विस्तृत खोजी

 
 
 
 
 
      

१०२ खोजी नतिजाहरु

निर्णय नं. १२०२ - लिखतबदर

 फैसला मिति:२०३५/१०/१२  फूल बेन्च इजलास  १९३२
 पुनरावेदक/ प्रतिवादी : जि. रुपन्देही वुटौल खस्यौली बस्ने हरिप्रसाद शेरचन बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने लक्ष्मीप्रसाद शेरचन

१) लिलाम गर्ने कार्य सम्पन्न भई तामेलिमा राख्ने आदेशसमेत भइसकेपछि अ.बं.१७ नं. अन्तर्गत परेको निवेदनबाट हेरी कारवाही गर्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०१ - भ्रष्टाचार

 फैसला मिति:२०३५/१०/०५  फूल बेन्च इजलास  २७३५
 पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी मनरी गा.पं. वडा नं. ५ घर भई हाल डिल्लीबजार काठमाडौं बस्ने कुँवरपाल सिंह समेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार प्रशासनव्यवस्था विभाग हरिहरभवनसमेत

१) शंकाको भरमा मात्र नलाग्ने प्रमाण लगाई कसुरदार ठहराएको निर्णय त्रुटिपूर्ण भई बदर हुने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०० - ....

 फैसला मिति:२०३५/०९/०४  फूल बेन्च इजलास  १९८३
 पुनरावेदक/ प्रतिवादी : का.जि. न.पं.२१ वडा ठमेल बस्ने अष्टमान महर्जन समेत बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायत सभा का.जि. धर्मपथ समेत

१) बाटोको हक बेहकले घरको तला थप्ने कुरामा असर पर्ने नदेखिने । (प्र.नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९९ - परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१०/०५  फूल बेन्च इजलास  १८२३
 पुनरावेदक/ प्रतिवादी : अशोक टेक्सटाइल प्रा.लि.रानी विराटनगरको तर्फबाट ऐ.को डाइरेक्टर जि. मोरङ वि.न.पं.वार्ड नं. १३ रानी बस्ने सिताराम अग्रवाल बिरुद्ध विपक्षी/वादी : नेपाल खाद्य संस्थान प्रधान कार्यालय, वत्तिसपुलती काठमाडौं समेत

१) संस्थानले टेण्डर स्वीकृत गरी नसकेको अवस्थामा टेण्डरबमोजिम लिन मञ्जुर छैन भनी निवेदन दिएकोले कारण पुरा भइसकेको भन्ने अवस्था नदेखिने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९८ - अपहेलनामा कारवाही गरिपाउँ

 फैसला मिति:२०३५/०४/०५  डिभिजन वेन्च इजलास  ३४१३
 पुनरावेदक/ प्रतिवादी : वरिष्ठ अधिवक्ता का.न.पं.वाडा नं. ३० त्यौड टोल बस्ने वर्ष ४१ को सर्वज्ञरत्न तुलाधर बिरुद्ध विपक्षी/वादी : माननीय रा.पं.स.अं.वर्ष ५२ को गणेशकुमार पोखरेल राष्ट्रिय पञ्चायत सचिवालय काठमाडौं समेत

१) नेपालको संविधान र राष्ट्रिय पञ्चायत नियमावलीको अधिनमा रहेर राष्ट्रिय पञ्चायतमा पूर्ण वाक स्वतन्त्रताको हक भोग उपभोग गर्न पाउने । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९७ - .......

 फैसला मिति:२०३५/०९/२५  फूल बेन्च इजलास  ६०५०
 पुनरावेदक/ प्रतिवादी : नेपाल बार एसोसिएशनको तर्फबाट अध्यक्ष वरिष्ठ अधिवक्ता का.जि. न.पं.वर्डा नं. ३० त्यौडटोल बस्ने सर्वज्ञरत्न तुलाधर बिरुद्ध विपक्षी/वादी : सम्माननीय अध्यक्ष राष्ट्रिय पञ्चायत, सिंहदरवार ग्यालरी बैठक समेत

१) अदालतको आदेशको उपेक्षा गर्नु उचित नहुने । (प्र.नं. ६) (२) बेञ्चले एकपटक आदेश जारी गरिसकेपछि त्यो आदेश तामेल नगरी त्यसै राख्न नमिल्ने। (प्र.नं. ७) (३) सर्वोच्च अदालतको अवहेलनामा सजाय गर्ने अधिकार बन्देजयुक्त छ भन्ने सम्झन नमिल्ने (प्र.नं. १२) (४) वाक स्वतन्त्रतासम्बन्धी विशेषाधिकारमा “पूर्ण” शब्द जोडिएको कारणले मात्र यो विशेषधिकार असिमित र अगम्य छ भन्न नमिल्ने । (प्र.नं. १५) (५) असंवैधानिक दावीलाई अदालतले स्वीकार गर्न नसक्ने । (प्र.नं. १७) (६) राष्ट्रिय पञ्चायत प्रति कुनै उत्तरदायित्व बहन गर्नु नपर्ने सर्वोच्च अदालतका न्यायाधीशको सम्बन्धमा त्यहाँ कुनै छलफल गर्न नसकिने । (प्र.नं. १७) (७) राष्ट्रिय पञ्चायत आफैले संविधानमा व्याख्या गरी त्यसको रुप वा प्रकृति निश्चित गर्न नसक्ने । (प्र.नं. १९) (८) राष्ट्रिय पञ्चायतमा कसैले धारा ४५(३) को प्रतिकूल अदालतको अवहेलना हुने कुरा बोलेकोले निजले धारा ५१(१) अन्तर्गत अदालती कारवाई विरुद्धको उमुक्ति प्राप्त गर्न नसक्ने । (प्र.नं. २३) (९) सर्वोच्चअदालतमा दायर रही विचाराधिन रहेको मुद्दालाई लिएर संविधानको धारा ४५ को उपधारा (४) को प्रतिकूल राष्ट्रिय पञ्चायतमा कुनै प्रश्न उठाउन नमिल्ने । (प्र.नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०८/२५  डिभिजन वेन्च इजलास  १९०४
 पुनरावेदक/ प्रतिवादी : जि. संखुवासभा,गा.पं.मादीबिर्ता वार्ड नं. १ घरभई हाल का.जि. पुतलीसडक बस्ने निर्माण यातायत मन्त्रालयको इलेक्ट्रिकल इञ्जिनियर हाल इञ्जिनियरीङ्ग अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पपस योजनाको लेक्चरर प्रेजेक्टर मेनेजर रामप्रसाद दाहाल बिरुद्ध विपक्षी/वादी : श्री नेपाल लोकसेवा आयोग विसालनगर काठमाडौं समेत

१) कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई कानूनी हकबाट वञ्चित गर्न नसकिने । निजामती सेवा ऐन र नियमावलीमा व्यवस्थित सिद्धान्त र नियमहरु कुनै अधिकारी वा कार्यालयको स्वेच्छा अनुसार निष्क्रिय हुने गरी कानूनको व्याख्या गर्न वा कुनै परिपाटी कायम गर्न नमिल्ने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९५ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०८/१९  डिभिजन वेन्च इजलास  १७९१
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला औराहा गा.पं. वडा नं. ८ बस्ने बैजनाथ राउत कुर्मी बिरुद्ध विपक्षी/वादी : श्री नारयाणी अं.कार्यालयका अञ्चलाधीश श्री नन्दबहादुर मल्लसमेत

१) मुद्दाको विषयवस्तुमा आवश्यक सबदुप्रमाण बुझी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०८/२६  डिभिजन वेन्च इजलास  १७७७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय भू.प्र.शाखा सिरहाका श्री भूमिप्रशासक सूर्यराय दनुवार बिरुद्ध विपक्षी/वादी : जिल्ला सिरहा औरही गा.पं.वार्ड नं. ४ बस्ने जैसलवती यादवनी

१) भूमिसम्बन्धी (संशोधन सहित) ऐन, २०२१ को दफा २६(१) ले निर्देश गरेअनुसार मोही हुनेको पत्नी वा अन्य छोराहरु छन छैनन र जग्गाधनीले कसलाई रोज्न चाहेको छ इत्यादि ऐनले निर्देशन गरेको कार्यवाही गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०८/२०  डिभिजन वेन्च इजलास  १७६१
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं.वार्ड नं. १२ बस्ने कृष्णमाया महर्जनी बिरुद्ध विपक्षी/वादी : बा. अञ्चल अदालतका अतिरिक्त अं.न्या. श्री महेश्वरमान प्रधानसमेत

(१) मुद्दाको तथ्यको प्रश्नमा सो तथ्य भित्रै प्रवेश गरी निर्णयतर्फ रिट निवेदन क्षेत्रबाट विचार गर्न नमिल्ने । (प्र.नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९२ - बाली लुटपिट

 फैसला मिति:२०३५/०८/२९  डिभिजन वेन्च इजलास  १८७२
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी महेन्द्रनगर गा.पं. वडा नं. २ बस्ने एकराज अधिकारी समेत बिरुद्ध विपक्षी/वादी : ऐ.जि. भोक्राहा पञ्चायत वडा नं. ९ बस्ने लालजी चौधरी थारु समेत

१) अ.बं.२७ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०८/०७  डिभिजन वेन्च इजलास  १९७७
 पुनरावेदक/ प्रतिवादी : समीक्षा साप्ताहिकका सम्पादक तथा प्रकाशक मदनमणि दीक्षित बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेत

१) अस्पष्ट आदेशले प्रतिकूल अनुसार पर्ने व्यक्तिलाई कारण र आधार बताउनुपर्ने प्राकृतिक न्यायको सिद्धान्तको आवश्यकता पूरा गरेको सम्झन नमिल्ने । (प्रकरण नं. ३०) (२) अधिकारक्षेत्रात्मक तथ्य (Jurisdictional Fact) को उल्लेख नगरी दिइएको आदेश अधिकारक्षेत्रात्मक त्रुटीयुक्त हुने । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९० - अंश

 फैसला मिति:२०३५/०८/२०  फूल बेन्च इजलास  २१४१
 पुनरावेदक/ प्रतिवादी : धर्मकुमारी आचार्यसमेत बिरुद्ध विपक्षी/वादी : गंगादेवी आचार्य

१) हिन्दु समाजमा घरको मुख्यकर्ता पितालाई मानिने...अंशबण्डा हुन बाँकी छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) चिठ्ठीबाट सगोलमा रहेभएको भनी ठहर गर्न मिल्ने देखिन नआउने । (प्र.नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८९ - ज्यान

 फैसला मिति:२०३५/०८/०६  फूल बेन्च इजलास  १७४८
 पुनरावेदक/ प्रतिवादी : रोल्पा जिल्ला थुम २२ खुवा मौजे गजुल गा.पं. वडा नं. ११ लङ्ग घर भई हाल प्युठान कारागारमा थुनामा रहेको प्र.पं.मु.गञ्जबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : यमबहादुरको जाहेरीले श्री ५ को सरकार

१) मेलामा वादविवाद उठी झगडा भई कुटपिट हुन गएकोले कुटपिट गरेको भन्ने देखिन नआई आफूलाई कुटपिट गरेको कुटाइको रिसको वेगले प्र.ले लाठी प्रहार गरेको चोटबाट मर्न गएकोलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० गर्ने गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८८ - जग्गा खिचोला

 फैसला मिति:२०३५/०८/०९  फूल बेन्च इजलास  २०७३
 पुनरावेदक/ प्रतिवादी : पाल्पा जिल्ला तानसेन न.पं. वडा नं. ८ बस्ने धनलक्ष्मी राजभण्डारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. भगवती टोल बस्ने गुणबहादुर श्रेष्ठ

