निर्णय नं. ९४४६ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।

सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री दामोदर प्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।६।५।१
०६९-CF-०००१
मुद्दा : गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।
पुनरावेदक/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत चिरञ्जीवी खनालको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : लक्ष्मीप्रसाद पौडेलको नाति, वेणीमाधव पौडेलको छोरा गुल्मी जिल्ला, भुर्तुङ्ग गा.वि.स. वडा नं. ६ स्थायी घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ४ चुनदेवी बस्ने गोकर्ण पौडेल
नयाँ ऐन लागू हुनुपूर्व भए गरेको कार्यलाई खारेज भएको अर्थात् प्रचलित कानूनले कसुरको परिभाषाभित्र समेटेको भएमा त्यस्तो कानूनको सीमाभित्र रही कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने हुन्छ । नयाँ कानूनले कसुरको रूपमा लिँदैमा यदि कसुर गर्दाको समयमा प्रचलित कानूनले अपराध मान्दैन भने स्वतः त्यसले उन्मुक्ति प्राप्त गर्ने ।
(प्रकरण ८)
अनुसन्धान अधिकृत तोकिनु वा परिवर्तन हुनु भनेको एउटा स्वाभाविक प्रक्रिया
हो । कुनै कर्मचारी सँधै सोही पदमा रहिरहन नसक्ने हुँदा उसको सरूवा तथा बढुवासँगै रिक्त भएको पदपूर्ति र अधुरो रहेको अनुसन्धान पूरा गर्न अर्को अनुसन्धान अधिकृत तोक्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अघिल्लो अनुसन्धान अधिकृतबाट गरिएको काम कारवाहीले मान्यता नपाउने भन्न मिल्ने हुँदैन । यो नियमित र अनवरत चलिरहने प्रक्रिया भएको हुँदा त्यसकै आधारमा अनुसन्धान अधिकृतपिच्छे मुद्दा सुरूदेखि अनुसन्धान गर्ने भन्न मिल्ने पनि हुँदैन । यस्तो अवस्थामा स्वभावैले पहिलो अनुसन्धान अधिकृतबाट भए गरेको कामले पनि मुद्दामा त्यत्तिकै महत्त्व राख्ने ।
(प्रकरण ९)
प्रतिवादीले राष्ट्रसेवकको पदमा बहाल रहेको अवस्थामा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको भन्ने दाबी रहेको सन्दर्भमा जहिलेसुकै पनि मुद्दा चलाउन सकिने प्रकृतिको कसुर हो भन्न मिल्ने हुँदैन । प्रतिवादीउपर सरकारी वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने अभियोग लागेको नभै गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको हुँदा हदम्याद नलाग्ने कसुर हो भन्न नमिल्ने ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ मा संशोधन भएको मितिभन्दा पहिले नै अवकाश प्राप्त गरि सकेका प्रतिवादीउपर अभियोग दाबी लिएको प्रस्तुत मुद्दाको हकमा यी प्रतिवादीले अवकाश प्राप्त गर्दा कायम रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ले तोकेको एकवर्षको हदम्याद वा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क. को दुई वर्षे हदम्यादबाहेकको अन्य हदम्याद लागू हुन सक्ने अवस्था नदेखिने ।
(प्रकरण ११)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता मानबहादुर कार्की
विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र कृष्णप्रसाद सापकोटा, र विद्वान् अधिवक्ता हिरा रेग्मी
अवलम्बित नजिर :
ने.का.प. २०६८, अङ्क १० नि.नं. ८६९७, पृ १६७५
ने.का.प. २०६६, अङ्क ८ नि.नं. ८२००, पृ १२३५
ने.का.प. २०६८, अङ्क ८ नि.नं. ८६६७, पृ १३२९
सम्बद्ध कानून :
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१)
अन्तरिम संविधान, २०६३ धारा २४(४)
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८, दफा २०, दफा २९
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली,२०५९ को नियम १३
भ्रष्टाचार निवारण ऐन, २०५९, दफा २६, दफा २७, दफा २९,
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क
विशेष अदालतमा फैसला गर्नेः–
मा.न्या. श्री भूपध्वज अधिकारी –अध्यक्ष
मा.न्या. श्री कोमलनाथ शर्मा –सदस्य
मा.न्या. श्री चोलेन्द्र शमशेर ज.ब.रा.–सदस्य
यस अदालतको संयुक्त इजलासमा रायबाझी फैसला गर्नेः–
मा.न्या. श्री बैद्यनाथ उपाध्याय
मा.न्या. श्री तर्कराज भट्ट
फैसला
स.प्र.न्या. दामोदरप्रसाद शर्मा : यस अदालतको संयुक्त इजलासमा रायबाझी फैसला भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त विवरण एवम् ठहर यस प्रकार छ ।
तथ्य खण्ड
१. प्रारम्भिक छानबिनको व्यहोराः
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवमा कार्यरत् रहँदा प्रतिवादी गोकर्ण पौडेलले भ्रष्टाचार गरी उच्चस्तरको जीवन यापन गरेको भन्ने विभिन्न स्रोतबाट जानकारी प्राप्त भई प्रतिवादी गोकर्ण पौडेलको विभिन्न बैंकहरूमा रहेका खाता कारोबारको विवरणबाट निजको हैसियतभन्दा बढी अस्वाभाविक कारोबार भएको देखिन आएकाले विस्तृत अनुसन्धान गर्न आवश्यक भई अनुसन्धान अधिकृत नियुक्ति गरिएको ।
२. सार्वजनिक पद धारणसम्बन्धी विवरणः
प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पद धारण गरेको विवरण देहायबमोजिम रहेको देखिन्छ ।
सि.नं. कार्यरत् कार्यालय पद कार्यरत् अवधि कैफियत
देखिसम्म
१ सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव स्वकीय सचिव २०५२।१०।२९ २०५४।१०।३० संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार
२ प्रधानमन्त्रीको कार्यालय स्वकीय सह–सचिव २०५५।१।२ २०५६ जेठ रा.प.प्रथम श्रेणीसरह
३ प्रधानमन्त्रीको कार्यालय स्वकीय सचिव २०५६।१२।९ २०५८ साउन ६ विशिष्ट श्रेणीसरह
३. सम्पत्तिसम्बन्धी विवरणः
पैतृक सम्पत्ति :
देहायबमोजिमको जग्गा र घर प्रतिवादी गोकर्ण पौडेलको पैतृक सम्पत्तिको रूपमा देखिएको ।
जग्गा :
क्र.सं. नाम जग्गाको विवरण कैफियत
१ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–६ स्थित कि.नं. ४१२, ५२६, ५०९ र २९९ को क्षे.फ. क्रमशः ६–४–१–१, ०–७–१–२, ४–१४–२–१ र ३–२–३–३ २०३८।११।१ को नापीबाट कायम ।
२ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–७ को कि.नं. ४१२ को क्षेत्रफल ६–४–१–१ ,, ,,
३ पवित्रा पौडेल रूपन्देही, बुटबल न.पा.–८ क स्थित कि.नं. १४३५ को क्षे.फ. ०–०–१० २०४३।१।१९ मा वेणीमाधवको नाममा रू.७,०००।– मा खरिद भई २०५८।१।४ मा निजको पत्नीको नाममा नामसारी भएको
४ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–६, कि.नं. ५०८ को क्षेत्रफल २–०–०–० रू.६०,०००।– मा मिति २०४३।११।५ मा टेकबहादुर छन्तेललाई बिक्री गरेको
५ वेणीमाधव पौडेल गुल्मी भुर्तुङ्ग–६, कि.नं. १७५ को क्षेत्रफल ०–११–३–३, कि.नं. १८२ को क्षेत्रफल ०–०–३–३, कि.नं. १८४ को क्षेत्रफल ०–३–१–३, कि.नं. ५२५ को क्षेत्रफल ०–२–०–३, कि.नं. ४७२ को क्षेत्रफल ०–०–२–१, कि.नं. ४८१ को क्षेत्रफल ३–१०–२–३ र कि.नं. ५०० को क्षेत्रफल ६–३–३–२ मिति २०५२।२।१४ मा रू.२,५०,०००।– मा बिक्री भएको
घर :
क्र.सं. नाम घरको विवरण कैफियत
१ वेणीमाधव पौडेल गुल्मी, भुर्तुङ्ग–६ स्थित कि.नं. ५२६ मा बनेको घर ।
सार्वजनिक पदधारण गरेपश्चात् आर्जन गरेको सम्पत्ति :
प्रतिवादी गोकर्ण पौडेलले पेस गरेको व्यक्तिगत विवरण, निजले गरेको बयान तथा अनुसन्धानको क्रममा सङ्कलन गरेको कागजातसमेतका आधारमा निज र निजको संयुक्त परिवारका सदस्यहरूका नाममा रहेका चल, अचल सम्पत्ति देहायबमोजिम देखिएको ।
जग्गा :
क्र.सं. जग्गाधनीको नाम जग्गाको विवरण खरिद मिति लिखत मूल्य रू. कैफियत
१ करूणा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ख कि.नं.१२६१ क्षे.फ.०–०–१० २०५३।४।२७ ५,०००।- मामा विष्णुदत्त शर्माबाट दानपत्र
२ पवित्रा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९क कि.नं. २१५८, क्षे.फ.०–०–१७ २०५४।१०।२२ ८५,०००।- वेणीमाधवले खरिद गरेको र ०५८।१।४ मा पत्नीको नाममा नामसारी भएको
३ करूणा पौडेल काठमाडौं, गोठाटार गा.वि.स.–८, कि.नं.६४३, क्षे.फ.०–६–०–० २०५९।३।१९ ३६,०००।- हा.ब.
४ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.–४, कि.नं.४७, क्षे.फ. ०–९–२–३ २०५९।४।९ ६,०५,५००।- राजीनामा
५ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३३ क्षे.फ.०–२–२–० २०६२।१।२६ ३,५०,०००।- राजीनामा
६ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३४ क्षे.फ.०–३–२–० २०६२।१।२६ ७,००,०००।- राजीनामा
जम्मा १७,८१,५००।-
घर :
क्र.सं. घरधनीको नाम घरको विवरण खरिद/निर्माण मिति मूल्य रू. कैफियत
१ पवित्रा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ कि.नं. २१५८, क्षे.फ.०–०–१७ मा बनेको घर २०५४।१०।२२ मा वेणीमाधवले खरिद गरेको ५,०८,०००।– लिखत मूल्य
२ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.–४, कि.नं. ४७, क्षे.फ. ०–९–२–३ मा बनेको घर २०६० २६,०३,०४२।०७ आयोगबाट भएको मूल्याङ्कन अनुसार ।
३ करूणा पौडेल काठमाडौं, गोठाटार गा.वि.स.–८, कि.नं.६४३, क्षे.फ.०–६–०–० मा बनेको घर २०६० १५,९९,८१२।१४ आयोगबाट भएको मूल्याङ्कन अनुसार ।
जम्मा ४७,१०,८५४।२१
गोकर्ण पौडेल र निजको श्रीमतीको नाममा रहेको बैंक मौज्दात विवरण :
क्र.सं. खातावालाको नाम बैंकको नाम खाता नम्बर मौज्दात रू. कैफियत
१ गोकर्ण पौडेल एन.आई.बि. बैंक, पुतली सडक ०१२–१२३३७४० (बचत) २,४६७।४५ २०६२।२।२९ मा
२ गोकर्ण पौडेल नेपाल एस.बि.आई.बैंक, दरबारमार्ग ३५२५ (बचत) १८,४३८।३० २०६२।१।१३ मा
३ गोकर्ण पौडेल हिमालयन बैंक लि. महाराजगञ्ज २६०९१० जे (बचत) – २०६१।१०।२९ मा खाता बन्द भैसकेको
४ गोकर्ण पौडेल हिमालयन बैंक लि. महाराजगञ्ज २६०९१० ए (चल्ती) – २०५९।५।२७ मा खाता बन्द भैसकेको
५ गोकर्ण पौडेल एन.बि. बैंक, पुतलीसडक ०२९९८१ (बचत) – २०६२।२।२५ मा खाता बन्द भैसकेको
६ गोकर्ण पौडेल एन.बि. बैंक, पुतलीसडक ०२९९८२ (मुद्दती) – २०५९।६।१ मा खाता बन्द भैसकेको
७ रीता पौडेल हिमालयन बैंक, महाराजगञ्ज २८९०४० जे (बचत) १,२९,२६६।५६ २०६०।३।३२ मा
जम्मा १,५०,१७२।३१
गोकर्ण पौडेल र निजको श्रीमतीबाहेक निजको परिवारका अन्य सदस्यहरूको नाममा रहेको बैंक मौज्दात विवरण :
क्र.सं. खातावालाको नाम बैंकको नाम खाता नम्बर मौज्दात रू. कैफियत
१ करूणा पौडेल हिमालयन बैंक, पुल्चोक ०९११९० ए (बचत) हाल नयाँ खाता नं. ००६००३६६००००१९ २५,३८६।४४ २०६२।२।३० मा
२ करूणा पौडेल रा. वा. बैंक, एयरपोर्ट १३९९ (बचत) ६१,७७७।– २०६१।१२।२६ मा
३ करूणा पौडेल स्टाण्डर्ड चार्टर्ड बैंक, बानेश्वर ०११००४९६४-०१ (चल्ती) १,४९१।२५ २०६२ वैशाखमा
४ करूणा पौडेल नेपाल बैंक लिमिटेड, धर्मपथ ५५३७३-११ (चल्ती) ९,७४४।– २०६२।३।१३ मा
५ करूणा पौडेल कृषि विकास बैंक, बानेश्वर २४३०१४ (बचत) २,४८०।१४ २०६१।९।२९ मा
६ कृष्ण पौडेल एन.आइ.बि.बैंक, पुतलीसडक ०१२-१३६२८४० (बचत) २,९४५।९० २०६१।९।२९ मा
७ कृष्ण पौडेल कुमारी बैंक, पुतली सडक 10152401422401 (चल्ती) ७,५५२।३० २०६२।२।१७ मा
८ पवित्रा पौडेल रा. वा. बैंक, भैरहवा १९४३३-१९१ (बचत) १,८२,९६४।०४ २०६१ पुसमा
९ वेणीमाधव पौडेल राष्ट्रिय वाणिज्य बैंक, गुल्मी १६८२/१७ (बचत) १६,४०५।६९ २०५७ पुसमा
जम्मा ३,१०,७४६।७६
सेयर खरिदको विवरण :
क्र.सं. विवरण रकम रू. कैफियत
१ केयर इङ्ग्लिस बोर्डिङ्ग स्कुल प्रा.लि., गौशाला २,७०,०००।- २०५२ देखि २०५४ सम्म पटकपटक गरी गोकर्ण पौडेलको नाममा
२ अनमोल क्याटरिङ्ग सर्भिस, काठमाडौं २,००,०००।- २०५६ मा भाइ कृष्णको नाममा ।
३ ह्याम्स हस्पिटल प्रा.लि., त्रिपुरेश्वर १४,००,०००।- २०५७ मा गोकर्ण पौडेलको नाममा
जम्मा १८,७०,०००।-
सुनचाँदीको विवरण:
क्र.सं. विवरण परिमाण कैफियत
१ सुनका गहनाहरू २५ तोला
२ चाँदी १५ तोला
विद्युतीय उपकरणहरू :
आयोगबाट प्रतिवादी गोकर्ण पौडेलको घरको मूल्याङ्कन गर्ने क्रममा देखिएका विद्युतीय उपकरणहरूको विवरण देहायबमोजिम रहेको छ ।
क्र.सं. विवरण परिमाण रकम रू. कैफियत
१ रेफ्रिजेरेटर १ २०,०००।-
२ माइक्रो ओभन १ १२,०००।-
३ वाटर फिल्टर १ १०,०००।-
४ इलेक्ट्रिक चिम्नी १ १०,०००।-
५ के.ई.सी. कलर टि.भी. २१ इन्च १ २५,०००।-
६ सोनी सि.डी.प्लेयर १ २०,०००।-
७ पङ्खा ३ ५,८००।-
८ ग्यास रूम हिटर १ ७,०००।-
९ सोलार वाटर हिटर १ सेट ३०,०००।-
१० भ्याकुम क्लिनर १ ४,५००।-
११ क्यासेट प्लेयर १ ६,०००।-
१२ फ्याक्स १ १५,०००।-
१३ हेलोजिन हिटर १ २,०००।-
१४ जेट पम्प १ ९,०००।-
जम्मा १,७६,३००।-
सवारी साधनको विवरण:
क्र.सं. सवारीधनीको नाम सवारीको किसिम खरिद मिति रकम रू. कैफियत
१ करूणा पौडेल बा. ९ प. १५८ नं. को मोटरसाइकल २०५६।४।२३ ९०,०००।-
२ कृष्ण पौडेल बा. ३ च. ९२८१ नं. को मारूती जेन २०६१।७।१९ ५,००,०००।- कुमारी बैंकको कर्जाबाट
जम्मा ५,९०,०००।-
४. प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको बयानः
म राजनीति पेसामा लागेको हुँदा केही सयम नेपाली कांग्रेस पार्टी सभापतिको निजी सचिवको रूपमा कार्य गरी २०५५ वैशाखदेखि २०५६ जेठसम्म प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव (सह सचिवसरह) र २०५७ वैशाखदेखि करिब १५ महिना विशिष्ट श्रेणीसरहको स्वकीय सचिवको रूपमा काम काज गरेको हो । मेरी श्रीमती र नाबालक छोरो छ । परिवारमा आमा पवित्रा, माइला भाइ, करूणा, बुहारी र निजहरूको २ वटा नाबालक छोराहरू तथा कान्छा भाइ कृष्ण छन् । माइला भाइ बुद्ध एयरमा एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर छन् । कान्छा भाइ कृष्ण अध्ययन र व्यापार गर्दछन् ।
का.म.न.पा.वडा नं. ४ स्थित कि.नं. ४७ को क्षेत्रफल ०–९–२–३ जग्गा मेरो पारिश्रमिकबाट बचेको र केही पिताजीले दिएको रकमबाट खरिद गरेको हो । उक्त जग्गामा बनेको घर डि.पि.सि. सम्म पिताजी र भाइले पैसा दिएर बनाएको र डि.पि.सि. भन्दामाथि एस.बि.आई. बैंकको हाउजिङ्ग लोनबाट बनाएको हो । मिति २०५६ सालमा अनमोल क्याटरिङ्गमा लगानी भएको रू.२,००,०००।– पिताजीको स्वआर्जन, मेरो र माइला भाइको पारिश्रमिकबाट लगानी भएको हो । केयर इङलिस बोर्डिङ स्कुल गौशालामा २०५२ देखि २०५४ सम्म रू.२,७०,०००।– लगानी भएको र सोको स्रोत पिताजीको स्वआर्जन र पार्टी कार्यालयमा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निजी सहायकको रूपमा कार्य गरेबापत प्राप्त पारिश्रमिकमध्ये बचेको रकमबाट लगानी भएको हो । ह्याम्स हस्पिटलमा लगानी गरेको रू.१२,००,०००।– भारतीय नागरिक क्या.कैलाश सिं सैगहलले लगानी गर्न दिएको रू.४८,००,०००।– मध्येबाट ममार्फत लगानी भएको हो । निज भारतीय नागरिकसँग रूपैयाँ लेनदेन विषयको कुनै लिखत प्रमाण मसँग छैन ।
नेपाल बङ्गलादेश बैंक पुतली सडकमा मिति २०५३।४।१७ देखी २०५४।७।२५ सम्म जम्मा गरेको रू.७,७९,०००।– नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य गिरिजाप्रसाद कोइरालाको निजी सहायकका रूपमा रहँदाको पारिश्रमिक तथा पिताजीको स्वआर्जनबाट जम्मा गरेको हो । सोही बैंकमा मिति २०५४।१०।१३ देखि २०५५।८।२२ सम्म जम्मा गरेको रू.३२,००,०००।– पिताजीको, मेरो र माइला भाइको कमाइ, गुल्मीको जग्गा बेचेको रकम र खच्चरको व्यवसायको आम्दानीसमेतबाट जम्मा भएको हो । एन.बि.बैंकमा रहेको खातामा मिति २०५५।१०।४ देखी २०५६।३।१ सम्मको अवधिमा रू.३८,५५,०००।– जम्मा गरेको सम्बन्धमा रू.२८,००,०००।– ह्याम्स हस्पिटलमा लगानी गर्न विभिन्न मितिमा क्या. कैलाश सिं सैहगलले भारतबाट पठाएको रकम र बाँकी पिताजी, म र माहिला भाइ करूणासमेतको स्वआर्जनको रकम जम्मा भएको हो । सोही बैंकमा मिति २०५६।६।२८ देखि २०५८।४।५ सम्मको अवधिमा जम्मा भएको रू.२९,००,०००।– साथीभाइ, इष्टमित्रहरूले राख्न दिएको रकम हो । हिमालयन बैंक महाराजगञ्जमा मिति २०५६।४।२५ (१० अगष्ट १९९९) मा रू.५०,००,०००।– र मिति २०५६।५।७ मा रू.२०,००,०००।– जम्मा गरेको सम्बन्धमा रू.५०,००,०००।– एन.बि.बैंकमा रहेको मेरो बचत खाताबाट ट्रान्सफर गरेको रकम हो । रू.२०,००,०००।– का हकमा मेरो कान्छा मामाकी छोरीले राख्न दिएको रकम
हो । आफन्तसँगको व्यवहार भएको हुँदा मसँग कुनै लिखत प्रमाण छैन । सोही बैंकमा मिति २०५७।४।५ मा रू.३०,००,०००।– जम्मा भएको सम्बन्धमा एन.बि.बैंकबाट झिकेको रू.२०,००,०००।– र क्या. कैलाश सिं सैहगलले ह्याम्स हस्पिटलमा लगानी गर्ने प्रयोजनको लागि पठाएको रू.१०,००,०००।– समेत मिलाएर जम्मा गरिएको हो । मिति २०५८।११।२० मा हिमालयन बैंकमा जम्मा भएको रू.४०,००,०००।– मध्ये सोही दिन झिकेको रू.२४,००,०००।– र मिति २०५९।२।१, २०५९।२।८ र २०५९।४।९ मा झिकेको क्रमशः रू.२,५०,०००।–, रू.१०,००,०००।– र रू.८,४०,०००।– रकमका सम्बन्धमा केही सापटी प्रयोजनका लागि र केही जग्गा खरिद गर्न निकालिएको हो । सापटीमा लगाएको रकमको कुनै लिखत प्रमाण भने छैन ।
घर बनाउनको लागि एस.बि.आई.बैंकबाट मैले रू.९,७५,०००।– र भाइ करूणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट रू.१२,००,०००।– कर्जा लिएको
हो । उक्तबमोजिमको कर्जा चुक्ता भएको छैन । मेरो र मेरो परिवारको नाममा रहेको अचल सम्पत्तिको विवरण मैले मिति २०६०।४।१३ मा भरेको व्यक्तिगत विवरणमा खुलाएको छु । उक्त विवरणमा भाइ करूणा पौडेलको नाममा रहेको सिद्धार्थनगर नगरपालिकाको १० धुर जग्गाको विवरण छुट हुन गएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.९ स्थित १७ धुर जग्गा र घर एवम् बुटवल नगरपालिका वडा नं.८ स्थित १० धुर जग्गा आमा पवित्रा पौडेलको नाममा रहेको छ जुन पिताजी आफैँले खरिद गर्नुभएको सम्पत्ति हो भन्ने ब्यहोराको प्रतिवादी गोकर्ण पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
