निर्णय नं. ६५१३ - कर्तव्य ज्यान

निर्णय नं. ६५१३ २०५५, ने.का.प. अङ्क २
संयुक्त इजलास
सम्माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
संवत् २०५१ सालको फौ. पु .नं. -१३५६
फैसला मितिः- २०५४।६।१।४
मुद्दाः- कर्तव्य ज्यान ।
पुनरावेदक/ प्रतिवादीः जिल्ला डोटी रानागाउं गा.वि.स. वडा नं. १ जमलकट्टे घर भै हाल कारागार शाखा डोटीमा थुनुवामा रहेको चक्र प्रसाद जोशी समेत जम्मा २ ।
विरुद्ध
विपक्षी/वादीः दल बहादुर धामीको जाहेरीले श्री ५ को सरकार ।
§ करणीकै जरियाबाट भुपरीको प्रतिवादीहरुले हत्या गरेको भन्ने मुद्दाको सम्पूर्ण तथ्यबाट पुष्टि भएको देखिन्छ । मौकाको सावितीलाई प्रहरीले नै त्यस्तो साविती व्यहोरा लेखि सहि गराएको भन्ने प्रतिवादीहरुले जिकिर लिएकोमा पनि आफूहरुले सो साविती कागजमा सहि गरेको कार्यलाई स्वीकार गरेको देखिन्छ । प्रहरीले निजहरुको इच्छा विरुद्ध वा जवरजस्तिसंग कुटपिट गरि गरिएको भन्ने सम्बन्धमा सो कुराको तथ्ययुक्त प्रमाण निज प्रतिवादीबाट पेश गर्न सकेको पनि देखिंदैन । यस प्रकार यि सबै तथ्य एवं प्रमाणहरुबाट झुपरीको हत्यामा यि दुईजना प्रतिवादीहरुको पूर्ण सम्लग्नता रहेको कुरा स्पष्ट देखिन आएबाट निजहरुको अदालतमा भएको इन्कारी वयानको आधारमा मात्र निजहरु निर्दोष रहेछन् भन्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा नदेखिंने ।
(प्र.नं. ५४)
पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र कृष्ण प्रसाद सापकोटा
प्रत्यर्थी वादी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरे ।
अवलम्वित नजिरः-
फैसला
न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत दिपायल डोटीको मिति २०५२।८।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छः-
२. मेरो विवाहिता छोरी झुपरी २०४६।२।४ गते माइती घरबाट गोगनधारको पाखो जग्गामा गहुं काट्न एक्लै गएकी सांझ घर फर्की नआई खोज तलास गर्दा कहिं कतै फेला नपरी यस्तैमा ०४६।२।१० गते दिउंसो १.०० बजे तिर सोही गहुं खेतमा जाने जंगलको वाटोमा गोगनधारको वाटोमा ओडार भित्र योनिमा हसिंयाको बिड पसाएको गर गहना नभएको मृत अवस्थामा फेला परेको हुंदा कारवाही गरी लास सतगत गर्न पाउं भनी जाहेरवाला दल वहादुर धामीको २०४६।२।११ गतेको जाहेरी दर्खास्त ।
३. गोगनधारको पाखो जग्गा जाने वाटोमा ठूलो ढुंगाको ओडार भित्र योनिमा हसियाको बिंड घुसाईएको, लास सडी दुर्गन्ध आई रहेको, लासको टाउकोमा छाला सहित कपाल झरेको, अनुहार सम्पूर्ण कालो भई किरा परी मुख र नाकको मासु किराले खाई नचिनिने, गुद्वारबाट पानी निस्किएको खुन जस्तो वगेको हेर्दा आंखा नाक कानको केही नमुना सम्म नभएको भन्ने लास जांच मुचुल्का ।
४. मृतक झुपरी मेरो भाउनु नाता पर्ने हो २०४६।२।२ गते म भाउजुलाई पुर्याउन संगसंगै आएको हौं वेलुका ६, ७ बजे तिर माइत घरमा पुगेका हौं वाटोमा भाउजुसंग कुनै कसैले केही कुरा गरेन भाउजुले नाक कान घाटिमा सुनका गहना तथा हातमा चांदिका वाला लगाई माईती घरमा आएकी हो अरु मलाई केही थाहा छैन भन्ने प्रेम वहादुर कठायतको कागज ।
५. टाउकोमा लागेको चोटको कारओबा६ मृतकको मृत्यु भएको हो भनी २०४६।२।२३ गतेको पोष्टमार्टम ।
६. मेरो छोरी गोगनधारको जंगलको वाटोमा मृत अवस्थामा भेटाइएको सम्बन्धमा रानागाउ गा. पं. वार्ड नं. १ वस्ने चक्र प्रसाद जोशी र इश्वरी दत्त जैसी समेत जना २ ले कर्तव्य गरी मारेको हो भनी गाउं घरबाट एकिन बुझिएबाट निजहरुलाई पक्राउ गरी कानूनी कारवाही गरी पाउं भनी २०४६।२।२३ गते हु. द्धारा रजिष्टरी गरी पाठाएको जाहेरवालाको किटानी जाहेरी दर्खास्त ।
७. चक्र प्रसाद जोशी र इश्वरी दत्तई जैशी समेतले मेरो छोरी झुपरी लाई कर्तव्य गरी मारेको किटानी जाहेरी दर्खास्त मैले हु. द्वारा पठाएको हुं, गर गहनाको हकमा हातमा लगाउने चांदिको वाला जोर १ नाकमा फुली २ आना वुलाकि ४ आना कानमा लगाउने मुंद्रि १ जोर १-१ डेड तोला घाटिमा लगाउने जोडी, आधा तोला कानमा लगाउने वाली, २ आना सम्मको गहना मृतक झुपरी कठायतले लगाएकी थिई भनी मिति २०४६।२।२६ गतेको जाहेरवालाको सनाखत कागज ।
८. मेरो घर चक्र प्रसाद जोशी र ईश्री दत्त जैशीको घर नजिकै हो मिति २०४६।२।४ गते विहान मैले निज दुवै जना लाई गाउंमा देखेको हुं म गोगनधारको पाखो जग्गामा भैसी लिई गएको अवस्थामा ईश्वरीले म पनि जान्छु भनेको र हामी संगै गोगनधार गएको हो ताहा मृतक संग भेट गरेको थियो चक्रको गोठमा वसी निजहरुले के कुरा गरे मलाई थाहा भएन निजहरु पुर्व चाल चलन केटीहरुलाई देखी वढी जिस्काउने जंगलमा लगी देवडाखेल्ने गरेका निजहरुले जंगलमा झुपरीलाई नमारेको होला भनी भन्न सक्दैन भनी ०४६।२।२६ गतेको गणेश प्रसाद जोशीको कागज ।
९. मिति २०४६।२।४ गतेका दिन चक्र प्रसाद जोशी र ईश्वरी दत्त जैसी समेत गोगनधारको पाखो जग्गा लेक तर्फ गएका हुन् ०४६।२।७ हो वा ८ गते चक्रले मलाई अब झुपरी गाउं घमा भेटाइदैन उ त झिगावस्ती पोइल गई सकेको छ भनेको हुंदा मैले ०४६।२।९ गते जाहेरवालालाई भनेको थिए भन्ने ०४६।२।२६ गतेको डम्वरे भुलको कागज ।
१०. जंगलको वाटोमा झुपरीलाई एक्लै फेला पारी धेरै दिनपछि निज संग भेट भएको कुराकानी भई निजलाई वाटो भन्दापर जंगलमा जवरजस्ती लगी निज संग जवरजस्ती करणी गरी निज रुदै कराउदै घरतर्फ फिर्ता हुन लागेकी निजलाई रोक थुन गर्दा ३रमा हाम्रो केही कुरा नगर्नु भन्दै निज झनगाली गलौज गर्नलागि र निजले गाउंमा नभनोस भनी तेर्साइ कुटपिट गर्दा निजकै हसियाले टाउकोमा कन्वटमा मुखमा समेत हिर्काएको हो निज एक्कासी भूईमा लडी एक्कासी वढी रगत निस्केको र हामीलाई सारै पछुतो लाग्यो केही छिन पछि त निजको मृत्यु भइहाल्यो सो समयमा लास त्यही लुकाई बेलुका ८, ९ वजेतिर आई मृत लास मुनि लुकाई हसियाको बिड निजको योनीमा हाली लास ओडार मुनि लुकाई कसैले लास भेटाएमा यौवन तृप्ती हसियाको भिडवाट मैथुन गरेको सोच्लान भ्रममा पारौ भन्ने ठहनी निजको लगाएको चादिका वालाको जोडी मुन्द्री फुली वुलाकि समेत पछि विक्री गरौला भनी इश्वरी दत्त जैशीको गोठ पछाडि घासमा खाडल खनि राखेका हौं भनी हभियुक्त चक्र प्रसाद जोशीको मिति २०४६।२।२८ गते गरेको साविती वयान कागज ।
११. म र चक्र प्रसाद जोशी संगै थियौं मृतक झुपरी संग गोगनधारको जंगलमा भेटभयो हामी २ जनाले जवरजस्ती साथ करणी गर्यौं पछि मृतक झुपरीले हाम्रो वदनाम गर्छु भनेर भनेको हुंदा निजलाई हसियाले हान्दा वेहोस भै अनि हामीहरुले त्यसको लास राति ओडारमा लुकाउने योजना वनायौं, मृतक झुपरीले लगाएका गहनाहरु हामीले लियौं तृप्तिको लागि आपै घुसाएको हौं भन्ने भनी पार्नका लागि निजको योनिमा हामीले हसियाको विड घुसाएका हौं, चक्र प्रसादको यौटा चप्पल हराएको थियो गहना पछि विक्री गर्ने उद्देश्यले लुकाई राखेका थियौं चक्र प्रसादको हराएको चप्पल र योनिमा घुसाएको हसियाको विड देखाउंदा चिने भन्ने समेतको प्रतिवादी इश्वरी दत्त जैशीले मिति २०४६।२।२८ गते प्रहरीमा गरेको साविती वयान ।
१२. झुपरी कडायतले लगाएका सुन र चादिका वाला इश्वरी दत्त जैशीको गोठ पछाडि खाडल खनि लुकाएका थिए अहिले उक्त खाडल केही खोस्रिएको जस्तो देखिएको अहिले उक्त एरियामा मकै समेत लगाएको हुंदा कस्ले केही उक्त खोसरीएको ठाउंमा थाहा पाई गहना पाई लगेका होला यो वाला झुपरी कै नै हो माटोमा नदिखएकोले दविएको हुंदा छुट्न गएको होला र अहिले वरामद हुन आयो भनी चक्र प्रसाद जोशीले गरी दिएको मिति २०४६।२।३० गतेको सनाखत कागज ।
१३. मृतक झुपरीलाई हामी दुवै जनाले मारी ओडढारमा राखी निजले लगाएका गहनाहरु पछि विक्री गरुला भनी दुवै जनाको मंजुरीले मेरो गोठको पछाडि खाडलमा पुरेको हौं, हाल मकै छरी उम्रेको हुंदा कसैले थाहा पाई लगेका होलान र हाल वरामद भएको चांदीको वाला मृतक झुपरीले लगाएको गहना मध्येको हो भनी इश्वरी दत्त जैशीले मिति २०४६।२।३० गते गरेको सनाखत कागज ।
१४. मेरी श्रीमती झुपरी कठाइतले लगाउने गरेको सुन चांदिको गहनाहरु मध्येको यो वाला पनि हो यो वाला मेरी आमाले लगाउने गरेको थियो मेरो विवाह भएदेखि मेरो श्रीमती झुपरीले लगाउने गरेको वाला यही हो भनी मृतकको लोग्ने टेक वाहादुर कठायतले २०४६।२।३२ गते गरेको सनाखत ।
१५. मिति २०४६।२।४ गतेको सांझ म पनि गोगनधारको पाखो जग्गामा गएको थिएं इश्वरी दत्त र चक्र प्रसाद त्यही इश्वरीको गोठ आंगनमा वसीरहेका थिए कुरा गरीरहेका थिए के कुरा गर्यो मलाई थाहा भएन निजहरुको पूर्व चाल चलन अनुसार नराम्रो होला निजहरुले नै झुपरीलाई मारेकोमा पूर्ण शंका लाग्छ भन्ने गच्ची खवासको ०४६।३।१५ गतेको कागज ।
१६. ०४६।२।४ गते म अं. १२ बजे दिउसो गोगनधारको पाखो जग्गामा भैसी चराउन गएको थिएं हाल घटनास्थल वरिपरी अभियुक्त चक्र प्रसाद इश्वरी दत्त समेत घुमी रहेका थिए मैले तिनिहरुलाई कहां आएका हौं भन्दा यस्तै जंगलमा चरा चुरुङ्गी मार्न आएका भनी निजहरुले नभेका थिए, निजहरुको पूर्व चाल चलन अनुसार खराव वानिका हुन निजहरुले नै झुपरीलाई मारेको होला भनी कमली धामीको ०४६।३।१५ गतेको कागज ।
१७. विहान करिव ९ साढे ९ बजे गहुं खेतमा गएकी दिदीलाई भेटाथिए दिदी –दिदी भनी जोर जोरले कराएकि हुं करिव ४ घण्टा पछि हाम्रो गहुं खेतमा चक्र प्रसाद आई म संग गहुंको मागेको हो मैले गहुं को नल दिन इन्कार गरेकि हुं मैले मेरो दिदी लाई देख्यौं भनी भन्दा उक्त जंगलमा काफल खान गएकि छ भनी चक्रेले भनेको हो केही वेरपछि जंगलबाट इश्वरी पनि त्यही आई चक्रेको गोठमा वसी केही कुरा गरेका हुन भन्ने जाहेरवाला कि कान्छी छोरी खिमली धामीको ०४६।३।१६ गतेको कागज ।
१८. ०४६।२।४ गतेका विहान मेरी छोरी झुपरी गहुं काट्न गएकी हो त्यसको १ डेडघन्टा पछि कान्छी छोरी पनि गएकी हो जेठी छोरीलाई निजले भेटाएन निज झुपरीलाई चक्र प्रसाद र इश्वरी समेतले मेरो छोरीसंग कुनियत कुकर्म गरी मेरी छोरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने जाहेरवालाका श्रमिती रायमती धामीको ०४६।३।१६ गतेको कागज ।
१९. मेरो विवाह हुनु भन्दा पहिला ३, ४ महिना अगाडि जंगलमा चक्र प्रसाद जोशीले मलाई एक्लै भेटाएको अवस्थामा निजले मलाई जवरजस्ती कर्णी गरेको हो त्यसपछि हामीहरुको माय प्रेम वसेको चक्र प्रसाद जोही कै विर्यवाट मेरो गर्भरहेको हो पछि मेरो विवाह भएको ६ महिना पछि छोरी जन्मेको हो छोरी जिउदै छ पछि मैले लोग्ने लाई वताई मेरो लोग्नेले सहन गरी वास्ता नराखेको र कुरा गोप्यमा राखेको हो भन्ने राम झुलको श्रीमती कित्थी भुलेनीले दुर्गामाण्डौ गा. पं. का प्रा. प्र. र रानागाउं का. प्र. पं. र आफ्नै लोग्ने राम भुलको रोहवरमा गरी दिएको ०४६।३।१६ गतेको कागज ।
२०. २०४६।३।४ गतेका दिन झुपरी गोगनधारको पाखो जग्गामा गहुं काट्न गएकि हो चक्र प्रसाद जोशी र इश्वरी दत्त जैशी समेत गएका हुन निजहरुको पूर्व चाल चलन र गाउंघरमा झुपरी कठायत झिगिवस्ती पोइल गएको छ भन्ने हल्ला चलाएको र निजहरुले लुकाएको गहना हाल वरामद भएको वाला र चक्रेको घटानस्जथलमा भेटाएको चप्पल समेतवाट र निजहरुको पुर्व चाल चलन एकदम नराम्रो हो केही देखेमा मौका पाएमा जवरजस्ती करणी गर्ने खालका मानिस हुन निज इश्वरी र चक्र प्रसाद समेत दुवै जना मिली झुपरी कठायत संग कुकर्म गर्नुको साथै मारेकोमा पूर्ण विश्वास लाग्छ यी दुवै जना वाहेक अरु कोही पनि होइन भनी एकै मिलानको ०४६।३।१६ गतेको सर्जमिन मुचुल्का ।
२१. उक्त संकलित कागजात सवुद प्रमाणहरुको आधारमा विचार गर्दा अभियुक्तहरुको गाउंमा घरमा आर्थिक स्थिती एकदम वलीयो भएका र कमजोर गरीव वर्गलाई दवाउने सताउने कसैको खसी वाख्रा नै जवरजस्ती काटी खाई दिनेमनमा चिताएको कुरा पुरा गर्ने खालका र कसैको केही डर भाव नराखी सा साना अनेकौं अनेक घटनाहरु गरेको वुझिएको जसमध्ये राम मुलुकि श्रीमती कित्थी भुलसंगको अनैतिक सम्बन्धि प्रकाशमा आएको अन्य घटनाहरु प्रकाशमा नआएको अभियुक्तहरुले पेशाको दवाव गर्ने गरेका र जे मन आयो सोही गर्ने गरेका तथा यसै घटना वारेमा पनि अभियुक्तहरुको मानिस भारु रुपीया लीई यताउति गएका र पैसा खर्च गरी आफू वाच्ने प्रयासमा छन भन्ने कुराको चर्चा परिचर्चा समेत गाउं घर यताउति भई नै रहेको बुझिएको अभियुक्तहरुले न्याय र निसावलाई नै एउटा हास्यस्पद र किन्ने प्रयास समेत गरी हिडेका र अपराधलाई एउटा खेल मात्र संझने भएका देखिएको र वुझिएको सोही हनुचित कार्यको पर्दाफास वदिनाम वेज्जत हुन्छ भन्ने डरले हसियाले टाउकोमा हर्काई मृतकलाई मारेको कुरा प्रष्ट रुपमा देखिन सिद्ध हुन आएवाट प्रतिवादीहरुले ज्यान सम्बन्धीको १ नं. बिपरित कसुर गरेकोले निज प्रतिवादी चक्र प्रसाद जोशी र इश्वरी दत्त जैसी समेत जना २ लाई ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम सर्वश्व सहित जन्म कैदको सजाय हुने र मृतकले लगाएको गहना अं. ४० तोलाको चादिको वाला जोर १ र सुन २ नं. को ३ तोला भएको भन्ने जाहेरी दर्खास्त समेतका कागजातहरुमा भनिएकोमा हाल सिलगढी स्थित सुन चांदीको स्टण्याड नाप तौल गर्न सर्वजित सुनारले तौल गर्दा तोला १५ भएको र तोला १ को रु. १२० भएको भनी प्रमाणित समेत गरी दिएको हुंदा वरामद भएको चांदीको वाला १६ तोला र वरामद हुन नसकिएको चांदिको वाला १६ को प्।रचलित दर भाउ अनुसार प्रति तोला १ को रु. १२०।– का दरले हुने रु. १९२०।– समेत चोरीको महल वमोजिम प्रतिवादीहरुबाट मृतकका पति टिकाराम कठायतलाई दिलाई पाउन समेत अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन ।
२२. मृतक झुपरी मरेको सम्वन्धमा मलाई थाहा थिएन मृतककै माइती गाउंका झाकरे सहदेव धामीवाट झुपरी मरेको भन्ने कुरा सुनेको हुं कहिले आई कहिले गई सो कुरा मलाई थहा छैन मेरो प्रहरीमा गरेको वयान मलाई पढी वाचि सुनाएको थिएन कुटपीट गरेको थियो नाम सम्म मैले लेखी सहि गरी दिएको छु प्रहरीमा लेखिएको व्यहोरा मैले भनी लेखाएको होइन नसुनाई लेखेको कागजमा सहि सम्म गरेको छु प्रहरीमा लेखिएको व्यहोरा झुठ्ठा हो इश्वरीले प्रहरीमा गरेको वयान मेरो सामुन्नेमा भनेको होइन निजै जान्लान मलाई थाहा छैन सर्जमिनका मानिसहरुले रिसइवीवाट देखाई दिउका हुन काफली गाउंको मु दिपसिंह धामीसंग हाम्रो मुद्दा परेको इवीवाला व्यक्तिले वाचल वस्ने कित्थीसंग तं पनि यस्तो किसिमको व्यक्ति हो भनी देउ भनेवाट निज कित्थीले त्यस्तो लेखाई दिएको हो देखाएको चप्पल मेरो होइन कस्को हो मलाई थाहा छैन देखाएको हसिया जाहेरवाला कस्को हो मलाई थाहा छैन ०४६।२।१० को जाहेरी दर्खास्त वारे मलाई केही थाहा छैन सो दिनको १० बजे सम्म म आफ्नै घरमा छु त्यसपछि भैसी चराउन गोगनधार भन्ने ठाउंमा गएको हुं र सांझ ७, साढे सात वजे तिर घरमा फर्केको हुं सो ठाउंमा म एक्लै थिए मृतकको लास गोगनधारको जंगल ओडारमा पइयो भन्दा सुनेको हुं सो ठाउवाट मेरो जग्गा र भैसी गोठमा जान करिव १५ मिनेट जति लाग्छ लास छ भन्ने थाहा भएन घरमा ल्याएको भन्ने थाहा पाएको हुं म लास भएको ठाउंमा गइन मेरो साक्षी सवुद वुझी पाउ भन्ने प्रतिवादी चक्र प्रसाद जोशीको ०४६।३।२१ गतेमा अदालतमा गरेको वयान ।
२३. झुपरी कठायत लाई मैले देखेको थिएन मरेको वा जिवित के थि काफली गाउंकै दल वहादुर धामीका मुखवाट झुपरी हरायकी भन्ने कुरा सुनेको हुं र निज मरेको लास फेला पारे भन्ने कुरा उजुर गरीसकेपछि मात्र थाहा पाएको हुं कसले मारेको रहेछ मलाई थाहा छैन प्रहरीमा गरेको वयान कागज मेरो खुसीराजीले गरेको होइन मलाई कुटपीट गरी हो भन्ने वयान गराएको हो प्रहरीले आफै लेखी सहिछाप गराएको हो पक्राउ भएपछि गाउंमा ल्याएका वखत यिनीहरुलाई मैले भेटेको हुं भनी झुपरीको वहिनीले गाउमा भनेकि थिई चक्र प्रसादले मेरो सामुन्नेमा गरे भनेको थिएन भित्र गै गरेको भए मलाई थाहा छैन सर्जमिनका व्यक्ति त्रिमल धामी दिपक सिं धामी झाकरे धामी समेतका अघि देखिका इवीवाला व्यक्ति भएकाले मलाई लेखाई दिएको होला चक्र प्रसाद र म एक साथ गएको छैन आफ्नो कामले कहिले काहि मात्र गोगन धारमा जाने गरेको छु दशिको समान कस्का हुन थाहा छैन ०४६।२।४ गतेमा दिनमा विहान ४ बजेदेखि १० बजे सम्म गोरु जोति खेतीमा विउ राखि त्यसपछि खेतको विउ धान कुट गर्न खेतमा वसेको हुं मरेको कुरा थाहा पहिले भए जानुहुन्थ्यो लास उठाई ल्याएपछि हेर्न जाने कुरा भएन चक्र प्रसादसंग भेट भएन मेरो साक्षी प्रमाण वुझी पाउं भन्ने प्रतिवादी इश्वरी दत्त जैसीको वयान ।
२४. २०४६।२।४ गतेका दिन म छोरी झुपरीलाई हामी लोग्ने स्वास्नीले लेकमा वांकि रहेका गहु काटी लायाई देउ भनी भन्दा छोरी झुपरी वांकि रहेको गहुं काट्न ०४६।२।४ गते विहान ६ बजेको टायममा गहुं काट्न भनी घवाट गोगनधार भन्ने लेकमा गएको २ घण्टापछि निजको वैनीलाई पठाएको निज झुपरीलाई भेटेन, दिन भरी गहुं काटि घर आएपछि छोरीले भनेकि दिदी झुपरी घरमा आइकि भनी भन्दा मात्र थाहा भयो गाउं घरगएको पोइल वुझ्दा कतै पत्ता लागेन ७ दिन पछि घासकाट्ने आइमाइले लेखमा गन्ध आएको छ के हो भन्दा त्यहां गै हेर्दा मृतक झुपरीको लास आधा वाहिर आधा ओडार भित्र त्यहावाट मैले पंचायतमा जाहेर गरेको छु र म दिपायल ठानामा जाहेर गर्न आउंदा कुमालीकोटमा डम्वरे भुलसंग घेट हुंदा चक्रे वावनलाई थाहा छ चक्रे वावन सोध भन्दामा झिगा वस्ती पोइल गै भनी चक्रे वावनले भन्यो त्यसैले शंका लागि किटानी जाहेरी दिएको मैले देखेको छैन ०४६ जेष्ठ ५ गते वाट ७ गते मात्र थाहा भयो १० दिन मा मात्र लास फेला परेको हो मैले नै कपडा हाली दिएको सोही कपडा निजले लगाएकोले सोही कपडाको अधारमा मेरो छोरीको लास भनी चिनेको हुं छोरी गहुं काट्न जांदा रातो छिटको घागरी लगाएकी कालो चोलो र पटुका वाधेकी टाउकोमा रुमाल थियो हातमा चांदिका वाला नाकमा फुली वुलाकि कानमा मुन्द्री र कानमा वाली लवगाएको हो लगाएको गहना थिएन गाउंकै आइमाई धासारीवाट थाहा भयो कालले मरेकी होइन मान्छेले मारेको हो झिगावस्ती पोइल गै भनेकाले शंकापनि निज चक्रे वाहुन माथि र अपारधी पनि त्यही हो भन्ने जाहेरवाला दल वहादुर धामीको वकपत्र ।
२५. उक्त दिन ९ बजेको समयमा प्र. इश्वरी दत्त संग म पनि पानी लीन जांदा निजको खेतमा भेट भएको हो निजहरुले उक्त घटना गरे जस्तो मलाई विश्वास लाग्दैन साजय हुन नपर्ने हो भन्ने प्र. इश्वरी दत्तका साक्षी प्रेम प्रसाद जैसीको वकपत्र ।
२६. ०४६ जेष्ठ २ गते माइत आएकी हो ४ गते ३रमा देखेको हुं ४ गते विहान ६ बजे म चिया पिउन जांदा वाटोमा भेटभएको हो त्यसपछि झुपरीलाई भटन झुपरी के कसरी मरेकी हुन कर्तव्य गरीमरेकी जस्तै थियो योनिमा आसिको बिड घुसाएको थियो लासमा देखेको हुं झुपरी ०४६ जेष्ठ ४ गते अं. ६, ७ बजे विहान गहुं काट्न गोगनधार भन्ने लेखका गएकी रुमालमा रोटि, कानमा जाल, कम्वरमा आसि हाली गएकि मैले देखेको छु त्यसको १ डेड घण्डापछि निजको वैनी खिमा पनि गएकी हो निजले आफ्नी दिदी लाई गहुं काट्ने गाउंमा देखेन चक्र वावनले भर्यौ कि तेरी दिदी काफल खान गएकी छ भनी चक्रेले भन्यो त्यस दिन त्यहां कोही थिएन चक्र प्रसाद र इश्वरी मात्र थियो खिमाले भनेकी हो खिमा घर आएपछि निजले भने पछि हामीहरु गई खोजेका हौं खोज्दा मिलेन १० गते घासारीले ओडारमा गन्ध आउछ यहां हेर भनेका हुन त्यहां हेर्न जांदा लास फेला परेको हो पन्चायतमा जाहेर गर्न दिल वहादुर जाहेर आएको हो वाटोमा डमरे भुलसंग भेट हुंदा कहां जान लागेको भनी सोध्यो तिमि जाहेर नगर एक शब्द वोलेको १० रुपिया लाग्छ चक्रे गुसाईले म संग भनेको छ की झुपरी आफ्नो पोइल झि. गावस्ती गएकि छ भनी भनेकाले त्यसै माथि शंका छ चाल चलन पनि राम्रै नभएको केटी देखेपछि जवरजस्ती पनि गर्न खोज्ने भएकोले तेसै माथी शंका र तिनीहरुले मारेको हुनुपर्छ दल वहादुरले हामीसंग भनेको हुंदा भनेको हुं सर्जमिन हुंदा मैले आज वकपत्र गरे अनुसार लेखाएका हुं तर सर्जमिन मुचुल्कामा किन लेखिएन म अनपढ हुंदा थाहा छैन भन्ने सर्जमिनका देवीलाल धामीको वकपत्र ।
२७. ०४६।२।४ गतेका दिन विहान ६ वजेको समयमा झुपरीको हातमा जाल र आसी थियो १ हातले रोटी खादैं थिइ कहां जान्छस् भन्दा वा म मेरो वावुको रहल गहुं काट्न गोगनधार जान्छु भनेकि थिई झुपरीलाई फर्केका देखेन गोगनधार भन्ने जग्गामा झुपरीको लास देखेको हुं लास रहेको ठाउं देखि १५ हात फरकमा जाल रुमाल थियो आसि सरीरमा घुसाएको थियो ५ हात फरक हरियो चप्पल पनि देखेको हुं चप्पल कस्को हो मलाई थाहा छैन भन्ने सर्जमिनका त्रिमल धामीको वकपत्र ।
२८. प्रतिवादीहरु कहां थिए मलाई थाहा छैन ०४६।२।४ गतेका दिन झुपरी रहल वांकि वांकि गहुं काट्न गोगनधार भन्ने ठाउंमा गहुं काट्न गएकी ठ्ठिइन कति वेलासम्म गहुं काटिन मलाई थाहा छैन फर्केको केही थाहा पाएन मृतकको लास मैले देखेन भन्ने सर्जमिनका हरुवा धामीको वकपत्र ।
२९. ०४६।२।४ गते म विहन चिया पिउन दोधान गएको समय प्र. चक्र प्रसाद आफ्नो वारीमा थियो सोही ठाउंमा भेट भएको हो म चिया खाएर १०.३० बजे फर्केको हुं प्रतिवादीहरुले यो अपराध गरेको नहुंदा निर अपराधीले कसरी सजाय पाउनु पर्ने (सजाय पाउनु पर्ने होइन) चक्र प्रसादको चाल, चलन राम्रै छ साधारण मानिस हो भन्ने प्र. चक्र प्रसादको साक्षी खगेन्द्र प्रसाद जोशीको वकपत्र ।
३०. ०४६।२।४ गतेको दिन म इश्वरी दत्त कै काममा गएको निजको खेतमा थिए इश्वरी र म साथै थियो अन्दाजी ११-१२ वजेको समयमा फर्केको थियो १२ वजे सम्म म साथमा भएकोले निजले सो काम गर्यो होला भन्ने मलाई विश्वास लाग्दैन निजलाई सजाय हुन नपर्ने हो भन्ने प्र. इश्वरीको साक्षी सहदेव जोशीको वकपत्र ।
३१. ०४६।२।४ गतेको विहान ६ वजे झुपरी रहल गहुं काट्न लेक गोगनधार गएकी देखेको हुं कस्ले पो मारी दियो लास देखेको हुं कसरी मारी थाहा छैन भन्ने सर्जमिनका वजीर धामीको वकपत्र ।
३२. ०४६।२।४ गतेको दिन म चक्र प्रसाद कै घरमा आएको हुं सो हुंदा प्र. चक्र प्रसादलाई प्रहरी प्रतिवेदन अनुसार सजाय हुन नपर्ने हो काफली गाउको जमलकट्टे गाउको विच ०३६ सालमा कुला पानी विषयमा झगडा परेको थियो उक्त झगडा यसै अदालतम किनारा भएको छ सोही रिसइवीले प्र. चक्र प्रसाद जोशी उपर पोल गरेको हो भन्ने प्र. चक्र प्रसादका साक्षी प्रेम पति जोशीको वकपत्र ।
३३. ०४६।२।४ गतेको अं. ६ वजे विहान मैले देखेको हुं मृतकको लास ११ गते डोर साथ गएको अवस्थामा देखेको हुं आंखाले देखेको छैन झुपरी कठायत कर्तव्यवाट मरेकि हो कस्को कर्तव्यवाट मरेकि हो भन्न सक्दैन आखांले देखेन गाउं घरमा हो हल्लावाट शंका प्र. इश्वरी प्रसाद, चक्र प्रसाद माथि गर्थे मैलेपनि शंका गरेको हुं म सर्जमिन मुचुल्कामा वसेको हुं जो मैले अहिले लेखाएको छु सोही व्यहोरा सर्जमिन मुचुल्का लेखाएको हुं भनी सर्जमिनका राम वहादुर धामीको वकपत्र ।
३४. ०४६।२।४ गते विहान ६ वजे देखि ११ वजेसम्म म निज इश्वरी कै खेतमा संग संगै काम गरी ३रतिर आएको हौं निज निर अपराधी व्यक्ति हुंदा सजाय हुन पर्ने होइन प्रहरी प्रतिवेदन झुठ्ठा हो काफली गाउको जमलकट्टेहरुको पानी कुला विषयमा मुद्दा परी मिसिल यसै जिल्लामा छ मैले सर्जमिन हुंदा पनि यहि कुरा भनेको थिए के लेखे थाहा छैन मृतक झुपरीको मृत्यु विषयमा मलाई केहि थाहा छैन भन्ने प्र. इश्वरीको साक्षी सिद्ध राज जोशीको वकपत्र ।
३५. उक्त दिन विहान ६ वजे झुपरी गहुं काट्न गएकी थिई वेलुका घरमा आइन प्रतिवादीहरु कहां थिए मलाई थाहा छैन निजहरुको गोठ गोगनधारामा छ मरेको मिति थाहा छैन १० गते लास देखेको हुं कराएको गरी मारेको जस्तो थियो झुपरीलाई के खोज्छौं झुपरी त झिगावस्ती गएकी छ भनी चक्र प्रसादले भन्यो भन्ने गाउंमा हो हल्ला सुनेको हो झुपरीलाई यो यस्ले मार्यो भनी थाहा छैन सर्जमिन व्यहोरा सुनाएन सहि गर भनेकाले सहीछाप गरी दिएको ५ व्यहोरा माथि भने वमोजिम भनेको हुं भन्ने सर्जमिनका परमेल खवासको वकपत्र ।
३६. ०४६।२।४ गतेको विहान पौने ६ वजे म स्कुल जांदा प्र. चक्र प्रसादलाई निजकै घरमा देखेको र ९ वजे हाप टायम मै म चिया पिउन बउंदा पनि निजलाई निजकै घरमा देखेको र स्कूल ११ वजे वन्द भै घर फर्कदा पनि निज चक्. प्रसादलाई निजकै घरमा देखेको हुंदा उक्त दिन प्र. चक्र प्रसादले घटना गर्यो होला भन्ने मलाई लाग्दैन सो हुंदा निजलाई सजाय हुन नपर्ने हो भन्ने प्र. चक्र प्रसाद जोशीको साक्षी नन्दलाल जोशीको वकपत्र ।
३७. मैले केही थाहा पाएन मान्छेले मार्यो भन्थे ०४६ साल जेष्ठ ४ गते मरेको हो ०४६ साल जेष्ठ ४ गते विहान गहुं काट्न लेक गोगनधार गएकी हो गोगनधार भन्ने ठाउं हो म एक्लै गहुं काट्न गएकी थिएं गोगनधार गहुं काट्ने ठाउंमा मेरो र दिदी झुपरीको भेट भएर गहुं काट्ने ठाउंवाट म एक्लै वेलुकि फर्केको हो मारेको मैले देखेन चक्र इश्वर आफ्नो गोठ गड्यानमा फर्कदा देखेको हुं टाढावाट देखेको मध्यान दिनमा हो चक्रेले मसंग नल मागेको हो गोगनधार हो म गहुं काट्ने ठाउंमा पुगेपछि मैले दिदीलाई डाको लाए चक्रेले तेरी दिदी काफलखान गएकी छ भनी भन्यो त्यहां इश्वरी पनि थियो ति दुई जगगामा वरपर गरी रहेका थिए प्रतिवादीहरुको जग्गाको नलतिर नजिक लास रहेको ठाउं थियो म गहुं काटी रहेको ठाउं र प्रतिवादीहरु घुमिरहेको ठाउंको विचमा खोला भै वारी पारी नजिक छ । प्रतिवादीहरु घुमिरहेको समय अं. दोपहरको समय थियो निजहरु वेलुका सम्म घुमि रहेका थिए म घरमा आई हाले चक्र प्रसादले तिम्रा दिदी काफल खान गएको छ भनी भनेको कुरा मैले कसैलाई भनेन दिदीको लास रहेको ठाउं र गहुं काट्न लागेको खेत टाढा पर्छ भन्ने प्रहरीमा कागज गर्ने खिमली धामीको वकपत्र ।
३८. झुपरी मेरो छोरी हो निजको विवाह लोलि गाउंमा भएको हो २ गते जेष्ठमा आएकि हो ०४६।२।४ गते विहानै रोटी जाल आसी वरो दि गहुं काट्न गोगनधार भन्ने ठाउंमा पठाएको हो एक्लै गएकी हो अर्की छोरी भैंसी हेरी आए पछि चाडै गहुं काटी आउनु भनी पठाएको हो झुपरी गहुं काट्न जांदा रातो गावन कालो सेतो पछेउरा रातो रुमाल हातमा वाला नाकमा फुली मुन्द्री घाटीमा जोडी कान मा वाली थिए खुट्टा खाली थिए उक्त ४ गते झुपरी घर फर्केन दोश्रो छोरीले दिदी यहां छैन भनी डाको लगाएको हो ऐ. ७ गतेका दिन घसारीले गोगनधारमा गन्ध आउछ भने उक्त ठाउंमा मलाई जान दिएनन् मानिसले मार्यो भनी गाउंका दाजुभाई भन्दथे मैले देखेन देखाएको समान झुपरीले लगेको समान हो चप्पल चक्रेको खुट्टामा ठिक भो भनी सुनेको मैले देखेन मैले माथि उल्लेख गरे अनुसार जाल रोटी दि गहुं काट्न पठाएको हुं भनी प्रहरीमा कागज गरेको हु भन्ने प्रहरीमा कागज गर्ने राइमती धामीको वकपत्र ।
३९. ०४६।२।४ गतेको दिन म आफ्ना भैंसी चराउन गोगनधारमा थिए झुपरी लाई मैले देखेन दिउसो चक्र प्रसाद इश्वरी आफ्नो जग्गामा घुम्न लागेको देखेको हुं गहुं काट्ने ठाउं र प्रतिवादीहरु घुमिरहेको ठाउं वारी पारी हो झुपरी अहिले जिवित छैन मार्यौ भन्ने हल्ला सुनेको र अरु मलाई थाहा छैन भन्ने प्रहरीमा कागज गर्ने कमली धामीको वकपत्र ।
४०. गते वार थाहा छैन मैना जेष्ठ हो म भैसी चराउन लागेको वेलामा टाढावाट चक्र प्रसाद इश्वरी लाई गोगनधारमा घुम्न लागेको देखेको हुं मैले प्रहरीमा कागज गर्दा चक्र र इश्वरी घुमेको मैले आफ्नो आंखाले देखेको हुं भनी भनेका हुं भन्ने प्रहरीमा कागज गर्ने गच्छी खवासको वकपत्र ।
४१. ४ गते विहान ६ वजे साढे ६ बजे वाकि रहेको गहुं काट्न गोगनधार गएको हो झुपरीको वैनी खिमली ७-३० बजे गएकी दिदी छैन घर आयोकि वा भनी वोलाएको मैले पनि सुनेको हुं सो दिन खोज तलास गर्न गएन ऐ. ५ गते देखी खोजी गर्दा ऐ. १० गते लास फेला परेको हो झुपरी मानिस द्वारा मारिएकी हो चक्र प्रसाद इश्वरीमा शंका लाग्छ चक्र प्रसादले झुपरी झिगावस्तीमा पोइल गयो भनी डम्वर भललाई भनेको सो कुरा गाउंको वहादुर धामी टिका धामीले डम्वर भुलवाट थाहा पाई गाउ घरमा भनेको हुंदा मैले सुनेको हुं भन्ने सर्जमिन का चेतसिं धामीको वकपत्र ।
४२. मैले सर्जमिनमा ०४६।२।४ गते झुपरी वेहान गहुं काट्न गएकी मैले देखेको हुं ऐ. १० गते डोर जांदा लास देखेको हुं झुपरी वेलुकि फर्किन मानिस द्वारा मारिएकी हो मार्ने को हो भनी लेखाएको हुं झुपरी झिगावस्ती पोइल गै भन्ने कुरा डमरे भुलले वहादुर धामीलाई भनेकोले त्यही आधारमा मलाई पूर्ण बिश्वास लाग्छ मैले भनेको हुं राम्री केटी देखे आखा मार्न जवरजस्ती गर्ने त्यसै आधारवाट भनेको हो अरु मलाई थाहा छैन भन्ने सर्जमिनका गा.स.स. टिका राम धामीको वकपत्र ।
४३. झुपरी कठायत कर्तव्य अकर्तव्य के भै मरी मलाई थाहा छैन डोर गएपछि मार्यौं भनी सुनको हो अरु थाहा छैन भन्ने सर्जमिनका रुद्र प्रसाद जोशीको वकपत्र ।
४४. प्रतिवादीहरुले प्रहरी प्रतिवेदनको मागदावी वमोजिम कसुर गरेको देखिंदा प्रतिवादीहरुलाई ज्यान सम्बन्धी महलको १३ (३) वमोजिम जन्मकैद हुने ठहर्छ । चोरीको महलको कुन दफा अन्तर्गतको माग हो सो खुलाउन वादी पक्षले नसकेका हुंदा चोरीको विगो भराउन तर्फ वादीको दावी पुग्न सक्ने देखिंदैन भन्ने समेत मिति २०४७।१।५ को शुरु डोटी जिल्ला अदालतमा फैसला ।
४५. अदालतमा आई वकपत्र गर्ने मानिसहरुको वकपत्र लाई प्रमाणस्वरुप मानी निजहरुको वकपत्रलाई मनन् चिन्तन नगरी ठाडै आत्मनिष्ठ रुपमा फैसला गरेको छ । दसीको रुपमा लिइएको चप्पल पनि प्रतिवादी मध्येको हो भन्ने कुरा कुनै स्वतन्त्र प्रमाणवाट पुष्टि हुन नआएको अवस्थामा पनि सो प्रमाणमा लिई फैसला भए गरेको छ त्यस्तै जाहेरी पनि किटानी नभएको यस्तो अवस्थामा शुरु डोटी जिल्ला अदालतले फौज्दारी न्यायको सिद्धान्त बिपरित आत्मनिष्ठ तर्कको आधारमा भए गरेको शुरु डो६ जिल्ला अदालतको त्रुटिपूर्ण फैसला वदर गरी आरोपित कसुरवाट सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी चक्र प्रसाद जोशी र इश्वरी दत्त जैसीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
४६. मृतक झुपरीको गहना चोरी तर्फ मात्र यो दावी लिइएको छ । चोरीको कुन दफा वमोजिम दावी लिइएको हो भन्ने सम्वन्धमा अदालतले सोध्न पर्नेमा सो नगरी वादी दावी पुग्न सक्तैन भन्ने डोटी जिल्ला अदालतको फैसला सम्म चित्त नबुझी पुनरावेदन गरेको छ शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय गरी पाउं भन्ने समेत वादी श्री ५ को सरकार तर्फवाट परेको पुनरावेदन पत्र ।
४७. वरामती मुचुल्कामा वस्ने टिकाराम जोशी टिकाराम धामी दिप सिं धामी र सो काम तामेल गर्ने प्र.स.नि. जगन्नाथ खनाल प्र. ज. कर्ण वहादुर चन्दले गरेको वकपत्र मिसिल सामेल रहेको ।
४८. पुनरावेदक प्रतिवादीहरु चक्र प्रसाद जोशी तथा एश्वरी दत्त जैसीले ठोस सवुद प्रमाणको अभावमा शंका शंकाको भरमा प्रहरीमा भएको सावितीलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरको र प्रतिवादीहरुले अदालतवाट आई इन्कारी वयान गरेको र दशी भनी वरामद भएको भनिएको चांदीको वाला प्रतिवादीहरुको रोहवारमा वरामद भएको नदेखिएको अवस्थामा निजहरुले प्रहरि प्रतिवेदन दावी अनुसार मृतक झुपरी कठायतलाई कर्तव्य गरी ज्यान सम्वन्धीको १३(३) नं. अनुसारको कसुर गरेको सम्म ठहर्दैन सो ठहराउको सम्म शुरु जिल्ला अदालतको इन्साफ मनासिव नहुंदा केही उल्टी हुने ठहर्छ । कर्तव्य गरेको नै ठहर नभएपछि चोरी गरेको ठहर भै विगो भराउनु पर्ने स्थिति नै नआउने हुंदा सो नभराउने ठहराएको शुरु डोटी जिल्ला अदालतको इन्साफ सम्म मनासिव ठहर्छ । शुरुले चोरी नठहराई विगो नभराउने गरेको इन्साफ सम्म सहयोगी न्यायाधीश ज्यू संग सहमत भै शुरु डोटी जिल्ला अदालतले प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १३(३) नं. अनुसार जन्मकैद गर्ने गरी गरेको शुरु फैसला सदर गर्ने गरेको सहयोगी न्यायाधीश ज्यूको रायसंग मेरो सहमती नहुंदा प्रस्तुत मुद्दा पुनरावेदन अदालत नियमावली, २०४८ को दफा ११ अनुसारको इजलासमा पेश गर्नु भन्ने समेतको पुनरावेदन अदालतका माननीय न्यायाधीश श्री चन्द्र प्रसाद पराजुली ज्यूको मिति २०५०।३।३।१ को राय ।
४९. प्रतिवादी द्वय चक्र प्रसाद जोशी र इश्वरी दत्त जैसी मिति २०४६।२।४ का दिन दिउसो गोगनधार मा रहे भएको कुरा मृतककी वहिनी खिमली धामी गच्छी खवास र कमली धामीको कागजवाट पुष्टि भएको लाश निर चप्पल फेला पारेको भन्ने कुराको त्रिमल धामीको कागजवाट समर्थन भएको छ भने रायमती धामीको कागजवाट उक्त चप्पल प्र. चक्र प्रसाद जोशीको हो भनी समर्थन भैरहेको मृतक झुपरीले लगाएको चादीको वाला प्रतिवादीले देखाएको ठाउवाट बरामद भएको हो भनी टिकाराम भामी तालुकदार दिप सिंह धामीको कागजवाट किटान भैरहेको वारमद भएका कुरामा दुई मत नभएको उक्त चादीको वाला वरामद हुंदा प्रतिवादीहरुको रोहवरमा र्निहरुले देखाएको ठाउवाट नै वरामद हुनु लास जांच प्रकृति मुचुल्का पोष्ट मार्टम रिपोर्ट समेतमा उल्लेखित प्रमाणवाट प्रतिवादीहरुले प्रहरीमा गरेको कागजलाई समर्थन भएकोले प्रतिवादीहरुले नै मृतक झुपरीलाई कर्तव्य गरी मारेको देखियो यी प्रतिवादी चक्र प्रसाद जोशी समेतको पुनरावेदनको हकमा डोटी जिल्ला अदालतले प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम जन्मकैद गर्ने गरी ठहराएको इन्साफ मुनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदनको हकमा शुरु डोटी जिल्ला अदालतले प्रहरी प्रतिवेदन माग दावी वमोजिम ठहर नगरी गरेको इन्साफमा माननीय न्यायाधीश श्री चन्द्र प्रसाद पराजुलीज्यूको रायमा सहमत हुन नसकेकोले प्रस्तुत मुद्दा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ११ वमोजिम इजलासमा पेश गर्नु भन्ने समेतको पुनावेदन अदालतका माननीय न्यायाधीश श्री वुद्धिकान्त मैनाली ज्यूको मिति २०५०।२।३।१ को राय ।
५०. प्रतिवादीहरुले प्रहरी समक्ष सावित भै वयान गरेको र सो साविती वयानमा लास जांच मुचुल्कामा उल्लेखित विवरण र प्र. चक्र प्रसादको चप्पल छुटेको कुरा तथा मृतकको गहनाहरु प्रतिवादीहरुलाई प्र. इश्वरीदत्तको घर नजिक गाडेको कुरालाई स्वीकार गरेको देखिन्छ । प्रतिवादीको चप्पल र गहना गाडेको कुरालाई वरामदी मुचुल्काले पुष्टि गरेको छ यस्तो अवस्थामा प्रतिवादीहरुको अदालतको इन्कारी वयान भन्दा अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने नै देखिं शुरु डोटी जिल्ला अदालतको प्र. इश्वरी दत्त जैसी र प्र. चक्र प्रसाद जोशीलाई ज्यान सम्बन्धीको महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहराएको इन्साफलाई सदर गरेको पुनरावेदन अदालत दिपायलको मिति २०५२।८।११ को फैसला ।
५१. मृतकको भनिएको वालाको वरामदी मुचुल्का शंकास्पद छ । जाहेरवालाले अदालतमा वकपत्र गर्दा वाला २१ वा २२ गते मिलेको र प्रहरीले इश्वरी दत्तको पाखो जग्गामा वाला मिल्यो भनी भनेको भन्ने कुरा उल्लेख गरेका छन भने रोहवरमा रहेका टिकाराम जोशी समेतले वाला ववरामद हुंदा अभियुक्तहरु त्यांहा थिएनन्, भनी वकपत्र गरेका छन् । त्यस्तो परस्पर विरोधाभाष एवं शंकास्पद वाला वरामदी मुचुल्का भएको अवस्थाले हाम्रो सावितीलाई पुष्टि गर्न सकेको छैन । वाला मृतकको नै हो भन्ने ठोस सवुद प्रमाण वादीले गुजार्न सकेको छैन । दसिको रुपमा वरामद भएको चप्पललाई म चक्र प्रसादको नै हो भन्ने ठोस सवुद छैन । जाहेरी नै शंकाको भरमा गरिएको छ । पुनरावेदन अदालत डोटीको त्रुटिपूर्ण फैसला वदर वातील गरी आरोपित कसुरवाट सपाई पाउं भन्ने समेतको चन्द्र प्रसाद जोशी र इश्वरीदत्त जैसीको यस अदालतमा परेको पुनरावेदन ।
५२. यसमा २०४६।२।११ गते दल वहादुर धामीले दिएको जाहेरी दरखास्तमा प्रतिवादीहरु उपर शंकासम्म पनि नदेखाएको निजले नै ऐ. २३ गते हुलाकद्वारा दिएको निवेदनमा चक्र प्रसाद जोशी र ईश्वरी दत्त जैसी समेतले नै मेरी छोरीलाई कुनियतवाट पक्रि अवैध सम्बन्धको साथै गाउं घरमा होहल्ला हुन्छ भनी ठानी मारेको भन्दै अनुमान, अडकल र पूर्व क्रियाकलापलाई आधार वनाउको देखिन्छ । यस अवस्थामा पुनरावेदन अदालत दिपायल डोटीको मिति २०५२।८।११ को फैसलामा शंकारहित आधार प्रमाण वेगर कसूरदार ठहराएको, मिलेको नदेखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. वमोजिम वादी श्री ५ को सरकारलाई झिकाउनु । जाहेरवालालाई, पेशीको मिति तोकी कानून व्यवसायीद्वारा वहस गराउन चाहेमा कानून व्यवसायीद्वारा प्रतिनिधित्व गर्न पाउने कुराको जनाउ समेत दिनु भन्ने समेतको यस अदालको मिति २०५३।११।२७ को आदेश ।
५३. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता द्वाय शम्भु थापा र कृष्ण प्रसाद सापकोटाले एउटा वयस्क केटीलाई १५-२० मिनेट सम्म जवरजस्तीसंग बोकी लगेर करणी गरेको भए बोकेर लैंजादाको अवस्थामा मृतकले प्रतिरोध गरेको हुनुपेर्ने थियो सो देखिएको छैन । मृतकलाई मारेर ओडारसम्म लाश लुकाउन लैजांदा बाटोमा रगतको थोपा चुहिएको हुनुपर्ने सो छैन । लास लुकाएको ठाउंमा रगतको थोपासम्म पनि नदेखिएबाट प्रहरीमा भएको सावितीको पुष्टि भएको छैन । वालाको वरामदी मुचुल्कामा मिति सच्याइएको छ । वरामदी मुचुल्का २९ गतेको छ तर जाहेरवालाले अदालतमा आई वकपत्र गर्दा २३ गते अगाडि नै भेट्याएको भनी भनेका छन् । लास भउको कपडामा रगतको थोपा पनि छैन । मृतकले हंसिया, रोटी, जाल वोकेर गएकी थिई सो निजलाई जवरजस्ती करणी गर्नको लागि बोकेर लांदा खस्नुपर्ने त्यस्तो भएको छैन । दुई प्रतिवादीहरुको साविती वयान हु वहु एउटै छ जुन हुन सक्दैन । पुनरावेदन अदालत दिपायलको त्रुटिपूर्ण फैसला वदर गरी सफाई पाउं भनी र बिपक्षी वादी श्री ५ को सरकारकको तर्फवाट उपस्थित विद्वान सरकारी अधिवक्ता चेतनाथ घिमिरेले चप्पल प्रतिवादीले मेरो हो भनी सनाखत गरेका छन् । वालाको वरामदी मुचुल्काको मितिमा गते सम्म सच्याइएता पनि वार सच्चाइएको छैन । रिसइवीवाट पोल गरेको भए ११ गतेकै जाहेरी दर्खास्तमा पोल हुनुपर्दथ्यो । अभियुक्तको चरित्र नराम्रो थियो भन्ने कुरा कित्थी भुलेनीको कागज समेतवाट देखिन्छ पुनरावेदन अदालत दिपायलको फैसला सदर गरी पाउं भनी वहस प्रस्तुत गर्नु भयो ।
५४. मिसिल अध्ययन गरी पुनरावेदक र विपक्षी तर्फवाट उपस्थित विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस समेत सुनी पुनरावेदन अदालत दिपायलको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भई निर्णय तर्फ बिचार गर्दा यसमा मृतक झुपरी कठायतको मृत्यु आत्महत्या वा भवितव्यवाट भएको नभै कर्तव्यवाटै भएको भन्ने कुरामा कुनै शंका रहेको देखिएन । जाहेरी दरखासत्मा चक्र प्रसाद जोशी र इश्वरी दत्त जैसीले नै कर्तव्य गरेका हुं भन्ने किटानी भएकोले सो मुताविक निजहरुले नै सो कर्तव्य गरेका हुन होइनन् भन्ने तर्फ नै मुख्य रुपले बिचार गरी हेर्नुपर्ने हुन आएको छ । यी दुवै प्रतिवादीहरुले मृतक झुपरीलाई गोगनधारको जंगलको वाटोमा फैला पारी निजसंग जवरजस्ती करणी गरी पछि मृतकले गाली गलौज र कुटपीट समेत गर्न लाग्दा निजैको हातमा भएको हसिया खोसी सो हसिंयाले निजको टाउको कन्चटमा हान्दा भुईमा लडी मरेकीमा निजको लासलाई त्यहां लुकाई राखी पछि सोही दिन बेलुका ८-९ वजेतिर सो ठाउंवाट ओडार भित्र लगी छोडि आएको भन्ने साविती वयान कागज गरी दिएको देखियो । पछि अदालतमा वयान गर्दा भने आफूहरुले झुपरीलाई कर्तव्य गरेको होइन भनी इन्कार गरेको देखियो । अव प्रस्तुत मुद्दामा मूलतः निजहरुको मौकाको सो साविती अन्य स्वतन्त्र प्रमाणहरुवाट समर्थित भए नभए के हो भन्ने तर्फ हेर्दा पनि मिसिल संलग्न लास जांच मुचुल्कामा लासको टाउकोमा चोट भएको, मृतकको देब्रे हातको चोर ला काटिएको योनीमा हसियाको बिंड घुसाएको भन्ने उल्लेख भएको देखिन्छ र त्यस्तै शब परीक्षण प्रतिवेदनमा पनि मृत्युको कारण टाउकोको चोट भन्ने उल्लेख भएको पाइन्छ । मृतक झुपरीले लगाएको चांदीको वाला समेत प्रतिवादी इश्वरी दत्त जैसीको गोठ पछाडिको खाडलमा लुकाएको अवस्थामा भेटिएको र सो को सनाखत समेत प्रतिवादीहरुवाट भएको देखिन्छ त्यस्तै लास निर भेटिएको एउटा चप्पल प्रतिवादी चक्र प्रसाद जोशीको हो भन्ने राइमती धामीका वकपत्र समेतवाट पुष्टी भएको देखिन्छ । मृतक झुपरी कठायतनी गहुं काट्न भनी हसिंया लिई गएकोमा निजलाई खोज्दै हिंडेको निजकै वहिनी खिमली धामीले प्रतिवादी चक्र प्रसादलाई गहुं खेतमा भेटी दिदीलाई देख्यौ भनी सोधेकीमा तेरी दिदी काफल खान गएकी छ भनी जवाफ दिएको भन्ने निजले गरेको वकपत्रवाट देखिने समेत भएवाट वारदातको दिन सो ठाउंमा निज भए रहवेको पुष्टी हुन आउट । यी सवै तथ्यहरुवाट वारदातमा यी प्रतिवादीहरुको संलग्नता रहेको स्पष्ट देखिन आएको छ । प्रतिवादीहरुले मृतकलाई त्यसरी कर्तव्य गरी मार्नु पर्ने अवस्थाको सम्बन्धमा हेर्दा यी प्रतिवादीहरु दुवै जनाले झुपरीलाई जंगल जाने एकान्त बाटोमा फेला पारी जवरजस्ती करणी गरेका र मृतक झुपरीले गाली गलौज आदि गर्दा निजले पछि गाउं घरमा सो कुराको हल्ला गरि दिन्छे भन्ने डरले निजको हातको हसिया खोसी झुपरीको टाउको कन्चटमा हन्दा निज झुपरीको मृत्यु भएको देखिन आउंछ । पछि हत्याको पोल सबै खुल्न जाला भन्ने डरले जंगलको ओडारमा लगी लुकाएको समेत देखिन्छ । अतः करणीकै जरियावाट झुपरीको प्रतिवादीहरुले हत्या गरेको भन्ने मुद्दाको सम्पूर्ण तथ्यवाट पुष्टी भएको देखिन्छ । मौकाको सावितीलाई प्रहरीले नै त्यस्तो साविती व्यहोरा लेखी सहि गराएको भन्ने प्रतिवादीहरुले जिकिर लिएकोमा पनि आफूहरुले सो साविती कागजमा सहि गरेको कार्यलाई स्वीकार गरेकै देखिन्छ । प्रहरीले निजहरुको इच्छा विरुद्ध वा जवरजस्तीसंग कुटपिट गरी गरी गरिएको भन्ने सम्बन्धमा सो कुराको तथ्ययुक्त प्रमाण निज प्रतिवादीवाट पेश गर्न सकेको पनि देखिदैन । यस प्रकार यी सबै तथ्य एवं प्रमाणहरुवाट झुपरीको हत्यमा यी दुई जना प्रतिवादीहरुको पूर्ण संलग्नता रहेको कुरा स्पष्ट देखिन आएवाट निजहरुको अदालतमा भएको इन्कारी वयनको आधारमा मात्र निजहरु निर्दोष रहेछन् भन्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा देखिन आएन । केवल परिस्थितिजन्य प्रमाणहरुलाई आधार लिई प्रतिवादीहरुलाई कसुरदार ठहराइएको छ, तथ्यगत रुपमा प्रतिवादीहरु दोषी हुन भन्ने प्रमाणित हुंदैन, अपराधसंग जोड्न मात्र प्रहरीमा सावित गराइएको छ भन्ने समेत पुनरावेदक तर्फका विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस जिकिरसंग यो इजलास सहमत हुन सकेन । अतः प्रतिवादीहरुले जंगलको वाटो जस्तो एकान्त ठाउंमा संयोग पारी दुई दुई जना प्रतिवादीहरु भई झुपरीले प्रतिकार गर्दा गर्दै अनुचित तवरले करणी गरी पछि हत्या गरी उल्टो मृतकले नै आफ्नो यौन तृप्ति गर्नका लागि आफै हंसियाको विड योनीमा ३साएकी भन्ने वास्तविक आफ्नो अपराधलाई ढाक छोप पारी अरुलाई भ्रम पार्न खोज्ने कुकार्य समेत यी प्रतिवादीहरुवाट भएको हुदा यी यावत पाशविक कृयावाट निजहरुले गरेको अपराधको गंभिर्यता अझ तिव्र देखिन आएको छ । अतः प्रतिवादीहरु दुवै जनालाई प्रहरी प्रतिवेदन दावी वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहराएको पुनरावेदन जिकिर पुग्न सक्दैन । अ.वं. १८८ नं. बमोजिम बिचार रहिरहन परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ----------१
उक्त रायमा म सहमत छु ।
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
इति सम्बत् २०५४ साल आश्विन १ गते रोज ४ शुभम् ---------