२२ खोजी नतिजाहरु
दूषित क्रियाबाट तहगत लिखतको माध्यमबाट हक हस्तान्तरण गर्दै गएपनि सो कार्य गैरकानूनी, प्रभावहीन र अमान्य प्रकृतिको भएकोले प्रारम्भदेखि नै बदरभागी हुने हुँदा त्यस्तो दूषित दर्ता र लिखत हक हस्तान्तरणको विषयमा विवाद उठेमा दूषित लिखत दर्ता बदर गराउन हदम्याद बाधक हुन्छ भन्न पनि मिल्दैन ।
(प्रकरण नं.८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : मुस्ताङ जिल्ला, लोमान्थाङ गाउँ विकास समिति वडा नं.१ बस्ने झिग्मी पलवर विष्टसमेत बिरुद्ध विपक्षी/वादी : मुस्ताङ जिल्ला, लोमान्थाङ गाउँ विकास समिति वडा नं.१ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२ बस्ने डिकी डोलकर पलवर विष्टको मु.स. गर्ने कर्साङ लवाङ
पुनरावेदक प्रतिवादीले अंशबन्डा भइसकेको भनी जिकिर लिएको २०१७ सालको लिखतको सक्कल प्रति पेस हुन नसकेको, वादीका नाममा कुनै जग्गा दर्ता नै नरहेको, वादीका छोरीहरूका नाममा दर्ता रहेका जग्गा वादीले अंशबापत प्राप्त गरेका पैतृक सम्पत्ति हुन् भन्ने कुरा पुष्टि हुन नसकेको तथा वादी प्रतिवादीहरूबीच आपसी व्यवहार, कारोबार भएको कुरा मिसिल प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा वादी प्रतिवादीहरूबीच अंशबन्डा भइसकेको भनी ठहर निर्णय गर्नु न्यायोचित हुने नदेखिँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आउने ।
(प्रकरण नं.७)
पूर्ण पाठ हेर्नुहोस्