म बुद्ध एयरमा ग्राउन्ड इन्जिनियर पदमा कार्यरत् छु । यसभन्दा अघि नेकोन एयरमा सन् १९९४ देखि २००० सम्म टेक्निसियन पदमा कार्य गरेको थिएँ । नेकोनमा छँदा सुरूमा १२०००।– र पछि सिनियर टेक्निसियन हुँदा १८०००।– (करिब) मासिक पारिश्रमिक थियो । हाल बुद्ध एयरमा झन्डै ७०,०००।– मासिक तलबभत्ता हुन्छ । उक्त पारिश्रमिकमा कर कट्टी गरेरमात्र भुक्तानी दिने गरिएको छ । हामी दाजुभाइबिच अंशबन्डा भएको छैन । दुईवर्ष अघिदेखि म गोठाटारको छुट्टै घरमा बस्ने गरेको छु । गोठाटारमा घर भएको ६ आना जग्गा बकस प्राप्त गरेको र सो जग्गामा घर बनाउन स्टाण्डर्ड चार्टर्ड बैंकबाट रू.१२,००,०००।– हाउजिङ्ग लोन लिएको छु । सोही गा.वि.स.मा पछि लिएको ६ आना जग्गा नेपाल बैंक लिमिटेडबाट ऋण लिई किनेको हो । मेरो भैरहवामा रहेको १० धुर जग्गा ६–७ वर्ष पहिले नै मामाले दिएको हो । मेरो पारिश्रमिकको रकम मैले हिमालयन बैंक पाटन र राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा जम्मा गरेको छु । हामी दाजुभाइ बिचमा खासै तिर्ने हिसाबले आर्थिक लेनदेन भएको छैन । घर खर्च, दशैं खर्च तथा घरभाडा इत्यादिका लागि रू.१२,०००।– देखि रू.१५,०००।– सम्म बेलाबेलामा दाजुभाइको बिचमा सहयोग भएको छ । उक्त सहयोगको स्रोत मेरो पारिश्रमिकको रकम हो । राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा मिति २०५९।१०।२७ मा जम्मा गरेको रू.४,८०,०००।– को रकम मैले स्टाण्डर्ड चार्टर्ड बैंकबाट निकालेर जम्मा गरेको रकम हो । उक्त बैंकबाट मिति २०५९।११।२० मा झिकेको रू.२,१५,०००।– मैले आफ्नो घर निर्माण प्रयोजनको लागि झिकिएको हो भन्ने ब्यहोराको बुझिएका करूणा पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
म अनमोल क्याटरिङ्ग सर्भिसमा काम गर्दछु । उक्त क्याटरिङ्गमा रू.२,००,०००।– लगानी गरेको
छु । उक्त लगानी गर्न पिताजीले रूपैयाँ दिनुभएको थियो । मेरो मासिक पारिश्रमिक रू.७,०००।– र भत्ता सुविधा २०–२५ हजार जति छ । मेरो नाममा घर, जग्गा केही छैन । बा. ३ च ९२८१ नं. को मारूती जेन कुमारी बैंकबाट रू.५,००,०००।– ऋणसमेतबाट खरिद गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट ए.टि.एम. कार्ड लिएको छु । बैंकमा मेरो अन्य खाता, सेयर लगानी र लकरसमेत छैन भन्ने ब्यहोराको बुझिएका कृष्ण पौडेलले अनुसन्धानको क्रममा गरेको बयान ।
५. सगोल परिवारको आयस्रोतः
बिक्री वा हस्तान्तरण भएको जग्गा :
क्र.सं. जग्गाधनीको नाम जिल्ला, गा.वि.स./ न.पा वडा नं. कि.नं. क्षेत्रफल लिनेको नाम रकम रू. मिति लिखतको किसिम कैफियत
१ वेणीमाधव शर्मा गुल्मी, भुर्तुङ्ग ६ ५०८ २-०-०-० - ६०,०००।- २०४३।११।५ राजीनामा
२ वेणीमाधव शर्मा गुल्मी, भुर्तुङ्ग ६ १७५, १८२, १८४, ५२५, ४७२, ४८१ र ५०० ११-१-२-२ २,५०,०००।- २०५२।२।१४ राजीनामा
जम्मा ३,१०,०००।–
मिति २०५२।१०।२९ देखि २०५८ साउनसम्म प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पदमा बहाल रहँदा प्राप्त गरेको तलब भत्ता विवरणः
क्र.सं. बहाल रहेको अवधि कार्यालय, पद मासिक तलब ग्रेड आम्दानी कैफियत
देखिसम्म(तलब भत्ता)
१ २०५२।१०।२९ २०५३।११।२८ सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव ३,२००।- ४३,०३४।- संसद्् सचिवालयबाट प्राप्त विवरण अनुसार
२ २०५३।११।२९ २०५४।३।३० ,, ,, ४,१००।- १६,४००।- ,,
३ २०५४।४।१ २०५४।६।३१ ,, ,, ५,०००।- १५,०००।- ,,
४ २०५४।७।१ २०५४।१०।३० ,, ,, ४,०००।- १६,०००।- ,,
५ २०५५।१।२ २०५६।१।३० प्रधानमन्त्रीको स्वकीय सचिव ६,१६०।- ८०,०८०।- रा.प.प्रथम श्रेणीसरह
६ २०५६।१२।९ २०५८ साउन ६ प्रधानमन्त्रीको स्वकीय सचिव ७,२३४।- १,१५,७४४।- विशिष्ट श्रेणीसरह
जम्मा २,८६,२५८।-
प्रतिवादी गोकर्ण पौडेलको भाइ करूणा पौडेलको आय (तलब भत्ता):
क्र.सं. बहाल रहेको अवधि कार्यालय, पद मासिक तलब ग्रेड आम्दानी कैफियत
देखिसम्म(तलब भत्ता)
१ २०५६।११।१ २०५८।४।२७ बुद्ध एयर प्रा.लि., सिनियर टेक्निसियन - १,३७,८८२।- बुद्ध एयरबाट प्राप्त भएको पत्रानुसार तलब भत्ता र अन्य सुविधासमेत
२ २०५८।४।२८ २०६०।४।२७ बुद्ध एयर प्रा.लि., ए.एम.ईं.- - ६,९६,५४६।- ,,
३ २०६०।४।२८ २०६२।३।३० बुद्ध एयर प्रा.लि., ए.एम.ईं. - - १४,५६,५७५।- ,,
जम्मा २२,९१,००३।-
प्रतिवादी गोकर्ण पौडेल र निजका भाइहरू, करूणा पौडेल तथा कृष्ण पौडेलले विभिन्न बैंकहरूबाट लिएको ऋण देहायबमोजिम रहेको देखिन्छ :
क्र.सं. विवरण मिति रकम रू. कैफियत
१ नेपाल एस.बि.आइ. बैंक दरबारमार्गबाट घर कर्जाबापत गोकर्ण पौडेलले लिएको रकम २०५९।९।२६ ९,७५,०००।-
२ स्टाण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वरबाट घर कर्जाबापत करूणा पौडेलले लिएको रकम २०५९।५।३ १२,००,०००।-
३ नेपाल बैंक लिमिटेड धर्मपथबाट घर कर्जाबापत करूणा पौडेलले लिएको रकम २०६२।१।२६ ७,५०,०००।-
४ कुमारी बैंक, पुतलीसडकबाट हायर पर्चेज कर्जाबापत कृष्ण पौडेलले लिएको रकम २०६१।७।१९ ५,००,०००।-
जम्मा ३४,२५,०००।-
प्रतिवादी गोकर्ण पौडेल र श्रीमती रीता पौडेलको नाममा हाल कायम रहेको सम्पत्ति :
क्र.सं. सम्बन्धित व्यक्ति सम्पत्तिको विवरण रकम (रू.) कैफियत
१ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.४ को कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ जग्गा मिति २०५९।४।९ मा खरिद ६,०५,५००/- (लिखत मूल्य) २९,०६,२५०।– (हालको मूल्याङ्कनअनुसार)
२ गोकर्ण पौडेल काठमाडौं, का.म.न.पा.४ को कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ जग्गामा २०६० सालमा निर्माण भएको घर २६,०३,०४२.०७/- घर निर्माण वर्षको लागत मूल्याङ्कनअनुसार
३ गोकर्ण पौडेल केयर इङ्गलिस बोर्डिङ्ग स्कुल प्रा.लि. गौशालाको सेयर खरिद २,७०,०००/-
४ गोकर्ण पौडेल ह्याम्स अस्पताल प्रा.लि. त्रिपुरेश्वरको सेयर खरिद १४,००,०००/-
५ गोकर्ण पौडेल
नेपाल इन्भेष्टमेन्ट बैंक पुतलीसडक को खाता नं. ०१२–१२३३७४० मा मौज्दात रकम२,४६७.४५/-
६ गोकर्ण पौडेल नेपाल एस.बि.आई. बैंक दरबारमार्गको बचत खाता नं. ३५२५ मा मौज्दात रकम १८,४३८.३०/-
७ रीता पौडेल हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. २८९०४० ‘जे’ मा मौज्दात रकम १,२९,२६६.५६/-
जम्मा ५०,२८,७१४.३८/-
प्रतिवादी गोकर्ण पौडेल सार्वजनिक पदमा रहँदा निजका बाबु, आमा र भाइहरूले गरेको सम्पत्ति आर्जनको विवरणः
क्र.सं. खर्च गर्नेको नाम विवरण जम्मा रकम रू. कैफियत
१ करूणा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ कि.नं. १२६१ क्षेत्रफल ०–०–१० जग्गा खरिद ५,०००।-
२ पवित्रा पौडेल रूपन्देही, सिद्धार्थनगर न.पा.–९ कि.नं. २१५८, क्षे.फ.०–०–१७ जग्गा र सोमा बनेको घर ५,९३,०००।- २०५४।१०।२२ मा वेणीमाधवले खरिद गरेको र ०५८।१।४ मा पत्नीको नाममा नामसारी भई गएको
३ कृष्ण पौडेल अनमोल क्याटरिङ सर्भिसमा सेयर लगानी २,००,०००।- २०५६ सालमा
४ कृष्ण पौडेल मारूती जेन गाडी खरिद ५,००,०००।- कुमारी बैंकबाट कर्जा लिएको
५ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.६४३ क्षे.फ.०–६–०–० जग्गा खरिद ३६,०००।- २०५९ सालमा हा.व.
६ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.६४३ क्षे.फ.०–६–०–० मा बनेको घर १५,९९,८१२।१४ २०६० सालमा
७ करूणा पौडेल मोटर साइकल खरिद गरेको ९०,०००।- २०५६।४।६ मा
८ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३३ क्षे.फ.०–२–२–० जग्गा खरिद ३,५०,०००।- २०६२।१।२६ मा राजीनामाबाट
९ करूणा पौडेल काठमाडौं गोठाटार गा.वि.स.–८ कि.नं.७३४ क्षे.फ.०–३–२–० जग्गा खरिद ७,००,०००।- २०६२।१।२६ मा राजीनामाबाट
६. प्रतिवादी र परिवारका सदस्यहरूको आयस्रोतको सम्बन्धमा देखिएका अपत्यारिला एवम् अस्वाभाविक पक्षहरूः
प्रतिवादी गोकर्ण पौडेलका बुबाको आयव्यय सम्बन्धमा :-
प्रतिवादी गोकर्ण पौडेलले विभिन्न मितिमा गरेका बैंक कारोबार र सम्पत्ति खरिदका सन्दर्भमा आफ्नो प्रमुख स्रोतको रूपमा आफ्ना बाबुको जग्गा जमिनबाट भएको आय, खच्चर व्यापारको आय र जग्गा बिक्रीको आय भनी उल्लेख गरेको देखिन आएकाले प्रमाण कागजातसमेतका आधारमा निज प्रतिवादीका बाबुको आय र सो आय लगानी भएको सम्पत्तिका सम्बन्धमा हेर्दा निज प्रतिवादी गोकर्ण पौडेलका बाबुको गुल्मी जिल्ला भुतुङ्ग–६ र ७ मा जम्मा २७–१४–३–१ रोपनी जग्गा रहेको देखिन्छ । निज प्रतिवादी गोकर्ण पौडेलको भनाइअनुसार निजका बाबुले २४ वटा खच्चरको साझेदारी र सट्टापट्टाको व्यापार गर्ने गरेको भन्ने रहेको छ । निजका २४ वटा खच्चर कहिलेदेखि कहिलेसम्म रहे र को–को व्यक्तिसँग साझेदारी चलेको थियो भनी दर्साउने कुनै वस्तुनिष्ठ प्रमाण निज प्रतिवादीले पेस गर्न सकेको पाइँदैन । यसबाट निज प्रतिवादीका बाबुको खच्चरको साझेदारी र सट्टापट्टाको व्यापार थियो र त्यसबाट आय आर्जन पनि हुन्थ्यो भनी पुष्टि गर्ने कुनै सबुद प्रमाण र आधार देखिन आएन । यसप्रकार निज प्रतिवादीको सो जग्गाबाट हुने सीमित आयदेखि बाहेकको अन्य आय हुने स्रोत देखिँदैन । त्यसो हुँदा निजका बाबुको आय–व्ययलाई निज प्रतिवादी गोकर्ण पौडेलले उल्लेख गरेबमोजिमको आम्दानीमा गणना गर्न मिल्ने देखिएन । सोबाहेक निज वेणीमाधव पौडेलले आफ्नो जीवनकालमा २०४३।१।१९ मा जिल्ला रूपन्देही, बुटवल नगरपालिका ८क मा कि.नं. १४३५ क्षेत्रफल ०–०–१० धुर जग्गामात्र रू. ७,०००।– मा खरिद गरेको देखिन्छ भने मिति २०४३।११।५ मा गुल्मीस्थित पैतृक सम्पत्तिमध्येबाट २–०–०–० रोपनी जग्गा रू.६०,०००।– मा बिक्री गरेको र त्यसपछि एकैपटक २०५२।२।१४ मा गुल्मीस्थित विभिन्न कित्ता जग्गा बिक्रीबापत रू.२,५०,०००।– आम्दानी गरेको देखिन्छ । सो अवधिपछि प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक सेवामा प्रवेश गरेपछि २०५४।१०।२२ मा जिल्ला रूपन्देही, सिद्धार्थनगर न.पा.–९ मा कि.नं. २१५८ क्षेत्रफल ०–०–१७ धुर जग्गा रू.८५,०००।– मा र घर रू.५,०८,०००।– मा खरिद गरेको
देखिन्छ । यस अवधिमा निज प्रतिवादीका बाबुको व्यापारिक कारोबार एवम् उल्लेखनीय बैंकिङ्ग कारोबारसमेत नभएको देखिँदा कुनै किसिमको अन्य उल्लेख्य आय भएको देखिँदैन । यसबाट निज वेणीमाधवको व्यापारिक र घरायसी आम्दानीले छोरा प्रतिवादी गोकर्ण पौडेलको आयमा सहयोग पुर्याउन सक्ने अवस्था पनि देखिन आएन । निज प्रतिवादीका पिताजीले २०५२।२।१४ मा आफ्नो पैतृक २८ रोपनी जग्गामध्ये ११–१–२–२ रोपनी जग्गा रू.२,५०,०००।– मा बिक्री गरेको देखिए तापनि उक्त जग्गा बिक्री गरेपछि रूपन्देहीको घर जग्गा खरिद गरिएको अवधिको बिचमा सोरकम तथा अन्य छिटपुट रकमसमेत लगानी गरी बढेबढाएको हुन सक्ने स्थिति देखिएको हुँदा रू.५,९३,०००।– मा खरिद गरिएको रूपन्देहीको उक्त घरजग्गा सोही बढेबढाएको रकमबाट खरिद गरेको हुन सक्ने देखिएको छ । सोबाहेक निज प्रतिवादी गोकर्णकी आमा पवित्रा पौडेलको भैरहवा स्थित बचत खाता नं. १९४३३–१९८ मा लामो अवधिदेखि जम्मा हुँदै आएको र कतिपय अवस्थामा निज प्रतिवादीका बाबु वेणीमाधव पौडेलको खाताबाट सर्दैआएको रकमसमेत देखिन आएको छ । सो मौज्दात रकम रू.१,८२,९६४।०४ देखिन्छ । सो बचत खातामा पटकपटक सामान्य अवस्थाका रकम जम्मा हुँदै गएको भए पनि त्यसबाट कुनै रकम ननिकालिएकोसमेत देखिँदा सोरकम निज वेणीमाधवको स्वाभाविक आम्दानीका रूपमा लिइएको छ । त्यसैगरी वेणीमाधव पौडेलको नामको रा.वा.बैंक गुल्मी (पूर्तिघाट शाखा) को १८६२/१७ को बचत खातामा रहेको रू.१६,४०५।६९ लाई निज वेणीमाधवकै आम्दानीको रूपमा मानिएको छ । निज प्रतिवादी गोकर्ण पौडेलले बयानको क्रममा पटकपटक उल्लेख गरेबमोजिम निजका पिताजीबाट सहयोग प्राप्त गरेको भनी भनेको भए पनि त्यस्तो सानोतिनो आम्दानीबाट निजलाई लाखौं लाखका रकम पटकपटक दिएको भन्ने व्यहोरा प्रष्ट हुन सक्ने अवस्था देखिएन । यसबाटसमेत निज प्रतिवादीको उपरोक्त भनाइ पुष्टि हुने आधार देखिएन ।
प्रतिवादी गोकर्ण पौडेलका भाइहरूको आय व्यय सम्बन्धमा :-
प्रतिवादी गोकर्ण पौडेलले घर निर्माण गर्दा डि.पि.सी. सम्म बनाउन र पटकपटक बैंक दाखिला भएका रकम भाइ करूणा र कृष्ण पौडेलसमेतको सहयोग भनी उल्लेख गरेको देखिएकाले निज प्रतिवादीका भाइहरूको आय र सो आयबाट निज गोकर्ण पौडेलले सहयोग प्राप्त गरेको हो होइन भन्ने सम्बन्धमा हेर्दा निज प्रतिवादी गोकर्ण पौडेलका माहिला भाइ करूणा पौडेल २०५० सालदेखि सेवा प्रवेश गरी हाल बुद्ध एयरमा ए.एम.ई.– पदमा कार्यरत् रहेका देखिन्छन् । निज प्रतिवादीले यस अवधिमा काठमाडौं गोठाटार गा.वि.स ८ मा कि.नं. ६४३, ७३३ र ७३४ गरी जम्मा क्षेत्रफल ०–१२–०–० जग्गा रू.१०,८६,०००।– मा आफ्नै नाममा खरिद गरेको तथा सोही स्थानमा रू.१५,९९,८१२।१४ को लागतमा घर निर्माण गरेको, रू.९०,०००।– मा मोटरसाइकल खरिद गरेको र निजका नाममा हालसम्म विभिन्न बैंकका खातामा रू.१,०३,२१३।९५ मौज्दात रहेको देखिन्छ । निज करूणा पौडेलसँग आयोगबाट लिइएको बयानमा निजले उक्त चल अचल सम्पत्ति आफ्नै तलब, भत्ता, सुविधा तथा बैंकबाट लिएको ऋणबाट आर्जन गरिएको हो भनी उल्लेख गरेको र प्राप्त प्रमाणबाट निजले बुद्ध एयरमा काम गरेबापत तलब भत्ता प्राप्त गरेको
देखियो । निजले मिति २०५९।५।३ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वरबाट रू.१२,००,०००।– र नेपाल बैंक लिमिटेडबाट मिति २०६२।१।२ मा जग्गा ऋणबापत रू.७,५०,०००।– ऋणसमेत लिएको देखिन्छ । सोआम्दानी र निजले गरेको खर्चका सम्बन्धमा यस आयोगमा बयान गर्दा दाजुसँग खासै लेनदेन भएको छैन, घर खर्च, दशैं खर्च, घरभाडा आदिका लागि रू.१२,०००।–देखि रू.१५,०००।– सम्म बेलाबेलामा सहयोग भएको छ भनी उल्लेख गरेको देखिएबाट निज प्रतिवादी गोकर्ण पौडेलले घर निर्माण कार्यमा भाइबाट प्राप्त सहयोग लगाएको भन्ने र बैंकमा रकम जम्मा गर्दाका अवस्थामा भाइ करूणाबाट प्राप्त गरेको रकमसमेत जम्मा गरेको भन्ने कुरा भाइ करूणाको बयानसमेतबाट पुष्टि हुन सकेको देखिएन । यसका साथै घर निर्माण गर्न र जग्गा किन्न बैंकबाट ऋण लिनुपर्ने अवस्था भएका भाइ करूणा पौडेलले दाजुका नाममा बैंकमा रकम जम्मा गर्न र घर निर्माण गर्न रकम दिएका होलान् भनी विश्वास गर्न सकिने कुनै आधार देखिएन ।
यसैगरी कान्छो भाइ कृष्ण पौडेलले अनमोल क्याटरिङबाट ल्याएको रकमसमेत मिलाएर मिति २०५७।७।२९ मा हिमालयन बैंकस्थित आफ्नो खातामा रू.१,००,०००।– नगदै जम्मा गरेको र सोही बैंकबाट मिति २०५८।११।२० मा झिकेको रू.२४,००,०००।– का सम्बन्धमा सो रकममध्ये रू.६,००,०००।– कान्छा भाइ कृष्णले सापटी लगेको भन्नेसमेत प्रतिवादी गोकर्ण पौडेलले आयोगसमक्ष बयानमा भनेको तर भाइ कृष्णले दाजुभाइबिचमा ४–५ हजारसम्मको मात्र सर सापटी हुने गरेको भनी आफ्नो बयानमा उल्लेख गरेको हुँदा भाइ कृष्ण पौडेलबाट रकम लिई नगदै बैंक दाखिला गरेको एवम् निज भाइलाई सापटी दिएको भन्ने प्रतिवादी गोकर्णको भनाइ विश्वसनीय तथा तथ्ययुक्त देखिएन । अतः निज प्रतिवादी गोकर्ण पौडेललाई निजका भाइले सहयोग गरेको भन्ने जिकिर पत्यारलायक देखिएन ।
प्रतिवादी गोकर्ण पौडेललाई क्याप्टेन कैलाश सिं सैहगल भन्ने व्यक्तिले दिएको भनिएको रकमका सम्बन्धमा :-
प्रतिवादी गोकर्ण पौडेलले आफ्नो नाममा रहेको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. ०२९९८१‘S’ मा विभिन्न मितिमा जम्मा भएका रकमहरूमध्ये रू.४८,००,०००।– दिल्ली निवासी क्याप्टेन कैलाश सिं सैहगलले ह्याम्स अस्पतालमा लगानी गर्ने प्रयोजनार्थ दिएको रकम हो भनी आयोगमा बयान गर्दाका क्रममा उल्लेख गरेको देखिन्छ । सो रकमको सम्बन्धमा सोधपुछ गर्दा निजले विश्वासका आधारमा दिएको भनी र कैलाश सिं सैहगलकै मान्छेमार्फत प्राप्त भएको हो भनी उल्लेख गरेको देखिन्छ । यसैगरी निज प्रतिवादीको नाममा रहेको रकम निजले हिमालयन बैंक महाराजगञ्जमा ट्रान्सफर गरी त्यसै बैंकमा २–२ वर्षसम्म मुद्दती खातामा जम्मा गरी मिति २०५८।५।२९ मा निकाली रू.३०,००,०००।– पत्नी रितादेवी पौडेलका नाममा मुद्दती खाता खोली जम्मा गरेको र आफ्नो नाममा बाँकी रहेको रकमको पुनः २ वर्षे मुद्दती खाता खोली अवधि पुगेपछि निकाली निज दातालाई नै फिर्ता गरेको भनिएको रकम के कुन माध्यमबाट फिर्ता गरेको हो सोसमेत स्पष्ट गर्न सकेको र सोको प्रमाण पेस गर्न सकेको देखिँदैन । साथै यदि निज प्रतिवादीको भनाइलाई मान्ने हो भने पनि सार्वजनिक पदमा रहेको व्यक्तिले यसप्रकार विदेशी नागरिकको तर्फबाट लगानी गर्न भनी रकम लिनु स्वयम्मा गैरकानूनी कार्य हो ।
अतः निज प्रतिवादी गोकर्ण पौडेललाई त्यति ठूलो परिमाणमा प्राप्त भएको भनिएको रकम २०५४ सालपछि सामान्य परिचय भएको व्यक्तिले बिना कुनै लिखत प्रमाण विश्वासको भरमा कुनै बैंक वा वित्तीय संस्थामार्फत पठाएको र फिर्ता भएकोसमेत नदेखिँदा कैलाश सिं सैहगलले पठाएको भन्ने निज प्रतिवादीको भनाइ आधारहिन देखियो ।
प्रतिवादी गोकर्ण पौडेललाई निजकी मामाकी छोरी लक्ष्मी शर्माले दिएको भनिएको रू.२०,००,०००।– का सम्बन्धमाः
प्रतिवादी गोकर्ण पौडेलले निजको नाममा हिमालयन बैंकमा मिति २०५६।५।७ मा रू.२०,००,०००।– को २ वर्षे मुद्दती खाता खोली २०५८।६।१४ मा अवधि पुगेपछि लक्ष्मी शर्माका पिताजी रविरमण शर्मालाई फिर्ता दिएको भनेको रकमका सन्दर्भमा हेर्दा निज प्रतिवादीको यस आयोगमा भएको बयानबाट निजको कान्छो मामा रविरमण शर्माकी छोरी लक्ष्मी शर्मा स्ट्याण्डर्ड चार्टर्ड बैंक, दुबईमा काम गर्ने गरेको भनी उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीको उक्त बयानलाई नै आधार मान्ने हो भने निज प्रतिवादीकी मामाकी छोरीले आफू स्वयम् बैंकमा कार्यरत् रहेका कारण पनि त्यति ठूलो परिमाणको रकम बैंकमार्फत नै पठाएको हुनु पर्नेमा सो गरेको देखिएन । साथै निज प्रतिवादीले उक्त रकम बैंकमार्फत आएको भनी उल्लेख गर्न सकेका छैनन् भने कुन व्यक्तिमार्फत पठाइएको हो सोसमेत बताउन सकेको देखिँदैन । त्यसरी अर्काले पठाएको भनिएको रकम निजले २/२ वर्षसम्म आफ्नै नाममा बैंकमा मुद्दती खातामा राख्नु पर्ने अवस्था नै आउँदैन । अतः निजको उक्त रकम लक्ष्मी शर्माकै हो भनी पत्यार गर्न सकिने अवस्था रहेन । साथै उक्त रकम बैंकबाट निकाली निज लक्ष्मी शर्माका पिता रविरमण शर्मालाई फिर्ता दिएको भनी उल्लेख गरेको कथन स्वयम्मा आधारहीन एवम् विरोधाभासपूर्ण छ ।
कोरिया जाने व्यक्तिहरूले रकम राख्न दिएको भन्ने सम्बन्धमा :
मिति २०५९।६।१६ र २०५९।७।७ समेतमा गरी रू.१२,००,०००।– लिलाप्रसाद श्रेष्ठ, अरूण पराजुली र विन्दु पौडेललाई कोरिया पठाउँदा उनीहरूले नै राख्न दिएको रकम फिर्ता दिएको भनी प्रतिवादीले बयान गरे पनि उक्त रकम लेनदेन गरेको ठोस प्रमाण निजले पेस गर्न नसकेको र सो रकमहरू निज प्रतिवादी गोकर्ण पौडेलकै नाममा चेक काटी झिकेकोसमेत देखिएकाले निजको उक्त कथन वस्तुनिष्ठ नदेखिनुका अतिरिक्त आधारहीन देखिन आएको छ ।
प्रतिवादी गोकर्ण पौडेलको आय व्यय विवरण सम्बन्धमाः
आरोपपत्रको तालिका नं. १९ मा उल्लेख भएको विवरणबाट प्रतिवादी गोकर्ण पौडेलको बैंक विवरणलाई हेर्दा २०५३।३।३१ देखि २०५३।१०।१७ सम्म नेपाल बङ्गलादेश बैंकमा रू.३,५७,०००।– जम्मा गरेकामा सो रकमबाट सो अवधिमा रू.५०,०००।– मात्र निकाली पुनः जम्मा गरेको देखिन्छ । २०५४।४।१ देखि २०५४।११।१५ सम्म रू.११,९०,०००।– उक्त बैंकमा जम्मा गरेकामा सो अवधिमा कुनै पनि रकम निकाली पुनः जम्मा गरेको देखिँदैन । नेपाल बङ्गलादेश बैंकको खातामा २०५५।१।७ देखि २०५५।१२।२५ मा रू.४२,००,०००।– जम्मा भएको देखिन्छ भने निजले बयानको क्रममा रू.७,५०,०००।– मात्र सो बैंकबाट निकाली पुनः जम्मा गरेको भनी उल्लेख गरेको
पाइन्छ । यसै गरी २०५६।१।७ देखि २०५६।३।१ सम्म नेपाल बङ्गलादेश बैंकमा रू.२०,५५,०००।– जम्मा गरेको देखिएको र सो अवधिमा निजले बैंकबाट रकम निकालेको पनि नदेखिएको तथा बयानको क्रममा यो यति निकाली पुनः जम्मा गरेँ भनेको पनि
देखिँदैन । यसरी नेपाल बङ्गलादेश बैंकमा जम्मा गरेको रकम रू.७८,०२,०००।– मध्ये रू.८,००,०००।– सोही बैंकबाट निकाली पुनः जम्मा गरेको र निजले सो अवधिमा पारिश्रमिकबापत प्राप्त गरेको रू.१,७०,५१४।– रकम जम्मा रू.७८,०२,०००।– बाट घटाई बाँकी हुन आउने रू.६८,३४,४८६।– मात्र देखिन्छ । नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा भएको रू. रू.६८,३४,४८६।– रकममध्ये मिति २०५६।४।२३ मा रू.५०,००,०००।– निकाली हिमालयन बैंक महाराजगञ्जको बचत खातामा २०५६।४।२४ मा ट्रान्सफर गरेको तथा सोबाट २०५६।४।२५ मा २ वर्षको लागि २०५८।४।२९ मा Matured हुने गरी मुद्दती खाता खोलेको देखिन्छ । उक्त मुद्दती खाता Matured भएपछि आरोपपत्रको तालिका नं. २० को क्र.सं. १ मा उल्लेख भएबमोजिम बेपत्ता पारेको देखिन्छ ।
यसैगरी २०५६।५।७ मा हिमालयन बैंक महाराजगञ्जमा प्रतिवादी गोकर्ण पौडेलको नाममा रू.२०,००,०००।– को मुद्दती खाता खोलिएको रकम निजले कान्छा मामाकी छोरी लक्ष्मी शर्माले दुबईबाट पठाएको बेग्लै रकम भनी बयानमा उल्लेख गरेको तथा सो अवधिमा निजले नेपाल बङ्गलादेश बैंकबाट जम्मा रू.५०,००,०००।– मात्र निकालेकामा सो ५०,००,०००।– मिति २०५६।४।२५ मा नै मिति २०५८।४।२९ मा Matured हुने गरी मुद्दती खातामा राखिसकेकाले सो रकम पुनः राख्न मिल्ने पनि नदेखिएको तथा निजको अन्य स्रोत पनि नदेखिएको र साथै निजले यो रकम रू.२०,००,०००।– Matured भएपछि मामाकी छोरी लक्ष्मी शर्माले भनेअनुसार निजका बाबु रविरमण शर्मालाई फिर्ता गरेको भनी आधारहीन व्यहोरा उल्लेख गरेको देखिएको समेतबाट सो रकम निजकै अवैध आर्जन देखिन आयो ।
निज प्रतिवादी गोकर्ण पौडेलको नाममा रहेको हिमालयन बैंक महाराजगञ्जको खाता नं. २६०९१०’J’ मा मिति २०५६।६।३ मा जम्मा भएको र १,००,०००।– र नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा मिति २०५९।६।२८ देखि २०५९।१२।११ सम्म जम्मा भएको रू.८,००,०००।–समेत जम्मा रू.९,००,०००।– रकम जम्मा गरेको सम्बन्धमा बयानको क्रममा २०५६।१०।११ मा नेपाल बङ्गलादेश बैंक पुतलीसडकबाट निकालेको रू.१,२०,०००।– सो बैंकमा पुनः जम्मा गरेको भनेको र सो अवधिमा सोबाहेक निजले बैंकबाट रकम निकालेको पनि नदेखिएको र नेपाल बङ्गलादेश बैंकबाट निकाली हिमालयन बैंकमा मुद्दती खाता खोलेको रू.५०,००,०००।– र सोही बैंकमा निजकै नाममा रहेको रू.२०,००,०००।– को मुद्दती खाता Matured पनि भएको नदेखिएको समेतबाट पुनः जम्मा गरेको उक्त रकम रू.१,२०,०००।– बाहेकको रू.७,८०,०००।– निज प्रतिवादीले अवैधरूपमा प्राप्त गरेको रकम जम्मा गरेको देखियो ।
यसैगरी प्रतिवादी गोकर्ण पौडेलको नाममा रहेको हिमालयन बैंक महाराजगञ्जको बचत खातामा मिति २०५७।४।५ मा रू.३०,००,०००।– मिति २०५७।७।२१ मा रू.२,००,०००।– र २०५७।७।२९ मा रू.१,००,०००।– जम्मा भएको सम्बन्धमा गर्दा निजको नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा २०५७।३।३१ भन्दाअगाडि विभिन्न मितिमा जम्मा भै बचत रहेको रकम रू.२९,९८,९०१।८४ मध्येबाट मिति २०५७।४।५ मा रू.२०,००,०००।– झिकी त्यसमा रू.१०,००,०००।– थप गरी हिमालयन बैंकमा रू.३०,००,०००।– जम्मा गरेको देखिन्छ । उक्त रू.२०,००,०००।– पटकपटक जम्मा भई हुन आएको स्रोत नखुलेको रकममध्येबाट झिकिएको देखिन्छ भने रू.१०,००,०००।– जम्मा गरी सो समयमा बैंकबाट रकम निकालेको पनि देखिँदैन र निजको अन्य वैधानिक आय स्रोत पनि नदेखिएकाले सो ३०,००,०००।– मध्ये रू.१०,००,०००।– को स्रोत पुष्टि हुने देखिएन । त्यस्तै गरी रू.२,००,०००।– र १,००,०००।– को रकम जम्मा भएको समयमासमेत निजले अन्य बैंकबाट निकालेको नदेखिनुका अतिरिक्त अन्य वैधानिक स्रोतसमेत नदेखिएकाले जम्मा भएका यी रकमहरूको स्रोत पुष्टि नहुने छुट्टै रकम हुन् । साथै मिति २०५७।६।३० मा निजको नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा भएको रू.५,००,०००।– को अन्य वैधानिक आयस्रोत पनि नदेखिएको र सो समयमा निजका नाममा रहेका बैंक खाताहरूबाट कुनै रकम पनि निकालेको नदेखिएकाले उपर्युक्त रकमहरू निज प्रतिवादीको अवैध आर्जनमध्येको रकम भएको र ती रकमहरू झिकी बेपत्ता बनाएकोसमेत तथ्यगतरूपमा स्पष्ट हुन आउँछ ।
प्रतिवादी गोकर्ण पौडेलको नाममा नेपाल बङ्गलादेश बैंक, पुतलीसडकको खातामा मिति २०५८।३।२५ र २०५८।४।५ मा जम्मा भएको क्रमशः रू.१०,००,०००।– र रू.५,००,०००।– को सन्दर्भमा हेर्दा निजले सो रकममाथि उल्लिखित रकम नै पुनः जम्मा गरेको हुन् कि भन्दा निजले यी रकम राजेन्द्रजी भन्नेले रू.१०,००,०००।– र कैलाश सिं सैहगल भन्नेले रू.५,००,०००।– माथि उल्लिखितभन्दा बेग्लै दिएको भनेको तथा निजको नामको बैंकको विवरण हेर्दा यी रकम जम्मा गर्नुपूर्व माथि मुद्दतीमा राखिएका भनिएका कुनै पनि रकम Matured भएको नदेखिएको र अन्य बचत खातामा जम्मा भएकामध्ये प्रस्तुत रू.१०,००,०००।– र रू.५,००,०००।– जम्मा गरेको मितिभन्दा पछाडि अर्थात् मिति २०५८।४।१५ मा रू.२,००,०००।–, २०५८।५।१३ मा रू.१,००,०००।–, २०५८।७।२४ मा रू.५०,०००।–, २०५८।९।२४ मा रू.४,००,०००।– निकालेको देखिएकाले यिनै रकम जम्मा भएको अवस्था पनि देखिएन ।
अतः बैंकमा गरिएको कारोबारको विश्लेषणबाट बैंकमा रकम जम्मा गर्ने आवश्यकताअनुसार बैंकबाट झिक्ने अन्य स्थानमा स्थानान्तरण गर्ने, विवादित हुन सक्ने जस्तो देखिएपछि लुकाउने छिपाउने वा बेपत्ता पार्ने कार्यहरू भएका छन् । यस्तो प्रकृतिका कसुरदारहरू मुलुकको प्रचलित कानून, विधि–व्यवहार, स्थानीय र राष्ट्रिय घटना, नीति नियम आदि विषयमा जानकार हुन सक्ने भएकाले आफूले गैरकानूनीरूपमा सङ्ग्रह गरेको सम्पत्ति आवश्यक पर्दा उपयोग गर्न पाउने सक्ने स्थानमा लुकाई–छिपाई राख्ने गर्दछन् । प्रस्तुत विवादमा आफूले गैरकानूनीरूपमा सङ्ग्रह गरेको बैंक मौज्दात झिकी बेपत्ता पार्न निज प्रतिवादी गोकर्ण पौडेलले आफ्नो क्षमता र ज्ञानको भरपुर उपयोग गरेको देखिएको छ ।
प्रतिवादी गोकर्ण पौडेलले विभिन्न बैंकमा मुद्दती खाता खोलेको सम्बन्धमा :
आरोपपत्रको तालिका नं. १९ को आयव्यय विवरणमा उल्लेख भएका रकमहरूमध्ये पटकपटक मुद्दती खाता खोली सो खाताबाट रकम झिकी बेपत्ता पारेको निम्न तालिकाबाट देखिन्छ ।
क्र.सं. मिति बैंकको नाम रकम बेपत्ता पारेका विवरण
१ २०५६।४।२३ नेपाल बङ्गलादेश बैंक, पुतलीसडक ५०,००,०००।- गोकर्ण पौडेलले सार्वजनिक पद धारण गरेपश्चात् मिति २०५२।१२।१३ देखि २०५६।४।२३ सम्म नेपाल बङ्गलादेश बैंकमा पटक पटक जम्मा भएका रकमहरू उक्त बैंकबाट निकाली २०५६।४।२५ मा हिमालयन बैंकमा ट्रान्सफर गरी सोही बैंकमा २०५६।४।२५ मा मुद्दती खाता खोलिएको देखिन्छ भने सो रकम २०५८।४।२९ मा अवधि पूरा (Matured) भएपछि निम्नानुसार निकाली बेपत्ता पारेको देखिन्छ: मिति २०५८।५।२८ मा रू.३० लाख पत्नी रीतादेवीको हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. २८९०४०j मा ट्रान्सफर गरेको, सोपछि उक्त रकम २०५९।६।१ मा रू.१५,००,०००।- कैलाश सिं सैहगललाई फिर्ता गरेको भन्ने निज गोकर्ण पौडेलको भनाइ रहेको, २०५९।६।७ मा रू.३,००,०००।- भाइलाई घर निर्माण गर्न दिएको भन्ने निज गोकर्ण पौडेलको बयान रहेको, २०५९।६।१६ र २०५९।७।७ मा रू.१२,००,०००।- लिलाप्रसाद श्रेष्ठ, अरूण पराजुली र विन्दु पौडेललाई कोरिया पठाउँदा दिएको भनी बयान गरे पनि उक्त सम्पूर्ण रकमहरू निज गोकर्ण पौडेलकै नाममा चेक काटी झिकेको देखिएकाले निजहरूलाई दिएको भन्ने पुष्टि हुँदैन । नभएकाले सो सबै रकम निज आफैँले बैंकबाट झिकी बेपत्ता पारेको देखिन्छ । साथै उक्त रू.५०,००,०००।- रकममध्ये बाँकी रू.२०,००,०००।-, २०५८।७।२७ मा पुनः मुद्दती खातामा राखी २०५९।७।२७ मा भुक्तानी अवधि पुग्नुभन्दा अगावै मिति २०५९।५।२७ मा सोही मुद्दती खाता धरौटी राखी ऋण लिई सो रकमसमेत बैंकबाट निकाली बेपत्ता पारेको ।
२ २०५८।६।१४ हिमालयन बैंक, महाराजगञ्ज २०,००,०००।- २०५६।५।७ मा हिमालयन बैंक महाराजगञ्जमा मुद्दती खातामा जम्मा भएको उक्त अवैध रकम मिति २०५८।६।१४ मा अवधि पूरा (Matured) भएपछि निकाली लक्ष्मी शर्माका पिताजी रविरमण शर्मालाई फिर्ता दिएको भनी बेपत्ता पारेको ।
३ २०५९।४।८ हिमालयन बैंक, महाराजगञ्ज ३०,००,०००।- २०५७।४।५ मा नेपाल बङ्गलादेश बैंकबाट झिकेको रकम रू.२०,००,०००।- र कैलाश सिं सैहगलले दिएको भनेको रू.१०,००,०००।-समेत गरी हिमालयन बैंकमा मुद्दती खाता खोली २०५९।४।८ मा भुक्तानी अवधि पुग्नुभन्दा अगावै मिति २०५८।११।२० मा सोही खाता धितो राखी ऋण लिई मुद्दती खाता Matured हुँदा हिसाब मिलान हुने गरी बेपत्ता पारेको ।
४ २०५८।७।२७ नेपाल बङ्गलादेश बैंक, पुतलीसडक २०,००,०००।- नेपाल बङ्गलादेश बैंकमा मिति २०५७।६।३०, मिति २०५८।३।२५ र मिति २०५८।४।५ मा जम्मा भएको रकम रू.२०,००,०००।- मिति २०५८।७।२७ मा मुद्दती खातामा ट्रान्सफर गरी मिति २०५९।७।२७ मा Matured हुनेमा सो अवधिभन्दा अगावै २०५९।६।१ मा निकाली कैलाश सिं सैहगल भन्ने व्यक्तिलाई फिर्ता दिएको भनी बेपत्ता पारेको देखिएको ।
मुद्दती खाताको जम्मा रकम १,२०,००,०००।-
७. स्रोत खुलेको सम्पत्तिको तालिका र विश्लेषण :
प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पदमा प्रवेश गरेपछि आर्जन गरेका स्रोत खुलेका सम्पत्तिको विवरण र विश्लेषण निम्नबमोजिम उल्लेख गरिएको छ ।
क्र.सं. विवरण रकम (रू.) कैफियत
१ मिति २०६० मा गोकर्ण पौडेलले काठमाडौं का.म.न.पा.–४ कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ मा घर बनाएको घर ९,७५,०००/-
२ मिति २०५२।१०।२९ देखि २०५३।११।२९ सम्म गोकर्ण पौडेलले तत्कालीन सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको रूपमा प्राप्त गरेको पारिश्रमिक ५९,४३४/-
३ मिति २०५४।४।१ देखि २०५४।१०।३० सम्म गोकर्ण पौडेलले तत्कालीन सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको रूपमा प्राप्त गरेको पारिश्रमिक ३१,०००/-
४ मिति २०५५।१।२ देखि २०५६।१।३० सम्म गोकर्ण पौडेलले तत्कालीन प्रधानमन्त्रीको स्वकीय सचिवको रूपमा प्राप्त गरेको पारिश्रमिक ८०,०८०/-
५मिति २०५६।१२।९ देखि २०५८।४।६ सम्म गोकर्ण पौडेलले तत्कालीन प्रधानमन्त्रीको स्वकीय सचिवको रूपमा प्राप्त गरेको पारिश्रमिक१,१५,७४४/-
स्रोत खुलेका सम्पत्तिको विश्लेषण :
१) आरोपपत्रको तालिका नं. २१ को क्र.सं. १ मा उल्लेख भएको का.म.न.पा. ४ मा घर निर्माण गर्दा लागेको रकम रू.९,७५,०००।– को स्रोत उल्लेख गर्ने क्रममा प्रतिवादी गोकर्ण पौडेलले सो रकम घर बनाउने प्रयोजनका लागि नेपाल एस.बि.आई. बैंक दरबारमार्गबाट ऋण लिएको हो भनी बयान गरेको र प्राप्त कागजातबाट निजले सो अवधिमा बैंकबाट ऋण लिएको भन्ने कुरासमेत पुष्टि हुन आएको हुँदा सोही रकमबाट निजले आफ्नो घर निर्माण गरेकोसमेत देखिएको हुँदा निजको घर निर्माणमा परेको कूल लागत रू.२६,०३,०४२।०७ मध्ये उक्त रू.९,७५,०००।– स्रोत खुलेको सम्पत्तिमा गणना गरिएकाले उक्त घर निर्माणको लागतमध्ये उक्त रू.९,७५,०००।– बराबरको सम्पत्तिलाई मागदाबीमा लिइएको छैन ।
(२) आरोपपत्रको तालिका नं. २१ को क्र.सं. २ देखि ५ सम्म उल्लेख भएको रकमको हकमा हेर्दा प्रतिवादी गोकर्ण पौडेलले मिति २०५२।१०।२९ देखि मिति २०५३।११।२९ सम्म र मिति २०५४।४।१ देखि मिति २०५४।१०।३० सम्म तत्कालीन सांसद गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको रूपमा काम गरी प्राप्त गरेको पारिश्रमिक क्रमशः रू.५९,४३४।– र रू.३१,०००।– प्राप्त गरेको देखिन्छ । त्यसैगरी निजले मिति २०५५।१।२ देखि २०५६।१।३० सम्म रू.८०,०८०।– र पुनः मिति २०५६।१२।९ देखि मिति २०५८।४।६ सम्म २ पटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको हैसियतले काम गरी पारिश्रमिक प्राप्त गरेको देखिन आएको हुँदा उक्त रकमको स्रोत पुष्टि भएकाले सो रकमलाई मागदाबीमा लिइएको छैन । त्यसैगरी माथि उल्लेख भएका जम्मा रकम रू.२,८६,२५८।– निज प्रतिवादी गोकर्ण पौडेलको श्रीमती रीता पौडेलका नाममा हिमालयन बैंक लि. महाराजगञ्जमा रहेको बचत खाता नं. २८९०४०’J’ मा मौज्दात रहेको रू.१,२९,२६६।५६ समेत देखिएको हुँदा उक्त रकमलाई मागदाबीमा लिइएको छैन ।
८. स्रोत नखुलेको सम्पत्तिको तालिका र विश्लेषण :
प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पदमा प्रवेश गरेपछि आर्जन गरेका स्रोत नखुलेका सम्पत्तिको विवरण र विश्लेषण निम्नबमोजिम उल्लेख गरिएको छ ।
क्र.सं. विवरण रकम (रू.) कैफियत
१ मिति २०५२।१०।२९ देखि २०५३।१०।१७ सम्म गोकर्ण पौडेलको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा भएको नगद रकम २,८६,३६६/-
२ मिति २०५४।४।१ देखि २०५४।११।१५ सम्म गोकर्ण पौडेलको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा भएको नगद रकम ११,२०,२००/-
३ मिति २०५५।१।२ देखि २०५५।१२।१५ सम्म गोकर्ण पौडेलको हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. 260910’J’ र नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा भएको नगद रकम ३३,६९,९२०/-
४ मिति २०५६।१।७ देखि २०५६।३।१ सम्म गोकर्ण पौडेलको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा भएको नगद रकम २०,५५,०००/-
५ मिति २०५६।५।७ मा गोकर्ण पौडेलले हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. 260910’J मा जम्मा गरेको रकम २०,००,०००/-
६ मिति २०५६।६।३ देखि २०५६।१२।१ सम्म गोकर्ण पौडेलको हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. 260910’J र नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा भएको नगद रकम ७,८०,८००/-
७ मिति २०५६।१२।९ देखि २०५७।७।२९ सम्म गोकर्ण पौडेलको हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. 260910’J र नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा भएको नगद रकम १६,८४,२५६/-
८ गोकर्ण पौडेलले मिति २०५५।११।१७ मा ह्याम्स हस्पिटलमा गरेको रू.१४,००,०००।– को सेयर लगानी र केयर इङ्लिस बोर्डिङ स्कुलमा २०५७ सालमा गरेको लगानी रू.२,७०,०००।– समेतको जम्मा १६,७०,०००/-
९ मिति २०५७।९।२५ देखि २०५८।९।२४ सम्म गोकर्ण पौडेलले हिमालयन बैंक महाराजगञ्जको बचत खाता नं. 260910’J र नेपाल बङ्गलादेश बैंक पुतलीसडकको बचत खाता नं. 29981’S’ मा जम्मा गरेको रकम १५,००,०००/-
१० मिति २०५९।४।९ मा काठमाडौं गोकर्ण पौडेलको नाममा काठमाडौं का.म.न.पा.–४ कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ को लिखत मूल्य रू.६,०५,०००।– को जग्गा खरिद २९,०६,२५०/-
११ २०६० सालमा काठमाडौं का.म.न.पा.–४ कि.नं. ४७ क्षेत्रफल ०–९–२–३ को जग्गामा गोकर्ण पौडेलले बनाएको घरको हालको मूल्य १६,२८,०४२.०७/-
१२ मिति २०५३।४।१७ देखि २०५९।२।३ सम्म गोकर्ण पौडेलले नेपाल बङ्गलादेश बैंक पुतलीसडकस्थित खातामा स्रोत नखुलेको सम्पत्ति जम्मा गरी सोमध्ये विभिन्न मितिमा रकमहरू झिकी हिमालयन बैंक महाराजगञ्जको बचत खातामा आफ्नो नामको बचत तथा मुद्दती खातामा जम्मा गरी सो रकमबाट मिति २०५५।५।८ देखि २०६०।४।२१ सम्ममा ब्याज आर्जन गरी बढे बढाएको खुद ब्याज रकम १६,३०,८८२.४६/-
१३ गोकर्ण पौडेलको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक पुतलीसडकको बचत खाता नं. ०१२–१२३३७४० मा हाल मौज्दात रहेको रू.२,४६७।४५ र नेपाल एस.बि.आई. बैंक दरबारमार्गमा रहेको बचत खाता नं. ३५२५ मा हाल मौज्दात रहेको रू.१८,४३८।३०समेत जम्मा -२०,९०५.७५/- यो रकम माथि उल्लेख गरिएका बैंकका रकममा समावेश भैसकेकाले यसलाई छुट्टै जम्मामा समावेश गरिरहनु नपर्ने । जफत गर्ने प्रयोजनका लागिमात्र यो रकमलाई तालिकामा देखाइएको छ ।
जम्मा २,०६,३०,९१६.५३
प्रतिवादी गोकर्ण पौडेलको स्रोत नखुलेको सम्पत्तिको विश्लेषण :
(१) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. १ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलको नाममा नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा रहेको बचत खाता नं. 29981’S’ मा २०५२।१२।१३ देखि २०५३।१०।१७ सम्म जम्मा भएको रू.३,५७,०००।– को स्रोत स्पष्ट गर्ने क्रममा निज प्रतिवादीले गिरिजाप्रसाद कोइराला सांसद हुँदा आफूले निजको स्वकीय सचिवको रूपमा कार्य गरेकाले सो अवधिमा प्राप्त गरेको पारिश्रमिक तथा आफ्ना पिताले पटकपटक पठाएको स्वआर्जित रकम हो भनी उल्लेख गरेको देखिन्छ । निजले उल्लेख गरेअनुसार निजको आयतर्फ हेर्दा निजले सो अवधिमा प्राप्त गरेको तलब रू.२०,६३४।– र सोही बैंकबाट सोही अवधिमा रू.५०,०००।– निकालेको (पछि सो रकम सोही बैंकमा पुनः जम्मा गरेको) बाहेक निजका पिताजीले निजलाई पटकपटक दिएको रकम जम्मा गरेको भन्ने भनाइका हकमा निज प्रतिवादीका पिताजीको अन्य कुनै उल्लेख्य विशेष आय भएको भन्ने पनि पुष्टि हुन सकेको
पाइएन । निजका पिताजीले मिति २०५२।२।१४ मा बेचेको पैतृक जग्गा र निजको आयका सम्बन्धमासमेत यसअघि नै बेग्लै विश्लेषण गरी सकिएकाले उक्त बैंकमा जम्मा गरिएकोमध्ये निजको पारिश्रमिकबाहेक अन्य रकमको स्रोत पुष्टि हुन नसकेको हुँदा गैरकानूनीरूपमा आर्जित उक्त रकम बैंकमा तत्काल जम्मा गरी पछि उक्त रकम रू.२,८६,३६६।– बैंकबाट निकाली बेपत्ता पारेको हुँदा निजका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(२) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. २ मा उल्लिखित निज प्रतिवादी गोकर्ण पौडेलले मिति २०५४।४।१, २०५४।६।१२, २०५४।७।१३, २०५४।७।२५, २०५४।१०।१३, २०५४।११।५ र २०५४।११।१५ मा निजको नाममा रहेको नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा रहेको खाता नं. 29981’S’ मा जम्मा गरेको रकम रू.११,९०,०००।– को स्रोतका सम्बन्धमा निजले आफ्नो पारिश्रमिक, पिताजीले दिएको सापटी फिर्ता, गुल्मीको जग्गा बिक्री र पिताजीको स्वआर्जन भनी उल्लेख गरेको देखिन्छ । उक्त स्रोतमध्ये तत्कालको अवधिमा निजको पिताजीको कहीँबाट आय आर्जन भएको नदेखिएको र निजले सो रकम प्राप्त गर्न सक्ने अवस्था (पिताजीको सम्बन्धमा माथि बेग्लै उल्लेख गरेको विश्लेषणबाट समेत) पनि सम्भव देखिँदैन । अतः निजको सो जम्मा गरेको रकममध्ये उक्त अवधिको पारिश्रमिक आय रू.६९,८००।– घटाउँदा बाँकी रहेको रू.११,२०,२००।– उक्त बैंकमा तत्काल जम्मा गरेको स्रोत पुष्टि नभएको र सो रकम पछि उक्त बैंकबाट झिकी बेपत्ता पारेको हुँदा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(३) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ३ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलले निजको नाममा रहेको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको सोही खाता नं. 29981’S’ मा २०५५।१।७, २०५५।१।२२, २०५५।२।२७, २०५५।४।१०, २०५५।४।१९, २०५५।५।११, २०५५।८।२२, २०५५।४।१०, २०५५।११।१६, २०५५।१२।९, २०५५।१२।१४ र २०५५।१२।२५ मा जम्मा गरेको रकम रू.४२,००,०००।– को स्रोत उल्लेख गर्ने क्रममा आफ्नो पारिश्रमिक, माइलो भाइ करूणा पौडेलको पारिश्रमिक, पिताजीको खच्चर व्यापारको आय र गुल्मीको जग्गा बिक्रीको आय तथा मिति २०५५।४।७ मा शम्भु कार्कीसमेतलाई दिएको रू.५,००,०००।– सापटी रकम फिर्ता भएपछि बैंकमा जम्मा गरेको भनी उल्लेख गरेको देखिन्छ । निजको उपर्युक्त स्रोततर्फ हेर्दा निजले सो अवधिमा पारिश्रमिकबापत रू.८०,०८०।– प्राप्त गरेको देखिन्छ । सोही अवधिमा रू.७,५०,०००।– बैंकबाट निकालेको रकमलाई निजले साथी शम्भु कार्कीसमेतलाई सापटी दिन झिकेको हो भनी उल्लेख गरेकोसमेत देखिन्छ । सोबाहेक भाइ करूणाको पारिश्रमिकका हकमा निजका भाइले बयानको क्रममा दाजु गोकर्णसँग सामान्य १२–१५ हजारको घरायसी कारोबारबाहेक अरू आर्थिक कारोबार नगरेको भनी उल्लेख गरेको र निज भाइ करूणाको आय–व्ययको सम्बन्धमा बेग्लै विश्लेषण गरिएकाले निज प्रतिवादी गोकर्ण पौडेलले आयको स्रोतको रूपमा भाइ र पिताजीबाट प्राप्त गरेको भनी उल्लेख गरेको तर सोको आधार प्रमाण भने केही पनि प्रस्तुत नभएको हुँदा सो रकमलाई आयको रूपमा मान्न मिल्ने देखिएन । अतः निजको उक्त बैंकमा जम्मा गरेको रकममध्ये निजले प्राप्त गरेको पारिश्रमिक रू.८०,०८०।– र निजले बैंकबाट निकालेर पुनः जम्मा गरेको उक्त रू.७,५०,०००।– रकम घटाउँदा बाँकी रहन गएको रकम रू.३३,६९,९२०।– को स्रोत पुष्टि भएको नदेखिँदा र सो रकम पछि बैंकबाट झिकी बेपत्ता पारेको हुँदा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(४) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ४ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलले २०५६।१।७, २०५६।१।१३, २०५६।१।२१, २०५६।२।१२, २०५६।२।२४ र २०५६।३।१ मा निजको नाममा रहेको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको सोही खाता नं. 29981’S’ मा जम्मा गरेको रू.२०,५५,०००।– को स्रोत उल्लेख गर्दा निजले पिताजीको स्वआर्जनको रकम र ह्याम्स अस्पतालमा लगानी गर्न भारतीय नागरिक कैलाश सिं सैहगलले पटकपटक दिएको रकम जम्मा गरेको हो भनेका छन् । निजको उक्त भनाइतर्फ हेर्दा निजले उल्लेख गरेको भारतीय नागरिकले निजलाई सो रकम दिएको हो भनी प्रमाणित गर्ने कुनै पनि कागजात पेस गरेको देखिँदैन । निजको भनाइसमेतबाट कुनै बैंक वा वित्तीय कारोबार गर्ने निकायमार्फत पनि सो रकम आदान प्रदान नगरिएको र लिखत कागज आदि कुनै आधार प्रमाण पनि नभएको अवस्थामा एउटा विदेशी नागरिकले विश्वासको भरमा त्यति ठूलो परिमाणको रकम निजलाई दिएका होलान् भनी विश्वास गर्न सकिने अवस्था देखिएन । साथै उक्त बैंकमा जम्मा गरेको रकमको अवधिमा निजको कुनै उल्लेख्य आय भएकोसमेत नदेखिएकाले स्रोत पुष्टि नभएको उक्त रकम रू.२०,५५,०००।– पछि मिति २०५६।४।२३ मा र २०५७।४।५ समेतमा सो बैंकबाट झिकी बेपत्ता पारेको हुँदा उक्त रकमलाई निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
यसै गरी मिति २०५६।४।२४ मा प्रतिवादी गोकर्ण पौडेलको नाममा रहेको हिमालयन बैंक महाराजगञ्जको खाता नं. 260910’J’ मा जम्मा हुन आएको रू.५०,००,०००।– को स्रोत उल्लेख गर्दा निजले उक्त रकम निजको नेपाल बङ्गलादेश बैंक पुतलीसडकको खाता नं. 29981’S’ बाट २०५६।४।२३ मा चेकबाट निकाली यस बैंकमा ट्रान्सफर गरेको रकम हो भनी उल्लेख गरेको
देखिन्छ । उक्त रकमको २०५६।४।२५ मा सोही हिमालयन बैंकमा मुद्दती खाता खोलिएको र २०५८।४।९ मा अवधि पूरा (Matured) भएपछि पुनः सोही बचत खातामा फर्किएको थियो भनी बयान व्यहोरामा उल्लेख गरेको पाइन्छ । निजले उल्लेख गरेको उक्त स्रोततर्फ हेर्दा सो रकम माथि बुँदा नं. (१), (२) र (३) मा विश्लेषण गर्दा उल्लेख भएका स्रोत पुष्टि नभएको नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा भएको रकम नै मिति २०५६।४।२४ मा बैंकबाट निकाली ट्रान्सफर गरेको देखिएको हुँदा यो रकमका सम्बन्धमा माथि विभिन्न कलममा नै विश्लेषण गरी दाबी गरिसकिएकाले यसमा छुट्टै व्याख्या गरी मागदाबी लिइएको छैन ।
(५) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ५ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलले मिति २०५६।५।७ मा निजको नाममा हिमालयन बैंक महाराजगञ्जमा रहेको सोही खाता नं. 260910’J’ मा जम्मा भएको रू.२०,००,०००।– को स्रोत उल्लेख गर्दा उक्त रकम निजको कान्छा मामाकी छोरी लक्ष्मी शर्मा भन्ने व्यक्तिको रकम जम्मा हुन आएको हो भनी उल्लेख गरेको पाइन्छ । तर उक्त रकम २०५६।५।७ मा सोही बैंकमा निज प्रतिवादी गोकर्ण पौडेलले आफ्नो नाममा मुद्दती खाता खोली राखेको र मिति २०५८।६।१४ मा अवधि पूरा (Matured) भएपछि निकालेको देखिन्छ । सो रकम निकालेको प्रसङ्गमा निजले निज लक्ष्मी शर्माका बाबु रविरमण शर्मालाई फिर्ता दिएको हो भनी बयान गरेको देखिन्छ । निज लक्ष्मी शर्मा दुबईमा Standard Chartered Bank मा काम गर्ने व्यक्ति हुन् भनी निजले उल्लेख गरेको पनि देखिन्छ । त्यसरी विदेशी बैंकमा काम गर्ने व्यक्तिले त्यहाँ काम गरी कमाएको रकम बैंकमार्फत पठाउन सक्ने विश्वासिलो एवम् भरपर्दो अवस्था छँदाछँदै त्यसो नगरी कुनै व्यक्तिमार्फत नगदै पठाएको भन्ने कुरा एकातिर पत्यारलायक देखिँदैन भने अर्कोतर्फ यदि कसैले त्यति ठूलो परिमाणको रकम साथमा बोकी ल्याएको भए सो रकम एयरपोर्टमा इमिग्रेसन डिक्लियर गरेको हुनुपर्नेमा सोसमेतको केही प्रमाण पेस गर्न नसकेको अवस्था देखिन्छ भने उक्त सो रकम निज प्रतिवादी गोकर्ण पौडेलको खातामा नगदै जम्मा भएको बैंक स्टेटमेन्टबाट देखिन्छ । त्यतिमात्र होइन, सो रकम निजले लक्ष्मी शर्माका बाबुलाई दिएको भन्ने भनाइसमेत रहेको भए पनि सो रकम निजले पाउने बित्तिकै निज लक्ष्मी शर्माका बाबु भनिएका व्यक्ति रविरमण शर्मालाई तत्काल फिर्ता नगरी २ वर्षसम्म आफ्नै नाममा मुद्दती खाता खोली राखी सो अवधि पूरा (Matured) भएपछि पनि पुनः निजकै बचत खातामा जम्मा गरी केही अवधि बितेपछि मात्र निकालेको देखिँदा निजको सो कथन आधारहीन एवम् अविश्वसनीय देखिन आयो । यसप्रकार निज प्रतिवादी गोकर्ण पौडेलको नाममा जम्मा भएको तर स्रोत पुष्टि नभएको उक्त रकम पछि बैंकबाट झिकी बेपत्ता पारेको देखिएकाले निजका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(६) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ६ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलको नाममा २०५६।६।३ मा हिमालयन बैंक महाराजगञ्जको खातामा जम्मा भएको रू.१,००,०००।– र नेपाल बङ्गलादेश बैंक पुतलीसडकको खातामा २०५६।६।२८, २०५६।८।१ र ०५६।१२।११ मा जम्मा भएको रू.८,००,०००।– को स्रोत उल्लेख गर्दा निजले कान्छी फुपुको छोरा अरूण पराजुलीको रू.३,५०,०००।–, कान्छो बुबाको छोरा बिन्दु पौडेलको र सापटी लगेको रकम फिर्ता भएपछि आफ्नो पारिश्रमिकसमेत थप गरी जम्मा गरेको भनी उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीको सो अवधिसम्मको आयतर्फ हेर्दा निजले त्यतिबेलासम्म प्राप्त गरेको पारिश्रमिक माथि बुँदा नं. ५ सम्ममा विश्लेषण गरिसकिएको हुँदा सापटी प्रयोजनको लागि निकालिएको भनिएको रकममध्ये मिति २०५६।१।११ मा रू.१,२०,०००।– नेपाल बङ्गलादेश बैंकबाट निकालेको देखिन्छ । सोबाहेक यस अवधिमा निजको अन्य उल्लेख्य आय नदेखिएको र निजका फुपूको छोरा र कान्छो बाबुको छोराले निजलाई दिएको भनिएको रकमसम्बन्धमा स्पष्ट प्रमाणसमेत पेस गर्न नसकेको अवस्थामा निजको नाममा जम्मा भएका उपरोक्त रकम रू.९,००,०००।– मध्ये स्रोत पुष्टी नभएको रकम रू.१,२०,०००।– बैंकबाट झिकी पुनः जम्मा गरेको हुनसक्ने भएकाले सो रकम घटाउँदा बचत हुन जाने रू.७,८०,०००।– कोसमेत स्रोत पुष्टि भएको नदेखिएको र सो रकम पनि पछि बैंकबाट झिकी बेपत्ता पारेको हुँदा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(७) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ७ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलको नाममा रहेको हिमालयन बैंकको बचत खाता नं. 260910’J’ मा मिति ०५७।४।५ मा रू.३०,००,०००।–, मिति २०५७।७।२१ र २०५७।७।२९ मा जम्मा रू.३,००,०००।–, निजकै नामको नेपाल बङ्गलादेश बैंक, पुतलीसडकको खातामा मिति ०५७।६।३० मा रू.५,००,०००।– जम्मा भएको रकमको स्रोतका सम्बन्धमा निजले आफ्नो बयानमा मिति २०५७।४।५ को हिमालयन बैंकको रू.३०,००,०००।– को हकमा सोही मितिमा नेपाल बङ्गलादेश बैंकको आफ्नै नामको खाताबाट झिकेको रू.२०,००,०००।– र भारतीय नागरिक कैलाश सिं सैहगलले दिएको रू.१०,००,०००।–समेत थपी जम्मा गरेको, हिमालयन बैंकमा मिति २०५७।७।२१ र २०५७।७।२९ मा जम्मा भएको रकमको स्रोतका सम्बन्धमा आफ्नो पारिश्रमिक र सापटी दिन बैंकबाट झिकेको रकम नै पुनः दाखिला गरेको हो र नेपाल बङ्गलादेश बैंकमा जम्मा भएको रू.५,००,०००।– को हकमा उक्त रकम मेरो साझेदार गोपालप्रसाद श्रेष्ठका भाइ लिलाप्रसाद श्रेष्ठको हो भनी उल्लेख गरेको देखिन्छ । निजको बयानमा उल्लिखित उपर्युक्त स्रोत पुष्ट्याइँका आधारहरूलाई हेर्दा निजले मिति २०५७।४।५ मा नेपाल बङ्गलादेश बैंकबाट निकालेको रू.२०,००,०००।– का सम्बन्धमा माथि बुँदा नं. (१) देखि (६) सम्ममा उल्लिखित स्रोत विश्लेषणबाट वैधानिक स्रोत पुष्टि हुन नसकेको रकम झिकेको देखिन्छ भने निजले मिति ०५६।१२।९ देखि ०५८।३।३० सम्म रू.१,१५,७४४।– पारिश्रमिक प्राप्त गरेको देखिन्छ । अतः उपर्युक्तबमोजिम निजले जम्मा गरेको रकममा कैलाश सिं सैहगलले निजलाई दिएको, तथा निजको साझेदारको भाइ भनी उनाउ व्यक्तिले खातामा जम्मा गरेको भनिएको रकम र सो अवधिमा निजले सापटी दिने प्रयोजनका लागि बैंकबाट निकालेको हो भनी बयानमा उल्लेख गरे तापनि उक्त व्यहोरा बैंक स्टेटमेन्टबाट नदेखिएको हुँदा निजको नाममा जम्मा भएका रकममध्ये रू.२०,००,०००।– का हकमा माथिका बुँदा नं. (१) देखि (६) सम्म उल्लेख भई सो रकम जम्मा गर्दाकै अवस्थामा वैधानिक स्रोत पुष्टि भएको नदेखिएको भनी दाबीमा लिइसकिएकाले अब बाँकी हुन आउने रू.१६,८४,२५६।– को पनि कानूनी स्रोत पुष्टि भएको नदेखिँदा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(८) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ८ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलले २०५७।११।१७ मा हयाम्स अस्पतालको सेयर खरिद गर्दा लगानी गरेको रू.१४,००,०००।– र २०५७ सालमा केयर इङ्गलिस बोर्डिङ्ग स्कुलको सेयर खरिद गर्दा लगानी गरेको रू.२,७०,०००।– को आय स्रोत उल्लेख गर्ने सिलसिलामा निजले हयाम्स अस्पतालको सेयरमा भएको लगानी भारतीय नागरिक कैलाश सिं सैहगलले दिएको रकमबाट भएको तथा केयर इङ्गलिस बोर्डिङ्ग स्कुलको लगानीमा आफ्नो पारिश्रमिक, सापटी र पिताजीको आम्दानीबाट खरिद गरेको हो भनी उल्लेख गरेको देखिन्छ । निजले उल्लेख गरेको उपर्युक्त स्रोत पुष्ट्याइँको आधार प्रमाणसमेत हेर्दा निजको सो अवधिसम्मको पारिश्रमिक र अन्य आयका बारेमा माथि बुँदा नं. (१) देखि (७) सम्ममा उल्लेख भइसकेको छ र निजले सो अवधिमा बैंकबाट कुनै पनि रकम निकालेको नदेखिनुका अतिरिक्त आफ्नो बयानसमेतमा निजले बैंकबाट रकम निकाली उक्त सेयर खरिद गरेको भनी उल्लेख गरेको देखिन
आएन । अतः निजले कैलाश सिं सैहगलबाट प्राप्त गरेको भनेको रकमलाई बैधानिकरूपमा पुष्टि गर्ने आधारसमेत नभएको अवस्थामा उक्त दुवै संस्थाको उक्त सेयर खरिदको रकम रू.१६,७०,०००।– को वैधानिक आय स्रोत पुष्टि भएको नदेखिँदा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरिपाउन मागदाबीमा लिइएको छ ।
(९) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ९ मा उल्लिखित नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा रहेको प्रतिवादी गोकर्ण पौडेलको खातामा मिति २०५८।३।२५ मा जम्मा हुन आएको रू.१०,००,०००।– को आयस्रोत उल्लेख गर्ने क्रममा निजले आफ्नो बयानमा राजेन्द्रजी भन्ने व्यक्तिले राख्न दिएको, निजसँगको कारोबारको कुनै कागज प्रमाण नभएको र निजको रकम निजैलाई विभिन्न मितिमा फिर्तासमेत दिएको भनी उल्लेख गरेको देखिन्छ । निजको उक्त भनाइलाई हेर्दा राजेन्द्रजी भन्ने उनाउ व्यक्तिले राख्न दिएको र निजैलाई फिर्ता गरेको भनेको सन्दर्भमा सोको प्रयोजनसहितको वैधानिक कारोबारको कुनै पनि प्रस्तुत प्रमाण नभएको तथा निज उनाउ व्यक्तिको नाम थर ठेगानासमेत पनि उल्लेख नभएको र निजले के कुन वित्तीय संस्थामार्फत उक्त रकम पठाएको हो भन्ने पनिसमेत खुल्न सकेको
पाइँदैन । साथै निज गोकर्ण पौडेलले उक्त रकम फिर्ता गर्दा सम्बन्धित व्यक्तिलाई नै चेकमार्फत फिर्ता गरेको नभई आफ्नै नाममा मिति २०५८।५।१३, २०५८।६।१, २०५८।७।२४ र २०५८।९।२४ मा रू.६,००,०००।– निकालेको देखिएको र सो रकम बेपत्ता पारेको तथा बाँकी रू.४,००,०००।– का सम्बन्धमा निजले मिति २०५८।७।२७ मा रू.२०,००,०००।– को सोही बैंकमा मुद्दती खाता खोलेकोसमेत देखिँदा उक्त रकम सोही खातामा समावेश भएको हुन सक्ने देखिन आएको र सो रकम पछि निकाली बेपत्ता पारेको देखिँदा उक्त रकम रू.१०,००,०००।– लाई निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरिपाउन मागदाबीमा लिइएको छ ।
यसै गरी मिति २०५८।४।५ मा सोही नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा गरेको रू.५,००,०००।– को आयस्रोत उल्लेख गर्दा उक्त रकम ह्याम्स अस्पतालमा लगानी गर्न भनी भारतीय नागरिक कैलाश सिं सैहगलले पठाएको रकम जम्मा गरेको हो भनी निज प्रतिवादी गोकर्ण पौडेलले बयानको क्रममा व्यक्त गरेको भन्नेसम्बन्धमा अध्ययन गरी हेर्दा निज कैलाश सिं सैहगल भन्ने भारतीय नागरिकले बिनाआधार रकम दिएका होलान् भनी भन्न सकिने अवस्था नदेखिएकाले उक्त रकमसमेत मिति २०५७।७।२७ मा नेपाल बङ्गलादेश बैंकमा रू.२०,००,०००।– को मुद्दती खाता खोल्दा प्रयोग गरेको र सो मुद्दती रकमलाई मिति २०५९।७।२७ मा अवधि पुग्नु (Matured) अघि नै मिति २०५९।६।१ मा निकालेको पाइन्छ । सो रकम निजै कैलाश सिं सैहगललाई फिर्ता गरेको भन्ने निज प्रतिवादीले बयान गरेको भए तापनि निजलाई फिर्ता गरेको भन्ने कुनै तथ्ययुक्त आधार प्रमाण देखाउन नसकी बेपत्ता पारेको हुँदा उक्त मिति २०५८।३।२५ मा नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा जम्मा गरेको रू.१०,००,०००।– र मिति २०५८।४।५ मा सोही बैंकमा जम्मा गरेको रू.५,००,०००।– समेत जम्मा रू.१५,००,०००।– को वैधानिक आयस्रोत पुष्टि भएको नदेखिएको र पछि सबै रकम बेपत्ता पारेको हुँदा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(१०) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. १० मा उल्लिखित मिति २०५९।४।९ मा का.म.न.पा.४ कि.नं. ४७ क्षे.फ. ०–९–२–३ को जग्गाको लिखत मूल्य रू.६,०५,०००।– राखी सो जग्गा खरिद गर्दाको स्रोत स्पष्ट गर्ने क्रममा निज प्रतिवादी गोकर्ण पौडेलले बयानमा आफ्नो पारिश्रमिक र पिताजीको सहयोग भनी उल्लेख गरेको देखिन्छ । सो सन्दर्भलाई हेर्दा निजका पिताजीको २०५८।८।१३ मा नै देहावसान भै सकेको र पिताजीको आयस्रोतका सम्बन्धमा माथि बेग्लै बिश्लेषणसमेत प्रस्तुत गरी सकेको हुँदा निजलाई पिताजीबाट भएको भनिएको उक्त आर्थिक सहयोगको आधार पुष्टि हुन सक्दैन । यसरी निजले घडेरी खरिद गर्दाको अवस्थामा कुनै किसिमको पारिश्रमिक प्राप्त गरेको नदेखिएको, सोभन्दा पहिले प्राप्त गरेको पारिश्रमिक माथिका विभिन्न बैंक दाखिला भई सोही अवधिमा बैंकबाट निकाली खर्च गरी बचत भएकोसमेत नदेखिएकाले निजले लिखत अङ्क रू.६,०५,०००।– उल्लेख गरेको तर हाल मूल्य रू.२९,०६,२५०।– पर्ने उक्त जग्गा खरिद गर्दा भएको लगानीको स्रोत पुष्टि हुन आएको नदेखिँदा सो रकम निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(११) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. ११ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलले मिति २०५९।८।११ मा नक्सा पास गरी मिति २०६१।८।३० मा रू.२६,०३,०४२।०७ को लागतमा निर्माण सम्पन्न गरेको घरको लगानीको स्रोत स्पष्ट गर्दा निजलाई पिताजीले दिएमध्येको बचत, माइला भाइ करूणाले घरको डि.पि.सि. गर्ने कार्यसम्ममा गरेको सहयोग रकम र बाँकी नेपाल एस.बि.आइ. बैंकबाट लिएको ऋण रू.९,७५,०००।– नै हो भनी बयानको क्रममा उल्लेख गरेको देखिन्छ । निजको उपर्युक्त स्रोत पुष्टिका आधारलाई हेर्दा निजको पारिश्रमिकसमेतका आय तथा विभिन्न समयमा विभिन्न गैरकानूनी आयसमेत मिसाई पटकपटक बैंकमा जम्मा गरी सोपछि तिनै रकमबाट मुद्दती खाता खोली परिपक्व भइ नसकेकाले उक्त अवधिमा निजको तलब भत्ता बाट घर निर्माण गर्न सक्ने अवस्था देखिएन । निजको बाबुको निधन पनि २ वर्षअघि नै भैसकेको र माथिका विभिन्न बुँदाहरूमा उल्लेख गरेका आधार कारणहरूबाट २ वर्षअघि परलोक भइसकेका निजका पिताजीको सहयोग रहेको भन्ने कुरा स्वयम्मा आधारहीन देखिन्छ । साथै भाइ करूणाले आफ्ना दाजु गोकर्णसँग दशैं खर्च, घर खर्च तथा घरभाडा आदिका लागि रू.१२,०००।– देखि रू.१५,०००।– सम्मको सरसहयोगबाहेक अरू कुनै लेनदेन नभएको भन्नेसमेत आयोगसमक्ष बयानका क्रममा उल्लेख गरेको हुँदा निजले घरको डि.पि.सि. सम्म निर्माण गर्न रकम खर्च गरेको भन्ने कुराको तथ्य पूर्णरूपमा पुष्टि हुन आएन । अतः निजले घर निर्माण गर्न नेपाल एस.बि.आइ. बैंकबाट लिएको कर्जा रू.९,७५,०००।– घटाउँदा बाँकी रहन गएको रू.१६,२८,०४२।०७ को कानूनी आयस्रोत पुष्टि भएको नदेखिँदा सो रकमलाई निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(१२) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. १२ मा उल्लिखित प्रतिवादी गोकर्ण पौडेलले हिमालयन बैंक महाराजगञ्जमा मिति २०५८।४।२९ मा परिपक्व (Matured) हुने गरी मिति २०५६।४।२५ मा रू.५०,००,०००।– जम्मा गरेको, त्यसैगरी मिति २०५८।६।१४ मा परिपक्व हुने गरी मिति २०५६।५।७ मा रू.२०,००,०००।– जम्मा गरेको र मिति २०५९।४।८ मा परिपक्व हुने गरी मिति २०५७।४।५ मा रू.३०,००,०००।– जम्मा गरेको रकमको वैधानिक आयस्रोत पुष्टि हुन नआएको र उक्त रकमहरू मुद्दती खाता खोली सोबाट बढे बढाएको ब्याज रकमसमेत अवैध रूपमा नै आय आर्जन भएको देखिन आयो । अतः उक्त स्रोत नखुलेको रकम जम्मा गरी प्राप्त भएको ब्याज रकममध्ये कर कट्टा गरी खुद प्राप्त रू.१६,३०,०८८।४६ समेत पछि बैंकबाट झिकी बेपत्ता पारेको हुँदा सो रकमसमेत असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
(१३) आरोपपत्रको तालिका नं. २२ को क्र.सं. १३ मा उल्लिखित निज प्रतिवादी गोकर्ण पौडेलले मिति २०६१।३।२१ मा खोलेको नेपाल इन्भेष्टमेन्ट बैंक पुतलीसडकको बचत खाता नं. ०१२–१२३३७४० मा हाल मौज्दात रहेको रू.२,४६७।४५ र मिति २०५९।१०।३ मा निजकै नाममा नेपाल एस.बि.आईं. बैंक दरबारमार्गमा खोलेको बचत खाता नं. ३५२५ मा हाल मौज्दात रहेको रू.१८,४३८।३०समेत गरी जम्मा रू.२०,९०५।७५ निजले पटक पटक हिमालयन बैंक महाराजगञ्ज शाखा र नेपाल बङ्गलादेश बैंक पुतलीसडक शाखाबाट निकाली उपरोक्त बैंकहरूमा खाता खोलेको देखिन्छ । अतः उक्त रकम स्रोत नखुलेको आर्जनमध्येबाट जम्मा गरेको देखिँदा सो रकमसमेत असुलउपर गरी पाउन मागदाबीमा लिइएको छ ।
९. अभियोग र मागदाबी :-
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव पदमा कार्यरत् रहँदा प्रतिवादी गोकर्ण पौडेलले भ्रष्टाचार गरी उच्चस्तरको जीवनयापन गरेको भनी विभिन्न स्रोतबाट प्राप्त हुन आएको जानकारी र उजुरीका आधारमा गरिएको अनुसन्धानबाट निज २०५२।१०।२९ मा सार्वजनिक पदमा नियुक्त भएपछि आफ्नो तथा आफ्ना परिवारका सदस्यका नाममा विभिन्न चलअचल सम्पत्ति आर्जन र भोग गरेको देखिन्छ । आरोपपत्रको विभिन्न तालिकाहरूमा उल्लेख भएअनुसार निज प्रतिवादी गोकर्ण पौडेलले सार्वजनिक पदमा प्रवेश गरेपछि गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्तिमध्ये चल सम्पत्तितर्फ निजको आफ्नै नाममा विभिन्न बैंकमा रहेको खातामा विभिन्न मितिमा जम्मा भएका रकममध्ये हाल मौज्दात रहेको रू.२०,९०५।७५, ह्याम्स अस्पताल र केयर इङ्गलिस बोर्डिङ स्कुलको सेयर खरिद गरेको रू.१६,७०,०००।– तथा अचल सम्पत्तितर्फ काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ४ मा हाल रकम रू.२९,०६,२५०।– पर्ने क्षेत्रफल ०–९–२–३ रोपनी जग्गा खरिद एवम् सोही जग्गामा घर निर्माण गर्दाको लागत रकम रू.२६,०३,०४२।०७ मध्ये नेपाल एस.बि.आई. बैंकबाट लिएको ऋण रू.९,७५,०००।– कट्टा गरी बाँकी हुन आउने रकम रू.१६,२८,०४२।०७ र निजले विभिन्न बैंकमा जम्मा गरी बेपत्ता पारेको रकम रू.१,४४,०५,७१८।७१समेत गरी जम्मा रू.२,०६,३०,९१६।५३ बराबरको सम्पत्ति निज प्रतिवादीले गैरकानूनीरूपमा आर्जन गरेको देखिन आयो ।
भ्रष्टाचार जस्तो श्वेतग्रिवी अपराध (White Collar Crime) को विशिष्ट प्रकृति र यसको समष्टिगत दुष्प्रभावसमेतलाई दृष्टिगत गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले अनुमानित कसुरसम्बन्धी व्यवस्था गरेको र ऐ. ऐनको दफा १६ग. ले जफतसम्बन्धी र दफा ३, दफा १० र दफा ७(१) ले दण्डसम्बन्धी व्यवस्थासमेत गरेको परिप्रेक्ष्यमा तिनै कानूनी व्यवस्थाहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यले लागू गरिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्तिको विवरण अमिल्दो र अस्वाभाविक देखिन आएमा वा मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीनवस्तरयापन गरेमा सो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको प्रमाण प्रतिवादी स्वयम्ले पुर्याउनुपर्ने र यसरी प्रमाण पुर्याउन नसकेमा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको मानिने कानूनी व्यवस्था छ । उपरोक्त कानूनी व्यवस्थाहरूको कसीमा प्रतिवादी गोकर्ण पौडेलले आफ्नो नाममा घर–जग्गा खरिद/निर्माण गर्ने र कल्पना गर्नै नसकिने अस्वाभाविक किसिमका ठूला परिमाणका रकमहरू बैंकमा जम्मा गर्दा उनाउ व्यक्तिबाट प्राप्त गरी पछि निजै उनाउ व्यक्तिलाई फिर्ता गरेको भनी विभिन्न बैंकमा देखिएका अपत्यारिला ठूला परिमाणका रकम बेपत्ता पारेकोसमेत जम्मा रू. २,०६,३०,९१६।५३ बराबरको चलअचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनीरूपमा आर्जन गरेको उल्लिखित आधार प्रमाणबाट पुष्टि हुन आएको र निजको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा ७(१), दफा १० र दफा १५ तथा त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुर देखिन आएकाले निज प्रतिवादी गोकर्ण पौडेललाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा ७(१), दफा १०, दफा १५ र दफा १६ग. हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद र जरिवाना गरी पाउन मागदाबी लिइएको छ । भ्रष्टाचार गरी आर्जन गरेको बिगो रू.२,०६,३०,९१६।५३ मध्ये निज प्रतिवादीका नाममा कायम रहेका घर, जग्गा, सेयर र बैंक मौज्दात रकम चल/अचल सम्पत्तिको हुने रू.६२,२५,१९७।८२) समेतको सम्पत्ति जफत गरी विभिन्न बैंकमा जम्मा गरी ती बैंकहरूबाट झिकी हाल बेपत्ता पारिएको रू.१,४४,०५,७१८।७१ रकमका हकमा निज प्रतिवादीका अन्य वैध सम्पत्तिबाट वा सोबाट असुल हुन नसके प्रचलित कानूनबमोजिम असुलउपर गरी उक्त जम्मा रू.२,०६,३०,९१६।५३ मूल्य बराबरको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख.बमोजिम जफत गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र ।
१०. प्रतिवादी गोकर्ण पौड्यालले विशेष अदालतमा गरेको बयान :
मेरो घरमा ८ जनाको परिवार छ । म राजनीति र समाजसेवाको काम गर्दछु । दाजुभाइ ३ जनामध्ये म जेठो २०५५।१।२ देखि प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्वकीय सचिव ( नेपाल सरकारको सह–सचिव सरह) पदमा नियुक्ति पाई २०५६ जेठसम्म कार्यरत् रहें । २०५६।१२।९ गते पुनः गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भएपछि स्वकीय सचिव पदमा (नेपाल सरकारको विशिष्ट श्रेणीसरह) नियुक्ति पाई २०५८ साउन ६ गतेसम्म सोही पदमा कार्यरत्
थिएँ । सोबाहेक अरू कुनै सार्वजनिक पद धारण गरेको छैन । आरोपपत्रको तालिका नं. ३ र ४ मा उल्लिखित घर जग्गा मेरो पैतृक सम्पत्ति हो । जि.रूपन्देही सिद्धार्थनगर न.पा. ९ ख कि.नं. १२६१ क्षे.फ.०–०–१० जग्गा म सार्वजनिक पदमा बहाल हुनुपूर्व मेरो जेठो मामा विष्णुदत्त शर्माले मेरो माइलो भाइ करूणा पौडेललाई दानबकस दिएको हो । ऐ कि.नं. २१५८ को क्षे.फ. ०–०–१७ जग्गा मेरो पिताजीले २०४३ सालतिरदेखि गुल्मीमा रहँदा खच्चरको ढुवानी जग्गा किनबेच कारोबार र समाजमा पैसाको लर लगानीको काम गरि प्राप्त आम्दानीमध्ये मलाई बेला बखत केही पैसा दिने गर्नु भएको र सो मध्ये वचेको केही पैसा मैले बचत गरिराखेको र आरोपपत्रको तालिका नं.४ र ५ को जग्गा टेक व. छन्तेललाई रू.३,००,०००।– मा र क्र.सं. ५ को जग्गा अर्जुन पौडेललाई रू.६,००,०००।– मा बिक्री गर्दा प्राप्त भएकोमध्ये मलाई पढाई बाँकी भएको पैसा र मैले माथि लेखाएबमोजिम बचाएको पैसाबाट २०५४ साल माघ २२ मा खरिद गरेको
हो । करूणा पौडेल नाउँको जि. काठमाडौं गोठाटार ८ कि.नं. ६४३ क्षे.फ.०–६–०–० जग्गा भाइ करूणा पौडेलको नाउँमा हालैको बकसपत्रबाट आएको हो । सो जग्गामा बनाएको घर भाइ करूणा पौड्याल आफैँले तलब भत्ता स्ट्याण्डर्ड चार्टर्ड बैंक, बानेश्वर शाखाबाट Home Loan लिई निर्माण गरेका हुन् । भाइ करूणा पौडेलका नाउँको जिल्ला काठमाडौं गोठाटार–८ कि.नं. ७३३ र ७३४ को क्षे.फ.क्रमश ०–२–२–० र ०–३–२–० जग्गा ने.बै.लि.धर्मपथ शाखाबाट Land Loan लिई करूणा पौडेल आफैँले खरिद गरेका
हुन् । मेरा नाउँको जि. काठमाडौं का.म.न.पा. ४ कि.नं. ४७ क्षे.फ.०–९–२–३ जग्गा र सोमा बनेको घर म सार्वजनिक पदमा रहनुपूर्व मेरा पिताजीले मैले माथि उल्लेख गरेअनुसारको खच्चर व्यवसाय र अन्य लर लगानीबाट आएको आम्दानी पिताजीले मलाई दिएपछि आफ्नै खाता (नेपाल बङ्गलादेश बैंक पुतलीसडक शाखा) मा पटक पटक गरिराखेको र मेरा भाइ करूणा पौडेलले नेकोन एयर प्रा.लि.मा काम गर्दा प्राप्त पारिश्रमिक भत्ता एवम् मेरी श्रीमती रिता पौडेलले शिक्षिका भै आर्जन गरेको पारिश्रमिकसमेत सोही खातामा जम्मा गरिएको थियो । त्यस्तै म नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सभापति गिरिजा प्र.कोइरालाको निजी सचिवको रूपमा काम गर्दा प्राप्त पारिश्रमिकसमेत सोही खातामा पटकपटक गरी जम्मा गरेको थियो । सोही रकम निकाली २०५९।४।९ मा उक्त जग्गा खरिद गरी नेपाल एस.बि.आइ बैंक लिमिटेडबाट Home Loan रू.९,७५,०००।– लिई र माथि उल्लिखित घर परिवारको पारिश्रमिक र पिताजीले दिएको केहि रकम लगाएर घर निर्माण गरिएको हो । उक्त पैसाले घर निर्माण पूरा नभएकाले करिब रू.२,००,०००।– जतिको सामान किस्ताबन्दीमा भुक्तानी गर्ने गरि सापटी लिएको थिएँ । मेरा नाउँको एस.बि.आई.बैंक पुतलीसडकमा रहेको खाता नं. ०१२–१२३३७४० को खाता मैले माथि लेखाएबमोजिम खच्चर ढुवानीबाट आउने मेरो भागको (साझेदारी भएकाले) रकमबाट ०६२।२।२९ मा ATM सुविधाका लागि खोलेको
हो । मेरो नाउँको S.B.I. Bank दरबार मार्गको व.हि.नं. ३५२५ को खाता Home Loan को खाता हो । उक्त खातामा रहेको रकम मैले माथि उल्लेख गरेको खच्चरको आम्दानी, र लगानी र भैरहवास्थित घरको भाडा ल्याई मासिक किस्ता तिर्नका लागि जम्मा गरेको हो । Home Loan बापत मासिक रू.१२,२५०।– बैंकलाई बुझाउन राखेको हो । बाँकी रू.५,०००।– नियमानुसार खाताको निरन्तरताको लागि राखेको
हो । रिता पौड्यालका नाउँको हिमालयन बैंकको खाता उनी शिक्षिका हुँदा गरेको बचत र टिकाटालाबापत प्राप्त आम्दानीले उनी आफैँले खोलेकी हुन् । सेयरको हकमा सि.नं. १ को Care English Boarding School Pvt. Ltd. गौशालाको सेयर २०५४ सालदेखि सुरू देखिए पनि उक्त School का प्रिन्सिपलले मबाट लिएको ६०,०००।– र अन्य रकम म, मेरी पत्नी, भाइ करूणाको पारिश्रमिक र पिताजी बिरामी भै काठमाडौं आउँदा जाँदा दिइएको रकमबाट २०५७ पुस २८ गतेसम्म पटकपटक गरी लगानी गरिएको हो । अनमोल क्याटरिङ्ग सर्भिस काठमाडौंको हकमा कान्छा भाइ कृष्ण पौडेललाई पिताजीले दिएको रू.२,००,०००।– लगानी गरी २०५६ सालमा सुरू गरिएको र हालसम्म कान्छा भाइ सोही सर्भिसमा कार्यरत् छन् । ह्याम्स हस्पिटल प्रा.लि. त्रिपुरेश्वरको सेयर सम्बन्धमा भारतीय मुलका समाजसेवी तथा व्यापारी कैलाश सिं संगैलले मेरो आफ्नो कानूनी प्रक्रिया पूरा नहुन्जेल मेरा नामको सेयर मेरा मित्र गोकर्णको नाममा पछि मेरो नाममा नामसारी हुने गरी गरिदिनु भनेपछि मेरा नाउँमा
राखियो । ह्याम्स व्यवस्थापनले आयुर्वेदिक विभाग नराख्ने जनाएकाले कैलाशले आफूले सेयर खरिद नगर्ने जनाउ दिएपछि ह्याम्सले सेयरमा तपाईंको नाम राखिएकाले तपाई नै लिनुस् पछिसम्म चुक्ता गरे हुन्छ भनेकाले मैले मेरा टाढाका नातेदार बागलुङ हुग्दिशिर घरभै बुटवलमा व्यापार गरी बस्ने पशुपति पौडेलसँग कुरा गरेँ । निजको छोराले पनि हस्पिटल बनाउन खोजेको छ, त्यसो हुनाले पछि मेरो छोरा चुन्न पौडेलका नाउँमा सर्ने गरी पैसा दिन्छु, तपाईकै नाममा राखिदिनु भनी रूपैयाँ दिएका हुन् । पछि चुन्न पौडेलले बुटवलमा आफ्नो हस्पिटल (बुटवल नर्सिङ्ग होम) खोल्ने निर्णय गरेपछि मलाई सेयर बेची पैसा दिनु भनेकाले मैले आफ्नो बैंक खाताको पैसा दिई उक्त सेयर हालसम्म मेरो नाममा रहेको हो । भाइ करूणा पौडेलका नाउँको बैंक मौज्दात निज २०५१ सालदेखि हालसम्म नेकोन एयर र बुद्ध एयरमा काम गर्ने कर्मचारी भई उनको आफ्नो तलब भत्ता र सुविधाबाट जम्मा गरेको हुन् । कृष्ण पौडेल नाउँको खातामा सङ्कलित रकम निजले अनमोल क्याटरिङ्ग सर्भिस सञ्चालन गरी प्राप्त आम्दानीबाट जम्मा गरेका हुन् । कुमारी बैंक पुतली सडकको चल्ती नं. ०१०१५२४ । ०१४२२४०१ को खाता गाडीको Loan Account हो । सि.नं. ८ को पवित्रा पौडेलका नाउँको खाता पिता वेणी माधवले आफ्नै नाउँमा खोल्नु भएको र बुबाको मृत्युपछि आमा पवित्राको नाउँमा खाता खोलिएको हो । पिताको नाउँको खाता पिताको स्वआर्जनकै सम्पत्तिबाट खोलिएको हो र हालसम्म पनि पिताकै नाउँमा छ । उक्त गहनाको आयस्रोत सम्बन्धमा विवाहमा घर र माइतीतर्फबाट पाएका र केटाकेटीले पास्नीमा उपहारस्वरूप पाएको हुन् । विद्युतीय उपकरणको मूल्य वास्तविक नभै अत्यधिक गरिएको छ । बा ९ प १५८ नं. को मोटरसाइकल माइला भाइ करूणा पौडेलले आफ्नै आयस्रोतबाट खरिद गरी प्रयोग गरेका छन् । बा ३ च ९२८१ नं. को मारूती जेन गाडी कान्छा भाइ कृष्णले कुमारी बैंक पुतलीसडकबाट कर्जा लिएर आफ्नै नाउँमा खरिद गरी प्रयोग गरेका छन् । म सार्वजनिक पदमा ०५५।१।२ देखि प्र.म.को स्वकीय सचिव भई प्रति महिना रू. ६,१६०।– तलब, दशैँ खर्च, १ वर्षको ३० दिन घरबिदाको हुने तलब ०५६।१।१४ सम्म लिइरहे । त्यस्तै स्वकीय सचिवको हकमा ०५६।१२।९ देखि नियुक्त भै ०५८।४।६ सम्म सुरूको ४ महिना प्रतिमहिना रू.७,२३४।– र त्यसपछि ०५७।४।१ बाट रू.१३,०००।– लगभग मासिक तलब, दशैं खर्च बिदाको रकमसमेत मेरो आयस्रोत थियो । ०५७ साउन १ देखि ०५८ साउन ६ गतेसम्मको बढ तलब गणना गरिएको छैन । घर निर्माणको लागि खर्च रू. २६,०३,०४२।०७ भनिएकामा रू.१७ लाखमात्र भएको हो । उक्त मुल्याङ्कन मैले Home Loan लिएको S.B.I. Bank को कन्सल्टेन्टले पनि गरेको
छ । क्र.सं. १ को हकमा हालको मूल्य भनी कैफियत जनाइएको रू.२९,०६,२५०।– पनि झुट्ठा हो । लिखत मूल्यअनुसार मैले खरिद गरेको हुँ । म सार्वजनिक पदमा प्रवेश गरेपछिको आय व्यय विवरणमा ०५२।१०।२९ देखि ०५३।४।३० सम्मको गिरिजा प्र.कोइरालाको स्वीकय सचिव भएबापतको आम्दानी रू.२०,६३४।– गलत हो । उक्त समयमा म संसदीय मन्त्रालयमा सांसद गिरिजा प्र. को स्वकीय सचिव नभै ने.का. केन्द्रीय सदस्य र सभापतिको स्वकीय सचिव भै पार्टी कार्यालयमा बसी प्रतिमहिना रू. ५५००।– का दरले ०५१ मङ्सिरदेखि ०५५ चैतसम्म रू. १,५७,४००।– र दुई महिनाको दशै खर्च रू.११,०००।–गरी जम्मा रू.१,६८,४००।– प्राप्त गरेको हुँ । सोही क्र.सं. मा उल्लिखित मेरा नाउँको N.B. Bank Ltd. पुतलीसडक को व.हि.नं. २९९८१ मा जम्मा रहेको रकम मेरो श्रीमती प्रा.वि. शिक्षिका भै काम गर्दा प्रतिमहिना रू. ३५००।– का दरले प्राप्त रकम र भाइ करूणाले नेकोन एयर प्रा.लि.मा २०५१ भदौबाट जुनियर टेक्निसियनका रूपमा कार्य गर्दा प्रतिमहिना रू.१०,२००।– का दरले हुने रकमबाट ०५२।१२।१३ को रू.३८०००।– (अठ्तीस हजार) ०५३।४।१७ को रू.४०,०००।– ०५३।४।२२ मा मेरा मित्र मधु पन्थीलाई सापटी दिएको रू.५०,०००।– फिर्ता आएपछि भाइ करूणाले नेकोन एयरबाट प्राप्त गरेको रकमसमेत गरी रू.८०,०००।– बैंकमा राखिएको हो ।०५३।५।१ देखि ०५४।१०।३० सम्म सांसद गिरिजाको स्वकीय सचिव भै प्राप्त गरेको भनी देखाएको रू.६९,८००।– झुट्ठा हो । ०५४।१०।१३ को रू. ३,००,०००।– पिताजीले आफ्नो पुरानो व्यवसायबाट प्राप्त रकम लगेर लगानी गरेको, पछि उठ्ती भएकाले मेरो नाममा एकमुष्ट राखेको हो । ०५४।११।५ को रू.१,००,०००।– ,०५४ साउनदेखि भाइ करूणा र श्रीमती रिताको दशै खर्च र पारिश्रमिकबाट जम्मा गरिएको हो । ०५४।११।१५ को रू.६,००,०००।– पिताजीले वर्षौंदेखि खच्चर ढुवानी र जग्गा किनबेचबाट प्राप्त गरी ब्याजमा लगानी गरेको रकम हो । ०५५।१।२ देखि ०५६।२।१ सम्ममा मासिक रू.६१६१।– पारिश्रमिक पाउने गरी नियुक्ति पाई जम्मा १३ महिनाको र दशै खर्चसमेत जम्मा रू.८६,२६४।– प्राप्त गरेकामा रू.८०,०८०।– मात्र देखाएको ठिक छैन । ०५५।१।७ को रू.७,००,०००।– कोसम्बन्धमा उक्त रकम पिताजीले गरेको खच्चर ढुवानीबाट प्राप्त गरी मलाई एकमुष्ट दिएको रकम
हो । ०५५।१।२२ को रू.२,००,०००।– म, श्रीमती र भाइले प्राप्त गरेको सुविधाबाट प्राप्त भई जम्मा गरेको
हो । ०५५।२।२७ को रू.१,००,०००।– श्रीमती रीताले टिकाटालोबाट लिएको रकम ढुकुटी खेली जम्मा गरेको हो । ०५५।४।७ मा झिकेको रू.५,००,०००।– मेरा मित्र शम्भु कार्कीलाई सापटी दिने प्रयोजनार्थ हो । ०५५।४।१९ मा उक्त रकम फिर्ता आएपछि पिताजीले लगेर लगानी गरेको उठ्ती रू.३,००,०००।– समेत जम्मा रू.८,००,०००।– जम्मा गरिएको
हो । ०५५।४।१० को रू.२,००,०००।– ०५५।१।१ देखि भाडामा लागेको भैरहवाको घरभाडा प्रतिमहिना रू.२,९००।– का दरले ४ महिनाको भाडा, मेरो र श्रीमतीसमेतको तलब मिलाई राखिएको हो । ०५५।५।११ मा हिमालयन बैंक महाराजगञ्जमा रहेको रू.२,००,०००।–, म र श्रीमतीको तलब र भाइ करूणाको मेन्टिनेन्स भत्तासमेतबाट बचत भएको हो । ०५५।८।१३ मा झिकेको रू.२,५०,०००।–भित्र मधुपन्थीलाई सापटी दिएको र ०५५।८।२२ मा फिर्ता भएपछि रू.२,००,०००।– जम्मा गरेको हो । ०५५।९।३ मा राखेको रू.४,००,०००।– माथि लेखाएअनुसार ह्याम्स हस्पिटलको सेयर खरिद प्रयोजनार्थ कैलाश सिं सैंगलले पहिलो किस्ता रकम मेरो खातामा पठाएको हो, जुन ०५५।१०।४ मा जम्मा गरेको व्यहोरालाई आरोपपत्रमा ०५५।९।३ भनिएको छ । ०५५।११।१६ देखि ०५५।१२।२५ सम्म जम्मा गरिएका रू.५,००,०००।–, रू.२,००,०००।–, रू. ४,००,०००।– मध्ये रू.३,००,०००।– पिताजीले भाइ कृष्ण पौडेललाई खाली नबस्नु भनी दिएकाले मेरो खातामा जम्मा भएको हो । ०५५।१२।१४ को रू.२,००,०००।– मधु पन्थीले फिर्ता गरेको मध्येको रू.५०,०००।–,भैरहवास्थित घरको भाडा ०५५ साउनदेखिको रू.२८,८००।– भाइ करूणाको तलब ०५५ साउनदेखि फागुनसम्मको रू.४०,८००।– मेरो केही पारिश्रमिकसमेत मिलाएर राखिएको हो । ०५५।१२।९ को रू.५०,०००।– र ०५५।१२।२५ को रू.४,००,०००।– क्याप्टन कैलाश सिं सगौलले ह्याम्स हस्पिटलको सेयर प्रयोजनार्थ पठाएको दोस्रो र तेस्रो किस्ता हो । उक्त रकम उनका सहयोगी C. Shree Kumar मार्फत पठाएका हुन् । ०५६।१।७ को रू.६,००,०००।–, ०५६।१।२१ को रू. ३,००,०००।– कैलाशले पठाएको हो । ०५६।१।१३ को रू.२,००,०००।– पिताजीले गुल्मी स्थित गरेको लगानी र खच्चर व्यापारबाट प्राप्त रकमबाट जम्मा गरेको हो । ०५६।२।१२, २।२४ र ३।१ को क्रमशः रू.२,००,०००।–, रू.२,००,०००।– र रू. ५,५५,०००।– पिताजीले आफ्नो लरलगानी र खच्चर व्यवसायबाट प्राप्त गरी भाइ कृष्णलाई दिएको र भाइले मलाई राख्न दिएको हो । N.B. Bank Ltd. बाट ०५६।४।२४ मा रू.५०,००,०००।– हिमालयन बैंकमा ट्रान्सफरमात्र गरी जम्मा देखिएको हो । ०५६।५।७ को रू.२०,००,०००।– मेरो मामाकी छोरी लक्ष्मी शर्माले मलाई राख्न दिएको रकम हो । ०५६।६।३ मा राखेको रू. १,००,०००।– मित्र मधु पन्थीले सापटी फिर्ता गरेको रू.२०,०००।– भैरहवाको घरको ०५५ फागुनदेखि चैत मसान्तसम्मको भाडा रू. ५८००।– र ०५६ वैशाखदेखि भदौसम्मको रू.१७,०००।– ०५५ भदौ देखि ऐ. माघसम्मको मेरो श्रीमती र भाइ करूणाको पारिश्रमिक र ऐ. असारदेखि भदौसम्मको पार्टी कार्यालयमा कार्यरत् रहँदा रू. ५५००।– का दरले हुने रू. १६,५००।– समेतबाट जम्मा गरेको
हो । ०५६।६।२८ को रू.३,५०,०००।–, ०५६।८।१ को रू.२,५०,०००।– मेरो फुपूको छोरा अरूणा पराजुली र काकाको छोरा विन्दु पौडेल वैदेशिक रोजगारीको लागि जाने प्रयोजनार्थ ल्याई मेरो खातामा जम्मा राखिएको हो । उक्त रकम उनीहरूकै लागि खर्च भयो । ०५६।१०।११ मा रू. १,२०,०००।– मधु पन्थीलाई पाटी दिन झिकेको र फिर्ता दिएपछि ०५६ असोजदेखि चैतसम्मको घरभाडा रू. २३,८००।– रीताको ०५५ फागुनदेखि ०५६ फागुनसम्मको तलब प्रतिमहिना रू. ४,३००।– ले हुने रू. ६०,२००।– जम्मा गरि राखिएको हो । उक्त रू. २,००,०००।– २०५६।१२।११ मा जम्मा भएको हो । ०५६।१२।९ देखि ०५८।३।३० सम्म मैले स्वकीय सचिव रहेबापत प्रति महिना रू.७,२३४।– का दरले ०५६।१२।९ देखि ०५७ असारसम्म रू.२८,९३६।–, ०५७।४।१ देखि मासिक रू.१३,०००।– केही सयका दरले अं. रू.१,८७,६००।– गरी रू.२,१६,५३६।– हुनु पर्नेमा सो सबैको स्रोत नदेखाई रू.१,१५,७४४।– मात्र देखाएको गलत हो । ०५७।४।५ मा रू. ३०,००,०००।–(तीस लाख) मेरो घर परिवारका सदस्यको पारिश्रमिक र पिताजीले मेहनत गरी कमाएको रू. २०,००,०००।– र कैलाश सिं संगैलले पठाएको रू. १०,००,०००।– समेतबाट जम्मा गरेको हो । ०५७।६।३० को रू. ५,००,०००।– बुबाको साथीका छोरा लिलाप्रसाद श्रेष्ठले वैदेशिक रोजगारमा जाने प्रयोजनको लागि ल्याई मेरो खातामा राखेका हुन् । ०५७।७।२१ को रू. २,००,०००।– बुबाको लरलगानी, श्रीमती र भाइको तलबबाट जम्मा गरेको हो । ०५७।७।२९ को रू.१,००,०००।– बुबाले स्वआर्जनबाट कमाएको रकम भाइ कृष्णलाई दिँदा निजले मलाई राख्न दिएकाले जम्मा भएको हो । सि.नं. ९ मा उल्लिखित रू २,७०,०००।– Care English School का प्रिन्सिपलले लिएको सापटी फिर्ता गरेको रू.६०,०००।– र उक्त स्कुलबाट भएको आय र परिवारका सदस्यको पारिश्रमिकबाट मिलाएर राखिएको हो । ०५७।११।१७ मा राखिएको रू.१४,००,०००।– ह्याम्स हस्पिटल व्यवस्थापनले आयुर्वेदिक विभाग नराख्ने भएपछि लगानी कर्ता संगैलले मेरो लगानी फिर्ता गरिदेउ भनेको हुँदा उक्त सेयर मेरा अर्का नातेदार पशुपति पौडेलले खरिद गरेको हुँदा सोही रकम जम्मा भएको हो । ०५८।३।२५ को रू.१०,००,०००।– दाङ निवासी राजेन्द्रप्रसाद धितालले असुरक्षाको कारण मलाई राख्न दिँदा जम्मा देखिएको हो । मागेको बखत उहाँलाई नै फिर्ता दिएको छु । ०५८।४।५ को रू. ५,००,०००।– प्र.मं. गिरिजा प्र. कोइरालाको नेतृत्वमा U.N.O. महासभामा जाँदा पाएको भत्ता, भाइ करूणा ट्रेनिङ्गको लागि बुद्ध एयरबाट अमेरिका जाँदा पाएको सुविधा र पिताजीको मृत्युपछि मैले सम्हालेको खच्चर व्यवसायबाट भएको आम्दानीसमेतबाट जम्मा गरेको हो । तालिका नं. २२ को क्र.सं. १ मा उल्लिखित नगद रू.२,८६,३६६।– को स्रोतको सम्बन्धमा मेरो नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट प्राप्त हुने प्रतिमहिना रू.५५००।– का दरले १५ महिनाको ८२,५००।– करूणाको प्रतिमहिना रू.१०,२००।– ले १५ महिनाको र दशैं खर्चसमेत रू.३,६०,०००।– रीताको १५ महिनाको तलब रू.४९,०००।– समेत रू.४,३७,२००।– मध्येबाट जम्मा गरिएको र उक्त रकममा मेरा पिताले साझेदारीमा गर्ने गरेको खच्चर व्यवसायबाट प्राप्त रकम पनि छ । N.B.Bank पुतलीसडकमा जम्मा भएको रू.११,२०,२००।– को स्रोत सम्बन्धमा ०५३ मसान्तसम्ममा म पत्नी र भाइको जम्मा तलबबाट ०५३।१०।१७ सम्ममा जम्मा भएको रकमबाहेकको रू.८०,५००।–, ०५३ माघदेखि ०५४ माघमसान्त सम्मको मेरो दशैँखर्चसहित प्रतिमहिना ५५००।– ले हुने रू.७७,०००।– पत्नीको प्रतिमहिना रू.४३००।– का दरले हुने रू.६०,२००।– करूणाको प्रतिमहिना रू.१०,२००।– ले हुने रू.१,४२,८००।– र पिताजीले दिएको रू.५०,०००।– मध्येबाट राखिएको हो । ०५४।१०।१३ मा जम्मा गरेको रू.३,००,०००।– पिताजीले खच्चर र जग्गा सट्टा–पट्टा व्यवसाय गरी लरलगानसमेतबाट प्राप्त भएको रकम हो । ०५४।११।१५ मा जम्मा भएको रू.६,००,०००।– ०४३।११।५ मा टेकबहादुर छन्तेललाई जग्गा बिक्री गरि प्राप्त भएको रू.३,००,०००।– ,०५२।२।१४ मा अर्जुन पौडेललाई जग्गा बिक्री गरी प्राप्त भएको रू.६,००,०००।– बुटवल गोलपार्कमा व्यापार गरी बस्ने पशुपति पौडेललाई ब्याजमा लगानी गर्नुभएको केही रकम प्राप्त भएपछि रू.६,००,०००।– मलाई दिनुभएकाले सोही रकम मेरो खातामा जम्मा भएको
हो । मिति ०५४।४।१ देखि ०५४।११।१५ सम्म हिमालयन बैंकमा जम्मा भएको रू. ३३,६९,९२०।– को सम्बन्धमा मैले माथि पनि खुलाइसकेको छु । २०४३ साल मार्गदेखि खच्चर ढुवानीको काम वर्षमा १० महिना जति हुने र प्रतिमहिना १२०००।– देखि १५०००।– सम्म आम्दानी हुने गर्दथ्यो । जसबाट वर्षमा १,८५,३७५।– आम्दानी हुने गर्दथ्यो । यस व्यवसायबाट ०४३ देखि ०४७ सालसम्म वार्षिक रू.१,५०,०००।– का दरले रू.६,००,०००।– ०४७ मार्गदेखि वार्षिक १,७०,०००।– दरले २०५० मार्गसम्मको रू.५,१०,०००।–, ०५० देखि ०५३ मार्गसम्म रू.१,८०,०००।– का दरले रू. ५,४०,०००।– पिताकै स्वआर्जन हुन्थ्यो । सोमध्ये ०४३ मार्गदेखि ०५७ मार्गसम्मको रू.२१,९०,०००।– बाट फोक्सिङ गा.वि.स. को गा.वि.स. अध्यक्ष प्रेम सापकोटालाई ०४७ सालमा रू.५,००,०००।– र माथि उल्लिखित पशुपति पौडेललाई रू.१०,००,०००।– लगानी गर्नुभएको
थियो । शान्ति सुरक्षाको स्थिति बिग्रिएपछि उक्त
रकमहरू उठाई ०५५।१।७ मा रू.७,००,०००।–, ऐ, १।२२ मा रू.१,००,०००।– ०५५।४।१९ मा रू.३,००,०००।– ०५५।११।१६ मा रू.३,००,०००।– गरी मलाई जम्मा राख्न दिनुभएकाले उक्त रकम बैंकमा जम्मा गरेको हुँ । ०५५।१।२२ को रू.२,००,०००।– मध्ये रू.१,००,०००।– भाइ करूणा र पत्नी रीताको तलब रू.१,१६,२००।– मध्येको हो । ०५५।२।७ मा जम्मा भएको N.B.Bank को रू.१,००,०००।– करूणा र रीताको तलबबाट बचेको रू.१६,२००।– र ०५४ फागुन १ देखि ०५५ वैशाखसम्मको मेरो २ महिनाको रू.११,०००।– र वैशाखदेखि रू.६,१६१।– (एक महिनाको) सोही अवधिको करूणाको ३ महिनाको रू. ३०,६००।– र रीताको प्रतिमहिना रू.४,३००।– को दरले हुने रू.७३,८६१।– र पिताजीले पठाइदिएको रू.५०,०००।– समेत रू.१,००,०००।– जम्मा गरिएको हो । ०५५।४।१० को रू.२,००,०००।– ०५५ जेठदेखि असारसम्मको मेरो रू.१२,३२२।– करूणाको रू.२०,४००।– रीताको रू.८,६००।– र ०५५ वैशाखदेखि असारसम्मको भैरहवाको घर भाडा प्रति महिना रू.२९००।– ले रू.८,७००।– र पिताजीले खच्चर व्यवसायबाट आर्जन गरेको रू. १,७५,०००।– समेतबाट जम्मा गरेको हो । ०५५।४।१९ को N.B.Bank को रू.८,००,०००।– मैले माथि लेखाए मध्येको Bank Balance बाट मित्र शम्भु कार्कीलाई ०५५।४।७ मा सापटी दिएकामा फिर्ता आएपछि पिताले दिएको रू. ३,००,०००।– समेत एकमुष्ट गरी राखेको हो । ०५५।४।११ को रू.२,००,०००।– पत्नी, भाइ करूणाको र मेरो पारिश्रमिक
रू.२०,६६१।– भैरहवाको घर भाडा ४ महिनाको रू.११,६००।– र पिताजीले ढुकुटी खेलेबापत प्राप्त रू.१,७०,०००।– मध्येबाट जम्मा भएको हो । ०५५।८।२२ को रू.२,००,०००।–, ०५५।८।१३ मा N.B.Bank बाट सापटी प्रयोजनार्थ निकाली मधु पन्थीलाई दिएकामा फिर्ता आएपछि राखेको हो । ०५५।१२।१४ को रू.२,००,०००।–मेरो ०५५ भदौदेखि प्रतिमहिना रू.६१६१।– का दरले ७ महिनाको रू.४९,२८८।– करूणाको सोही अवधिको रू.४०,८००।– र रीताको सोही अवधिको रू.३४,४००।– सोही अवधिको भैरहवाको घर भाडा रू.२०,३००।– गरी जम्मा रू.१,८५,५००।– र ०५५।८।१३ मा रू.२,५०,०००।– मधु पन्थीलाई दिन निकालिएकामा रू.२,००,०००।– दिई बचेको रू.५०,०००।– समेत मिलाएर जम्मा गरेको हो । ०५६।३।२ को रू.२,००,०००।– पिताजीले कान्छो भाइ कृष्णलाई केही गर्नु, खाली नबस्नु भनी दिएको र निजले मलाई राख्न दिएको हो । ०५६।५।७ को रू.२,००,०००।– मेरो मामाकी छोरी लक्ष्मी शर्माले राख्न दिँदा मेरो खातामा जम्मा राखेको हुँ । सि.नं. ६ मा उल्लिखित ०५६।६।३ देखि ०५६।१२।१ सम्म जम्मा भएको रू.७,८०,०००।– मधु पन्थीलाई हिमालयन बैंकमा भएको जम्मा रू.१,००,०००।– मध्येबाट निकाली दिएको सापटी फिर्ता आएपछि भएको रू.२०,०००।–, भैरहवाको ०५५ फागुन ०५६ भदौसम्मको भाडा रू.५८००।– र बाँकी ५ महिनाको रू.१७,०००।– ०५५ भदौ १ देखि ऐ माघसम्मको मेरो, करूणाको र सो अवधिको घर भाडासमेत रू.३५,५८८।– , ०५५ फागुनदेखि ०५६ जेठ १३ सम्मको रू. ६१६१ का दरले जम्मा रू.२४,६४४।– र ऐ असारदेखि भदौसम्म गिरिजाप्रसाद कोइरालाको निजी सचिव भएबापत ने.का.केन्द्रीय कार्यालयबाट पाउने रू.५५००।– का दरले हुने रू.१६,५००।– एकमुष्ठ गरि रू.७,८०,०००।– जम्मा गरेको हो । ०५६।६।२८ मा N.B.Bank पुतलीसडकमा जम्मा गरेको रू.३,५०,०००।– मेरो कान्छी फुपूको छोरा अरूणा पराजुली वैदेशिक रोजगारको लागि कोरिया जाने भै तयार गरेको पैसा मेरा खातामा जम्मा गरेको हो । ०५६।८।२ मा जम्मा गरेको रू. २,५०,०००।– मेरो काकाका छोरा विन्दु पौड्यालले वैदेशिक रोजगारलाई जान भनी तयार गरेको पैसा मेरो खातामा जम्मा गरी राखेको हो । ०५७।६।३० मा N.B.Bank पुतलीसडकमा जम्मा गरिएको रू.५,००,०००।– गोपालप्रसाद श्रेष्टले निजको भाइ लिलाप्रसाद श्रेष्ठलाई वैदेशिक रोजगारको लागि विदेश पठाइदिन मेरो जिम्मा दिएको हुँदा सोही पैसा मेरो खातामा जम्मा हुन आएको हो । ०५७।७।२१ मा हिमालयन बैंकमा जम्मा भएको रू.२,००,०००।– पिताजीले आफ्नो घरको केही व्यापार व्यवसाय र सट्टापट्टा लगानीबाट प्राप्त भएको पैसा रू.२,००,०००।– भाइ कृष्णलाई दिई भाइले मलाई राख्न दिएको हो । ०५७।७।२९ को हिमालयन बैंकको रू.१,००,०००।– सम्बन्धमा मेरो ०५६ भदौसम्मको बचेको तलब रू. १३,७३२।– ०५६ असोजदेखि ०५७ जेठसम्म मेरो रू.५५००।– का दरले हुने जम्मा रू.४९,५००।– र करूणाको ०५५ फागुनदेखि ०५६ जेठसम्मको प्रतिमहिना रू.१०,२००।– ले हुने रू.४०,८००।– र कान्छो कृष्णले अनमोल क्याटरिङबाट पटकपटक प्राप्त गरेको रू.१,५४,०००।– मध्येको रकमसमेतबाट जम्मा गरेको हो । रू.५,००,०००।– म गिरिजाप्रसाद कोइरालासँग U.N.O. को मिलेनियम समिटमा न्यूयोर्क जाँदा स्वीजरल्यान्ड र जर्मनीको पनि भ्रमण गरेकाले त्यहाँबाट प्राप्त भएको रकम र भाइ करूणाले नेकोन एयरबाट तालिममा अमेरिका जाँदा ल्याएको रकम तथा भाइले अनमोल क्याटरिङबाट प्राप्त गरेको रकमसमेतबाट जम्मा गरेको हो । का.म.न.पा. ४ कि.नं. ४७ क्षे.फ.०–९–२–३ जग्गाको वास्तविक मूल्य रजिस्ट्रेसन पारित कागजमा उल्लेख छ । S.B.I. Bank को हकमा रू.५,०००।– खाता थाम्नका लागि राख्नै पर्ने रूपैयाँ हो । रू.१२,२५०।– महिनावारी तिर्नुपर्ने किस्ता रकम बुझाइएको हो । इन्भेष्टमेन्ट बैंकको हकमा A.T.M. सुविधाको निमित्त खाता खोलिएको हो । बेपत्ता पार्यो भनेको रकम बेपत्ता पारेको होइन । सोहीमध्येको अर्को रकम रू.१०,००,०००।– कैलाश सिं सैगललाई दिएको हो । राजेन्द्रलाई दिएको रू.६,४०,०००।– बाट बाँकी रहेको रूपैयाँ १०,००,०००।–का निम्ति रू.३,६०,०००।– सोही अवधिमै फिर्ता दिइएको हो । करिब रू.२,००,०००।– जति मैले आफैँ घर बनाउनका लागि राखी बाँकी न्यूनतम रूपैयाँ बैंकबाट मुद्दतिका विरूद्ध ऋण लिएकाले ब्याज तिर्ने प्रयोजनमा बैंक आफैले हिसाब मिलान गरेको छ । रू.८,४०,०००।– घडेरी खरिद, रजिस्ट्रेसन पास र नक्सा प्रयोजन तथा घर निर्माणमा खर्च गरेको हु । उक्त रकम ०५८।६।१५ मा रू.२०,००,०००।– लक्ष्मीका बुबा रवीरमणलाई भरपाई गरिदिएको छ । ०५९।६।१ मा झिकेको रू.२०,००,०००।– ह्याम्स हस्पिटलको सेयर आफ्ना नाममा बनाउन निम्ति सापटीस्वरूप लिएको रू.१४,००,०००।– पशुपति पौडेललाई नै फिर्ता दिएको हो । यहीमध्येको रू.३,००,०००।– कैलास सिं सैगललाई अन्तिम रकम फिर्ता पठाएको हो । बाँकी रू.३,००,०००।– घर निर्माण र सामान्य सरसापटी प्रयोजनको लागि मधु पन्थीलाई दिएको हो । म र मेरो परिवारले दुःख गरी आर्जन गरेको वैध सम्पत्तिलाई अवैध भनी जफत गर्ने गरी ल्याएको लगाएको आरोप दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्र. गोकर्ण पौडेलले विशेष अदालतमा गरेको बयान ।
विशेष अदालतबाट मिति ०६२।८।१४ मा भएको आदेशबमोजिम प्रतिवादी गोकर्ण पौडेलबाट माग भएको धरौट रू.१,३०,००,०००।– बापत जेथा जमानत दिई तारेखमा रहेको ।
प्रतिवादी गोकर्ण पौडेलका साक्षी गोपाल श्रेष्ठ, प्रेमप्रसाद सापकोटा, मधु पन्थी, कृष्ण पौडेल, रामकृष्ण ज्ञवाली, राजेन्द्रप्रसाद धिताल, शम्भु कार्की, पशुपति पौडेल र करूणा पौडेल तथा फर्निचर मूल्याङ्कनकर्ता विशेषज्ञ नयना जोशी तथा इन्जिनियर नरेश थापाले गरेको अलगअलग बकपत्रहरू मिसिल सामेल रहेको ।
११. विशेष अदालतको फैसलाः–
यसमा कानूनी व्यवस्था एवम् सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतका आधारमा प्रतिवादी गोकर्ण पौडेलउपर निज राष्ट्रसेवकको पदबाट अवकाश प्राप्त गर्दाको अवस्थाको तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५अनुसार सो ऐनअन्तर्गत सजाय हुने कुनै अन्य कसुरमा अभियोग लागेको भन्ने नदेखिएको र प्रस्तुत आरोपपत्र तत्काल प्रचलित अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (दोस्रो संशोधनपूर्वको) ले निर्दिष्ट गरेको हदम्यादसमेत नघाई दायर भएको देखिन आएको हुँदा निज प्रतिवादी गोकर्ण पौडेलको हकमा प्रस्तुत आरोपपत्रबाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिल्ने देखिँदैन । तसर्थ प्रतिवादी गोकर्ण पौडेलले राष्ट्रसेवकको पदबाट अवकाश प्राप्त गरेको मिति २०५८।४।६ पछि भ्रष्टाचार निवारण ऐन, २०५९ लागू हुँदाको र प्रस्तुत मुद्दा दायर हुँदाको अवस्थामासमेत निज प्रतिवादी सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकको पदमा रहेको नदेखिएकाले निज प्रतिवादीउपर प्रस्तुत मुद्दा चलाउन तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५अनुसार सो ऐनअन्तर्गत सजाय हुने अन्य कुनै कसुरमा अभियोग लागेको हुनुपर्नेमा त्यस्तो अभियोग लागेको भन्ने आरोपपत्रबाट नदेखिएको र प्रस्तुत मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३(२) को प्रतिबन्धात्मक वाक्यांशअनुसार हदम्याद नलाग्ने विषयभित्रको नभएकाले तत्काल लागू रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले पदबाट अवकाश प्राप्त गरेको एकवर्षभित्र मुद्दा चलाई सक्नुपर्नेछ भनी निर्दिष्ट गरेको एकवर्षको हदम्यादसमेत नघाई मिति २०६२।५।९ मा दायर भएको प्रस्तुत आरोपपत्रबाट मुद्दाको तथ्यमा प्रवेश गरी इन्साफ गर्न नमिल्ने हुँदा प्रस्तुत आरोपपत्र खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालतको मिति २०६४।४।११ को फैसला ।
१२ वादी नेपाल सरकारको पुनरावेदनपत्र ः–
राष्ट्रसेवकसँग निजको वैध आयस्रोतसँग अमिल्दो सम्पत्ति हुनुसमेतको साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को अनुमानित कसुरलाई हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले निरन्तरता दिएको भन्ने कुरामा विशेष अदालत स्पष्ट छ । फैसलामासमेत सो कुरा उल्लेख गरिएको छ । त्यतिसम्म व्याख्या आयोगको धारणाअनुकूल छ । साबिकको ऐनको व्यवस्थामा दफा १५ मा उल्लिखित कसुरको आरोप लगाउनको लागि भ्रष्टाचारजन्य कसुर मानिने अन्य कुनै कसुरको आरोप लगाउनु आवश्यक थियो भने हालको ऐनको दफा २०(१) ले त्यस्तो अन्य कुनै आरोप लगाउनु पर्ने आवश्यकता राखेको छैन । यत्तिमात्र अन्तर रहेको छ । सम्मानित विशेष अदालतले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(१) ले निरन्तर दिएको कानूनी तथ्यलाई स्वीकार गरेको भएपनि साबिकको र वर्तमान ऐनका उक्त प्रावधानमा “अनुमानित कसुर कायम हुन सक्ने अवस्थामा भने फरक रहेको” भन्ने निष्कर्ष निकालेको छ । जुन निष्कर्ष सही होइन । साबिक ऐनको दफा १५ ले परिभाषित गरेको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन अनुमानित कसुर राष्ट्रसेवकसँग निजको सम्पत्ति हुनु हो र वर्तमान ऐनको दफा २०(१) ले परिभाषित गरेको कसुर पनि सोहीबमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिसँग अमिल्दो र अस्वाभाविक सम्पत्ति पाइनु रहेको छ । त्यस्तै साबिक ऐनको दफा १५ को अनुमानित कसुरमा वा वर्तमान ऐनको दफा २०(१) अन्तर्गतको सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको कसुर कायम हुन सक्ने अवस्था पनि फरक छैनन् ।
साबिक ऐनले त्यस्तो अमिल्दो सम्पत्ति रहेभएको पाइएको अवस्थामा अभियुक्तले सन्तोषजनकरूपमा सो सम्पत्तिको स्रोत प्रमाणित हुनुपर्ने सो गर्न नसकेमा कसुर कायम हुने र गैरकानूनीरूपमा रिसवत लिएको मानी सजाय गरिने व्यवस्था रहेको थियो भने वर्तमान ऐनमा पनि त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो सो कुरा प्रमाणित गर्न नसके कसुर कायम हुने र दफा २०(२) बमोजिम सजाय हुने अवस्था छ । साबिक तथा वर्तमान दुवै ऐनमा आरोप लगाइएको व्यक्तिले नै त्यस्तो सम्पत्तिको आर्थिक हैसियतको वैध स्रोत प्रमाणित गर्नुपर्ने कानूनी प्रावधान रहेको स्पष्ट छ । अतएव, कसुर कायम हुने अवस्था फरक रहेको भनी गरेको विशेष अदालतको निष्कर्ष त्रुटिपूर्ण छ । प्रतिवादी २०५८।४।६ मा राष्ट्रसेवकको पदबाट हटिसकेपछि निजउपर भ्रष्टाचारको कसुरमा मुद्दा दायर गर्न ऐनको संशोधित व्यवस्थाले हदम्यादको व्यवस्था नगरेको हुँदा निजका सम्बन्धमा साबिककै व्यवस्थाले १ वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने व्यवस्था लागू हुने भनी विशेष अदालतले त्रुटिपूर्ण फैसला गरेको छ । फौजदारी कसुरको आरोपमा मुद्दा दायर गर्नु हदम्याद तोकिएको अवस्थामा तोकिएको हदम्याद समाप्त भएपछि मुद्दा दायर हुन सक्दैन । दायर भएको रहेछ भने हदम्यादभित्र दायर नभएको आधारमा इन्साफ गर्न मिल्दैन, खारेज हुन्छ । यो सैद्धान्तिक विषयमा विवाद गर्नुपर्ने अवस्था छैन । तर प्रस्तुत मुद्दाका सम्बन्धमा अदालतले हद म्यादसम्बन्धी प्रश्न गलत ढङ्गले व्याख्या गरेको
छ । अन्य फौजदारी कानूनमा जस्तो साबिक र वर्तमान भ्रष्टाचार निवारण ऐन कुनैले पनि यो कसुर गरेभएका मितिबाट यति अवधिभित्र मुद्दा दायर गरी सक्नुपर्छ भनी हदम्याद किटान गरेका छैनन् । साबिक ऐनको दफा २४क ले र २०५९।४।३० मा संशोधन हुनुपूर्व अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले मुद्दा दायर गर्न तोकिदिएको हदम्याद मुद्दा दायर गर्ने जिम्मेवार निकाय वा अधिकारीको अधिकारमा लगाइएको समय सीमासम्म हो । साबिक ऐनहरू बहाल रहँदासम्म उक्त ऐनका प्रावधानमा उल्लिखित समय सीमाभित्र विशेष प्रहरी विभाग वा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसक्नुपर्ने बाध्यता थियो । तर भ्रष्टाचार निवारण ऐन, २०५९ जारी भएपछि र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनमा दोस्रो संशोधन भएपछि सो समय सीमा हटिसकेको छ । यस अवस्थामा कानूनले हदम्यादको समय सीमा हटाइसकेपछि पनि प्रतिवादीका विरूद्ध मुद्दा दायर गर्न चाहिँ पुरानो ऐनकै हदम्यादको व्यवस्था लागू हुने भनी अर्थ गर्नु कानूनसङ्गत छैन, त्रुटिपूर्ण छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९८ को उपधारा (४) अनुकूल बनेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ आयोगका काम, कर्तव्य, अधिकार र कार्यविधि तोक्ने ऐन भएकाले अपराध र सजायसम्बन्धी ऐनले कसुरदारलाई प्रदान नगरेको उन्मुक्ति आयोगको काम, कर्तव्य र अधिकार निर्धारण गर्ने ऐनले प्रदान गर्दछ भन्नु र २०५९।४।३० को संशोधनले नै हटिसकेको प्रावधानले सो संशोधनपश्चात् पनि आयोगको अधिकारलाई सीमाबद्ध गरी नै राख्छ भनी अर्थ गर्नु कानूनसम्मत हुँदैन । राष्ट्रसेवकका सम्बन्धमा अवकाश भएका मितिले १ वर्षभित्र मुद्दा दायर गरी सक्नु पर्ने २०५९।४।३० मा संशोधन हुनुपूर्वको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले तोकेको हदम्याद उक्त मितिको संशोधनबाट हटिसकेको अवस्थामा निज प्रतिवादीको हकमा पुरानै ऐनको हदम्याद लागू हुने भन्ने तर्क कानूनत: त्रुटिपूर्ण हुन्छ । अतः माथि उल्लिखित आधार र कारणसमेतबाट विशेष अदालतले मिति २०६४।४।११ मा गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन ।
१३. यस अदालतबाट भएका आदेशहरूः–
यसमा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को कसुरलाई हालको भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार पनि निरन्तरता दिई विशेष अदालतबाट भएको खारेजी फैसलालाई बदर गरी अभियोग दाबीको आधारमा मुद्दाको तथ्यभित्र प्रवेश गरी इन्साफ हुने गरी यस अदालतबाट अन्य मुद्दामा फैसला भई नजिरसमेत कायम भएको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क समेतको व्याख्यासम्बन्धी प्रश्न समावेश भई विशेष अदालतले तथ्यभित्र प्रवेश नगरी दाबी खारेज गर्ने गरी गरेको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं.अनुसार छलफलका लागि प्रत्यर्थीलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६७।९।१८ को आदेश ।
यसमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट प्रस्तुत मुद्दामा अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएको निर्णयसहितको फाइल अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट झिकाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।९।५ को आदेश ।
१४. यस अदालतको संयुक्त इजलासबाट भएको रायबाझी फैसलाः
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको राय
सरकारी वा सार्वजनिक वा श्री ५ को सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेमा हदम्याद नलाग्ने, विभागीय कारवाही भएकामा कारवाही सकेको मितिबाट छ महिनाको हदम्याद लाग्ने र विभागीय कारवाही नभएकामा अनुसन्धानको कारवाही सुरू भएको मितिले २ वर्षको हदम्यादको व्यवस्था गरेको देखियो । प्रस्तुत मुद्दामा सरकारी वा सार्वजनिक वा श्री ५ को सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने मुद्दा नभएको र विभागीय कारवाही पनि भएको अवस्था नहुँदा प्रतिवादी गोकर्ण पौडेलको घरमा खानतलासी गरिएको मिति २०६०।४।९ बाट अनुसन्धान तहकिकात सुरू भै मिति २०६२।५।९ मा मुद्दा दायर भएबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद २ वर्ष नाघिसकेको स्थितिमा निज गोकर्ण पौडेलउपर दायर भएको प्रस्तुत मुद्दा नेपाल सरकार वि. अच्युतकृष्ण खरेलसमेत भएको नि.नं. ८६६७ मा प्रतिपादित सिद्धान्तअनुरूप २ वर्षको हदम्याद नाघेको आधारमा खारेज हुने ठहर्छ । पुनः निर्णय गर्न विशेष अदालतमा पठाउने भन्ने माननीय न्यायाधीश श्री तर्कराज भट्टको फरक रायसँग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नू ।
माननीय न्यायाधीश श्री तर्कराज भट्टको राय
प्रस्तुत मुद्दामा विधिवत्रूपमा श्री चिरन्जिवी खनाललाई मिति २०६२।४।३ मा अनुसन्धान अधिकृत तोकेको कुरा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त मिति २०६२।४।३ चलानी नं. २ को पत्रको प्रतिलिपिबाट देखिन्छ । प्रेमराज कार्की र चेतनाथ घिमिरेलाई प्रस्तुत मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २०बमोजिम अनुसन्धान अधिकृत तोकेको सबुत मिसिल प्रमाणबाट देखिन आएन । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २० बमोजिम विधिवत्रूपमा अनुसन्धान अधिकृत तोकिएको मितिबाट नै हदम्यादको गणना हुने हुनाले मिति २०६२।४।३ मा चिरञ्जीवी खनाललाई अनुसन्धान अधिकृत तोकी मिति २०६२।५।२९ मा प्रस्तुत मुद्दा दायर भएको देखिनाले प्रस्तुत मुद्दा २ वर्षको हदम्यादभित्र दायर भएको देखियो ।
प्रतिवादी राष्ट्रसेवक भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क आकर्षित हुने हुँदा हदम्यादको आधारमा खारेज गरेको विशेष अदालत, काठमाडौंको मिति २०६४।४।११ को फैसला नमिलेको हुँदा बदर गरि दिइएको छ । अब जो जे बुझ्नु पर्ने बुझी मुद्दाको तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भनी उपस्थित प्रतिवादीहरूलाई विशेष अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी मिसिल विशेष अदालतमा पठाइदिनू । प्रस्तुत मुद्दा ऐनले तोकेको २ वर्षको हदम्यादभित्र नरहेकाले खारेज गर्ने भन्ने माननीय न्यायाधीश बैद्यनाथ उपाध्यायको रायसँग सहमत हुन नसकिएकाले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नू ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी आज इजलाससमक्ष निर्णय सुनाउनको लागि पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको सम्पूर्ण मिसिल कागजातहरूको अध्ययन गरी वादी तथा प्रतिवादीहरूको तर्फबाट प्रस्तुत भएको देहायबमोजिमको बहस सुनियो ।
वादी तथा प्रतिवादीहरूको तर्फबाट प्रस्तुत भएको बहस
वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री मानबहादुर कार्कीले दाबीका सम्पत्तिको स्रोत पुष्टि गर्नुपर्ने दायित्व भएको प्रतिवादीले आरोपपत्रमा गैरकानूनी आर्जनको भनी दाबी लिएका सम्पत्तिको वैधानिक स्रोत, सबुद प्रमाणहरूबाट पुष्टि गर्न सकेका छैनन् । वैधानिक स्रोत पुष्टि नभएका सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको भन्ने पुष्टि हुन आउँछ । प्रतिवादी गोकर्ण पौडेल राष्ट्रसेवकको पदबाट अवकाश प्राप्त गर्दाका अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ लागू रहेको भएपनि प्रस्तुत मुद्दा चलाउँदाका अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ खारेज भई भ्रष्टाचार निवारण ऐन, २०५९ लागू रहेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले र मिति २०५९।४।३० मा संशोधन भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ले अवकाश प्राप्त व्यक्तिउपर मुद्दा चलाउन कुनै हदम्याद तोकेको छैन । प्रतिवादीले अवकाश प्राप्त गर्दाको अवस्थामा लागू रहेको उक्त ऐनको दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले पनि अवकाश प्राप्त व्यक्तिउपर एकवर्षभित्र मुद्दा चलाइसक्नुपर्नेछ सम्म भनेको छ । भ्रष्टाचारको कसुर तत्कालको ऐनले पनि अवकाश प्राप्त गरेको एकवर्षपछि मुद्दा चलाउन सकिँदैन भनी नभनेको र दायर गर्दाका अवस्था लागू रहेका कानूनअनुसार नै प्रस्तुत मुद्दा दायर गरिएको हुँदा साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ दफा १५ अनुसार प्रतिवादीउपर भ्रष्टाचारको कसुरमा अर्को अभियोग पनि लागेको हुनुपर्दछ भन्न र हदम्याद नघाई दायर गरेको भन्न मिल्दैन । प्रतिवादी गोकर्ण पौडेलको हकमा चिरन्जिवी खनाललाई अनुसन्धान अधिकृत तोकिएको मितिबाट एकवर्षभित्र मुद्दा दायर गरिएको अवस्था छ । निजलाई विधिवत् अनुसन्धान अधिकृत तोकिनुअगाडि भएका कार्यहरू प्रारम्भिक छानबिनका कार्यहरू हुन् जुन आयोगले गर्न सक्ने नै देखिन्छ । अतः आरोपपत्र मागदाबीबमोजिमको कसुर ठहर भई प्रतिवादीलाई सजाय एवम् दाबीको सम्पत्ति जफत हुनुपर्दछ भनी बहस गर्नुभयो ।
प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सुशील कुमार पन्त र श्री कृष्ण प्र. सापकोटा र विद्वान् अधिवक्ता श्री हिरा रेग्मीले प्रतिवादी गोकर्ण पौडेल मिति २०५८।४।६ देखि स्वकीय सचिव पदबाट अवकाश प्राप्त गरेकाले सोही मितिदेखि नै सार्वजनिक पद धारण गर्ने व्यक्तिको रूपमा नरहेको तथ्यमा विवाद छैन । निज प्रतिवादी विरूद्धमा तत्काल प्रचलित अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशद्वारा निर्दिष्ट १ वर्षको हदम्यादभित्र प्रस्तुत प्रकृतिको मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ । मिति २०५८।४।६ मा अवकाश पाइसकेका निज पौडेल विरूद्धमा मिति २०६२।५।९ मा ४ वर्ष २ महिना ९ दिनपछि मात्र भ्रष्टाचार निवारण ऐन, २०१७ समेतको आरोप लगाई प्रस्तुत आरोपपत्र दायर गरेको हुँदा हदम्याद नाघी परेको प्रस्तुत आरोपपत्र स्वतः खारेजभागी
छ । तत्काल कुनै पनि सार्वजनिक पदमा बहाल नरहेका प्रतिवादी विरूद्धमा मिति २०५९।३।५ देखिमात्र लागू भएका भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) (२) अन्तर्गतको कसुरमा कुनै आरोप लगाउन र मुद्दा दायर हुन सक्दैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ (संशोधनपूर्वका) दफा २९ द्वारा निर्दिष्ट १ वर्षको हदम्यादभित्र मात्र अर्थात् मिति २०५८।१२।१ भित्रमा मुद्दा दायर गर्न सकिने तर सो हदम्याद नाघिसकेपछि अवकाश प्राप्त निज पौड्यालका विरूद्धमा मुद्दा दायर हुनबाट स्वतः उन्मुक्ति प्राप्त
हुन्छ । विपक्षी वादीले कुन कानूनको हदम्याद कायम गरी प्रस्तुत मुद्दा दायर गरेको होसम्म पनि भन्न सकेको छैन । मिति २०५९।४।३० पश्चात् अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को संशोधित दफा २९ बमोजिमको हदम्याद आकृष्ट हुने सम्झी वा अर्थ गर्दै तर यस प्रश्नमा पूर्णता मौन रही मिति २०६२।५।९ मा मात्र प्रस्तुत मुद्दाको आरोपपत्र दायर गरेको कार्य नै सरासर गैरकानूनी छ ।
प्रतिवादी गोकर्ण पौडेल मिति २०५८।४।६ मा सेवाबाट अवकाश प्राप्त गर्दाको समयमा बहाल रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशमा “सार्वजनिक पद धारण गरेको व्यक्तिले पदबाट अवकाश प्राप्त गरेको १ वर्षभित्र मुद्दा चलाइ सक्नुपर्नेछ” भन्ने व्यवस्था कायम रहेको छ । हदम्यादसम्बन्धी कानून व्यवस्थापिकाद्वारा निर्मित कानून भएकाले अदालतबाट यसको सृष्टि हुन नसक्ने हुँदा मुद्दा दायरीको समय वादी प्रतिवादी र अदालतबाट घटबढ हुन सक्दैन । हदम्याद कार्यविधि कानूनमात्र नभई यस कानूनभित्र सारवान् कानूनको पक्ष पनि रहन्छ भन्ने व्याख्या अदालतहरूबाट स्वीकार भैसकेको छ । हदम्यादसम्बन्धी कानून भुतलक्षी हुन सक्दैन र यसमा व्याख्याको गुन्जायस रहँदैन । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को अनुमानित कसुरको व्यवस्था आफैँमा स्वतन्त्र कसुर नभै तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को अन्य कसुरअन्तर्गत अभियोग लागेको व्यक्तिको हकमा मात्र आकर्षित हुने पूरक कसुरको रूपमा रहेको देखिन्छ । यसरी हेर्दा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले कसुर घोषित गरेको व्यवस्थालाई हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० ले कसुर कायम गरेको भनी मान्न मिल्ने अवस्था छैन । प्रतिवादी गोकर्ण पौडेलविरूद्ध दायर गरेको प्रस्तुत मुद्दाकै समान प्रकृतिका अन्य मुद्दाहरू यस सम्मानित अदालतबाट फैसला भइसकेको अवस्थामा यस मुद्दामा यस प्रकारका अन्य मुद्दाभन्दा फरक किसिमले हेर्नु पर्ने फरक अवस्था विद्यमान छैन । अभियोग दायर रहेको अवस्थामा कायम रहेको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) ले र हाल विद्यमान रहेको नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को (४) ले गरेको “तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायको भागी हुने छैन” भन्ने व्यवस्थाबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ लागू हुनुभन्दा अगावै आर्जित रहेको सम्पत्तिको हकमा मिति २०५९।३।५ देखि लागू भएको यस ऐनको दफा २० बमोजिम चलेको मुद्दाको तथ्यभित्र प्रवेश गरी न्याय सम्पादन हुन
सक्दैन ।
कानूनले हदम्यादभित्र उजुरी दायर भएको छ छैन भन्ने कुरा जुनसुकै अड्डाले सर्वप्रथम ठहर गर्नुपर्ने हुन्छ । समष्टिगतरूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रावधानलाई हदम्यादसम्बन्धी प्रावधानको रूपमा मान्नुपर्ने हुन्छ । प्रतिवादी गोकर्ण पौडेल मिति २०५८।४।६ मा अवकाश प्राप्त गर्दा कायम रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ मा भएको प्रावधानको प्रतिबन्धात्मक वाक्यांशमा अवकाश प्राप्त व्यक्तिउपर अवकाश प्राप्त गरेको मितिले एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने व्यवस्था गरेकामा सो व्यवस्थालाई मिति २०५९।४।३० मा भएको संशोधनले परिवर्तन गरेको स्पष्ट छ । यस सन्दर्भमा पछि संशोधन भएको हदम्याद वा पहिले कायम रहेको हदम्याद कुन लाग्ने भन्ने सम्बन्धमा हेर्दा दिपक गुरूङ विरूद्ध विष्णुराज घिमिरे भएको मुद्दामा “तत्काल प्रचलित ऐनले नालिस गर्ने हदम्याद नाघिसकेको कुरामा ऐनमा भएको संशोधनबाट सुविधा प्रदान गर्दछ भन्ने कानून व्याख्यासम्बन्धी ऐनले नमिल्ने” (ने.का.प. २०४८ नि.नं. ४४२७ पृष्ठ ७९७) भन्ने सिद्धान्त कायम भएको छ । त्यस्तै हरिप्रसाद खरेल विरूद्ध भद्रप्रसाद खरेलसमेत भएको जालसाजी मुद्दामा संशोधित कीर्ते कागजको १८ नं. को व्याख्या गर्दै यो संशोधित १८ नं. ले थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पाइने हदम्यादको व्यवस्था गरेतापनि सो व्यवस्था पश्चातदर्शीरूपमा लागू हुन सक्दैन । संशोधनभन्दा पूर्वको काम कुराको सम्बन्धमा साबिक कीर्ते कागजको १८ नं. ले गरेको भए गरेको मितिले दुई वर्षको हदम्यादभित्र नालिस गरेको हुनुपर्ने (ने.का.प. २०६२, अङ्क १, नि.नं. ७४८०) भन्ने सिद्धान्त प्रतिपादन भएकोसमेतका आधारमा मिति २०५८।४।६ मा सेवा अवकाश भएका प्रतिवादी गोकर्ण पौडेलउपर २०६२।५।९ मा दायर गरेको नालिस संशोधन हुनुभन्दा पूर्वको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले निश्चित गरेको हदम्याद प्रतिकूल रहेकाले खारेजभागी छ ।
प्रस्तुत मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद लगाउँदा पनि २ वर्षको हदम्याद नाघिसकेको देखिन्छ । प्रस्तुत मुद्दाको अनुसन्धान मिति २०६०।४।९ मा प्रतिवादीको घर खानतलासी गरेर सुरू गरिएको पाइन्छ । सोपश्चात् प्रतिवादीलाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको र प्रतिवादीको बैंकमा रहेका खाताहरूको अनुसन्धान गरिएको पाइन्छ । ती कार्यहरू गोप्य प्रकृतिका देखिँदैनन् । मिति २०६०।४।९ मा घर खानतलासी गरेर अनुसन्धान कार्य सुरू गरेपछि सोको २ वर्षभित्रमा अभियोगपत्र दायर नभई मिति २०६२।५।९ मा दायर गरेको नालिस संशोधन हुनुभन्दापूर्वको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले निश्चित गरेको हदम्याद प्रतिकूल रहेकाले खारेजभागी छ भनी गर्नु भएको बहस सुनियो ।
पक्ष विपक्षका तर्फबाट विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको उपर्युक्त व्यहोराको तर्कपूर्ण बहस सुनी, पेस भएका लिखित बहसनोट, पुनरावेदनपत्र तथा सम्बद्ध कानूनी व्यवस्थाहरूसमेतको समग्र अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा मूलतः देहायका प्रश्नहरूमा केन्द्रित रही निर्णय निरूपण हुनु पर्ने देखिन आएको छ :
(१) आयोगले मिति २०६२।४।३ मा अन्तिमपटक चिरञ्जीवी खनाललाई अनुसन्धान अधिकृत तोकेको पत्रको मितिबाट हदम्यादको गणना हुने हो वा मिति २०६०।४।९ मा गरिएको खानतलासीलाई नै अनुसन्धान कार्य सुरू भएको मान्नुपर्ने हो?
(२) मुद्दाको तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भनी मिसिल विशेष अदालतमा पठाइदिनु भन्ने मा.न्या. श्री तर्कराज भट्टको राय सदर हुने हो ?
वा
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद २ वर्ष नाघिसकेको आधारमा खारेज हुने ठहर्छ भन्ने मा.न्या. श्री बैद्यनाथ उपाध्यायको राय सदर हुने हो ?
(३) अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम १ वर्षको हदम्याद लाग्ने भनी गरेको विशेष अदालत काठमाडौंको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो
होइन ?
२. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिति २०६२।४।३ मा चिरञ्जीवी खनाललाई अनुसन्धान अधिकृत तोकेको मितिबाट हदम्यादको गणना हुने हो वा मिति २०६०।४।९ मा अनुसन्धान अधिकृत खटाई गरिएको खानतलासीलाई नै अनुसन्धान कार्य सुरू भएको मान्नुपर्ने हो भन्ने पहिलो प्रश्नतर्फ विचार गर्दा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ मा अनुसन्धान अधिकृत नियुक्त गर्नेसम्बन्धमा के कस्ता प्रावधान रहेछन् भनी उक्त दुवै ऐनका प्रावधानहरू हेर्नुपर्ने हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २० मा हेर्दा, “यस ऐनबमोजिम अनुचित कार्य वा भ्रष्टाचारको अपराधको प्रारम्भिक छानबिन वा अनुसन्धान र तहकिकात गर्न आयोगले आवश्यकतानुसार कुनै आयुक्त वा आयोगको कुनै कर्मचारी वा नेपाल सरकारको वा सार्वजनिक संस्थाको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ,” भन्ने व्यवस्था रहेको देखिन्छ । यसै गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २९ मा भएको व्यवस्था हेर्दा, “यस ऐनअन्तर्गतको कसुरको अनुसन्धान र तहकिकात गर्न अनुसन्धान अधिकारीले आवश्यकताअनुसार आफ्नो मातहतका कुनै अधिकृत, कुनै सरकारी अधिकृत वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ” भन्ने व्यवस्था रहेको देखिन्छ ।
३. उपरोक्त दुवै ऐनहरूमा रहेको कानूनी व्यवस्था हेर्दा अनुसन्धान अधिकृत नियुक्त गर्ने सम्बन्धमा रहेको प्रावधान सारतः एकै
देखिन्छ । अनुसन्धान अधिकृत नियुक्त गर्ने आयोगको नियमित प्रक्रिया हो, जुन भ्रष्टाचारको सम्बन्धमा कोही कसैउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आवश्यक प्रक्रिया अगाडि बढाउन अनिवार्यरूपमा तोक्नुपर्ने हुन्छ । तर आयोगमा उजुरी पर्नासाथ तत्काल सबै मुद्दामा विधिवत् अनुसन्धान प्रारम्भ भै हाल्ने पनि होइन । आयोगले आवश्यकताअनुसार गोप्यरूपमा प्रारम्भिक छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा मात्र आयोगको निर्णयानुसार विस्तृत अनुसन्धान गर्ने गरिन्छ । यी सबै कार्य गर्न आयोगको तर्फबाट अनुसन्धान अधिकृत नतोकि काम अगाडि बढ्न सक्दैन ।
४. प्रारम्भिक छानबिनको सम्बन्धमा कस्तो कानूनी व्यवस्था रहेको छ भन्नेसम्बन्धमा हेर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २६. कानूनी व्यवस्था हेर्नुपर्ने हुन्छ । जसमा, “कसैले यस ऐनअन्तर्गतको कसुर गरेको वा गर्न लागेको छ भन्ने कुराको उजुरी वा जानकारी प्राप्त गरेपछि अनुसन्धान अधिकारीले सो विषयको प्रारम्भिक छानबिन आवश्यकताअनुसार गोप्यरूपमा गर्नु पर्नेछ” । त्यसरी छानबिन गर्दा आवश्यक परे अनुसन्धान अधिकारीले स्पष्टीकरण माग्न सक्ने व्यवस्था ऐनको दफा २७ मा रहेको
देखिन्छ । जसमा, “दफा २६बमोजिम प्रारम्भिक छानबिन गर्दा अनुसन्धान अधिकारीलाई प्राप्त उजुरी वा जानकारी तथ्यमा आधारित भएको भन्ने लागेमा तत्सम्बन्धी विवरण उल्लेख गरी आवश्यकताअनुसार सम्बन्धित निकाय वा व्यक्तिसँग प्रतिक्रिया वा स्पष्टीकरण माग गर्न सक्नेछ” भन्ने व्यवस्था रहेको देखिन्छ ।
५. माथि उल्लिखित कानूनी व्यवस्थाबाट पनि प्रारम्भिक छानबिन आयोगले गर्न सक्ने र त्यस्तो छानबिन गोप्यरूपमा हुने कुरालाई ऐनले आत्मसात् गरेको देखिन्छ । प्रारम्भिकरूपमा गरिने सबै छानबिनको विस्तृत अनुसन्धान हुँदैनन् । प्रारम्भिक छानबिनको निष्कर्षबाटै कतिपय उजुरीहरूको टुङ्गो लाग्ने देखिन्छ । उजुरी वा जानकारी तथ्यमा आधारित छ भन्ने लागेमा मात्र आयोगबाट सम्बन्धित निकाय वा व्यक्तिलाई विधिवत्रूपमा प्रतिक्रिया वा स्पष्टीकरण मागिने हुन्छ । जब प्रतिक्रिया वा स्पष्टीकरणको लागि पत्राचार गरिन्छ वा निजको बैंक खाता एवम् अचल सम्पत्ति रोक्का राख्न आवश्यक देखिन्छ वा घर खानतलासी लिनेलगायतका काम गरिन्छ तब आयोगको काम कारवाही प्रारम्भिकरूपबाट धेरैअगाडि बढिसकेको मान्नुपर्ने हुन्छ । यी कार्यहरू आयोगसमक्ष प्राप्त उजुरी वा जानकारी तथ्यमा आधारित भएको अवस्था देखिएमा वा भ्रष्टाचारको गरेको देखिएमा मात्र आयोगबाट थप अनुसन्धानको काम कारवाही अगाडि बढ्ने हुँदा अनुसन्धान अधिकृतको अनुपस्थितिमा त्यस्तो काम कारवाही अगाडि बढ्ने कल्पना गर्न सकिदैन । यदि अनुसन्धान अधिकृतको अनुपस्थितिमा आयोगबाट त्यस्तो कामहरू भएको छ भने पनि त्यस्तो काममाथि प्रश्नचिन्ह उठ्ने मात्र नभई त्यस्तो कामले वैधानिकतासमेत प्राप्त नगर्ने निश्चित हुन्छ ।
६. प्रस्तुत मुद्दामा यी प्रतिवादी गोकर्ण पौडेलउपर छानबिन हुन आवश्यक देखेपछि आयोगले लामो अनुसन्धानपछि मिति २०६०।४।९ मा घर खानतलासी गरेको कुरा मिसिल संलग्न बरामदी मुचुल्का एवम् पत्राचारहरूबाट देखिएको छ । घर खानतलासीसम्मको स्थितिमा पुग्नुपूर्व आयोगबाट प्रारम्भिक अनुसन्धान नैं नभएको होला भनी परिकल्पना गर्न सकिँदैन । आयोगबाट विधिवत्रूपमा अनुसन्धान अधिकृतसहितको कर्मचारी टोली खटिई अनुसन्धान अधिकृतकै रोहवरमा तयार भएको खानतलासी एवम् बरामदी मुचुल्काबाट सो कुरा देखिएपछि त्यसलाई अन्यथा हो भनी मान्न सकिने स्थिति रहेन ।
७. प्रस्तुत मुद्दामा मिति २०६०।४।९ मा प्रतिवादीको घर खानतलासी गर्नुको अलावा मिति २०६०।४।२३ मा अनुसन्धान अधिकृत प्रेमराज कार्कीले हस्ताक्षर गरी निज प्रतिवादीको नाममा विभिन्न बैंकहरूमा रहेका खाताहरूको विवरण माग्ने र त्यस्तो खाताहरू रोक्का राख्ने कार्य गरिएको
देखिन्छ । अनुसन्धान गर्ने र मुद्दा चलाउने कार्य अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नामबाटै हुने भएको हुँदा अनुसन्धान अधिकृतको रूपमा कोको व्यक्ति संलग्न भए भन्ने कुराले खासै महत्त्व राख्दैन । यसै सन्दर्भमा प्रमिला राई (श्रेष्ठ) वि. नेपाल सरकार भएको फौ.पु.नं. ०६७–CF–००२९ को भ्रष्टाचार मुद्दामा यस अदालतको पूर्ण इजलासबाट मिति २०६८।७।८ मा फैसला ( ने.का.प. २०६८ अङ्क १० नि.नं. ८६९७ पृ १६७५) हुँदा “...प्रस्तुत मुद्दाका सन्दर्भमा पेस भएका प्रमाण कागजातबाट मिति २०६१।११।३ मा अनुसन्धान अधिकृत तोकिई रीतपूर्वक अनुसन्धान कार्य प्रारम्भ भएको देखिँदा अनुसन्धान अधिकृत नियुक्त भएको सोही मितिलाई नै अनुसन्धान सुरू भएको मान्नु नै सहज, स्वाभाविक र कानूनसम्मत हुने देखिन्छ...” भनी सिद्धान्त कायम भै सकेको अवस्थामा अनुसन्धान अधिकृत तोकिने कुरा नै हदम्यादको प्रयोजनको लागि ठूलो महत्त्व राख्ने निश्चित छ । तर जब विवाद नैं अनुसन्धान अधिकृत कहिले नियुक्त गरियो भन्ने कुरामा रहन जान्छ भने निश्चितरूपमा त्यसको निपटारा हुन जरूरी हुन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीतर्फका कानून व्यवसायीले बहसको क्रममा एवम् लिखित बहस नोटमासमेत म्याद नघाई दायर भएको हुँदा मुद्दा खारेज हुनुपर्छ भन्ने तर्क प्रस्तुत गरेको सन्दर्भमा अदालतले त्यस्तो विषयमा निर्क्यौल गर्नुपर्ने अवस्था स्वाभाविकरूपमा रहन जान्छ । प्रतिवादी गोकर्ण पौडेल हालको भ्रष्टाचार निवारण ऐन, २०५९ लागु भएको मिति २०५९।३।५ मा र प्रस्तुत मुद्दा दायर हुँदाका अवस्थामा राष्ट्रसेवकको पदमा बहाल रहेको देखिँदैन । सोभन्दा अगावै अर्थात् मिति २०५८।४।६ देखि निज कुनैपनि राष्ट्रसेवकको पदमा रहे भएको भन्ने अभियोग दाबी पनि नभएको सन्दर्भमा निजको हकमा साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ नैं आकर्षित हुने देखियो ।
८. नयाँ ऐन लागू हुनुपूर्व भए गरेको कार्य लाई खारेज भएको अर्थात् प्रचलित कानूनले कसुरको परिभाषाभित्र समेटेको भएमा त्यस्तो कानूनको सीमाभित्र रही कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने हुन्छ । नयाँ कानूनले कसुरको रूपमा लिँदैमा यदि कसुर गर्दाको समयमा प्रचलित कानूनले अपराध मान्दैन भने स्वतः त्यसले उन्मुक्ति प्राप्त गर्दछ । किनकि संविधानतः तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायको भागी नहुने र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन भनी तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) र हालको अन्तरिम संविधान २०६३ धारा २४(४) लेसमेत सो कुराको प्रत्याभूत गरेको
देखिन्छ । यसै सन्दर्भमा नेपाल सरकार वि. ईश्वर पोखरेल भएको भ्रष्टाचार मुद्दामा (ने.का.प.२०६६ अङ्क ८ नि.नं. ८२०० पृ १२३५) सर्वोच्च अदालतले “कानून बन्नुभन्दा पहिले अपराध नमानिने कुनै कार्यलाई पछि कानून बनाई अपराध मानिएमा, पहिले सानो र कम गम्भीर हुने कसुरलाई पछि ठूलो र बढी गम्भीर कसुर कायम गरिएमा, पहिले कम सजाय हुने कसुरलाई बढी सजाय कायम गर्ने गरी कानून निर्माण गरिएमा, प्रमाणसम्बन्धी कानूनी नियमहरूमा फेरबदल गरी कसुर प्रमाणित गर्न कम प्रमाण भए पनि पुग्ने गरी कानून निर्माण गरिएमा मात्र त्यस्तो कानूनलाई Ex Post Facto कानून मानिने हुँदा त्यस्तो कानूनलाई अदालतले अमान्य गर्न सक्ने” भनी बोलिसकेको अवस्थामा सोको प्रतिकूल हुने गरी व्याख्या गर्न मिल्ने हुँदैन । दुवै ऐनले कसुरको रूपमा स्वीकार गरेपनि मुद्दा चलाउने प्रक्रिया र हदम्यादको सन्दर्भमा गरेको कानूनी व्यवस्थालाई नजरअन्दाज गरी पश्चातदर्शी असर हुने कानूनी व्यवस्था आकर्षित हुन्छ भनी मान्न मिल्ने देखिएन ।
९. यस अदालतको आदेशबमोजिम प्रस्तुत मुद्दामा को को अनुसन्धान अधिकृत नियुक्ति गरिएको थियो सोको जानकारी पठाइदिनु भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नाममा आदेश भएकामा प्रेमराज कार्की, चेतनाथ घिमिरे र चिरन्जीवी खनाल तिनै जना अनुसन्धान अधिकृतबाट प्रस्तुत मुद्दामा अनुसन्धान गरेको भनी आयोगबाट निर्णयको प्रतिलिपिसमेत राखी मिति २०६८।१०।२९ मा पत्र प्राप्त भएबाट खानतलासी मुचुल्का गर्नुपूर्व प्रेमराज कार्कीलाई अनुसन्धान अधिकृत नियुक्त गरेको र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २० र सोको नियमावली, २०५९ को नियम १३अनुसार सुरू अनुसन्धान अधिकृतमा प्रेमराज कार्की नियुक्त भै त्यसपछि चेतनाथ घिमिरे र अन्तिममा मुद्दा दायर गर्दा चिरन्जीवी खनाललाई अनुसन्धान अधिकृत तोकिएको प्रष्ट हुन्छ । अनुसन्धान अधिकृत तोकिनु वा परिवर्तन हुनु भनेको एउटा स्वाभाविक प्रक्रिया हो । कुनै कर्मचारी सधैँ सोही पदमा रहिरहन नसक्ने हुँदा उसको सरूवा तथा बढुवासँगै रिक्त भएको पदपूर्ति र अधुरो रहेको अनुसन्धान पूरा गर्न अर्को अनुसन्धान अधिकृत तोक्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अघिल्लो अनुसन्धान अधिकृतबाट गरिएको काम कारवाहीले मान्यता नपाउने भन्न मिल्ने हुँदैन । यो नियमित र अनवरत चलिरहने प्रक्रिया भएको हुँदा त्यसकै आधारमा अनुसन्धान अधिकृतपिच्छे मुद्दा सुरूदेखि अनुसन्धान गर्ने भन्न मिल्ने पनि हुँदैन । यस्तो अवस्थामा स्वभावैले पहिलो अनुसन्धान अधिकृतबाट भए गरेको कामले पनि मुद्दामा त्यत्तिकै महत्त्व
राख्दछ । प्रस्तुत मुद्दाको अनुसन्धान मिति २०६०।४।९ मा आयोगको तर्फबाट प्रेमराज कार्की अनुसन्धान अधिकृत भई प्रतिवादीको घर खानतलासी गरेर विधिवत्रूपमा सुरू गरिएको पाइन्छ । सोपश्चात् प्रतिवादीलाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको र प्रतिवादीको विभिन्न बैंकमा रहेका बैंक खाताहरू रोक्का राखी अनुसन्धान गरिएको लगायतका अनुसन्धानको क्रममा थुप्रै काम कारवाहीहरू भएको देखिन्छ । उक्त काम कारवाहीहरू अनुसन्धान अधिकृतको उपस्थितिबिना कुनै पनि हालतमा सम्भव छैन र त्यस्तो कार्यले वैधता पनि प्राप्त गर्दैन । तसर्थ आयोगबाट भएका उपरोक्त कार्यलाई आयोगले प्रारम्भिक अनुसन्धानको क्रममा गोप्यरूपमा गरेको काम कारवाहीको संज्ञा दिन मिल्ने नदेखिँदा मिति २०६०।४।९ मा भएको प्रतिवादीको घर खानतलासीलाई नैं प्रस्तुत मुद्दाको विधिवत् अनुसन्धानको प्रारम्भ विन्दु मान्नुपर्ने देखियो ।
१०. अनुसन्धानको समयमा राष्ट्रसेवकको पदमा बहाल नरहेका यी प्रतिवादीउपर सरकारी वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकारको स्वामित्वमा भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने दाबी नभै राष्ट्रसेवकको पदमा बहाल रहेको अवस्थामा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको भन्ने दाबी रहेको सन्दर्भमा कुन हदम्याद आकर्षित हुने हो भन्नेसम्बन्धमा हेर्दा तत्काल बहाल रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को हदम्याद प्रावधान हेर्नुपर्ने हुन्छ । सर्वप्रथम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को व्यवस्था हेर्दा, “यस ऐनबमोजिम मुद्दा दायर गर्ने हदम्याद कायम गर्दा सरकारी वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनमिना गरी भ्रष्टाचार गरेकामा कुनै हदम्याद लाग्ने छैन । सोबाहेक अरू भ्रष्टाचारको कसुरमा विभागीय कारवाही समाप्त भएको मितिले ६ महिनाको र विभागीय कारवाही नभएकामा अनुसन्धानको कारवाही सुरू भएको मितिले २ वर्षको हदम्याद हुनेछ । तर एउटै अपराधमा विभागीय कारवाही भएको र नभएको व्यक्ति मुछिएका रहेछन् भने ६ महिना वा दुई वर्षमध्ये जुन पछि आउँछ सोही हदम्याद कायम हुनेछ” भन्ने व्यवस्था रहेको देखिन्छ । यसैगरी दोस्रो संशोधन मिति २०५९।४।३० पूर्वको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को हदम्यादसम्बन्धी प्रावधान हेर्दा, “कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको अवस्थामा गरेको भ्रष्टाचारको सम्बन्धमा त्यस्तो व्यक्तिले आफ्नो पदबाट अवकाश प्राप्त गरेपछि पनि निजउपर मुद्दा चलाउन यस ऐनमा लेखिएको कुनै कुराले आयोगलाई बाधा पुर्याएको मानिने छैन । तर त्यस्तो मुद्दा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदबाट अवकाश प्राप्त गरेको एकवर्षभित्र चलाइसक्नु पर्नेछ ।” भन्ने व्यवस्था रहेको देखिन्छ ।
११. यी प्रतिवादीले राष्ट्रसेवकको पदमा बहाल रहेको अवस्थामा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको भन्ने दाबी रहेको सन्दर्भमा जहिलेसुकै पनि मुद्दा चलाउन सकिने प्रकृतिको कसुर हो भन्न मिल्ने हुँदैन । प्रतिवादीउपर सरकारी वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने अभियोग लागेको नभै गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको हुँदा हदम्याद नलाग्ने कसुर हो भन्न मिल्दैन । तसर्थ भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ मा संशोधन भएको मितिभन्दा पहिले नै अवकाश प्राप्त गरि सकेका प्रतिवादी गोकर्ण पौडेलउपर अभियोग दाबी लिएको प्रस्तुत मुद्दाको हकमा यी प्रतिवादीले अवकाश प्राप्त गर्दा कायम रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ले तोकेको एकवर्षको हदम्याद वा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क. को दुई वर्षे हदम्यादबाहेकको अन्य हदम्याद लागू हुन सक्ने अवस्था देखिँदैन । यसै अदालतबाट नेपाल सरकार वि. अच्युतकृष्ण खरेलसमेत (ने.का.प. २०६८, अङ्क ८ नि.नं. ८६६७ पृ. १३२९) भएको मुद्दामा, “ ...भ्रष्टाचार निवारण ऐन, २०१७ भ्रष्टाचारको कसुर, त्यसबापत हुने दण्ड सजाय र त्यस्तो कसुरमा मुद्दा दायर गर्ने हदम्यादलगायतको कानूनी प्रबन्ध गर्न बनेको विशेष प्रकृतिको र आधारभूत कानूनी प्रावधानसहितको (Self Contained) ऐनको रूपमा विद्यमान हुँदाहुँदै भ्रष्टाचारको कसुरमा दण्ड सजाय र हदम्यादसमेत निर्धारण गर्ने सो विशेष ऐनको व्यवस्थालाई अनुशरण नगरी दण्ड सजायको हकमा मात्रै सो ऐनको प्रावधान आकर्षित हुने तर हदम्यादको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को व्यवस्था आकर्षित हुने भन्ने अर्थ गर्दा कानूनको व्याख्या र प्रयोग गलत र निरर्थक हुनुको साथै भ्रष्टाचार निवारण ऐन, २०१७ को उद्देश्यमा नै प्रतिकूल असर पर्न जाने...” भनी व्याख्या भैसकेको सन्दर्भमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद आकर्षित हुनेमा विवाद भएन ।
१२. कुनै पनि मुद्दाको अभियोग लगाउने पूर्वसर्त भनेको त्यसको अनुसन्धान गर्दा खडा भएका खानतलासी, बरामदी मुचल्का र वारदात कायम गर्न सहयोग पुर्याउने अन्य कागजातहरू नै हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यी प्रतिवादीको घर खानतलासी गर्ने कार्य विधिवत्रूपमा मिति २०६०।४।९ मा गरेको देखिन्छ भने अभियोग मिति २०६२।५।९ मा दर्ता गरिएको देखिन्छ । निजलाई सो अभियोग लगाउनुपूर्व आयोगमा उपस्थित हुन पत्राचार गरिएको र प्रतिवादी तथा निजको परिवारको नाममा विभिन्न बैंकमा रहेका बैंक खाताहरू रोक्का गर्ने कार्य पनि भएको देखिन्छ । लामो समयसम्म अनुसन्धानमा रहेका प्रतिवादीको घर खानतलासीदेखि मुद्दा दर्ता हुँदासम्म तीनजना अनुसन्धान अधिकृत तोकिएपनि पछिल्लो समयमा कुनै नयाँ प्रमाणहरू जुटाउने कार्य भए गरेको पनि देखिँदैन । अनुसन्धानबाट देखिएको तथ्यले नैं मुद्दामा अभियोग लगाउने आधार हुने हुँदा मिति २०६०।४।९ मा भएको खानतलासीलाई प्रस्तुत मुद्दामा अभियोग लगाउने आधार सृजना भएको मान्नु पर्ने र सो मितिलाई नै मुद्दाको अनुसन्धानको प्रारम्भिक एवम् महत्त्वपूर्ण कार्य भएको मान्नु पर्ने भएकाले सोही मितिबाटै मुद्दा दर्ता गर्ने कानूनी आधार सिर्जना भएको अवस्थामा माथि उल्लेख भएबमोजिम कानूनले तोकेको हदम्याद २ वर्षभित्र मुद्दा दर्ता नगरी मिति २०६२।५।९ मा मात्र मुद्दा दर्ता गर्ने कार्यबाट वादी पक्षले कानूनको अनुशरण नगरेको प्रष्ट हुन्छ ।
१३. तसर्थ माथि उल्लिखित आधार कारणबाट प्रस्तुत मुद्दामा अनुसन्धानको कार्य मिति २०६०।४।९ बाट नै प्रारम्भ भएको मान्नुपर्ने र सोही मितिबाट हदम्याद गणना हुने हुँदा सो मितिले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क ले तोकेको हदम्याद २ वर्षभित्र मुद्दा दायर गर्नुपर्ने कानूनी कर्तव्य भएको निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सो प्रक्रिया पूरा गर्न सकेको नदेखिँदा प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । अतः मिति २०६२।५।९ मा दायर गरेको अभियोग संशोधन हुनुपूर्वको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्यांशले निश्चित गरेको हदम्याद एक वर्षभित्र दायर भएको नदेखिएको भन्ने आधारमा अभियोग दाबी खारेज गर्ने गरेको विशेष अदालत काठमाडौंको मिति २०६४।४।११ को फैसला माथि उल्लिखित अच्युतकृष्ण खरेलसमेतको मुद्दामा प्रतिपादित नजिर सिद्धान्तसमेतको आधारमा नमिलेको हुँदा सो हदसम्म उल्टी हुने ठहर्छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद २ वर्ष नाघिसकेको स्थितिमा निज गोकर्ण पौडेलउपर दायर भएको प्रस्तुत मुद्दा खारेज हुने ठहर गरेको यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको राय मुनासिब हुँदा सोही राय कायम हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । हदम्यादको आधारमा खारेज हुने ठहर गरेको सुरू फैसलामा तात्त्विक भिन्नता केही नभएकाले थप अरू केही बोलिरहनु परेन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. गोपाल पराजुली
न्या. दीपकराज जोशी
इजलास अधिकृत : ईश्वर पराजुली
इति संवत् २०७१ साल असोज ५ गते रोज १ शुभम् ।