शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६१३ - पारित वण्डापत्र वदर

भाग: ४० साल: २०५५ महिना: माघ अंक: १०

निर्णय नं. ६६१३      ने. का. . २०५५     अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

संवत् २०५२ सालको दे. पु. नं......२९५३

फैसला मितिः २०५५।२।२०।४

 

मुद्दाः पारित वण्डापत्र वदर ।

 

पुनरावेदक/वादीः जि. सप्तरी सक्रौल गा. वि. . वडा नं. १ बस्ने किसुन देवराय यादव ।

विरुद्ध

विपक्षी/प्रतिवादीः जि. सप्तरी गा. वि. . सक्रोल वडा नं. १ बस्ने मनधनिया देवीसमेत दुई जना ।

 

§  मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा अंश नभएपनि मानो छुट्टीई भिन्न बसेका वा रजिष्ट्रेशन नगरी खतिउपती आफ्नो अफ्नो गरी आफ्नो हिस्सासंग मात्र राखि खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन, लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पनि वादी प्रतिवादी बीच २०४३ सालमा मानो छुट्टीई भिन्न भएको र २०४६।३।१ र २०४६।२।१७ मा कि. नं. १५० समेत जग्गा राजिनामाबाट प्राप्त गरेको देखिंदा विवादीत जग्गाहरु अंशवण्डा लाग्ने हुन्छ भन्न मिल्ने नदेखिंदा, मिति २०४६।३।१२ को पारित वण्डापत्र लिखत वदर नहुने ठहर्‍याएको पु. वे. . जनकपुरको फैसला मिलेकै देखिंदा सदर  हुने

(प्र. नं. १२)

पुनरावेदक वादी तर्फबाट :X

विपक्षी प्रतिवादी तर्फबाछ :X

अवलम्वित नजिर : X

फैसला

 

       न्या. गोविन्द बहादुर श्रेष्ठः न्याय प्रशासन ऐन २०४८ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

       .    मुल पुरुष गंगारामका ३ छोरा, जेठा विपक्षी लक्ष्मी राय माहिला मन धनियाको पति स्व. सुरज यादव र कान्छा म फिरादीको स्व.बावु विरिछ हुन । हामी सवैले अंश वाडफाड गरौ भनी सहमति भई ०४६।३।११।१ का दिन मालपोत कार्यालय सर्लाहीमा आई विपक्षीहरुको विश्वासमा परी अंशवण्डा गरी दिएकोमा विपक्षीहरुले सम्पूर्ण जग्गा समावेश नगरी मेरो अंश हक मर्ने मनसायले केही जग्गा देखाई केही जग्गा लुकाई अंश वण्डा गरेकोले अंश वण्डाको ३२ नं. को कानूनी व्यवस्था विपरीत भएको मिति ०४६।३।११ मा पारीत भएको अंश वण्डा पत्र वदर गरी पाउ भन्ने समेत व्यहोराको फिराद दावी ।

. पारित भएको वण्डापत्र वदर हुनुपर्ने होइन । नरम गरम असल कमअसल मिलाई वण्डा पत्र गरी राजिखुसीले सहिछाप गरेको हो । वादीको अंशहक मार्ने कुनै काम गरेको छैन । उक्त वण्डापत्रको आधारमा दर्ता समेत भई सकेको र दर्ता वदरमा मागदावी नै नभएको हुँदा फिराद खारेजभागि छ । झुट्टा फिरादबाट फुर्सद गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

.    यसमा मिति २०४६।३।११ मा वादी प्रतिवादी बीच वण्डापत्र पारित नै नभएको भन्ने मालपोत कार्यालयबाट प्राप्त पत्रबाट देखिएकोले पारित नै नभएको वण्डापत्र वदर गर्नु पर्ने भन्ने तर्फ कुनै बिचार गरीरहनु नपर्ने हुँदा प्रस्तुत फिराद दावी अ.वं. १८० नं. बमोजिम खारेज हुने ठर्हछ भन्ने समेत व्यहोराको शुरु सप्तरी जिल्ला अदालतको मिति ०४७।११।२० को फैसला ।

.    फिराद खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको इन्साफ वदर गरी पाउँ भन्ने वादीको पुनरावेदन पत्र ।

.    प्रमाणको मुल्यांकन गरी इन्साफ गर्नु पर्नेमा खारेज गर्ने गरेको शुरुको फैसला नमिल्ने हुँदा वदर गरी दिएको छ अव जो जे प्रमाण बुझ्नु पर्छ बुझि कारवाही किनारा गर्न दुवै पक्षलाई तारिख तोकी मिसिल शुरु भन्ने समेत पुनरावेदन अदालत जनकपुरको ०४९।११।२५ को फैसला ।

.    समान अंश लाग्ने अंशियार बिच अंश लाग्ने सम्पत्ति घटी बढी हुनेगरी वण्डापत्रको लिखित लेखी पारीत गराएको पुष्टि हुँदा सो अंश वण्डाको लिखित बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सर्लाही जिल्ला अदालतको मिति २०५०।१०।३ को फैसला ।

.    वण्डापत्रको लिखत खडा हुनुभन्दा अघिनै विक्री भई गईसकेको जग्गा वण्डपत्र समावेश नगरेको भन्ने आधार लिई प्रमाणको विश्लेषण र मुल्यांकन नगरी वण्डापत्र बदर हुने ठहर्‍याएको शुरु जिल्ला अदालतको त्रुटीपूर्ण फैसला बदर गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

.    यसमा वादीले पेश गरेको राजिनामाको कागजको आधार लिई प्रमाणको मुल्यांकन नगरेको शुरुको फैसला विचारणीय हुँदा अ. वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि म्याद भुक्तान भएपछि नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।

१०.   २०४३ सालमा मानो छुट्टीएपछिको राजिनामाको जग्गा पनि अंशवण्डा लाग्ने हुन्छ भन्न मिल्ने देखिदै । यस्तो जग्गा उल्लेख गरेको वण्डापत्र बदर हुनु पर्ने भन्न पनि मिल्ने देखिएन यसर्थ २०४३ सालमा मानो छुट्टीएको राजिनामा बमोजिमको जग्गापनि वण्डा हुनु पर्ने भनी वण्डा हुनुपर्ने भनी वण्डापत्र बदर गरेको शुरु सर्लाही जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको फैसला ।

११.   अंशियारहरुको नाममा वण्डा नभै संगोलमा रहेको अवस्थामा जोडेको जग्गा अंशवण्डाको १८ नं. तथा ३२ नं. प्रमाण ऐन, २०३१ को दफा ६ () समेतले सवै अंशियारको हक लाग्ने हुँदा सो जग्गा नदेखाई वादीको हकमार्ने गरी गरिएको वण्डापत्र सदर गर्ने गरेको निर्णय त्रुटीपूर्ण हुँदा बदर गरी फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१२.  नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक किसुनदेव रायले मिति २०५२।५।२२ को तारिख गुजारी बसेको देखिएतापनि अ. वं. को २०१ नं. अनुसार निर्णय दिनु पर्ने भई मिति ०४६।३।१२ को पारित वण्डा पत्र बदर हुने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिने नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा यसमा वादी प्रतिवादीहरु एकासगोलमा अंशियार भएकोमा विवाद छैन । वादी प्रतिवादीहरु बीच २०४६।३।१२ मा अंशवण्डा भई उक्त वण्डा पत्र लिखतमा वादी प्रतिवादीहरु २०४३ साल देखि चुल्हो मानो छुट्ट्याई भिन्न भई वेगल बसेको भन्ने पनि उल्लेख भएको देखिन्छ । म समेतको हक लाग्ने कि. नं. १५० समेतका जग्गाहरु अंशहक मार्ने नियतले वण्डा पत्रमा समावेश नै नगरी पारित गरिएको वण्डापत्र लित वदर गरी पाउँ भन्ने फिराद दावी देखिन्छ । वादीले अंशवण्डामा समावेश नगरेको भनी दावी गरेका जग्गाहरुका सम्बन्धमा मालपोत कार्यालयबाट प्राप्त जवाफमा दावी मध्येका केही जग्गा नहरमा परेको र केही जग्गा अरुलाई राजिनामा गरिसकेको भन्ने देखिन्छ । वांकी रहेका कि. नं. १५०, ५४८ र ११३ को जग्गाहरु २०४३ सालपछि २०४६।३।३ र ०४६।२।१७ को राजिनामाबाट प्रतिवादी राम प्रताप रायले प्राप्त गरेको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा अंश नभए पनि मानो छुट्टई भिन्न बसेका वा रजिष्ट्रेशन नगरी खति उपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासंग मात्र राखि खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टीई भन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन, लाएको ऋण आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पनि वादी प्रतिवादी बीच २०४३ सालमा मानो छुट्टी भिन्न भएको र २०४६।३।१ र ०४६।२।१७ मा कि. नं. १५० समेत जग्गा राजिनामाबाट प्राप्त गरेको देखिंदा विवादीत जग्गाहरु अंशवण्डा लाग्ने हुन्छ भन्न मिल्ने नदेखिंदा, मिति २०४६।३।१२ को पारित वण्डापत्र लिखत बदर नहुने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्ण कुमार वर्मा

 

इति सम्वत् २०५५ साल जेष्ठ २० गते रोज ४ शुभम् ..................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु