निर्णय नं. ६६०० - धर्मलोप

निर्णय नं. ६६०० ने.का.प. २०५५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधिश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत् २०५२ सालको दे.पु.नं......२९९०
फैसला मितिः- २०५५।२।११।२
मुद्दा : धर्मलोप ।
पुनरावेदक/वादी : जिल्ला धनुषा जनकपुर नगरपालीका वडा नं. ८ बस्ने राम जानकी शरणको चेला जगदीश शरण वैष्णव ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ८ बस्ने अनन्तराम शरण ।
§ रजिष्ट्रेशनको १ नं. अनुसार अचल सम्पत्ति बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन गराउनुपर्ने व्यवस्था भएको देखिएकोले प्रतिवादीले घरसारमा करारनामाको कागज गरी रामानन्द क्लबलाई दिएपछि घरसारको लिखतबाट एउटाको हक सम्माप्ती र अर्काको हक प्राप्ति हुन नसक्ने हुंदा यस्तो घरसारको लिखतबाट हक हस्तान्तरण भएको मानी गुठीको ४ र ६ नं. बमोजिमको धर्मलोप गरेमो मान्न नमिल्ने ।
(प्र.नं.८)
पुनरावेदक वादी तर्फबाट : X
प्रत्यर्थी प्रतिवादी तफृबाट :X
अबलम्बित नजिर : X
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय: पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर यस सर्वोच्च अदालत समक्ष पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. गुरु सियालालको नाती चेला प्रिया पृतम शरणको चेला राम जानकी शरण २०३६ सालमा परलोक भएका निजको खति उपति खाने व्यहोर्ने गुरुका नामका ३८६ को ०–०–१७.५ जग्गा गुरुको हक खाने देखाई गुठीका जनकपुरमा निवेदन गर्नु भउको नामसारी सम्बन्धमा आदेश समेत गर्नु भएको उक्त जग्गा नामसारी गर्ने गरेको जानकारी जगदिश शरणलाई दिनुपर्ने नदिई अनन्त रामशरणले उक्त जग्गा मिति २०४४।१।४ गने रामानन्द सांस्कृतिक क्लाब स्थापना गरेपछि जग्गा पास गरी दिन्छु भनी करार गरी दिनु भउको सो अनुसार अवधेश कुमारले मिति ०४५।६।१७ गतेमा भवन बनाउनको लागि द.नं. २३६९ मा निवेदन समेत गर्नु भएको अनन्त राम शरणले गरी दिनु भएको करारनामाबाट धर्मकृति विगार्नुका साथै दान दातव्य नहुने जग्गाबाट करारबाट क्लबलाई दिनुभएकोले धर्म लोप गरेको हुंदा सजाय गरी पाउं भन्ने समेत फिराद पत्र ।
३. दावी अनुसार गरेको होइन दावी जग्गामा वादकिो हक छैन सो जग्गा जानकी बल्लभ भगवान रामानन्द भगवानको नाममा नामसारी भएको अवध किशोर दाश वैष्णवको नाम समेत उल्लेख गरी निजको देहन्तपछिट मेरो अधिकारमा रहेको श्रीराम जानकी वल्लभ भगवना दुलहा भगवान रामानन्द सम्पदासंग सम्बन्धित भएकोले सांस्कृतिक केन्द्र स्थापना गर्न उक्त जग्गा क्लबलाई प्रदान गर्न कुनै व्यक्ति विशेषलाई बेचबिखन गरेको नभएकोले दावी अनुसार धर्मलोप गरेको छैन भन्ने प्रतिउत्तरपत्र ।
४. प्रतिवादी अनन्तराम शरणले कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न नपाउने गरी जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयबाट जानकी वल्लभ दुलहा रामानन्द आश्रमको नाम जग्गा नहुने हस्तेवारीमा अवक किशोर दाश उल्लेख भएको कि.नं. ३८६ को ०–०–१७.५ जग्गा सांस्कृतिक क्लब निर्माण गर्नको लागि करारनामा गरी दिई पारित गरि लिनु भन्ने समेत व्यहोरा उल्लेख गरी मिति २०४४।१।४ मा करार गरी दिएको देखिदां जनकपुर गुठी कार्यालयबाट सो जग्गा हस्तेवारीमा अवध किशोरले पाएको हो । सो को विपरित कार्य प्रतिवादीले बिक्री गर्न करार गरेको देखिदा प्रतिवादीले धर्मलोप गरेको ठहर्छ भन्ने समेतको धनुषा जिल्ला अदालतको मिति २०४८।१२।२६ गतेको फैसला ।
५. वादी दावीको जग्गा पुनरावेदकले आश्रमको तर्फबाट भोगचलन गर्न नपाउने भनी अनुमान गर्न मिल्ने अवस्था देखिएन । गुठी तहसिल कार्यालयको मिति २०३६।७।६ गतेको निर्णयमा नै रामजानकी शरणका नाममा दर्ता रहेको जग्गा निजको मृत्यु पछि व्यक्ति विशेषको नाममा दर्ता गर्न नमिली भवगानको नाममा दर्ता हुने र हस्तेवारीमा यी पुनरावेदकको नाम उल्लेख भए दातव्य लेनदेन समेत गर्न नपाउने गरी नामसारी गर्ने निर्णय भएको भन्ने उल्लेख भएको अवस्थामा उक्त जग्गा यी पुनरावेदकले कुनै प्रकारले हक हस्तान्तरण गर्न नपाउने अवस्था विद्यमान रहेको देखिन आएन । भवगनाको नाममा दर्ता रहेको अचल सम्पत्ति यी पुनरावेदकले घरसारमा करारनामाको कागज गरी रामानन्द क्लबलाई दिए पनि घरसारको लिखत रजिष्ट्रेशन पारित नभएपछि त्यस्तो लिखतबाट एउटाको हक सम्माप्ति र अकौउको प्राप्ती हुन नसक्ने हुंदा त्यस्तो घरसारको लिखतबाट हक हस्तान्तरण भएको सम्झी गुठीको ४, ६ नं. को तात्पर्यको लागि धर्मलोप गरेको भन्ने मिल्ने नहुंदा शुरुले धर्मलोप गरेको ठहर्याएको फैसला त्रुटी पूर्ण हुंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला ।
६. विपक्षीले दावीमा उल्लेख गरिएको जग्गा श्रीरामानन्द सांस्कृतिक क्लब स्थापना गर्न दिनु भएको छ र त्यहां क्लबले जनकपुर नगरपालिकामा नक्सा पासको लागि निवेदन समेत दिई घर समेत बनाई सकेको छ र क्लबको सञ्चालन भएको छ क्लबको भोगमा उक्त जग्गा रहन गएको छ यसरी विपक्षीले आफूमा निहित नरहेको हक अधिकारको प्रयोग गरी क्लबलाई जग्गा प्रदान गरी धर्मलोप गर्नु भएको छ जुन कुरालाई पुनरावेदन अदालत जनकपुरबाट विचार गरिएको छैन । तसर्थ उक्त पुनरावेदन अदालतको फैसला वदर गरी इन्साफ प्रदान गरी पाउं भन्ने समेत व्यहोराको जगदीश शरण वैष्णवले यस सर्वोच्च अदालत समक्ष प्रस्तुत गरेको पुनरावेदन पत्र ।
७. नियम बमोजिम देनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेका छ, छैन भन्ने कुरामा नै निर्णय दिनु पर्ने देखियो ।
८. यसमा स्वर्गीय गुरुको नामको कि.नं. ३८६ को ०–०–१७.५ जग्गा हक खाने भनी विपक्षीले आफ्ना नाममा नामसारी गराई मिति २०४४।१।४ मा रामानन्द सांस्कृतिक क्लबलाई पारीत गरि दिने शर्त राखी करार गरी दिनुभएकोले दान दातव्य गर्न नपाउने जग्गाको करार गरेबाट धर्मलोप हुन गएकोले सजाय गरी पाउं भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । विवादित जग्गा रामजानकी शरणको नाममा दर्ता रहेको र निजको मृत्यु पश्चात वादी प्रतिवादी दुवैले नामसारी गरी पाउं भनी जनकपुर गुठी तहसिल कार्यालयमा निवेदन दिदा कुनै व्यक्ति विशेषका नाममा दर्ता गर्न नमिली भगवनाको नाम दर्ता हुने र हस्तेवारमिा प्रतिवादीको नाममा उल्लेख भएपनि भोगचलन बाहेक कुनै प्रकारको बेचबिखन गर्न दान दातव्य लेनदेन समेत गर्न नपाउने गरी नामसारी गर्ने मिति २०३६।७।६ गतेमा जनकपुर गुठी तहसिल कार्यालयबाट निर्णय भएको पाइयो । मुलुकी ऐन गुठीको ४ र ६ नं. हेर्दा भगवानका नाममा दर्ता रहेको जग्गा नासे मासे वा कुनै प्रकारले हक हस्तन्तरण गरको अवस्थामा धर्मलोप हुने व्यवस्था रहेको देखिन्छ । विवादित जग्गा भगवनाको नाममा दर्ता रहेको र त्यस्तो भगवानको नामको जग्गा कसैलार्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन सक्ने देखिदैन । प्रस्तुत मृद्दामा विवादित जग्गा प्रतिवादीले रामानन्द सांस्कृतिक क्लबलाई रजिष्ट्रशन पास ष्री दिने शर्त राखि मिति २०४४।२।४ मा करारनामाको कागज गरेको भएपनि उक्त करार बमोजिम रजिष्ट्रशन पारीत भएको देखि आएन । रजिष्ट्रशन १ नं. अनुसार अचल सम्पत्ति बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक टाडी दिउको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन गराउनु पर्ने व्यवस्था भएको देखिएकाले प्रतिवादीले घरसारमा करारनामाको कागज गरी रामानन्द क्लबलाई दिएपछि घरसाकरो लिखत रजिष्ट्रेशन पारित नभएपछि तयस्तो लिखतबाट एउटाको हक समाप्ती र अर्काको हक प्राप्ती हुन नसक्ने हुंदा त्यस्तो घरसारको लिखतबाछछट हक हस्तान्तरण भएको मानी गुठीको ४ र ६ नं. बमोजिमको धर्मलोप गरेको मान्न मिल्ने देखिएन । अतः प्रतिवादीले धर्मलोप गरेको ठहर्याएको शुरु धनुषा जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला किलेकै देखिदा मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या केदारनाथ उपाध्याय
इति सम्बत् २०५५ साल जेष्ठ ११ गते रोज २ शुभम् ।