१) पेटी भनेको जग्गा राजीनामा भित्रकै देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८७ - जग्गाबाली लुटपिट

 फैसला मिति:२०३५/०८/१६  फूल बेन्च इजलास  १९३२
 पुनरावेदक/ प्रतिवादी : वि.न.पं. वडा नं. ४ बस्ने ताराकुमारी पाण्डेको मु.स.गर्ने विश्वराज पाण्डे बिरुद्ध विपक्षी/वादी : जि. मोरङ विराटनगर न.पं. वडा नं. १ बस्ने वीरबहादुर थापा क्षेत्री समेत

१) आफ्नो सीमानाभित्र नपरेको जग्गालाई आफ्नो हकको भनी दावी गरेको पुग्न नसक्ने । जग्गामा नै हक नपुग्ने भएपछि हक नपुग्ने जग्गाको बाली लुटपिट गरेको भन्ने–दावी नलाग्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८६ - आयकर

 फैसला मिति:२०३५/०६/१२  डिभिजन वेन्च इजलास  १७३४
 पुनरावेदक/ प्रतिवादी : का.जि. त्यौडटोल स्थित श्री नेपाल प्रिन्टिङ्ग सर्भिसेजका प्रो.लुपौरत्न तुलाधर बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, करकार्यालय बागमती अञ्चल

१) हचुवा किसिमले न्यायिक मनको अभावमा आय निर्धारण समितिले आयकर निर्धारण गरेको र तत्काल प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्नेमा नगरी आयकर ऐन, २०३१ को दफा ५९ (२) बमोजिम जरिवाना असुल गर्ने गरेको–कानून व्याख्यासम्बन्धी ऐनको दफा ४ को समेत–त्रुटि हुन आएको पाइने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८५ - ज्यान

 फैसला मिति:२०३५/०७/१९  डिभिजन वेन्च इजलास  २२३१
 पुनरावेदक/ प्रतिवादी : भारत जिल्ला दवरिया ठाना रुदल घर भई हाल बर्दिया कारागारमा बन्दी अब्दुर जवार मुसलमान बिरुद्ध विपक्षी/वादी : हे.कं. लालबहादुर समेतको जाहेरीले श्री ५ को सरकार

१) मर्ने र अभियुक्तको बीचमा कुनै रिस झगडा नभएको, चुच्चो भएको फलामेडण्डी चलाई ज्यान मारेको छ भने ज्यानसम्बन्धीको १४ नं. प्रयोग हुन नसक्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८४ - अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने

 फैसला मिति:२०३५/०७/२४  डिभिजन वेन्च इजलास  १८५६
 पुनरावेदक/ प्रतिवादी : जङ्गवीर खत्री क्षेत्री मरी मुद्दा सकार गर्ने स्याङ्जा जिल्ला सतौदरी गा.पं. वडा ६ बस्ने दिलबहादुर खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. हात्तीगण्डा बस्ने लिलावती भन्ने लिला क्षेत्रिनी

१) प्रतिवादीको नजिक हकवाला मिसिलबाट देखिन आउँदा आउँदै वेरीतको तामेली नोटीस म्यादबाट हाजिर हुन आएकालाई मुद्दा सकार गराई निर्णय गरेको गैरकानूनी देखिन आउने । कानूनबमोजिम वादी प्रतिवादीका पेटवोलीबाट देखिएका अंशियारसमेत जो बुझ्नुपर्ने बुझी पारिरहेको जालसाजी मुद्दा किनारा हुन बाँकी भए सो मुद्दासमेत एक साथ–निर्णय गर्नुपर्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८३ - प्रतिषेधलगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ (

 फैसला मिति:२०३५/०७/२७  डिभिजन वेन्च इजलास  २११०
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. न.पं. वडा नं. ७ गोलमढी टोल बस्ने न्हुछेबहादुर लागे बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथसमेत

हकसमाप्त हुने दर्तावाला मोहीको निवेदनबाट गरेको कारवाही गैरकानूनी हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु