शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६१८ - अंश नामसारी ।

भाग: ४० साल: २०५५ महिना: माघ अंक: १०

निर्णय नं. ६६१८      ने. का. . २०५५     अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

माननीय न्यायाधीश श्री केदार नाथ आचार्य

संवत् २०५२ सालको दे. पु. नं......२९१०

फैसला मितिः २०५५।३।१।२

 

मुद्दाः अंश नामसारी ।

पुनरावेदक/प्रतिवादीः नवलपरासी जिल्ला मजरिया गा. वि. . वडा नं. १ बस्ने राम सहोदर समेत ६ जना ।

विरुद्ध

प्रत्यर्थी/वादीः भागिरथी प्रसादको मु. . गर्ने ऐ. . बस्ने ढोगिंया थरुनी समेत ३ जना 

 

§  मुलुकी ऐन अंश वण्डाको महलको १८ नं. मा मिति २०३४।९।२७ मा भएको संशोधन पश्चालतको उक्त संशोधन हुनु भन्दा अगावै प्राप्त गरेको वक्स पत्रको सम्पत्ति तत्काल प्रचलीत अंश वण्डाको १८ नं. मा मानो नछुट्टी संगै बसेका अंशीयार छन भने अंशियारहरुले कामाएको धन र लागेको ऋण सवै अंशियरमा भाग लाग्छ । ऐन बमोजिम अंश गरी लिनु दिनु पर्छ अंश नभएपनि मानो छुट्टीई भिन्न बसेका वा खती उपती आफ्नो अफ्नो गरी आफ्नो हिस्सा सँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउमा भए पनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन र लाएमो ऋण आफ्नो आफ्नो हुन्छ । भन्ने कानूनी व्यवस्था भएको पाईएबाट सगोलका अंशियार प्र. मध्येका राम सहोदरले वि. सं. १९७८।१।५ को वकस पत्र लगायत जुन सुकै स्रोतबाट पाएको सम्पत्ति भए पनि सगोलको वण्डा गर्नु पर्ने सम्पत्ति भित्र पर्ने देखिन्छ । यस सम्बन्धमा पुनरावेदक (प्रतिवादी) तुलसीलाल गुरुवाचार्य विरुद्ध मानिकलाल गुरुवाचर्य भएको अंश मुद्दामा (ने. का. . २०४३, निर्णय नं. २८४० (पृष्ठ ८६१)) यस अदालत पुर्ण इजलासबाट एक सगोमा रहे बसेको अवस्थामा एका सगोलका कुनै अंशियारले आर्जन गरेको सम्पत्ति (तत्कालीन) अंश वण्डको १८ नं. ले सगोको सम्पत्ति मान्नु पर्ने भनी मिति ०४३।९।१८।६ मा सिद्धान्त समेत प्रतिपादीत भई रहेको देखिंदा पुनरावेदक प्रतिवादीहरुले वण्डा गर्नु नपर्ने भनी जिकिर लिएको विवदीत सम्पत्ति मानो छुट्टीई भिन्न हुनु अघि यि वादी प्रतिवादी एका सगोमा रहे बसेको अवस्थामा प्राप्त गरेको देखिंदा निजी आर्जनको भई वण्डा नलाग्ने भन्ने पुनरावेदन कथन सँग सहमत हुन नसकिने ।

(प्र. नं. १२)

 

पुनरावेदन तर्फबाट : विद्वान अधिवक्त श्री इन्द्र खरेल

प्रत्यर्थी तर्फबाटःX

अवलम्वित नजीरः ने.का.. २०४३ निर्णय नं. २८४० पृष्ट ८६१

 

फैसला

 

       न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत बुटवलको मिति २०५१।९।११।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ ()() अनुसार यस अदालतमा दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंम ठहर यसप्रकार छ ।

.    मूल पूरुष बाजे नन्द प्रसादका हिरा, विरा, इन्द्रमोहन, रामआधारे समेत ४ भाई मध्ये राम आधारे तर्फ विपक्षी राम सहोदर जेठो माहिलो म फिरादी भागीरथीप्रसाद चौधरी, साहिलो काइलो म फिरादी ताराप्रसादको वावु मोहरप्रसाद चौधरी कान्छो म फिरादी सुन्दर चौधरी समेत जम्मा ५ भाई छोरा भएको वावु आमाको परलोक भै सकेकोले राम आधारेको सन्तानहरुमा ५ अशिंयार मात्र हौं । म ताराप्रसादको कालगतिले परलोक भै सकेकोले मोहरको हक खाने म ताराप्रसाद आमा गुल्पी थरुनी हुनुहुन्छ । हाम्रो अंशियार मध्ये बावुका शेषपछि रामसहोदर घरको मुख्य मालिक भै चलअचल श्री सम्पत्ति निजकै जिम्मा रहेको निजले अंचल सम्पत्ति केही म भागीरथीका नाउँमा र केही आफ्ना नाममा समेत, केही छोरा मोतीचन्द्र समेतका नाममा नापी दर्ता गराई आउनु भएको र सबै अंशियारले सगोंलमा नै रही कमाई आएका अवस्था परिवार वढ्न गएकोले २०३२ साल मार्ग १२ गते जहदा गा.पं. का पंच भलादमीका रोहवरमा वरावरी चल अचल छुट्याई कागज गरी दिए ता पनि आजसम्म रीतपूर्वक वण्डा भएको छैन । पंचायतले छुट्याए वमोजिम हाम्रा नाउँमा नामसारी गराई दिनु पर्‍यो भन्दा हाम्रा नाउँका जग्गा हाम्रो आर्जन कमाईका हुन् । नामसारी गरी दिन कर छैन भनी  ०४२।८।१२ पछि जवाफ गर्दै आएकोले अंशियार मध्ये गंगाप्रसाद चौधरीको राम सहोदर चौधरी म भागीरथ प्र. मोतीचन्द्र, प्र. चौधरी समेत अपर अंश पाउँ भनी ०३८।११।२७ फिराद परी कारवाही हुँदै जाँदा अंशियार मध्ये गंगाप्रसाद चौधरीले ५ भाग १ भाग अंश पाउने गरी ०४२।३।४ मा फैसला भएको गंगा प्रसादको पुनरावेदन परि सकेकोले निजको उसै मुद्दाबाट छुट्याई पाउने हुँदा केबल हामीहरुको अंश छुट्यार्इ पाउने अंशवण्डाको १, , र ३ नं. को आधारमा ३५ नं. को हदम्याद भित्र नालेश गर्न आएको छु । २०३२।८।१२ को अघिल्ला दिनसम्मको चलचल श्रीसंपत्तिको अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम तायदाती फाटवारी लिई गंगा प्रसादको कारवाही चली रहेको हुँदा निजको अंश वाहेक ४ भाग लगाई विपक्षी १ भाग पर सारी ३ भाग अंश भाग हामीलाई दिलाई नामसारी गरी पाउँ भन्ने समेत व्यहोराको वादहिरुको २९४२।४।२५।६ को फिराद दावी ।

.    गंगा प्रसादले दिएको ०४०।०४१ को दे. दा.नं. ५१८।२०७ को अंश मुद्दामा आफ्नो संपुर्ण व्यहोरा खुलाई प्रतिउत्तर दिएका छौ । सो प्रतिउत्तरमा उल्लेख गरेको व्यहोरा यसै प्रतिउत्तरको एक अंश मानी सो मा संलग्न रहेका प्रमाण यस मुद्दामा पनि प्रमाण लगाई पाउँ । म हरिश्चन्द्रका नाउँमा वण्डा गर्नु पर्ने सम्पत्ति छैन । मैले माइज्यु (विर्जाकी पत्नी) असिया थरुनीबाट २०२७।२।२९।२ र नं. २२७ मा हालैको बकसपत्रबाट केहीजग्गा पाएको छु सोमा बण्डा लाग्नु पर्ने होइन म लक्ष्मी नारायणले बुढा मावली (बाबुकी माइज्यु) अठिरया थरुनीबाट २०३६।३।५ र नं. २४७४ पारित भै वकसपत्र पाएको जहदा गा.पं. वडा नं. () कि.नं. , ४१, ४८ को जग्गा अंशवण्डाको १८ नं. ले निजी आर्जनको हुँदा वण्डा लगाउनु पर्ने होइन । हामी  नन्दप्रसाद, लक्ष्मीनारायण फुलमतीले वाजे ससुरा राम सहोदरबाट ०३७।३।२३ मा क्रमशः र. नं. ४१५२।४१५३ र ४१५४ पारित हालैको वकसपत्रमा उल्लिखित जग्गा गंगाप्रसादको अंश मुद्दाको प्रतिउत्तरको प्रकरण ५ को जिकिर र प्रतिउत्तर साथ संलग्न हिराबाट १९७८।१।५ मा राम सहोदरले पाएको वकसपत्र र १९९६।११।२२।३ को राजिनामाको प्रमाणबाट राम सहोदरको निजि आर्जनको भै आफूखुसी गर्न पाउने भएकोले हाम्रो निजि हो । वण्डा लाग्नु पर्ने होइन । यस मुद्दामा यि विपक्षीले हामीबाट सम्पुर्ण तायदाती लिनु पर्ने देखाएको छ । गंगा प्रसादको अंश मुद्दामा यही भागीरथीले ६९,७४०। देखाएको छ वादीबाट पेश भएकै र अन्यबाट पेश भएको तायदातीको नक्कल लिएको छ । सम्पुर्ण संपत्तिको विवरण जानेपछि त्यसमध्ये कति सम्पत्तिबाट कती पाउनु पर्ने हो ? सो खुलाई कोर्ट फि. राखी मुद्दा गर्नु पर्नेमा राजश्व ठग्ने नियतले सो देखाएनन् । २०३२।८।१२ मानु छुट्टिएको मिति लेखाएपनि गंगा प्रसादसंगको अंश मुद्दामा सो जिकिर लिन सकेको छैनन् र भागिरथी तारा प्रसाद, सुन्दरको सम्पत्ति संगोलको आर्जनको हाइन भनी विरोध पनि गर्न सकेका छैनन् विपक्षीहरुका नाउँमा भएको सम्पत्तिबाट राम सहोदरले अंश पाउन बांकी हुँदा हाम्रा निजि आर्जनको सम्पत्तिमा वण्डा गर्न कर नलाग्ने हुँदा झुठ्ठा दावाबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्र. राम सहोदर समेतका जना ६ को २०४२।६।९ को प्रतिउत्तर पत्र ।

.    प्र. मध्येको राम सहोदर प्रसाद चौधरी मिति २०४२ पौष १० गते आफ्नो कालगतिले मरेकोले मुद्दा सकार गरी पाउँ भनी मोती चन्द्र प्रसाद चौधरीको निवेदन परी २०४२।१०।६ मा निजले मुद्दा सकार गरेको रहेछ ।

.    शुरु नवलपरासी जिल्ला अदालतको आदेशानुसार वादी प्रतिवादीको वण्डा गर्नु पर्ने श्रीसम्पत्ति ऋण धन समेतको तायदाती फटवारी शरु न. पं. जिल्ला अदालतमा मिति ०४५।९।२२ मा प्रस्तुत गरेको रहेछन् ।

.    वादी प्रतिवादी दुवै थरबाट पेश भएको तायदातीमा उल्लेखित श्रीसम्पत्तिबाट वादी दावी बमोजिम प्रतिवादीहरुबाट वादीहरुले अंश पाउने र सो जग्गा निजहरुका नाउँमा दर्ता नामसारी हुने समेत ठहर्छ भन्ने शुरु नवलपारासी जिल्ला अदालतको फैसला ।

.    हामी अंशियारहरु बीच रितपुर्वकको वण्डा नभएको अवस्थामा राम सहोदरले हिराबाट पाएको वकस सवै अंशियारलाई बरावर अंश लाग्ने कुरा तत्कालीन अंश वण्डाको १८ नं. ले स्पष्ट व्यवस्था गरेकोमा भुतलक्षी असर पर्ने गरी वर्तमान संशोहित अंश वण्डाको १८ नं. प्रयोग गर्नु न्यायोचित हुँदैन । साथै अदालतबाट मागिएको तायदाती फांटावारीमा समेत कुनै सम्पत्ति निजी आर्जनको नदेखाएको समेत कारणले सबुद प्रमाण बुझी शुरु अदालतको फुलमती, लक्ष्मी नारायण, हरिश्चन्द्र, नन्द प्रसादका नाउँको सम्पत्तिमा अंश नलगाएको हदसम्मको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी सुन्दर प्रसाद चौधरी समेतको पुनरावेदन पत्र ।

.    विपक्षीले मेरो वण्डा नलाग्ने सम्पत्तिलाई वण्डा लाग्ने भनी तायदाती दिएको भरमा शुरुले वण्डा गर्ने ठहर्‍याउनु न्यायोचित भएन । अतः मेरो प्रतिउत्तर पत्रमा लिइएका जिकिरलाई समेत प्रमाणमा लिई मैले जितराम थारुबाट उखडा र उकासबाट पाएको सम्पत्ति निजी आर्जनको हुँदा शुरु न. . जिल्ला अदालतले सो सम्पत्ति समेत वण्डा गर्ने ठहराएको हदसम्म चित्त नबुझेको हुँदा शुरु फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मोती चन्द्र चौधरीको पुनरावेदन पत्र ।

.    यसमा लगाउको अंश मुद्दामा वादी प्रतिवादीहरु अंशियारहरु भै रीतपूर्वक अंशवण्डा भै नसकेकोले वादी प्रतिवादीहरु बीच अंश वण्डा गर्नु पर्ने ठहरी वादी प्रतिवादीहरुले पेश गरेको तायदातीमा उल्लेख भएको सम्पत्ति मध्ये मावली बज्यै तर्फबाट लक्ष्मी नारायणले २०३६ सालमा वकस पाएको सम्पत्ति बाहेक अरु सम्पत्ति वण्डा हुने ठहरी फैसला भएकोले सोही लगाउँको प्रस्तुत मुद्दामा समेत सोही हुने हुँदा सो हदसम्म शुरु नवलपरासी जिल्ला अदालतको फैसला नमिलेकोले केही उल्टी हुने ठहर्छ । अन्य कुरामा वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०५१।९।११।२ को फैसला ।

१०.   राम अधारेको नाउँमा आर्जन भएको जग्गा पैत्रिक हो भन्ने कुरामा विवाद छैन उक्त जग्गामा राम अधारेको शेष पछि भागीरथीकै नाउँमा दर्ता रहेको सो सम्पत्ति सबै अंशियारको अंश हक लाग्ने सम्पत्ति हो र नन्दलालका सन्तानमा वण्डा भएको छैन भन्ने विपक्षीहरुको भनाई नभएको मात्र राम अधारेका सन्तान बीच वण्डा हुने वाकी रहेको राम सहोदरले जेठा बाबु हिराबाट मिति १९७८।१।५ मा वकस पाएको जग्गा निजी हैसियतले सेवा हल गरेवापत प्राप्त गरेको हुँदा वण्डा लाग्ने प्रश्न आउदैन । पुनरावेदन अदालत बुटवलबाट कानूनको गलत व्याख्या गरी शुरु जिल्ला अदालतको फैसला उल्टी गर्ने निर्णय गरीएको न्यायोचित नहुँदा सो फैसला वदर गरी पाउँ भन्ने समेत प्र. लक्ष्मी नारायण चौधरी समेतको मिति २०५२।८।२० को पुनरावेदन पत्र ।

११.   नियम बमोजिम दैनिक मुद्दा पेशी सुचीमा पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा यसमा ४ अंश भाग मध्ये विपक्षीको १ भाग पर सारी ३ भाग अंश मात्र हामीहरुलाई दिलाई नामसारी गरी पाउँ भन्ने मुख्य फिराद दावी तथा हाम्रो निजी आर्जनको सम्पत्तिमा वण्डा गर्न कर नलाग्ने हुँदा झुठ्ठा दावाबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर भएकोमा लगाउँको अंश मुद्दामा वादी प्रतिवादीहरु अंशियारहरु भै रीतपूर्वकको अंशवण्डा भै नसेकोले वादी प्रतिवादी बीच अंशवण्डा गर्नु पर्ने ठहरी पेश भएको तायदातीमा उल्लेख भएको सम्पत्ति मध्ये लक्ष्मी नारायणले वकसबाट पाएको सम्पत्ति बाहेक अरु सम्पत्ति वण्डा हुने ठहरी फैसला भएकोले सोही लगाउँको प्रस्तुत मुद्दामा समेत सोही बमोजिम हुने हुँदा शरु नवलपरासी जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला उपर प्रतिवादीहरुको पुनरावेदन पर्न आएको रहेछ । पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री इन्द्र खरेलले विभिन्न मितिमा भएका वकसपत्रहरुमा एउटालाई निजी आर्जनको भनी मान्यता दिई अरुलाई मान्यता नदिएको न्यायसंगत छैन । १९७८ सालमा राम सहोदरले जेठाबाबु हिराबाट पाएको वकसपत्रका सम्बन्धमा दुवै पक्षको मुख मिलेको छ । उक्त सम्पत्ति वकसपत्रका दातालाई स्याहार संभार गरे वापत प्राप्त भएकोले सो सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति मेरो पक्षको निजी आर्जनको सम्पत्ति हुँदा वण्डा लाग्नु पर्ने होइन भनी गर्नु भएको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत वुटवलको उक्त फैसला मिले नमिलेको के रहेछ ? प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? त्यसमा निर्णय दिनु पर्ने देखिंन आयो ।

