शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५४९ - भ्रष्ट्राचार

भाग: ४० साल: २०५५ महिना: भाद्र अंक:

निर्णय नं. ६५४९    ने.का.प. ०५५             अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आर्चाय

माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा

 

सम्बत् २०५० सालको फौ.पु.नं. .......... ६८४

सम्बत् २०५२ सालको फौ.पु.नं. .......... १२७७

फैसला मिति : २०५५।२।१९।३

 

मुद्दा : भ्रष्ट्राचार ।

पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. वडा नं. ६ वस्ने डडेलधुरा वैतडी दार्चुला सडक आयोजनाका तत्कालिन ओभरसियर वर्ष ३२ को तेज नारायण यादव

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

 

पुनरावेदक/प्रतिवादी : तत्कालिन डडेलधुरा वैतडी दार्चुला सडक आयोजनामा ओ.सी. पदमा कार्यरत भै हाल जि. झापा दमक नगरपालिका वडा नं. ८ वस्ने वर्ष ४० को लक्ष्मण कुमार शर्मा

विरुद्ध

विपक्षी /वादी : श्री ५ को सरकार

 

§  वि.प्र.अ.ले अनुसन्धान कारवाही चलाएकोमा रा.प. प्रथम श्रेणीको योजन प्रमुखको पनि सो भ्रष्ट्राचारमा संलग्नता देखिन आएको भनि वि.प्र.वि.अ.ले अ.दु.नि.आ. मा पठाएको देखिन्छ । अ.दु.नि.आ. ले अ.दु.नि.आ.को आयुक्तलार्ई छानविन अधिकृत तोकी निज छानविन अधिकृतले छानविन गरी अ.दु.नि.आ. नियमावली, ०३४ को नियम ११(१) अन्तर्गत असाधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाही हुन प्रतिवेदन पेश गरिएको र सो प्रतिवेदन अनुसार नै कारवाही भएको मिसिलबाट देखिएकोले प्रस्तुत मुद्दाको कारवाही गर्न अ.दु.नि.आ. लार्ई असाधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाई गर्ने अधिकार भएको भन्न मिल्न सक्ने ।

§  अ.दु.नि.आ. को अधिकार क्षेत्रभित्रको विषय देखिए तत्पश्चात छानविन कारवाहीको कार्य गर्न अ.दु.नि.आ. ले गरिने हुँदा वि.प्र.वि. ले गरेको अनुसन्धान कारवाहीलार्ई मान्यता नपाउने ।

§  जाहेरवालीले रातको समयमा दिएको रुपैया तत्काल खान तलासी नलिई सुर्योदयको समय सम्म पर्खिदा अपराधसित सम्वन्धित सो रुपैया दसी नै प्राप्त हुन नसक्ने प्रवल सम्भावना भएकोले सो दशी गायव हुन नदिन तत्काल खान तलासी लिन वाहेक अरु विकल्प नै छैन । तर्सथ ऐनको मनसाय अनुरुप दशीलार्ई प्राथमिकता दिई वरामद गरिएकोले सो वरामदी मुचुल्का मान्यता नपाउने ।

 

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महेश कुमार नेपाल, विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई

वादी तर्फबाट : x

अवलम्वित नजिर : x

 

     न्या.राजेन्द्रराज नांख्वा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।

            २. वैतडी दार्चुला सडक निर्माण आयोजनाका योजना प्रमुखको अप्रत्यक्ष आदेशबाट सो आयोजनामा ओ.सी. लक्ष्मण कुमार शर्माले अनुचित्त सुविधाको रुपमा म समेतका ठेकेदारहरुवाट पटक पटक हजारौ रुपैया प्रतिशतको रुपमा लिनु खानु गरेको छ । निज ओभरसियर ठेकेदारले ठेक्का कवुल गरेको अंकको २०% रकम बुझाउनु पर्ने भनि समेतका ठेकेदारहरुवाट जवरजस्ती लिने गरेको छ । मैले र मेरा साक्षीहरुले उक्त रकम दिन नमान्दा निज ओ.सी. ले हामीले गरेको कामको क्वानटिटी घटाई दिने स्तरीय कामलार्ई समर्थन नगरी दिने र सु.ई. साहेवलार्ई अनावश्यक चुक्ली लगाई दिएकोले ठेक्का तोडिने धम्की समेत दिने गरियो जसको फलस्वरुप वाध्य भएर पटक पटक गरी निज ओ.सी.लार्ई १३,०००।- वुझाउनु पर्‍यो । यसरी आफ्नो परीश्रमले काम गर्दा पनी प्राविधिकहरुलार्ई घुस रकम दिई रहनु पर्नेप्रथा ज्यादै अनैतिक देखिएकोले मैले बदमासी गर्ने कर्मचारीहरुलार्ई दण्ड दिलाउन श्री ५ को सरकारलार्ई सहयोग गर्न वर्षाद्य दिलाउदछुं । यो वर्षादमा पहिरो फाल्ने काम तपाईलार्ई दिलाउछु भनि निज ओ.सी. ले पैसा माग गरेकोले तल नन्वर उल्लेख गरिएका नोटहरु संलग्न राखि रु.३०००। निज ओ.सी.लार्ई वुझाउदैछु श्रीमान स्वयंमले छापा मारी भ्रष्ट्राचार गरी घुस खाएको आरोपमा कारवाही गरी पाउँ भनि नोट नम्वरहरु उल्लेख गरी वैतडी जिल्ला देहीमाण्डौ वस्ने कृष्ण बहादुर वोहराले ०४४।४।११ मा जिल्ला कार्यालय वैतडीका प्र.जि.अ.लार्ई दिएको निवेदन ।

            ३. सम्वन्धित योजनाको डि.ई.र प्र.प. समेतका रोहवरमा खान तलासी गर्दा ओ.सी. लक्ष्मण कुमार शर्माको वित्सराको सिरानी मुनीबाट ५००। को नोट थान १ रु. १००। को नोट थान ८ रु. ५०।- को नोट थान ३० र रु. २०।- को नोट थान ५ समेत जम्मा २९००।- वरामद हुन आएका निम्न नम्वरका नोटहरु कपडा झुण्डयाउने स्टयाण्डमा झुण्डयाई राखेको निलो सेतो रङको टेरीकटनको अगाडीको पाकेटबाट रु.५००।- नोट थान र रु.५। को थान १ रु. १। को थान १ समेत १३९६।- र अरु ४४ थान चिठी तथा निवेदकहरु समेत वरामद भएको भनि वरामद भएका नोटहरुको अंक नम्वरहरु उल्लेख गरिएको ०४४।४।१२ को वरामदी मुचुल्का ।

            ४. ड.वे.दा.सडक निर्माण आयोजनाका ओ.सी. तेज नारायण यादवले निर्माण कार्य सम्वन्धी १५ मा वांकी रहेको रु.२५००।- निम्न नम्वरका नोटहरु मैले निजलार्ई वाध्य भएर दिएको छु छापा मारी पक्राउ गरी निजलार्ई घुस खाई भ्रष्ट्राचार गरेकोमा आवश्यक कानूनी कारवाही गरी पाउँ भनि नोटहरु उल्लेख गरी ०४४।४।१२ मा कृष्ण बहादुर वोहराले दिएको निवेदन ।

            ५. अ.इ. सफी अहमद र प्र.प. राम सिंह विष्टलार्ई रोहवरमा राखि ओ.सी. तेज नरायण यादवले लगाएको टि शर्टको अगाडीको प्याकेटबाट निवेदनमा उल्लेख भएका नोटका नम्वरहरु मिल्न गएको एक हजारको नोट थान र, ५००।- को नोट थान १ समेतको रु.२५००।- र निवेदनमा उल्लेख नभएको जम्मा रु.२२१।- समेत वरामद भएको ०४४।४।१२ को वरामदी मुचुल्का । यो प्र. देवी प्रसाद वास्तोलाको निवास स्थानमा खान तलासी गर्दा ०४३।३।५ को ड्राफट रसिद र विभिन्न कागज वरामदको भएको ।

            ६. म २०४० साल पौष देखि डडेलधुरा वैतडी दार्चुला सडक निर्माण कार्यमा कार्यरत छुं । मैले मात्र ठेकेदारहलार्ई प्रतिशत असुल उपर गर्दिन । कहिले अ.इ. कहिले लेखा शाखाले भनि असुल गर्छ त्यसमा ठेकेदारले आफ्नो नाफा अनुसार रकम मन चाहेको खण्डमा दिन्छ । दिएको रकममा निम्न अनुसारको वाडंफांड हुन्छ । सु.इ. २.६५ डि.इ. १.०५ लेखा १.०० प्रशासन ०.१५ अ.इ. २.५५ र ओ.सी. दुई जनामा २.६ दरले निले गरेका छौं । आ.व. ०४३।०४४ करिव वाह्र हजार जति मेरो हिस्सामा आएको छ मैले ठे. राम बहादुर वोहराबाट नौ हजार , दान बहादुर चन्दबाट २५००। संकलन गरी योजना प्र. देवी प्रसाद वास्तोलाज्युलार्ई दिएको छुं । अव ठेकेदारहरुबाट अन्य .ओ.सी. र अ.इ. ले संकलन गर्नेछन । आफू भन्दा माथिल्ला तहको निर्देशन पालन गरेको हुँ । भ्रष्ट्राचार गरेको होइन भन्ने समेत तेज नारायण यादवले ०४४।४।१४ मा वि.प्र.अ. समक्ष गरेको वयान ।

            ७. खान तलासी समयमा ओ.सी. लक्ष्मण कुमार शर्मा संगै थिए । स्लाईडको काम मिलार्ई दिन्छु भनि लक्ष्मण कुमार शर्माले कृष्ण बहादुर वोहरासंग रु. ३०००।( लेनदेन गरी सो रकम आफ्नो सिरान मुनी राखेको सम्म मैले देखेको हुँ भन्ने खिल बहादुर कार्कीले वि.प्र.अ. समक्ष गरेको वयान ।

            ८. ०४२ साल श्रावण देखि डडेलधुरा वैतडी दार्चुला सडक योजनामा कार्यरत छुं निर्माण कार्यमा संलग्न ठेकेदारहरुबाट उनीहरुले दिएको रकम वाट सु.इ.ले र डि.इ.ले १.०५ ओ.सी. ले २.६ लेखा १ अडिटर ०.५ प्रशासन ०.१ गोष्टिङ ०.०५ डिजाईन १.१५ का हिसावलेरकम वाडंफांड गरी लिने गरेको छ हामी ओ.सी. ले हाम्रो रकम मात्र लिएर वांडयो वांकी रकम इंन्जिनियर कहां जम्मा हुन्छ मैले काम गर्ने सडकमा सु.इ.. देवी प्रसाद वास्तोला, डि.इ. दिपक बहादुर थापा र अ.इ. प्रताप सिंह गव्र्याल र ओ.सी. निल बहादुर कार्की छन म एक निम्न स्तर कर्मचारी हुँदा लाए अह्राएको काम मात्र गरेको छुं । यहाँ आ.व. मा ०४३।०४४ मा मलार्ई रु.१५०००।- मात्र अ.इ. प्रताप सिंह गव्र्यालले दिएका हुन लेखा अ.इ. दिइं औसीबाट संकलित रकम सु. इ. जिम्मा भएपछि मात्र वहांले वटमारा गरी दिनु हुन्छ भन्ने समेत प्र. लक्ष्मण कुमार शर्माले ०४४।४।१४ मा वि.प्र.अ. समक्ष गरेको वयान ।

            ९. ओ.सी. तेज नारायण यादवको खान तलासी लिंदा सो कोठामा म पनि वस्ने गरेको हुँ । म र तेज नारायण वाहिर वरण्डामा विहाननै वसेको थिएं । त्यसैवेला कृष्ण बहादुर वोहरा माथि आएर यादव जीलार्ई भित्र लगेको केही छिनपछि जुन सम्पर्क अधिकारी र प्रहरीहरु पुगी सकेपछि मैले थाहा पाएं त्यसको केही क्षणपछि प्र.जि.अ. पुग्नु भयो र रोहरवरमा खान तलासी लिएको खान तलासी लिंदा २५००। निस्केकी मैले देखेको हो र निजवैबाट केही चिठी रिर्पोट चिठी वरमाद भएको हो । ठेकेदारहरुसंग लिने प्रकृया केही छैन आफू स्वेच्छाले पनि प्राय जसो १० रकम ठेकेदारहरुले दिने गरेका छन । मेरो हिस्सामा कूल १५०००।- रकम आयो । नि.अ.इ. देव नारायण साह, मोज बहादुर ढकाल र प्रकाश भूषण हमालहरुले क्रमशः रु.८०००।- ४०००।- र ३०००।- गरी १५०००।- पाएको हो भन्ने समेत अनिल कुमार मिश्रले जि.प्र.अ. समक्ष गरेको वयान । मेरो झोलाबाट वरामद भएका तोक आदेश सहितका निवेदनहरु हुन । ०४२।२।१९ मा अ.इ. ललित बहादुर शाहले सेलेश्वर नि. सेवाको विल बनाउन ०४२।३।७ मा ऐ. ले सडक सिंह उद्धव सिंह ऐ.लार्ई संयुक्त रुपमा ४० हजार सम्म पुगने गरी काम दिने ललित बहादुर साहले विना मितिको पत्र अ.इ. भोज बहादुर ढकालको पत्र मिति ०४२।२।१३ निज कठायतको म्याद थप सम्वन्धमा ०४२।११।१५ को चिठीहरु मलार्ई लेखेका हुन । १३ व्यक्तिबाट ढकाल साहेवको साइटको ठे.हरुवाट संकलन भएको यो रु.४२,८००। त्यसको तल रु.१०,७००।- लेखेको रकम ढकालले लिएको रकम ८१४००।- मैले सापटी लिएको रकम जोडेर हुन आएको हो र त्यो मध्ये पहिलोपल्ट रु.७५००।- लग्नु भो र पछि ४७००।- अ.इ. ढकालले पाउन बांकी हो रकम सु.इ. जिम्मा रहेको छ । रु. ४७००।- म आफैले सु.इ. साहेवलार्ई दिएको हो भन्ने अनिल कुमार मिश्रले गरेको ततिम्वा वयान।

            १०. योजना प्रमुख देवी प्रसाद वास्तोलाको कोठाको खान तलासी गर्दा ओ.सी. लक्ष्मण कुमार शर्माले लेखेको एक पत्र र विभिन्न पत्रहरु थान ११ वरामद भएको भन्ने ०४४।४।१८ को वरामदी मुचुल्का ।

            ११. पहिलो विल २०४३ पौषमा लिएको थिए चानचुन ३२ हजार जति रकम लिएको थिए । काम संचालन गराउँदाको समय १५% रकम त प्राविधिकलार्ई हुनु पर्छ भनि ओ.सी. अनिल कुमारले भन्दा पत्यार नगरी सु.इ. देवी प्रसादले १५छ रकम लाग्छ भनकोले ०४४।२।२१ गते मान सिहं महरा जिम्मा सुन धितो राखि रु.११०००। लि. ओ.सि. अनिल कुमरालई दिएको थिए भन्ने समेत दशरथ सिंह विष्टको वि.प्र.अ. समक्ष गरेको वयान ।

            १२. मैले १० का दरले रनिङ विलमा नै ओ.सी. तेज नारायण यादवलार्ई रु.२३००। र ओ.सी. पन्नालाल यादवलार्ई दिएको हो । ठेक्काको काममा नदिए विध्न वाधा हुन्छ कि भन्ने डरलेदिएको हो भन्ने ठे. गजाधर भट्टले गरेको कागज ।

            १३. पौषतिर हो म वाट रु.८०००।- मागी मैले पनि दिएको छ सो रुपैया निजी आफू खानेनियतले लिएको रहेछ भनि मैले थाहा पाइन भन्ने समेत ठे. टिका दत्त भट्टराईले गरेको वयान ।

            १४. मैले भूक्तानी पाएको रकमको रु. ८०००।- को सरकारी दस्तुर लाग्ने होदिनुपर्‍यो भनेकोले मैले रु. १३०००। एकमुष्ट दिएको हुँ भन्ने समेत ठे. दासी ठोलीको वयान ।

            १५. ठेक्कामा विध्न वाधा होला भनि डरले जे जति प्रतिशत परेपनि रु.७५००।- ओ.सी. अनिल कुमार मिश्रलार्ई एकमुष्ट रनिङ विलमा नै दिई सकेको छुं भन्ने समेत ठे. रामदत्त भट्टको कागज ।

            १६. एकमुष्ट रु.२५००।– तेज नारायण यादवलार्ई मैले दिएको हुँ भन्ने दान बहादुर चन्दको वयान कागज ।

            १७. मैले ओ.सी. तेज नारायण यादवलार्ई एकमुष्ट रु.४०००।– दिएको हो । यो रकम सरकारी हो भनि भनेकोमा मैले दिएको हो भन्ने समेत विरवल लाहारले गरेको कागज ।

            १८. प्राविधिक तेज नारायण हाते रु.७०००। वुझाएको भन्ने ठे. इन्तर सिंह ठगुनाको वयान कागज ।

            १९. म संग सापटी लिई कुनियतबाट म संग ओ.सी. लक्ष्मण कुमार शर्माले ४०% रकम परसेन्टेज भनि असुल गरी लिएका हुन गाई मोल राखी लगेका हुन भन्ने ठे. हरिजित भट्टको वयान कागज र सो समेतको व्यहोरा उल्लेख गरेको निजको अलग निवेदन ।

            २०. मैले हात सम्म कुनै ठेकेदारबाट कुनै रकम लिएको छैन । वाँडफाँडको कुरो समेत मलार्ई थाहा छैन भन्ने ओ.सि. पन्नालाल यादवले गरेको वायन ।

            २१. तिम्रो विल दिन्छु भन्दा म वाट पहिलेको किस्ता लिंदा खेरी एकमुष्ट रकम रु.९००। ओ.सी. शर्मालार्ई दिएको थिए भन्ने समेत राम लेहारले गरेको वयान ।

            २२. ओ.सी. तेज नारायण यादवलार्ई २०४३ साल पौष मा नै चेक सटही गरी गएपछि रु.७०००।– दिएको हुँ सो मध्ये रु.६०००। प्रतिशतको रुपमा दिएको थिएं भन्ने समेत ठे. शेर बहादुर चन्दले गरेको वयान ।

            २३. जिलेटिन माग गर्दा १० के.जि. माग गरेमा ५ के.जि. मात्र दिने प्रकृया गरेकाले वाध्य भै रु.३५००।- लक्ष्मण कुमार शमाृलार्ई दिएको थिएं भन्ने समेत ठे. मिन बहादुर शाहीले गरेको वयान ।

            २४. रनिङ विलको १० रकम नियमले नै दिनु पर्ने भनि लक्ष्मण कुमार शर्माले २०४४ वैशाखमा रु.३०००।- र २०४४ आषाढमा रु.१५००।- लिएका हुन अरु कुनै कसैलार्ई केही दिएको छैन भन्ने ठे. धर्मानन्द भट्टको वयान ।

            २५. पहिलो रनिङ विलमा रु.२७००।- तेज नारायण यादवलार्ई दिएको छ पुरा भूक्तानी लिंदा ओ.सी. मिश्रलार्ई १२००।- दिएको हुँ भन्ने समेत ठे. मानी भाटले गरेको वयान ।

            २६. १० प्रतिशत दिनु पर्छ भनि वाध्य गरेकोले वाध्यतावश रु.२३००।- ओ.सी. शर्मालार्ई दिएको छुं भन्ने समेत ठे. नगेन्द्र बहादुर चन्दले गरेको कागज ।

            २७. मैले रनिङ विलको एकमुष्ट रु.२७००।- ओ.सी. अनिल कुमार मिश्रलार्ई दिएको हुँ भन्ने ठे. राम सिंह भाटले गरेको कागज ।

            २८. अनिल कुमारको मेरै भाईको दोकानमा डेरा हुँदाका अवस्थामा मेरो पसलबाट लिएको उधारो सामान २०००।- पटक पटक १००। गरी मागी लिएको नगद रकम रु.३०००। समेत जम्मा रु.५०००।- ओ.सी. अनिल कुमारसंग थियो । त्यही रकम मात्र मैले प्रतिशत भनि मागेन अरु कुनै रकम दिएको छैन भन्ने समेत ठे. धन बहादुर चन्दले गरेको वयान ।

            २९. आषाढ मसान्तमा भूक्तानी दिंदा म वाट ओ.सी. मिश्रलार्ई रु. २०००।- दिएको हुँ भन्ने समेत ठे. अजि कोलीको कागज ।

            ३०. जम्मा रु. ६३००।- मेरो साइटको ओ.सी. तेज नारायण यादवलार्ई दिएको छुं । अनेक किसिमका कारकापबाट मेरो काममा वाधा पुर्‍याउने हुँदा वाध्य भै दिएको हुँ भन्ने ठे. नन्द जोशीले गरेको वयान ।

            ३१. ओ.सी. अनिल कुमार मिश्रलार्ई रु.८६००। दिएको हुँ सवैले दिने गरेको छ तपाईले पनि दिनुपर्‍यो भन्दा मैले पनि सरकारी दस्तुर हो कि भनेर दिएको हुँ भन्ने समेत ठे. गणेशदत्त भट्टले गरेको वयान ।

            ३२. मेरो साइटमा ओ.सी. अनिल कुमार मिश्र पि.ए. कामको रनिङ विलमा र फाईलमा गरी जम्मा रु.५०००।- अनिल कुमार मिश्रलार्ई नगदै दिएको हुँ भन्ने समेत ठे. हर्कबहादुर चन्दले गरेको वयान ।

            ३३. काम समाप्त गरी अन्तिम विल लिंदा ओ.सी. लक्ष्मण कुमार शर्माले १०छ हामीलार्ई दिनु पर्छ भनि रु.१२००। नगद दिएको हुँ भन्ने समेत ठे. नन्द राज भट्टले गरेको वयान ।

            ३४. जम्मा रु.१,०६५००।- रकम उठेकोमा योजना प्रमुखबाट कस कसले कति रकम उठाएको हो भनि निर्देशन भएकोमा हामी रकम उठाउने व्यक्तिहरु एक ठाउँमा वसी श्री अ.इ. प्रकाश भूषण हमाल ओ.सी. पन्नालाल एकाउटेन्ट वृष बहादुर र मैले उठाएको रकमको लिष्ट समुच्चा तयार गरी सवैले मिली लिष्ट तयार गरेको हो मैले यस वर्ष रु.१२०००। पाएको हुँ भन्ने तेज नारायण यादवले गरेको ततिम्वा वयान ।

            ३५. ओ. सी. तेज नारायण यादवले कटिङ गराई रिफिलिङ गराउने गरेकोमा किन यसरी परेसानी गरेको भन्दा प्रतिशत रकम दिन नमानेपछि यस्तै हुन्छ भनि छोरा कृष्ण बहादुरलार्ई नै काम गर्न राखेको म साइटमा जाँदा १५% देउ भने आफ्नो दोहरो पूँजी गुम्ने हुँदा १५ पटक पटक गर रु. ९०००। दिए अनि छोरा कृष्ण बहादुर वोहराले भन्थे भने ठे. गज बहादुर वोहराको वयान कागज ।

            ३४. योजना प्रमुख देवी प्रसाद वास्तोला र निज मातहतका अ.इ. हरु ओसीहरु समेत मतियार भई गरेको भ्रष्ट्राचारलार्ई प्रनि. ऐन, २०१७ को परिच्छेद २ को दफा ७ को विपरित काम गरी कानूनले लिन खान निषेध गरिएको कुरालार्ई ख्यालै नगरी अनुचित आर्थिकलाभ लिएकोले भ्र.नि.ऐन अन्तरगत अनुसन्धान संचालन गरिएकोमा यो प्र. देवी प्रसादको निर्देशनबाट भ्रष्ट्राचार भएको हो भनि विभिन्न प्राविधिक समेत कर्मचारीहरुले आफ्नो वयान उल्लेख गरी दिएका र निजको निवासस्थानबाट वरामद रकम वाँडफाँड लिष्टबाट पनि यो प्र. देवी प्रसादकै निर्देशनले ठे. हरुबाट प्रतिशत रकम उठाउने गरेको देखिन आउँदा निज यो प्र. देवी प्रसाद वास्तोला माथि भ्र.नि.ऐन अन्तरगत मुद्दा चलाउन रा.प.प्रथम श्रेणीका कर्मचारी भएकाले निज उपर मुद्दा चलाउन अ.दु.नि.आ. नियमावली, २०३४ को नियम १० वमोजिम आयोगको साधारण अधिकार क्षेत्र भित्र पर्न गएकोले सोही नियमावलीको नियम १२ को उप नियम २ अनुसार समेत कारवाईको लागी पेश गरेको छुं भन्ने समेत ०४४।१०।२९ को विेशेष प्रहरी विभाग वि.प्र.अ. तथा का.मु.प्र.जि.अ. वैतडीको पत्र ।

            ३७. डडेलधुरा वैतडी दार्चुला सडक निर्माण आयोजनाका प्रमुख देवीप्रसाद वास्तोला समेतले ठेकेदारहरुबाट प्रतिशत लिई आफूलार्ई आर्थिक लाभ गरी भ्रष्ट्राचार गरे भन्ने समेत विषयको जि.का. वैतडीको पत्र साथ प्राप्त मिसिल अनुसन्धान मौका तहकीकात तथा सवुद प्रमाण संकलन गरी तथ्यमा पुगी प्रतिवेदन पेश गर्न अ.दु.नि.नियमावली, २०२४ को नियम ३९(२) समेतको प्रयोजनलार्ई आयुक्त सर्वज्ञराज पण्डितलार्ई तोकेको मिति ०४४।११।१४ को पत्र ।

            ३८. जिल्ला कार्यालयले मलार्ई जवरजस्ती वयान गराएको हो मैले ठेकेदारसंग पैसा लिएको छैन मुचुल्का हेरे पढे । सो मुचुल्कामा उल्लेख गरेका नम्वर भएको नोट मेरो विस्तराको सिरानमुनीवाट भेटिएको होइन । म साईटबाट आई रिल्याक्स गरि रहेको वेला सि.डि.ओ. साहेव र ठेकेदार प्रहरी समेत आई मलार्ई जवरजस्ती सही गराएको हो मैले पैसा लिएको होइन । मुचुल्का को पाना नं. ४ मा उल्लेखित नोटहरु १३९६।- मेरो तलव भत्ताको नोट हो । सो नोटहरु मैले मेरो कागजको खल्तीमा राखेको थिएं । अरु नोटहरु मेरो डेरबाट नभई ठेकेदार आफैले र सि.डि.ओ साहेवले टेवुलमा राखी मलार्ई जवरजस्ती सही गराएको हो । पत्रहरु मैले लेखेको होइन जवरजस्ती लेख्न लगाएका हुन, मैले नलिएकोमा ठेकेदारहरुले किन यस्तो लेखे मलार्ई थाहा छैन भन्ने समेत अ.दु.नि.आ. का छानविन अधिकृत समक्ष गरेको प्र. लक्ष्मण कुमार शर्माको वयान ।

            ३९. म संग जवरुजस्ती मारपिट डर धम्की त्रास देखाई लेखाइएको हो । ती वयानमा लेखाईएका सवै कुरा गलत हुन । देखाइएका मुचुल्का हेरे पढें । सो मुचुल्कामा रोहवरमा म वसेको ठिक सांचो हो तर ती मुचुल्कामा मलार्ई पछि जि.का.मा कुटपिट गरी सही गराइएको हो । मलार्ई ०४४।४।१२ गते विहान ८.३० वजे तिर ठे. भनाउने कृष्ण बहादुर वोहरा जन सम्पर्क खरिदार नाउँ थाहा नभएको ४ जना पुलिस सि.डि.ओ. साहेव आफै एकैपल्ट सवै मिलेर मेरो कोठामा आई रुपैया थमाउने वहाना गरे । त्यतिकैमा पछि मलार्ई समातेर लगें । तिमीले ठेकेदारबाट रुपैया लिएका छौं भनेर पछि मान्छेहरु बोलार्ई म संग यति यति नम्वरको नोट लिएको हो भनेर के के गराए मलार्ई थाहा छैन । देखाइएको लिष्ट हेरे सो मलार्ई जवरजस्ती लेख्न लगाइएको हो । मैले कुनै ठेकेदारहरुवाट न त कोही व्यक्तिबाट रुपैया लिएको हुँ । ती व्यक्तीहरुले म माथि झुठा आरोप लगाएका हुन भन्ने समेत तेज नारायण यादवले अ.दु.नि.आ. का छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४०. ठे. जय बहादुर वोहराले मलार्ई कुनै किसिमको रकम दिएको छैन साथै निजले वयानमा उल्लेख गरेको रकम कसरी लेख्यो थाहा छैन भन्ने समेत ओ.सी. श्याम नारायण मिश्रले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४१. ओ.सी. लक्ष्मण कुमार शर्माले सापटी लिएको रु.१३०००। र रु.१६००। मा यो प्र. को लागि दिएकोमा पछि पैसा दिउँला भनि गार्ड लगी सो रकम समेत दिएनन र रवरको रु. २०० समेत वांकी छ भन्ने समेत ठे. हरिजित भट्टले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४२. मैले जि.का. वैतडीमा निवेदन दिई कारवाही भएको सांचो हो । सो निवेदनहरुमा सनाखत समेत गरी दिएको छुं । मुचुल्काहर हेरे सो मुचुल्कामा रोहवरमा वस्ने कृष्ण वहादुरु वोहरा भन्ने व्यक्ति म नै हुँ । मैले सनाखत गरेका निवेदनहरु तथा मुचुलका उल्लेखित व्यहोरा सवै ठिक सांचो हो भन्ने समेत ठे. कृष्ण बहादुर वोहराले छानविन अधिकृत समक्ष गरेको वयान।

