शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६०९ - ज्यान मार्ने उद्योग

भाग: ४० साल: २०५५ महिना: माघ अंक: १०

निर्णय नं. ६६०९      ने. का. . २०५५     अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री नरेन्द्र बहादु न्यौपाने

संवत् २०५१ सालको फौ. पु. नं......८७५

फैसला मिति : २०५४।३।१६।२

 

मुद्दाः ज्यान मार्ने उद्योग ।

 

पुनरावेदक/वादीः जय बहादुर राईको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः जिल्ला खोटाङ्ग दिक्तेल रावा वाक्सोला गा. वि. . डाडाँघर भै हाल मोरङ्ग शनिश्चरे गा. वि. . वडा नं. १ बस्ने सुल बहादुर राई ।

 

§  गर्धन जस्तो संवेदनशील अंगमा खुकुरी प्रहार गरी काटेकोले प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १५ नं. बमोजिमको सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएकोमा प्रतिवादीले अदालत समेतमा बयान गर्दा आफूले मार्ने नै नियतले खुकुरी प्रहार गरेको होइन भनी इन्कारी गरेकोले स्वयं जाहेरवालाले पनि वकपत्र गर्दा मार्ने नै उद्देश्यले खुकरी प्रकार गरेको हो भनी निश्चित रुपमा भन्न नसकेको । वारदातको रुपबाट प्रतिवादीले पिडितलाई मार्न नै चाहेको भए पुनः प्रहार गरी मार्न लाई कुनै वाधा अवरोध उत्पन्न नभएको साथै सर्जमिनका मानिसहरुले अदालतमा आई वकपत्र गर्दा ज्यान मार्ने उद्देश्य प्रतिवादी नभएको भनी गरेको वकपत्र समेतबाट ज्यान मार्ने नियतले मर्ने सम्मको कार्य गरि सकेको भन्ने प्रमाण पुग्न नआउने ।

(प्र. नं. १५)

पुनरावेदक वादी दर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद

प्रत्यर्थी प्रतिवादी तर्फबाट :X

अवलम्वित नजिर :X    

फैसला

       न्या. मोहनप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको तथ्य एवं ठहर यसप्रकार छ ।

       .    २०४९।९।७ गते अपरान्ह ३.३० वजेको समयमा भैसी जंगलतिर गएको होला भनी खोजी गर्न घरबाट निस्कदा शनिश्चरे गा. वि. . वडा नं. १ डेरा गरी बस्ने नाम थाहा नभएको विसनको बाबु भन्ने राईले निजको घरमा बोलाई घिमिरे वाजेलाई रुपैया दिए फरक पर्दैन । घिमिरेले नतिरे म दिर्छु भनी जवानी बस्यौं रुपैया तिर भने भाखा पुगेको छैन किन ताकेता गर्नु हुन्छ भन्दा मेरो रुपैया नतिरी हिड्न पाउदैनस भनी खुकुरी लिई म तिर आई तत्काल फेला परेको रुखको सुकेको हागो उठाई छेक्दैका अवस्था मेरो गर्धन ताकी प्रहार गर्दा हागो काटिन गई करिब ६ इन्च लामो ३ इन्च गहिरो खुकुरीको चोट परेको र ज्यान मार्ने उद्देश्य गरेको हुँदा सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

       .    जाहेरवाला मेरो काका ससुरा नाता पर्ने हुन । म पथरीमा आई ऐलानी जग्गामा घर बनाई बसेको थिए सो घर विक्री गरी केही पैशा छोरालाई दिए केही म सँग थियो । गत असार महिना देखि जाहेरवालाको घरमा गई बसी रु. ,०००। को चामल किने एकै भान्सा खादै आयौं पैशा धान व्याजमा लगाई दिन्छु भनी मबाट रु. ,०००। लगेर रु. ,०००। निजले चलाए रुपैयाको व्याज माग्दा उल्टै घोक्रयाई मुन्ट्याई गरे गाउँका आइमाई ल्याएर कुटाए र ०४९।९।७ गते जाहेरवाला मेरो डेरामा गई गाली बेइज्जती गर्न थालेकोले सहन नसकि जाहेरवालालाई एकचोटी हानेको हुँ । मार्ने नियतले चाही होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुल बहादुर राईले ०४९।११।१२ मा प्रहरीमा गरेको कागज ।

       .    पक्राउ परेको सुल बहादुर राई एक महिना अगाडि देखि मेरो घरमा डेरा गरी बसेको हो घटना हुने दिन जाहेरवाला सँग वादविवाद भएछ । म निदाएको थिए । मान्छे काट्यो भन्ने हल्ला सुनी उठे। जाहेरवाला आगनमा लडेको देखि उपचारको लागि पथरी सम्म पुर्‍याएको हो भन्ने समेतको सर्जमिनको दफा १ का सोमनाथ र दफा २ देखि ९ सम्मका मानिसले लेनदेन सम्बन्धी विवादलाई लिएर घटना घटेको हुनु पर्छ भन्ने समेतको सर्जमिनको व्यहोरा भएको ०४९।९।२३ को सर्जमिन मुचुल्का ।

       .    लेनदेनको विषयमा वाद विवाद झगडा परि जाहेरवालालाई खुकुरीले काटी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को विपरीत कसुर गरेकोले ऐ. १५ नम्बर अनुसार सजाय गरी पाउँ भन्ने समेतको माग दावी भएको प्रहरी प्रतिवेदन ।

       .    जाहेरवालासंग मेरो लेनदेन व्यवहार थियो । मैले रु. ,०००। व्याजमा दिएको थिए । रु. ,०००। आफूले चलाएर रु. ,०००। घिमिरे भन्ने व्यक्तिलाई व्याजमा दिएको भन्थे । म घिमिरे भन्ने व्यक्तिलाई चिन्दीन । उनले भनेको मिमिा म व्याज माग्न जाँदा गाउँका आइमाइ लगाएर कुटपिट समेत गरे र जाहेरवालाको हातबाट २।३ पटक कुटाई पनि खाएं । ०४९।९।७ गते दिउसो ११।१२ वजे जाहेरवाला म बसेको घरमा आएको थिएं आफ्नो रुपैया माग्न जाँदा उल्टै कुटपिट गरेका हुँदा र सो दिन फेरी जाहेरवाला मलाई कुट्न आउँदा खुकुरले हाने । तर ज्यान मार्ने उद्देश्यले काटेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुल बहादुर राइले ०४९।१०।१ मा अदालतमा गरेको बयान ।

       .    कानको पछाडी खुकुरीले काटेका हुन । हान्न चहिं ज्यान मार्ने नियतले नै हानेका होला निजको ज्यान मार्ने विचार थियो थिएन उसैले जान्छन भन्ने समेत व्यहोराको जाहेरवालाको अदालतमा भएको वकपत्र ।

       .    ज्यान मार्ने उद्देश्यले काटेको होइन भन्ने समेत व्यहोराको सर्जमिनका मानिस पदम बहादुर, पञ्चबहादुर, सुगामती खड्ग बहादुरको एकै मिलानको अदालतमा भएको वकपत्र ।

       .    प्रतिवादीले ज्यान मार्ने उद्देश्यबाट नै खुकुरी प्रहार गरेको देखिंदा ज्यान सम्बन्धीको १५ नं. अनुसार ५ वर्ष कैद हुन्छ भन्ने समेतको मोरङ जिल्ला अदालतको ०५०।२।१७ को फैसला ।

       १०.   ज्यान मार्ने उद्योग हुनको लागि तथ्य अभाव हुँदा हुँदै उद्योग ठहर गरी ५ वर्ष कैद सजाय गरेको फैसला त्रुटी पूर्ण हुँदा बदर गरि अभियोगबाट सफाइ पाउ भन्ने समेत व्यहोराको प्रतिवादी सुल बहादुरको पु. वे. . विराटनगरबाटमा परेको पुनरावेदन पत्र ।

       ११.   शुरुले ज्यान मार्ने उद्योग गरेको ठहर्‍याएको निर्णय फरक पर्न सक्ने देखिंदा छलफल निमित्त सरकारी वकिल कार्यालयमा सूचना दिई पेश गर्नु भन्ने समेतको ०५०।८।९ को पु. वे. . विराटनगरको आदेश ।

       १२.  जाहेरवालाले अदालतमा वकपत्र गर्दा मार्ने उद्देश्यलेनै प्रतिवादीले खुकुरी प्रहार गरेको भनी निश्चित रुपमा वकपत्र गर्न नसकेको यदि प्रतिवादीले ज्यानै मार्न चाहेको भए पुनः प्रहार गरी मार्नलाई कुनै वाधा अवरोध उत्पन्न भै मार्न नसकेको भन्ने कुरा खुल्न नआएको । प्रतिवादी अदालत समेतमा इन्कार रहेको हुँदा प्रमाणको अभावमा शुरु जिल्ला अदालतको ज्यान मार्ने उद्योगको कसुर गरेको भनी ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम ५ वर्ष कैद सजाय गर्ने गरेको इन्साफ नमिलेकोले अभियोग दावीबाट सफाई पाउने ठहर्छ । जाहेरवालालाई जनाउन दिई सकार गर्न आएमा कुटपिटमा परिणत गरी कानून बमोजिम किनारा गर्नु भन्ने पुनरावेदन अदालत मोरङ्गको मिति २०५०।१०।२०।४ को फैसला ।

       १३.  जाहेरी किटानी छ । प्रतिवादी अपराध गरेमा पुर्ण रुपमा सावित छ । गर्धन जस्तो शरिरको मर्मस्थानमा खुकुरी प्रहार गरेको लेनदेनको रिसईवीबाट पिडित र प्रतिवादी वीच झगडा भै वारदात घटन गरेको छ । यस स्थितिमा प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय नगरी सफाई दिने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला बदर गरी शुरु जिल्ला अदालतबाट सजाय हुने गरी भएको फैसला बदर गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।

       १४.  नियम बमोजिम दैनिक पेशी सुचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसादको बहर समेत सुनी अभियोग दावीबाट सफाइ दिने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन ? र पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन त्यसको त्यस विषयमानै निर्णय दिनु पर्ने हुन आयो ।

       १५.  यसमा निर्णय तर्फ विचार गर्दा गर्धन जस्तो संवेदनशिल अंगमा खुकुरी प्रहार गरी काटेकोले प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १५ नं. बमोजिमको सजायको माग दावी गरी अभियोग पत्र दायर गरिएकोमा प्रतिवादीले अदालत समेतमा बयान गर्दा आफूले मार्ने नै नियतले खुकुरी प्रकार गरेको होइन भनी इन्कारी रहेको स्वयं जाहेरवालाले पनि वकपत्र गर्दा मार्ने नै उद्देश्यले खुकुरी प्रकार गरेको हो भनी निश्चित रुपमा भन्न नसकेको । वारदातको रुपबाट प्रतिवादीले पिडितलाई मार्न नै चाहेको भए पुनः प्रहार गरी मार्नलाई कुनै वाधा अवरोध उत्पन्न नभएको साथै सर्जमिनका मानिसहरुले अदालतमा आई वकपत्र गर्दा ज्यान मार्ने उद्देश्यले प्रतिवादीको नभएको भनी गरेको वकपत्र समेतबाट ज्यान मार्ने नियतले मार्ने सम्मको कार्य गरी सकेको भन्ने प्रमाण पुग्न आएन तसर्थ ज्यान मार्ने उद्योगको कसुर ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसलालाई उल्टी गरी अभियोग दावीबाट सफाइ दिनुको साथै मुलुकी ऐन कुटपिट महल अन्तर्गत पर्ने देखिंदा स. मु. . ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिट मुद्दामा परिणत गर्ने गरी गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५०।१०।२०।४ को फैसला मलिेकै देखिंदा मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म हमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्वत् २०५४ साल आषाढ १६ गते रोज २ शुभम्.................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु