निर्णय नं. ६६४३ - लिखत र दर्ता बदर

निर्णय नं. ६६४३ २०५५, ने.का.प. अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
सम्बत् २०५० सालको दे.पु.नं. ... २२७३
फैसला मिति : २०५४।९।१६।४
मुद्दा : लिखत र दर्ता बदर ।
निवेदक/वादी : जिल्ला झापा सुरुङ्गा गाउँ विकास वडा नं. ८ सुकेडाँगी बस्ने टिका बल्लभकी छोरा वर्ष १५ को नावालक प्रपन्न अधिकारी समेत
विरुद्ध
विपक्षी/प्रतिवादी : भक्त बत्सलको पत्नी जिल्ला मोरङ विराटनगर उप महानगरपालिका वडा नं. ५ बस्ने रमा दाहाल समेत
§ सगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने कुराको प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । प्रतिवादी उर्मिलाले आनो नाम दर्ताको जग्गा लोग्ने साक्षी राखी मिति २०४५।२।३१ गतेमा प्रतिवादी रमा दाहाल लाई बक्सपत्र गरी दिएको देखिन्छ । उक्त मिति २०४५।२।३१ गतेको बक्सपत्रको लिखत बदर गराउन मिति २०४७।२।३० मा दान बक्सको ५ नंं को हदम्यादको कायम गरी फिराद परेकोमा लेनदेन व्यवहारको १० नं. मा सगोलको अंशियार मध्ये कसैले आनो समेत हक लाग्ने सम्पत्ति राजिनामा वा कुनै व्यहोराले हक छोडी दिएको अवस्थामा आनो हक जतिमा रजिष्ट्रेशन पास भएको एक वर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्नु गर्ने कानूनी व्यवस्था देखिन्छ । उक्त कानूनी व्यवस्था बमोजिम मिति २०४५।२।३१ गतेमा उर्मिलाले रमा दहाललाई दानबक्सको लिखत रजिष्ट्रेशन गरी हक हस्तान्तरण गरेको अवस्थामा लेनदेन व्यवहारको १० नं. को हदम्याद भित्र वादीको फिराद परेको देखिँदैन । तसर्थ उल्लेखित आधारहरु समेतबाट फिराद दावी पुग्न नसक्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको देखिदा सदर हुने ।
(प्र.नं. ५)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पवन कुमार ओझा
अवलम्बित नजिर : x
फैसला
न्या. लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत, विराटनगर मिति २०४९।१२।१ मा भएको फैसला उपर चित्त नबुझी यस सर्वोच्च अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. प्रतिवादी उर्मिला अधिकारी बुहारी हुन जिको पति समेतको हामी फिरादी ७ अंशियार रहि सगोलमा बसी आएका छौं । पैतृक सम्पत्तिबाट जग्गा खरिद गरी बुहारी भए अनुसार दफा ६ र ७ बमोजिम कुनै कुरा अनुमान गर्न अदालत कुनै प्रमाण बुझ्न पर्दैन भन्ने समेत प्रष्ट व्यवस्था भएकोदेखिन्छ । विपक्षी उर्मिलाको नाम दर्तामा रहेको विवादित जग्गा विपक्षी उर्मिलाले दान बक्सको १ नं. अनुसार आनो खुस गर्न पाउने सम्पत्ति हो भनी प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार विपक्षीले प्रमाणबाट पुष्टि गर्न सकेकी छैन । सो सम्पत्ति हामी निवेदकहरु सवैको बरावर अंश हक लाग्ने संगालको सम्पत्ति हो भन्ने कुरा प्रष्ट छ र त्यस्तो अवस्थामा हामी हक पुग्ने अंशियारहरुको मन्जुरकिो लिखत नलिई र हामीहरुलाई साक्षी पनि नराखी विपक्षी रमा दाहाल लाई विपक्षी उर्मिलाले दान बक्स गरी दिएको खित दान बक्सको १ नं. विपरित हुने गरी ब्याख्या गरी निर्णय गरिदा न्यायदातामा न्यायिकमनको अभाव रहेको छ भन्ने प्रष्ट भएको छ । मुलुकि ऐन दानबक्सको ५ नं. अनुसार निद नहुने दान बक्स दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र अर्थात बक्सपत्र पास भएको मितिले २ वर्ष भित्र नालेस गर्नुपर्ने भनी प्रष्ट व्यवस्था भई हामीहरुले सोही बमोजिम फिराद गरेकोमा लेनदेन व्यवहारको १० नं. को व्यवस्थालाई लागु गरी १ वर्ष भित्र फिराद गर्नु पर्ने मा सो हदम्याद भित्र फिराद नगरेको हुँदा दावी खारेज हुने ठहर्छ भन्ने समेत निर्णय भएकोले पुनरावेदन अदालत, विराटनगरको गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा ४, ६ मुलुकी ऐन दान बक्सको १, ५ नं. र लेनदेन व्यवहारको १० नं. साथै सर्वोचच अदालतबाट प्रतिपादित निवेदनको प्रकरण ३(क) मा उल्लेखित नजिर समेतको विपरीत भई कानूनको व्याख्यामा गम्भीर त्रुटी भएको हुँदा मुद्दा दोहोर्याइ हेरी निवेदन माग दावी बमोजिम गरी हामीहरुको अंशहक जति लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रपन्न अधिकारी १, विजय अधिकारी १, टिका बल्लभ अधिकारी १, डम्बरकुमारी अधिकारी १, सोमनाथ अधिकारी १, उपेन्द्र अधिकारी १, समेत जना ६ को यस सर्वोचच अदालतमा चढाएको संयुक्त पुनरावेदन पत्र ।
३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादीतर्फबाट उपस्थित विर्याइ हेरी निवेदन माग दावी बमोजिम गरी हामीहरुको अंशहक जति लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रपन्न अधिकारी १, विजय अधिकारी १, टिका बल्लभ अधिकारी १, डम्बरकुमारी अधिकारी १, सोमनाथ अधिकारी १, उपेन्द्र अधिकारी १, समेत जना ६ को यस सर्वोचच अदालतमा चढाएको संयुक्त पुनरावेदन पत्र ।
३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादीतर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेलले विवादको सम्पत्ति सगोलबाट खरिद गरी विपक्षी उर्मिलाको नाममा राखिएको हो । यदि प्रतिवादीले नीजि तवरले राजीनामा गरी लिएको भए राजिनामा लिखतमा नै दाइजो पेवा दानवक्स कुन व्यहोराले प्राप्त गरेको हो ? लिखतमा उल्लेख हुनुपर्ने थियो । अन्यथा प्रमाणित नभएसम्म एकाघर सगोलको अंशियार मध्ये जसको नाममा रहे पनि संगोल कै मानिने हुँदा वादी दावी पुग्न नसक्ने गरेको शुरु तथा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छैन भनि बहस प्रस्तुत गर्नुभयो । प्रतिवादी रमा दहाल समेतको तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री पवनकुमार ओझाले विवादको जग्गा सगोलको सम्पत्तिबाट खरिद गरी लिएको भन्ने कुरा प्रमाणित हुन सकेको छैन । आफुखुसी गर्न पाउने सम्पत्ति हुँदा रमा दाहाललाई बक्सपत्र गर्न पाउने सम्पत्ति हुँदा रमा दाहाललाई बक्सपत्र गरी दिएको हुँदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु तथा पुनरावेदन अदालतको फैसला कायमै राखी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
४. विर्याएको शुरु तथा पुनरावेदन अदालतको फैसला कायमै राखी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
४. विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस जिकिर सुनि निर्णयतर्फ विचार गर्दा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु तथा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन्छ ।
५. यसमा सगोलको पैतृक सम्पत्तिबाट खरिद गरी प्रतिवादी मध्ये उर्मिला अधिकारीको नाममा राखेको जग्गा निज उर्मिलाले आनो पतिलाई मात्र साक्षी राखि प्रतिवादी रमा दहाललाई हालैको बक्सपत्र पारीत गरी दिएकोले हाम्रो हक लाग्ने सम्पत्तिमा हाम्रो मन्जुरी नलिएको हुँदा बक्सपत्रको लिखत र दर्ता समेत वदर गरी पाउँ भन्ने वादीको मुख्या दावी देखिन्छ । फिरादमा उल्लेखित विवादको कि.नं. १५ को जग्गा हरेशलाल हजारीबाट कि.नं.७६ को जग्गा काशिराम हजारीबाट कि.नं. ९८ को जग्गा नरेश हजारीबाट प्रतिवादी उर्मिला अधिकारीले मिति २०४०।९।१४ मा राजिनामा बाट प्राप्त गरेको देखिन्छ । वादीहरुको फिराद दावीमा विवादका जग्गाहरु सगोलको सम्पत्तिबाट खरिद गरी उर्मिला अधिकारीको नाममा राखिएको जिकिर लिएपनि प्रतिवादी उर्मिलाले राजिनामा गरी लिदांको लिखतहरुबाट संगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने देखिँदैन । सगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने कुराको प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । प्रतिवादी उर्मिलाले आनो नाम दर्ताको जग्गा लोग्ने साक्षी राखी मिति २०४५।२।३१ गतेमा प्रतिवादी रमा दाहाल लाई बक्सपत्र गरी दिएको देखिन्छ । उक्त मिति २०४५।२।३१ गतेको बक्सपत्रको लिखत बदर गराउन मिति २०४७।२।३० मा दान बक्सको ५ नंं को हदम्यादको कायम गरी फिराद परेकोमा लेनदेन व्यवहारको १० नं. मा सगोलको अंशियार मध्ये कसैले आनो समेत हक लाग्ने सम्पत्ति राजिनामा वा कुनै व्यहोराले हक छोडी दिएको अवस्थामा आनो हक जतिमा रजिष्ट्रेशन पास भएको एक वर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्नु गर्ने कानूनी व्यवस्था देखिन्छ । उक्त कानूनी व्यवस्था बमोजिम मिति २०४५।२।३१ गतेमा उर्मिलाले रमा दहाललाई दानबक्सको लिखत रजिष्ट्रेशन गरी हक हस्तान्तरण गरेको अवस्थामा लेनदेन व्यवहारको १० नं. को हदम्याद भित्र वादीको फिराद परेको देखिँदैन । तसर्थ उल्लेखित आधारहरु समेतबाट फिराद दावी पुग्न नसक्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको देखिदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. नरेन्द्रबहादुर न्यौपाने
इति सम्बत २०५४ साल पौष १६ गते रोज ४ शुभम् ........... ।