१२.  अब निर्णय तर्फ विचार गर्दा यसमा मूल पूर्खा नन्दलालका ४ छोरामा क्रमशः हिरा, विरा, इन्द्रमोहन र राम अधारे भएको राम अधारेका पाँच छोराहरुमा जेठा राम सहोदर, माइला भागिरथी साईला वादी गंगाप्रसाद, कईला र कान्छामा क्रमशः मनोहर प्रसाद र सुन्दर भई वादी प्रतिवादीहरु बीच ५ अंशियारा रहे भएको कुरामा विवाद देखिएन । २०३२ सालमा यी वादी प्रतिवादीहरु बीच स्थानीय गा. पं. को मध्यस्थतामा अंश वण्डा गरी छुट्टी भिन्न बसी आएको भन्ने प्रतिउत्तरु जिकिर रहेको देखिंएतापनि अंश वण्डा भएको भए वण्डा पत्रको लिखत पेश दाखिल हुनु पर्ने सो पेश गर्न सकेको देखिएन । जहासम्म वि. सं. १९७८।१।५ को वकसपत्रबाट तथा १९९६ सालमा मोहरी पासिनबाट प्र. राम सहोदरको नाउँमा आएको सम्पत्ति समेत निजी आर्जनको हुँदा वण्डा नलाग्ने भन्ने पुनरावेदन कथन छ । त्यस सम्बन्धमा मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा मिति २०३४।९।२७ मा भएको संशोधन पश्चातको निजी आर्जनको सम्पत्तिमा मात्र वण्डा नलाग्ने उक्त संशोधन हुनु भन्दा अगावै प्राप्त गरेको वकसपत्रको सम्पत्ति तत्काल प्रचलीत अंशवण्डाको १८ नं. मा मानो नछुट्टि संगै बसेका अंशियार छन् भने अंशियारहरुले कमाएको धन र लगाएको ऋण सबै अंशियारमा भाग लाग्छ । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा खती उपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासंग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन र लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था भएो पाइएबाट संगोलका अंशियार प्र. मध्येका राम सहोदरले वि. सं. १९७८।१।५ को वकसपत्र लगायत जुनसुकै श्रोतबाट पाएको सम्पत्ति भएपनि संगोलको वण्डा गर्नु पर्ने सम्पत्ति भित्र पर्ने देखिन्छ । यस सम्बन्धमा पुनरावेदक (प्रतिवादी) तुलसीलाल गुरुवाचार्य विरुद्ध मानीकलाल गुरुवाचार्य भएको अंश मुद्दामा (ने. का. . २०४३ निर्णय नं. २८४० पृष्ठ ८६१) यस अदालत पूर्ण इजलासबाट एकासंगोलमा रहेवसेका अवस्थामा एकासंगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति तत्कालीन अंशवण्डाको १८ नं. ले संगोलको सम्पत्ति मान्नु पर्ने भनी मिति ०४३।९।१८।६ मा सिद्धान्त समेत प्रतिपादन भैरहेको देखिंदा पुनरावेदक प्रतिवादीहरुले वण्डा गर्नु नपर्ने भनी जिकिर लिएको विवादीत सम्पत्ति मानो छुट्टी भिन्न हुनु अघि यी वादी प्रतिवादी एकासंगोलमा रहे वसेको अवस्थामा प्राप्त गरेको देखिंदा निजी आर्जन को भै वण्डा नलाग्ने भन्ने पुनरावेदकको कथनसंग सहमत हुन सकिएन । तसर्थ पेश भएको तायदातीमा उल्लेखित अचल सम्पत्तिहरु मध्ये अंशवण्डाको १८ नं. मा २०३४।९।२७ मा भएको संशोधन पछि अर्थात मिति २०३६।२।३ मा पुनरावेदक (प्रतिवादी) मध्येका लक्ष्मी नारायणले बुढी माइजु असिया थरुनीबाट प्राप्त गरेको जग्गा बाहेक अरु सम्पत्ति जुनसुकै व्यहोराबाट प्राप्त भएको भएपनि वण्डा गर्नु पर्ने संगोलको सम्पत्ति भित्रकै देखिंएको हुँदा सो सम्पत्तिबाट ४ हिस्साको ३ (तीन) हिस्सा वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्नु सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ आचार्य

 

इति सम्वत २०५५ साल आसार १ गते रोज २ शुभम्..............

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु