल्ला अदालतको मिति २०४७।६।२८ गतेको फैसला ।
४१. मुल्तवी राखिएकाहरुको हकमा पछि मुलतवीबाट जागेपछि कानून वमोजिम हुने नै हुंदा केहि जिकिर लिएको छैन । अन्य विरुद्ध महलमा नाम किटान भएका वैजु गिरी समेतका १२ जना प्रतिवादीहरुको हकमा कसुर प्रमाणित गरी सकेपछि पनि दावी वमोजिम संजाय नगरी कम संजाय गरिएको तथा सुव्वा भने सुदा सहनीलाई सफाइ दिएको हदसम्म कानूनी त्रुटीपूर्ण हुंदा वारा जिल्ला अदालतको फैसला वदर गरी प्रहरी प्रतिवेदन माग दावी वमोजिम इन्साफ गरी पाउं भन्ने समेत वादी श्री ५ को सरकारो तर्फबाट परेको पुनरावेदन ।
४२. वारा जिल्ला अदालतको फैसलामा चित्तई बुझेन, उक्त इन्साफ कानूनी त्रुटीपूर्ण हुंदा वदर गरी सफाइ दिने गरी इन्साफ पाउं भन्ने पुनरावेदक प्रतिवादी मोहन कंकरको र मलाई जन्मकैद गर्ने गरी भएको इन्साफ कानूनी त्रुटीपूर्ण हुंदा उक्त फैसला वदर गरी सफाई पाउं भन्ने समेत प्रतिवादी वसन्त महतो कोइरीको र शुरु वारा जिल्ला अदालतको फैसलामा हामीहरुको चित्त नबुझेकोले उक्त फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरु सितल, फगुनी, रामचन्द्र समेतको तत्कालिन नारायणी अंचल अदालतमा परेको छुट्टाछुट्टै पुनरावेदन पत्र ।
४३. प्रतिवादीहरु समेत भै जयमगंललाई मारेको हो भनी ज्यान सम्बन्धी महलको १३(३) १६, १७(२) प्रयोग गरी शुरु वारा जिल्ला अदालतको मिति २०४६।१०।२९ को फैसलाले प्र. वसन्त महतो कोइरीलाई ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहराएको र मिति ०४७।६।२८ को फैसलाले प्रतिवादी मध्येका सुव्वा सहनी भन्ने सुदा सहनीलाई आरोपित कसुरबाट सफाइ दिने ठहराउदै प्र. मोहन कंकरलाई ज्यान सम्बन्धीको १३(३) वमोजिम जन्मकैद हुने ठहराउदै प्र. सितल महतो, फगुनी राउत, रामचन्द्र राउत समेतका अन्य समेतका अन्य प्रतिवादीहरुलाई ज्यान सम्बन्धीको १६ नं. तथा १७(२) र १७(३) वमोजिम कैद संजाय गर्ने ठहराएको इन्साफ मुनासिव ठहर्छ । वादी श्री ५ को सरकारको र प्रतिवादी मोहन ककंर, वसन्त महतो, सितल महतो, फगुनी राउत, रामचन्द्र राउत समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।
४४. प्रतिवादी मध्ये सुव्वा सहनी भन्ने सुदा सहनी मलाहलाई सफा दिने तथा अन्य प्रतिवादीहरु मध्ये वैजु गिरी समेतलाई ज्यान सम्बन्धीको १७(२) नं. तथा रामचन्द्र राउत माली समेतलाई १७(३) नं. वमोजिम संजाय गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फेसला त्रुटीपूर्ण हुंदा वदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम गरी पाउं भन्ने श्री ५ को सरकारको पुनरावेदन पत्र ।
४५. ज्यान सम्बन्धी महलको १३(३ वमोजिम जन्मकैदको संजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नहुंदा अभियोग दावीबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी मोहन ककंरको पुनरावेदन पत्र ।
४६. यसमा प्रतिवादी सुव्वा सहनी भन्ने सुदा सहनीलाई वारदात स्थलमा देखेको भनी हिरा सहनी, वृज किशोर, राम सेवक, ठाकुर, वावुराम मसलीम मिया, महमद जाकिर, राजेन्द्र महतोको वकाई लेखाइलाई प्रमाणमा ग्रहण गरेको अवस्थामा ती मध्ये हिरा सहनीसंग कुटपिट मुद्दा चलेको भन्ने सम्मको मात्र आधारमा सफाइ दिएको नमिलेकोले निज प्र. सुव्वा सहनी भन्ने सुदा सहनीलाई छलफलको लागि अ. व्. २०२ नं. र सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम झिकाउनुको साथै यसैसाथ परेको प्र. मोहन ककंरको पुनरावेदन जिकिरका हकमा साविती वैजु गिरीको पोल वाहेक अन्य चश्मदिद कसैले पनि निजलाई देखे चिनेको भन्ने समर्थन हुने प्रमाणको अभावमा जन्मकैदको संजाय गरेको मिलेको नदेखिंदा अ. वं. २०२ नं. वमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
४७. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्काले मृतक जयमगंललाई प्रतिवादीहरुले पूर्व रिसइवीको कारणले योजनावद्ध तरिकाले काटी मारेको कुरा मिसिलबाट देखिन्छ । जाहेरी दरखास्त, पोष्टमार्टम रिपोर्ट लगायतका प्रमाणबाट उक्त कुराको पुष्टि हुन्छ । प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी समक्ष कुर गरेकोमा सावित रहेका छन । यस्तो अवस्थामा प्रतिवादीलाई शुरु अभियोगको माग दावी वमोजिम संजाय गरी पाउं भनी वहस जिकिर प्रस्तुत गर्नु भयो । पुनरावेदक प्रतिवादी मोहन ककंरको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले पुनरावेदक प्रतिवादी मोहन ककंरलाई वैजु गिरीको प्रहरी समक्षको पोलको आधारमा कसुरदार ठहर्याएको छ, जवकी अदालत समक्ष वयान गर्दा निजले मेरो पक्षलाई पोल गर्न सकेको छैन । वैजु वाहेकका अन्य व्यक्तिहरुले मेरो पक्षलाई वारदातमा देखेको भन्न सकेको छैन । शंकाको भरमा कसुरदार ठहर्याउन नमिल्ने हुंदा अभियोगबाट सफाइ पाउनु पर्छ भनी वहस गर्नु भयो । प्रतिवादी मोहन ककंर तर्फकै अर्का विद्वान अधिवक्ता श्री शेख अव्वासले शुरु जाहेरीमा मोहन ककंरको नाम उल्लेख गर्नसकेको छैन । सर्जमीन समेले वारदातमा मेरो पक्षको संलग्नता देखाउन सकेको पाइदैन । वैजु गिरी वाहेक अन्य प्रतिवादीले मेरो पक्षलाई पोल गरेको नहुंदा सफाइ पाउनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो । झिकाइएका प्रतिवादी सुव्वा सहनी भन्ने सुदा सहनी मलाहको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले मेरो पक्ष वृद्ध मानिस भएको कसुरमा अदालत र प्रहरी समक्ष इन्कार रहेको, वारदातमा मेरो पक्षलाई देअने भनेको मध्ये हिरासहनी र मेरो पक्ष वीच कुटपिट मुद्दा चलेको र सोही रिसइवीबाट पोलसम्म गरेको हो तसर्थः अभियोग दावीबाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडा समेतको फैसला मिलेको छ कायमै राखी पाउं भनी आफ्नो वहस जिकिर प्रस्तुत गर्नु भयो ।
४८. विद्वान अधवक्ताहरुले गर्नु भएको वहस जिकिर सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत, हेटौंडाले गरेको फैसला मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो ।
४९. यसमा प्रतिवादी मध्येको मोहन ककंरलाई ज्यान सम्बन्धीको महलको १३(३) वमोजिम जन्मकैद प्रतिवादीहरु वैजुगिरी, श्री राउत वरै, कमल शाह तेलीलाई ज्यान सम्बन्धी महलको १७(२) वमोजिमको संजाय प्रतिवादी मध्ये रामचन्द्र राउत माली, फगुनी राउत माली, शेष मुनिफ, शितल महतो कोइरी नरसिंह महतो कोइरी, जवाहिर सहनी मलाहलाई ज्यान सम्बन्धीको महलको १७(३) वमोझिमको संजया प्रतिवादीहरु दिनानाथ महतो कोइरी, श्याम किशोर र श्रीप्रसाद सहनीले ज्यान सम्बन्धीको १६ नं. वमोजिमको संजाय गर्ने तथा सुव्वा सहनी भन्ने सुदा सहनी मलाहलाई अभियोग दावीबाट सफाइ दिने मिति २०४७।६।२८ को तथा प्रतिवादी मध्येका वसन्त महतो कोइरीको हकमा मिति २०४६।१०।२९ को फैसलाले ज्यान सम्बन्धी महलको १३(३) वमोजिम जन्मकैदको संजाय गर्ने गरेको वारा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत हेटौंडाले सदर गरेको पाइयो । ज्यान सम्बन्धी महलको १३(३) वमोजिम जन्मकैदको संजाय गर्ने गरेको फैसला मिलेको नहुंदा अभियोगबाट सफाई पाउं भन्ने प्रतिवादी मोहन ककंरको तथा प्रतिवादीहरु मध्ये वैजु गिरी समेलाई ज्यान सम्बन्धी १७(२) प्रतिवादी फगुनी राउत समेतका प्रतिवादीहरुलाई १७(३) नं. वमोजिम प्रतिवादी दिनानाथ महतो कोइरी समेतलाई ज्यान सम्बन्धीको १६ नं. तथा प्रतिवादी सुव्वा सहनी भन्ने सुदा सहनी मलाहलाई सपाइ दिने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छैन प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम संजाय गरी पाउं भन्ने श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परेको र प्रतिवादी वसन्त महतो कोइरीको हकमा साधकको रोहबाट इजलास समक्ष पेश भएको छ ।
५०. सर्वप्रथम प्रतिवादी वसन्त महतो कोइरीको हकमा साधकको रोहबाट हेर्दा बकुलहर पुलबाट मृतक जयमगंललाई अपहरण गरी भारत सिमाना नजिक नेपाल सरहद तर्फ ननसरा ढाटमा लगि घांटी र पेटमा छुरा रोपी मारेकोमा प्रतिवादी वसन्त महतो कोइरी अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष सावित भएको पाइन्छ । प्रतिवादीको उक्त साविती जाहेरी दरखास्त, घटनास्थलमा मुठभेट हुने शिवजी प्रसाद महतो, राम प्रसाद महतो समेतको कागज लास प्रकृति मुचुल्का, सर्जमीन मुचुल्का पोष्टमार्टम रिपोर्ट समेतका प्रमाणबाट पुष्टी भएकोले निज प्रतिवादी वसन्त महतो कोइरीलाई ज्यान सम्बन्धी महलको १३(३) वमोजिम जन्मकैद हुने ठहर्याएको शुरु तथा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको देखिंदा सदर हुन्छ ।
५१. अव पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर तर्फ विचार गर्दा प्रतिवादी दिनानाथ महतो कोइरी, श्याम किशोर प्रसाद कुसवाह, श्रीप्रसाद सहनी अदालतमा वयान गर्दा मृतक जयमगंललाई मार्न मराउन षडयन्त्र गरेको भन्ने कुरामा इन्कार रहे पनि प्रतिवादी वैजु गिरी, श्री राउत वरै तथा वसन्त महतो कोइरीको अधिकार प्राप्त अधिकारी समक्षको वयानबाट मृतकलाई मार्ने षडयन्त्र गर्ने दिनानाथ, श्याम किशोर श्रीप्रसाद सहनी हुन भनेका छन । दिननाथले रु. ७०,०००। दिने बचन दिई शिवचन्द्रले रु. ४०,०००। पाएको र बांकी जयमगंलको हत्या भै सकेपछि पाउने भाखा गरेका छन । श्रीप्रसाद सहनीले वारदातको समयमा आफू काठमाण्डौ रहेको भनी अस्पतालको इनडोर डिस्चार्ज टिकट पेश गरेकोमा उक्त टिकट झुठो देखिएकोले वारदातको समयमा आफू अन्यत्र छु भन्ने निजको जिकिर तथ्यहिन देखिन्छ । निजले आफ्नो सफाइको निमित्त साक्षि प्रमाणहरु पेश गर्नसकेको अवस्था देखिदैन । दिनानाथ, श्याम किशोर, श्रीप्रसाद सहनीले हात हतियार र रुपैया समेत दिई मृतकलाई मार्न षडयन्त्र गरेको भन्ने वैजु गिरी समेतको प्रहरी समक्षको साविती वयानबाट समर्थित हुन आएको देखिन्छ । तसर्थः निजहरुलाई ज्यान मार्ने कार्यको षडयन्त्र गरेको मिसिलबाट प्रमावणित हुन आएको देखियो । प्रतिवादीहरु रामचन्द्र राउत माली, फगुनी राउत माली, शेष मुनिफ, शीतल महतो कोइरी, नरसिंह महतो कोइरी, जवाहिर सहनीको हकमा बिचार गर्दा निज प्रतिवादीहरु आरोपित कसुरमा सावित नभै इन्कार गरेका छन, तर सर्जमीनका हिरा सहनी, रामसेवक, वृजकिशोर समेतले प्रतिवादी वारदातस्थलमा देखेको भनेको र निजहरुले अदालतमा समेत आई वकेको देखिएको र निज सर्जमीनका मानिसहरुको पोल गर्नु को खण्डन प्रतिवादीहरुले गर्न सकेको छैन, तसर्थः निज प्रतिवादीहरुको ज्यान मार्ने कार्यको मत सल्लाह गर्ने सम्मको संलग्नता देखियो । प्रतिवादी वैजु गिरी, श्रीराउत वरैको हकमा निजहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानमा ०४४।५।११ गते शीवचन्द्र महतो, कमल शाह, जोखु राउत, दिनानाथ महतोको घरमा पुग्दा त्यहां मोहन कंकर, शंकर प्रसाद सराफ समेत खानपीन गरेको अवस्थामा श्री प्रसाद सहनी, श्याम किशोर पुगी जयमगंललाई मार्ने कुरा भै दिनानाथले रु. ४०,०००। दिई वांकी ३०,०००। काम भएपछि दिउंला भन्ने शिवचन्द्रले रुपैया र दविया बगैचामा पुर्याई दिने तय भै भोलीपल्ट वसन्त महतो, छविलाल शाह, श्री राउत वरै दिनानाथको घरमा जम्मा भै मिटिगं गरी दिउंसो जयमगंललाई चिन्न चिनाउन कमल शाह, श्याम किशोर गए, बकुलहर पुलमा गै लुकी जयमगंल साइकलमा आएकोमा धक्का दिई लडाई ननसरा ढांटबाट २५।३० गज उत्तर खेतमा पुर्याई दवियाले पेटमा घोची मारेको भन्ने समेतको उल्लेख गरेको पाइन्छ । कुटपिट गरी प्रहरीले सावित गराएको भनी अदालतमा इन्कार रहेको भएपनि घा जांच हुंदा कुटपिट भएको भन्ने कुरा प्रमाणित हुन सकेको पाइएन । मृतकको घांटीमा खुकुरीले रेटी, भुंडीमा घोची, औला काटी तथा श्वास प्रश्वास क्रियावन्द भै मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट र लास जांच प्रकृति मुचुल्काबाट देखिएबाट निज प्रतिवादीहरुको प्रहरी समक्षको साविती समर्थित भएको पाइन्छ । सर्जमीनका मानिसहरुले प्रतिवादीहरुले वारदात स्थलमा देखेको भनी अदालतमा समेत आई वकेकोले प्रतिवादीहरुको अदालत समक्षको इन्कारी वयान विश्वासलायक देखिंदैन । उल्लेखित आधारहरुबाट निज प्रतिवादीहरुले ज्यान मार्ने मतलवमा पसेको तर मुख्य भै वचन पनि नदिएको हात हतियार पनि नछाडेको मर्नेको जिउमा छोएको पनि मिसिलबाट देखिएको अवस्था पनि नहुंदा प्रतिवादी वैजु गिरी र श्रीराम वरैलाई ज्यान सम्बन्धी महलको १७(२) वमोजिम संजाय गर्ने गरेको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुनै परिवर्तन गरी रहन परेन ।
५२. प्रतिवादी कमल शाह तेली मृतक जयमगंललाई वकुलहर पुलदेखि लाससंग साथ थियो भन्ने कुरा वैजु गिरी, श्रीराउत र रामशरण महतोले गरेको वयानबाट पुष्टि हुन आएको छ । वारदातको दिन मावली छुं भन्ने निजको जिकिर र साक्षीको वकपत्र विश्वासनीय प्रकृतिको नदेखिंदा मृतक जयमगंललाई निजले मार्ने कार्यमा जीउमा समातेको, काटेको हतियार छाडेको नदेखिएपनि भाग्न उम्कन नपाउने गरी मार्न संयोग सम्म पारेको कुरा मिसिलबाट देखिन्छ । प्रतिवादी मध्येको सुव्वा सहनी भन्ने सुदा सहनीले कसुर गरेकोमा पूर्ण इन्कार रहि वयान गरेको छ । मृतक जयमगंलको साथमा रहेको शिवजीप्रसाद, राम प्रसाद महतो समेतले प्रहरीमा गरेको कागजबाट शंका व्यक्त गर्न सकेको देखिदैन । सर्जमीनका हिरा सहनी, वृज किशोर, रामसेवहक ठाकुर समेतले वारदातमा सुव्वा सहनीलाई देखेको भनेकोमा देख्ने मध्येका हिरा सहनी र सुव्वा सहनीका बीच कुटपिट मुद्दा चलेको प्रमाण पेश गरेको हुंदा निजहरु बीच रिसइवी देखिन्छ । सावित हुने वसन्त वैजु, श्रीराउतले निजलाई घटनास्थलमा छ भनी भन्न नसकेकोले शंकारहित तवरबाट निज उपरको कसुर प्रमाणित हुन सकेका देखिदैन । तसर्थः उल्लेखित आधार प्रमाणहरुबाट प्रतिवादीहरु मध्ये रामचन्द्र राउत माली, फगुनी राउत माली, शेष मुनिफ, शितल महतो कोइरी, नरसिंह महतो कोइरी, जवाहिर सहनी मलाहलाई ज्यान सम्बन्धी महलको १७(३) वमोजिम प्रतिवादी वैजु गिरी, श्री राउत वरै, कमल शाह तेलीलाई ज्यान सम्बन्धीको १७(२) वमोजिम प्रतिवादी दिनानाथ महतो कोइरी, श्याम किशोर र श्रीप्रसाद सहनीलाई ज्यान सम्बन्धीको १६ नं. वमोजिम संजाय गर्ने तथा सुव्वा सहनी भन्ने सुदा सहनी मलाहलाई अभियोगबाट सफाइ दिने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको देखिंदा सदर हुन्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
५३. पुनरावेदक प्रतिवादी मोहन कंकरको पुनरावेदन जिकिर तर्फ विचार गर्दा प्रतिवादी वैजु गिरीले प्रहरीमा कागज गर्दा मृतक जयमगंललाई खुकुरीले घांटी रेटी रहेको अवस्थामा पुनरावेदक मोहन कंकरले खुद्दा समाएको भनी पोल गरेको आधारमा निजलाई ज्यान सम्बन्धी महलको १३(३) वमोजिम जन्मकैदको संजाय गर्ने गरेको शुरु वारा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत हेटौंडाले सदर गरेको पाइयो । प्रतिवादी वैजु गिरी प्रहरीमा पुनरावेदकलाई मृतकको खुट्टा समाएको भनी पोल गरेता पनि अदालत समक्ष वयान गर्दा प्रहरीले कुटपिट गरी कागज गराएको तथा डि. एस. पि. संग रिसइवी थियो भनी वारदातमा मोहन कंकर थिए भन्ने कुरालाई इन्कार गरेको पाइन्छ । साथै वैजु गिरी वाहेक अन्य प्रतिवादीहरुले पनि पुनरावेदक प्रतिवादी मोहन कंकर वारदातमा संलग्न भएको देखेको भनी भन्न सकेको अवस्था देखिदैन । वैजु गिरीले प्रहरीमा पोल गरेको र उक्त पोललाई समर्थन गर्ने ठोस र श्कारहित प्रमाणको विद्यमानताको अभावमा त्यस्तो पोलको आधारमा मात्र कसुरदार ठहर्याउन मिल्ने देखिंदैन । पुनरावेदक प्रतिवादी मोहन कंकर अदालतमा कसुर गरेकोमा इन्कार रहेको पाइन्छ । अदालत समेतमा सावित हुने प्रतिवादी वसन्त महतोले पनि पुनरावेदक प्रतिवादी मोहन कंकरलाई पोल गरेको पाइदैन । शुरु तथा पुनरावेदन अदालतले पुनरावेदकको अदालत समक्षको इन्कारी अन्य प्रमाणबाट पुष्टि नभएको भन्ने आधार लिएको पाइन्छ । तर फौजदारी मुद्दामा प्रतिवादी उपरको कसुर शंकारहित तवरले प्रमाणित गर्ने भार वादीमा रहने हुंदा प्रतिवादीले अदालतमा कसुर इन्कार गरेको कुराको प्रमाण पुर्याउन नसकेको भन्ने पुनरावेदन अदालत समेतले लगाएको वुंदा मिल्दो देखिएन । कुनै व्यक्ति उपरको दोषिता प्रमाणबाट स्थापित हुनु पर्दछ, त्यसैले शंकाको सुविधा अभियुक्तले पाउंछ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त अनुसार सरकार वादी हुने फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ भन्ने कानूनी व्यवस्थाको पछि फौजदारी न्यायको दर्शन सन्निहित रहेको हुन्छ । अतः उल्लेखित आधारहरुबाट पुनरावेदक प्रतिवादी मोहन कंकर उपरको कसूर शंकारहित तवरले पुष्टी हुन आएको नदेखिंदा पुनरावेदक प्रतिवादीले अभियोगबाट सफाइ पाउने ठहर्छ । निजलाई ज्यान सम्बन्धी महलको १३(३) वमोजिम जन्मकैदको संजाय गर्ने गरेको शुरु सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला नमिलेकोले उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी मोहन कंकरके इन्साफ खण्डमा लेखिए वमोजिम ज्यान सम्बन्धी महलको १३(३) वमोजिम जन्मकैदको संजाय हुने ठहर्याएको शुरु तथा पुनरावेदन अदालतको फैसला उल्टी भै निज प्रतिवादी मोहन कंकरले सफाइ पाउने ठहरेकोले जन्मकैदको संजाय गर्ने गरी कायम भएको लगत वमोजिम गर्नु नपर्ने हुंदा उकत् लगत कट्टा गर्नु भनी शुरु वारा जिल्ला अदालतमा लेखि पठाउनु---------१
पुनरावेदक प्रतिवादी मोहन कंकरको इन्साफ खण्डमा लेखिए वमोजिम अभियोगबाट सफाइ पाउने ठहरेकोले अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भै थुनाबाट छाडी दिनु भनी आजै यसै इजलासबाट छुट्टै आदेश भएकोले सो सम्बन्धमा केहि बोली रहन परेन, मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
इति सम्बत् २०५४ साल असोज १५ गते रोज ४ शुभम् ---------