            ४३. जि.का. वैतडीमा ई. प्रताप सिंह गर्व्यालबाट रु.१००००।- लिए भन्ने वयान मलार्ई जवरजस्ती गराइएको हो । अ.ईं प्रताप सिंह गर्व्यालवाट मैले एक पैसा पनि लिएको छैन । कुनै पनि ठेकेदारबाट रकम उठाउने गरिएको थिएन छैन । उठाउने नगरिएको दिने कुरा नै भएन भन्ने समेत निल बहादुर कार्कीले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४४. मैले आफ्नो साईटमा कुनै ठेकेदारहरुबाट रकम उठाएको छैन । किन ठेकेदारले वयान गरे मलार्ई थाहा छैन भन्ने समेत पन्नालाल यादवले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४५. प्रतिशत वापत रकम दिने लिने गरेको छैन । उठाउन लगाएको पनि छैन देखाइएको कागजात रसिद समेत हेरें । पंजिका नं. ५३२ मा चढेको हिसावको सम्वन्धमा मलार्ई केही थाहा छैन । पंजिका ५३३ मा चढेको हिसाव विभिन्न साईट अफिसमा भएको कामको लेखाजोखा सम्वन्धी परिणाम निकालिएको जस्तो लाग्छ यकिन भन्न सक्दिन । सो हिसाव मैले नै गरेको हुँ । पंजिका नं. ५३४ को कागजमा उल्लेखित हिसावहरुमा कामको लेखाजोखा सम्वन्धी परिमाण निकालिएको जस्तो लाग्छ यकिन भन्न सकिन मिति ०४४।५।५ मा मेरो नाममा रु.३८६९४३।३८ ड्राफ्ट रसिद मेरी श्रीमतीले वुधवारे झापा नै.वै.लि. काठमाण्डौमा पाउने गरी बनाएको हो सो रकम सिलगुढीको जग्गा विक्रि गरी ल्याएकी हुन । ओ.सी. तेज नारायण यादव, ओ.सी. लक्ष्मण कुमार शर्मा तथा अनिल कुमार मिश्रलार्ई रकम संकलन गर्न निर्देशन दिएको पनि छैन । मैले कुनै ठेकेदारहरुवाट रकम उठाएको पनि छैन । लिएर वटवारा गरेको पनि छैन । सवालमा उल्लेख गरिए वमोजिम abbreviation लार्ई गरिएको विस्तृतिकरण ठिक हुन सक्छ साथै उल्लेखित नाम भएका व्यक्तिहरु योजनामा कार्यरत भएको ठिक हो भन्ने समेत यो प्र. देवी प्रसाद वास्तोलाले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४६. प्र.जि.अ. वाट रोहवरमा वसी दिन भनि पत्र प्राप्त भए अनुसार ओभरसियर दुइ जनाको खान तलासीमा वसेको थिए । ओ.सी. लक्ष्मण कुमार शर्मा र ओ.सी. निल बहादुर कार्की एउटै कोठामा वसेका थिए । निजहरुको कोठाको खान तलासी लिंदा म रोहवरमा वसेको थिए । देखाइएको मुचुल्का हेरें । सो मुचुल्काहरुमा रोहवरमा वसेको ठिक सांचो हो । ओ.सी. हरुले ठे.वाट प्रतिशत उठाई योजना प्रमुखलार्ई दिने सम्वन्धमा मलार्ई कुनै जानकारी छैन । मैले यो प्र. वाट कुनै किसिमको प्रतिशत लिएको छैन भन्ने समेत सि.डि.ई. दिपक बहादुर थापाले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४७. मेरो साईट इन्चार्ज लक्ष्मण कुमार शर्मा ओ.सी. हुनाले अरु ओ.सी. थिएनन् र इन्जिनियर प्रताप सिंह गर्व्याल थिए । मैले ओ.सी. लक्ष्मण कुमार शर्मालार्ई सवालमा उल्लेख भए अनुसार रु.३०००।- र रु.१५००।- दिएको ठिक सांचो हो । मैले काम पाएको रु.९३३००।- को १०% ले हुने रकम रु. ९३००। मा अरु रकम कसैलार्ई दिएको छैन त्यसको केही दिन पछि नै जिल्ला कार्यालयवाट कारवाही शुरु भै हाल्यो भन्ने समेत ठे. धर्मानन्द भट्टले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४८. कार्यरत ठेकेदारहरुबाट प्रतिशत उठाउने सम्वन्धी केही उठाउने थिएन र सो वाध्य नै सम्वन्धमा पनि सो को प्रचलन थिएन । ओ.सी. अनिल कुमार मिश्रले के कति कारणले सो वयान दिएको हो मलार्ई थाहा छैन । मैले सु.र्इ. साहेव सँग पनि कुनै रकम लिएको छैन भन्ने समेत इ. मोज बहादुर ढकालले छानविन अधिकृत समक्ष गरेको वयान ।

            ४९. डडेलधुरा वैतडी दार्चुला सडक निर्माण आयोजनामा निर्माण सम्वन्धी काम गरी आएको ठेकेदारहरु इन्तर सिंह गुना, गणेश दत्त, भट्ट, सेर बहादुर चन्द्र, गंगादत्त भट्ट टिकादत्त भट्टराई अजीकोली दान बहादुर चन्द, टासी ठोली रामी लुहार गजेन्द्र बहादुर चन्द, रामदत्त भट्ट, गजाधर भट्ट, श्री नन्द जोशी, नन्दराज भट्ट, वलदेव सिंह भाट, रामसिंह भाट र जय बहादुर वोहरा समेतका १७ जनाले आफूले कसैलार्ई प्रतिशत वापत रकम नदिएको प्र.जि.अ.लले डर त्रास देखाई कुटपिट समेत जवरजस्ती वाध्य गराई रकम दिएको भनि वयान गराएको भन्ने समेत व्यहोराको अलग अलग वयान ।

            ५०. ओ.सी. लक्ष्मण कुमार शर्मा र तेज नारायण यादवले अ.दु.नि.नियमावली, २०३४ को नियम ३ (ग) र ६ तथा प्र.नि. ऐन २०१७ को दफा ३ वमोजिम कसुर गरेको देखिन आएकोले दफा ३ र दफा २९(२) वमोजिम संजाय र जरिवाना समेत गरी पाउँ भन्ने समेत ०४५।७।२३ को अभियोग पत्र र ओ.सी. अनिल कुमार मिश्र समेतले प्र.नि. ऐन, २०१७ कोदफा ३ र अ.दु.नि.नियमावली ०३४ को दफा ३(ग) र ६ वमोजिम कसुर गरेकोले निजलार्ई समेत प्रतिवादीमा राखी पूर्व प्रतिवेदन वमोजिम कायम गरी यो प्रतिवेदन समेतलार्ई अ.दु.नि. नियमावली २०३४ कोनियम ११(१) वमोजिम असाधारण अधिकार समेतको प्रयोग गरी कारवाई गरी पाउँ भन्ने समेत ०४६।५।११ को प्रतिवेदन ।

            ५१. ओ.सी. तेज नारायण यादव, ठे. कृष्ण बहादुर वोहराको निवेदन आधारम जि.का. वैतडीवाट कारवाही हुँदा रेडहेण्ड पक्राउ परी खान तलासी गर्दा निजहरुबाट निज ठे. कृष्ण बहादुर वोहराले निवेदनमा उल्लेख गरे वमोजिमका नम्वरका उल्लेख गरे वमोजिमका नम्वरका नोटहरु वरामद भै वरामदी मुचुल्का समेत भएको तथा बुझिएका ठे. धर्मानन्द भट्टले ओ.सी. लक्ष्मण कुमार शर्मालार्ई रु ४५००।- र ठे. कृष्ण बहादुर वोहराले रु.१३०००।- ओ.सी. तेज नारायण यादवलार्ई तथा दशरथ सिंह विष्टले रु.५ हजार डडेलधुरा वैतडी दार्चुला सडक निर्माण आयोजनाका तत्कालिन ओ.सी. अनिल कुमार मिश्रलार्ई वाध्य भै प्रतिशत वापत रकम दिएको भनि वयानमा किटँनी राय उल्लेख समेत गरी आएवाट निजहरुले भ्र.नि.ऐन, २०१७ कोदफा ३ तथा अ.दु.नि. नियमावली, २०३४ कोनियम ३ (ग) र ६ वमोजिम कसुर गरेको भन्ने प्रतिवेदन व्यहोरा मनासिवै देखिएकोले निजहरु उपर मुद्दा चल्न सक्ने ठहर्छ । ओ.सी. तेज नारायण यादव, अनिल कुमार मिश्र, लक्ष्मण कुमार शर्मालार्ई नियम ४० वमोजिम निलम्वनको लागि लेखी पठाउनु भन्ने अ.दु.नि.आ.को ०४६।५।२ को आदेश ।

            ५२. आरोपित कसुर मैले गरेको छैन । कुनै ठेकेदारवाट मैले पैसा उठाएको खाएको छैन । वरामद गरेको भनेको नम्वरको नोट गरेके पैसा मेरो डेरा भन्दा उत्तर पट्टि साईडमा घरको अगाडीबाट उठाई सि.डि.ओ. समेतले मेरो डेराको टेवुलमा ल्याई पैसा गनी नम्वर मिलार्ई मुचुल्का बनाई मेरो सिरान मुनीबाट निस्केको भनि कृतिम मुचुल्का बनाउका हुन । मसंग तलव भएको १,३९६।- वरामद भएको हो । त्यसरी मेरो डेराको उत्तर पट्टि कसरी कसले नोट फ्याके मलार्ई थाहा छैन । मलार्ई इच्छँ विरुद्ध सहिछाप गराइएको हो । धर्मान्न्द भट्टवाट मैले रकम लिएको उठाएको छैन । निजले म प्रति लगाएको अभियोग झुठ्ठा हो । पैसा उठाउने आसयको कागज भनेको के हो मलार्ई थाहा छैन । मैले त्यस्तो रकम उठाउने कुनै कागज बनाएको छैन । हिरासतमा भएको वेला जवरजस्ती देवी प्रसाद वास्तोलाको नाउँमा पत्र लेखाई सो पत्र सु.इ. साहेवको खान तलासीमा वरमाद गरेको देखाइएको छ । मैले कृष्ण बहादुर वोहराबाट पैसा लिएको होइन । ओसी. निल बहादुर कार्कीले किन भनेका हुन आफै जानुन । प्र.जि.अ.ले निजलार्ई जवरजस्ती लेखाएको हुनु पर्छ भन्ने समेत लक्ष्मण कुमार शर्माले अ.दु.नि.आ. मा गरेको वयान ।

            ५३. आरोपित कसुर गरेको होइन । ०४४।४।१२ गते विहान ८ वजे तिर म आफ्नो कोठामा वसेको थिए । त्यतिखेर अगाडी ठे. कृष्ण बहादुर वोहरा र लगतै पछि प्र.जि.अ. जनसम्पर्क प्रहरीहरु समेतको टोली कोठामा पसी जवरजस्ती खल्तीमा पैसा राखे जस्तो गरी वाहिर अर्को कोठामा ल्याई त्यहाँ थानीइ पंच भलादमीहरु समेतलार्ई वोलार्ई निजको कोठाबाट नोट वरामद भएको भन्ने मुचुल्का उठाई जवरजस्ती सहीछाप गराएका हुन । मबाट नोट वरामद भएको होइन । जुन ठेकेदारवाट रकम लियो भनिएको छ सो कृष्ण बहादुर मेरो साईटमा काम गर्ने ठेकेदार होइन मलार्ई फसाउन ठे.संग मिलार्ई त्यसो गरेको हो । मलार्ई पैसा दिएको भन्ने ठेकेदारहले मलार्ई फसाउने नियतले नै जि. का. वैतडीमा वयान दिएका होलान । योजना प्रमुखसंग प्र.जि.अ. रिसाई राखेको योजना प्रमुखलार्ई फसाउने नियतले हामीलार्ई टार्जेट बनाएको हो भन्ने समेत तेज नारायण यादवले अ.दु.नि.आ. मा गरेको वयान ।

            ५४. आरोप वमोजिमको भ्रष्ट्राचार गरेको छैन । सि.डि.ओ. साहेवले वोलाउनु भएको छ भनि प्रहरी आई लगी पहिले देखि लेखि राखेको कागजमा लेख्न लगाई नमान्दा कुटपिट गरी जवरजस्ती पाटन थानामा लेख्न लगाई सो कागज मेरो झोलाबाट पाइएको भन्ने मुचुल्का गरी मलार्ई ९ दिन सम्म वैतडी थानामा थुनामा राखी आफ्नो अनुसारको वयान गराउनु भयो । ठे. दशरथ सिं विष्टलार्ई मैले कुनै प्रतिशत रकम उठाई लिएको छैन भन्ने समेत प्र.अनिल कुमार मिश्रले अ.दु.नि.आ.मा गरेको वयान ।

            ५५. ५३२ नं. को कागजको पछाडि पट्टि लेखेको अंक मैले लेखेको होइन । ५३३ र ५३४ को कागजमा लेखीएको के लेखेको सम्झना भएन भन्ने देवी प्रसाद वास्तोलाको वयान ।

            ५६. प्र. लक्ष्मण कुमार शर्मा तथा तेज नारायण यादव समेतका प्रतिवादीहरुले विशेष प्रहरी अधिकृत समक्ष गरेको साविति वयान, वरामदी मुचुल्कालार्ई खण्डन हुने कुनै प्रमाण प्रतिवादीहरुवाट पेश दाखिल हुन नसकेको हुँद्या वरामदी मुचुल्कालार्ई प्रमाणमा लिनु पर्ने देखिन आयो । वरामद भएको रुपैया जाहेरवालाको नै हो भन्ने कुरालार्ई प्रतिवादीहरुले स्वीकार गरेकै देखिंदा वरामद भएको रुपैइा सम्ममा यी प्रतिवादीहरु लक्ष्मण कुमार शर्मा र तेज नारायण यादवले कसुर गरेकै देखिन आएको हुँदा भ्र.नि.ऐन, २०१७ कोदफा ३ को कसुर गरेको ठहर्छ । सो ठहर्नाले मुद्दाको प्रकृति अभियुक्तहरुको उमेर काम गरेको अवधि समेतलार्ई दृष्टिगत गरी प्र. लक्ष्मण कुमार शर्माबाट वरामद भएको रु.२८००। र प्र. तेज नारायण यादवबाट वरामद भएको रु.२५००। जफत भई सोही वरामद भएको विगो वमोजिम निजहरुलार्ई जरिवाना हुने ठहर्छ । प्र.अनिल कुमार मिश्रको हकमा निजले कसुर गरेको हो भन्ने प्रमाणित हुन आएको नदेखिंदा अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत पु.वे.अ. पाटनको मिति २०४९।९।६ को फैसला।

            ५७. मैले कुनै प्रतिशत लिए उठाएको छैन, वरामदी मुचुल्का अनुसार नोट एवं कुनै प्रतिशतका कागजात वरामद भएको होइन । कथित एवं वनावटी तवरबाट तैयारी मुचुल्कालार्ई आधार वनाई गरिएको निर्णय प्रमाण ऐन, २०३१ को दफा १८ को प्रतिकूल छ । विल पास भै फछर्योट भैसके पश्चात भूक्तानी दिनको लागि रिश्वत मागेको भन्ने निवेदन आरोप स्वयंमा मिथ्या वनावटी एवं षडयन्त्र रहेको छ । मुद्दा सुन्ने आयोग र पछि पुनरावेदन अदालतले आफू समक्ष वयान नै नलिई गरिएको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । म प्रतिवादी पुनरावेदक उपर कारवाही गर्ने अधिकार क्षेत्र भनि अ.दु.नि.नियमावली अ.दु.नि.आ.लार्ई प्रदान गरेको छैन । यसर्थ पुनरावेदन अदालत पाटनले गरेको निर्णइ सवुद प्रमाण एवं कानूनको प्रत्यक्ष त्रुटी रहेकोले वदर गरी निर्दोक्ष घोषित गरि सफाइ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक तेज नारायण यादवको मिति २०५०।२।१२ मा यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ५८. मैले जाहेरवालालार्ई मेरो साइडमा कुनै काम दिएको छैन । वादी पक्षबाट संकलित प्रमाणहरुले उक्त आरोपलार्ई पुष्टी गर्न नसकी मलार्ई फसाउने इवी बदनियत जन्य इरादा राखी कारवाही गरीएको कुरा पुष्टी हुँदा मैले कुनै रिश्वत लिएको भनि प्रमाणित हुन नसकेको र जाहेरवाला अदालत समक्ष आई वकपत्र नगरेको कथित वरामदी मुचुल्काका साक्षी समेतको अदालतमा अनुपस्थित भएको कुरा पुष्टी हुँदाहुँदै अदालत आफैले तर्क गरी अप्रमाण्ति आधार अवस्थालार्ई मुलभूत प्रमाणको रुपमा ग्रहण गरी कसुरदार ठहर्‍याई पुनरावेदन अदालत पाटनले गरेको फैसला ने.का.प. ०४६ अंक ४ नि.नं. ३७८८ एवं ने.का.प. ०५३ अंक ७ पृ.१७३ मा स्थापित सिद्धान्त विपरित छ तसर्थ म उपरको कसुर अन्य स्वतन्त्र प्रमाणहरुद्वारा सर्मिथत हुन सकेको छैन । यस्तो अपुष्ट वनावटी अभियोगमा मलार्ई कसुरदार ठहर गरी मिति ०४९।९।६ को उक्त पुनरावेदनको फैसलाले घोर अन्यायमा परेकोले मिसिल संलग्न सवुद प्रमाणको यथोचित्त मुल्याकंन गरी त्रुटीयुक्त एवं अन्याययुक्त फैसलालार्ई वदरगरी आरोपित कसुरबाट पूर्ण सफाइ पाएँ भन्ने समेत वेहोराको प्रतिवादी पुनरावेदन लक्ष्मण कुमार शर्मा दाहालाको मिति ०५२।३।१४ मा यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ५९. नियम वमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महेश कुमार नेपाल र विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराईले अ.दु.नि.आ. नियमावली वमोजिम छानविन अधिकृत आफैले अनुसन्धान गरी प्रतिवेदन दायर गर्नु पर्नेमा सि.डि.ओ. ले गरेको अनुसन्धानलार्ई प्रमाणमा लिनु हुँदैन । आयोगलार्ई रा.प. प्रथम श्रेणीका अधिकृतहरुभन्दा तल्लो श्रेणीका कर्मचारी उपर कारवाई चलाउने अधिकार नै नभएकोमा ओभरसियरहरुलार्ई चलाएको कारवाही मिलेको छैन । मिति २०४४।४।११ देखि वि.प्र.अ.ले कारवाई छानविन शुरु गरेकोमा भ्र.नि.ऐन, २०१७ को दफा २४ (क) अनुसारको हदम्याद भित्र मुद्दा दायर भएको छैन । रातको ११।३० वजे गरीएको वरामदी मुचुल्का अ.वं. ११६ र १७२ नं. विपरित समेत भएकाले प्रतिवादीहरु उपर अभियोग दावी वमोजिम संजाय हुनुपर्ने होइन, पुनरावेदन अदालतको फैसला उल्टी हुनु पर्छ भनि गर्नु भएको वहस समेत सुनियो ।

            ६०. डडेलधुरा वैतडी दाचुला सडक आयोजनामा कार्यरत यी प्रतिवादीहरुले सडक निर्माण सम्वन्धी कार्यमा योजना प्रमुख समेतको निर्देशनमा ठेकेदारहरुसंग गैर कानूनी रुपमा रकम लिएर खाएको भन्ने उजुरी परि वि.प्र.अ.वाट छानविन हुँदै जाँदा योजना प्रमुखको समेत संलग्नता देखिएबाट अ.दु.नि.आ.को क्षेत्रभित्र पर्न गई अ.दु.नि.आ.बाट छानविन अनुसन्धान हुँदा प्र. लक्ष्मण कुमार शर्मा तेज नारायण यादव र अनिल कुमार मिश्रले भ्र.नि.ऐन, २०१७ को दफा ३ तथा अ.दु.नि.नियमावली २०३४ को नियम ३(ग) र ६ वमोजिमको कसुर गरेकोले सोही ऐनको दफा २९(२) वमोजिम संजाय तथा ऐ. नियमावलीको नियम ११(१) वमोजिम असाधारण समेतको प्रयोग कारवाही गरी पाउँ भन्ने अभियोग दावी रहेको देखिन्छ ।

            ६१. सर्वप्रथम प्रस्तुत मुद्दाको अनुसन्धान दायर र कारवाही गर्न अ.दु.नि.आ.लार्ई अधिकार छ छैन भन्ने प्रश्नको निरोपण हुनु पर्ने देखियो । तसर्थ त्यसतर्फ विचार गर्दा डडेलधुरा, वैतडी दार्चुला सडक आयोजनामा ओभरसियर पदमा कार्यरत पुनरावेदक तेज नारयण यादव र लक्ष्मण कुमर शर्माले ठेकेदारहरुबाट गैर कानूनी रुपमा रकम लिए खाएको भन्ने उजुरी परी विशेष प्रहरी अधिकृतले निज ओ.सी. हरुले गैरकानूनी रुपमा लिएको भनिएको रकम तेज नारायण यादवको टि सर्टबाट र लक्ष्मण कुमार शर्माको डेरा कोठाबाट निजको सिरानी मुनीबाट वरामद भएको र र अनुसन्धानको सिलसिलामा वि.प्र.अ.ले निजहरुको वयान गराउँदा सो योजनाको योजना प्रमुख देवी प्रसाद वास्तोला समेतको निर्देशनमा ठेक्का रकमको प्रतिशतको हिसावबाट उठाउने गरेको भनि अनियमित कार्यमा योजना प्रमुखको समेत संलग्नता रहेको देखाई निजहरुले वयान गरेका रहेछन । सो योजनाको योजना प्रमुख रा.प.प्रथम श्रेणीको अधिकृत भएकोले अ.दु.नि.आ. नियमावली, ०३४ को नियम १० ले अ.दु.नि.आ. को क्षेत्राधिकार भित्र पर्ने देखिंदा अ.दु.नि.आ. नियमावली, ०३४ को नियम १२ को प्रतिवन्ध (२) अनुसार कारवाहीको लागि वि.प्र.अ. वाट अनुसन्धान कारवाईको मिसिल समेत अ.दु.नि.आ.मा पठाएको देखिन्छ । अ.दु.नि.आ.वाट तोकिएको छानविन अधिकृत (आयुक्त) वाट तत्सम्वन्धमा छानविन गरी सो योजनाको ओभरसियरहर उपर मुद्दा दायर गरिएको देखिन्छ । योजना प्मुख उपर मुद्दा चलाईएको छैन । यसरी रा.प.प्रथम श्रेणीको योजना प्रमुख उपर मुद्दा नचलार्ई ओभरसियरहरु उपर मुद्दा चलाईएको कारणबाट नै अ.दु.नि.आ.लार्ई प्रस्तुत मुद्दामा कारवाई गर्ने अधिकार छैन भन्ने पुनरावेदक तर्फबाट विद्वान कानून व्यवसायीका वहस जिकिर भएकोले अ.दु.नि.आ. को अधिकार क्षेत्र सम्वन्धमा व्यवस्था गरिएको सो अ.दु.नि.आ. नियमावलीको नियम १० र ११ यसप्रकार छ ।

नियम १० : सवैधानिक अंग कानूनी निकाय मन्त्रालय र विभाग लगायत सरकारी वा सार्वजनिक कार्यालय वा संगठित संस्थाको प्रमुख देखि घटीमा विभागिय प्रमुख र सो सरअ सम्मको अख्यिार प्राप्त व्यक्तिले नियम ३ को खण्ड (क)(ख)(ग) र (घ) वमोजिम अख्तियार दुरुपयोग गरेमा त्इसे अख्तियार प्राप्त व्यक्ति र सो दुरुपयोगमा मुछिएका व्यक्ति उपर समेत त्यसको छानविन गरी कारवाही गर्ने सामान्य अधिकार आयोगलार्ई हुने छ ।

            ६२. तर यसरी साधारण अधिकार प्रयोग गर्दा मुछिन आउने कुनै पनि तहका अख्तियार प्राप्त वा गैर सरकारी व्यक्ति उपर कारवाही गर्न यो नियममा लेखिएको कुनै कुराले वाधा पुर्‍याएको मानिने छैन ।

स्पष्टीकरण : विभागिय प्रमुख र सो सरहको अख्तियार प्राप्त व्यक्ति भन्नाले विभागिय प्रमुख भनि तोकिएको तथा रा.प. प्रथम श्रेणी र सो सरह तथा सो भन्दा माथीको पद र श्रेणीको व्यक्तिलार्ई संम्झनु पर्दछ ।

      नियम ११: (१) आयोगले नियम ९ वमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा वा अवस्था र आवश्यकता अनुसार वेला मौकामा अख्तियार सदुपयोग गराई अनुसासन कायम राख्न अख्तियार प्राप्त व्यक्तिले नियम ३ को खण्ड (क)(ख)(ग) र (घ) वमोजिम अख्तियार दुरुपयोग गरेमा नियम १० मा व्यवस्था गरिएका अधिकार श्रेत्रका अतिरिक्त विभागिय प्रमुख वा सो सो सरह भन्दा मुनीका कुनै तहका अख्तियार प्राप्त व्यक्ति र सो दुरुपयोगमा मुछिएका गैर सरकारी व्यक्ति उपर समेत छानविन गरी उदाहरण स्वरुप कारवाही गर्न सक्ने असाधारण अधिकार आयोगलाई हुने छ ।

            (२) नियम ३ को खण्ड (ङ) वमोजिम अख्तियारको दुरपयोग नियम ८ अनुसार संवैधानिक अङ्ग कानूनी निकाय, सरकारी वा सार्वजनिक कार्यालय वा संगठित संस्थाको कुनै अहोदामा रहेको अख्तियार प्राप्त व्यत्तिले वा कुनै वखत त्यस्तो ओहदामा अख्तियार प्राप्त व्यक्ति भई रहि वसेको व्यक्तिले सो ओहदामा छंदा गरेका वा गरेकोमा र सो दुरुपयोगमा मुछिएको ग्रैर सरकारी व्यक्ति उपर समेत त्यसको छानविन गरी कारवाही गर्ने असाधारण अधिकार आयोगलार्ई हुने छ ।

            (३) अदालतमा दायर रहेका भ्रष्ट्राचार सम्वन्धी मुद्दा वाअ‍ेक प्रचलित कानून वमोजिम भ्रष्ट्राचारमा कारवाही गर्ने अधिकार पप्त भई कारवाही भैरहेको कुनै पनि छानविन अनुसन्धान तहकिकात वा अन्य कारवाही जुनसुकै अवस्थामा पुगेको र जुनसकै अधिकार समक्ष भउपनि आयोगमा परेको उजुरी वा प्राप्त सूचना अनुसार धाधंली भएको छ भन्ने कुरामा आयोगले निश्चय गरेमा र त्यस्तो छानविन मुद्दाको प्रकृति र परिणामको गम्भिरर्यतालार्ई समेत हेरी आयोगले सम्वन्धित कारवाही गरी सम्वीन्धत अधिकारीलार्ई वांकी कार्य गर्न टुग्यांउन फिर्ता गर्न वा आफैले हेरी निर्णय गर्न समेत सक्ने छ ।

            ६३) सो व्यवस्थाबाट अ.दु.नि.आ. लार्ई साधारण आसधारण गरी दुई किसिमको अधिकार क्षेत्र दिएको पाईन्छ । नियम १० मा साधारण अधिकार क्षेत्रको व्यवस्था गरिएको छ भने नियम ११ मा साधारण अधिकार क्षेत्रको व्यवस्थाबाट घटिमा रा.प.प्रथम श्रेणीको अधिकृतले अख्तियार दुरुपयोग गरेमा निज उपर समेत छानविन गरी कारवाही गर्ने अधिकार अ.दु.नि.आ.लार्ई भएको देखिन्छ सो साधारण अधिकार क्षेत्र भित्र घटीमा रा.प.प्रथम श्रेणीको अधिकृतले गरेको अख्तियार दुरुपयोगमा मुछिएको गैर सरकारी वयक्ति उपर समेत छानविन गरी कारवाही गर्ने अधिकार पनि पर्दछ सो साधारण अधिकार प्रयोग गर्दा मुछिन आउने कुनै पनि तहको अख्तियार प्राप्त व्यक्ति उपर पनि कारवाही गर्न सकिने देखिन्छ । यो साधारण अधिकार क्षेत्र प्रयोग हुन अख्तियार दुरुपयोग गर्नेमा संवैधानिक अंग कानूनी निकाय मन्त्रालय र विभाग लगायत सरकारी वा सार्वजनिक कार्यालय वा संगठित संस्थाको प्रमुख देखी घटीमा विभागिय र रा.प. प्रथम श्रेणीको अधिृकतको संलग्नता हुन अनिवार्य देखिन्छ । त्यस्तो अधिकारी संलग्न रहेको अख्तियार दुरुपयोगमा अन्य जुनसुकै तहको अधिकार पप्त व्यक्ति वा गैर सरकारी व्यक्ति मुछिएको भएपनि अ.दु.नि.आ. ले उक्त साधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाही गर्न सकिने देखिन्छ । नियम ११ मा गरिएको असाधारण अधिकर क्षेत्रको व्यवस्थाबाट अख्तियार दुरपयोग गर्ने विभागिय प्रमुख भन्दा मुनीका कुनै पनी तहका अख्तियार प्राप्त व्यक्ति सो अख्तियार दुरुपयोगमा मुछिएको गैर सरकारी व्यक्ति उपर समेत छानविन गरी उदाहरण स्वरुप कारवाही गर्न कार्यमा घटीमा रा.प. प्रथ्म श्रेणीको अधिकृतको संलग्न्ता नभएपनि सो भन्दा मुनिका कुनै पनि तहका अख्तियार प्राप्त व्यक्तिले अख्तियार दुरुपयोग गरेमा अ.दु.नि.आ.ले आफै असाधारण अधिकार क्षेत्र प्रयोग गरी त्यस्तो अख्तियार दुरुपयोगमा छानविन गरी रा. प्रथम श्रेणीको अधिकृत भन्दा मुनीका जुनसुकै तहको व्यक्ति उपर समेत छानविन गरी कारवाही गर्न सकिने देखिन्छ ।

            ६४. विभागिय प्रमुख वा सो भन्दा मुनीका अख्तियार प्राप्त व्यक्तिले भ्रष्ट्राचार गरी अख्तियार दुरुपयोग गरेमा प्रलित कानून वमोजिम विशेष प्रहरी अधिकृतले अनुसन्धान कारवाही चलाईएकोमा अ.दु.नि.आ.को अधिकार क्षेत्र भित्र पर्ने विषय देखिन आएमा अ.दु.नि.आ.मा पठाउनु पर्ने वाध्यात्मक व्यवस्थ अ.दु.नि.आ. नियमावली, २०३४ को नियम १२ को प्रतिवन्धात्मक वाक्यांश (२) मा गरिएको छ जो यसप्रकार छ ।

            ६५. नियम १२ को प्रतिवन्धत्मक वाक्यांश (२) विशेष प्रहरी विभागले आफ्नो अधिकार प्रयोग गरी अनुसन्धानको कारवाही चलाएकोमा आयोगको अधिकार क्षेत्र भित्र पर्ने विषय देखिन आएमा सो विषय आयोगमा पठाई दिनु पर्दछ ।

            ६६. सो व्यवस्था अनुसार डडेलधुरा दार्चुल सडक आयोजनाका ओभरसियरले भ्रष्ट्राचार गरेको भन्ने सम्वन्धमा वि.प्र.अ.ले अनुसन्धान कारवाही चलाएकोमा रा.प. प्रथम श्रेणीको योजन प्रमुखको पनि सो भ्रष्ट्राचारमा संलग्नता देखिन आएको भनि वि.प्र.वि.अ.ले अ.दु.नि.आ. मा पठाएको देखिन्छ । अ.दु.नि.आ. ले अ.दु.नि.आ.को आयुक्तलार्ई छानविन अधिकृत तोकी निज छानविन अधिकृतले छानविन गरी अ.दु.नि.आ. नियमावली, ०३४ को नियम ११(१) अन्तर्गत असाधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाही हुन प्रतिवेदन पेश गरिएको र सो प्रतिवेदन अनुसार नै कारवाही भएको मिसिलबाट देखिएकोले प्रस्तुत मुद्दाको कारवाही गर्न अ.दु.नि.आ. लार्ई असाधारण अधिकार क्षेत्र प्रयोग गरी कारवाई गर्ने अधिकार भएको देखिन्छ । तसर्थ प्रस्तुत मुद्दामा कारवाही गर्न अ.दु.नि.आ.लार्ई अधिकार छैन भन्ने पुनरावेदक तर्फको विद्वान कानून व्यवसायीको वहससंग सहमत हुन सकिएन ।

            ६७. अर्को प्रश्न हदम्याद नघाई प्रतिवेदन दायर भएको भन्ने जिकिर तर्फ विचार गर्दा अ.दु.नि.आ. ले अ.दु.नि.आ. नियमावली ०३४ कोनियम नियम १२ को प्रतिवन्धात्मक (२) अनुसार अ.दु.नि.आ.को साधारण अधिकार क्षेत्र पर्न गएको भनि कारवाईको मिसिल अ.दु.नि.आ. मा पठाएको र अ.दु.नि. आ बाट ०५४।११।२४ मा सो आयोगको एक जना आयुक्तलार्ई छानविन अधिकृत तोकिएको छ । सो सम्बन्धमा अधिकृतले छानविन गरी मिति २०४५।७।२३।३ प्रतिवेदन दायर गरेको देखिन्छ ।

            ६८. अ.दु.नि.आ. नियमावलीको नियम ३७(३) मा यस नियम बमोजिम छानविन अधिकृतले नियम ३ को खण्ड (ख) र (ग) र (ङ) बमोजिम अख्यिार दुरुप्रयोग गरेकोमा आयोगमा नालेस सरहको प्रतिवेदन गर्दा प्रचलित कानूनमा नालिस गर्नलार्ई ६ महिना भन्दा बढी हद म्यादको व्यवस्था भएकोमा सोहीहद म्याद भित्र र ६ महिना भन्दा धटि हद म्यादको व्यवस्था भएकोमा मुद्दा दायर गर्नु पर्ने कारण परेको वा अपराध भएको ६ महिना भित्र हदम्यादको व्यवस्था नै नभएको जतिमा छानिविन को कार्वही प्रारम्भ गरेको मितिले छानविन अधिकृतले ६ महिना भित्रमा आयोगमा नासिल सरहको प्रतिवेदन दायर गरिसक्नु पर्दछ भन्ने उल्लेख भै रहेकोले सो आयोगबाट छानविन भएको मितिले ६ महिना भित्र प्रतिवेदन दायर गर्ने हदम्यादको व्यवस्था भै रहेको पाईन्छ सो ६ महिनाको हदम्याद भित्र छानविन पुरा हुन नसकेमा नियम ३७ (४)ले ६० दिनसम्म हदम्याद थप हुने सने व्यवस्था गरेको पाईन्छ । प्रस्तुत मुद्दामा छानविन अधिकृतले ०४५।५।।२२।४ मा अ.दु.नि.आ. नियमावलीको नियम ३७ (४) अन्तर्गत ६० दिन हदम्याद थप गरि मिति २०४५।७।२३।३ मा प्रतिवेदन दायर गरेकोले सो प्रतिवेदन हदम्याद नाघि दायर भएको भन्न पनि मिल्ने दखिएन । तसर्थ हदम्याद नाघी दायर भएको प्रतिवेदनमा कारवाई हुन नसक्ने हुँदा खारेज हुनु पर्ने भन्ने विद्वान कानून व्यवसायीको वहस जिकिरसंग सहमत हुन सकिएन ।

            ६९. अ.दु.नि.आ. नियमावली २०३४ बमोजिम अ.दु.नि.आ को अधिकार क्षेत्र भित्र परेको विषयमा छानविन कारवाई गर्ने अधिकार वि.प्र.अ.लार्ई नभएकोले वि.प्र.वि. ले छानविन अनुसन्धानको सिलसिलामा तयार गरेको लिखत प्रमाण नलाग्ने भन्ने विद्वान कानून व्यवसायीको अर्को वहस जिकिर तर्फ विचार गर्दा अ.दु.नि.आ. नियमावली ०३४ नियम १२ ले विभागिय प्रमुख वा सो तह भन्दा मुनिका अख्तियार प्राप्त व्यक्तिले भ्रष्ट्राचार गरि अख्तियार दुरुप्रयोग गरेमा प्रचलित कानून बमोजिम वि.प्र.अ. ले अनुसन्धान गरी कारवाही गर्न यस नियमावलीले वाधा नपुर्‍याउने भन्ने प्रष्ट व्यवस्था गरिराखेको छ । वि.प्र.वि.अ. ले त्यस अनुसन्धान कारवाही गरिएकोमा अ.दु.नि.आ.को अधिकार क्षेत्र भित्र पर्ने विषय देखिन आएमा सो विषय आयोगमा पठाई दिनु पर्ने व्यवस्था गरेको पाईन्छ । सो नियममा त्यस अ.दु.नि.आ. को अधिकार क्षेत्रको विषय देखाई अ.दु.नि.आ. मा पठाएको वि.प्र.अ.ले गरेको अनुसन्धान कारवाही लार्ई मान्यता नपाउने व्यवस्था गरेका पाईदैन र सो व्यवस्थाबाट अ.दु.नि.आ.को अधिकार क्षेत्रभित्रको विषय देखिए तत्पश्चात छानविन कारवाहीको कार्य अ.दु.नि.आ.ले गरिने हुदा वि.प्र.वि.ले गरेको अनुसन्धान कारवाहीलार्ई मान्यता नपाउने भन्न मिल्दैन ।

            ७०. अव पुनरावेदक प्रतिवादीहरुलार्ई कसुरदार ठराएको पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको के रहेछ निर्णय हुनुपर्ने देखियो । प्र. लक्ष्मण कुमार शर्माको हकमा विाचार गर्दा मिति २०४४।४।११ को वरामदी मुचुल्कामा उल्लेख भएको नम्वर भएका नोट मेरो विस्तारको सिरानी मुनिबाट भेटीएके होईन रु १३९६। मेरो तलव भत्ताको नोट हो । अरु नोट ठेकदार आफूले र सिडियोले टेवुलमा राखि मलार्ई जवरजस्ती सह गराएको भनि अ.दु.नि.आ को छानविन अधिकृत समक्ष प्र. लक्ष्मण कुमार शर्माले बयान गरेको छ भने वरामद भएको भनेको नोट मध्ये मेरो तलवभत्ताको रु१३९६। बाहेक अरु नोट मेरो डेरा भन्दा उत्तर पट्टि साइट भान्सा घरको अगाडीबाट उठाई सि.डि.यो समेतले मेरो डेराको टेवलमा ल्याई पैसा गनि नम्वर मिलार्ई मुचुल्का बनाई मेरो सिरानीमुनीबाट निस्केको भनि कतै मुचुल्का बनाएका हुन । मेरो डेराको उत्तर पट्टि कसले कसरी नोट फ्याके मलार्ई थाहा छैन भनि अ.दु.नि.आ. मा बयान गरेको छु सो बयान अनुसार सि.डि.ओ. वि.प्र.अ. आफैले रुपैया राखी प्र. लक्ष्मणको सिरानी मुनीबाट वरामद भएको भने कृतिम मुचुल्का खडा गरेको भन्ने कुराको ठोस प्रमाण प्र. लक्ष्मण कुमारले पुर्‍याउन सकेका छैनन । सो वरामदी मुचुल्का मौनेली गा.प.का प्र.प. र सिडियो दिपक बहादुर थापाले रोहवरमा भै रहको देखिएको छ । यसरी आफ्नै योजनको निमत्त यो प्र.डि. इ र प्र.प. समेतले प्र. को सिरानी मुनीबाट वरामद नभएको रुपियालार्ई वरामद भएको भनि कृत्रिम मुचुल्का गरि दिनु पर्ने अवस्था र कारणपनि प्रं ले बताउन सकेको छैन । ओ.सी. लक्ष्मण कुमार शर्मा अनुचित सुविधाको रुपमा म समेतका ठेकेदारबाट रुपया प्रतिशतको रुपमा लिनु खानु गरेको छ यो वर्षादमा पहिरो फाल्ने कम दिलाउछु भनि निज ओ.सी. ले पैसा माग गरेकोले तल नम्वर उल्लेखित गरिएका नोटहरु संलग्न नगरी रु ३०००।- निज ओ.सि.लार्ई बुझाउदैछु भनि कृष्ण बहादुर वोहराले जि.का. बैतडीका प्र.वि.अ.लार्ई निवेदन दिएको छ । सो निवेदन अनुसार प्र.जि.अ. वि.प्र.अ. समेतको डोर गई खान तलासी गर्दा निज ओसी.लार्ई लक्ष्मण कुमार शर्माको सिरानीमुनीबाट रु २९००।- बरामद भनि भई रहेको देखिन्छ । निज कृष्ण बहादुर वोहराले आफूले दिएको निवेदन सनाखत गरी सो सनाखत गरेको निवेदन तथा मुचुल्कामा उल्लेखित वेहोरा ठिक साचो हो भनि अ.दु.नि.आ.को छानविन अधिकृत समक्ष बयान पनि गरि दिएको छ । निज ओ.सी. लक्ष्मण कुमार शर्माले वि.प्र.अ. (प्र.जि.अ.) समक्ष बयान गर्दा सडक निर्माण कार्यमा संलग्न ठेकेदारहरुबाट प्रतिशतको हिसाबले रकम फाडफांड गरि लिने गरेको कुरा स्वीकारको पनि छ । यस्तो अवस्थामा निज ओ.सि. लक्ष्मण कुमार शर्मा निर्दोषि हुन भन सकिने अवस्था देखिएन । तसर्थ उपरोक्त विवेचित्त सबूत प्रमाणबाट निज लक्ष्मण कुमार शर्मालार्ई भ्र.नि ऐनको दफा ३ अन्तर्गत कसुरदार ठहर गरेको पु.वे.अ. को इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ निजको पुरावेदन जिकरि पुग्न सक्दैन ।

