निर्णय नं. ९३६६ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।९।२१।२
०६७–CR–०३४०
मुद्दा : गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।
पुनरावेदक / वादी : अनुसन्धान अधिकृत केदारनाथ शर्माको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : साबिक महोत्तरी जिल्ला डाम्ही महेशपुर गा.वि.स. वडा नं. १ घर भई हाल धनुषा जिल्ला जनकपुर नगरपालिका –४ स्थायी ठेगाना भएका शिक्षा तथा खेलकूद मन्त्रालयको सहसचिव पदमा कार्यरत वीरेन्द्रकुमार सिंहसमेत
आय र व्ययको हिसाब गर्दा विभिन्न घरायसी व्यवहार, सम्पत्तिको व्यक्तिगत लेखा जोखा राख्नुपर्ने दायित्वयुक्त व्यवस्था सुरूदेखि नै नरहेको जस्ता कारक तत्त्वहरूलाई बिर्सेर निरपेक्षरूपले आय व्ययको निर्धारण गर्नु न्यायोचित मान्न नसकिने हुँदा कतिपय अवस्थामा न्यायोचित अनुमानको आधारमा आय व्यय निर्धारण गर्नुपर्दा आय र व्ययको फरक रकमले मात्र राष्ट्रसेवक प्रतिवादीको उच्च जीवनस्तरलाई निर्धारण गर्न नसकिने ।
कतिपय यस्ता स्रोतहरू हुन्छन् जसबाट व्यावहारिकरूपमा आम्दानी त भएको हुन्छ तर कागज प्रमाण हुँदैनन् । कागज प्रमाणको अभावमा यो यो शीर्षकबाट यति यति आय भयो भनी निष्कर्ष निकाल्न कठिनाई हुने हुँदा कतिपय आयका स्रोत एवम् खर्चको रकम न्यायिक अनुमानबाट पनि यकिन गर्नुपर्ने ।
(प्रकरण नं.२४)
जुन स्रोतहरू प्रतिवादीले व्यक्त गरेबमोजिम विश्वसनीय भएपनि समयको अन्तरालले सम्बन्धित कागज प्रमाण व्यक्तिको साथमा रहिरहन नसक्ने हुनाले बिना प्रमाण आयमा समावेश गर्न पनि नसकिने र आयमा समावेश नगरेको अवस्थामा व्यक्तिलाई मर्का पर्न जाने अवस्थाको विद्यमानता रहेको हुनाले आय र व्ययको रकम निर्धारण गर्दा न्यायिक सद्विवेक प्रयोग हुनु जरूरी र सान्दर्भिक हुने ।
(प्रकरण नं.२५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता महेश शर्मा पौडेल र विद्वान् उपन्यायाधिवक्ताद्वय मानबहादुर कार्की तथा टिकेन्द्र दाहाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय मिथिलेश कुमार सिंह र कृष्णप्रसाद सापकोटा तथा अधिवक्ताद्वय नरेन्द्रकुमार के.सी. र दिपेन्द्र कुमार झा
अवलम्बित नजिर :
नेकाप २०६७, नि.नं.८५१९, अङ्क १२, पृ.२००७
नेकाप २०६८, नि.नं.८६३०, अङ्क ६, पृ.९१७
नेकाप २०६८, नि.नं.८७२२, अङ्क ११, पृ.९२८
नेकाप २०६९, नि.नं.८८३२, अङ्क ५
नेकाप २०६९, नि.नं.८७७०, अङ्क २
सम्बद्ध कानून :
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१)
सुरू फैसला गर्नेः
अध्यक्ष मा.न्या.श्री गौरीबहादुर कार्की
सदस्य मा.न्या.श्री ओमप्रकाश मिश्र
सदस्य मा.न्या.श्री केदारप्रसाद चालिसे
फैसला
न्या.गिरीश चन्द्र लाल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालतको मिति २०६७।०१।२८ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ ।
शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिव (तत्कालीन निर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यमाञ्चल, काठमाडौं) वीरेन्द्रकुमार सिंहले देखाएको कूल स्वआर्जित सम्पत्ति रू.४४,२९,०००।– मध्ये निजले पेस गरेको स्रोतबाट रू.२०,८१,२४९।– मात्र पुष्टि हुन आएको हुँदा रू.२३,४७,७५१।– बराबरको सम्पत्तिको स्रोत पुष्टि भएको मान्न मिल्ने देखिएन भन्नेसमेत व्यहोराको सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन एवम् निजउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न आएका उजुरीहरू समेतको आधारमा भएको अनुसन्धानबाट प्रतिवादीको निम्नलिखित विवरण भएको देखिन आयो ।
पारिवारिक विवरण
क्र.सं. नाम, थर नाता ठेगाना पेसा
१ प्रमिलादेवी सिंह पत्नी धनुषा, जिल्ला जनकपुर न.पा.४, साबिक महोत्तरी, डाम्ही मराई –१ गृहिणी
२ प्रवीण सिंह छोरा ,, चिकित्सक
३ स्वेता सिंह छोरी ,, चिकित्सक
वीरेन्द्रकुमार सिंह २०२९ साल कार्तिक १८ गतेदेखि निरीक्षक (शा.अ.प्राविधिक) पदमा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी हालसम्म निम्न निकायहरूमा कार्यरत रहेको देखिन्छ ।
क्र.सं.
कार्यालय, निकाय, संस्थापद, श्रेणीवहाल रहेको अवधिकैफियत
देखिसम्म
१ जिल्ला शिक्षा कार्यालय, पूर्वाञ्चल (धरान) निरीक्षक
(शा.अ.प्रा) २०२९।७।१८ २०३१।११ २०३१।२।२९ देखि स्थायी
२ क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्चल (धरान) विशेषज्ञ
(शा.अ.प्रा) २०३१।१२ २०३८।२ २०३४ श्रावणदेखि २०३६ मङ्सिरसम्म इलाहबाद एग्रिकल्चर इन्स्टिच्युटमा २ वर्ष ४ महिना छात्रवृत्ति अध्ययनमा गएको ।
३ राष्ट्रिय शिक्षा समिति केशरमहल विशेषज्ञ २०३८।३ २०३९।२ ०३९ आषाढदेखि २०४० भदौसम्म यु.के.मा वि.एस.सि.अध्ययनमा गएको (छात्रवृत्तिबाट )
४ जिल्ला शिक्षा कार्यालय, दाङ र कास्की का.मु.जिल्ला शिक्षा अधिकारी २०४०।८ २०४५।५ स्थानीय विकास मन्त्रालयको ०४५।४।१७ को पत्रानुसार जि.वि.स.कास्कीमा सरूवा, ०४३।७।२ मा सहायक सचिव र ०४४।११।१२ मा उप–सचिवमा बढुवा ।
५जिल्ला विकास समितिको कार्यालय, कास्की, रूपन्देही र झापास्थानीय विकास अधिकारी२०४५।५२०४८।७
६जिल्ला प्रशासन कार्यालय बझाङ, रोल्पा र बागलुङप्रमुख जिल्ला अधिकारी (रा.प.द्वि)२०४८।८२०५१।५
७ जिल्ला प्रशासन झापा र सुनसरी प्रमुख जिल्ला अधिकारी (रा.प.द्वि) २०५१।५ २०५४।७ ०५१।४।१३ देखि रा.प.प्रथममा बढुवा
८क्षे.शि.नि.,पोखराक्षेत्रीय निर्देशक२०५४।८२०५५।७
९क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्चलक्षेत्रीय निर्देशक२०५८।१०
१० क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल क्षेत्रीय निर्देशक २०५८।११ २०५९।११ काजमा ।
११दूर शिक्षा केन्द्र सानोठिमीक्षेत्रीय निर्देशक२०५९।१२२०६०।४
१२परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीपरीक्षा नियन्त्रक२०६०।४२०६२।३
१३शिक्षा तथा खेलकूद मन्त्रालयसह सचिव२०६२।३दर्तासम्म
अचल सम्पत्ति (जग्गा जमिन)
अनुसन्धानबाट निज वीरेन्द्रकुमार सिंहको सगोल परिवारबीच मिति २०५४।२।३१ गते अंशबन्डा भएको र उक्त अंशबन्डाबाट निम्न लिखित घर जग्गाहरू प्राप्त गरेको देखिन्छ।
पैतृक सम्पत्ति (अंशबन्डाबाट)
क्र.सं जग्गाधनीको नाम जिल्ला गाविस/नपा/वडा नं. कि.नं. क्षेत्रफल दिनेको नाम रकम मिति कैफियत
१ वीरेन्द्रकुमार सिंहसमेत ४ जनाको संयुक्त नाममा महोत्तरी डाम्ही महेशपुर ३ ६४९ ०–०–१२.५ राजो सिंह साझा बाटो ०५४।२।३१ अंश बन्डाबाट प्राप्त
२ वीरेन्द्रकुमार सिंह ,, ,, ६४१
६४५ ०–०–२.२५
०-०-१४-० ,, ०५४।२।३१ ,,
३,,,,,,गाउँ बल्कपश्चिम मुख उत्तर दक्षिण ३८।५ फिट र पूर्व पश्चिम ४६ फिट खपडाको आधा घर
खरिद गरेको जग्गाहरू
सार्वजनिक पदमा प्रवेश गरेपछि निज वीरेन्द्रकुमार सिंहले आफ्नो एकासगोलको परिवारका नाममा निम्नबमोजिमका घरजग्गाहरू खरिद गरेको देखिन्छ ।
क्र.स. जग्गाधनीको नाम र नाता जिल्ला गा.वि.स./ न.पा. वडा नं. कि.नं. क्षेत्रफल लिखत रकम मिति लिखतको किसिम
१ प्रमीला देवी सिंह (पत्नी) महोत्तरी बर्दिया बन्चौरी ७ ख ९६ ०–१–१९ १८,०००।– ०३५।७।१९ राजिनामा
२ ,, ,, ,, १०३ १–१–०–० ,, ,,
३ ,, ,, डाम्ही महेशपुर–१ १ ०–६–७ २५,०००।– २०३६।३।८ ,,
४ ,, ,, हरिगोरगामा –४ ३६१ ०–१०–२ – ,, ,,
५ ,, ,, ,, ३६३ ०–५–५ – ,, ,,
६ ,, ,, डाम्ही महेशपुर–१ १८५ ०–२–७.५ ७००।– ०३६।६।२५ ,,
७ ,, ,, ,, ३११ ०–२–५ ५००।– ०३८।७।३ ,,
८ ,, धनुषा ज.न.पा.–४ ५७४ ०–०–७–१० १२,६००।– ०४०।७।२८ ,,
९ ,, ,, ,, ५७५ ०–०–४–६ – ,, ,,
१० ,, काठमाडौं कलंकीस्थान ९ख ५१० ०–८–०–० १५,०००।– ०४२।८।१६ हा.व.
११ ,, काठमाडौं चपली भद्रकाली ९क ६२४ ०–४–० १८,०००।– ०४४।२।२५ राजिनामा
१२ ,, महोत्तरी डाम्ही महेशपुर–३ ५०२ ०–३–५.५ ५,०००।– ०४४।१०।६ ,,
१३ ,, ,, बर्दिया बन्चौरी–७ ख ७९ ०–१४–१७.५ ३०,०००।– ०४५।५।१६ ,,
१४ ,, ,, ,, १०६ ०–४–१० १३,०००।– ०४५।५।१७ ,,
१५ ,, ,, ,, ७८ ०–९–६ १७,०००।– ,, ,,
१६ ,, धनुषा विन्धी २ ३१३ ०–२–१४ १०,०००।– ०४८।८।६ ,,
१७ ,, ,, ढल्केवर ३ ख २४६ ०–०–६ ११,०००।– ०४९।९।१६ राजिनामा
१८ ,, ,, ,, २५५ ०–०–८–१५ १८,०००।– ०५०।१०।१८ ,,
१९ ,, ,, बैगाडावर ६ ख २४७ ०–७–० २,२१,०००।– ०५२।६।२३ ,,
२० ,, ,, जनकपुर न.पा.७ १६ ०–३–१४–१ २,२५,०००।– ०५३।१०।१४ ,,
२१ ,, ,, नक्टाझिज ६क २७२ १–०–१५ ७३,०००।– ०५४।४।२९ ,,
२२ प्रवीण सिंह ,, ज.न.पा.७ १०७ ०–२–१३ १,७३,०००।– ०५४।१०।२० ,,
२३ ,, ,, ,, ५२ ०–३–१४–१ २,४२,०००।– ,, ,,
२४ ,, ,, ४ १२९ ०–०–१३ ६५,०००।– ०५४।१२।२४ ,,
२५ ,, ,, ,, १३१ ०–०–७ ३५,०००।– ०५४।१२।२५ ,,
२६ प्रमिला देवी सिंह महोत्तरी डाम्ही महेशपुर–४ २३३ ०–१३–१२.५ ३२,२००।– ०५५।११।४ ,,
२७ ,, ,, ,, ६० ०–८–१७.५ २४,३००।– ०५५।११।४ ,,
२८ ,, धनुषा देवपुरा १७१ ०–३–११ ११,५००।– ०५६।५।१३ राजिनामा
२९ ,, महोत्तरी डाम्ही महेशपुर-१ ११३ ०–५–० १५,०००।- ०५७।९।३ ,,
३० ,, धनुषा नक्टाझिज ६क ३९५ ०–४–० १,२५,०००।– ०५८।२।७ ,,
३१ ,, ,, ,, २२५ ०–३–१० १,२५,०००।– ,, ,,
३२ प्रवीण सिंह महोत्तरी डाम्ही महेशपुर –३ ५०२ ०–३–५.५ – ०५८।५।२७ हा.व.
३३ ,, महोत्तरी डाम्ही महेशपुर–४ २३३ ०–१३–१२.५ – ०५८।५।२७ ,,
३४ ,, ,, ,, ६० ०–८–१७.५ – ०५८।५।२७ ,,
३५ ,, ललितपुर इमाडोल- ४ ५६२
६४९ ०–४–२–०
०-२-२-० २०,५०,०००।– (घर समेत) ०६०।१२।३० राजिनामा
जम्माः३६,१०,८००।-
नोटः माथिको तालिकाको क्र.सं ८ मा उल्लिखित जग्गाको हाल कि.न. ४ र ८६ भएको, सि.नं. १० को कि.नं. ५१० मिति २०६०।३।२७ मा, सि.नं. २८ को कि.नं. १७१ को जग्गा २०५१।१२।६ मा बिक्री भइसकेको, सि.नं. १२ को कि.नं. ५०२, सि.नं. २६ को कि.नं. २३३ तथा सि.नं. २७ को कि.नं. ६० को जग्गा प्रतिवादी प्रमिलादेवी सिंहले प्रतिवादी प्रवीण सिंहलाई बकस दिएको, र सि.नं. १७ को कि.नं.२४६ तथा सि.नं. १८ को कि.नं.२५५ को जग्गामा घर बनाएको देखिन्छ ।
प्रतिवादी वीरेन्द्रकुमार सिंहकी पत्नी प्रमिलादेवी सिंह र छोरा प्रवीण सिंहको नाममा निम्नबमोजिमको घरहरू रहेको देखिन्छ ।
क्र.सं. घर धनीको नाम र नाता जग्गाको विवरण निर्माण वर्ष
निर्माण लागत
जिल्लागा.वि.स.वडा नं.कि.नं.क्षेत्रफल
१ प्रमिला देवी सिंह (पत्नी) धनुषा ज.न.पा.४/ख ४ ५७४ र ५७५ ०-०-१२-० २०४६।०४७ ११,७६,६८६।१४
२ ,, ,, ढल्केबर ३/ख ३ख २४६
२५५ ०-०-१४-१५ २०५६।२०५८ ३१,०९,४६६।३४
३ प्रवीण सिंह (छोरा) ललितपुर इमाडोल ४ ५६२ ०-४-२-० ०६०।१२।३०
घरजग्गा खरिद १२,७०,३३४।८५
जम्माः ५५,५६,४८७।३३
नोटः सि.न. १ को घर २.५ तले र सि.न. २ को घर २ तले देखिन्छ ।
प्रतिवादी वीरेन्द्रकुमार सिंहले सार्वजनिक पदमा प्रवेश गरेपछि खरिद गरी बिक्री गरेका जग्गाहरूको विवरण निम्नानुसार रहेको देखिन्छ ।
क्र.सं. जग्गाधनीको नाम जिल्ला गा.वि.स./ न.पा/ वडा नं. कि.नं. क्षेत्रफल क्रेताको नाम लिखत रकम मिति लिखतको किसिम
१ प्रमिलादेवी सिंह काठमाडौं कलंकी स्थान-९ ५१० ०–८–० कृष्णानन्द सापकोटा २१,००,०००। २०६०।३।२७ राजिनामा
२ प्रमिलादेवी सिंह धनुषा देवपुरा १७१ ०–३–११ अब्दुल रहिम कवारी ११,५००।– २०५६।१२।६ राजिनामा
जम्मा:२१,११,५००।
चल सम्पत्तिको विवरण:
बैंक मौज्दात, सुन चाँदीका गरगहनाहरू र अन्य सम्पत्तिलाई चल रूपमा राखी निम्नबमोजिम उल्लेख गरेको देखिन्छ ।
बैंक मौज्दातः
प्रतिवादी वीरेन्द्रकुमार सिंह र सगोल परिवारका सदस्यहरूका नाममा विभिन्न बैंकमा खोलिएका खाताहरूमा निम्नानुसार रकम मौज्दात रहेको देखिन्छ ।
क्र.सं. खातावालाको नाम नाता बैंकको नाम बचत खाता नं. मौज्दात रकम (रू)
१ वीरेन्द्रकुमार सिंह आफै ने.बैँ.लि.भूगोलपार्क २०३०४५० ९,२२५।३१
२ ,, ,, कृषि विकास बैंक जनकपुर ०४१९४१ १७,३५९।६६
३ ,, ,, ने.बै.लि. जनकपुर ४८४६ २४,१८७।२२
४ ,, ,, राष्ट्रिय वाणिज्य बैंक, जलेश्वर १५०५१ १८,२४५।४३
५ ,, ,, नेपाल एस.वि.आई बैंक दरवारमार्ग ०१५३०१००५८२८ १०,३९३।२२
६ प्रमिलादेवी सिंह पत्नी राष्ट्रिय वाणिज्य बैंक जनकपुर २१८०६ ४,२५९।७८
७ ,, ,, ” जलेश्वर १५०५० ५७,४४०।६१
८ ,, ,, ने.बैँ.लि.जनकपुर १४०४७ ५५,४१०।९२
९ प्रवीण सिंह छोरा कृषि विकास बैंक जनकपुर ०७३३८२ ३,३५,८४९।५४
१० स्वेता सिंह छोरी कृषि विकास बैंक जोरपाटी ०६१९१३ ३२,८८८।६४
११ ,, ,, कृषि विकास बैंक जोरपाटी ०८१५५० ३२,८८८।६४
१२ प्रवीण सिंह छोरा स्ट्यान्डर्ड चाटर्ड बैंक, नयाँबानेश्वर १८१०१७८८८०१ १,७९,३९१।७९
जम्माः १२,०३,६७५।४४
सुन चाँदीको विवरणः
प्रतिवादी वीरेन्द्रकुमार सिंहले पेस गरेको व्यक्तिगत विवरणमा उल्लेख गरेको सुन चाँदीको विवरण निम्नानुसार भएको देखिन्छ ।
क्र.सं. विवरण परिमाण र मूल्य प्राप्तिको तरिका प्राप्ति मिति स्रोत कैफियत
१ सुनको गहना २१ तोला भ्रमणमा जाँदा प्राप्त पैसाले खरिद गरेको विभिन्न विदेश भ्रमण बेलायतबाट ५ तोला, थाइलैन्ड/इन्डोनेसियाबाट ५ तोला, द.अफ्रिका र श्रीलङ्काबाट ६ तोला तथा विभिन्न समयमा ५ तोला गरी खरिद गरेको भनी बयान र विवरणमा उल्लेख गरेको ।
२चाँदी१ किलो पत्नीको दाइजोबाट प्राप्त२०४२ सालससुराली
विद्युतीय उपकरणहरूको विवरणः–
प्रतिवादीले आयोगमा पेस गरेको व्यक्तिगत विवरणमा उल्लेख गरिएका विद्युतीय उपकरणहरूको विवरण निम्न अनुसार देखिन्छ ।
क्र.सं. विवरण रकम (रू.) खरिद मिति कैफियत
१टेलिभिजन थान–२२,२००।–२०५२ साल
२टेलिभिजन सोनी थान –१२२,०००।–२०४६ साल
३ भि.सि.आर थान–१ – – मूल्य नखुलाएको, दक्षिण अफ्रिकाबाट फर्किदा खरिद गरेको भनी उल्लेख भएको ।
हाल सरकारी सेवामा छु । सगोलमा पत्नी, छोरा १ र छोरी १ गरी जम्मा ४ जनाको परिवार
छ । मेरो नियमित आयका स्रोतहरू तलब भत्ता, फिल्ड भत्ता, बैठक भत्ता, कक्षा लिएको पारिश्रमिक, घरभाडा, कृषिजन्य आय, लगानीबाट प्राप्त ब्याज, छोराले १ वर्षदेखि डाक्टरी पेसाबाट प्राप्त आय, ट्रेक्टर बिक्री नगरून्जेल त्यसको भाडा, पढ्दा छात्रवृत्तिबाट बचत रकम, विदेश अध्ययन भ्रमण गर्दा प्राप्त टि.ए.डि.ए.
हुन् । आकस्मिक आयमा पिताजीको तलब भत्ता, उपदान, कृषि आय, संयुक्त परिवारमा हुँदा स्टेसनरी पसल सञ्चालन, श्रीमतीको सिलाई बुनाई, चुरासम्बन्धी घरेलु उद्योग, पत्नी ४ वर्षसम्म पि.ए. हुँदाको तलब, पत्नी शिक्षकको रूपमा कार्यरत रहँदाको आय, जग्गा बिक्रीको आय, छोराले छात्रवृत्तिबाट बचाएको रकम, एल.आई.सि.बाट फिर्ता रकम, सञ्चयकोषको ऋण, नागरिक लगानीकोष ऋण, पत्नीले पिताजीबाट पाएको रकम, छोरीले मामाबाट प्राप्त पढाई खर्च, जागिरपूर्व ट्यूसनबाट प्राप्त गरेको रकम, बैंकको ब्याज, फलफूल नर्सरी, रूख/बिरूवा बिक्रीबाट प्राप्त आम्दानी र हाल मुख्य आय कृषि र घरभाडा रहेको छ ।
मेरो दाजुभाई बीच ०५४ सालमा अंशबन्डा भएको हो । मैले २ कठ्ठा घडेरी बाहेक सबै घरजग्गा छोडेको हुँ । बुबाबाट छोराको नाममा १ कठ्ठा जग्गा पाएको हो । पत्नीको नाममा सेकेन्ड ह्यान्ड ट्रेक्टर खरिद गरिदिनु भएको थियो । बुबाले घर निर्माणमा सहयोग गर्नुभएको हो । ज.न.पा.मा ०४२ सालदेखि घर निर्माण सुरू गरी हाल २.५ तले निर्माण भइरहेको र पूरा गराउने क्रममा रहेको छ । घरको मूल्य करिब १० देखि ११ लाखसम्म परेको हो । ढल्केबरमा घडेरी लिई ०५२–०५५ सम्म घर निर्माण कार्य सम्पन्न गराउँदा अनुमानित ११–१२ लाख परेको हो । कलङ्कीमा ०४२ सालमा खरिद गरेको जग्गा ०६० सालमा रू. २१ लाखमा बिक्री गरेको हो । खरिदको स्रोतमा पत्नीको पेवा र बेलायतबाट बचत भएको छात्रवृत्ति
हो । २०६० सालमा नै इमाडोल गा.वि.स.ललितपुरमा छोरा प्रवीण सिंहको नाममा घरजग्गा खरिद गरेको
हो । काठमाडौको चपलीमा खरिद गरेको जग्गामा घर बनाएको छैन ।
श्रीमती प्रमिलादेवी सिंहका नाममा काठमाडौं, महोत्तरी, धनुषा जिल्लाहरूमा खरिद गरिएका विभिन्न क्षेत्रफलका जग्गा खरिदका स्रोतहरूमा आई.एस्सी., बि.एस्सी पढ्दा प्राप्त छात्रवृत्तिबाट बचत रकम, २०२९ देखि प्राविधिक शा.अ. हुँदाको तलब बचत, पत्नीको पेवा, रा.वा.बैंक, जलेश्वरबाट लिएको ऋण, पत्नीको आफ्नै आम्दानी, कृषि आय, बेलायतको छात्रबृत्तिबाट बचत रकम, सञ्चयकोष ऋण, आफ्नै बचत तलब भत्ता रकम, पत्नी पि.ए. हुँदाको बचत रकम, घरभाडा, विदेश भ्रमणबाट बचत रकम, सिसौं बिक्रीबाट प्राप्त रकम, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगबाट प्राप्त रकम, पत्नी पि.ए. हुँदा प्राप्त रकम, पिताजीले दिनुभएको रकम, घरेलु व्यवसायबाट प्राप्त आय, सुन बिक्रीबाट प्राप्त रकम आदि हुन् । पत्नीका नाममा जग्गाहरू खरिद गर्दा केही जग्गाहरू कम मूल्यमा खरिद गरे तापनि थैली बढी राखिएको हो । छोरा प्रवीण सिंहका नाममा भएका जग्गाहरू बुबाले खरिद गरी दिनुभएको हो । छोराको नाममा इमाडोल गा.वि.स.–४ ललितपुरमा खरिद गरेको घरजग्गाको स्रोतमा कलंकीको जग्गा बिक्रीबाट प्राप्त रकम हो । केही जग्गा पत्नी प्रमिलादेवीले छोरा प्रवीणलाई बकस गरिदिएको हुन् । राष्ट्रिय वाणिज्य बैंक जलेश्वरमा रहेको आफ्नो नामको खातामा जम्मा भएको रू.४ लाख साढुदाई अवकाश हुँदा प्राप्त रकम जम्मा गरेको हो । नेपाल बैंक लिमिटेड, जनकपुर शाखामा मिति ०५५।२।१० र ०५६।११।२२ मा जम्मा गरेको रकम रू. ५ लाख सन् १९६७–६८ मा पढाउँदाको रकम हो । १९७२ मा बि.एस्सी गरी फर्कदाको रकम तथा सालोबाट प्राप्त रकम र जीवन बिमा कम्पनीबाट १ लाख फिर्ता पाएको रकम हो । नेपाल एस.बि.आई बैंकमा जम्मा भएको रू. ६ लाख ३२ हजार एस.एल.सी. का प्रश्नपत्र छपाउन भारत लिएर गएकामा फर्कदा ड्राफ्ट बनाई ल्याएको र पछि कार्यालयको खातामा जम्मा गरी पेस्की फछ्र्यौट गरेको हुँ । नेपाल बैंक लिमिटेड काठमाडौ ०६० सालको विभिन्न मितिमा जम्मा भएको रू.१९ लाख ६१ हजार कलङ्कीको जग्गा बिक्रीको रकम हो ।
पत्नी प्रमिलादेवी सिंहका नाममा राष्ट्रिय वाणिज्य बैंक जनकपुरमा खोलेको खातामा मिति २०५३।४।२७, २०५५।४।१० र २०५५/४/१७ मा जम्मा भएको रू.९ लाख निज पि.ए. हुँदा पाएको रकम, शरणार्थी समन्वय ईकाईबाट प्राप्त भत्ता, माइतीबाट प्राप्त रकम र सुनको लगानीबाट प्राप्त ब्याज, घरभाडा, सिसौंबाट प्राप्त आयस्ता, दक्षिण अफ्रिका र श्रीलङ्का भ्रमणबाट बचत रकमसमेत बैंकमा जम्मा गरेकी हुन् । राष्ट्रिय वाणिज्य बैंक, जलेश्वरमा ०५७ सालमा जम्मा गरेको रू.४ लाख ट्रेक्टर बिक्री र घरभाडाबाट प्राप्त रकम हो । नेपाल बैंक लिमिटेड, जनकपुरमा ०५४ सालमा मुद्दति खातामा जम्मा भएको रू. ७ लाख मेरो मामाबाट पाएको रकम, गहना बेचबिखनको रकम, पेवा, विदेश भ्रमणबाट बचेको रकम, कृषि आय, भाडा रकम र साढुदाइको रकमसमेत हो । छोरी स्वेता सिंहको नाममा कृषि विकास बैंक, जोरपाटीको खातामा ०५९ सालमा जम्मा भएको रू. २ लाख २० हजार निजको मामा मोहनकुमार सिंहबाट प्राप्त रकम, मेरो राष्ट्रिय वाणिज्य बैंक, जनकपुरमा रहेको खाताबाट झिकेको रकम र घरभाडाबाट प्राप्त आय आदि हो । निजकै नाममा कृषि विकास बैंक, जनकपुरको खातामा ०५८।०५९ र ०६० सालमा जम्मा गरिएका रू.५ लाख घरभाडा, कृषि आय, दै.भ्र.भत्ता बचत, निजको मामाबाट प्राप्त रकम, आँप, सिसौंको आय र दाउरा बिक्रीबाट प्राप्त रकमहरू हुन् । छोरा प्रवीण सिंहका नाममा कृषि विकास बैंक, जनकपुरमा रहेको खातामा ०५९ सालमा जम्मा भएको रू.३ लाख १९ हजार ५२० निजको भारतबाट प्राप्त रू.१ लाख, निजले पढ्दा बचत गरेको रकम, मेरो जीवन बिमा कम्पनी भारतबाट फिर्ता पाएको रकम रू. १ लाखसमेतको रकम जम्मा भएको हो ।
मेरी पत्नीले भारतबाट एस.एल.सी. सम्म पढेकी हुन् । छोरीको प्रारम्भिक अध्ययन नेपालका विभिन्न ठाउँमा भएको हो र आई. एस्सी. धनुषा साइन्स क्याम्पसबाट प्रति महिना रू. ५००।– तिर्ने गरी २ वर्ष अध्ययन गराएको हो । एम.बि.बि.एस. मा भर्ना गर्दा जम्मा रू. ६,३२,०००।–दिनु परेको र सो रकम मामाले सहयोग गर्नुभएको हो । त्यसपछि प्रति ६ महिनामा रू. ९६,५००।– तिर्नु परेको हो । निजको अध्ययनमा निजको मामाले सहयोग गर्नुभएको हो । छोरा प्रवीण सिंहले प्रारम्भिक अध्ययन भारतमा मामाको घरमा बसी गरेको हो । त्यसपछि विभिन्न ठाउँमा अध्ययन गर्दै आई.एस्सी. काठमाडौं विश्वविद्यालयबाट गरेको र प्रति महिना करिब रू.१,०००।–तिर्ने गरेको हो । युनाइटेड मिसन नेपालको सहयोगमा बंगलादेशमा एम.बि.बि.एस. पढ्न पठाएको हो । पढाइको सम्पूर्ण खर्च युनाइटेड मिसन नेपालले दिएको हो । छोराको एम.बि.बि.एस. पढ्न मेरो खर्च भएन । स्रोतका हकमा तलब भत्ता, बैठक भत्ता, खेतीपातीको आम्दानी आदि हुन् । छोराको जीवन बिमा सन् २०–४–९८ देखि गराएको र वार्षिक किस्ता भारतीय रूपैयाँ रू. ३७,५२४।– र मेरो जीवन बिमा सन् २८–८–९७ देखि गराएको र वार्षिक किस्ता भारतीय रूपैयाँ रू. २५,४९५।– तिर्नुपर्छ ।
सुन विदेश भ्रमणबाट फर्कदा खरिद गरिएका हुन् । सबैंको मूल्य सम्झन सकिन । पत्नीले समेत विभिन्न समयमा खरिद गरेको र बिक्री गरेका हुन् । मैले राष्ट्रिय वाणिज्य बैंक, जनकपुर उल्लेख गरेकामा सो नभई नेपाल बैंक लिमिटेड, जनकपुर हुनुपर्ने
हो । धनुषा डाम्ही महेशपुर वडा नं.३ को कि.नं. ५०२, वडा नं. ४ कि.नं. २३३ र कि.नं. ६० का जग्गा गुलाव देवीले मेरो छोरा अध्ययनमा बंगलादेशमा रहेको हुँदा पछि मेरो छोरा प्रवीण सिंहको नाममा नामसारी गर्ने गरी मेरी पत्नीका नाममा बकस गरेको र प्रवीण सिंह बंगलादेशबाट आएपछि छोरा पनि बालिग भइसकेको हुँदा छोरा प्रवीण सिंहलाई बकस गरेकी हुन् । छोरा प्रवीण सिंहको नामको स्ट्यान्डर्ड चाटर्ड बैंक, बानेश्वरको खातामा जम्मा भएको रकमका स्रोतहरूमा बंगलादेशबाट फर्किदा ल्याएको अमेरिकी डलर ३,०००।–, मेडिकल क्याम्प सञ्चालन गरे बापत प्राप्त पारिश्रमिक, जग्गा बिक्रीबाट प्राप्त रकम, मेरो दैनिक भ्रमण भत्ताको केही रकम मोटरसाइकल खरिद गर्न र डेरा खर्चको लागि दिएको हो ।
मेरी पत्नी प्रमिलादेवी सिंहले दिनुपर्ने बैंक कारोवारसँग सम्बन्धित प्रश्नको जवाफ म आफैँ दिन चाहन्छु । पत्नीका नाममा रहेका बैंक खाताबाट झिकेका रकमहरू जेठी सासूलाई दिएकी हुन् । जग्गा खरिद, घर निर्माण, मर्मत सम्भार, छिमेकीलाई सापटी, छोराछोरीको पढाइ, विवाहको लागि निजहरूको खातामा जम्मा गरेकी, विवाह, ब्रतबन्ध, विदेश जाने व्यक्तिलाई ब्याजमा दिन बैंकबाट झिकेको व्यहोरा अनुरोध छ । मेरी पत्नी र छोराको नाममा भारतको दिल्ली र सीतामढीमा आई.सी.आई.सी.आई. बैंकमा कुनै रकम जम्मा गरेको छैन । मैले प्रश्नपत्र छपाइको लागि पेस्की अवस्य लगेको हुँ । तर त्यहाँ कुनै रकम जम्मा गरेको छैन । मैले एस.बि.आई. बैंकको खातामा परीक्षासम्बन्धी अति गोप्य तथा संवदेनशील कार्यको लागि खाता खोलेको हुँ । जानीजानी खाता लुकाएको होइन । यो खाता खोल्ने उद्देश्य पनि गोप्य काम हो । यससम्बन्धी रकम मेरो जनरल खाताबाट अलग राख्ने उद्देश्यले खोलेको हुँ । छोराको नाममा स्ट्यान्डर्ड चाटर्ड बैंकमा आफ्नो छात्रवृत्तिबाट बचत रकम राख्न खोलेको हो । यस खाताको विषयमा मलाई जानकारी थिएन । मेरो अभिप्राय खाता वा आम्दानी लुकाउने बिल्कुलै थिएन । नेपाल एस.बि.आई. बैंकमा मिति २०६१।४।८ मा जम्मा भएको रकम प्रश्नपत्र छपाइबापत लिएको पेस्की रकमबाट खर्च भई बाँकी हुन आएको रकम उक्त बैंकमा जम्मा गरिएको हो र मिति २०६१।६।१ गते झिकेको रकमले पेस्की फछर्यौट गराएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी वीरेन्द्रकुमार सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो पेसा शिक्षिका र घरेलु उद्योग हो । सगोल परिवारमा श्रीमान्, छोरा डा.प्रवीण सिंह र छोरी डा.स्वेता सिंह छौं । नियमित आय स्रोतहरूमा माइतीको उपहार, कृषि उत्पादन, घरभाडा, शिक्षण पेसा, श्रीमान्को तलब, ब्याज, घरेलु उद्योगबाट आउने रकम, छोराछोरीको डाक्टर पेसाबाट प्राप्त हुने रकम, सिसौं, आँप, लिची बिक्रीबाट हुने आम्दानीहरू हुन् । नियमित खर्चका क्षेत्रहरूमा बिजुली, टेलिफोन, लुगा कपडा, घर खर्च, छोरीको पढाई खर्च र आकस्मिक खर्च बिरामी हुँदा गर्नुपर्ने खर्च हुन् । मेरो आफ्नो नाममा खरिद गरिएका जग्गाहरूको मूल्य र मिति याद
भएन । मेरो श्रीमान्जीले आयोगमा बुझाइसक्नु भएको छ । खरिदका स्रोतहरूमा मेरो दहेज, कृषि, सिसम बेचेको पैसा, केही जग्गा बुबाले किनिदिनु भएको, ब्याज, घरेलु उद्योग पेसाबाट प्राप्त रकम, श्रीमान्ले विदेशबाट गर्नुभएको आर्जन, छात्रवृत्ति, श्रीमान्को तलब, सुन बेचेको, सापटी लिएको रकम, घरभाडा, गाईभैंसी पालन, श्रीमान्को साथ अफ्रिका भ्रमणबाट प्राप्त रकम, मेरो तलब, चामल बेचेको रकम, सिलाई बुनाइको रकम, ट्रेक्टर बिक्रीबाट प्राप्त रकम आदिबाट खरिद गरिएको हो । मेरो नाममा रहेको जग्गाहरूमध्ये ढल्केवर ३ख र जनकपुर न.पा.४ मा निर्माण गरिएका घरहरूका स्रोतहरूमा आमा, बुबा, मामा ससुराको सहयोग, श्रीमान्को सञ्चयकोष, कृषि तलबभत्ता, गहना बेचेको रकम र कृषि भाडा हो । धनुषा ज.न.पा.४ कि.नं. ५७४ क्षेत्रफल ०–०–७–१० को जग्गामा नर्सरी, आँप, लिची, अम्बा इत्यादि फलफूल थियो र छ पनि । ट्रेक्टर मेरो ससुराबाट पाएकी हुँ । आफ्नो नाममा विभिन्न बैंकमा जम्मा गरिएका रकमको स्रोतहरूमा आफ्नो आय आर्जनको पैसा, ब्याज, घरभाडा, कृषि आय, आमाबाट केही रकम र आफ्नो तलब भत्ता, श्रीमान्को तलब भत्ता, दिदीबाट प्राप्त भएको रकम, सुन बिक्री, सिसौं बेचेको रकम आदि हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी प्रमिलादेवी सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो पेसा डाक्टरी हो । सगोल परिवारमा म, बुबा, आमा प्रमिलादेवी सिंह र बहिनी डा.स्वेता सिंह छौं । परिवारको नियमित आयस्रोतहरूमा बुबा/आमाको तलब, घरभाडा, लगानी गरिएको पैसाको ब्याज, कृषि घरेलु व्यापार, मेरो र बहिनीको तलब, पारिश्रमिक हुन् । खर्चहरूमा खाना र लुगा कपडा पर्छन् । आकस्मिक आयका स्रोतहरूमा छात्रवृत्तिबाट बचाएर ल्याएको रकम, मामा/हजुरबुबाबाट पाएको सहयोग, इन्स्योरेन्सबाट प्राप्त रकम, जग्गा बिक्रीबाट प्राप्त र सिसौं बिक्रीको रकम, मेरो पेसाबाट प्राप्त रकम
हुन् । आकस्मिक व्ययहरूमा जग्गा किनेको घर, घर निर्माण/खरिद र अन्य परिआउने घरायसी खर्च हुन् । मैले प्रारम्भदेखि दाङ, काठमाडौं र पोखराका विद्यालयहरूमा अध्ययन गरें । आइ.एस्सी काठमाडौं विश्वविद्यालय र एम.बि.बि.एस. बंगलादेशबाट अध्ययन गरेको हुँ । आई.एस्सी. अध्ययन गर्दा उक्त विद्यालयका उपकुलपति सुरेशराज शर्मासँग बुबाको चिनजान भएकाले सम्पूर्ण अध्ययन खर्च मिनाहा गरिएको थियो । बंगलादेशमा पढ्दा भर्ना शुल्क यु.एस.डलर ९,०००।– र वार्षिक शुल्क २००० डलर तथा व्यक्तिगत खर्च र किताब खर्च युनाइटेड मिसन नेपालको कृस्टिन स्टोनले स्पन्सर गरिदिनुभएको हो । उक्त कोर्ष १९९७ देखि २००३ सम्म ५ वर्षको
हो । बंगलादेशमा अध्ययन गर्दा लाग्ने रकम ड्राफ्टबाट साथीको खातामा एकाउन्ट ट्रान्सफर भएर आउँथ्यो र पछि उनले कलेजलाई चेकबाट भुक्तानी गर्दथे । जनकपुर न.पा.७ का कि.नं. १०७ र ५२ का मेरो नामका जग्गाहरू ममीले आफ्नो आयबाट र केही बुबाबाट सहयोग लिएर खरिद गरिदिनु भएको हो । स्रोत र खरिद मिति यकिन थाहा हुन सकेन । जनकपुर न.पा. कि.नं. १२९ र १३१ का जग्गा हजुरबुबाले खरिद गरिदिनु भएको हो । आमाले मलाई बकस दिएका जग्गाहरू आमा-बुबाको संयुक्त आयबाट खरिद गरी मेरो जन्मदिनको उपहार स्वरूप बकस प्राप्त भएको
हो । ललितपुर इमाडोलको घर जग्गा कलङ्कीको जग्गा बिक्रीबाट खरिद भएको हो, मलाई याद भएसम्म माथि लेखेदेखि बाहेक अन्यत्र मेरो नाममा कुनै घरजग्गा छैन ।
विभिन्न बैंकमा मेरो नामको खातामा जम्मा भएका रकमहरूको स्रोतमा जीवन बिमा कम्पनीबाट फिर्ता रकम, ममीले आफ्नो खाताबाट ब्याजमा लगानी गरेको रकम फिर्ता आएपछि मेरो खातामा जम्मा गरेको, बुबाको सहयोग, मैले बंगलादेशबाट ल्याएको ३००० अमेरिकी डलर, जग्गा बिक्रीबाट प्राप्त रकम, मेरो स्वआर्जन आदि हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी प्रवीण सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
सगोल परिवारमा बुबा, आमा प्रमिलादेवी सिंह, दाजु डा.प्रवीण सिंह र म चारजना छौं । बुबा सरकारी सेवामा, आमा शिक्षिका, सल्लाहकार, घरेलु उद्योगधन्दामा र दाजु चिकित्सक पेसामा हुनुहुन्छ । मेरो परिवारका नियमित आय स्रोतहरूमा हामी चारजनाको तलब, दाई र मेरो क्लिनिक फिस, घरभाडा, कृषि र बगैंचाको फलफूल बिक्रीबाट प्राप्त रकम, ब्याज लगानी, घरेलु उद्योग धन्दा हुन् । नियमित खर्चहरूमा खाना, लुगाकपडा हुन् । आकस्मिक आयका स्रोतहरूमा जग्गा बेचेको, मामाको सहयोग, हजुरबुबाको सहयोग र आकस्मिक व्ययमा घर किनेको र घर मर्मत सम्भार हुन् । मैले प्रारम्भदेखि कास्की, रूपन्देही, जनकपुर, बाग्लुङका विभिन्न विद्यालयहरूमा अध्ययन गरें । आई.एस्सी. धनुषा साइन्स क्याम्पस जनकपुरबाट र एम.बि.बि.एस. नेपाल मेडिकल कलेज जोरपाटीबाट गरेकी हुँ । मैले एम.बि.बि.एस. सन् २०००।०१।१७ मा भर्ना भई २००४।७।५ मा पूरा गरेकी हुँ । भर्ना शुल्क रू.६,३२,०००।– मामाले तिर्नु भएको हो । बाँकी शुल्क समयसमयमा मामा र समयसमयमा बुबाले पनि तिर्नुभएको थियो । मेरो नामको खातामा कृषि विकास बैंक, जनकपुरमा जम्मा भएको रकमको स्रोत बुबा/आमाको तलब, लगानीबाट प्राप्त ब्याज, मेरो विवाहमा सहयोग होस् भनेर जम्मा गरिदिनु भएको हो । कृषि विकास बैंक जोरपाटी काठमाडौंमा मेरो नामको खातामा जम्मा भएको रकम कलेजको शुल्क तिर्न मामाले जम्मा गरिदिनुभएको र समयसमयमा बुबाले पनि केही पैसा आफ्नो तलब र बैंकबाट जम्मा गरिदिनु भएको हो । सो बैंकबाट झिकिएका रकमहरू कलेजमा शुल्क तिर्नको लागि हो । मेरो नाममा माथि उल्लेख भएदेखि बाहेक अन्यत्र बैंक खाता, सेयर, बचतपत्र छैन । मेरो नाममा कहीँ पनि घरजग्गा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी स्वेता सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
आयको विवरणः
प्रतिवादी वीरेन्द्रकुमार सिंहले सार्वजनिक पदमा प्रवेश गरेपछि पाउने तलब मध्ये आ.व. २०३०/३१ देखिको तलब निजामती किताबखानाको विवरण र सोभन्दा अगाडि निज अस्थायी कर्मचारी भएकाले तत्काल प्रचलित तलब स्केलअनुसार निजले पाउने कूल तलबको विवरण निम्न अनुसार देखिन्छ ।
क्र.सं. मिति आर्थिक वर्ष तलब जम्मा तलब जम्मा ग्रेड जम्मा नागरिक लगानी कोष कट्टि कर्मचारी सञ्चयकोष कट्टि गरी बाँकी तलब
१ २०२९।७।१८ २०२९।३० ४७५।– ४००५।८३ – ४००५।८३ ४००५।८३
२ २०३०।४।१ २०३०।३१ ४७५।– ५७००।– ५७००।– ५७००।–
३ २०३१।२।२९ २०३०।३१ ५७०।– ११४०।– ० ११४०।– १०२६।–
४ २०३१।१।१ २०३१।३२ ५७०।– ६८४०।– ० ६८४०।– ६१५६।–
५ २०३२।४।१ २०३२।३३ ५७०।– ६८४०।– १५०।– ६९९०।– ६२९१।–
६ २०३३।४।१ २०३४।३५ ६५०।– ७८००।– ३६०।– ८१६०।– ७३४४।–
७ २०३४।४।१ २०३४।३५ ६५०।– ७८००।– ५४०।– ८३४०।– ७५०६।–
८ २०३५।४।१ २०३५।३६ ७००।– ८४००।– ७२०।– ९१२०।– ८२०८।–
९ २०३६।४।१ २०३६।३७ ७००।– ८४००।– ९००।– ९३००।– ८३७०।–
१० २०३७।४।१ २०३७।३८ ७००।– ८४००।– १०८०।– ९४८०।– ८५३२।–
११ २०३८।४।१ २०३८।३९ ८५०।– १०२००।– १२६०।– ११४६०।– १०३१४।–
१२ २०३९।४।१ २०३९।४० ८५०।– १०२००।– १४४०।– ११६४०।– १०४७६।–
१३ २०४०।४।१ २०४०।४१ ८५०।– १०२००।– १६२०।– ११८२०।– १०६३८।–
१४ २०४१।४।१ २०४१।४२ १४३०।– १७१६०।– १९२०।– १९०८०।– १७१७२।–
१५ २०४२।४।१ २०४२।४३ १४३०।– १७१६०।– २४००।– १९५६०।– १७६०४।–
१६ २०४३।४।१ २०४३।४४ १४३०।– ४२९०।– ७२०।– ५०१०।– ४५०९।–
१७ २०४३।४।२५ २०४३।४४ १८२५।– १६४२५।– ० १६४२५।– १४७८२।५०
१८ २०४४।४।१ २०४४।४५ १९२५।– २३१००।– ० २३१००।– २०७९०।–
१९ २०४५।४।१ २०४५।४६ २४१०।– २८,९२०।– ६००।– २९,५२०।– २६,५६८।–
२० २०४६।४।१ २०४६।४७ २४१०।– २८,९२०।– १२००।– ३०,१२०।– २७,१०८।–
२१ २०४७।४।१ २०४७।४८ २७३०।– ३२,७६०।– १८००।– ३४५६०।– ३११०४।–
२२ २०४८।४।१ २०४८।४९ २७३०।– ३२,७६०।– २४००।– ३५,१६०।– ३१,६४४।–
२३ २०४९।४।१ २०४९।५० ४०००।– ४८,०००।– ३०००।– ५१,०००।– ४५,९००।–
२४ २०५०।४।१ २०५०।५१ ४०००।– ४८,०००।– ३६००।– ५१,६००।– ४६,४४०।–
२५ २०५१।४।१ २०५१।५२ ४०००।– २८,०००।– २४५०।– ३०,४५०।– २७,४०५।–
२६ २०५१।११।१६ २०५१।५२ ४८००।– २४०००।– ० २४,०००।– २१,६००।–
२७ २०५२।४।१ २०५२।५३ ५१००।– ६१,२००।– ८४०।– ६२,०४०।– २५५०। ५३२८६।–
२८ २०५३।४।१ २०५३।५४ ५१००।– ६१,२००।– १६८०।– ६२,८८०।– ५१००। ५१,४९२।–
२९ २०५४।४।१ २०५४।५५ ६१६०।– ७३,९२०।– ४१५२।– ७८,०७२।– ७६०२। ६२६६२।८०
३० २०५५।४।१ २०५५।५६ ६१६०। ७३,९२०।– ६६२४।– ८०,५४४।– ७९१८। ६४,५७१।६०
३१ २०५६।४।१ २०५६।५७ ६१६०।– ७३,९२०।– ९०९६।– ८३,०१६।– ८३१४।८० ६६,३९९।६०
३२ २०५७।४।१ २०५७।५८ १०,५००।– १,२६,०००।– १८५६।– १३,७८५६।– १३,७३९।६० १,१०,३३०।८०
३३ २०५८।४।१ २०५८।५९ १०,५००।– १,२६,०००।– १४,६१६।– १,४०,६१६। १३,८३५।६६ १,१२,७१८।७४
३४ २०५९।४।१ २०५९।६० १०,५००।– १,२६,०००।– १,७,३७६।– १,४३,३७६। १५,४९०।३६ १,१३,५४८।३६
३५ २०६०।४।१ २०६०।६१ १०,५००।– १,२६,०००।– २०,१३६।– १४,६१३।– १४,८३८।३६ १,१६,६८४।०४
जम्माः ११,७८,८८७।२७
प्रतिवादीले अनुसन्धानको क्रममा प्राप्त हुन आएका प्रमाण कागजहरूको आधारमा वीरेन्द्रकुमार सिंहले विदेश भ्रमणबाट निम्नानुसारको रकम प्राप्त गरेको देखिन्छ ।
क्रसं विवरण रकम (रू)
१ सन् १९७७–७९ (२०३४।४।११ देखि १०४ हप्ता सम्म) मा २ वर्ष भारतको नयाँ दिल्लीमा छात्रवृत्तिमा अध्ययन गर्न जाँदा प्राप्त रकमबाट बचत भएको भनी व्यक्तिगत विवरणमा उल्लेख गरेको भारतीय रूपैयाँ ३७,०००।–ले बचत हुने २५,९००।–को तत्कालीन बिनिमय दर रू.१००।–को रू.१४५।–का दरले हुन आउने रकम । ३७,५५५।-
२ सन् १९८२–८४( २०३८–२०४०) मा बेलायतमा सेवाकालीन अध्ययनबाट प्राप्त स्ट्रलिङ पाउन्ड १९९९ को तत्कालीन विनिमय दर प्रति स्ट्रलिङ्ग पाउण्ड रू.२१.७४ ले हुने रू.४३,४५८।२६ को ७० प्रतिशत बचतले हुन आउने रकम । ३०,४२०।७८
३ सन् १९८६(२०४३साल) मा थाइलैन्ड र इन्डोनेसिया भ्रमणबाट प्राप्त यु.एस.डलर १३७० को तत्कालीन विनिमय दर प्रति डलर रू.२१.१०ले हुने रू. २८,९०७।– को ७० प्रतिशत बचतले हुन आउने रकम । २०,२३४।९०
४ सन् २०००,२९ मे–७ जुन ( २०५७।२।१६– २५)मा जापान भ्रमणमा जाँदा प्राप्त यु.एस.डलर १५० को तत्कालीन विनिमय दर प्रति डलर रू.७०।४० का दरले हुने रू. १०,५६०।–र जापानी येन ५८००० को रू. ०.६६१ ले हुने रू. ३८३३८।–समेत गरी जम्मा रू. ४८,८९८।–को ७० प्रतिशत बचतले हुने रकम । ३४,२२८।६०
५ वि.सं.२०५८ सालमा भारत भ्रमणमा जाँदा युनेस्कोबाट प्राप्त भारतीय रूपैयाँ रू. ८४९९।५० को तत्कालीन विनिमय दर प्रति १००।–को रू.१६०।–को दरले हुने १३,५९९।२० को ७० प्रतिशत बचतले हुने रकम । ९,५१९।४४
६ वि.सं. २०६० सालको एस.एल.सी. मूल परीक्षा र २०६१ सालको पूरक परीक्षाको लागि प्रश्नपत्र छपाउन भारत भ्रमणमा जाँदा प्राप्त गरेको रू. ४,३२,९५१।– को ७० प्रतिशत बचतले हुने रकम । ३,०३,०६५।९१
जम्माः४,३५,०२४।६३
कृषि आयको विवरणः
निज वीरेन्द्रकुमार सिंहले र्सार्वजनिक पदमा प्रवेश गरेपछि खरिद गरेको जग्गाहरूमध्ये स्रोत खुलेका जग्गाहरूको कृषि आयको रकम गणना गर्नको लागि श्री ५ को सरकारद्वारा मिति २०३०।६।२९ गते प्रकाशित राजपत्रमा उल्लेख भएको कुतको दर र रकमको हकमा कृषि विभागबाट प्राप्त कृषक तहको जिल्लास्तर मूल्यको आधारमा हिसाब गर्दा निजको कृषि आय २,२८,९०३।- हुने देखिन्छ ।
अन्य आयहरू:
सि.नं. विवरण रकम
१ पत्नी प्रमिलादेवी पि.ए.हुँदाको तलब (२०५० वैशाखदेखि २०५१ माघसम्म बागलुङ, २०५२।६।२९ देखि २०५३।१०।१३ सम्म झापा र २०५३।१०।२३ देखि २०५४।४।८ सम्म सुनसरीमा कार्यरत रहेको । ७८,५४८।–
२ का.सं.कोष ऋण ( २०५७।८।१२ र १५ मा ) ४,५६,०००।–
३ नागरिक लगानी कोष रकम फिर्ता ४१,०७०।२८
४ भारतबाट जीवन बिमा कम्पनीको रकम फिर्ता ९६,०००।–
५ प्रमिलादेवी सिंह शिक्षिका हुँदा प्राप्त रकम ६०,०००।-
जम्माः ७,३१,६१८।२८
नोटः माथि तालिकाको सि.नं. ४ को रकम वीरेन्द्रकुमार सिंहको मात्र हो ।
सार्वजनिक पदमा आएपछिको मुख्य मुख्य व्ययको विवरण
सि.नं विवरण रकम (रू.)
१ घर जग्गा खरिदमा खर्च ३६,१०,८००।–
२ घर निर्माण खर्च (जनकपुर र ढल्केवर) ४२,८६,१५२।४८
३ छोरा प्रवीण सिंहको बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्दाको खर्च निजको बयान अनुसार । ११,९७,४००।–
४ छोरी श्वेता सिंहको नेपाल मेडिकल कलेज जोरपाटीमा अध्ययन गर्दाको नेपाल मेडिकल कलेज जोरपाटीको च.नं. ६७४ मिति ०६१।८।२३ गतेको पत्रअनुसार भएको खर्च । १४,०६,२६४।–
५ वीरेन्द्रकुमार सिंहले भारतमा जीबन बिमा गराएकाले सोको वार्षिक तिर्नुपर्ने प्रिमियम भारतीय रूपैयाँ २५,४९५।– को प्रतिवर्ष रू. ४०,७९२।–ले ८ वर्षको तिरेको रकम । ३,२६,३३६।–
६ छोरा प्रवीण सिंहले भारतमा जीवन बिमा गराएकाले सोको वार्षिक तिर्नुपर्ने प्रिमियम भारतीय रूपैयाँ ३७,५२४।– को प्रतिवर्ष रू. ६०,०३८।४० को दरले ७ वर्षको तिरेको रकम । ४,२०,२६८।८०
७ मिति २०६२।४।९ गते आन्तरिक राजश्व कार्यालय, जनकपुरमा तिरेको घरभाडा कर १,९७,६४०।–
जम्माः १,१४,४४,८६१।२८
आय–व्ययको विवरणः
नोटः माथि तालिकाको सि.नं. ६ को कि.न.५७४ र ५७५ मा निर्मित घरको ८०.६८ प्रतिशत तथा सि.नं. ९ को कि.न. २७२ जग्गा खरिदको ३१.७८, सि.नं. ८ को कि.न. १६ को जग्गा खरिदको २५.३२ प्रतिशत स्रोत खुलेको देखिँदैन । साथै तालिकाको सानो कोष्ठ () भित्रको रकमले स्रोत नखुलेको तर देखिन आएको रकमलाई र ठूलो कोष्ठभित्रको रकमले ऋणात्मक स्थितिलाई दर्साउने छ ।
वीरेन्द्रकुमार सिंहको सम्पत्तिको स्रोत विश्लेषणः
मिति २०२९।७।१८ गतेदेखि निरीक्षक (शा.अ.प्राविधिक) पदमा अस्थायी नियुक्तिबाट सेवा प्रवेश गरी मिति २०३१।२।२९ देखि सोही पदमा स्थायी भई हाल शिक्षा तथा खेलकूद मन्त्रालयमा सहसचिव पदमा कार्यरत प्रतिवादी वीरेन्द्रकुमार सिंहले सार्वजनिक पद धारण गरेपछि आफूले आर्जन गरेको चल अचल सम्पत्तिको आय–व्ययको विवरण माथि तालिका नं.१५ मा प्रस्तुत गरिएको छ । समष्टिगत रूपमा निजले आर्जन गरेको कूल सम्पत्ति मध्ये सोही तालिकाको आधारमा निम्नबमोजिम तालिका नं. १६ मा उल्लिखित सम्पत्तिलाई स्रोत खुलेको र तालिका नं. १७ मा उल्लिखित सम्पत्तिलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरेको देखिन्छ ।
(क) स्रोत खुलेको सम्पत्तिः
सि.नं. विवरण प्रचलित मूल्य
१ मिति ०३५।७।१९ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा महोत्तरी बर्दिया बन्चौरी ७ ३,४४,२५०।–
२ मिति ०३६।३।८ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा महोत्तरी ,डाम्ही महेशपुर १ र हरिगोरगामा ४ मा रू. २५,०००।– तिरी कि.नं. १ को क्षेत्रफल ०–६–७,३६१ को क्षेत्रफल०–१०–२ र ३६३ को क्षेत्रफल ०–५–५ गरी जम्मा क्षेत्रफल १–१–१४ को जग्गा खरिद रकम ४,३४,०००।–
३ मिति ०३६।६।२५ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा महोत्तरी डाम्ही महेशपुर १ मा
रू. ७००।– तिरी कि.नं. १८५ क्षे.फ. ०–२–७.५ को जग्गा खरिद रकम ४७,५००।–
४ मिति ०३८।७।३ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा महोत्तरी डाम्ही महेशपुर १ मा रू. ५००।– तिरी कि.नं. ३११ को क्षे.फ. ०–२–५ को जग्गा खरिद रकम ४५,०००।–
५ मिति ०४०।७।२८ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा धनुषा ज.न.पा. ४ मा रू.१२,६००।– तिरी कि.नं. ५७४ र ५७५ क्षे.फ.०–०–११–१६ को जग्गा खरिद रकम (उक्त जगामा घर बनेको) १२,००,०००।–
६मिति ०४२।८।१८ मा प्रमिलादेवी सिंहको नाममा काठमाडौं कलंकी ९ मा रू. १५,०००।–तिरी कि.नं. ५१० क्षेत्रफल ०–८–० को जग्गा खरिद रकम (उक्त जग्गा बिक्री भइसकेको)
७ मिति ०४४।२।२५ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा काठमाडौं चपली ९ मा रू.१८,०००।– तिरी कि.नं. ६२४ क्षे.फ.०–४–० को जग्गा खरिद रकम ९,००,०००।–
८ मिति ०४४।१०।६ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा महोत्तरी डाम्ही महेशपुर ३ मा रू. ५,०००।– तिरी कि.नं. ५०२ क्षे.फ. ०–३–५–५ को जग्गा खरिद रकम (छोरालाई बकस दिएको) ६५,५००।–
९ मिति ०४५।५।१६ मा महोत्तरी बर्दिया बन्चौरी ७ ख मा रू. ३०,०००।– तिरी कि.नं. ७९ क्षे.फ. ०–१४–१७.५ को जग्गा खरिद रकम २,२३,१२५।–
१० मिति ०४५।५।१७ मा महोत्तरी बर्दिया बन्चौरी ७ ख मा रू. ३०,०००।– तिरी कि.नं. १०६ र ७८ क्रमशः क्षे.फ. ०–४–१० र ०–९–६ गरी जम्मा क्षेत्रफल ०–१३–१६ को जग्गा खरिद रकम २,०७,०००।–
११ आ.व. २०४६।४७ मा जनकपुर न.पा. ४ कि.नं. ५७४ र ५७५ को क्षेत्रफल ०–०–११–१६ को जग्गामा ४-७०.१७ बफी.को भुइँतला, पहिलो र दोस्रो तला घर निर्माण गर्दाको खर्च रकमको हालको प्रचलित मूल्य रू. ३७,०९,५५२।९३ को स्रोत खुलेको १९.३२ प्रतिशतले हुने रकम ७,१६,६८५।६२
१२ मिति २०४८।८।६ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा धनुषा विन्दी २ मा रू.१०,०००।– तिरी कि.नं. ३१३ क्षेत्रफल ०–२–१४ जग्गा खरिद रकम ८,१०,०००।–
१३ मिति २०४९।९।१७ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा धनुषा ढल्केवर ३ ख मा रू.११,०००।– तिरी कि.नं. २४६ क्षेत्रफल ०–०–६ को जग्गा खरिद रकम । (उक्त जगामा घर बनेको) ६,००,०००।–
१४ मिति २०५०।१०।१८ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा धनुषा ढल्केबर ३ ख मा रू. १८,०००।– तिरी कि.नं. २५५ क्षेत्रफल ०–८–१५ को जग्गा खरिद रकम । (उक्त जगामा घर बनेको) ९,००,०००।–
१५ मिति २०५२।६।२३ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा धनुषा बेगाडावर ६ मा रू. २,२१,०००।– तिरी कि.नं. २४७ क्षेत्रफल ०–७–० को जग्गा खरिद रकम २१,००,०००।–
१६ मिति ०५३।१०।१४ मा धनुषा ज.न.पा. ७ मा कि.नं. १६ क्षे.फ. ०–३–१४–१ को खरिद गरेको जग्गाको प्रचलित मूल्य रू.११,१३,७५०।–स्रोत खुलेको ७४.६८ प्रतिशत ले हुने रकम ३१,७४८।५०
१७ मिति ०५४।४।२९ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा धनुषा नक्टाझिज ६ क मा कि.नं. २७२ क्षे.फ. १–०–१५ को खरिद गरेको जग्गाको प्रचलित मूल्य रू.१०,३७,५००।– को सेत खुलेको ६८.२२ प्रतिशतले हुने रकम ७,०७,७८२।५०
१८ मिति ०५७।९।३ मा श्रीमती प्रमिलादेवी सिंहको नाममा महोत्तरी डाम्ही महेशपुर १ मा रू.१५,०००।– तिरी कि.नं. ११३ क्षे.फ. ०–५–० को जग्गा खरिद रकम १,००,०००।–
१९ मिति ०६०।१२।३० मा प्रवीण सिंहको नाममा ललितपुर इमाडोल ४ मा कि.नं. ५६२ र ६४९ को क्षेत्रफल ०–४–२–० र ०–२–२–० को जग्गा र सोमा बनेको साढे दुई तले घर खरिद गरेकामा सो घर जग्गाको मूल्य २३,२०,३३४।८५
जम्मा:१,२५,५२,९२६।४७
(ख) स्रोत नखुलेको सम्पत्तिः
सि.न विवरण प्रचलित मूल्य(रू) कैफियत
१आ.व.२०४६।४।७ मा धनुषा जिल्ला जनकपुर न.पा. ४ मा कि.नं. ५७४ र ५७५ को क्षेत्रफल ०–०–११–१६ को जग्गामा ४०७०.१७ ब.फी.को भुइँ तला एवम् पहिलो र दोस्रो तलाको घर निर्माण गर्दाको प्रचलित लागत मूल्य रू. ३७,०९,५५२।९३ मध्येको ८०.६८ प्रतिशत को स्रोत नखुलेको हुँदा सोको अनुपातमा हुन आउने रकम २९,९२,८६७
२मिति ०५३।१०।४ मा धनुषा जिल्ला ज.न.पा. ७ मा खरिद गरेको कि.नं. १६ क्षेत्रफल ०–३–१४–१ को जग्गाको प्रचलित मूल्य रू.११,१३,७५०।– मध्ये २५.३२ प्रतिशतको स्रोत नखुलेको हुँदा सोको हुन आउने रकम२,८२,००१।५०
३मिति ०५४।४।२९ मा प्रमिलादेवी सिंहको नाममा धनुषा जिल्ला नक्टाझिज ६ क मा खरिद गरेको कि.नं. २७२ क्षे.फ. १–०–१५ को जग्गाको प्रचलित मूल्य रू. १०,३७,५००।– मध्ये ३१.७८ प्रतिशत स्रोत नखुलेको हुँदा सोको हुन आउने रकम३,२९,७१७।५०
४मिति ०५४।१०।२० मा प्रवीण सिंहको नाममा धनुषा जिल्ला ज.न.पा. ७ मा कि.नं. १०७ क्षे.फ. ०–२–१३ र कि.नं. ५२ को क्षे.फ. ०–३–१४–१ को खरिद गरेको जग्गाको प्रचलित मूल्य १९,०८,७५०।–
५मिति ०५४।१२।२४ मा प्रवीण सिंहको नाममा धनुषा जिल्ला ज.न.पा. ४ मा कि.नं. १२९ क्षे.फ.०–०–१३ को खरिद गरेको जग्गाको प्रचलित मूल्य१०,४०,०००।–
६मिति ०५४।१२।२५ मा प्रवीण सिंहको नाममा धनुषा जिल्ला जनकपुर नगरपालिका ४ मा कि.नं. १३१ क्षे.फ.०–०–७ को खरिद गरेको जग्गाको प्रचलित मूल्य ५,६०,०००।–
७मिति ०५५।११।४ मा महोत्तरी जिल्ला डाम्ही महेशपुर गा.वि.स. ४ मा खरिद गरेको कि.नं. २३३ क्षे.फ. ०–१३–१२–५ र. कि.नं. ६० क्षे.फ. ०–८–१७.५ को जग्गाको प्रचलित मूल्य ५,६२,५००।–
८२०५६ सालमा धनुषा जिल्ला ढल्केबार गा.वि.स. ३/ख को कि.नं. २४६ र २५५ को प्रमिलादेवी सिंहको नाममा रहेको जग्गामा २०९२.०८ व.फं को भुइँ तला घर निर्माण गर्दाको प्रचलित मूल्य १८,०५,५४८।७२
९मिति ०५८।२।७ मा प्रमिलादेवी सिंहको नाममा खरिद गरेको धनुषा जिल्ला नक्टाझिज गा.बि.स. ६ क कि.नं. ३९५ क्षे.फ. ०–४–० र कि.नं. २२५ क्षे.फ. ०–३–१० को जग्गाको प्रचलित मूल्य३,७५,०००।–
१०२०५८ सालमा धनुषा जिल्ला ढल्केवार गा.बि.स. को कि.नं. २४६ र २५५ मा प्रमिलादेवी सिंहको नाममा निर्मित घरमा २१०५.७४ व.फि.को पहिलो तला थप गर्दाको प्रचलित मूल्य १८,१७,३३७।८४
११ (क) मिति २०६०।१२।२ र १५ मा प्रमिलादेवी सिंहले राष्ट्रिय वाणिज्य बैंक जनकपुरको ब.हि.नं. २१८०६ को खाताबाट झिकी बेपत्ता पारेको रकम २,५०,०००।– स्रोत नखुलेको रकम बैंकबाट झिकी बेपत्ता पारेको
(ख) मिति २०६१।१।२१ मा प्रमिलादेवी सिंहले नेपाल बैंक लि. जनकपुरको ब.हि.नं. १४०४७ बो खाताबाट झिकी बेपत्ता पारेको रकम ५०,०००।– ,,
(ग) मिति २०६१।२।१० मा रू.१,००,०००।– र २।२९ मा रू. ५०,०००।– समेत प्रमिलादेवी सिंहले बैंक लि. जनकपुरको ब.हि.नं. १४०४७ को खाताबाट झिकी बेपत्ता पारेको रकम१,५०,०००।–,,
(घ) मिति २०६१।४।११ मा प्रमिलादेवी सिंहले नेपाल बैंक लि. जनकपुरको ब.हि.नं. १४०४७ को खाताबाट झिकी बेपत्ता पारेको रकम१,२५,०००।–,,
१२(क) मिति २०६१।१।१४ गते वीरेन्द्रकुमार सिंहले नेपाल एस.बि.आई बैंकको ब.हि.नं. ०१५३०१००५८२८ बाट झिकी बेपत्ता पारेको रू. ६,३०,४००।–५,००,४१९।५७
,,
(ख) मिति २०६१।४।३१ मा वीरेन्द्रकुमार सिंहले राष्ट्रिय वाणिज्य बैंक जलेश्वरको ब.हि.नं. १५०५१ बाट झिकी बेपत्ता पारेको रकम६०,०००।–
,,
१३ (क) छोरी डा.श्वेता सिंहको नाममा कृषि विकास बैंक जनकपुरको ब.हि.नं. ०६१९१३ को खातामा मिति ०५८।१०।१७,०५९।४।१३,र ०५९।१२।७ गते स्रोत नखुलेको रकम जम्मा गरी हालसम्म मौज्दात रहेको रकम ३,५०,०००।– स्रोत नखुलेको रकमबाट बैंक मौज्दात रहेको ।
(ख) निजकै नामका कृषि विकास बैंक जोरपाटी काठमाडौंको ब.हि.नं. ०८१५५० को खातामा मिति ०५९।६।१७ गते स्रोत नखुलेको रकमबाट जम्मा भएको रू. २,२०,०००।–मध्ये नेपाल मेडिकल कलेज जोरपाटीमा शुल्क तिरी हाल मौज्दात रहेको रकम३२,८८८।६४,,
१४ छोरा डा.प्रवीण सिंहको नाममा कृषि विकास बैंक जनकपुरको व.हि.नं. ०७३३८२ को खातामा मिति ०५९।८।२० र ०५९।१०।२१ गते जम्मा भएको स्रोत नखुलेको रकम मध्ये हाल मौज्दात रहेको रकम ३,१९,५२०।– ,,
१५ प्रमिलादेवी सिंहको नाममा नेपाल बैंक लि. जनकपुरको व.हि.नं.१४०४७ र राष्ट्रिय वाणिज्य बैंक जनकपुरको ब.निं. २१८०६ को खातामा स्रोत नखुलेको रकम जम्मा गरी हाल सोही बैंकमा जम्मा मौज्दात रहेको क्रमशः रू. ५५,४१०।९२ र रू. ४,२५९।७८ समेत जम्मा रकम ५९,६७०।७० ,,
१६ वीरेन्द्रकुमार सिंहको नाममा नेपाल बैंक लि. जनकपुरको ब.हि.नं. ४८४६ र राष्ट्रिय वाणिज्य बैंक जलेश्वरको ब.हि.नं. १५०५१ को खातामा स्रोत नखुलेको रकम जम्मा गरी हाल सोही बैंकमा मौज्दात रहेको क्रमशः रू. २४,१८,७।२२ र रू.१८,२४५।४३ समेत जम्मा रकम ४२,४३२।६५ ,,
जम्माः१,३६,१३,६५४।४२
तथ्य र प्रमाणको विवेचनाबाट प्रतिवादी वीरेन्द्रकुमार सिंह, निजकी पत्नी, छोरा र छोरीका नाममा रू.१,३६,१३,६५४।४२ बराबरको चल अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणहरूबाट पुष्टि हुन आएकाले सो कार्यबाट साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ अनुसार तथा त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कसुर निज वीरेन्द्रकुमार सिंहले गरेको देखिन आएकाले निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुरमा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १०, १५ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद र जरिवानाको सजाय गरी त्यसरी भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिमध्ये निजकी पत्नी प्रमिलादेवी सिंह र छोरा प्रवीण सिंहका नाममा रहेका घर जग्गाहरूबाट, बैंक मौज्दातबाट र लुकाई छिपाई बेपत्ता पारेको बिगो रकम निजको स्रोत खुलेको अन्य सम्पत्तिबाट उल्लिखित बिगो रू.१,३६,१३,६५४।४२ मूल्यको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी असुलउपर गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र ।
मैले २०२९।७।१८ देखि प्रा.निरीक्षक पदमा नियुक्त भई सेवा प्रवेश गरेको हुँ । आरोपपत्रको तालिका नं. १७ मा उल्लिखित सम्पत्ति मेरो वैध आयका हुन् । मैले सेवा प्रवेश गर्नुभन्दा अघि कक्षा १ देखि मास्टर डिग्रीसम्म भारतमा अध्ययन गरेको हुँ । मैले आई.एस्सी.पास गरेपछि ट्युसन पढाउने काम गर्दथेँ । त्यस अवधिमा भा.रू. ९०००।– आर्जन गरेको थिएँ । B.Sc. Ag. भारतबाट कोलम्बो प्लान अन्तर्गत गरेको हुँ । सो अवधिमा कूल भा.रू. ३७,२५०।– प्राप्त गरेको थिएँ । यी आयका रकम स्टेसनरी पसलमा लगानी गरें । भतिजासँग साझेदारी थियो । २०२९ सालदेखि सरकारी तलब भत्ता र सोमा ३३ प्रतिशत फिल्डभत्ता पाउने गरेको थिएँ । प्रायः फिल्डमा हुने हुँदा तलब भत्ता बच्दथ्यो । मेरो विवाह भारतको सितामढीमा भएको हो । मेरो ससुराली सम्पन्न भएकाले मेरो श्रीमतीले अंशसरहको दाइजो स्वरूप रू.२ लाख विवाहमा र पछी दुरागमनमा रू.३,५१,०००।– गरी नगद जम्मा भा.रू. ५,५१,००० र सुनको गहना ५१ तोला चाँदीका भाँडाकुँडा र सिक्कासमेत गरी १ के.जी. प्राप्त गरेको हो । उल्लिखित आयलाई मेरो श्रीमतीले लगानी गर्दै आएकी थिइन, मैले भारतको इलाहाबादमा छात्रवृत्तिमा अध्ययन गर्दा छात्रवृत्तिबाट रू.४७,०००।– बचत भएको थियो । पुनः अध्ययनको लागि काजमा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा सन् १९८२ देखि १९८३ सम्म बेलायतको युनिभर्सिटी बेलफास्टमा रहँदा ६६२० स्टर्लिङ्क पाउण्ड प्राप्त गरेको थिएँ । त्यसमा मेरो ३५,३६ सय जति पाउण्ड बचेको थियो । जसको नेपाली रूपैयाँ ८०।८५ हजार बचत भएको थियो । यही बचत पैसाहरू र प्राप्त तलब भत्ता समेतबाट खरिद गरेको हुँ । जग्गा खरिदका स्रोतहरूमा उल्लिखित रकम श्रीमतीको पारिश्रमिक समेतबाट खरिद गरिएका हुन् । आयोगले उल्लेख गरेको रकम अनुमानित हो । सो रकममा खरिद भएको होइन । ढल्केवरमा ०४९ सालमा रू.११,०००।– र रू.१८,०००।– मा किनेको कपडासहित घर जग्गाको भाडासमेतका रकम मध्येबाट किनेको हो । आयोगले उल्लेख गरेको मूल्यमा किनेको होइन । आयोगले मनोमानी ढङ्गले मूल्य राखेको छ । ढल्केवरमा भएको जग्गामा २ तले घर ०५६ देखि ०५८ सम्म निर्माण गरेको
हो । सो घर निर्माण गर्दा ११/१२ लाख लागत लागेको छ । आयोगले अत्यधिक मूल्य राखेको छ । घर निर्माण गर्दा ट्रेक्टर बिक्रीबाट प्राप्त रकम, सञ्चयकोष सापटी रकम नागरिक लगानी कोषबाट प्राप्त रकम, मामाले दिएको रकमहरू घर निर्माणमा लागेको हो । बैंकबाट रकम झिकी बेपत्ता पारेको भन्ने सम्बन्धमा मैले SLC परीक्षाको प्रश्नपत्र छपाईको लागि लिएको पेस्कीमध्ये बाँकी रहेको रकम भारतबाट ड्राफ्ट बनाई ल्याएको र सोही रकम बैंकमा जम्मा गरेपछि झिकी परीक्षा नियन्त्रण कार्यालयको नाममा नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरी पेस्की फर्छ्यौट गरेको हो । मैले सञ्चयकोषबाट लिएको सापटी समेतलाई आयोगले मानेको छैन । मेरो तलबको हकमा ०६०।४।१ सम्म मानेको छ तर ०६२ सम्मको नै गणना गर्नुपर्ने हो । मेरो फिल्ड भत्ता, बैठक भत्ता उत्तरपुस्तिका परीक्षा भत्ता जस्ता आयका स्रोतलाई मानेको छैन र विदेश भ्रमणको सबै रकमको गणना गरेको छैन । मेरो कृषि र कृषिजन्य आयलाई एकदम न्यूनरूपमा लिएको छ । छोराले पाएको छात्रवृत्ति रू.११,९७,४००।–आयमा गणना गरेको छैन । मेरो वास्तविक आयलाई आयमा समावेश नगरी मउपर लगाइएको आरोप दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी वीरेन्द्रकुमार सिंहले विशेष अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम रू.८५,००,०००।– नगद धरौट वा सोबापत जफतमा दाबी लिएको सम्पत्तिबाहेकका अरू सम्पत्ति जेथा जमानत दिए अ.वं. १२४ क.नं. को रीत पुर्याई लिई तारेखमा राख्ने र नदिए वा दिन नसके कानूनबमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत व्यहोराको विशेष अदालतको मिति ०६२।६।११ को आदेश ।
मेरो श्रीमान् वीरेन्द्रकुमार २०२९ सालमा अधिकृत स्तरमा नोकरीमा प्रवेश गर्नुभएको रहेछ, वहाँसँग मेरो विवाह २०३२ सालमा भएको हो । मेरो माइती भारतको सीतामाढी बिहार हो । मेरो बुबाले मलाई दाइजो स्वरूप नगद भा.रू. ५,५१,०००।– र सुनको गहना ५१ तोला र चाँदीका भाँडाकुँडा तथा सिक्का गरी १ किलो चाँदी दिनुभएको थियो । मैले पाएको नगद पनि काकाको ठेक्कामा लगाई त्यसबाट पनि नाफा भई ११/१२ लाखजति भएको र उक्त रूपैयाँबाटै महोत्तरी जिल्ला डाम्ही महेशपुरमा खेती योग्य जग्गा खरिद गरिएको हो । मेरो तलब, भत्ता, खेती, घरेलु सीपबाट आय, जग्गा भाडा, कृषि आय, श्रीमान्को तलब, भत्ता विदेश भ्रमणहरू हुन् । मेरो कुनै पनि सम्पत्ति जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रमिलादेवी सिंहले विशेष अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम निज प्रतिवादी प्रमिलादेवी सिंहलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने विशेष अदालतको मिति २०६२।७।१० को आदेश ।
हाम्रो सगोलको परिवार हो । पटकपटक गरी आमाको अंश दाइबाट प्राप्त रकमलाई विभिन्न प्रकारले लगानी लगाई बढी बढाउ गरी अचल सम्पत्ति जोडिएको हो । हाल ८/९ बिगाहा जति जग्गा छ । बेलाबेलामा विभिन्न प्रकारले आर्थिक तथा भौतिक सहयोग मामा घरबाट हुने गरेको छ । मेरो नाममा मामाले भारतीय जीवन बिमामा बिमा गराइदिनु भएको र प्रिमियम तिरी दिनुभएको छ । मैले B.B.s. Christine ston को सम्पूर्ण खर्चमा बंगलादेशमा अध्ययन गरेको हुँ । छात्रवृत्ति अध्ययन खर्चबाट बचत गरी बेला मौकामा आर्जन गरेको रकमको ड्राफ्ट बनाई ल्याएको र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको मेरो खातामा जम्मा गरेको हुँ । भारतीय जीवन बिमाबाट फिर्ता प्राप्त रकम रू.१,६०,०००।– ड्राफ्टमार्फत जम्मा गरेको र आमाले जम्मा गरिदिनु भएको रकम, मेरो नाउँमा भएको इमाडोलको घर जग्गा,आमाले कलङ्कीको जग्गा बिक्री गरी प्राप्त भएको रकम रू.२१,००,०००।– मध्येबाट खरिद गरी दिनुभएको हो । जनकपुरको २ कित्ता जग्गा आमाले किनिदिनुभएको र अर्को २ कित्ता जग्गा हजुरबुबाले किनिदिनुभएको र महोत्तरी गा.बि.स. डाम्ही महेशपुरको ३ कित्ता जग्गा आमाबाट बक्स पाएको हुँ । तसर्थ उपर्युक्त सम्पत्तिहरू बैध हुन् आरोपपत्र झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रवीण सिंहले विशेष अदालतमा गरेको बयान ।
पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम निज प्रतिवादी प्रवीण सिंहलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने विशेष अदालतको मिति ०६२।७।११ को आदेश ।
म मेडिकल कलेज जोरपाटीमा कार्यरत हुँ । मेरो नाममा कृषि विकास बैंक जोरपाटीको बचत खातामा मिति ०५९।६।१७ मा मेरो मामा मोहनकुमार सिंहले काकाको छोरामार्फत पठाएको रू.१,६०,०००।– जम्मा गरेको हुँ । मेरो पढाइको लागि भर्ना हुँदा लाग्ने खर्च रू.६,३२,०००।– मेरो मामाले आफै आई तिरिदिनु भएको हो । हरेक ६ महिनाको लागि लाग्ने शुल्क पनि मामाले पठाइदिनुभएको हो । मेरो बुबाले आफ्नो तलब र बैंक ब्यालेन्सबाट झिकी रू.६०,०००।– दिनुभएको थियो । यसरी मलाई मामाबाट प्राप्त रकम रू.१,६०,०००।– समेत जम्मा रू.२,२०,०००।– कृषि विकास बैंकमा जम्मा गरी खाता खोलेको हो । विभिन्न चाडबाडमा दक्षिणाको रूपमा मैले पाएको रकम जम्मा गरी आमालाई दिएको र आमाले उक्त रकम ब्याजमा लगाउँदा सोबाट आएको एकमुष्ट रकम रू. ५०,०००।– मेरो खातामा जम्मा गरी दिनुभएको हो । मेरो नामको खातामा रहेको रकम वैधानिक स्रोतयुक्त हो । जफत गरिपाउँ भनी लिएको दाबी निराधार गलत र कानूनविपरीत छ भनी प्रतिवादी स्वेता सिंहले विशेष अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, ०५९ दफा ७(ग) बमोजिम निज प्रतिवादीलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने मिति ०६२।८।६ को विशेष अदालतको आदेश ।
वादीका साक्षी अमृतमान तुलाधर, चक्रवर्ती कण्ठ, प्रतिवादीका साक्षी किरणकुमार पोखरेल, राम बिलास यादव, दयाशंकर सिंह, रामचन्द्रप्रसाद साह, भुवनेश्वर सिंहसमेतले गरेको बकपत्र मिसिल सामेल रहेको ।
जाँच अवधिमा प्रतिवादीको आयस्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई हेर्दा प्रतिवादी वीरेन्द्रकुमार सिंहको कूल आय रू.१,१६,२१,६०४।९३ र कूल खर्च रू.१,१४,२५,०३८।८७ देखिन्छ । उल्लिखित बिगो र आर्जनको तुलनामा रू.१,९६,५६६।०६ बराबरको आय कम हुन आएपनि सो रकम कूल बिगो (सम्पत्ति) को १.६९ प्रतिशत भई १० प्रतिशतभन्दा कमै भएकाले प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको वैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिमको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम् न्यायसम्मत हुने देखिँदैन । तसर्थ प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) को कसुर गरे भन्ने वादी नेपाल सरकारको दाबी पुग्न नसकी प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको गरी विशेष अदालतको मिति २०६७।०१।२८ को फैसला ।
विशेष अदालतले गरेको फैसलामा चित्त बुझेन । विशेष अदालतले प्रतिवादीको सम्पत्तिको वैधता परीक्षण गर्दा निजलाई प्राप्त भएको देखिने र प्राप्त हुन सक्ने आयलाई कुन-कुन समयमा के-कति आय प्राप्त भयो र सम्पत्ति आर्जन गरेको (बैंकमा जम्मा, घर निर्माण, घर जग्गा र अन्य चल सम्पत्ति खरिद) समयमा निजको कति वैध आय बचत भएको हो सो यकिन गरी परीक्षण गर्नुपर्ने थियो । त्यस्तै, आय आर्जनको मिति यकिन हुन नसक्ने आय सम्बन्धमा पनि साल क्रमका आधारले आय रकम निर्धारण गरी आर्जित सबै आयलाई एकमुष्ट गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको छ । यसबाट पहिले सम्पत्ति आर्जन गर्दा स्रोत नै नभएको सम्पत्ति पनि सोभन्दा धेरै पछि प्राप्त भएका भनीएका आयबाट पुष्टि गर्ने कार्य भएको छ । यो विशेष अदालतको गम्भीर त्रुटि हो भन्ने जिकिरका अतिरिक्त देहायका पुनरावेदन जिकिर बुँदा यसप्रकार छन् ।
प्रतिवादीका साथमा रहेका चल सम्पत्ति र तत् तत् अवधिमा निजले गरेको खर्चसमेत गरी परीक्षण योग्य सम्पत्तिको परिमाण आरोपपत्रमा रू.२,६१,६६,५८०।८९ भएको प्राप्त आयबाट विभिन्न शीर्षकमा खर्च गरी रू.१,३६,१३,६५४।४२ को सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको भन्ने वादी दाबी भएकामा विशेष अदालतले परीक्षण योग्य सम्पत्ति (तत्काल मूल्यमा हिसाब गरी) रू.१,१६,२१,६०४।९३ कायम गरेको र सोको स्रोत रू.१,१४,२५,०३८।८७ आय ठहर गरी वैध आयस्रोत भन्दा खर्च रू.१,९६,५६६।०६ बढी अवैध स्रोतबाट जम्मा भएको भन्ने तथ्य अदालतको फैसलाबाट नै पुष्टि भएको छ ।
विशेष अदालतले प्रतिवादीका गणना गर्न नमिल्ने कतिपय आयहरूलाई पनि स्वेच्छापूर्वक गणना गरी सम्पूर्ण आयस्रोतबाट प्राप्त रकम गणना गरिसकेपछि र आय भएको थियो कि भनी आशङ्कासम्म गर्न सकिने कुनै स्रोत नै बाँकी नभएको अवस्थामा पनि निजको मौजुदा सम्पत्ति भन्दा रू.१,९६,५६६।०६ बढी निजलाई अवैधरूपमा आय भएको ठहर गरी अवैध आयलाई छुटसमेत प्रदान गरी फैसला भएबाट सम्मानित अदालतको यस फैसलाले गैरकानूनी सम्पत्ति आर्जनको कसुर गर्ने प्रवृत्तिलाई प्रश्रय मिलेको छ । जे जति सम्पत्ति वैध आयस्रोत पुष्टि हुँदैन त्यति सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको ठहर गर्नुपर्ने हुन्छ भन्ने जिकिरसमेत गरी त्यसका अतिरिक्त विशेष अदालतले गरेको फैसला निम्न आधार एवम् कानूनी दृष्टिमा त्रुटिपूर्ण रहेकाले फैसला बदर गरी सुरू आरोपपत्रको माग दाबीबमोजिम हुन निम्न थप जिकिर गरिएको छ ।
अदालतले जग्गाको मूल्य कायम गर्दा सम्पत्ति आर्जन गर्दाको समयको लिखतमा अङ्कित मूल्यलाई आधार मानी मूल्य कायम गरेको देखिन्छ । प्रतिवादीले गैरकानूनी आर्जनबाट जग्गासमेत खरिद गरेको भनी आरोपपत्रमा दाबी लिइएको अवस्था छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गतको कसुरमा गैरकानूनी आर्जनको सम्पत्तिको बिगो बराबरको जरिवाना र कैदसमेत हुने व्यवस्था छ । आयोगबाट प्रतिवादीको जुन र जति सम्पत्ति गैरकानूनी आर्जनको भनी दाबी गरिएको छ ती सम्पत्तिहरूको हालको मूल्यलाई आधार मानी मूल्य कायम गरेको देखिन्छ । प्रतिवादीले गैरकानूनी आर्जनबाट जग्गासमेत खरिद गरेको भनी आरोपपत्रमा दाबी लिइएको अवस्था छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गतको कसुरमा गैरकानूनी आर्जनको सम्पत्ति बिगो बराबरको जरिवाना र कैदसमेत हुने व्यवस्था छ । आयोगबाट प्रतिवादीको जुन र जति सम्पत्ति गैरकानूनी आर्जनको भनी दाबी गरिएको छ ती सम्पत्तिहरूको हालको मूल्यलाई आधारमानी बिगो कायम गरिएको
हो । गैरकानूनी आर्जनको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति जफत हुने ऐनको प्रावधानको पृष्ठभूमिमा हाल प्रचलित मूल्यका आधारमा बिगो कायम गरिनु नै कानूनसम्मत हुने हुन्छ । तर अदालतले जग्गा आर्जन (खरिद) गर्दाको अवस्थाको मूल्यलाई आधारमानी बिगो कायम गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनलाई सोही परिणामबाट दण्डित गरिनुपर्दछ भन्ने कानूनको मनसाय हो । विगतमा जे जति सम्पत्ति गैरकानूनीरूपमा प्राप्त गरिएको हो सो रकमबाट जोडिएको सम्पत्तिको हाल प्रचलित मूल्य धेरै बढी हुने हुनाले हालको मूल्यका आधारमा सजाय नगरेमा गैरकानूनीरूपमा बढेबढाएको सम्पत्ति वा त्यस्तो सम्पत्तिको हालको केही अंशले मात्र नै जरिवानाको रकम पुग्न सक्ने भई कसुरदारले सहुलियत प्राप्त गर्न सक्ने हुँदा गैरकानूनी आर्जनको बिगोको परिणाम बराबर दण्ड गर्ने कानूनको उद्देश्य पराजित हुन गई कसुरदारलाई फाइदा पुग्न जाने स्थिति रहने हुँदा सम्पत्तिको हाल प्रचलित मूल्यलाई मान्यता नदिई प्रतिवादीलाई सफाइ दिई भएको फैसला न्यायसङ्गत छैन ।
प्रतिवादी वीरेन्द्रकुमार सिंहको छोराको नाममा जिल्ला ललितपुर इमाडोलमा घर खरिद भएको र श्रीमतीको नामको जग्गामा जिल्ला धनुषा, जनकपुर नगरपालिका र ढल्केवर गा.वि.स. मा दुईवटा घरहरू निर्माण भएको देखिएको छ । घर खरिदतर्फ लिखतमा उल्लिखित रकम रू.१२,००,०००।- र निर्माण वर्षको लागतमा रू.३४,२८,९२१।९९ खर्च लागेको भनी फैसलामा उल्लेख भएको छ । उक्त लागतलाई विशेष अदालतले मान्यता दिएको भए तापनि सो लागतलाई धान्न सक्ने सो खरिद र निर्माण भएको अवधिसम्मको निजको आयलाई समेत हिसाब गरिनुपर्नेमा लागत लगाउन सक्ने आर्थिक हैसियत थियो थिएन भन्नेतर्फ कुनै विचार नै नगरी एकमुष्टरूपमा आय र व्ययको गणना गरी खरिद र निर्माण लागतलाई वैध आयबाट प्राप्त लागत मानी मान्यता दिई भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ ।
प्रतिवादीले आफूले पदमा बहाल रहेको अवधिमा रू.१,३९,८४०।- दशैं खर्च पाएको भनी जिकिर लिएकामा त्यसलाई विशेष अदालतले मान्यता दिएको छ । दशैं खर्च मुख्य चाडपर्व मनाउनका लागि दिइने खर्च भएकाले सो रकम अनिवार्यरूपमा खर्च हुने रकम हो । विभिन्न धार्मिक समुदायले मनाउने आफ्नो मुख्य चाडपर्वमा सो रकम खर्च हुन जाने हुँदा अदालतले बचत हुने आयमा गणना गरेको छ । चाडपर्वमा सो रकम खर्च हुन जाने हुँदा अदालतले बचत हुने आयमा गणना गरेको युक्तिसङ्गत छैन । त्यस्तै महङ्गी भत्ताबापत रू.२९,५५१।८० दुर्गम भत्ताबापत रू.१,६३,९८१।३८ समेत प्राप्त गरेको भन्नेसमेतको प्रतिवादीको भनाइलाई समेत अदालतले मान्यता दिएको छ । महङ्गी भत्ता विद्यमान महङ्गीलाई दृष्टिगत गरी दिइने भत्ता भएकाले स्वाभाविकरूपमा खर्च भई बचत हुन नसक्ने भत्ता हो भने सुगम स्थानको तुलनामा दुर्गम स्थानमा बढी हुन नसक्ने भत्ता हो भने सुगम स्थानको तुलनामा दुर्गम स्थानमा महङ्गी बढी हुने भएकाले दुर्गम भत्तासमेत बचत हुन सक्ने प्रकृतिको भत्ता होइन । अत: त्यस्ता भत्तालाई समेत प्रतिवादीको बचत हुने आय मानी भएको फैसला त्रुटिपूर्ण छ ।
धनुषा जिल्लास्थित घरहरूबाट प्रतिवादीलाई रू.१३,१७,६००।- घर भाडाबापत प्राप्त भएको भनी सो रकमलाई विशेष अदालतले प्रतिवादीका वैध आयको रूपमा गणना गरेको छ । उक्त घरहरू निर्माण गर्दा लागेको लागतको पूरै स्रोत खुल्न सकेको अवस्था छैन । यसरी निर्माण लागतको स्रोत नै खुल्न नसकेका घरहरूबाट प्राप्त घर भाडालाई कर तिरेकै भएपनि वैध मान्न नमिल्नेमा वैध भनी मान्यता दिई भएको फैसला त्रुटिपूर्ण छ ।
प्रतिवादीलाई कृषि आयबाट रू.२१,२९,०२०।– प्राप्त भनी अदालतले मान्यता दिएको छ । प्रतिवादी खेती रहेको स्थानभन्दा बाहिर जागिरमा रहेका, छोरा र छोरी चिकित्सक पेसामा रहेकोबाट निजहरू स्वयम्ले कृषि व्यवसाय गर्न सम्भव छैन । यस स्थितिमा प्रतिवादीले आफ्नो परिवारको नाममा रहेका जग्गा जमिनबाट पूरै कृषि आय प्राप्त गर्न सक्ने अवस्था एकातर्फ छैन भने अर्कोतर्फ जमिनबाट स्रोत खुल्न नसकेका जग्गाहरूको समेत कृषि आय गणना गरी प्रतिवादीको वैध सम्पत्तिको रूपमा समावेश गरिएको छ । जो बिल्कुलै त्रुटिपूर्ण छ ।
आरोपपत्रमा प्रतिवादीको स्रोत नखुलेको बैंकमा राखिएको र स्रोत नखुलेको बैंकबाट झिकी बेपत्ता पारेको रकमसमेतलाई बिगो कायम गरी दाबी लिइएको छ । त्यस्तो रकमबाट प्राप्त बैंक ब्याजसमेतलाई प्रतिवादीको वैध आय मान्न नमिल्नेमा वैध आयमा गणना गरी भएको फैसला न्यायसङ्गत छैन ।
मिति २०२९।७।१८ देखि २०६०।४।१ सम्मको अवधिलाई जाँच अवधि (Check Period) मानेर सो समयभित्रको सम्पत्तिलाई मात्र प्रतिवादीको वैध र अवैध आय कायम गरेर आयोगबाट मुद्दा दायर गरिएको थियो । तर विशेष अदालतले मुद्दा दायर भएको मिति २०६२।६।५ सम्मको प्रतिवादीको तलबलाई आयमा समावेश गरेर प्रतिवादीलाई अभियोग मागदाबीबाट सफाइ दिने फैसला गरेको छ, जुन बिलकुलै न्यायसङ्गत छैन । किनभने जुन अवधिलाई विवादित मानिएको छैन र वादीले दाबी जिकिर नै गरेको छैन त्यो अविवादित विषयभित्र पसेर अदालतले फैसला गर्न नै मिल्दैन । फैसला भनेको विवादको विषयमा दिइने इन्साफ हो । वादी पक्षले प्रतिवादीको हकमा वैध र अवैध आयको गणना गर्दा लिएको अवधिभित्र सीमित रहेर फैसला गर्नुपर्नेमा सोभन्दा बाहिर गई गरिएको फैसला कानूनी त्रुटिपूर्ण छ ।
प्रतिवादीको सम्पत्तिको जाँच अवधि लगभग ३३ वर्षको हो । प्रतिवादीको तलब भत्ता घर भाडा इत्यादि बापतको मासिक र वार्षिकरूपमा आम्दानी हुने र त्यसबाट प्राप्त आय खर्चसमेत हुँदै जाने हुँदा तलब भत्ता घरभाडा र अन्य आय उल्लेख्यरूपमा बचत हुन सक्ने स्थिति नै रहँदैन । घरभाडा तलब भत्ता जस्ता आयलाई न्यायसङ्गत भनी अदालतले स्वीकार गर्दा प्रतिवादीले तत् तत् अवधिमा गर्ने पारिवारिक खर्चलाई पनि न्यायसङ्गतरूपमा अनुमान गरी कटाउनुपर्नेमा आयको मात्र अनुमान गरी आयमा थप गर्न मिल्ने
होइन । तसर्थ प्रतिवादीको आयहरूलाई जस्ताको तस्तै बचत हुने तर खर्च नहुने भन्ने मनसाय प्रदर्शित हुने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
भ्रष्टाचारसम्बन्धी ऐन, नियम निर्देशिका एवम् नजिरमा कुनै पनि व्यक्तिको वैध आय आर्जनको १० प्रतिशतसम्म बढी अवैध आर्जन भएको देखिए तापनि त्यस्तो १० प्रतिशत बढी रकम भ्रष्टाचार नहुने भन्ने व्यवस्था वा मान्यता रहे भएको देखिँदैन । विशेष अदालत स्वयम्ले गरेको फैसलाबाट पनि व्यक्तिले आर्जन गरेको कूल सम्पत्तिमध्ये १० प्रतिशत अवैध देखिएकाले भ्रष्टाचारको कसुर नहुने भन्ने कानूनी आधार फैसलामा खुलाएको पाइँदैन । भ्रष्टाचारको कसुर हुन कानूनबमोजिम नभई अवैधरूपमा आर्जित १ रूपैयाँ वा एक प्रतिशत वा १० प्रतिशत पनि भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति भ्रष्टाचार गरेको नै हो भन्ने कानूनी आधार फैसलामा खुलाएको पाइँदैन । भ्रष्टाचारको कसुर हुन कानूनबमोजिम नभई अवैधरूपमा आर्जित १ रूपैँया वा एक प्रतिशत वा १० प्रतिशत पनि भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति भ्रष्टाचार गरेको नै हो भन्ने कानूनी मनसाय देखिन्छ । भारतीय उच्च अदालतको फैसला नेपालको कानूनको सन्दर्भमा लागू हुने, पालना गर्नुपर्ने कानून वा नजिर होइन । यस्तोमा नेपालकै परिप्रेक्ष्यमा अध्ययन र विश्लेषण
गरिनुपर्दछ । अत: १० प्रतिशत भन्दा बढीको अवैध आय आर्जन भ्रष्टाचार हुने १० प्रतिशतभन्दा घटी अवैध आय आर्जन भ्रष्टाचार नहुने भन्ने विशेष अदालतको फैसला आफैँमा पूर्वाग्रही, अति उदार एवम् भ्रष्टाचारको कसुर गर्न प्रश्रय मिल्ने किसिमको देखिएकाले सो १० प्रतिशत सम्मको अवैध आर्जनलाई छुट दिई सफाइ दिएको उक्त फैसला पूर्णत गैरकानूनी छ भन्ने आधार र कारणसमेतबाट विशेष अदालतले मिति २०६७।०१।२८ मा गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा पुनरावेदनपत्रको प्रकरण ३ को खण्ड (ख) र (घ) मा उल्लेख भएबमोजिम प्रतिवादीले घर खरिद र निर्माण गर्दा लागेको रकमको वैधानिक स्रोतको पुष्टि नभएको अवस्थामा पनि त्यस्तो सम्पत्तिलाई मान्यता दिएको प्रश्नका सम्बन्धमा विशेष अदालत काठमाडौंको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २०२ नं. बमोजिम प्रतिवादीमध्येका वीरेन्द्रकुमार सिंहलाई म्याद सूचना जारी गरी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।१।२५ गतेको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू विशेष अदालतको फैसला र पुनरावेदनपत्रसमेत हेरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता महेश शर्मा पौडेल र विद्वान् उपन्यायाधिवक्ताद्वय मानबहादुर कार्की तथा टिकेन्द्र दाहालले लिखित बहस नोटसहित गर्नुभएको बहस बुँदा यसप्रकार रहेका छन् ।
विशेष अदालतले लिखत मूल्यलाई मात्र आधार मानी जग्गाको मूल्याङ्कन गरेको छ । वादीले पेस गरेको नगद प्रवाह तालिका (Cash flow chart) लाई आधार नलिई पुरै जाँच अवधि (Check Period) लाई एउटै अवधि मानी आय व्ययको विवरण कायम गरिएको छ । वैधानिक स्रोत नै नखुलेको घरहरूको भाडाबापतको आर्जन स्वतः अवैध हुने हो । घरहरू वैध सम्पत्तिबाट खरिद गरेको मानी सोको घरभाडा प्रतिवादीको आयमा समावेश गरिएको समेत मिलेको छैन । स्रोत नखुलेको रकम बैंकबाट झिकी बेपत्ता पारिएको तथा सोबापतको ब्याजसमेतलाई सम्पत्तिको बिगोमा समावेश हुने भनी व्याख्या गरिएकोसमेत मिलेको छैन ।
प्रतिवादी वीरेन्द्रकुमार सिंहको तथा निजका परिवारका सदस्यहरूको नाममा रहेको कूल सम्पत्ति रू.२,६१,६६,५८०।८९ मध्ये स्रोत खुलेको सम्पत्ति रू.१,२५,५२,९२६।४७ र गैरकानूनी रूपमा रू.१,३६,१३,६५४।४२ बराबरको चल/अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनीरूपमा प्रतिवादीसँग रहेको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आरोप पत्र रहेकामा विशेष अदालतबाट गणना गर्दा आर्जनको तुलनामा १.६९ प्रतिशत रकमको हदसम्म (जाँच अवधिमा) प्रतिवादीको आयस्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई हेर्दा प्रतिवादी वीरेन्द्रकुमार सिंहको कूल खर्च रू.१,१६,२१,६०४।९३ र कूल आय रू.१,१४,२५,०३८।८७ देखिन्छ । उल्लिखित बिगो र आर्जनको तुलनामा रू.१,९६,५६६।०६ बराबरको आय कम हुन आएपनि सो रकम कूल बिगो (सम्पत्ति) को १.६९ प्रतिशत भई १० प्रतिशतभन्दा कमै भएकाले प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको बैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिमको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम् न्यायसम्मत हुने देखिँदैन भनी कम आय भएको स्वीकार गरी स्रोत पुष्टि हुन नसकेको अवस्थामा निर्णयाधारको रूपमा अङ्गिकार गरिएको छ । भारतीय सर्वोच्च अदालतका फैसला नेपालको परिप्रेक्ष्यमा बाध्यकारी हुन सक्दैनन् । गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा यो यस वैधानिक स्रोतबाट आयआर्जन गरेको हो भनी पुष्टि गर्ने दायित्व प्रतिवादीमा रहने भनी जयप्रकाश प्रसाद गुप्ता रहेको ने.का.प. २०६८ अङ्क ११ नि.नं. ८७२२ पृ. १८९० समेतका मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको छ । यस्ता (White Colour Crime) मा Modus Operendi तथा Burden of Proof समेतका आधारबाट हेर्दा अदालतले अनुमानको आधारमा प्रतिवादीलाई सफाइ दिने गरी प्राज्ञिक तर्कका माध्यमद्वारा प्रतिवादीको आर्जनको तुलनामा १.६९ प्रतिशत अवैध सम्पत्ति प्रतिवादीसँग रहेको भन्ने तथ्य स्वीकार गर्दागर्दै पनि सजाय गर्न कानून र न्यायसम्मत देखिएन भनी विशेष अदालतले प्रतिवादीलाई सफाइ दिनेगरी फैसला गरेको छ । यसरी प्रतिवादीसँग अवैध सम्पत्ति रहेको तर कम रहेको भन्ने आधारमा मात्र सफाइ दिई प्रमाणको त्रुटिपूर्ण मूल्याङ्कन गरी सफाइ दिइएको छ । तसर्थ सो त्रुटिपूर्ण फैसला बदर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेमा ठहर गरी उल्लिखित दाबीको सम्पत्ति जफत गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिर सुनियो ।
त्यस्तै, विपक्षीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय मिथिलेशकुमार सिंह र कृष्णप्रसाद सापकोटा तथा अधिवक्ताद्वय नरेन्द्रकुमार के.सी. र दिपेन्द्रकुमार झाले लिखित बहस नोटसहित गर्नुभएको बहस बुँदा यसप्रकार रहेका छन् ।
प्रतिवादीसँग जँच अवधिमा आर्जन गरेको चल अचल सम्पत्तिको वास्तविक मूल्य र आयोगले हालको मूल्याङ्कनको आधारमा मूल्याङ्कन गरेको मूल्यमा धेरै फरक रहेको छ । हालसम्म यस अदालतबाट गरिएका फैसलाहरूमा पुरै जाँच अवधिलाई एउटै समयावधि मानी आय व्यय कायम गरिएको छ । त्यसैले प्रतिपादित सिद्धान्तबमोजिम नै यस मुद्दामा पनि नगद प्रवाह तालिका (Cash flow chart) लाई आधार नमानी पुरै जाँच अवधि (Check Period) लाई एउटै समयावधि मानी आयको गणना
गरिनुपर्दछ । त्यस्तै लिखतमा उल्लिखित भएको मूल्यभन्दा अकाट्य प्रमाण अन्य हुन सक्दैन । त्यसैले प्रस्तुत मुद्दामा पनि लिखतमा उल्लिखित मूल्यलाई नै कायम गरिनुपर्दछ । विशेष अदालत काठमाडौंबाट प्रमाणको मूल्याङ्कन तथा विवेचना गरी मेरो पक्षलाई सफाइ दिने गरी गरेको फैसला मिलेकै हुँदा पुनरावेदन नगरी बसेको हो । उक्त विशेष अदालतको फैसला सदर गरिनुपर्दछ ।
वैध सम्पत्तिबाट खरिद गरिएको घरबाट सम्झौताबमोजिम प्राप्त भएको घरभाडालाई आयमा गणना गरिनुपर्दछ । बैंकमा भएको रकमलाई वादीपक्षबाट स्वीकार गरिएको अवस्थामा बैंकबाट प्राप्त ब्याज पनि आयमा गणना गरिनुपर्दछ । जे काम व्यवहार भएको छ सो दुरूस्त छ, लुकाए छिपाएको छैन । प्रमाण ऐन, २०३१ को दफा १५ को आधारमा विदेशी नजिर प्रयोग गर्न सकिन्छ । ईश्वरप्रसाद पोखरेलको ने.का.प. २०६६ अङ्क ८, नि.नं. ८२०० को यस्तै प्रकृतिको मुद्दामा साबिक भ्रष्टाचार ऐन, २०१७ को दफा १५ को अनुमानित कसुरलाई हालको भ्रष्टाचार ऐन, २०५९ को दफा २०(१) को निरन्तरता हो भनी सिद्दान्त कायम भएको र प्रस्तुत मुद्दा पनि अनुमानित कसुर भएकामा विवाद नरहेको र मुरारीबहादुर कार्कीसमेत भएको फौ.पु.नं. ०६५-CR-०००९ को सर्वोच्च अदालतबाट मिति २०६९।०२।०३ मा फैसला भएको यस्तै प्रकृतिको मुद्दामा विशेष अदालतबाट सफाइ पाई पुनरावेदन नगरेको भए पनि थप आयको रूपमा गणना गरिएको छ । यसै गरी गणेश अर्यालसमेत भएको ०६३-CR-०६५० को सर्वोच्च अदालतबाट मिति २०६९।०७।२७ मा फैसला भएको मुद्दामा १० प्रतिशतभन्दा कम आय भई विशेष अदालतबाट सफाइ पाई सो फैसलाउपर निजले पुनरावेदन नगरेको अवस्थामा वादीको पुनरावेदन परी सर्वोच्च अदालतबाट सोही सदर भएको छ । सो आधारमा समेत विशेष अदालतको फैसला अन्यथा हुन सक्दैन । तसर्थ हाम्रो पक्षले विशेष अदालतमा गरेको बयान तथा पेस गरेका प्रमाणसमेतलाई आधार गरी आयको गणना गरी हाम्रो पक्षले सफाइ पाउने गरी भएको विशेष अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिर सुनी तथा पेस भएका बहस नोटसमेत अध्ययन गरी हेर्दा विशेष अदालत काठमाडौंको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी वीरेन्द्रकुमार सिंहको तथा निजका परिवारका सदस्यहरूको नाममा रहेको स्रोत खुलेबाहेकको १,३६,१३,६५४।४२ बराबरको चल/अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनीरूपमा प्रतिवादीसँग रहेको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आरोप लगाइएको र सो आरोपका सम्बन्धमा विशेष अदालतबाट जाँच अवधिका आधारमा आय-व्यय गणना गरी प्रतिवादीको आयस्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई हेर्दा प्रतिवादी वीरेन्द्रकुमार सिंहको कूल खर्च १,१६,२१,६०४।९३ र कूल आय १,१४,२५,०३८।८७ कायम गरेको देखिन्छ । उल्लिखित बिगो र आर्जनको तुलनामा रू.१,९६,५६६।०६ बराबरको आय कम हुन आएपनि सो रकम प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको बैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिमको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम् न्यायसम्मत हुने देखिँदैन भनी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसलामा प्रत्यर्थी प्रतिवादीहरूले चित्त बुझाई पुनरावेदन नगरी बसेका तर सो फैसलाउपर वादी नेपाल सरकारले विपक्षी प्रतिवादीहरूको आय गणनाको आधार, घरजग्गा खरिद बिक्री गरेको रकमको मूल्याङकनको आधार, कृषि आय गणनाको आधार, अन्य मुलुकका सर्वोच्च अदालतका नजिरको हैसियत र तिनको अवलम्बनका अतिरिक्त घरभाडा, बैंकको ब्याज, दशै खर्च र महँगी भत्ता जस्ता विषयसमेतमा प्रश्न उठाई विशेष अदालत, काठमाडौंको फैसला त्रुटिपूर्ण रहेको भन्ने पुनरावेदन जिकिर लिएबाट पुनरावेदन जिकिरहरू एवम् मिसिल संलग्न प्रमाण एवम् कागजातहरूमा आधारित रहेर प्रस्तुत मुद्दामा निर्णय दिनुपरेको छ ।
निर्णयतर्फ विचार गर्दा वादीले पुनरावेदन पत्रमा उठाएका निम्न प्रश्नहरूको सन्दर्भमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन आयो ।
क) विपक्षीको आयको गणना गर्दा नगद प्रवाह तालिका (Cash Flow Chart) लाई आधार मानी वा पुरै जाँच अवधि (Check Period) लाई एउटै समयावधि मानी आयको यकिन गणना गरिनुपर्ने हो ?
ख) विपक्षीले खरिद बिक्री गरेको घरजग्गाको लिखत मूल्यलाई आधार मानी आय कायम गर्नुपर्ने हो वा प्रचलित मूल्यलाई आधार मानी आय कायम गर्नुपर्ने हो ?
ग) विशेष अदालतबाट कृषि आयलाई प्रतिवादीको आयमा समावेश गरेको मिलेको छ छैन ?
घ) विशेष अदालतबाट विपक्षीको विवादित घर भाडालाई आयमा समावेश गरेको मिलेको छ छैन ?
ङ) विपक्षीले बैंकबाट झिकिएका रकमहरू लुकाएको हो वा सम्पत्ति सृजनामा प्रयोग भएको हो तथा विपक्षीले बैंकबाट प्राप्त ब्याजलाई विशेष अदालतबाट आयमा समावेश गरेको मिलेको छ छैन ?
च) प्रतिवादीको साथमा रहेको कूल आर्जनको तुलनामा निजको आय कम भएतर्फ गरिएको विशेष अदालत काठमाडौंको फैसला मिलेको छ छैन ?
छ) विशेष अदालतले दशैं खर्च, महँगी भत्ता तथा दुर्गम भत्तालाई प्रतिवादीको आयमा गणना गरेको मिलेको छ छैन ?
ज) पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ?
२. सर्वप्रथम, प्रथम प्रश्न विपक्षीको आयको गणना गर्दा नगद प्रवाह तालिका (Cash Flow Chart) लाई आधार मानी वा पुरै जाँच अवधि (Check Period) लाई एउटै समयावधि मानी आयको यकिन गणना गरिनुपर्ने हो भन्ने सम्बन्धमा हेर्दा यसै सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा भएका निर्णयहरूलाई मध्य नजर राखी हेर्नुपर्ने हुन्छ ।
३. जाँच अवधिको आधारमा सम्पत्तिको स्रोत खुले नखुलेको यकिन गर्ने सम्बन्धमा, नेपाल सरकार वि. डिल्लीरमण निरौला भएको फौ.पु.नं.०६५-CR-००३१ को मिति २०६७/५/२० मा भएको फैसलाको पृ.३१ मा “......आरोपपत्रमा २०३६ साललाई जाँच अवधि सुरू मानेको भएपनि यो मितिसम्मको भनीएको पाइँदैन । प्रस्तुत मुद्दा मिति २०६१/४/३२ मा दायर गरेको देखिँदा २०३६ सालदेखि २०६० सालसम्मलाई जाँच अवधि मानी सोही अवधिमा आर्जन गरेको चलअचल सम्पत्तिको तुलना गरी स्रोत खुलेको र नखुलेको सम्पत्ति यकिन गर्नुपर्ने हुन्छ ।”
४. नेपाल सरकार वि. मुरारीबहादुर कार्कीसमेत भएको फौ.पु.नं.०६५-CR-०००९ को मिति २०६९/२/३ मा भएको फैसलाको पृ.७३ मा “.......केवल सो विवरणमा उल्लिखित तलब भत्ता बुझेको मितिभन्दा करिब एक वर्ष ११ महिनापछि अर्थात्् मिति ०६३/३/१३ मा अभियोग दायर भएको देखिँदा मिसिल संलग्न निजामती किताब खानाको तलबी विवरणका आधारमा बाँकी अवधि आ.व.०६१/०६२ को रू.१४६०५२/- र आ.व.०६२/०६३ को ११ महिनाको रू.१३६०६२/- समेत जम्मा रू.२८२११४/- मा क.स.कोष कट्टी गरी हुन आउने खुद रकम रू.२५३३९०/- निजको तलब भत्ता बापतको आयमा समावेश हुनु पर्ने देखिन्छ ।”
५. नेपाल सरकार वि. निरन्जनबाबू श्रेष्ठसमेत भएको फौ.पु.नं.०६५-CR-००६४ को मिति २०६९/३/२९ मा भएको फैसलाको पृ.३३ को दोस्रो हरफमा “.......वादी पक्षबाट के कुन समयमा के कति आय प्राप्त भयो र के कति सम्पत्ति आर्जन भयो भन्ने कुरा सालक्रमका आधारमा परीक्षण नगरी एकमुष्टरूपमा मूल्याङ्कन गरिएको कारणबाट फैसला त्रुटिपूर्ण भएको भन्ने जिकिर लिएतर्फ विचार गर्दा फौजदारी मुद्दाको उठान आरोपपत्रबाट हुने कुरामा विवाद हुन
सक्दैन । कुनै घटना विशेषसँग सम्बन्धित नभई समग्र आय र सम्पत्तिको मूल्याङ्कनमा आधारित यस प्रकृतिको भ्रष्टाचार मुद्दामा अभियोग लगाइएका व्यक्तिले के कुन मितिमा के कति आय आर्जन गरे र के कति सम्पत्ति प्राप्त गरे भन्नेसमेतको विस्तृत विवरणसहित त्यसलाई तुलनात्मकरूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । यो जिम्मेवारी स्वतः अभियोजन पक्षमा रहन्छ । तर प्रस्तुत मुद्दामा आरोपपत्रमा नै प्रतिवादी मध्येका निरन्जनबाबू श्रेष्ठले राष्ट्र सेवकका रूपमा सेवा प्रवेश गरेको मितिदेखि निजका डेरामा छापा मार्ने कार्य गरेको मितिसम्मलाई जाँच अवधि मानी सो अवधिको आय र सम्पत्तिलाई एकमुष्ठरूपमा प्रस्तुत गरिएको र प्रमाणको प्रस्तुति पनि सोहीबमोजिम गरिएको देखिन्छ । आरोपपत्रमा त्यसरी उल्लेख भएको अवस्थामा सामान्यत त्यसभन्दा फरक किसिमबाट विश्लेषण, विवेचना र मूल्याङ्कन गर्न सम्भव हुँदैन । आफैंले अनुसन्धान गरी अभियोग लगाएको र आरोपपत्रमा नै जाँच अवधिलाई आधार बनाएको भनी उल्लेख भएको अवस्थामा अदालतले आरोपपत्रभन्दा बाहिर गएर न्याय निरूपण गर्नुपर्ने भनी पुनरावेदनपत्रमा प्रश्न उठाउने वादी पक्षको जिकिरसँग सहमत हुन सकिएन ।”
यसका अतिरिक्त सर्वोच्च अदालतले हालसम्म यस्तै प्रकृतिका देहायबमोजिमका मुद्दाहरूमा समेत जाँच अवधिको आधारमा फैसला गरेको पाइन्छः
ने.का.प.२०६७ नि.नं.८५१९ अङ्क १२ नेपाल सरकार वि. चिरञ्जीवी वाग्लेसमेत,
ने.का.प.२०६८ नि.नं.८६३० अङ्क ६ नेपाल सरकार वि. रामाज्ञा चतुर्वेदी पृ.९३४,
ने.का.प.२०६८ नि.नं.८७२२ अङ्क ११ नेपाल सरकार वि. जेपी आनन्द,
ने.का.प.२०६९ नि.नं.८८३२ अङ्क ५ नेपाल सरकार वि. खुमबहादुर खड्का,
ने.का.प.२०६९ नि.नं.८७७० नेपाल सरकार वि. केशवराज गौतमसमेत,
स.फौ.पु.नं. ०६५-CR-००२० नेपाल सरकार वि. नगेन्द्रप्रसाद घिमिरेसमेत
६. यसको अतिरिक्त जाँच अवधिलाई समयावधि नमान्ने अवस्थाका लागि आरोपपत्रमा नै नगद प्रवाह तालिका (Cash Flow Chart) अनुसार अभियोग दाबी लिनुपर्नेको साथसाथै प्रतिवादीले त्यस अवधिमा गरेका नगद प्रवाह अवैध भएको कुरा अभियोग दाबीमा नै स्पष्ट एवम् प्रमाण सङ्गत हुनुपर्नेमा त्यसअनुसारको अभियोग दाबी एवम् प्रमाणहरू समेत वादी पक्षबाट प्रस्तुत भएको पाइएको छैन ।
७. अतएव: अवधि गणनाका सम्बन्धमा उल्लिखित मुद्दाहरूमा समेत मानी आएको पुरै जाँच अवधि (Check Period) लाई आधार मान्नु नपर्ने कुनै त्यस्तो आधार कारण वादीबाट पेस भएको नहुँदा र प्रस्तुत मुद्दालाई पनि स्वत: सोही प्रतिपादित सिद्धान्तहरूको आधारबाट हेरिनु वाञ्छनीय देखिँदा र नगद प्रवाह तालिकाअनुसारको अभियोग पत्र एवम् त्यसअनुसारको प्रमाणसमेत वादी पक्षबाट स्पष्टरूपमा प्रस्तुत हुन नसकेकाले प्रतिपादित सिद्धान्तबमोजिम नै आयको गणना गर्दा जाँच अवधि (Check Period) लाई एउटै समयावधि मानी आयको गणना गरेको विशेष अदालतको फैसलालाई अन्यथा भनीरहनु परेन ।
८. यसका साथै मिति २०६०।४।१ सम्मलाई मात्र जाँच अवधि मान्नुपर्नेमा विशेष अदालतको फैसलामा मिति २०६२।६।५ सम्मलाई जाँच अवधि मानिएको मिलेन भन्ने वादी पक्षको भनाइ रहेकामा मिति २०६२।४।९ सम्मको Transaction लाई आरोपपत्रको तालिका नं. १५ मा देखाइएको हुनाले आरोपपत्रमा दाबी लिइएको अवधिसम्मलाई जाँच अवधि मानिएको विशेष अदालतको फैसलासमेत मिलेकै देखिन आयो ।
९. दोस्रो प्रश्न जग्गा खरिद बिक्रीको लिखत मूल्यलाई आधार मानी आय कायम गर्नुपर्ने हो वा प्रचलित मूल्यलाई आधार मानी आय कायम गर्नुपर्ने हो भन्ने सम्बन्धमा हेर्दा प्रतिवादी सार्वजनिक पदमा बहाल रहेको अवधिमा निजकी श्रीमती तथा छोरा प्रतिवादीद्वय प्रमिलादेवी सिंह र प्रविण सिंहको नाममा लिखत मूल्य रू.१५,६०,८००।- को जग्गा खरिद गरेकामा विवाद छैन । उक्त तथ्य आरोपपत्रको तालिका नं. ४ बाट देखिन्छ भने आरोपपत्रको तालिका नं. १६ र १७ मा उल्लिखित जग्गाहरूको प्रचलित मूल्य रू.१,५६,२३,८७५।– मात्र हो भन्ने कुरा आरोपपत्रमा नै उल्लेख गरी दाबी गरेको पाइन्छ । प्रतिवादीले जग्गाको खरिद मूल्यमा स्रोत पुष्टि गर्नुपर्ने हुन्छ । हालको मूल्यमा स्रोत पुष्टि गर्नुपर्ने होइन । बिक्रेताहरूलाई वादी पक्षबाट अनुसन्धानको क्रममा प्रमाणको रूपमा पेस गर्न सकेको छैन । लिखतमा लेखिएको मूल्यभन्दा बढी मूल्यमा जग्गा खरिद गरेको हो भन्ने अन्य खम्बिर सबुद प्रमाणहरूबाट समेत पुष्टि हुन आएको छैन ।
१०. बिक्रेताले खरिद बिक्री हुने आधिकारिक निकायमा रकम उल्लेख गरी बिक्री गर्दा ऋणी धनीसमेतले सहिछाप गरी कानूनबमोजिम दस्तुर लिई दिई लिखत पारित गरिदिएका छन् । सो लिखतमाथि कुनै प्रकारको अन्यथा दाबीसमेत भएको
देखिँदैन । यस्तो अवस्थामा उक्त लिखतमा उल्लिखित व्यहोरालाई मनोगतरूपमा अन्यथा भन्न मिल्दैन । जहाँसम्म लिखतमा उल्लिखित मूल्यबाहेकको रकम जग्गा बिक्रेताको बैंकमा रहेको खातामा जम्मा हुन आउने कुरा हो सो रकम अन्य आय स्रोतसमेतबाट जम्मा हुन सक्ने हुँदा सो रकम जम्मा भएको आधारमा मात्र त्यो रकम प्रतिवादीले नै दिएको हो भनी यकिनसाथ भन्न सकिँदैन । सो रकमलाई जाँच अवधिमा प्राप्त रकमको रूपमा सम्म लिन मिल्छ । बिक्रेताले सो घरजग्गा खरिद गर्दा दाबीबमोजिमको मूल्यमा खरिद गरेको हो भन्ने तथ्ययुक्त अन्य प्रमाण वादी पक्षबाट पेस हुन सकेको छैन । यस्तो स्थितिमा पारित लिखतमा लेखिएको मूल्यलाई अन्यथा प्रमाणित भएको भनी मान्न मिलेन । घरजग्गा खरिद बिक्रीको लागि अन्यथा प्रमाणित नभएको अवस्थामा आधिकारिक निकायबाट पास गरेको लिखतमा उल्लिखित मूल्यलाई नै विश्वसनीय प्रमाणको रूपमा ग्रहण गरिनुपर्ने देखिनुका साथै लिखतमा लेखिएका ऋणी एवम् साक्षीहरूमाथि कुनै प्रकारको दाबी उजुर नभएकोसमेतका आधार र कारणहरूबाट पनि लिखत मूल्यलाई नै मान्यता दिई आयको गणना गरिएको विशेष अदालतको फैसलालाई अन्यथा भनीरहनु परेन ।
११. यसै सन्दर्भमा नेपाल सरकार वि. चिरन्जिवी वाग्लेसमेत भएको भ्रष्टाचार मुद्दामा जग्गा जमिनको मूल्य समय क्रममा परिवर्तन हुनु स्वाभाविकै देखिन्छ । जहाँसम्म विवादित कित्ता जग्गाहरूको मूल्य र त्यसको स्रोतको पहिचान गर्ने सन्दर्भ आउँछ, त्यो स्वभावतः खरिद वा प्राप्त गरिएकै समयको मूल्यमा आधारित हुनुपर्ने (प्रकरण १३) भन्ने र आधिकारिक निकायमा रितपूर्वक रजिस्ट्रेसन दस्तुरसमेत बुझाई पारित गरी लिएको लिखतलाई अप्रमाणित दाबी कै भरमा अन्यथा संज्ञा दिन नमिल्ने (प्रकरण १४ ) भनी ने.का.प. २०६७ अङ्क १२ नि.नं ८५१९ पृष्ठ २००७ मा यस अदालतबाट सिद्धान्त प्रतिपादित भएको पाइन्छ ।
१२. त्यस्तै, श्री ५ को सरकार वि. रामकृष्ण तिवारीसमेत भएको गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको (संवत् २०६२ सालको फौ.पु.नं.३३९९, फैसला मिति २०६७।१०।१०, पृष्ठ ३८) मुद्दामा अन्यथा प्रमाणित नभएमा खरिद गर्दाको पारित लिखतको मूल्यलाई नै खरिद मूल्य मान्नुपर्ने हुन्छ भनी यस मुद्दामा रू.३८,००,०००।– मा खरिद बिक्री हुने भनी दुवै पक्षबाट सहिछाप भएको बैनाबट्टाको कागजसमेत गरेको प्रमाण भेटिएको अवस्थामा पनि पारित लिखत मूल्य रू.८,६३,०००।– भएकामा सो पारित लिखतलाई नै आधार मानी आयको गणना गरिएको पाइन्छ ।
१३. यसैगरी नेपाल सरकार वि. मुरारीबहादुर कार्की भएको गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको (संवत् २०६५ सालको फौ.पु.नं. ०६५–CR–०००९, फैसला मिति २०६९।२।३, पृष्ठ ७७ मुद्दामा जग्गा बिक्री भएको लिखतमा मूल्य रू.३,६९,२००।– उल्लेख भए पनि रू.२०,००,०००।– मा बिक्री गरेको भनी प्रतिवादीले जिकिर लिएको कानूनसम्मत देखिन नआएकाले अभियोजन पक्षले सोसम्बन्धमा गरेको आयस्रोतको विश्लेषणसँग सहमत हुन सक्ने अवस्था देखिएन भनी Bank को Transaction समेतलाई नमानी लिखत मूल्यलाई नै मान्यता दिई आयको गणना गरिएको पाइन्छ ।
१४. त्यस्तै नेपाल सरकार वि. रामाज्ञा चतुर्वेदीसमेत भएको भ्रष्टाचार मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको आधारमा हालको मूल्यलाई आधार मानी बिगो कायम गर्नुपर्ने भन्ने वादीपक्षको पुनरावेदन जिकिर आधारहीन देखिन आएकाले लिखत मूल्य र तत्कालीन कारोबार मूल्यलाई आधार मानी बिगो कायम गरेको विशेष अदालतको फैसला अन्यथा देखिन आएन भनी ने.का.प. २०६८ अङ्क ६, नि.नं.८६३०, पृ.९६३, प्रकरण १६, मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यसका साथै
१. ने.का.प.२०६८ अङ्क ११, नि.नं.८७२२, नेपाल सरकार वि. जे.पी.आनन्द,
२. ने.का.प.२०६९ अङ्क ५, नि.नं.८८३२, नेपाल सरकार वि. खुमबहादुर खडका,
३. ने.का.प.२०६९ अङ्क २, नि.नं.८७७०, नेपाल सरकार वि. केशवराज गौतम,
४. स.फौ.पु.नं. ०६५–CR–००६४ नेपाल सरकार वि. निरन्जनबाबु श्रेष्ठ फैसला मिति २०६९।३।२९,
५. स.फौ.पु.नं. ०६५-CR-००२० नेपाल सरकार वि. नगेन्द्र प्रसाद घिमिरेसमेत
लगायतका उल्लिखित मुद्दाहरूमा समेत लिखत मूल्यलाई नै आधार मानी आयको गणना गरिएको पाइन्छ । उपर्युक्त प्रतिपादित सिद्धान्तहरू समेतको रोहमा हेर्दा सो मुद्दाका सम्बन्धमा विशेष अदालत काठमाडौंबाट भएको फैसलालाई अन्यथा गरिराख्नु पर्ने देखिँदैन ।
१५. तेस्रो प्रश्न विशेष अदालतबाट कृषि आयलाई प्रतिवादीको आयमा समावेश गरेको मिलेको छ छैन भन्नेतर्फ हेर्दा सर्वप्रथम कृषि आयका सम्बन्धमा प्रतिवादीसँग रहेको जग्गाको कृषि उब्जनीबाट रू.२,२८,९०३।- आय प्राप्त भएको कुरा अभियोगपत्रको तालिका नं. १२ मा उल्लेख भइरहेकामा कृषिजन्य अन्य उत्पादनबाट मैले रू.४९,२१,८३५।५५ आर्जन गरेकाले आयोगले प्रदान गरेको रकम धेरै न्यून र अव्यावहारिक भएको प्रतिवादीको जिकिर
देखिन्छ । वास्तवमा आयोगले मिति २०३०।०६।०९ को नेपाल राजपत्रमा प्रकाशित कुतको दरको आधारमा प्रतिवादीको कृषि आय निर्धारण गरेको
देखिन्छ । तर यस्तै प्रकृतिका अन्य मुद्दामा प्रति बिगाहा रू.२०,०००।- का दरले आम्दानी हुने तथ्यलाई आयोगले नै स्वीकार गरी आरोपपत्र दायर गरेको रहेछ । यस्तै प्रकृतिको अन्य मुद्दामा यस अदालतबाट २०४० सालसम्म प्रति बिगाहा रू.१४,०००।-, २०४१ देखि २०५० सालसम्म प्रति बिगाहा रू.१६,०००।- र २०५१ पछि प्रति बिगाहा रू.२०,०००।- का दरले कृषि आय मान्ने गरेको छ । प्रतिवादीसँग रहेको जग्गा पनि अन्य मुद्दामा कायम गरिएको उब्जाकै दररेटको आधारमा प्रतिवादीसित रहेको उपर्युक्त जग्गाको कृषि आय गणना गर्दा जम्मा रू.२१,२९,०२०।- कृषि आय कायम हुन आउने नै हुँदा सो रकम प्रतिवादीको आयमा गणना हुने नै देखियो ।
१६. यसमा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तहरू हेर्दा पनि प्रतिवादीले आफैँ कमाएको जग्गामा वर्षे बालीको हकमा कुत प्रयोजनमा तोकिएको उब्जनीको दोब्बर, सिंचाइ सुविधा भई दुई बाली लाग्ने जग्गामा हिउँदे बालीबापत वर्षे बालीको आधा र मोही लागेको जग्गामा भूमिसम्बन्धी ऐनबमोजिम जग्गाधनीले पाउन सक्ने भागको हिस्सालाई कृषि आय कायम गर्ने गरी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसप्रकार ने.का.प.२०६८ नि.नं.८६३० अङ्क ६ नेपाल सरकार वि. रामाज्ञा चतुर्वेदी पृ.९१७, ने.का.प. २०६८ नि.नं.८७२२ अङ्क ११ नेपाल सरकार वि. जेपी आनन्द पृ.९२८ समेतका मुद्दामा प्रतिपादन भएका मान्यताहरू समेतमा आधारित हुँदा प्रतिवादीले फलफूल बिक्री र सिसौ बिक्रीबापत आय भएको जिकिर लिएको भएपनि फलफूल बिक्री र सिसौ बिक्री गरी आर्जन गरेको पुष्ट्याइँ नभएको अवस्था र वादी नेपाल सरकारले प्रमाण पेस नगरेको अवस्थासमेतका आधारमा प्रस्तुत मुद्दाका हकमा कृषि आयलाई मान्यता दिने र प्रतिवादीले दाबी गरेको फलफूल तथा सिसौको आयलाई मान्यता नदिने गरी भएको विशेष अदालतको फैसलालाई अन्यथा गरिरहनु पर्ने देखिएन ।
१७. यसै गरी जग्गा भाडाका सम्बन्धमा धनुषा जिल्ला बैँगाडावर-६ख कि.नं. ३४७ को ०-७-० जग्गा वन विकास परियोजनालाई भाडामा लगाएबापत रू.३४,५३४।- प्राप्त गरेको भनी जिकिर रहेकामा वादीको तर्फबाट पेस भएको आरोपपत्रको तालिका नं. १५ को क्रम सङ्ख्या १९, २० र २४ मा स्वीकार नै गरेको देखिँदा सो आयलाई प्रतिवादीको आयमा समावेश गर्ने गरी भएको विशेष अदालतको फैसला मिलेकै देखियो ।
१८. चौथो प्रश्न विवादित घर भाडालाई आयमा समावेश गरेको मिलेको छ छैन भन्ने सन्दर्भमा विचार गर्दा यस अदालतबाट प्रतिपादन गरिएका सिद्धान्तहरूलाई नै हेरी यस मुद्दाका सन्दर्भमा पनि विश्लेषण गर्नुपर्ने देखिन आयो । नेपाल सरकार वि. आनन्दप्रसाद खनाल भएको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा काठमाडौं, ललितपुर र धरानमा भएका घरहरूबाट प्राप्त घरभाडाको रकमलाई आयमा समावेश गरिएकोलगायतका अन्य मुद्दाहरूमा समेत घरभाडाबापतको रकमलाई आयमा गणना गरिएका सिद्धान्तहरू प्रतिपादन भइसकेको आधारसमेत देखिँदा प्रतिवादीको नाममा धनुषा जिल्लामा भएको घरको कर तिरेको आधारमा २०५२।५३ देखि २०६२ सालसम्मको घरभाडा रू.१३,१७,६००।- हुन आउने र यस्तै प्रकृतिको अन्य मुद्दामा पनि मान्यता दिई आएकाले सो घरभाडाको रकम प्रतिवादीको आयमा गणना हुनु स्वाभाविक नै देखियो ।
१९. यसका अतिरिक्त जनकपुर न.पा. ४ कि.नं. ५७४ र ५७५ को जग्गामा सटर पसल कवल समेत रहेको कुरा आयोगबाट भएको स्थलगत मुचुल्काबाट देखिएको तर सोबापत कुनै आय भएको भनी सो सटर पसलको भाडाबापतको आय प्रतिवादीको आयमा गणना गरेको देखिँदैन । यसप्रकार, प्रतिवादीका नाममा रही अरू कसैले भाडामा प्रयोग गरेको तथ्य स्थापित भएको देखिँदा र सटर कवल भएपछि भाडा आर्जन हुने स्वाभाविक एवम् न्यायोचितरूपमा प्रतिवादीको आयमा गणना गरेको विशेष अदालतको फैसला मिलेकै देखियो ।
२०. पाँचौं प्रश्न विपक्षीले बैंकबाट झिकिएका रकमहरू लुकाएको हो वा सम्पत्ति सृजनामा प्रयोग भएको हो तथा विपक्षीले बैंकबाट प्राप्त ब्याजलाई विशेष अदालतबाट आयमा समावेश गरेको मिलेको छ छैन भन्ने सम्बन्धमा हेरी विचार गर्दा वादीको आरोपपत्रको तालिका नं. १७ को सि.नं. ११, १२, १३, १४, १५ र १६ मा उल्लिखित रकम बैंकबाट झिकेपछि सो रकमको स्रोत पुष्टि गर्नुपर्ने र अर्कोतर्फ सो अवधिमा सोही रकमबाट दोहोरो स्रोत पुष्टि गर्नुपर्ने अवस्था देखियो । त्यसकारण प्रतिवादीले बैंकबाट दाबीको रकम निकाली सकेपछिको अवधिमा सोभन्दा पनि बढीको चल अचल सम्पत्ति खरिद गरेको र सो सम्पत्तिसमेत प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको बिगोमा हिसाब गरी दाबी लिएको अवस्थामा प्रतिवादीले बैंकबाट झिकी लुकाएको भनी छुट्टै सम्पत्तिको बिगो कायम गरी एउटै सम्पत्तिको दोहोरो स्रोत खोज्न मिल्ने देखिन
आएन । यसका साथै सो जाँच अवधिमा बैंकबाट झिकिएको रकम सम्पत्ति सृजना गर्नमा खर्च भएको देखिन आयो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ अनुसार लुकाए छिपाएको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहेकामा सो रकम कहाँ लुकाए छिपाएको छ भन्ने कुरा प्रमाण पेस गर्न सकेको देखिएन । यसअनुसार बैंकबाट झिकिएको रकम सम्पत्ति सृजनामा प्रयोग भएको देखिँदा सो सम्बन्धमा र सो रकमबापतको ब्याजसमेतका हकमा विशेष अदालतबाट भएको फैसला मिलेकै देखिन आयो ।
२१. छैठौं प्रश्न प्रतिवादीको साथमा रहेको कूल आर्जनको तुलनामा निजको आय कम भएतर्फ गरिएको विशेष अदालत काठमाडौंको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा हेर्दा प्रतिवादी वीरेन्द्रकुमार सिंहको तथा निजका परिवारका सदस्यहरूको नाममा रहेको कूल सम्पत्ति र भएको खर्चलाई हेर्दा प्रतिवादी वीरेन्द्रकुमार सिंहको कूल खर्च रू.१,१६,२१,६०४।९३ र कूल आय रू.१,१४,२५,०३८।८७ रहेछ । उल्लिखित बिगो र आर्जनको तुलनामा रू.१,९६,५६६।०६ बराबरको आय कम हुन आएबाट सो फरक रकम कूल बिगो (सम्पत्ति) को १.७२ प्रतिशत अन्तर देखिन
आयो । उक्त अन्तर रकम प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको बैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिमको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम् न्यायसम्मत हुने देखिँदैन भनी १० प्रतिशतभन्दा कम आय भएको स्वीकार गरी स्रोत पुष्टि हुन नसकेको अवस्थामा निर्णयाधारको रूपमा अङ्गिकार गरिएको भारतीय सर्वोच्च अदालतका फैसलासमेतलाई आधार बनाएको रहेछ ।
२२. अब प्रस्तुत सन्दर्भमा यस अदालतबाट प्रतिपादन भएका सिद्धान्ततर्फ हेरी विचार गर्दा नेपाल सरकार वि. गणेश अर्यालसमेत भएको ०६३-CR-०६५० गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दासमेतमा आयस्रोतबाट पुष्टि भएभन्दा बढीको देखिएको सो सम्पत्ति कूल सम्पत्तिको ५ प्रतिशतभन्दा कम रहेको भन्ने आधारमा आय र व्ययबीचमा देखिएको अन्तर स्वाभाविक नै रहेको र यो सामान्य अन्तरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले व्यवस्था गरेको अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको भन्ने कुरा देखिन नआएबाट प्रतिवादीउपरको आरोप पुष्टि हुन आएन भनी विशेष अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतसमेतबाट मिति २०६९।७।२७ मा सदर भएको पाइन्छ । सगोल परिवारसहितको प्रतिवादीको आर्जनलाई न्यायोचित अनुमानको आधारमा स्वाभाविक र अस्वाभाविक भनी छुट्याउनु पर्ने अवस्था रहेको र आय र व्ययको बीचमा देखिएको अन्तर कम हुँदा प्रतिवादी गणेश अर्यालको आर्जन स्वाभाविक रहेको भनी उक्त गणेश अर्यालसमेत भएको मुद्दाको फैसला अन्तिम भइरहेकोबाट सर्वोच्च अदालतबाट सो मुद्दामा प्रतिपादित सिद्धान्तको विपरीत हुने गरी निर्णय गर्नु न्यायोचित हुन सक्दैन ।
२३. हाम्रो समाजमा विद्यमान रहेका प्रचलन अर्थात्् मान्यताअनुरूप कतिपय अवस्थामा घरायसीरूपमा हुने रकमको लर-लगानी, सर-सापटी तथा बर-व्यवहार गर्दा यकिन लेखाजोखा राखिएको हुँदैन । तर समाजमा यस्ता व्यवहारहरू मौखिकरूपमा वा हात-हातै दैनिन्दिन चलिरहेका हुन्छन् ।
२४. आय र व्ययको हिसाब गर्दा विभिन्न घरायसी व्यवहार, सम्पत्तिको व्यक्तिगत लेखा जोखा राख्नुपर्ने दायित्वयुक्त व्यवस्था सुरूदेखि नै नरहेको जस्ता कारक तत्त्वहरूलाई बिर्सेर निरपेक्षरूपले आय व्ययको निर्धारण गर्नु न्यायोचित मान्न
सकिँदैन । कतिपय अवस्थामा न्यायोचित अनुमानको आधारमा आय व्यय निर्धारण गर्नुपर्दा आय र व्ययको फरक रकमले मात्र राष्ट्रसेवक प्रतिवादीको उच्च जीवनस्तरलाई निर्धारण गर्न सकिँदैन । कतिपय यस्ता स्रोतहरू हुन्छन् जसबाट व्यावहारिकरूपमा आम्दानी त भएको हुन्छ तर कागज प्रमाण हुँदैनन् । कागज प्रमाणको अभावमा यो यो शीर्षकबाट यति यति आय भयो भनी निष्कर्ष निकाल्न कठिनाइ हुने हुँदा कतिपय आयका स्रोत एवम् खर्चको रकम न्यायिक अनुमानबाट पनि यकिन गर्नुपर्ने हुन्छ ।
२५. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कानूनी व्यवस्थालाई हेर्दा मनासिब आधार र कारण विना राष्ट्रसेवकले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेमामात्र आरोपित कसुर प्रमाणित हुने व्यवस्था भएकाले अमिल्दो र अस्वाभाविक जीवनस्तर झल्किने जीवन यापन गरेमा मात्र कसुरदार ठहर हुन सक्ने देखियो । सामाजिक पक्षलाई हेर्दा पनि व्यक्तिको पैतृक सम्पत्ति, सामाजिक हैसियत, पदीय हैसियतलगायतका कारकतत्त्वहरू नै कसीको रूपमा रहेर निजको जीवनस्तर अमिल्दो र उच्च छ भन्ने कुराको निष्कर्षमा पुग्न मद्दत मिल्दछ । यस सम्बन्धमा हेर्दा कतिपय आयका स्रोतहरू त्यस्ता हुन्छन् । जुन स्रोतहरू प्रतिवादीले व्यक्त गरेबमोजिम विश्वसनीय भएपनि समयको अन्तरालले सम्बन्धित कागज प्रमाण व्यक्तिको साथमा रही रहन नसक्ने हुनाले बिना प्रमाण आयमा समावेश गर्न पनि नसकिने र आयमा समावेश नगरेको अवस्थामा व्यक्तिलाई मर्का पर्न जाने अवस्थाको विद्यमानता रहेको हुनाले आय र व्ययको रकम निर्धारण गर्दा न्यायिक सद्विवेक प्रयोग हुनु जरूरी र सान्दर्भिक पनि हुन्छ । यस्ता तत्त्वहरूलाई दृष्टिगत गरी सम्पत्तिको बिगो र आयको फरक रकम सम्पत्तिको बिगोको दश प्रतिशतभन्दा कमको सम्पत्तिसम्म बढी देखिनुलाई अमिल्दो र अस्वाभाविक मान्न नमिल्ने भनी यस्तै प्रकृति र अवस्थाको मुद्दामा भारतीय सर्वोच्च अदालतबाट Krishnananda Agnihotri Vs. State of M.P. (A.I.R. १९७७ P. ७९६) को मुद्दामा कर्मचारीको सम्पति र आयको अनुपात दश प्रतिशतभन्दा कम भएमा त्यसलाई मान्यता दिनुपर्ने र कर्मचारीलाई सजायभागी बनाउन नमिल्ने भनी प्रतिपादित सिद्धान्त जस्तै यस अदालतबाट पनि नेपाल सरकार वि. गणेश अर्यालसमेत भएको ०६३-CR-०६५० नं. समेतका मुद्दाहरूमा प्रतिपादित सिद्धान्तसमेतका आधारबाट हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादीको आय र व्ययको बीचमा देखापरेको १.७२ प्रतिशत हदसम्मको अन्तरलाई उक्त प्रतिपादित सिद्धान्तका आधारमा यी प्रतिवादीको हकमा पनि वैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मान्न मिल्ने नदेखिएबाट स्रोत नखुलेको सम्पत्ति १.७२ प्रतिशत मात्र रहेको देखिँदा आय-व्ययको अन्तर ज्यादै न्यून भएको र प्रस्तुत मुद्दाको आरोपपत्रलाई हेर्दा कुनै खास घटनामा आधारित नभई सम्पूर्ण जाँच अवधि सम्बन्धमा प्रतिवादीलाई आरोपित गरेको तथा कुनै व्यक्तिले गरेको आय आर्जन एवम् खर्चलाई एकएक पैसाको हिसाब किताब राख्ने चलन नभएको सन्दर्भमा उल्लिखित १.७२ प्रतिशत को अन्तरलाई ज्यादै न्यून भएको कुरालाई समेत मध्यनजर राखी हेर्दा प्रतिवादीलाई सफाइ दिने गरी भएको विशेष अदालतको फैसलालाई अन्यथा भन्न मिलेन ।
२६. त्यस्तै सातौं प्रश्न विशेष अदालतले दशैं खर्च, महँगी भत्ता तथा दुर्गम भत्तालाई प्रतिवादीको आयमा गणना गरेको मिलेको छ छैन भन्ने सन्दर्भमा विचार गर्दा एउटा राष्ट्रसेवक कर्मचारीलाई त्यो राष्ट्रले उसलाई काममा लगाएबापत पारिश्रमिक दिने गर्दछ । सो पारिश्रमिक दिने भनेको उसलाई सामान्य जीवनयापन गर्नको लागि दिने हो । त्यस्तै राष्ट्रले विभिन्न चाड पर्वहरूमा बिदा वा बिदाका साथै चाडपर्व खर्चस्वरूप विशेष भत्ताको व्यवस्था मिलाएको पाइन्छ र यसै सन्दर्भमा हाम्रो पनि चाडपर्व खर्च अर्थात् दशैं खर्च दिने गरेको छ । त्यस्तै दुर्गम स्थानमा काममा खटिने कर्मचारीहरूलाई दुर्गम भत्ता र समयसमयमा बजार मूल्यलाई आधार मानी कुनैकुनै वर्ष महँगी भत्ता पनि दिने गरेको छ । यसरी तलब, दशैं खर्च, महँगी भत्ता वा दुर्गम भत्ता जुनसुकै शीर्षकमा दिए तापनि सो कर्मचारीको लागि जीवन निर्वाहका लागि दिइने भएको र सोहीबमोजिम एकैसाथ दिइएको तलबको सम्बन्धमा विशेष अदालत तथा यस अदालतबाटसमेत कर्मचारीलाई प्रदान गरिएको तलबलाई खर्च भएको नदेखाइ सम्पूर्ण रकम बचत भएको मानी आयमा गणना गरिने सिद्धान्तहरू कायम भई आएकामा वादी पक्षबाट कुनै विवाद नउठाइएको र सोही तलबमा सहयोग पुगोस् भन्ने हेतुले थप भत्ता (Supportive Incentive) को रूपमा प्रदान गरिएका मौद्रिक उत्प्रेरणा जन्य भत्ताहरू, आयमा गणना गरिनु हुँदैन भन्ने वादीपक्षको भनाइ तर्कसङ्गत देखिन आएन । यसै सन्दर्भमा नेपाल सरकार वि. मुरारीबहादुर कार्कीसमेत भएको फौ.पु.नं.०६५- CR - ०००९ नं. को गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा यसै अदालतबाट नेपाल सरकार वि. मुरारीबहादुर कार्कीसमेत भएको फौ.पु.नं.०६५-CR-००९ को मिति २०६९/२/३ मा भएको फैसलाको पृ.७३ मा “.......केवल सो विवरणमा उल्लिखित तलब भत्ता बुझेको मितिभन्दा करिब एक वर्ष ११ महिनापछि अर्थात्् मिति ०६३/३/१३ मा अभियोग दायर भएको देखिँदा मिसिल संलग्न निजामती किताब खानाको तलबी विवरणका आधारमा बाँकी अवधि आ.व.०६१/०६२ को रू.१४६०५२/- र आ.व.०६२/०६३ को ११ महिनाको रू.१३६०६२/- समेत जम्मा रू.२८२११४/- मा क.सं.कोष कट्टी गरी हुन आउने खुद रकम रू.२५३३९०/- निजको तलब भत्ताबापतको आयमा समावेश हुनुपर्ने देखिन्छ” भनी सिद्धान्त प्रतिपादन भएको देखिन आयो । यसमा र यस्तै प्रकृतिका अन्य विभिन्न मुद्दामासमेत कर्मचारीले पाएको भत्तालाई पनि खर्च भएको नदेखाई सम्पूर्ण रकम बचत भएको मानी निजको आयमा समावेश गरिएको देखिन आएबाट उक्त सिद्धान्तहरूबमोजिम पनि यी प्रतिवादीले पाएको दशैं खर्च, महँगी भत्ता तथा दुर्गम भत्तासमेत आयमा समावेश गरी गणना गरेको विशेष अदालतको फैसला न्यायसङ्गत नै देखिन आयो ।
२७. त्यस्तै आठौं प्रश्न पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सन्दर्भमा हेर्दा माथि उल्लिखित विभिन्न आय स्रोतका अतिरिक्त मेरा अन्य विभिन्न आयहरू छन । ती सबै आयहरू मेरो वैध आयमा समावेश गरिनुपर्दछ भनी प्रतिवादीबाट जिकिर लिएकामा प्रतिवादी वीरेन्द्रकुमार सिंह र निजको पारिवारको नाममा रहेका सम्पूर्ण चल अचल सम्पत्ति निजको पारिश्रमिक, बैंकमा रहेको मौज्दात रकमबाट प्राप्त ब्याज, छोरा डा. प्रविण सिंह र छोरी डा. स्वेता सिंहले क्लिनिकमा काम गर्दा प्राप्त गरेको आय, दाइजो पेवा, घरजग्गा भाडामा दिई सोबाट आर्जित रकम, फलफूल तथा सिसौ बिक्री गरी प्राप्त गरेको आय, ट्युसन पढाएबापतको रकमसमेतका वैध आयबाट बढे बढाएको सम्पत्तिलगायतका थप आयहरू विशेष अदालतले पनि समावेश गरी दिएको छैन सो सबै आयहरू मेरो आयस्रोतमा समावेश हुनुपर्दछ भन्ने प्रतिवादीको भनाइ रहेको देखिन्छ । वादीपक्षबाट जुन आयका रकमहरू स्रोत नखुलेको भनी देखाइएको छ सो आयहरूसमेत स्रोत खुलेको भन्ने पुष्टि हुन आएको छ । यसरी माथि उल्लिखित विभिन्न प्रश्नहरूका सन्दर्भमा खुलाइएका आधार र कारणहरू तथा यस प्रश्नका सन्दर्भमा उल्लिखित आधार र कारणहरूबाट समेत पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने अवस्था देखिन आएन ।
२८. यसका साथै पुनरावेदक वादीबाट यस अदालतमा पुनरावेदन गर्दा विवाद नउठाइएका विषयमा केही बोलिरहनु परेन ।
२९. अतएव: माथि उल्लेख गरिएबमोजिम विपक्षीको आयको गणना गर्दा पुरै जाँच अवधि (Check Period) लाई एउटै समयावधि मानी आयको यकिन गणना गरिएको, विपक्षीले खरिद बिक्री गरेको घरजग्गाको लिखत मूल्यलाई आधार मानी आय कायम गरिएको, विपक्षीले बैंकबाट झिकिएका रकमहरू लुकाएको नभई पुनः सम्पत्ति सृजनामा प्रयोग भएको देखिएको, विशेष अदालतबाट विपक्षीको घरभाडा तथा कृषि आय आदिलाई आयमा समावेश गरेको मिलेकै देखिएको र सोको अलावा माथि उल्लेख गरिएबमोजिमका प्रतिवादीका अन्य आयस्रोतहरू पनि देखिएको र वादीले स्रोत नखुलेको भनी दाबी लिएका आयहरूको तुलनामा प्रतिवादीसँग रहेभएको आयको स्रोत खुल्न नसकेको रकम ज्यादै न्यून देखिएबाट सोसमेतका आधार र कारणहरूबाट विशेष अदालत काठमाडौंबाट भएको मिति २०६७।०१।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.दीपकराज जोशी
संवत् २०७१ साल पुस २१ गते रोज २ शुभम् ।
इजलास अधिकृत : अशोककुमार क्षेत्री