निर्णय नं. ६५१५ - चोरी

निर्णय नं. ६५१५ २०५५, ने.का.प. अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
संवत् २०५२ सालको फौ. पु .नं. -१२४३
फैसला मितिः- २०५४।१०।७।३
मुद्दाः- चोरी ।
निवेदक/ वादीः नरवहादुर साउदको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ४ चौराहा वजार वस्ने उक्त वहादुर वि.के. ।
§ प्रतिवादीले किनेको सामानमा १५ प्रतिशत भन्दा वढी मुनाफा हुने गरी खरीद गरेको सवूद ठोस प्रमाण दाखिल पेश गर्न वादीले सकेको नहुंदा यस्मा पुनरावेदन अदालतबाट प्रतिवादी उक्त बहादुर वि.के. ले चोरीको सामान जानी जानी सयकडा १५ प्रतिशत भन्दा वढी नाफा हुने गरी खरिद गरि लिएको भन्ने नदेखिंदा दावी पुग्न नसक्ने गरी शुरु जि.अ. को उल्टी हुने गरी गरेको इन्साफ मनासिव हुंदा सदर हुने ।
(प्र.नं. १९)
पुनरावेदक वादी तर्फबाटः-
प्रत्यर्थी प्रतिवादी तर्फबाटः-
अवलम्वित नजिरः-
फैसला
न्या. अरविन्दनाथ आचार्यः यसमा पुनरावेदन अदालत डोटीको मिति ०५१।७।१२ को फैसला उपर चित्त नबुझी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं तथ्य यस प्रकार छः-
२. डडेल्धुरा सहससिंग गा.वि.स. वा.नं. ५ मडार गाउंमा सकाम साउदको घरमा खेलवाल देवताको देउरो रहि आएकोमा यहि २०४९ साल भाद्र १२ गते सकाम साउदको छोरा धर्मसिंह साउद हाम्रो गाउंमा आई भाई हो हाम्रो केलपातमाण्डौको देउरो चोरियो भन्दा १ (डेढकिलो) चांदीको देउरो र छडी लाल वहादुर साउदले चोरेकोमा शंका लाग्छ भनेकोले निज लाल वहादुर साउदलाई गाउंमा वोलाई सोधपुछ गर्दा निजले ९५ तोला चांदी वग्गु सुनार संग विक्री गरेको हु भनी सावित भएकोले उक्त डेढ के.जि. चांदिको १२७।५० तोला १ तोला रु.१२०।- को दरले जम्मा विगो रु.१५३००।- निज दुवै जनालाई पक्राउ गरी आवश्यक कारवाही गरी पाउं भन्ने समते व्यहोराको मित २०४९।५।१७ मा नरवहादुर साउदले दिएको जाहेरी दरखास्त ।
३. यसै जेष्ठ २३ गतेका दिन मेरो पैतृक घर भडारगाउंमा कैलपाल देवताको मण्डार रहने गरेको सो भण्डारवाट ९५ तोला चांदीको छडी र डोलावान २ एक्लैले चोरी गरेको ठिक सांचो हो उक्त चोरी गरेको चांदी काडेगाउं वस्ने वग्गु सुनारलाई प्रति तोला रु.७०।- का दरले चोरी गरी ल्याएको हो भनी बताई विक्री गरी रु.३,०००।- पटक पटक गरी लिईसकेको छ भन्ने समेत व्यहोराको लाल वहादुर साउदको वयान कागज ।
४. २०४९ साल जेष्ठ महिनाको अन्तिमतिर कुच्याइएका चांदीका ३।४ ठूला ३४४ साना पाता टुक्रा जम्मा ९५ तोला लाल वहादुर साउदवाट र७०।- रु. प्रति तोलाका दरले खरिद गरेको हुं सो खखत असली चांदीको रु.१२०।- र कुटुवा चांदीको रु.१००।- प्रतितोला सम्म भाउ थियो हाल पनि सोही भाउ छ यस्तो सस्तो पाएकोले किनेको हुं मैले उक्त चांदी मध्ये ८० तोला चांदी लक्ष्मी सुन चांदी पसल धनगढीमा ९५।- प्रति तोलाका दरले र १५ तोला चांदी रु.१००।- प्रति तोलाका दरले डडेल्धुरा अजयमेरु गा.वि.स. तिरुवा गाउं वस्ने जय राम तिरुवालाई विक्री गरी सकेको हुं भन्ने समेत व्यहोराको वग्गु सुनारको वयान ।
५. लाल वहादुर साउद मेरो सहोदर भाई हुन कैलपाल देउताको भण्डार मेरो घरमा राख्ने गरेको छ । २०४९ भाद्र १२ गते भण्डार सफा गर्नलाग्दा देउताको देउरो र छडी चोरी भएको थाहा पाई गाउंलेहरुलाई आफ्नो भाई लाल वहादुर माथि शंका लाग्छ भनी वताएको हुं अं. डेडकिलो चांदी चोरी भएको हो सो देउताको भण्डारे म नै हु भन्ने व्यहोराको मिति २०४९।५।२७ मा धन वहादुर साउदले गरी दिएको कागज ।
६. कैलपाल देउताको भण्डार धन बहादुर साउदको घरमा रहन्छ सो भण्डारवाट डेडकिलो चांदीको देउरो र छडी चोरी भएको कुरा भाद्र १२ गते थाहा भयो । धन वहादुर साउदकै भाई लाल वहादुर साउदले उक्त चांदी चोरी गरेको हो भन्ने समेत व्यहोराको कागज करिव एकै किसिमको करन सिं रावल समेतका जना ७ ले मिति २०४९।५।२७ मा गरी दिएको सर्जमिन मुचुल्का ।
७. मेरो छोरा जयराज तिरुवालाई वग्गु सुनारले चांदीको १५ तोलाको रु. १५००।- मा बेचेको ३ टुक्रा बेचेकोले सो टुक्रालाई गलाएर आफ्नै गाउंको बेताल देवताको धामीको लागि सोचांदीको वाला थान १ वनाएको हाल उक्त चांदी चोरीको हो भन्दा थाहा पाई मेरो छोरा जयराज तिरुवा मदेश तर्फ गएकोले सो चांदीको पौने पन्द्रतोलाको वाला यसै प्रतिवेदन साथ दाखिल गरेको छुं भन्ने समेत व्यहोराको मिति २०४९।५।२८ मा लालतिरुवाको निवेदन ।
८. बग्गु सुनारवाट यसै साल जेष्ठ महिना तिर पाता चांदी कुच्याएको जस्ता ८० तोला चांदी ९५ रु. प्रतितोलाका दरले किनेको छुं चोरीको हो भन्ने थाहा थिएन उक्त चांदी सोही दिन ९७।- रु. प्रति तोलाका दरले बिक्री गरी सकेको छुं मैले चोरी भनेर वा जान्ने अवस्था परेर किनेको छैन भन्ने समेतको व्यहोराको मिति २०४९।५।२९ मा उक्त वहादुर वि.के. ले गरेको वयान ।
९. जिल्ला डडेल्धुरा सहसलिंग गा.वि.स. वा.नं. ५ मडरा गाउंमा धन वहादुर साउदको घरमा रहेको कैलपाल देउताको भंडारवाट चांदी चोरी भएको कुरा जाहेरी दरखास्त सर्जमिन मुचुल्का प्रतिवादीहरुको वयान धन वहादुर साउदको कागजवाट समेत निर्विवाद देखिन्छ । के के कति चांदी चोरी भएको हो भन्ने सम्वन्धमा विचार गर्दा प्रतिवादी लाल वहादुर साउदले ९५ तोला मात्र चोरी गरेको कुरा आफ्नो वयानमा उल्लेख गरेको भएतापनि जाहेरी दरखास्त सर्जमिन मुचुल्कामा समेत १.१/२ किलो (१२७।५०) तोला चांदी चोरी गरेको हो भनी उल्लेख भएको उक्त चोरीको चांदी कसैको व्यक्तिगत नभै कैलपाल देउताको भण्डार भएकोले चोरी भएको भन्दा बढी परिणाम देखाउनु पर्ने अवस्था नरहेको साथै भण्डारे स्वयं सो गाउंका सर्जमिन वकिदिने सम्पूर्ण मानिस समेतले १.१/२ किलो १२७।५० तोला हुन आउंछ भनी उल्लेख गरेवाट १.१/२ किलो चांदी चोरी भएको स्पष्ठ हुन आउंछ । कैलपाल देउताको भण्डारवाट उक्त किलो १.१/२ चांदीको छडी र डोला (देउरो) को कस्ले चोरी गरेको हो भन्ने तर्फ विचार गर्दा जाहेरी दरखास्त सर्जमिन मुचुल्का भण्डारे धन वहादुर साउद समेतको स्पष्ठ भनाइवाट र प्रतिवादी लाल वहादुर साउंदले सो चांदी चोरी गरेकोमा सावित भै वयान गरेकाले कैलपाल देउताको चांदी जम्मा १२७।५० तोला प्रतिवादी लाल वहादुर साउदले चोरी गरेको कुरा स्पष्ट देखिन आउंछ । साथै निज प्रतिवादी लाल वहादुर साउदको वयान वमोजिम निजले चोरी गरेको चांदी वग्गुसुनारलाई विक्री गरेको कुरा वग्गु सुसारले आफुले कुच्याएका अजयमेरु गा.वि.स. अन्तर्गत तिरुवा गाउं वस्ने जयराज तिरुवा संग रु.१००।- प्रतितोलाका दरले विक्री गरेको हुं । सो चांदी निज तिरुवावाट प्रहरीले वरामद गरी ल्याएका हुन उक्त चांदी चोरीको हो भनी थाहा पाएको थिइएन भन्ने समेत व्यहोराको मिति २०४९।५।३० गते प्रतिवादी वग्गु सुनारले गरी दिएको वयान ।
१२. मैले प्रतिवादी वग्गु सुनारवाट ८० तोला चांदी १ तोलाको रु. ९५ का दरले किनेको हुं । सो चांदी जेष्ठ अन्तिम तिर हो वा ०४९ साल असार लाग्दैमा किनेको हुं एकिन थाहा छैन । किनेकै दिन नचिनेका व्यापारीहरुलाई १ तोलाको रु. ९७।- का दरले जम्मा तोला चांदी ८० विक्री गरी दिएको हुं । चोरीको माल हो भनी जानेको भए किन्ने पनि थिएन । नजानी कन किनेको हुं भन्ने समेत व्यहोराको प्रतिवादी उक्त वहादुर वि.के.ले ०४९।६।२९ गते अदालतमा गरेको वयान ।
१३. प्र. लाल वहादुर साउदले कैलपाल देवताको चांदीको छडी डोलाको हुने चांदी ९५ तोला मात्र चोरी गरेको ठहर्छ । अर्का प्र. वग्गु सुनारले चोरीको चांदी किनेकोमा सावित भै वयान गरेको देखिन आएकोले चोरीको २३ नं. को कसुर गरेको देखिन आई विगो वमोजिम जरिवाना हुने ठहर्छ । अर्का प्र. उक्त वहादुर वि.के.ले खरिद गर्ने प्र. वग्गु सुनारवाट खरिद गरेको हुं भनी सावित वयान गरेको १५ प्रतिशत भन्दा बढी मुनाफा हुने गरी चोरीको चांदी खरिद गरेकोवाट पहिला पटक विगो वमोजिम जरिवाना हुने ठहर्छ भन्ने समेत २०४९।१२।४ को शुरु डडेल्धुरा जि.अ.को फैसला ।
१४. प्र. वग्गु सुनारले चोरीको चांदीको भनी भनेको होइन शुरुमा मुद्दा लाग्दा चोरीको २४ नं. म उपर आकृष्ट नहुने मैले खरिद गर्दा १५ प्रतिशत भन्दा बढी मुनाफा नखाएको विवाद संग सम्वद्ध प्रमाणहरुको उपेक्षा गरी गलत प्रमाण एवं तर्क लगाई मलाई हराएको शुरु फैसला गैर कानूनी हुंदा वदर गरी सफाइ पाउं भन्ने समेत प्रतिवादी उक्त वहादुर वि.को.पु.वे.अ. को पुनरावेदन पत्र ।
१५. प्रतिवादीले १५% भन्दा वढि मुनाफा हुने गरी खरिद गरेको भन्ने कुराको तथ्ययुक्त र ठोस सवुद प्रमाणले वादीपक्षले पुष्टि गर्न नसकेको देखिएकोले निजले थप प्रहरी प्रतिवेदनको माग दावी अनुसारको आरोपित कसुर गरेको भनी ठहर्याउनु मिलेन । अतः निज पुनरावेदक प्रतिवादीले उक्त वहादुर वि.के.ले आरोपित कसुरवाट सफाई पाउने ठहर्छ । निज प्रतिवादीलाई समेत कसुरदार ठहर्याई जरिवाना गर्ने गरेको शुरु डडेल्धुरा जि.अ.को इन्साफ मिलेकव नदेखिंदा निजका हकमा समेत उल्टी हुने ठहर्छ भनी मिति २०५१।७।१३ को पु.वे.अ. दिपायल डोटीको फैसला ।
१६. यसमा प्रतिवादी उक्त वहादुर वि.के.ले अदालतमा समेत आफूले खरिद गरेको सामानको वारेमा स्वीकार गरेको कुरालाई अदालतले मुद्दाको प्रमाणहरुको न्याय असंगत एवं त्रुटिपूर्ण तरिकावाट मुद्दा फैसला नगरेको भन्ने कुरा फैसलावाट देखिन आएको हुंदा सो फैसला त्रुटि एवं वदरयोग्य छ । वदर गरी प्रतिवादीलाई कारवाही गरी पाउं भन्ने वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१७. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट रहनु भएका विद्वान सरकारी अधिवक्ताको वहस समेत सुनियो ।
१८. यसमा निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? पुनरावेदनको जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने तर्फ विचार गर्नु पर्ने हुन आयो ।
१९. प्रतिवादी उक्त वहादुर वि.के.ले सो आरोपित चोरीको कसुरमा चांदीको पाता किनेको कुरा अधिकार प्राप्त अधिकारी प्रहरी समक्ष र अदालतमा वयान समेत गर्दा स्वीकारेको तर निजले सो चांदी जानी जानी चोरीको भनी थाहापाई किनेको होइन भनी पुर्ण इन्कारी गरेको पाइन्छ । मुख्य अभियुक्त लाल वहादुर भएको र निजवाट प्र. वग्गु सुनारले किनेको सो मध्ये वग्गुवाट मात्र ८० तोला उक्त वहादुर वि.के.ले किनेको कुरा मिसिल प्रमाणवाट पुष्टी हुन आएको पाइन्छ । अन्य सह अभियुक्तहरुले समेत सो चोरीको भनी जानी जानी खरिद गरेको भन्ने कुरालाई चांदीको पाता किनेको हुं निजले पनि सो चांदी उक्त वहादुर वि.के. र जयराज तिरुवालाई बिक्री गरेको करा उक्त वहादुर वि.के. को स्वीकारोक्ति तथा जयराज तिरुवाको वावुले वग्गु सुनारवाट किनेको चांदिवाट वनाएको चांदीको वाला दखखिल गरेवाट समेत कैपाल देउताको चांदी चोरी भउको लाल वहादुर साउदले नै उक्त १.१/२ किलो (१२७।५०) तोला चांदी प्रचलित दरभाउ वमोजिम प्रतितोला १०० को दरले जम्मा १२७।५० तोला विगोको चांदी चोरी भएको कुरा स्पष्ट हुन आएकोले प्रतिवादी लाल वहादुर साउदले मुलुकी ऐन चोरीको महलको १ नं. मा परिभाषित कसुर गरेकोले सो कसुर गरे वापत चोरीको १२ नं. वमोजिम पहिला पटकको सजाय हुन र प्रतिवादी जग्गु सुनारले लाल वहादुर साउदवाट सस्तो मुल्यमा चांदी खरिद गरेको र विक्री गर्दा चोरी गरी ल्याएको चांदी हो भनी लाल वहादुर साउदले वताएको समेतवाट चोरीको माल हो भनी जानी जानी उक्त कैलपाल देउताको चांदि डेडकिलो चांदी खरिद गरी मुलुकी ऐन चोरीको महलको २४ नं. वमोजिम कसुर गरेकाले प्रतिवादी वग्गु सुनारलाई सोही नं. वमोजिम सजाय हुन मागदावी लिनुका साथै उक्त चोरीको २१ नं. वमोजिम कैलपाल देउताको भण्डारमा प्र. लाल वहादुर साउदवाट उक्त चांदी वा सोको विगो भराई दिने र चोरी भएको उक्त चांदी मध्ये आफूले किनेको पौने पन्ध्र तोला वाला दाखिल गर्न जयराज तिरुवाको वावुलाल तिरुवालाई चोरीको २४ नं. वमोजिम भराई दिन हुन मागदावी लिनुका साथै उक्त चोरीको चांदी मध्ये वग्गु सुनारवाट १५ तोला चांदी खरिद गर्ने जयराज तिरुवाका हकमा विचार गर्दा निजले देउतालाई चणाउन भनी चांदी खरिद गरेको देखिन्छ । निजले सुनारवाट नै चांदी खरिद गरेको देखिन्छ । निजले सुनारवाट नै चांदी खरिद गरेको देखिन्छ र देउताको लागि किनिएको चांदी चोरीको चांदी मध्येको हो भनी थाहा पाउनासाथ दाखिल समेत गरेको देखिंदा निजले चोरीको माल भनी जानी जानी किनेको भनी मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएकोले निजमाथि मुद्दा चलाई रहनु नपरेको हुंदा निजले दाखिल गरेकै पौने पन्ध्रतोला चांदीको मोल विगो चोरीका २४ नं. वमोजिम भराई पाउन र उक्त वहादुर वि.के.को हकमा विचार गर्दा निजले एउटा सुनारवाट चोरीको २३ नं. मा उल्लेख भए वमोजिम नाफा हुने गरी किनेको नभै प्रतितोला रु.२।- मात्र नाफामा किनेको र चोरीकोम ल भन्नेजानी जानी किनेको वा सो अवस्था समेत हाल सम्मको अनुसन्धानवाट देखिन नआएकोले चोरीको माल जानी जानी किनेको अभियोग लगाउनु पर्ने अवस्था नरहेकोले उपयुक्त मागदावी वमोजिम हुन सम्वन्धित मुद्दाका कागजात मिसिल र अभियुक्त लाल वाहादुर साउद र वग्गु सुनारलाई समेत यसै साथ सम्मानित अदालत समक्ष प्रस्तुत गरिएको छ भन्ने मिति २०४९।५।३० गतेको अभियोग पत्र ।
२०. ०४९ साल जेष्ठ २१ गते दिउसो म बस्ने घर डोटी घटाल गा.वि.स. वाट म वसी रहेको घर आइत गाउंवाट मेरो पुरानो घर डडेल्धुरा सहसगि गा.वि.स. वा.नं. ५ भण्डार गाउंमा गै ऐ २२ गते घरमा वसी सो को भोलीपल्ट अर्थात ऐ २३ गते दिउसो मेरो घरको माथि तलामा कैलपाल देउताको भण्डार थियो सो भण्डारवाट छडी र डोला समेत गरी करिव ९५ तोला चांदी चोरी गरी सोही २३ गते आफ्नो घर भण्डारवाट डोटी घटालको आइतमा ल्याई ऐ २३ गते सो चोरी गरेको चांदी आफ्नै घरमा राखी ऐ २४ गते घटाल डोटी गा.वि.स. वा.नं. ६ कांडेगाउं वस्ने वग्गु सुनारसंग रु.७०।- का दरले प्रतितोला ९५।- तोलाको हुन आउने चांदीको मोल रु.६९००।- मध्ये रु. ३९००।- रुपैया सोही दिन यस मुद्दाका प्रतिवादी वग्गु सुनारवाट लिइसकेको वांकी रु.३००।-लिनु पर्ने वांकी नै छ भन्ने समेत व्यहोराको प्रतिवादी लाल वहादुर साउंदले २०४९।५।३० गते अदालतमा गरेको वयान ।
२१. किच्चिएका ३।४ टुक्रा चांदी थिए सो मैले किनेको चांदी करिव ९५।- तोला थियो सो प्रतितोला १ को रु.८० का दरले किनेको हुं मैले ८० तोला चांदी धनगडी लक्ष्मी सुनचांदी पसलमा प्रतितोला १ को रु. ९५।- का दरले ८० तोला चांदी विक्री गरेको हुं सो किनेको चांदी मध्ये वांकी १५ तोला आज मलाई इजलासवाट देखाउंदा सो वरामद भएको चांदी हो । सो वरामद भएको चांदी आफ्नो वयानमा पोल गर्न सकेको पनि देखिदैन । चोरी भएको चांदीको प्रतितोला रु.१०० कायम गरी वादी पक्षले विगोको दावी लिएको र निज उक्त वहादुर वि.के.ले सो चांदी रु.९५ प्रति तोलामा किनेको कुरा निजको अदालतको वयानवाट देखिन आएको हुंदा मुलुकी ऐन चोरीको महलको २४ नं. अनुसार चोरीको माल हो भनी जानी जानी किनेको अवस्थामा मात्र कसुरदार ठहर्याउन सकिने व्यवस्था भएको पाइन्छ । निज प्रतिवादीले किनेको सामानमा १५ प्रतिशत भन्दा वढी मुनाफा हुनेगरी खरिद गरेको सवुद ठोस प्रमाण दाखिल पेश गर्न वादीले सकेको नहुंदा यसम्मा पुनरावेदन अदालतवाट प्रतिवादी उक्त वहादुर वि.के. ले चोरीको सामान जनी जानी सयकडा १५ प्रतिशत भन्दा वढी नाफा हुने गरी खरिद गरि लिएको भन्ने नदेखिंदा दावी पुग्न नसक्ने गरी शुरु जि.अ. को उल्टी हुने गरी गरेको इन्साफ मनासिव हुंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
इति सम्बत् २०५४ साल माघ ७ गते रोज ३ शुभम् -------