            ७१. पुनरावेदक तेज नारायणको हकमा विचार गर्दा दशीको रुपैया रातको समयमा वरामद गरिएकोले अ.व. ११६ नं. अ.व. १७२ नं.को विपरित हुँदा सो वरामदी गैर कानूनी छ भन्ने अर्को बहस जिकिर तर्फ विचार गर्दा अ.व. १७२ मा श्री ५ सरकार वादी हुने फौजदारी मुद्दामा तहकिकात गर्दा जुन अपराधका सम्बन्धमा सो तहकिकात गर्न लागेको हो सो अपराधसित सम्वन्धीत कुनै वस्तु वा धनमाल कुनै अरुकुनै ठाउँ मा फेलापर्ने सम्भावना छ भन्ने विश्वास गर्ने मनासि माफिकको कारण भएमा र सो वस्तु वा धनमाल सो घर वा ठाउको तुरुन्त तलासी नलिएको खण्डमा प्राप्त नहुने आशंका भएमा आफू विश्वास गर्नु परेको कारण र जुन वस्तु वा धनमालका सम्बन्धमा तलासी लिनु पर्ने सो बस्तु वा धनमालको विवरण स्पष्ट बुझी नै गरी लेखी राखी कम्तीमा प्रहरी सहायक निरिक्षक दर्जा सम्मका प्रहरी अधिकृतले सो घर ठाउको देहाय बमोजिम तलासी लिन वा लिन लगाउन सक्ने छ र सो बमोजिम तलासी लिईसके पछि सो लिएको तिन दिन भित्र तलासी लिएको कारण र तलासी लिएको बस्तु वा धनमाल इत्यादीको फिहरिस्तको एक प्रति नक्कल मुद्दा हेर्ने अड्डामा पठाउनु पर्छ भन्ने उल्लेख भई रहेको देहाय ३ मा घर वा ठाँउको तलासी लिंदा घर भित्र पस्ने कुराको सम्बधमा अ.वं. ११६ न.मा गरिएको व्यवस्था पालन गर्नु पर्ने कुरा उल्लेख गरेको छ अ.वं. ११६ मा वारेण्ट जारी गरि पक्रन पर्ने मानिस र हतियार खजना सम्बन्धी मुद्दाको अभियुक्तलार्ई घर भित्र पसि पक्रन पर्दा जुनसुकै वखत भए पनि घरभित्र पसेर पक्रन हुने र अरु मानिसलार्ई पक्रिन पर्दा सुर्योदय देखी सुर्यास्त सम्म घरभित्र पसेर पनि पक्राउ गर्न हुने व्यवस्था गरेको पाईछ । यसबाट सो अ.अ. ११६ नं. मा अभियुक्तलार्ई पक्राउ गर्ने सम्बन्धमा व्यवस्था भै रहेको देखिन्छ । तयसरी पक्राउ गर्न वारेण्ट जारी गरि पक्रन पर्ने र हतियार खजना सम्वन्धी मुद्दाको अभियुक्तलार्ई जुन सुकै बेला पनि घर भित्र पसेर पक्रन हुने अरु किसिमका अभियुक्तलार्ई सुर्योदय देखि सुर्योअस्तसम्म घर भित्र पसेर पनि पक्राउ गर्न हुने व्यवस्था भए जस्तै अपराधीसंग सम्वन्धीत वस्तु धनमाल वरामद गर्ने सिलसिलमा घर वा ठाउ खान तलासी लिन पनि सुर्योदय देखि सुर्योआस्तसम्म मात्र घर भित्र प्रवेश गर्न हुने हो कि भन्ने देखिन्छ । तर अ.वं १७२ मा सो वस्तु वा धनमाल सो घर ठाउको तुरुन्त तलासी नलिएको खण्डमा प्राप्त नहुने आशंका भएमा आफूले विश्वास गर्न पर्ने कारण र जुन वस्तु वा धनमालको सम्बन्धमा तलासी लिन पर्ने हो सो वस्तु वा धनमालको स्पष्ट विवरण बुझि नगरी लेखी तलासी लिन सकिने व्यवस्था भै रहेबाट अपराधसित सम्वन्धीत सस्तु धनमाल वरामद गर्ने कुरामा समयलार्ई भन्दा बढी प्रथमिकता दिनु पर्ने देखिन्छ । प्रस्तुत मुद्दामा रातीको समयसम्म पर्खिदा अपराधसित सम्वन्धीत सो रुपैया दशी नै प्राप्त हुन् नसक्ने प्रवल सम्भावना भएकोले सो दशी गायव हुन नदिन तत्काल खान तलासी लिन बाहेक अरु विकल्प नै छैन । तसर्थ ऐनका मनसाय अनुरुप दशीलार्ई प्राथमिकता दिई वरामद गरिएकोले सो वरामदी मुचुलको मान्यता नपाउने भन्नमिल्दैन । निज ओ.सी. तेज नारायणले ०४५।४।१२ गते विहान ८.३० बजे कृष्ण बहादुर वोहरा पुलिस सि.डि.ओ. समेत एकै पल्ट मेरो कोठामा आई रुपैया थमाउने वहाना गरि ठेकदारबाट रुपैया लिएका छौ भनेर मान्छेहरु बोलार्ई मसंग रुपैया वरामद गरेको भनि मुचुल्का बनाएको हो र सो मुचुल्कामा मलार्ई जि.का. मा कुटपिट गरि सहि गराएको भनि अ.दु नि.आ.को छानविन अधिकृत समक्ष वयान गरेको छ भने ०४४।४।१५ गते विहान ८ वजेतिर ठे. कृष्ण बहादुर वोहरा र लगतै पछि प्र.जि.अ. जन सम्पर्क र प्रहरी समेतको टोली कोठामा वसी जवर्जस्ती खल्तीमा पैसा राखे जस्तो गरी वाहिर अर्को कोठमा ल्याई त्यहाँ स्थानीय पंच भलादमी समेत वोलार्ई निजको कोठाबाट नोट वरामद भएको भन्ने मुचुल्का उठाई जवरजस्ती सहिछाप गराएका हुन भनि अ.दु.नि.आ. मा वयान गरेको छ । यसरी ०४४।४।१२ गतेविहान ८ वजेतिर प्र.जि.अ. (वि.प्र.अ.) समेतको टोली निज तेज नारायणलार्ई रुपैया जवरजस्ती हाले राखे जस्तो गरीएको भन्ने कुराको परिपुष्टि हुने ठोस प्रमण निज तेज नारायणले गुर्जान सकेका छैनन् । सो वरामदी मुचुल्का निज तेज नारायण कै योजना (कार्यालय) को अ.इ. सफि अहमद र प्र.पं. समेतको उपस्थितमा भै रहेको छ । निज कार्यालयका अ.इ.ले निजको वयान अनुसार झुठा वेहोराको मुचुल्का गरि दिन पर्ने अवस्था र कारण पनि निजलेदिन सकेका छैनन् । मिसिल संलग्न रहेका ०४४।४।१२ को वरामदी मुचुल्काबाट सो वरामदी मुचुल्का रातको १०:३० वजे भएको सोही वरामदी मुचुल्कामा उल्लेख भई रहेकोले विहान वरामद गरेको भन्ने निजको वयान पत्यार लाग्दो देखिएन । निज तेज नारायणले वि.प्र.अ. समक्ष वयान गर्दा सो सडक निर्माण कार्यमा संलग्न कामदारबाट प्रतिशतको रुपमा रकम असुल गरेर लिने खाने कुरामा सावित रहेको देखिन्छ । निर्माण कार्य सम्वन्धि १५ मा वांकी रहेको रु.२५००।– निम्न नम्वरका नोटहरु वाध्य भएर निज ओ.सी. तेज नारायणलाई दिएको हुँ भनि कृष्ण बहादुर वोहराले निवेदन दिए अनुरुप प्र.जि.अ. निज तेज नारायण कै (कार्यालय) योजनाका अ.इ. र स्थानिय प्र.पं.को उपस्थितमा सो निवेदनमा उल्लेखित नम्वरका नोटहरु वरामद भैरहेको पनी देखिन्छ । निज ठे. कृष्ण बहादुरले अ.दु.नि.आ.को छानविन अधिकृत समक्ष आफूले दिएको निवेदन सनाखत गरिएको र सो सनाखत भएका निवेदन र वारमदी मुचुल्कामा उल्लेखित वेहोरा ठिक सांचो हो भनि वयान गरिदिएको पनि छ र यस्तो अवस्थामा निज ओ.सी. तेज नारायण निर्दोष हुन भनि भन्न सकिने देखिउन । तसर्थ उपरोक्त सवुद प्रमाणबाट निज ओ.सी. तेज नारायण यादवलार्ई भ्र.नि.ऐन, २०१७ को दफा ३ अन्तर्गत कसुरदार ठहराएको पु.वे.अ. पाटनको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्र. तेज नारायण यादवको पुनरावेदन जिकिर पुग्न सकदैन । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायम म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्बत् २०५५ साल जेष्ठ १९ गते रोज ३ शुभम् ............ ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु