शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६०३ - कर्तव्य ज्यान

भाग: ४० साल: २०५५ महिना: पौस अंक:

निर्णय नं. ६६०३        ने.का.प. २०५५  अङ्क ९

 

संयुक्त इजलास

माननीय न्याधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५४ सालको फौ.पु.नं...... १७१३

सम्वत् २०५४ सालको फौ.सा.नं........ १४५

फैसला मिति : २०५५।२।४।२

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : जि. भोजपुर बोखिम गा.वि.स. वडा नं. ३ घर भई कारागार शाखा खादवारीमा थुनामा रहेका प्र.ह. डिल्लीराम न्यौपाने ।

विरुद्ध

विपक्षी/वादी : दल बहादुर राईको जाहेरीले श्री ५ को सरकार ।

 

§ मृतकसंग प्रतिवादीको भेटघाट पश्चात मृतयुपर्यन्त सम्मको सम्पूर्ण इतिवृत खुलाउंदै मृतसंग ३ पटकसंग ढाल लगाएर र अरु पटक ढाल नलगाई करणी गरेको करणी पश्चात मृतकले म तपाइसंगै बस्छु घर जान्न भेनकिले मृतकबाट उम्कन निजले तिघ्रामा कुल्चिई छाताको खोलले घाटीमा कसी कर्तव्य गरी मारेको कुरालाई निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको सावीती बयान, मौकामा कागज गर्ने कुमारी राई, पदम बहादुर घले दर्जि, अम्बिमा प्रसाद जिमी, बासु शाक्य, मान बहादुर तामाङ्ग र एउटै प्रहरी चौकीमा काम गर्ने प्र.ह. देवराज रार्य, प्र.ज. गुमान सिंह राई तथा अर्जुन कुमार बस्नेत समेतका व्यक्तिहरुको कागजबाट समर्थित भर्य पुष्टि हुन आकोले मृतकको मृत्यु प्रतिवादी डिल्लीराम न्यौपाने कै कर्तव्यबाट हुन गउको खेअदा शुरु संखुवासभा जिल्ला अदालतले निजलार्य सर्वश्वसहति जन्मकैदको सजाय गर्ने गरेको फैसला सदर गनरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै देखिदा सदर हुने । 

                                 (प्र.नं.२४)

§ पुनरावेदन अदालत, विराटनगरले अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद हुने राय व्यक्त गरेतर्फ विचार गर्दा प्रतिवादी प्रहरी चौकी खराङ्गका इन्चार्ज प्रहरी हवल्दार देखिएको छ । पैहरी कर्तव्य जनताको जियधनको सुरक्षा ग र्नु हो । सत्य सेवा सरक्षणम प्रहरीको मुलमन्त्र हो । यस्तो कर्तव्य भएका जनताको जिउधनको सुरक्षा लिएका चौकी प्रमुख भएर कानून र अनुशासन कायम गर्ने पदीय जिम्मेवारी बोकेका जनताको रक्षकबाटै अर्काको पत्नि फकाई व्यभिचार गर्ने र व्यभिचार पश्चात ज्यान समेत मार्नेलाई सजाय चर्को पर्ने भयो १५ वर्ष कैदको राय व्यक्त गरेको मिलेको नदेखिने ।

 (प्र.नं.२५)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्त श्री वालकृष्ण न्यौपाने

विपक्षी वादी तर्फबाट : X 

अवलम्बित नजिर : X

फैसला

 

      न्या. गोबिन्द बहादुर श्रेष्ठ: न्याय प्रशासन ऐ्न, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन अदालत धनकुटाको मिति ०५३।१०।२२ को फैसला उपर पर्न आएको मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।

      २.   मेरी श्रीमती विष्णुमाया राई बिरामी भई मिति २०५०।३।१५ गते देखि मायतिमा बसेकीमा २०५०।३।२३ गते खराङ गा.वि.स.वार्ड नं. १ मा पर्ने टेकबहादुर भण्डारीको डिहीमा मृतक अवस्थामा छ भनी खबर पाई हेर्न जादा मृतक अवस्थामा भई देखि जाहेर गर्न आएको छु कर्तव्यमा कसै उपर शंका लाग्दैन भन्ने समेत व्यहोराको दल बहानदुर राईको २०५०।३।२३।४ गते जाहेरी दर्खास्त ।

      ३.   मिति २०५०।३।२३ को लास प्रकृति मुचुल्का मिसिल सामेल रहेको ।

      ४.   मैले आजै दिएको जाहेरीमा आफू बेहोस भई लासको प्रकृति मात्र देखाई जाहरी दिएता नि खराङ बजार आई बुझ्दा प्रहरी चौकी खराङका इन्चार्ज प्र.ह. डिल्लीराम न्यौपानेसंग २०५०।३।२२ गते बेलुकी ४ बजेको समयमा मेरी श्रीमती मृतक विष्णुमाया राईसंग रक्सी खादै डेढ दुई घण्टा बसी चौकी तर्फ गएका थिए भन्ने कुरा कुमारी राइले भनेकीले के कस्तो परिबन्दमबाट मानु मराउनु परेको हुन मलाई उक्त चौकी इन्चार्ज माथि शंका लागेकोले निज डिल्ली न्यौपानेलाई पक्राउन गरी कारबाही गरी पाउं भन्ने समेत व्यहोराको पुनः २०५०।३।२३ गते गरेको जाहेरी दरखास्त ।

      ५.   मृतक विष्णुमाया राइसंग २०५०।३।१५ गते देखि चिनजान भएको हो निजसंग २०५०।३।२२ गते पनि भेट भई खराङ १ बस्ने कुमारी राइको घरमा गई मृतकसंग रक्सी खायौं त्यसपछि निजसंग करणी गर्ने सल्लाह भयो सल्लाह गरे अनुसार मकै बारमिा भेट भयो । भेट भएपछि टेक बहादुर भण्डारीको मानिस नबस्ने पुरानो घरमा गयौं । भुइतलाको भित्री कोठामा गई मृतकसंग ३ पटक ढाल लगाई अरु कति पटक हो थाहा भएन । करणी लिनु दिनु गरि त्यसपछि त्यहीं सुत्यौ । सो रातको ४ बजे संगै ब्युझ्यौं त्यसपछि मृतकले मसंगै जाने ढिपी गरेकोले सिरानी लगाइ रहेको छाताको खोल झिकी खुट्टाले निजको तिघ्रामा थिची सो छाताको खोलले घाटी थिची कसी मारेको हुं भन्ने समते व्यहोराको डिल्लीराम न्यौपानेको अधिकार पप्त अधिकारी समक्ष भएको कागज ।

      ६.   २०५०।३।२२ गते दिनको अ.३ बजे मृतक मलाई भेट्न आएकी थिइन् करिब ५ मिनेटपछि डिल्लीरामा आइ पुगे दुवै गफ गर्न लागे हवल्दारले म संग २ ग्लास रक्सी मागी मृतकलाई १ गिलास दिए उनीहरुकरिब १ घण्टा गफ गरी दुवै निस्की गए भोलिपल्ट बिहान ८ बजेतिर भण्डारीको डिहीमा विष्णुमाया मारिरहेकी छिन् भन्ने सुनी हेर्न जादा मेरेकी रहछिन् भन्ने मते व्यहोराको कुमारी राइको प्रहरीमा भएको ठाडो कागज ।

      ७.   २०५०।३।२२ गते चैनपुरमा अदालतको कामले गई बेलुकी घर फर्कदा घटनास्थल नजिक पुग्दा गफ गरेको सुनी स्वबाटै प्र.ह. डिल्ली न्यौपाने भन्ने चिने, हेर्दा दुवै टुक्रुक्क बसी गफ गर्दै थिए भोलिपल्ट साही ठाउंमा आइमाइ मरेको सुनेको हुं भन्ने समेत व्यहोराको नर बहादुर कटुवालको प्रहरीमा भएको ठाडो कागज ।

      ८.   २०५०।३।२२ गते राती अ.११:३० बजेको समयमा खराङ बजारमा म समेत तास खेली रहेको ठाउंमा हवल्दार डिल्ली न्यौपाने धुलो मैलो भई आई पुगेकोले निजले नै मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको अम्बिका प्रसाद जिमिको प्रहरीमा गरेको ठाडो कागज ।

      ९.   २०५०।३।२३ गते बिहान डिल्ली न्यौपाने मेरो घर छेउं आउनु भयो मैले हवल्दार साहेव नमस्कार भने वहाले आज देखि हवल्दार नभन्नु भन्नु भयो । मैले किन भन्दा अहिले १० बजे थाहा हुन्छ भनेकोले १० बजे भण्डारीको डिहीमा एक जना महिला मरको सुने डिल्ली न्यौपानेले मारेका हुन् वा होइनन् खुलाउन सकिदन भन्ने समेत व्यहोराको पदम बहादुर घले दर्जिको प्रहरीमा भउको ठाडो कागज ।

      १०. २०५०।३।२३ गते बिहान अ.५:३० बजेको समयमा प्र.ह.डिल्लीराम न्यौपानेले बोलाई भण्डारीको डिहीमा मृतकसंग करणी लिदनु दिनु भयो संगै सुतयौ ब्युझिदा मृतक भट्याकभट्याक गरी रहेकी मैले झारदा मरी सकेकीले प्रहरी कार्यालयमा खबर गर भनी अतालिएर भनकेोमार्नेमा निज उपर ने शंका लाग्छ भन्ने प्रहरी चौकी खराङ दरवन्दीका प्हरी अर्जुन कुमार बस्नेत देवराज राई गुमानसिंह राइ समेत ३ जनाको एकै मिलानको प्रहरीमा भएको ठाडो कागज ।

      ११. २०५०।३।२२ गते रातको समयमा प्र.ह.डिल्ली न्यौपानेको अवस्था र स्थित हेर्दा विष्णुमाया राइको हत्या निजले गरेकोमा शंका गर्न सकिन्छ भन्ने समेत व्यहोराको मान बहादुर तामाङका प्रहरीमा ठाडो कागज ।

      १२. घटनास्थलको प्रकृति हेर्दा मृतक विष्णुमाया राइको मृत्यु कर्तव्यबाट भउको हो भन्ने वासु शाक्यको प्रहरमिा गरेको ठाडो कागज ।    

      १३. मृतक विष्णुमाया राइलाई प्रतिवादी प्र.ह. डिल्ली न्यौपानेले मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको पृथक पउथक व्यक्तिको वस्तुस्थिति मुचुल्का ।

      १४. संकलित सवुद प्रमाणको आधारमा अभियुक्त प्रतिवादी डिल्लीराम न्यौपानेले मृतक विष्णुमाया राइलार्य करणी गरेपछि निज विष्णुमाया राईले अभियुक्तसंग जाने कुरा गर्दा मृतकको घाटीमा छाताको खोलले कसी कर्तव्य गरी मारेको भने तथ्य सवुद प्रमाणबाट सिद्ध हुन आउकोले निज अभियुक्त डिल्लीराम न्यौपाने उपर मुलुक ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाउं भन्ने अभियोग माग दावी भएको ।

      १५. मृतक विष्णुमाया राइलाई खराङ ८ बस्ने तुलसी राइको माध्यमबाट चिनेको हुं मिति २०५०।३।२२ गते दिनको १ बजे खराङ बजारमा लसुन, प्याज बक्री गनृ आएकी रहिछन् बजारमो मेरो बोलचाल सम्म भएका थियो । २०५०।३।२३ गते बिहान अ. ५:१५ बजेको समयमा म घटनासथ्लको बाटो गरी जांदै थिएं बाटोमा छाताको खोल, एउटा ढाल र केही झार माडिएको देखिई शंका लागी डिहीमा हेर्दा मृतकको लास देखी मर्ने व्यक्ति चन्न सकिन म घटनास्थल भित्र पसिन बाहिरबाट हेरी चोकी तर्फ फर्केर प्हरी डार सागथ म समेत गई हेर्दा मृतक विष्णूमाया नै रहिछन् । २०५०।३।२२ गते कुमारीको दोकानमा म गई रक्सी खाएको समेत होइन ऐ २२ गते बेलुका डिहीमा कुनै महिलासंग गफ गरेको होइन म उपर झुट्टा पोल गरेका मात्र हुन् प्रहरमिा गरेको कागजमा भउको व्यहोरा मैले भनेर लेखिएको नभई मलाई कम्मल ओढाई कुटपिट गरी हातमा टेकाई खुट्टा उभो बनाई प्रहरीले मनमौजी लेखी जबरजस्ती सही गराएको हो । मृतक विष्णुमाया लाई कर्तव्य गरी मैले मारेको होन विजको मृत्यु कर्तव्बाट भउको हो कसले अपराध गष्रे देखिन भन्ने समेत व्यहोराको प्र. डिल्लीराम न्यौपानेको अदालतमा २०५०।४।४ मा र २०५०।४।५ मा गरेको बयान ।

      १६. मृतकको घाटीमा कालो दाग थियो । घटनास्थलमा छाताको खोल ढालहरु माडिउको ठा समेत रहेको छ । मेरी पत्नी विष्णुमाया राइको मृत्यु प्रतवादीकै कर्तव्यबाट भएको हो भन्ने समेत व्यहोराको जाहेरवाला छल बहादुर राइको बकपत्र ।

      १७. राम बहादुर राई, कुमारी राई, अर्जुन कुमार बस्नेत समेतका सर्जमितका मानिस र मौकामा कागज गर्ने देवराज राई, गुमानसिंह राई, टिकादेवी खत्री, नरबहादुर कटुवाल, पदम बहादुर घले तथा वस्तुस्थित मुचुलका मानिस रामबहादुर श्रेष्ठ, भरतराज काफ्ले, चक्र बहादुर लिम्बु समेतले गरेको बकपत्र तथा प्रतिवादीका साक्षी विश्वनाथ श्रेष्ठ, अ.वं. ११५ नं. बमोजिम बुझिएका गणेश बहादुर जिमी राई पोष्ट मार्टम गर्ने डाक्टर केदार प्रसाद सेन्चुरीले  गरेको बकपत्र समेत मिसिल सामेल रहेको ।

      १८. मृतक विष्णुमाया राइको मृत्यु प्रतिवादीको कर्तव्यबाट भएको प्रमाणित हुन आएबाट प्रतिवादीले मुलुकी ऐन ज्यान सम्बन्धिको १ नं. विपरित अपराध नगरेको भन्न मिलेन तसर्थ प्रतिवादीले अभियोग पत्र माग दावी अनुसार कसुर गरेको ठहर्छ सो दावी अनुसार सजाय समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको संखुवाभा जिल्ला अअदालतको मिति ०५३।१।२ को फैसला ।

      १९. प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको कसुरमा मुलुक ऐन ज्यान सम्बन्धिको १ नं. कसुरमा ऐ.को १३(३) नं. बमोजिम सर्वश्व सहति जन्म कैदको सजाय गर्ने ठहर्याई गरेको मिति ०५३।१।२ को संखुवासझा जिल्ला अदालतको फैसला मिले कै देखिदा सदर हुने ठहर्छ ।

      २०. कानून बमोजिम सजाय गर्दा केही चर्को पर्ने चित्तमा लागेकोले प्रतिवादीलाई १५(पन्ध्र) वर्षको कैदको सजाय हुन अ.व.. १८८ नं. बमोजिम छुट्टै राय व्यक्त गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत धनकुटाको मिति ०५३।१०।२२ को फैसला ।

      २१. पुनरावेदन अदालतले शुरु संखुवासभा जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी फैसला गर्दा लिएको सम्पूर्ण आधारहरु एक पक्षीय, गैह्र कानूनी र आधारहिन हुनुको साथै ज्यान, सम्बन्धि महलको १, १२, १४, १७ प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)(२) १०(१)क, २६ र ५४ मा उल्लेखित कानूनी व्यवस्था विरित भएको हुदा उक्त फैसला वदरभागी छ बदर गरी आरोपीत, कसुरबाट सफाई पाउं भन्ने समेत व्यहोरको पुनरावेदक प्रतिवादीले यस अदालतमा दायर भएको मिति ०५४।३।१२ को पुनरावेदन पत्र ।

      २२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले लाश मचुल्कामा नागवेली परेको डोरीको डाम छ डोरीले बाधेर मारे भन्ने प्रहरीम भएको बयान छैन, मृतकले ज्यान बचाउन प्रतिकार गर्नुपर्ने गरेको देखिदैन, घटनामा प्रत्यक्षदर्शी नभउका, मार्नुर्ने सम्मको कारण र अवस्था नभउको र मृतकको जीउमा अन्य चोटपटक पनि नभएको स्थितिमा प्रतिवादीलाई आरोपित कसुरमा कसुरदार ठहर्याई सजाय गरेको जिल्ला अदलातको फैसला सदर ग रेको पुनरावेदन अदालत विराठनगरको फैसला मिलेका नहुदा उल्टी भई प्रतिवादीले आरोपित कसुरबाट सफाई पाउनुपर्छ भनी गर्नु भउको बहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा प्र.डिल्लीराम न्यौपानेलाई प्रहरी मागदावी बमोजिम कसुरदार ठहर्याई सजाय गर्ने गरेको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वराटनगरको फैसला मिलेको छ, छैन सो सम्बन्धमा नर्णय दिनुपर्ने हुन आयो ।

      २३. प्र.डिल्लीराम न्यौपानेको यस अदालतमा पुनरावेदन पेरको देखिदा साधकको लगत कट्टा गरिदिनु ।

      २४. निर्णय तर्फ विचार गरी हेर्दा यसमा लाश प्रकृति मुचुल्का, लाश जाच प्रतिवेदन एवं प्रतिवादीको बयान समेतबाट मृतक विष्णुमाया राइको मृत्यु भएको देखियो । वारदात स्थलमा चित्रण गरिएको अवस्था र त्यहां फेला परेका वस्तुहरुबाट प्रतिवादीको मौकाको बयानलाई समर्थन गरेको देखिन्छ । प्रतिवादीले अदालत समक्ष पूर्णत इन्का रही बयान गरेको छ भने मौकामा अधिकार प्राप्त अधकारी समक्ष पूर्णत सावत भई बयना गरेको देखिन आउछ । अदालत समक्ष बयान गर्दा प्रतिवादीले प्रहरीले राती कुटपिट गररेर बिहान कागज गराएको हो । बयान गराउंदा हात टेकाएर खुट्टा उभो बनाउको थियो भन्ने जिकिर लिएपनि प्रहरीले कुटपिट गरी साविती बनाउनुपर्ने अवस्था र परिस्थिति मिसिलबाट खुल्न आउदैंन । त्यसैगरी प्रतिवादीले बयानमा प्रहरीको कुटाइबाट घाउ चोठ, पटक परेको छ भनी भन्न सकेको देखिदैन । प्रतिवादी उपर आफू कार्यरत निकाय लगायत राज्य षडयन्त्र समेत लागि निजलाई पसाउन कुटपिट समेत गरी साविति बयान गराउनुपर्ने सम्मको अवस्था निजले बयानमा खुलाउन सकेको देखिन खाउदैन । अदालतमा कसुरमा इन्कार रही बयान गर्ने प्रतिवादी आफू कार्यरत चौकीको नजिकमा पर्ने मानिस नबस्ने डिही घरमा बिहानको ५:१५ बजे पुगी मान्छे मरेको देख्ने पहलो व्यक्ति भएको कुरालाई अदालतमा स्वीकार गरी बयान गरेका छने । मृतकसंग प्रतिवादीको भेटघाट पश्चात मृत्युपर्यान्त सम्मको सम्पूर्ण इतिवृत खुलाउंदै मृतसंग ३ पटकसंग ढाल लगाएर र अरु पटक ढाल नलगाई करणी गरेको करणी पश्चात मृतकले म तपाइसंगै बस्छु घर जान्न भेनकिले मृतकबाट उम्कन निजले तिघ्रामा कुल्चिई छाताको खोलले घाटीमा कसी कर्तव्य गरी मारेको कुरालाई निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान, मौकामा कागज गर्ने कुमारी राई, पदम बहादुर घले दर्जि, अम्बिका प्रसाद जिमी, बासु शाक्य, मान बहादुर तामाङ्ग र एउटै प्रहरी चौकीमा काम गर्ने प्र.ह. देवराज रार्य, प्र.ज. गुमान सिंह राई तथा अर्जुन कुमार बस्नेत समेतका व्यक्तिहरुको कागजबाट समर्थित भर्य पुष्टि हुन आएकोले मृतकको मृत्यु प्रतिवादी डिल्लीराम न्यौपाने कै कर्तव्यबाट हुन गएको देखिदा शुरु संखुवासभा जिल्ला अदालतले निजलाई सर्वश्वसहति जन्मकैदको सजाय गर्ने गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन ।                               २५. पुनरावेदन अदालत, विराटनगरले अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद हुने राय व्यक्त गरेतर्फ विचार गर्दा प्रतिवादी प्रहरी चौकी खराङ्गका इन्चार्ज प्रहरी हवल्दार देखिएको छ । प्रहरीको कर्तव्य जनताको जियधनको सुरक्षा गर्नु हो । सत्य सेवा सरक्षणम प्रहरीको मुलमन्त्र हो । यस्तो कर्तव्य भएका जनताको जिउधनको सुरक्षा लिएका चौकी प्रमुख भएर कानून र अनुशासन कायम गर्ने पदीय जिम्मेवारी बोकेका जनताको रक्षकबाटै अर्काको पत्नि फकाई व्यभिचार गर्ने र व्यभिचार पश्चात ज्यान समेत मार्नेलाई सजाय चर्को पर्ने भयो १५ वर्ष कैदको राय व्यक्त गरेको मिलेको नदेखिदा निजलाई सर्वश्व सहति जन्मकैदको सजाय नै हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

तपसिल

      माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.डिल्लीराम न्यौपानेलाई सर्वश्व सहित जन्मकैद हुने ठहरी फैसला भएकोले सो को लगत राखी असुल उपर गर्नु र पुनारवेदन अदालत विराटनगरले १५ वर्षको लगत राखेको कट्टा गरि दिनु भनी शुरु संखुवासभा जिल्ला अदालतमा लेखि पठाइदिनु .....१

मिसिल नियमानुसार गरी बुझाई दिनु ........................................................................१

 

उक्त रायमा म सहमत छु ।

 

न्या केदारनाथ आचार्य

 

इति सम्वत् २०५५ साल जेष्ठ ४ गते रोज २ शुभम्.....................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु