निर्णय नं. ९११७ - उत्प्रेषण
नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट मिति २०६८।८।१५ मा प्रकाशित सूचना अनुसार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदको लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा रामेश्वर यादव मुख्य उम्मेद्वार र यी निवेदक मुकेशराज काफ्ले वैकल्पिक उम्मेद्वारको रूपमा सिफारिस भएकोमा विवाद देखिँदैन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदका मुख्य उम्मेद्वार रामेश्वर यादव भ्रष्टाचारको कसुरमा मिति २०७०।५।९ मा निलम्बनमा परेको कारणबाट नेपाल सरकार, ऊर्जा मन्त्रालय र रामेश्वर यादवबीच मिति २०७०।१।१२ मा सम्पन्न कार्यसम्पादन सम्झौताबमोजिम त्रैमासिक तथा पछिल्लो ६ महिनाको कार्यसम्पादन मूल्याङ्कन हुन नसकेको अवस्थामा रामेश्वर यादव नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा बहाल रही रहेको भन्न नमिल्ने हुँदा वैकल्पिक उम्मेद्वारको रूपमा सिफारिस भएका यी निवेदक मुकेशराज काफ्लेलाई रिक्त रहेको कार्यकारी निर्देशक पदमा तत्काल नियुक्ति दिनुपर्नेमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ मा मिति २०७०।५।१६ मा संशोधन गरी नेपाल सरकारको सहसचिव अर्जुनकुमार कार्कीलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा कामकाज गर्न खटाउने गरी मन्त्रिपरिषद्बाट भएको मिति २०७०।५।१७ को निर्णय बद्नियतपूर्ण रहेको देखिने । (प्रकरण नं. २५)
पूर्ण पाठ हेर्नुहोस्